जातको कथा

चैतन्य मिश्र
                                  
म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र भारतवासीमध्ये धेरैजसो जातव्यवस्थाद्वारा आक्रान्त छौं। जीवन, समाज, अर्थतन्त्र, राजनीति र संस्कृतिका त्यस्ता पक्षहरू पहिचान गर्न कठिन पर्छ जुन जातव्यवस्थाबाट नितान्त अलग रहेका होऊन्। अझ भनौं भने सात समुद्रपारि गएर बस्दासमेत हामी कतिलाई जातले छाड्दैन। वा हामी जातलाई छाड्दैनौं। यस्तो लाग्छ, जात हामीमध्ये धेरैको, सायद सबैजसोको जीवन, समाज, इतिहासमा सर्वव्यापी र अक्षुण्ण बनेर रहेको छ। तर, यो सर्वसत्य हो कि जातको असर पृथक पृथक रूपले संरचित छ। जातव्यवस्थाअनुसार दलित सबैभन्दा बढी आक्रान्त छन्। विरलै स्थान र परिप्रेक्ष्यमा मात्र दलितले अन्य जात समूहसरह आदर(सम्मान प्राप्त गर्छन्। दलितहरूको परचक्रीकरण र नीचकरणु जीवन र समाजको आमपाटो बनेको छ। उँचनीचतामा दलित र अदलितका बीच रहेको विकराल खाडल अन्य जात समूहका बीच भेटिँदैन। तर पनि  तल्लो र माथिल्लोु जातका बीच उँचनीचता, भेदभाव, अलगाव कायम रहेको यत्रतत्र अनुभव गर्न सकिन्छ।तल्लो जात माथि पुगेको केही उल्लेखनीय उदाहरण पक्‍कै छन्। कतिपय माथिल्लो जात तल पुगेका छन्।
चाहे त्यो आर्थिक होस् वा राजनीतिक वा सांस्कृतिक रूपले। तर,आमसत्यु भने जातव्यवस्थाको बोलवालाकै हो। पुरानो अपवाद हाल आम बनेको छैन। यद्यपि सबै माथिल्ला जातुवाला कतिपय हिसाबले उच्च तहमा पनि छैनन्। तीमध्ये केही आक्रान्त नै छन्। म अब आजको विषयवस्तुको चुरो प्रश्‍न उठान गर्ने बिन्दुमा पुगेको छु। जातव्यवस्थाको बोलवालको बेला यो प्रश्‍न कतिपयका लागि नैतिक र राजनीतिक दुवै दृष्टिले विवादास्पद हुनसक्छ। साथै यो प्रश्‍नको जेजस्तो हल खोज्न म लागिरहेको छु, त्यसमा अपुग तत्त्वहरू त धेरै छन् नै। ती हलहरू अनुपयुक्त र त्रुटिपूर्ण पनि हुन सक्छन्। तसर्थ म यहाँ यो आशमा पनि रहेको छु कि मेरा गुरु, मित्र र विद्यार्थीहरूले यो हलहरूको समुचित समालोचना गर्नुहुनेछ र योभन्दा बढी उपयुक्त प्रश्न र हल खोज्नुहुनेछ।

दलित बालबालिकाको अवस्था


हिक्मत कुमार नेपाली
 नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा  ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी  यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका  गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन । मनावीय अवश्यकताबाट वञ्चित भएर कष्टकर जीवानयापन गरिरहेका छन् । यिनीहरुकै बलमा नेपालको विकास निर्माण, बाटोघाटोदेखि ती जमिनदारको महल खडा हुन्छन् । आफ्नो जमिन नभएकै कारणले गर्दा अस्थायी रुपमा नदी तथा सडकको किनाराहरुमा पाल र छाप्रा बनाई जीवन गुजारा गरिरहेका छन् । अहिले सबैजसो गरिब तथा दलितहरु ठूला/ठूला साहु महाजनको जमिनमा काम गरिरहेका छन् । कठिन आर्थिक अवस्था भएका कारण  दयनीय जीवनयापन गर्न उनीहरु बाध्य छन् । यसमा  दलित समुदाय प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भोकमरीको सिकारसमेत बन्ने गरेका छन् । सबैभन्दा बढी यी गरिब दलित तथा पछाडि पारिएका समुदायका छोरा छोरीहरुको उचित स्याहार सुसार हुन पाउँदैन । राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट पनि उनीहरु  वञ्चित रहेका छन् । बिहान बेलुका हातमुख जोड्ने समास्याले ग्रसित  यी कतिपय दलित परिवारमा चार्डपर्व  होस् या कुनै  खुसीयाली होस् सधैँ कठोर परिश्रम गर्न बाध्य हुनुपर्दछ । प्रायः दलित समुदायका अधिकांश बालबालिका विद्यालय जानबाट वञ्चित छन् । यसो हुनुमा राज्यको सबैभन्दा गैरजिम्मेवारीपूर्ण कार्य प्रमुख हो । दलित समुदायमा समाजिक सुरक्षाको कमी छ । यसको प्रमुख कारण गाँस, बास र कपासको अभाव नै हो । हाम्रो समाजमा उत्पादनशील एवं विकास निर्माणको भरोसायोग्य समाजलाई जस्तो ठूलो शक्तिलाई राज्य पक्षबाट किनारा लगाउने काम भएको छ । यसले समाजको विकासको गतिलाई सन्तुलित र सीमित ठाउँमा मात्रै राखेको छ । त्यति धेरै मात्रामा दलित र गरिब समुदायहरु अधिकांश राज्य पक्षबाट पछाडि पारिएका छन् । राज्यपक्षबाट सञ्चालित कार्यक्रमहरु उनीहरुको हकहित तथा उत्थानका कार्यक्रमहरु ठूलाबडाहरुको कुरामा मात्रै सीमित छ । त्यतिमात्रै होइन, गैरसरकारी संघसंस्थाहरुले यी गरिब  दलितहरुको हकहितका लागि वर्षेनी करोडौँ रकम विदेशी दातृ निकायहरुबाट लिने गर्दछन् । यही समुदायको  शिक्षा, स्वास्थ्य र रोजगारका निम्ती हजारौैँ शिविरको आयोजना गरिने भनेर रकम दातृ नियाहरुबाट असुल्ने गर्ने गरेका छन् । तर, साच्चिकै हेर्नुपर्दा यतिका धेरै करोडौ बजेट यी दलित एवं पछाडि पारिएका अल्पसंख्यकहरुको गरिबी किन टर्न सकिरहेको छैन ? वर्तमान अवस्थामा हेर्ने हो भने राज्यपक्षबाट यी दलित, गरिब,  समुदाय भनेको विकास निर्माणलगायत मानवीय गतिविधिहरुबाट पछाडि पारिएको देशकै ठूलो हिस्सा हो ।अधिकांश गरिब, दलित हरु न्यूनतम  आधारभूत आवश्यकताबाट विमुख रही कठीन जिन्दगी बिताउन बाध्य छन् । ठूला जमिनदारहरुको घरमा उनीहरुले  कठिन काम गर्न बाध्य भएका छन् । लामोे समयदेखि अरूको वा ऐलानी जग्गामा स–साना झुप्रा बनाएर  वा पाल टाँगेर बसोबास गरेको ठाउँमा प्रहरी प्रशासनले छाप्राहरु भत्काउने, त्यतिमात्रै होइन, राजनीतिक दलका नेताहरुले समेत उनीहरुलाई उठिबास गर्न लगाउने काम गरेका छन् । आर्थिक दूरावस्थाका कारण गरिब दलित तथा भूमिहीनहरु उचित खानपान र  रहनसहनको अभावले बिरामी पर्दा उचित उपचार गराउनबाट वञ्चित हुनुपरेको छ । दैनिक कठोर परिश्रम गरेर बिहानबेलुका  हातमुख जोड्नुपर्ने समस्याबाट ग्रसित यी समुदाय बिरामी भएमा त्यसको परिणाम के हुन्छ ? त्यसको सहजै अनुमान गर्न सकिन्छ । नियमित रोजगारी, भोकमरी, घरबास, स्वच्छ खानेपानी र शौचालयको समस्या । सीप र क्षमता  अभावका कारण अधिकांश गरिब, दलितहरु मजदुरको रुपमा रोजगारी   गर्दछन् । नेपालको कृषि प्रणाली मौसमीमात्र  भएकाले खेतीपातीको समय भन्दा  अरू समयमा उनीहरु रोजगारीबाट वञ्चित हुनुपर्दछ । रोजगारीकै  अभावले गर्दा उनीहरुको जीवनशैलीमा धेरै असर परिरहेको छ । यो समुदाय रोजगारीका निम्ती भारत तर्फ जाने गरेको पाइन्छ । अाफ्नाे स्थायी घर नभएको र रोजगारीसमेत नियमित रुपले नपाउने यी गरिब, दलितहरु बारम्बार भोकमरीको समस्याबाट  पीडित छन् । भोकमरीको समास्या भूमि र रोजगारीसँग जोडिएको छ । भूमिको समस्या र उनीहरुको पक्षमा राज्य पक्षबाट आइरहेको अनुदान यी समुदायको हात सम्म नपरुन्जेल  यो समस्या बाट उम्कने अबस्था देखिदैन । दलित बस्तीहरुमा आयआर्जनमूलक कार्यक्रम सञ्चालन नहुनु, यी समुदायका बालबालिकालाई उचित शिक्षादिक्षा उपलब्ध नहुनु र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चितीकरण गरिनु । यसरी लामो समयदेखि भूमिमाथिको अधिकारबाट पछाडि पारिएको ठूलो संख्यामा रहेका दलित, गरिबहरूको समस्या समाधानका लागि राज्य पक्षबाट प्रभावकारी कदम नचालिनुले यो समास्या जहााको त्यही नेपनलको  परिवेशमा हेर्ने हो भने दलित बालबालीका हरुको निम्ती खासै उल्लेखनिय कार्य भएको देखिदैन  । आज पनी दलित बालबालीकाहरु विभेदमै रहेका छन् । दलित बालबालीका को निम्ती भनेर विभिन्न खालका नियम कानुन  पनी बनेका छन् तर त्यो नियम कानुनहरु कागजमा लेखाइको  रुपमा मात्र सिमित भएको देखिन्छ । ती ग्रामीण भेगमा कष्टकर जिवन विताउने  बालबालीकाहरु लाई पढाइको के थाहा ? पढ्नु पर्छ भनेर भनीदिने को ? उनहिरुको अभिभाबकले राम्रोे शिक्षा प्राप्त गरेको भएपो आफ्ना छारा छोरी लाई पढाउनु पर्छ भन्ने धारणा हुन्थ्यो । तर तिनीहरुकै अभिभावक हरुलाईनै राम्रो शिक्षा दिक्षा नपाएकै कारण उनीहरुका छोरा छारी ले राम्रो शिक्षा दिक्षा पाउन सकिरहेका छैनन् । विहान साझँ काम गरेर खानु पर्ने अवस्थामा कहाँको शिक्षाको अवसर मिल्ने ? सानै उमेरदेखी अर्काको काम गरेर आफ्नो घरव्यवहार चलाउनु पर्ने अवस्थामा कहाँको शिक्षा पाउनु र ?बालबालीका को लागी भनेर विभिन्न सङघ सस्थाले विभिन्न कार्यक्रमहरु गरेका हुन्छन । उनीहरुको घरपरिवारमा विहान बेलुका छाक टार्न समेत गाह्रो परेको बेलामा विद्यालयको पढाई त धेरै परको कुरा हो । विषेश गरी उनहिरुको  आर्थिक अभावका कारण बालबालिकाले विद्यालय छाड्ने गरेका हुन् । विषेश गरी दलित बालबालीका विद्यालय छोडेर सानै उमेर मा भारतमा काम गर्न जाने गरेका छन् । हुनत सरकारले दलित बालबालीका हरु का निम्ती भनेर निशुल्क शिक्षा निती पनी ल्याएको छ । तर त्यो निशुल्क शिक्षा निती अक्षरस पालना हुन सकिरहेकोे छैन । सरकारले दलित तथा गरीब परीवारका बालबालीकाका लागि पठन पाठनको उचित व्यवस्थापन गर्न नसक्दा उनीहरुमा यस्तो समस्या दोहोरीने गरेको छ । बालबालिकालाई विद्यालय पठाउनका लागि पोसाक र शैक्षिक सामग्रीको व्यवस्था मिलाउन नसक्दा अधिकांशले विद्यालय पठाउने अवस्था नरहेको कतिपय अभिभावको गुनासो रहेको छ ।
प्राथमिक तह पार गरेका बालबालिकाबाट विद्यालयले महगो शुल्क लिने गरेकाले शुल्क तिर्न नसक्दा विद्यालयबाट बालबालिकालाई छुटाउनुपर्ने बाध्यता रहेको छ  । मजदुरीका लागि अभिभावकले टाढाटाढा जानुपर्ने र बालबालिकालाई समेत सँगै लगेर जाने गरेकाले समेत धेरै दलित बालबालिकाले प्राथमिक तहको शिक्षासमेत पूरा गर्न सकेका छैनन । दलित तथा गरीब परीवारका बालबालीकाहरुलाई विद्यालय भर्ना गरेर टिकाउन र तह पार गराउन निकै मुस्कील भैरहेको छ । दलित समुदाय बालबालिकाको विद्यालय शिक्षामा पहुच अभिवृद्धीका लागि छुट्टै कार्यक्रमको खाचो देखिएको छ  । शिक्षालाई शुल्क रहित नबनाउदा सम्म दलित  समुदायका बालबालिकाको विद्यालय बीचमै छाड्ने दरमा कमी ल्याउन सकिदैन । चेतनाको अभाव, गरीबी तथा परम्परागत सोचका कारण दलित समुदायमा सबैभन्दा बढी प्रभाव पारेको देखिन्छ । बालबालिकाको विद्यालय छाड्ने दरमा कमी ल्याउनका लागि अभिभावकको आथिर्क अवस्थामा सुधार ल्याउनुपर्ने देखिन्छ ।
लेखक ः दैलेखको पहिलो पत्रिका धमाका दैनिकमा कार्यरत ।

अत्याबश्यक औषधी उपलव्ध गराएकै छौं ।

गोविन्द विश्वकर्मा २६ मंसिर सुर्खेत
नेपाल औषधी व्यवसायि संघले अहिलेको असहज अवस्थामा पनि आफूहरुले अत्याबश्यक औषधी उपलब्ध गराएको दावी गरेको छ । भारतको अघोषित नाकाबन्दीका बाबजुत पनि आफूहरुले विभिन्न कठिनाइका साथ औषधी उपलब्ध गराइरहेको संघले जनाएको हो । कार्यक्रममा सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले संघले यस्तो असहज परिस्थितिमा पनि आफूहरुले देशभर औषधी वितरण गरिरहेको दावी गर्नुभयो । यस्तो असहज अवस्थामा पनि आफूहरुले चुनौती मोलेरै औषधी वितरण गरिरहेको भन्दै उहाले यो अवस्थामा समस्या समाधानका लागि सरकारले के गरिरहेको छ भनी प्रश्न समेत गर्नुभएको थियो । नाकाबन्दीबाट सिर्जित चरण समस्याका बाबजुत आफूहरुले मानवीयताका नाताले एयर लिफ्ट गरेर समेत चार करोडको औषधी ल्याएको भन्दै उहाले सरकार अझै गम्भीर हुन नसकेको प्रति ध्यानाकर्षण गराउनुभयो । नाकाबन्दीले औषधी व्यवसायि र बिरामीहरुलाई परेको असरको बारेमा बताउँदै अध्यक्ष श्रेष्ठले नाकाबन्दीले महिनौसम्म नाकामा औषधीका गाडि रोकिएको र औषधीको प्रयोग गर्न मिल्ने समय कम हुँदै जाने बताउनुभयो । यसले गर्दा पनि घाटा व्यहोर्नुपर्ने र यसले समस्या ल्याउने उनको भनाई छ । उहाले अहिले पनि आफूहरुसंघ औषधी स्टक भएको भन्दै यसको वितरणको लागि समस्या भएको बताउनुभयो । औषधी व्यवसाय मानव सेवा भएको भन्दै उहाले औषधी विक्री गर्दा एक पटक सोच्नुपर्ने र स्वार्थभन्दा माथि उठेर व्यवसाय गर्न सुर्खेतका व्यवसायीलाई सुझाव दिनुभयो । 

दलित भन्ने कि शिल्पी

महाविर विश्वकर्मा
कुरा अलि समय पहिलाको हो । साँझको ८ बज्ने तरखर भएको हुँदो हो । फेसबुक चलाउँदै थिएँ । अग्रज पत्रकार नारायण वाग्लेले केहीबेर अघि पोष्ट गर्नुभएको स्टाटसमा आँखा पर्‍यो, दलितलाई शिल्पी भन्ने गर्नुपर्‍यो । पहिला त दिमागबाटै उँचनिचको भावना र धारणा त्याग्नुपर्‍यो । 
उहाँको त्यो विचारसँग सहमति जनाउँदै भटाभट लाईक र कमेन्ट आउन थाले । कमेन्ट गर्नेहरुकै भिडमा आदरणीय केदार शर्मा पनि देखिनुभयो, “शिल्पी समुदाय ! क्या गजब प्रस्ताव ! दाताहरुलाई रुच्ने पच्ने भए त यस शब्दले सबैको इज्जत प्रतिष्ठा र आत्मसम्मानको रक्षा हुने थियो  भन्दै ।   
नेपाली काँग्रेसका नेता लक्ष्मण घिमिरे, इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, अग्रज पत्रकार तारानाथ दाहाल लगायतको लाईक भटाभट पाईरह्यो स्टाटसले । म हेरिरहेँ । अनि सोँचिरहेँ पनि । तर कसै गरेपनि, पल्पसा क्याफेको लेखन शैलीबाट उहाँसँग प्रभावित भएको मैले, उहाँको यो विचारसँग भने सहमती जनाउनै सकिनँ ।   
अग्रज पत्रकार केदार शर्माले २० गते ट्वीट पनि गर्नुभयो - “नारायण वाग्ले को गजबको प्रस्ताव १ “दलित” हैन “शिल्पी” भनौँ ! मलाई त व्यवहारिक र प्रतिष्ठापूर्ण लाग्यो, आगे यहाँहरुको मर्जी  ! 
उहाँले कमेन्ट गर्नुभए जस्तो दलित आन्दोलन दाता कै इच्छा अनुसार सञ्चालन भइरहेको छ त रु दातामा निर्भर हुने भनेका त एन जि ओ हरु हुन्, उसो भए दलित आन्दोलन भनेको दलित एन जि ओ हरुका कार्यक्रम मात्रै हुन् त रु दलित समुदायका हक र अधिकारका लागि क्रियाशिल ती एन जि ओ बाहेकका अरु (जस्तै : राजनीतिक दलका दलित भातृ संगठनहरु) को आन्दोलन चाहीँ केही होईन त ? 
हुन त यी विषयमा पनि वहसको ढोका खुलेको छ । तर यतिबेला भने म ती ढोकाबाट प्रवेश गर्न खोजिरहेको छैन । किनभने, उहाँहरु जस्ता पत्रकारिता क्षेत्रका अग्रजहरुले दलित समुदायको समस्याप्रति लिएको चिन्तालाई चाहीँ सकारात्मक रुपमा नै लिएको छु मैले । 
दलित समुदायका समस्याका विषयमा यही समुदायको व्यक्तिले मात्रै कुरा उठाउनुभन्दा उहाँहरु जस्ता गैर दलित समुदायका वौद्धिक व्यक्तिले पनि कुरा उठाइदिँदा त्यो चाहीँ बढी प्रभावकारी हुन्छ । यो मानेमा निकै खुशी छु म । र धन्यवाद उहाँहरु दुबैजनालाई । मेरो यात्रा (पत्रकारिता) को अग्रज गुरुहरुले उठान गरिदिनुभएको विषयमा केही आफ्ना कुरा राख्छु अब म ।  
आफुलाई दलित भनेर चिनाउन नचाहने व्यक्तिहरु प्रशस्तै छन् अहिले । उनीहरु किन त्यसो गर्छन भने, “दलित भनेर थाहै नपाएपछि त हामी माथी विभेद नै हुँदैन नी” भन्ने विश्वास मज्जाले झाँगिएको छ उनीहरुमा । यो फरक कुरा हो की, थाहा नपाउन्जेल उनीहरुमाथी विभेद हुँदैन । उनीहरु माथी विभेद यसकारण हुँदैन की, दलित भन्ने थाहै हुँदैन । थाहा भएको दिन त कहाँ बाँकी छाड्छन् र ?
 उसो भए शब्दै फेरेर दलितको सट्टा नारायण वाग्लेले भन्नु भए जस्तो शिल्पी अथवा अरु नै केही भनेर विभेद हट्छ त रु एकछिनको लागि मानौँ, ल दलितको सट्टा शिल्पी वा अरु कुनै शब्द भन्न थालियो रे । त्यसपछि के हुन्छ त रु त्यसपछि “अनि शिल्पी वा अरु केही ! भनेको चाहीँ के त ?” भनेर सोधिन्छ, त्यतिबेला “फलानो फलानो जातहरुको समूह” भनेर जवाफ दिइसकेपछि फेरी विभेद त भइ नै हाल्छ । अहिले सीधै विभेद गर्नेहरुले त्यतिबेला चाहीँ थप एउटा प्रश्न “त्यो भनेको चाहीँ के त ?” भनेर सोधेपछि मात्रै विभेद गर्छन । यही हो त हामीले फेला पारेको अचुक ओखती रु यो त कोठामा छिरेको सर्पलाई ढोकाबाट बाहिर ननिकालेर एउटा कुनाबाट अर्को कुनातिर धपाए जस्तो भइगो नि, यसरी त सर्प फेरी फर्केर आईहाल्छ नि । समस्याको अन्त्य कहाँ भयो र यो । 
 शब्द फेरेर समस्या समाधान हुने कुरै होईन यो । यो समुदायको अधिकारका लागि खुलेका संगठनहरुले वि.सं.२००३ सालदेखि २०२३ सम्म यो समुदायलाई चिनाउन दलित शब्दको प्रयोग नै गरेका थिएनन् । कहिले “परिगणित”, कहिले “अति पिछडा”, कहिले “अछूत”, कहिले “हरिजन” जस्ता शब्दको प्रयोग गरेका थिए । शब्दका कारण विभेद भएको भए त्यतिबेला किन नहटेको त समस्या ? 
सन् १९२७ को वरिपरिदेखी भारतमा प्रसिद्ध दलित नेता डा. भीमराव अम्बेडकरको नेतृत्वमा त्यहाँ अछूत बनाइएका अनगिन्ती जातहरुको आन्दोलन चल्यो । त्यही आन्दोलन कै क्रममा “दलित” शब्दको प्रयोग व्यापक बनेको थियो । पछि “अछूत” बनाइएका साझा समुदायगत नामका रुपमा यो शब्द स्थापित हुन पुग्यो ।  
यो शब्दलाई नेपालमा भने वि.सं. २०२४ सालमा गठित “ नेपाल राष्ट्रिय दलित जनविकास परिषद्” को नाममा पहिलोचोटि प्रयोग गरियो । त्यसपछि यो शब्द यहाँ पनि स्थापित भयो । राजनीतिकर्मी एवम् नेपाली दलित आन्दोलनका अगुवा आहुतिले आफ्नो पुस्तक “नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष”मा लेखेका छन्, “दलित अरुले हेपेर दिएको नाम होइन, यो त दलितको गर्विलो आन्दोलनबाट स्थापित शब्द हो । दलित भन्नु आफू तल भएको स्वीकार्नु होइन, बरु आफुलाई अत्याचार गरिएको छ भन्नु हो । दलितले आफूलाई दलित बताएकै कारण अत्याचार भएको होइन, बरु अत्याचार गर्ने सामाजिक व्यवस्था विद्यमान भएकाले अत्याचार भएको हो ।” 
आफुलाई दलित बताएकै कारण अत्याचार भएको कहाँ हो र । यो त सामाजिक व्यवस्थाको कुरा पो हो त । अब समस्या शब्दमा होईन भने, हामी फेरी शब्दको लफडामा किन फस्न खाजिरहने ?
यहाँ उल्लेख गर्नैपर्ने रोचक कुरा के छ भने, भारतमा महात्मा गान्धीले दलित भन्दा छुवाछुत भयो अब हरिजन भन्नुपर्छ भने । उनको तर्क थियो, हरि (भगवान विष्णु) का जन (सन्तान) भनेपछि विभेद हट्छ । तर अहिले भारतमा सबैभन्दा बढी विभेद ती नै हरिजन माथी हुन्छ । 
नेपालकै कुरा गर्ने हो भनेपनि यहाँ नेवार जातिभित्रको सायमि अथवा मानन्धर जातका मानिसलाई पहिले छुवाछूत गरिन्थ्यो । तर राणाशासनको हुकुमले मानन्धरहरुको पानी चलाइदिएपछि उनीहरु “अछूत” रहेनन् । मानन्धरहरुले पहिले पनि आफूलाई मानन्धर नै भन्थे, अहिले पनि भन्छन् । अब सोचौँ त, विभेद सम्पूर्णतया शब्दमा भर पर्ने कुरा हो रै छ त ? 
दलित समुदायको समस्या भनेकै छुवाछुत त हो नि भन्ने बुझाई अधिकांशमा छ । हुन त त्यो पनि हो, तर त्यो मात्रै चाहीँ होईन । बरु आर्थिक क्षेत्रमा भूमिहीनता र बेरोजगारी कायम रहनु तथा बालीघरे प्रथाजस्ता परम्परागत पेसा सामन्ती प्रथा अन्तर्गत रहिरहनु नै दलित समुदायका आधारभूत समस्या हुन् । 
राजनीतिक/प्रशासनिक क्षेत्रमा नीति-निर्माण गर्ने राजनीतिक थलो संसद् र सरकार लगायतका सबै तहमा तथा लागू गर्ने मन्त्रालय, सेना, प्रहरी, न्यायालयलगायतका प्रशासनिक संयन्त्रमा जनसङ्ख्याको समानुपातिक तथा क्षतिपूर्तिसहित अनिवार्य दलित उपस्थितिलाई ग्यारेन्टी गर्ने संवैधानिक राजनीतिक प्रणाली नहुनु नै मुख्य समस्या हो । र, सामाजिक-सांस्कृतिक क्षेत्रमा छुवाछूत/भेदभाव, शिक्षामा पहुँचहीनता र सामाजिक न्यायहीनता नै मुख्य समस्या हुन् ।  
शब्द फेरेर दलितको समस्या समाधान हुन्छ की भन्नु भनेको त, छुवाछुतको अन्त्य हुन्छ की भनेको जस्तै हो । बाँकी विकराल समस्या तिर जानेर वा नजानेर ध्यानै नदिनु हो । जुन दलित समुदायको लागि घातक हुन्छ । एउटा खाल्डोलाई दुईपटक लगाएर नाघ्न खोजेर पनि कहीँ हुन्छ ? एकपटक आधि नाघ्छु अर्को पटक बाँकी नाघ्छु भनेर हुने कुरा हो र यो रु सबै समस्याको एकमुस्ट समाधान हुने ओखती पो खोज्ने हो त हामीले । अनि त्यो ओखती भनेको त नयाँ संविधानमा अधिकार सुरक्षित गराउने पो हो त । दलित शब्द उचित की अनुचित भन्ने चंगुलमा फस्नु हुन्न यो बेला । यसैमा अल्झिरह्यौँ भने गाडी छुट्छ, हामी जहीँको तहीँ ! 

५० वर्ष पहिलानको बजार दर रेट


गोविन्द विश्वकर्मा

तस्विर : फाईल गुगल 

सुनको भाउमा गिरावट

गोविन्द विश्वकर्मा
हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ ४ सय रुपैयाँले घटेको छ । बिहीबार तोलाको ४८ हजार ८ सय रुपैयाँ कायम भएको सुनको भाउ घटेर ४८ हजार ४ सय रुपैयाँमा झरेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन आइतबार भाउ बढेर ४९ हजार १ सय रुपैयाँ पुगेको सुन त्यस यता भने लगातार घट्दै गएको छ । सुन आइतबार कायम भएको भाउमा १ सय रुपैयाँले घटेर सोमबार ४९ हजार रुपैयाँमा झरेको थियो । यस्तै मंगलबार ४ सय रुपैयाँले घटेर ४८ हजार ६ सय रुपैयँमा झरेको भाउ बुधबार फेरि बढेर तोलामा ४८ हजार ८ सय पुगेको थियो । बिहीबार भने सुनको भाउ स्थिर रह्यो  । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि घटबढ भैरहेको महासंघले जनाएको छ ।

तितो मिठो चम्किदै, अभिनयमा थापा

गोविन्द विश्वकर्मा, सुर्खेत ।

सुर्खेतमा अहिले तितो मिठो नाटकले दर्शकको मन छुन सफल भएको छ । स्थानिय टलीभिजन सुनगाभाबाट हरेका शनीबार साँझ ८ बजेबाट प्रसारण हुने नाटक श्रृङ्खला तितो मिठाले अहिले भनेजस्तै दर्शक कमाउन सफल भएको छ । देशको समसामयिक घटना क्रमलाई समेटेर बनाईएको नाटकले अहिले सबैको मन छाएको हो । दैलेखको पग्नाथ गाउ विकास समिती वडा नं. ८ मा वि.स २०४९ साल कात्तिक ७ गतेका दिन जन्म भएका वेदन थापाको मुख्य भुमिकामा यो नाटक बनेको हो । अहिले वीरेन्द्रनगर सुर्खेतमा बस्दै आएका बहुप्रतिभाशाली वेदन थापाको निर्देशनमा तयार भएको यो नाटकले सुर्खेतका अधिकांश स्थानिय ठाउलाई समेटेर समस्या र घटनाहरुको चित्रण गर्न खाजेको छ । सानै उमेरदेखि हास्य क्षेत्रमा रुची राख्दै आएका थापा कक्षा २ मा पढ्दादेखि नै अभिनयमा प्रवेश गरेको थिए । विद्यालयमा थापालाई शिक्षक उक्तम शर्माले प्रेरणा प्रदान गरेका थिए । “शिक्षक शर्माले कसैको अभिनय नगरेर आफुलाई जस्तो आउछ त्यस्तै अभिनय गर्न उक्साउनुहुन्थ्यो” थापाले भने । विद्यालयमा हुने सबैखाले सांस्कृतिक कार्यक्रममा आफ्ना प्रस्तुती राख्दै आएका थापा अहिले हास्य टेलीश्रृङ््खला “तीतो मिठो”मा एकदमै व्यस्त देखिन्छन् । स्वयम आफैले निर्देशन गरेको टेलीश्रृङ्खला “तीतो मिठो”मा स्थानिय कलाकारहरुको अभिनय रहेको छ भने आफु पनि मुख्य पात्र मसानेको पात्रमा अभिनय गरेका छन् ।
सुर्खेतमा कला क्षेत्रबाट अभिनय सुरु गरेका थापाले लामो समय राजधानी काठमाण्डौमा बसेर हास्य व्यङ्य सिकेका थिए । थापाले अहिले स्थानिय तथा राष्ट्रिय स्तरका विभिन्न टेली श्रृङ्खलामा अभिनय गरिसकेका छन् । स्थानिय टेलीभिजन सुनगाभाबाट प्रसारण हुने नाटक श्रृङ्खला “चटारो” को ५ भागबाट थापाको अभिनय यात्रा सुरु भएको थियो । चटारोमा सहकर्मीहरु चिरन्जीवी सापकोटा, विष्णुभक्त फुयाल, निरुता शाही, चन्द्र मन्दिर लगायतका सुर्खेतका उत्कृष्ण कलाकारको साथ पाएर अभिनय गर्ने अबसर प्राप्त गरेका थिए । त्यसरी आफ्नो अभिनय सुरु गरेका थापा अहिले आएर आफ्नै निर्देशन तथा कथा लेखनमा “तितो मिठो” श्रृङ्खला निर्माण गरेका छन् । जसमा थापाको मुख्य भुमिका पनि रहेको छ । मसाने डाकाको पात्रको रुपमा अभिनय गरेका थापा अहिले हास्यव्यङ्ग्य कलाकारको रुपमा स्थापित भै सकेका छन् । “तितो मिठो”का निर्माता, निर्देशक समेत रहेका थापा मुख्य कलाकार मसानेको भुमिकामा देखिन पाउदा निकै खुसी देखिन्छन् । स्थानिय टेलिभिजन सुनगाभामा हरेक शनिबार साँझ साढे आठ बजे “तितो मिठो”को १० औं भाग दर्शकमाझ पुगिसकेको कुरा बताउदै धेरैले रुचाएको प्रतिकृया आएको पनि बताउछन् । अभिनयगर्ने कला आफुलाई भगवानले वरदान नै दिएको बताउदै अभिनयबाटै जिविकोपार्जन गर्नेछु र यो पेशाबाट सोचेजस्तै सन्तुष्ट छु थापा भन्छन् । कतै कलाकारीता क्षेत्रमा पैसाको मात्र चलखेल हुने हुदा कला क्षेत्र धरावमा परेको गुनासो गरेका छन् । पैसाले नै गर्दा असक्षम व्यक्ति पनि धेरैअगाडी पुगेको र बढ्न सक्छन भने पैसा नभए जस्तो सकै क्षमतावान कलकार पछि नै हुदोरहेछ उनको भनाई छ । पैसाले गर्दा नेपाली कला क्षेत्र वदनमी गर्ने भएकाले कलाकारीतामा पैसाको चलखेल नगर्न सुझाव दिदैं अव आफुले नयाँलाई विशेष प्रथामिकतमा राखेर नाटक निर्माण गर्न लागेको बताउछन् ।

बाँच्ने मन छ जुनी जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत

नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा कलाकारको उदय यो क्षेत्रमा बाक्लो रुपमा हुने गरेको छ । परदेशमा हुँदा आफुले भोगेका बिभिन्न समस्या र घरपरिवारबाट टाढाँ हुँदा आउने ति सम्झनालाई गीतमा राखेर प्रस्तुत गर्न पछील्लो समय थुप्रै सर्जक लागि परेका छन । तिनै सर्जक मध्यका एक हुनुहुन्छ सर्जक तेजेन्द्र बिबश । थुप्रै उत्कृष्ट गीतहरु बजारमा ल्याईसक्नुभएका तेजेन्द्रले परदेशबाटै बिभिन्न गीत रचना गर्नुका साथै गीत प्रस्तुत गर्दै आईरहेको छ । पछील्लो समय सर्जक तेजेन्द्रले बाँच्ने मन छ जूनी जूनी बोलको गीत बजारमा प्रस्तुत गर्नुभएको हो । सधैं सधैं भर आफ्नी मायालुलाई अंगालेर जूनी जूनी बाच्ने मन भएकोले आफुसँगको नाता नतोड्न आग्रह आफ्नी प्रेमिकालाई गर्नुभएको छ यस गीत मार्फत । मर्नै परे पनि आफ्नी प्रेमिकालाई मुटुमा सँगालेर मर्ने मन भएको समेत तेजेन्द्रले गीतमा प्रस्तुत गर्नुभएको छ । सुपारी म्युजिक प्रा.ली मार्फत बजारमा आएको उक्त गीतमा राजेन्द्र कँडेल र पूर्णकला बि.सीको स्वर रहेको छ । गीतको लय तथा शब्द तेजेन्द्र बिबशले नै तयार गगर्नुभएको हो । एकता फिल्मसले उक्त गीतको भिडियो समेत निर्माण गरेको छ ।

महिला हिंसाको कारक मदिरा र जुवातास

सुखेत, २३ मंसिर  ।  महिला हिंसाको प्रमुख कारण मदिरा र जुवातास रहेको एक कार्यक्रममा खुलासा गरिएको छ । लैङ्गिक तथा महिला हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा भएको एक अन्तरक्रिया कार्यक्रममा यस्तो खुलासा गरिएको हो । कार्यक्रममा दलित संघकी अध्यक्ष मञ्जु सुनारले समाजमा मदिरा र तासले महिला हिंसाको मुल जारो गाडेको बताउनुभयो । यसको नियन्त्रणको लागि सबै एक जुट भएर जाग्न आवश्यक रहेको औल्याउनुभयो । समाज परिवर्तन गर्न आफैबाट शुरु गर्न जरुरी रहेकाले मदिरा र तासलाई न्यूनिकारणको लागि अभियान गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो । उहाँले समाजमा कुरिति, छाउँपडि प्रथा, यौन दुव्र्यहार जस्ता कारणले महिलाले अझै पनि हिंसा भोगिरहेको बताउनुभयो । महिला हिंसा न्यूनिकारणका लागि सचेतना जस्ता अन्तरक्रिया कार्यक्रम गर्न अझै आवश्यक रहेको बतउनुभयो । उहाँले घरपरिवारमा मदिरा र जुवातासले गर्दा फाटो ल्याउने काम समेत गरेको बताउनुभयो । अब महिलाहरु आफै सक्षम बन्न जरुरी रहेको भन्दै उहाँले दलित, जनजाति भनेर राज्यले मौलिक हकमा राखेपनि कार्यान्वयनको लागि कानुन बनाउन अफै केहि समय लाग्ने भएकाले आफै सक्षम र सबल बन्न जरुरी रहेको जिकीर गर्नुभयो । यस्तै कार्यक्रममा वडा नागरिक मञ्च तीनका संयोजक गणेशकुमार विकले महिला हिंसा न्यूनिकारण्को लागि विदेशी डलरले मुक्त नहुने बताउनुभयो । 

सुर्खेतका युवाहरु कृर्षीमा आकर्शित

सुर्खेत, २५ मंसिर 
वीरेन्द्रनर २५ फलाटेका नागरिकहरु तरकारी खेतीमा आकर्षित भएका छन् । खाद्यान्न बाली भन्दा तरकारीबाट धेरै नाफा हुने भएपछि स्थानीय नागरिक व्यवसायिक रुपमै तरकारी खेतीमा लागेका हुन् । अहिले गाउँभर जताततै तरकारी खेती मात्रै गरेको पाइन्छ । सुरुमा कृषि समूहमा आवद्ध भएर अलिअलि तरकारी खेती गर्ने गरेका उनीहरुले केही वर्षदेखि भने कृषि तथा जडिबुटी सहरकारी संचालन गरी व्यवसायिक रुपममै कृषि गर्न थालेका छन् । स्थानीय नागरिकहरुले पहिलेको जनजागृत कृषि समूहलाई नै अहिले हरियो हिरा कृषि तथा जडिबुटी बिकास सहकारी संस्थाका रुपमा संचालन गरी व्यवसायिक कृषिलाई व्यापक बनाएका छन् । २०६६ सालमा स्थापना गरिएको यो सहकारीमा अहिले तीन सय ४ जना सेयर सदस्यहरु रहेका छन् । सहकारीमा आबद्ध भएको धेरैजसोले अहिले तरकारी खेती नै गरेका छन् । सहकारीमा आवद्ध भएका ७६ जना भन्दा बढीले व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका छन् । खाद्यान्न बाली भन्दा तरकारीबाट राम्रो आम्दानी हुने भएपछि आफू तरकारी खेतीमा लागेको स्थानीय जगतबहादुर मर्साङगिले बताउनुभयो । सहकारीका व्यवस्थापक ढकबहादुर बुढाका अनुसार अहिले वीरेन्द्रनगर २५ फलाटेका सहकारीमा आवद्ध कृषकहरुले मात्रै ८ विगाह क्षेत्रफलमा तरकारी खेती गर्ने गर्नुभएको छ । वािषर््ाक करिब ८०० क्वीन्टल तरकारी उत्पादन भएको सहकारीले जनाएको छ । उनीहरुले सहकारीमा आबद्ध भएर विभिन्न संस्थाको सहयोगमा व्यवसायिक रुपमा तरकारी खेती गरिरहेको व्यवस्थापक बुढाको भनाइ छ । अहिले स्थानीय कृषकहरुलाई सहकारीमार्फत उच्च मूल्य कृषि बस्तु विकास आयोजना, सुन्दर नेपाल, एसएनभी लगायतका संस्थाहरुले सहयोग गरेका छन् । सस्थाहरुले कृषकहरुलाई प्राविधिक सहयोग गर्ने गरेको उनको भनाइ छ । सिचाइको लागि पानी पोखरी, मोटर लगायतका सहयोग हुनेगरेको छ । त्यसैगरी टनेल निर्माणका लागि पनि सहयोग हुने गरेको छ । अहिले औषतमा स्थानीय नागरिकहरुले वार्षिक १४÷१५ लाख बराबरको तरकारी बेच्ने गरेका छन् । एक वर्षमा उनीहरुले तीनवटा मौसममा तरकारी खेती गर्ने गरेको बताए । स्थानीयले काउली, टमाटर, तिते करेला, लौका, काँक्रालगायतका तरकारी लगाउने गरेका छन् ।

गजल

छुरा प्रहार भयो आज छातीमाथी
विश्वास गरेर आत्मिय साथीमाथी ।।

झन् झन् चर्कियो आन्दोलन थरीथरी
लगाम नहुदा आतंकारी तातीमाथी ।।


खै शान्ती आउला भन्नेमा संकै छ
विगार्ने बसेका छन् माथीमाथी ।।

विहान के हुन्छ आशा नगरौं साथी
सरकार बदलिन्छ यँहा रातीराती ।।


गोविन्द विश्वकर्मा

बलात्कारपछिका हत्याराहरु

सुर्खेत, ९ मंशीर ।

दश वर्षिया बालिकालाई बलात्कार गरी हत्या गर्ने तीन जनालाई सुर्खेत प्रहरीले सार्वजनिक गरेको छ । नेटा गाविस ७ कल्लेरीका ३२ वर्षका खडकबहादुर गाहा मगर, ३८ वर्षका यामबहादुर रास्कोटी मगर र कल्याण– १ पूर्णबहादुर ठाडा मगरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको हो । सुर्खेतको नेटा गाविसकी १० वर्षिया बालिकालाई उनीहरुले सामूहिक बलात्कार गरेर हत्या गरेका थिए । घरबाट दशरथपुर बजारमा सामान किन्न हिडेकी बालिकालाई गत कार्तिक ३० गते उनीहरुले सामुहिक बलात्कार गरेका थिए । तीन जनाले बालिकालाई सामूहिक पालैपालो बलात्कार गरेर पछि ढुंगाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । बालिकाको टो कुरेर बसेका उनीहरुले नेटा ७ पहिरो खोलामा सामूहिक बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी श्रेष्ठको बताउनुभयो । बालिकाका आफन्तले छोरी हराएको सूचना इलाका प्रहरी कार्यालय छिन्चुलाई दिएपछि छिन्चुका प्रहरी निरिक्षक भरत चौधरीको टोलीले घटनाबारे अनुसन्धान थालेको थियो । तर पछि बालिकाका आफन्तले ३० गते राती १० बजे मृत अवस्थामा छोरीको शव भेटिएको जानकारी प्रहरीलाई दिएका थिए । प्रहरीले बालिकाका भिनाजु नाता पर्ने पूर्णलाई पक्राउ गरेपछि अन्य फररा आरोपित पक्राउ गरेको बताएको छ । प्रहरीले तीन जना विरुद्ध जवरजस्ती करणी गरी कर्तब्य ज्यान शिर्षकमा जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडी बढाएको छ । अस्पतालको रिपोर्टले पनि बालिकालाई बलात्कार गरेको उल्लेख गरेको छ । पक्राउ परेका तीन जना मध्य खड्क सशस्त्र प्रहरीका भगौडा प्रहरी भएको र उनी लामो समयदेखि लुटपाट तथा चोरीमा संलग्न पाइएको अनुसन्धानबाट पुष्टि भएको प्रहरी निरक्षक चौधरीले बताउनुभयो ।  यस्तो कार्य गर्नेलाई मुलुकी ऐन ज्यान सम्वन्धि महलको १३ ९३० नं। बमोजिक सर्बस्वसहित जन्म कैद, १० वर्षकी नावालिकालाई सामूहिक जवरजस्तीकरणी गरेकोमा मुलुकी ऐन जवरजस्तीकरणी महलको ३ ९२० बमोजिम ८ देखि १० वर्ष कैद र सोही मलको ३ ९क० अनुसार सामूहिक रुपमा जवरजस्ती करणी गर्नेलाई थप ५ वर्ष कैद सजाय हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ । यसैबिच, सुर्खेतमा चालु आर्थिक वर्ष अर्थात साउन महिना यता मात्रै बालिका जवरजस्तीकरणिका ११ घटना भएका छन् । जिल्ला प्रहरी कार्याललय सुर्खेतका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय छिन्छुमा गरी जम्मा ११ वटा जवरजस्तीकरणीका उजुरीहरु दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा गत साउन यता मात्रै ६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिनुभयो । प्रहरी निरीक्षक हमालका अनुसार इलाका प्रहरी कार्यालय छिन्चुमा पनि पाँच वटा उजुरीहरु दर्ता भएका छन् । यो तथ्याङकअनुसार एक महिनामा औषतमा २ भन्दा पनि बढी जवरजस्तीकरणिका घटना हुने गरेको छ । साउन यता भएका जवरजस्तीकरणीका घटनामा बालिकाहरु चार वर्षदेखि १४ वर्षसम्मका रहेका छन् । एक जना चार वर्ष, एक जना १० वर्षकी, एक जना १२ र एक जना १४ वर्षकी भएको प्रहरीलेजनाएको छ । कुनै घटनामा केटा पनि सानो उमेरको भएको तर धेरै घटनामा वयस्क पुरुषले नै जवरजस्तीकरणी गर्ने गरेको प्रहरीको भनाइ छ । यस्तै साउन यता जिल्ला अदालतमा जवरजस्तीकरणी सम्बन्धीका १७ मुद्दाहरु फर्छौट हुन बाँकी रहेका छन् ।

नेपालको समस्याको समाधान दिल्ली हो त ?

टेकराज केसी सुर्खेत, २४ मंसिर ।
घरभित्रको समस्या घरभित्र नै समाधान हुनुपर्छ जसले गोपनियता भंग हुन दिदैन । घरको समस्या गाउँमा थाहा भएको खण्डमा घरको सम्पुर्ण गोप्य कुरा खुल्छ अनि त्यसको प्रत्यक्ष फाइदा गाउँले लिन पाउँछ । यसको अलावा घरको किचलो एक पक्षबाट अर्को पक्षमा जान्छ र त्यसले घरमा सान्तिको आवास गर्न नपाइने हुन सक्छ । यस्तै अवस्था भएको छ विगतदेखि नै नेपालको । नेपालको मामिलामा भारतको हस्तक्षेपका कारण जुनसुकै परिवर्तन हुदा पनि नेपालको एक पक्षको समर्थनमा भारत हिडेका इतिहासहरु धेरै रहेका छन् । जस्तो २००७ सालदेखिका परिवर्तनहरुलाई हेर्नेहो भने २०४६ सालको जनआन्दोलन जसको नेतृत्व कांग्रेसले गरेको थियो । र त्यो राजाबादी भन्दै माओवादीलाई उक्साएर भारतले द्वन्द्ध गर्न सहयोग ग¥यो । जो बाबुराम भट्टराइको नयाँ शक्ती भन्ने अभियानबाट प्रष्ट हुन्छ । २०५२ सालदेखि सक्रीय राजनिति गरेका उनि संविधानसभाबाट संविधान निर्माणको पक्षमा हिडेका थिए । संविधानसभाबाट संविधान पनि बन्यो तर भारतको त्यसमा असन्तुष्टि व्यक्त ग¥यो जसबाट बाबुरामले पाटि छोडे यो पनि भारतको चलखेलको रुपमा हेर्न सकिन्छ । अर्को २०६२/६३ को जनआन्दोलनमा भारतको नयाँ दिल्लीमा भएको १२ बँुदे सम्झौतालाई लिन सकिन्छ । जतिबेलासम्म भारतले राजाको पक्षमा समर्थन गरेको थियो तत्काल राजाको समर्थनलाई त्यागेर नेपालका दलहरुको पक्षमा समर्थन ग¥यो र राजा पक्षका मानिसहरुलाई रुष्ट बनायो गणतन्त्रका पक्षका मानिसहरुसँग । एक पछि अर्को र अर्को पछि अर्को पक्ष बनाएर नेपाल भित्र नै द्वन्द्ध सृजना गरिदिएको भारतले नेपालमा अहिले मधेशको मुद्धालाई मुख्य बनाएर मधेश मुलुकका मासिहरुलाई पहाडि मुलुकका मानिसहरुसँग भाइचाराको सम्बन्धलाई भाडेको छ । नेपालमा महिनौ पिच्छे प्रधानमन्त्री नयाँ हुुनुमा पनि भारतको ठुलो हात छ । जसको कारणले देशले स्थायी सरकारको अनुभुति गर्न सकेको छैन् अहिलेको समस्याको लागी परराष्ट्रमन्त्री कमल थापा दिल्ली गएर सम्झौता गरेर आए । त्यस्तै मधेशी दलहरुका नेताहरु गए सम्झौता गरेर आए । अर्काको देशमा गएर सम्झौता हुन सक्ने तर नेपालको भुमिमा सम्झौता हुन नसक्ने भन्ने हुन्छ ? उहि व्यक्ती उहि दल उहि नेता कसरी भारतमा गएर सम्झौता हुन सक्ने नेपालमा हुन नसक्ने यो प्रश्न जनतामा उब्जिएको छ । अर्को कुरा नेपालका संघर्स गरेका व्यक्ती र सरकारी पक्षको सम्झौता कहिले पनि एक पक्षलाई पेलेर भएका छन् । आजसम्म भएका ठुला—ठुला सम्झौता भारतकै रोहोवरमा भएको पाइन्छ । यसरी एउटा पक्षलाई भट्काउने अर्को पक्षमा काम गर्ने अर्को पक्षलाई भट्काउने अर्को पक्षसँग काम गर्ने भारतको ढुलमुले स्वभाव र नेपाली नेताको चाकडि गर्ने स्वभावका कारण नेपालमा भएका श्रोत साधनहरु भारतले लुटेर खाइसकेको छ । बिभिन्न सम्झौता गराएर नेपाली नेताको क्षणिक स्वार्थका कारण नेपालको आर्थीक क्षेत्रमा र विकासको क्षेत्रमा ठुलो धक्का पुगेको छ । अर्काको भुमिमा भएका ति सम्झौताको खारेज तथा भारतिय विस्तारबादको अन्त्यका लागी सबै पक्षबाट आवाज उठाउनु जरुरी छ । नेपालको समस्याको समाधान नेपालभित्र आफै नभएसम्म नेपालको समस्या कहिले पनि समाधान हुन सक्दैन । यसको स्पष्ठ अहिलेको माहोलबाट थाहा भएको छ ।

एस.एल.सी. ट्युसन कक्षा रेडियोबाट

२४ मंसिर २०७२ ।
यस वर्ष एसएलसी परीक्षा दिने विद्यार्थीलाई शुक्रबारदेखि शिक्षा मन्त्रालयले रेडियो नेपालमार्फत पढाउने भएको छ । भूकम्प र तराई–मधेसको आन्दोलनलगायतका कारण विद्यार्थीको पढाइमा बाधा पुगेको र कोर्स पूरा गर्न नसकेका विद्यार्थीलाई फोकस गरी रेडियोबाट एसएलसी सामग्री प्रसारण गर्न लागिएको हो । शैक्षिक जनशक्ति विकास केन्द्रले सामग्री तयार गरी पढाउनेछ । केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमका अनुसार सुरुमा रेडियो नेपालबाट साढे सात बजेदेखि १५ मिनेट एसएलसी कक्षा सञ्चालन हुनेछ । रेडियोबाट गणित, अंग्रेजी र विज्ञान पढाउने तयारी छ । लामो समय पढाइ अवरुद्ध भएका तराईका आठ जिल्लाका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने गौतमको भनाइ छ । ती जिल्लाबाट ५६ हजार विद्यार्थीले एसएलसी दिँदै छन । टेलिभिजनबाट पनि कक्षा सञ्चालन गर्ने गरी एसएलसी सामग्री उत्पादन भइरहेको छ । केही समयपछि नेपाल टेलिभिजनबाट साढे पाँच बजेदेखि २५ मिनेट पढाउने तयारी छ । रेडियो र टेलिभिजनबाट प्रसारण भएका सामग्रीले खुला विद्यालयमा अध्ययन गर्ने देशभरबाट एसएलसी दिने विद्यार्थीलाई उपयोगी हुने मन्त्रालयको भनाइ छ । अघिल्ला वर्षमा चैतको पहिलो सातादेखि नै एलएलसी परीक्षा हुने गरेको थियो । तर, यसपालि केही समय ढिलो सुरु गर्ने र छिटो नतिजा निकाल्ने तयारी सरकारको रहेको छ । 

स्थानीय निकायको चुनाव सरकारले बनाउँछ : राज्यमन्त्री शाही

दैलेख २२ मंसिर । 
स्थानीय विकास राज्य मन्त्री कुन्तीकुमारी शाहीले स्थानीय निकायको चुनाव सरकारले संवैधानिक ब्यवस्था अनुसार गराउने बताउनु भएको छ । स्थानीय निकायको चुनाव गराउन सरकार गम्भिर भएको भन्दै स्थानीय निकायको चुनाव अघि जनताको काम छिटो छरितो रुपमा गर्न नारायण नगरपालिका दैलेख र जिल्ला विकास समिति दैलेखका कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । मन्त्री शाहीलाई जिविस दैलेखका स्थानीय विकास अधिकारी हरि प्याकुरेल र नारायण नगरपालिकाका कार्यकारी अधिकृत भक्तबहादुर मल्लले कर्मचारीहरु सहित छुट्टा छुट्टै स्वागत गरेका थिए । जिल्लाले मन्त्री पाएकोमा स्थानीयहरु हर्षित भएका छन् । जिल्लाबासीबाट स्वागत तथा बधाई कार्यक्रमपछि मन्त्री शाही जनताको संविधान जनताकै माझमा विषयक कार्यक्रममा सहभागीता जनाउनु भएको थियो । 

झमक कुमारी घिमिरे

२०३७ सालमा धनकुटाको कचिडे गा।वी।स स्थित कृष्ण बहादुर घिमिरेको जेठी छोरीका रुपमा जन्मिएकी झमक कुमारी घिमिरेलाई प्रतिभावान नेपाली महिला स्रस्टाका रुपमा लियिन्छ। प्रतिमस्तिस्क रोगद्धारा पीडित घिमिरे, उक्त रोगद्धारा पीडित विस्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन्। उनको जन्म देखि नाई हाथ, गोडा नचल्ने, उभिन, हिड्न, बोल्न नसक्ने अवस्था छ। उनको सुन्न र बुझ्न सक्ने क्षमतालाई तिखार्दै, खुट्टाको ३ औंलाको सहयोगले धेरै रचना प्रकसित गरिसकेकी छिन्। औपचारिक शिक्षा पाउन अस्मर्थ घिमिरेले घरमा भाई बहिनिले पढेको र लेखेको देखेर र सुनेर आफ्नो छ्यमता विकाश गरेकी हुन्। पारिवारिक स्नेह र सहयोग नपाएकी घिमिरेले बाल्यकालमा धेरै अठिनाइहरू भोग्नु परेको थियो। १९ वर्सको उमेरदेखी साहित्य सिर्जनामा लागेकी घिमिरेले आफ्ना कृतिहरूमा आफ्नो संघर्समय जीवनको अनुभव, आत्मनुभूति व्यक्त गरेकी छिन्। उनी समसामयिक लेखहरू लेख्ने गर्छिन। उनका लेखहरू प्रायस् छोटा, राम्रा र सान्दर्भिक हुन्छन्। जुनसुकै बिषयमा पनि उत्सुकता राखनुलाई आफ्नो खूवी मान्ने घिमिरे जीवन्लाई उर्जा दिने किताबहरू पढ्न रुचओछिन् भने जीवनप्रति आसावादी लेखहरू मनपराऊछिन्। नेपाली नारीको उत्थानका लागि हाम्रा समाजमा रहेको सामाजिक, आर्थिक, राजनितिक, कानुनी र धार्मिक सबै खालका विभेदलाई ध्वस्तै पार्नुपर्छ भन्ने उनको भनाई छ।

“कती काङ्तर बन्छऊ,
हाम्रा गाऊका सेक्सपियार चेलीहरू,
तिम्रै धरतीमै मारिदैछन्,
अकाल हाम्रा कोमल चेलीहरू
समान्त र स्वतन्त्रता त
खोक्रो खाली नारा हो
अब उठ चेलिहरु”,
यो कविताको मार्फत उनले पिछदियेका नारीहरूलाई आँफैबाट परिवर्तन सुरु गर्नुपर्ने सन्देश दिएकी छिन्।
“सङ्कल्प”, “सम्झना”, “बाछिताहरु”,”मान्छेभित्रको योद्धा”, “जिवन काडा की फूल” जस्ता उनका ११ पुस्तक प्रकासित भैसकेका छन्। जस मध्ये आत्मपरक निबन्ध संग्रह “जिवन काडा की फूल” मा उनले आफ्नो भोगाइ, आफ्नो बाल्यकालमा स्वाध्ययन गर्दा पार गरेको कतिनाइहरू व्यक्त गरेकी छिन्। उनले यहि कृति मार्फत दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरिसकेकी छिन्, जस मध्ये प्रबल गोर्खा दक्षिन बाहु चौथा र मदन पुरस्कार पनि पर्दछन्। मदन पुरस्कार पाऊने घिमिरे पारिजात पछि दोस्रो महिला हुन्। कान्तिपुर र ब्लास्त टाईम्स पत्रिकामा उनको नियमित स्तम्भहरू छापिनेगरेका छन्।
उनको संघर्स, आत, अत्थोत, सिक्ने र गर्ने क्षमता प्रतेक मान्छेको लागि प्रेरनिय छ भने उनले जीवन र समाजलाई नयाँ उचाइमा उताएको यो अवस्तालाई नेपालक अपाङ्गता भएको व्यक्तिलाई प्रेरना र शारीरिक रुपमा सक्षम भएकोमा गर्व मात्र गर्नेलाई चुनौती जस्तै भएको छ।

दिल्ली गई सिल्लीको तक्मा

काठमाण्डौं, २४ मंसिर 
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेसी मोर्चाका नेताहरु दिल्ली गएर भारतिय नेताहरुलाई भेट्ेर सिल्ली बनेको बताउनुभएको छ । नेकपा एमालेको राष्ट्रिय भेलाको अन्तिम दिन पत्रकार सम्मेलमा नेता खनालले आफ्नो समस्या लिएर दिल्ली गएका मधेसी नेताहरु सिल्ली बनेको बताउनुभयो । उहाँले नेपालको समस्या नपालमै बसेर समाधान गर्न सकिने भएकोले नेपालको आन्तिरिक मामला बिदेशमा लगेर समाधान नहुने भन्दै आफ्नो समस्या समाधानका लागि दिल्ली धाएर नहुने बताउनुभएको छ । उहाँले नेपालको समस्याको लागि कोही दिल्ली धाउने, कोही बेइजिङ धाउने, कोही पश्चिम धाउने कामले राष्ट्रिय एकता कमजोर भएको भन्दै यस्तो कार्य राष्ट्रघाती चिन्तन भएको बताउनुभएको हो । उहाँले नेपालको आन्तिरिक समस्याको आफै सुल्झाउन सक्ने भन्दै विदेशी हस्तक्षेप नसहने बताउनुभएको छ ।

म.प. विश्वविद्यालयले पालुवा फेरेन ?

सुर्खेत, २४ मंसिर
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा विज्ञान संकायको २० वर्षे रणनीतीक योजना तर्जुमाका लागी आयोजित विचार गोष्ठीमा पाण्डेले यस्तो बताउनुभएको हो । विश्वबिद्यालमा बनाईएका नियम कानुन बमोजिम काम नभएको र आफुखशी गर्ने प्रबृत्तिले गर्दा अहिले विश्वविद्यालय स्थापना नै नभएको आभास भएको बताउनुभएको छ । मध्यपश्चिमका नागरिकहरु लड्दा लड्दै पनि पछाडी पार्न खोजिएको भन्दै पाण्डेले अहिलेको कार्यसमितीले चाहेअनुसार काम नगरेकाले विगठन गर्न सकिने समेत बताउनुभयो । यस्तै मध्यपश्चिम विश्वविद्यालय निर्माण गर्नमा सुर्खेत क्याम्पस (शिक्षा) को ठुलो देन भएकाले उच्च पदस्थमा पनि शिक्षाका कै कर्मचारी रहेको दावी गर्नुभयो । अव सुर्खेत क्याम्पस (शिक्षा) लाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गाभ्न सुझाव दिनुभएको थियो । देशमा त्रिभुवन विश्वविद्यालयलाई १३ सय जना शिक्षकको दर्बन्दि हँुदा पनि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ३ सय १८ दरवन्दि हुनमा विवाद उत्पन्न भएको थियो । विद्यालयले बनाएको कार्ययोजनाको सहज कार्यान्यवन गर्न सुझाव दिदै दर्शन तथा लक्ष्य÷उद्धेश्यका साथ अगाडी बढ्न अनुरोध गर्नुभएको थियो । यस्तै कार्यक्रममा क्षेत्रिय शिक्षा उपनिर्देशक भक्त बहादुर खड्काले जल्दोबल्दो समयलाई ख्याल गरी शिक्षण सिकाई पद्धतिलाई परिमार्जन गरिनुपर्ने र भौतीक संरचना निर्माण गर्दा अनावश्यक प्राकृतिक सम्पदाको नाश नगर्न सुझाव दिनुभयो । सहभागीहरुलाई स्वागत गर्दै लक्ष्मीप्रसाद आचार्यले अहिलेका प्राविधिक शिक्षा नामले मात्र प्राविधिक भएको, दक्ष जनशक्ती उत्पादन गर्न नसकिएको बताउनुएको थियो । विश्वविद्यालयका रजिस्ट्रार महेन्द्रकुमार मल्लले विद्यालयको संरचना÷स्वरुप, नेतृत्व विकास, शैक्षिक कार्यक्रम, भौतिक संरचना निर्माण लगायतका २० वटा रणनितीको बारेमा जानकारी गराउनुभएको थियो । 

सुर्खेतमा एक युवतीमाथी सामुहीत वलात्कार

सुर्खेत, २४ मंसिर
सुर्खेत तरङ्गा घर भएकी १८ वर्षीया एक युवतीमाथि वीरेन्द्रनगरका तीन युवाहरुले सामुहिक बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेत बसपार्कबाट जीपको टिकट काटेर घर जान लागेकी ती युवतीलाई युवाहरुको एक समूहले घर पुर्या‍इदिने भन्दै जबर्जस्ती मोटरसाइकलमा राखी काँक्रेविहारको जंगलमा लिएर सामुहिक बलात्कार गरेको रहस्य खुलेको छ । काँक्रेविहारको जंगलमा बलात्कार गरेपछि युवतीलाई पुनः वीरेन्द्रनगर–१ मा रहेको कृष्ण सामुदायिक वनमा लगेर बलात्कार गरेपछि त्यहीँ छोडेर भागेका थिए । घटना आइतवारको भएपनि पीडित युवतीका आफन्तहरुले छोरीको खोजी गरिदिन भन्दै निवेदन दिएपछि मात्र प्रहरीले उहाँको खोजी सुरु गरेको थियो । त्यही क्रममा प्रहरीले पीडित युवतीलाई कृष्ण सामुदायीक वनमा फेला पारेर उहाँको उद्धार गरेको छ । पीडित युवतीले किटानी जाहेरी दिएपछि बलात्कारमा संलग्न तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बलात्कारको आरोपमा वीरेन्द्रनगर–१ का ३० वर्षिय टोपबहादुर गुरुङ्ग, ३१ वर्षिय विनोद जिसी र ३१ वर्षकै शेरबहादुर केसीलाई पक्राउ गरिएको छ ।