म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र भारतवासीमध्ये धेरैजसो जातव्यवस्थाद्वारा आक्रान्त छौं। जीवन, समाज, अर्थतन्त्र, राजनीति र संस्कृतिका त्यस्ता पक्षहरू पहिचान गर्न कठिन पर्छ जुन जातव्यवस्थाबाट नितान्त अलग रहेका होऊन्। अझ भनौं भने सात समुद्रपारि गएर बस्दासमेत हामी कतिलाई जातले छाड्दैन। वा हामी जातलाई छाड्दैनौं। यस्तो लाग्छ, जात हामीमध्ये धेरैको, सायद सबैजसोको जीवन, समाज, इतिहासमा सर्वव्यापी र अक्षुण्ण बनेर रहेको छ। तर, यो सर्वसत्य हो कि जातको असर पृथक पृथक रूपले संरचित छ। जातव्यवस्थाअनुसार दलित सबैभन्दा बढी आक्रान्त छन्। विरलै स्थान र परिप्रेक्ष्यमा मात्र दलितले अन्य जात समूहसरह आदर(सम्मान प्राप्त गर्छन्। दलितहरूको परचक्रीकरण र नीचकरणु जीवन र समाजको आमपाटो बनेको छ। उँचनीचतामा दलित र अदलितका बीच रहेको विकराल खाडल अन्य जात समूहका बीच भेटिँदैन। तर पनि तल्लो र माथिल्लोु जातका बीच उँचनीचता, भेदभाव, अलगाव कायम रहेको यत्रतत्र अनुभव गर्न सकिन्छ।तल्लो जात माथि पुगेको केही उल्लेखनीय उदाहरण पक्कै छन्। कतिपय माथिल्लो जात तल पुगेका छन्।प्रहरी मेरो बन्यो
चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र
बाच्ने मन छ जुनी-जुनी
गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा
मोदीको भिषा रेकर्ड फाईल
अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।
म. प. विश्वविद्यालयले पालुवा…
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा
दलित बालबालिकाको अवस्था
हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।
जातको कथा
म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र भारतवासीमध्ये धेरैजसो जातव्यवस्थाद्वारा आक्रान्त छौं। जीवन, समाज, अर्थतन्त्र, राजनीति र संस्कृतिका त्यस्ता पक्षहरू पहिचान गर्न कठिन पर्छ जुन जातव्यवस्थाबाट नितान्त अलग रहेका होऊन्। अझ भनौं भने सात समुद्रपारि गएर बस्दासमेत हामी कतिलाई जातले छाड्दैन। वा हामी जातलाई छाड्दैनौं। यस्तो लाग्छ, जात हामीमध्ये धेरैको, सायद सबैजसोको जीवन, समाज, इतिहासमा सर्वव्यापी र अक्षुण्ण बनेर रहेको छ। तर, यो सर्वसत्य हो कि जातको असर पृथक पृथक रूपले संरचित छ। जातव्यवस्थाअनुसार दलित सबैभन्दा बढी आक्रान्त छन्। विरलै स्थान र परिप्रेक्ष्यमा मात्र दलितले अन्य जात समूहसरह आदर(सम्मान प्राप्त गर्छन्। दलितहरूको परचक्रीकरण र नीचकरणु जीवन र समाजको आमपाटो बनेको छ। उँचनीचतामा दलित र अदलितका बीच रहेको विकराल खाडल अन्य जात समूहका बीच भेटिँदैन। तर पनि तल्लो र माथिल्लोु जातका बीच उँचनीचता, भेदभाव, अलगाव कायम रहेको यत्रतत्र अनुभव गर्न सकिन्छ।तल्लो जात माथि पुगेको केही उल्लेखनीय उदाहरण पक्कै छन्। कतिपय माथिल्लो जात तल पुगेका छन्।दलित बालबालिकाको अवस्था
नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन । मनावीय अवश्यकताबाट वञ्चित भएर कष्टकर जीवानयापन गरिरहेका छन् । यिनीहरुकै बलमा नेपालको विकास निर्माण, बाटोघाटोदेखि ती जमिनदारको महल खडा हुन्छन् । आफ्नो जमिन नभएकै कारणले गर्दा अस्थायी रुपमा नदी तथा सडकको किनाराहरुमा पाल र छाप्रा बनाई जीवन गुजारा गरिरहेका छन् । अहिले सबैजसो गरिब तथा दलितहरु ठूला/ठूला साहु महाजनको जमिनमा काम गरिरहेका छन् । कठिन आर्थिक अवस्था भएका कारण दयनीय जीवनयापन गर्न उनीहरु बाध्य छन् । यसमा दलित समुदाय प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भोकमरीको सिकारसमेत बन्ने गरेका छन् । सबैभन्दा बढी यी गरिब दलित तथा पछाडि पारिएका समुदायका छोरा छोरीहरुको उचित स्याहार सुसार हुन पाउँदैन । राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट पनि उनीहरु वञ्चित रहेका छन् । बिहान बेलुका हातमुख जोड्ने समास्याले ग्रसित यी कतिपय दलित परिवारमा चार्डपर्व होस् या कुनै खुसीयाली होस् सधैँ कठोर परिश्रम गर्न बाध्य हुनुपर्दछ । प्रायः दलित समुदायका अधिकांश बालबालिका विद्यालय जानबाट वञ्चित छन् । यसो हुनुमा राज्यको सबैभन्दा गैरजिम्मेवारीपूर्ण कार्य प्रमुख हो । दलित समुदायमा समाजिक सुरक्षाको कमी छ । यसको प्रमुख कारण गाँस, बास र कपासको अभाव नै हो । हाम्रो समाजमा उत्पादनशील एवं विकास निर्माणको भरोसायोग्य समाजलाई जस्तो ठूलो शक्तिलाई राज्य पक्षबाट किनारा लगाउने काम भएको छ । यसले समाजको विकासको गतिलाई सन्तुलित र सीमित ठाउँमा मात्रै राखेको छ । त्यति धेरै मात्रामा दलित र गरिब समुदायहरु अधिकांश राज्य पक्षबाट पछाडि पारिएका छन् । राज्यपक्षबाट सञ्चालित कार्यक्रमहरु उनीहरुको हकहित तथा उत्थानका कार्यक्रमहरु ठूलाबडाहरुको कुरामा मात्रै सीमित छ । त्यतिमात्रै होइन, गैरसरकारी संघसंस्थाहरुले यी गरिब दलितहरुको हकहितका लागि वर्षेनी करोडौँ रकम विदेशी दातृ निकायहरुबाट लिने गर्दछन् । यही समुदायको शिक्षा, स्वास्थ्य र रोजगारका निम्ती हजारौैँ शिविरको आयोजना गरिने भनेर रकम दातृ नियाहरुबाट असुल्ने गर्ने गरेका छन् । तर, साच्चिकै हेर्नुपर्दा यतिका धेरै करोडौ बजेट यी दलित एवं पछाडि पारिएका अल्पसंख्यकहरुको गरिबी किन टर्न सकिरहेको छैन ? वर्तमान अवस्थामा हेर्ने हो भने राज्यपक्षबाट यी दलित, गरिब, समुदाय भनेको विकास निर्माणलगायत मानवीय गतिविधिहरुबाट पछाडि पारिएको देशकै ठूलो हिस्सा हो ।अधिकांश गरिब, दलित हरु न्यूनतम आधारभूत आवश्यकताबाट विमुख रही कठीन जिन्दगी बिताउन बाध्य छन् । ठूला जमिनदारहरुको घरमा उनीहरुले कठिन काम गर्न बाध्य भएका छन् । लामोे समयदेखि अरूको वा ऐलानी जग्गामा स–साना झुप्रा बनाएर वा पाल टाँगेर बसोबास गरेको ठाउँमा प्रहरी प्रशासनले छाप्राहरु भत्काउने, त्यतिमात्रै होइन, राजनीतिक दलका नेताहरुले समेत उनीहरुलाई उठिबास गर्न लगाउने काम गरेका छन् । आर्थिक दूरावस्थाका कारण गरिब दलित तथा भूमिहीनहरु उचित खानपान र रहनसहनको अभावले बिरामी पर्दा उचित उपचार गराउनबाट वञ्चित हुनुपरेको छ । दैनिक कठोर परिश्रम गरेर बिहानबेलुका हातमुख जोड्नुपर्ने समस्याबाट ग्रसित यी समुदाय बिरामी भएमा त्यसको परिणाम के हुन्छ ? त्यसको सहजै अनुमान गर्न सकिन्छ । नियमित रोजगारी, भोकमरी, घरबास, स्वच्छ खानेपानी र शौचालयको समस्या । सीप र क्षमता अभावका कारण अधिकांश गरिब, दलितहरु मजदुरको रुपमा रोजगारी गर्दछन् । नेपालको कृषि प्रणाली मौसमीमात्र भएकाले खेतीपातीको समय भन्दा अरू समयमा उनीहरु रोजगारीबाट वञ्चित हुनुपर्दछ । रोजगारीकै अभावले गर्दा उनीहरुको जीवनशैलीमा धेरै असर परिरहेको छ । यो समुदाय रोजगारीका निम्ती भारत तर्फ जाने गरेको पाइन्छ । अाफ्नाे स्थायी घर नभएको र रोजगारीसमेत नियमित रुपले नपाउने यी गरिब, दलितहरु बारम्बार भोकमरीको समस्याबाट पीडित छन् । भोकमरीको समास्या भूमि र रोजगारीसँग जोडिएको छ । भूमिको समस्या र उनीहरुको पक्षमा राज्य पक्षबाट आइरहेको अनुदान यी समुदायको हात सम्म नपरुन्जेल यो समस्या बाट उम्कने अबस्था देखिदैन । दलित बस्तीहरुमा आयआर्जनमूलक कार्यक्रम सञ्चालन नहुनु, यी समुदायका बालबालिकालाई उचित शिक्षादिक्षा उपलब्ध नहुनु र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चितीकरण गरिनु । यसरी लामो समयदेखि भूमिमाथिको अधिकारबाट पछाडि पारिएको ठूलो संख्यामा रहेका दलित, गरिबहरूको समस्या समाधानका लागि राज्य पक्षबाट प्रभावकारी कदम नचालिनुले यो समास्या जहााको त्यही नेपनलको परिवेशमा हेर्ने हो भने दलित बालबालीका हरुको निम्ती खासै उल्लेखनिय कार्य भएको देखिदैन । आज पनी दलित बालबालीकाहरु विभेदमै रहेका छन् । दलित बालबालीका को निम्ती भनेर विभिन्न खालका नियम कानुन पनी बनेका छन् तर त्यो नियम कानुनहरु कागजमा लेखाइको रुपमा मात्र सिमित भएको देखिन्छ । ती ग्रामीण भेगमा कष्टकर जिवन विताउने बालबालीकाहरु लाई पढाइको के थाहा ? पढ्नु पर्छ भनेर भनीदिने को ? उनहिरुको अभिभाबकले राम्रोे शिक्षा प्राप्त गरेको भएपो आफ्ना छारा छोरी लाई पढाउनु पर्छ भन्ने धारणा हुन्थ्यो । तर तिनीहरुकै अभिभावक हरुलाईनै राम्रो शिक्षा दिक्षा नपाएकै कारण उनीहरुका छोरा छारी ले राम्रो शिक्षा दिक्षा पाउन सकिरहेका छैनन् । विहान साझँ काम गरेर खानु पर्ने अवस्थामा कहाँको शिक्षाको अवसर मिल्ने ? सानै उमेरदेखी अर्काको काम गरेर आफ्नो घरव्यवहार चलाउनु पर्ने अवस्थामा कहाँको शिक्षा पाउनु र ?बालबालीका को लागी भनेर विभिन्न सङघ सस्थाले विभिन्न कार्यक्रमहरु गरेका हुन्छन । उनीहरुको घरपरिवारमा विहान बेलुका छाक टार्न समेत गाह्रो परेको बेलामा विद्यालयको पढाई त धेरै परको कुरा हो । विषेश गरी उनहिरुको आर्थिक अभावका कारण बालबालिकाले विद्यालय छाड्ने गरेका हुन् । विषेश गरी दलित बालबालीका विद्यालय छोडेर सानै उमेर मा भारतमा काम गर्न जाने गरेका छन् । हुनत सरकारले दलित बालबालीका हरु का निम्ती भनेर निशुल्क शिक्षा निती पनी ल्याएको छ । तर त्यो निशुल्क शिक्षा निती अक्षरस पालना हुन सकिरहेकोे छैन । सरकारले दलित तथा गरीब परीवारका बालबालीकाका लागि पठन पाठनको उचित व्यवस्थापन गर्न नसक्दा उनीहरुमा यस्तो समस्या दोहोरीने गरेको छ । बालबालिकालाई विद्यालय पठाउनका लागि पोसाक र शैक्षिक सामग्रीको व्यवस्था मिलाउन नसक्दा अधिकांशले विद्यालय पठाउने अवस्था नरहेको कतिपय अभिभावको गुनासो रहेको छ ।अत्याबश्यक औषधी उपलव्ध गराएकै छौं ।
नेपाल औषधी व्यवसायि संघले अहिलेको असहज अवस्थामा पनि आफूहरुले अत्याबश्यक औषधी उपलब्ध गराएको दावी गरेको छ । भारतको अघोषित नाकाबन्दीका बाबजुत पनि आफूहरुले विभिन्न कठिनाइका साथ औषधी उपलब्ध गराइरहेको संघले जनाएको हो । कार्यक्रममा सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले संघले यस्तो असहज परिस्थितिमा पनि आफूहरुले देशभर औषधी वितरण गरिरहेको दावी गर्नुभयो । यस्तो असहज अवस्थामा पनि आफूहरुले चुनौती मोलेरै औषधी वितरण गरिरहेको भन्दै उहाले यो अवस्थामा समस्या समाधानका लागि सरकारले के गरिरहेको छ भनी प्रश्न समेत गर्नुभएको थियो । नाकाबन्दीबाट सिर्जित चरण समस्याका बाबजुत आफूहरुले मानवीयताका नाताले एयर लिफ्ट गरेर समेत चार करोडको औषधी ल्याएको भन्दै उहाले सरकार अझै गम्भीर हुन नसकेको प्रति ध्यानाकर्षण गराउनुभयो । नाकाबन्दीले औषधी व्यवसायि र बिरामीहरुलाई परेको असरको बारेमा बताउँदै अध्यक्ष श्रेष्ठले नाकाबन्दीले महिनौसम्म नाकामा औषधीका गाडि रोकिएको र औषधीको प्रयोग गर्न मिल्ने समय कम हुँदै जाने बताउनुभयो । यसले गर्दा पनि घाटा व्यहोर्नुपर्ने र यसले समस्या ल्याउने उनको भनाई छ । उहाले अहिले पनि आफूहरुसंघ औषधी स्टक भएको भन्दै यसको वितरणको लागि समस्या भएको बताउनुभयो । औषधी व्यवसाय मानव सेवा भएको भन्दै उहाले औषधी विक्री गर्दा एक पटक सोच्नुपर्ने र स्वार्थभन्दा माथि उठेर व्यवसाय गर्न सुर्खेतका व्यवसायीलाई सुझाव दिनुभयो । दलित भन्ने कि शिल्पी
सुनको भाउमा गिरावट
हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ ४ सय रुपैयाँले घटेको छ । बिहीबार तोलाको ४८ हजार ८ सय रुपैयाँ कायम भएको सुनको भाउ घटेर ४८ हजार ४ सय रुपैयाँमा झरेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन आइतबार भाउ बढेर ४९ हजार १ सय रुपैयाँ पुगेको सुन त्यस यता भने लगातार घट्दै गएको छ । सुन आइतबार कायम भएको भाउमा १ सय रुपैयाँले घटेर सोमबार ४९ हजार रुपैयाँमा झरेको थियो । यस्तै मंगलबार ४ सय रुपैयाँले घटेर ४८ हजार ६ सय रुपैयँमा झरेको भाउ बुधबार फेरि बढेर तोलामा ४८ हजार ८ सय पुगेको थियो । बिहीबार भने सुनको भाउ स्थिर रह्यो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि घटबढ भैरहेको महासंघले जनाएको छ ।तितो मिठो चम्किदै, अभिनयमा थापा
सुर्खेतमा अहिले तितो मिठो नाटकले दर्शकको मन छुन सफल भएको छ । स्थानिय टलीभिजन सुनगाभाबाट हरेका शनीबार साँझ ८ बजेबाट प्रसारण हुने नाटक श्रृङ्खला तितो मिठाले अहिले भनेजस्तै दर्शक कमाउन सफल भएको छ । देशको समसामयिक घटना क्रमलाई समेटेर बनाईएको नाटकले अहिले सबैको मन छाएको हो । दैलेखको पग्नाथ गाउ विकास समिती वडा नं. ८ मा वि.स २०४९ साल कात्तिक ७ गतेका दिन जन्म भएका वेदन थापाको मुख्य भुमिकामा यो नाटक बनेको हो । अहिले वीरेन्द्रनगर सुर्खेतमा बस्दै आएका बहुप्रतिभाशाली वेदन थापाको निर्देशनमा तयार भएको यो नाटकले सुर्खेतका अधिकांश स्थानिय ठाउलाई समेटेर समस्या र घटनाहरुको चित्रण गर्न खाजेको छ । सानै उमेरदेखि हास्य क्षेत्रमा रुची राख्दै आएका थापा कक्षा २ मा पढ्दादेखि नै अभिनयमा प्रवेश गरेको थिए । विद्यालयमा थापालाई शिक्षक उक्तम शर्माले प्रेरणा प्रदान गरेका थिए । “शिक्षक शर्माले कसैको अभिनय नगरेर आफुलाई जस्तो आउछ त्यस्तै अभिनय गर्न उक्साउनुहुन्थ्यो” थापाले भने । विद्यालयमा हुने सबैखाले सांस्कृतिक कार्यक्रममा आफ्ना प्रस्तुती राख्दै आएका थापा अहिले हास्य टेलीश्रृङ््खला “तीतो मिठो”मा एकदमै व्यस्त देखिन्छन् । स्वयम आफैले निर्देशन गरेको टेलीश्रृङ्खला “तीतो मिठो”मा स्थानिय कलाकारहरुको अभिनय रहेको छ भने आफु पनि मुख्य पात्र मसानेको पात्रमा अभिनय गरेका छन् ।
सुर्खेतमा कला क्षेत्रबाट अभिनय सुरु गरेका थापाले लामो समय राजधानी काठमाण्डौमा बसेर हास्य व्यङ्य सिकेका थिए । थापाले अहिले स्थानिय तथा राष्ट्रिय स्तरका विभिन्न टेली श्रृङ्खलामा अभिनय गरिसकेका छन् । स्थानिय टेलीभिजन सुनगाभाबाट प्रसारण हुने नाटक श्रृङ्खला “चटारो” को ५ भागबाट थापाको अभिनय यात्रा सुरु भएको थियो । चटारोमा सहकर्मीहरु चिरन्जीवी सापकोटा, विष्णुभक्त फुयाल, निरुता शाही, चन्द्र मन्दिर लगायतका सुर्खेतका उत्कृष्ण कलाकारको साथ पाएर अभिनय गर्ने अबसर प्राप्त गरेका थिए । त्यसरी आफ्नो अभिनय सुरु गरेका थापा अहिले आएर आफ्नै निर्देशन तथा कथा लेखनमा “तितो मिठो” श्रृङ्खला निर्माण गरेका छन् । जसमा थापाको मुख्य भुमिका पनि रहेको छ । मसाने डाकाको पात्रको रुपमा अभिनय गरेका थापा अहिले हास्यव्यङ्ग्य कलाकारको रुपमा स्थापित भै सकेका छन् । “तितो मिठो”का निर्माता, निर्देशक समेत रहेका थापा मुख्य कलाकार मसानेको भुमिकामा देखिन पाउदा निकै खुसी देखिन्छन् । स्थानिय टेलिभिजन सुनगाभामा हरेक शनिबार साँझ साढे आठ बजे “तितो मिठो”को १० औं भाग दर्शकमाझ पुगिसकेको कुरा बताउदै धेरैले रुचाएको प्रतिकृया आएको पनि बताउछन् । अभिनयगर्ने कला आफुलाई भगवानले वरदान नै दिएको बताउदै अभिनयबाटै जिविकोपार्जन गर्नेछु र यो पेशाबाट सोचेजस्तै सन्तुष्ट छु थापा भन्छन् । कतै कलाकारीता क्षेत्रमा पैसाको मात्र चलखेल हुने हुदा कला क्षेत्र धरावमा परेको गुनासो गरेका छन् । पैसाले नै गर्दा असक्षम व्यक्ति पनि धेरैअगाडी पुगेको र बढ्न सक्छन भने पैसा नभए जस्तो सकै क्षमतावान कलकार पछि नै हुदोरहेछ उनको भनाई छ । पैसाले गर्दा नेपाली कला क्षेत्र वदनमी गर्ने भएकाले कलाकारीतामा पैसाको चलखेल नगर्न सुझाव दिदैं अव आफुले नयाँलाई विशेष प्रथामिकतमा राखेर नाटक निर्माण गर्न लागेको बताउछन् ।बाँच्ने मन छ जुनी जुनी
गोविन्द विश्वकर्मा, सुर्खेतनेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा कलाकारको उदय यो क्षेत्रमा बाक्लो रुपमा हुने गरेको छ । परदेशमा हुँदा आफुले भोगेका बिभिन्न समस्या र घरपरिवारबाट टाढाँ हुँदा आउने ति सम्झनालाई गीतमा राखेर प्रस्तुत गर्न पछील्लो समय थुप्रै सर्जक लागि परेका छन । तिनै सर्जक मध्यका एक हुनुहुन्छ सर्जक तेजेन्द्र बिबश । थुप्रै उत्कृष्ट गीतहरु बजारमा ल्याईसक्नुभएका तेजेन्द्रले परदेशबाटै बिभिन्न गीत रचना गर्नुका साथै गीत प्रस्तुत गर्दै आईरहेको छ । पछील्लो समय सर्जक तेजेन्द्रले बाँच्ने मन छ जूनी जूनी बोलको गीत बजारमा प्रस्तुत गर्नुभएको हो । सधैं सधैं भर आफ्नी मायालुलाई अंगालेर जूनी जूनी बाच्ने मन भएकोले आफुसँगको नाता नतोड्न आग्रह आफ्नी प्रेमिकालाई गर्नुभएको छ यस गीत मार्फत । मर्नै परे पनि आफ्नी प्रेमिकालाई मुटुमा सँगालेर मर्ने मन भएको समेत तेजेन्द्रले गीतमा प्रस्तुत गर्नुभएको छ । सुपारी म्युजिक प्रा.ली मार्फत बजारमा आएको उक्त गीतमा राजेन्द्र कँडेल र पूर्णकला बि.सीको स्वर रहेको छ । गीतको लय तथा शब्द तेजेन्द्र बिबशले नै तयार गगर्नुभएको हो । एकता फिल्मसले उक्त गीतको भिडियो समेत निर्माण गरेको छ ।
महिला हिंसाको कारक मदिरा र जुवातास
सुर्खेतका युवाहरु कृर्षीमा आकर्शित
वीरेन्द्रनर २५ फलाटेका नागरिकहरु तरकारी खेतीमा आकर्षित भएका छन् । खाद्यान्न बाली भन्दा तरकारीबाट धेरै नाफा हुने भएपछि स्थानीय नागरिक व्यवसायिक रुपमै तरकारी खेतीमा लागेका हुन् । अहिले गाउँभर जताततै तरकारी खेती मात्रै गरेको पाइन्छ । सुरुमा कृषि समूहमा आवद्ध भएर अलिअलि तरकारी खेती गर्ने गरेका उनीहरुले केही वर्षदेखि भने कृषि तथा जडिबुटी सहरकारी संचालन गरी व्यवसायिक रुपममै कृषि गर्न थालेका छन् । स्थानीय नागरिकहरुले पहिलेको जनजागृत कृषि समूहलाई नै अहिले हरियो हिरा कृषि तथा जडिबुटी बिकास सहकारी संस्थाका रुपमा संचालन गरी व्यवसायिक कृषिलाई व्यापक बनाएका छन् । २०६६ सालमा स्थापना गरिएको यो सहकारीमा अहिले तीन सय ४ जना सेयर सदस्यहरु रहेका छन् । सहकारीमा आबद्ध भएको धेरैजसोले अहिले तरकारी खेती नै गरेका छन् । सहकारीमा आवद्ध भएका ७६ जना भन्दा बढीले व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका छन् । खाद्यान्न बाली भन्दा तरकारीबाट राम्रो आम्दानी हुने भएपछि आफू तरकारी खेतीमा लागेको स्थानीय जगतबहादुर मर्साङगिले बताउनुभयो । सहकारीका व्यवस्थापक ढकबहादुर बुढाका अनुसार अहिले वीरेन्द्रनगर २५ फलाटेका सहकारीमा आवद्ध कृषकहरुले मात्रै ८ विगाह क्षेत्रफलमा तरकारी खेती गर्ने गर्नुभएको छ । वािषर््ाक करिब ८०० क्वीन्टल तरकारी उत्पादन भएको सहकारीले जनाएको छ । उनीहरुले सहकारीमा आबद्ध भएर विभिन्न संस्थाको सहयोगमा व्यवसायिक रुपमा तरकारी खेती गरिरहेको व्यवस्थापक बुढाको भनाइ छ । अहिले स्थानीय कृषकहरुलाई सहकारीमार्फत उच्च मूल्य कृषि बस्तु विकास आयोजना, सुन्दर नेपाल, एसएनभी लगायतका संस्थाहरुले सहयोग गरेका छन् । सस्थाहरुले कृषकहरुलाई प्राविधिक सहयोग गर्ने गरेको उनको भनाइ छ । सिचाइको लागि पानी पोखरी, मोटर लगायतका सहयोग हुनेगरेको छ । त्यसैगरी टनेल निर्माणका लागि पनि सहयोग हुने गरेको छ । अहिले औषतमा स्थानीय नागरिकहरुले वार्षिक १४÷१५ लाख बराबरको तरकारी बेच्ने गरेका छन् । एक वर्षमा उनीहरुले तीनवटा मौसममा तरकारी खेती गर्ने गरेको बताए । स्थानीयले काउली, टमाटर, तिते करेला, लौका, काँक्रालगायतका तरकारी लगाउने गरेका छन् ।गजल
विश्वास गरेर आत्मिय साथीमाथी ।।
झन् झन् चर्कियो आन्दोलन थरीथरी
लगाम नहुदा आतंकारी तातीमाथी ।।
विगार्ने बसेका छन् माथीमाथी ।।
विहान के हुन्छ आशा नगरौं साथी
सरकार बदलिन्छ यँहा रातीराती ।।
गोविन्द विश्वकर्मा
बलात्कारपछिका हत्याराहरु
![]() |
नेपालको समस्याको समाधान दिल्ली हो त ?
घरभित्रको समस्या घरभित्र नै समाधान हुनुपर्छ जसले गोपनियता भंग हुन दिदैन । घरको समस्या गाउँमा थाहा भएको खण्डमा घरको सम्पुर्ण गोप्य कुरा खुल्छ अनि त्यसको प्रत्यक्ष फाइदा गाउँले लिन पाउँछ । यसको अलावा घरको किचलो एक पक्षबाट अर्को पक्षमा जान्छ र त्यसले घरमा सान्तिको आवास गर्न नपाइने हुन सक्छ । यस्तै अवस्था भएको छ विगतदेखि नै नेपालको । नेपालको मामिलामा भारतको हस्तक्षेपका कारण जुनसुकै परिवर्तन हुदा पनि नेपालको एक पक्षको समर्थनमा भारत हिडेका इतिहासहरु धेरै रहेका छन् । जस्तो २००७ सालदेखिका परिवर्तनहरुलाई हेर्नेहो भने २०४६ सालको जनआन्दोलन जसको नेतृत्व कांग्रेसले गरेको थियो । र त्यो राजाबादी भन्दै माओवादीलाई उक्साएर भारतले द्वन्द्ध गर्न सहयोग ग¥यो । जो बाबुराम भट्टराइको नयाँ शक्ती भन्ने अभियानबाट प्रष्ट हुन्छ । २०५२ सालदेखि सक्रीय राजनिति गरेका उनि संविधानसभाबाट संविधान निर्माणको पक्षमा हिडेका थिए । संविधानसभाबाट संविधान पनि बन्यो तर भारतको त्यसमा असन्तुष्टि व्यक्त ग¥यो जसबाट बाबुरामले पाटि छोडे यो पनि भारतको चलखेलको रुपमा हेर्न सकिन्छ । अर्को २०६२/६३ को जनआन्दोलनमा भारतको नयाँ दिल्लीमा भएको १२ बँुदे सम्झौतालाई लिन सकिन्छ । जतिबेलासम्म भारतले राजाको पक्षमा समर्थन गरेको थियो तत्काल राजाको समर्थनलाई त्यागेर नेपालका दलहरुको पक्षमा समर्थन ग¥यो र राजा पक्षका मानिसहरुलाई रुष्ट बनायो गणतन्त्रका पक्षका मानिसहरुसँग । एक पछि अर्को र अर्को पछि अर्को पक्ष बनाएर नेपाल भित्र नै द्वन्द्ध सृजना गरिदिएको भारतले नेपालमा अहिले मधेशको मुद्धालाई मुख्य बनाएर मधेश मुलुकका मासिहरुलाई पहाडि मुलुकका मानिसहरुसँग भाइचाराको सम्बन्धलाई भाडेको छ । नेपालमा महिनौ पिच्छे प्रधानमन्त्री नयाँ हुुनुमा पनि भारतको ठुलो हात छ । जसको कारणले देशले स्थायी सरकारको अनुभुति गर्न सकेको छैन् अहिलेको समस्याको लागी परराष्ट्रमन्त्री कमल थापा दिल्ली गएर सम्झौता गरेर आए । त्यस्तै मधेशी दलहरुका नेताहरु गए सम्झौता गरेर आए । अर्काको देशमा गएर सम्झौता हुन सक्ने तर नेपालको भुमिमा सम्झौता हुन नसक्ने भन्ने हुन्छ ? उहि व्यक्ती उहि दल उहि नेता कसरी भारतमा गएर सम्झौता हुन सक्ने नेपालमा हुन नसक्ने यो प्रश्न जनतामा उब्जिएको छ । अर्को कुरा नेपालका संघर्स गरेका व्यक्ती र सरकारी पक्षको सम्झौता कहिले पनि एक पक्षलाई पेलेर भएका छन् । आजसम्म भएका ठुला—ठुला सम्झौता भारतकै रोहोवरमा भएको पाइन्छ । यसरी एउटा पक्षलाई भट्काउने अर्को पक्षमा काम गर्ने अर्को पक्षलाई भट्काउने अर्को पक्षसँग काम गर्ने भारतको ढुलमुले स्वभाव र नेपाली नेताको चाकडि गर्ने स्वभावका कारण नेपालमा भएका श्रोत साधनहरु भारतले लुटेर खाइसकेको छ । बिभिन्न सम्झौता गराएर नेपाली नेताको क्षणिक स्वार्थका कारण नेपालको आर्थीक क्षेत्रमा र विकासको क्षेत्रमा ठुलो धक्का पुगेको छ । अर्काको भुमिमा भएका ति सम्झौताको खारेज तथा भारतिय विस्तारबादको अन्त्यका लागी सबै पक्षबाट आवाज उठाउनु जरुरी छ । नेपालको समस्याको समाधान नेपालभित्र आफै नभएसम्म नेपालको समस्या कहिले पनि समाधान हुन सक्दैन । यसको स्पष्ठ अहिलेको माहोलबाट थाहा भएको छ ।एस.एल.सी. ट्युसन कक्षा रेडियोबाट
२४ मंसिर २०७२ ।यस वर्ष एसएलसी परीक्षा दिने विद्यार्थीलाई शुक्रबारदेखि शिक्षा मन्त्रालयले रेडियो नेपालमार्फत पढाउने भएको छ । भूकम्प र तराई–मधेसको आन्दोलनलगायतका कारण विद्यार्थीको पढाइमा बाधा पुगेको र कोर्स पूरा गर्न नसकेका विद्यार्थीलाई फोकस गरी रेडियोबाट एसएलसी सामग्री प्रसारण गर्न लागिएको हो । शैक्षिक जनशक्ति विकास केन्द्रले सामग्री तयार गरी पढाउनेछ । केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमका अनुसार सुरुमा रेडियो नेपालबाट साढे सात बजेदेखि १५ मिनेट एसएलसी कक्षा सञ्चालन हुनेछ । रेडियोबाट गणित, अंग्रेजी र विज्ञान पढाउने तयारी छ । लामो समय पढाइ अवरुद्ध भएका तराईका आठ जिल्लाका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने गौतमको भनाइ छ । ती जिल्लाबाट ५६ हजार विद्यार्थीले एसएलसी दिँदै छन । टेलिभिजनबाट पनि कक्षा सञ्चालन गर्ने गरी एसएलसी सामग्री उत्पादन भइरहेको छ । केही समयपछि नेपाल टेलिभिजनबाट साढे पाँच बजेदेखि २५ मिनेट पढाउने तयारी छ । रेडियो र टेलिभिजनबाट प्रसारण भएका सामग्रीले खुला विद्यालयमा अध्ययन गर्ने देशभरबाट एसएलसी दिने विद्यार्थीलाई उपयोगी हुने मन्त्रालयको भनाइ छ । अघिल्ला वर्षमा चैतको पहिलो सातादेखि नै एलएलसी परीक्षा हुने गरेको थियो । तर, यसपालि केही समय ढिलो सुरु गर्ने र छिटो नतिजा निकाल्ने तयारी सरकारको रहेको छ ।
















