कहिले बन्ने सिटी बसपार्क ? सम्झौँता भयो, निर्माण शुरु गर्छौः नगरपालिका

गोविन्द विश्वकर्मा ३ पुस सुर्खेत
२०७० सालमा नै अध्ययन सम्भाव्यता पूरा भएको मध्यपश्चिमको केन्द्रविन्दुमा रहेको वीरेन्द्रनगर बसपार्कको निर्माण हालसम्म सुरु हुन सकेको छैन । पटक–पटक वीरेन्द्रनगर नगरपालिकाले निर्माण कार्य थालनी हुने आश्वासन देखाउँदै आएपनि करिव दुई वर्षसम्म वित्नै लाग्दा पनि काम सुरु गर्न सकेको छैन । नगरपालिकाले, ‘सम्झौँता भइसक्यो अवको १५ दिनमा काम गर्छौ’ भन्न लागेको पनि झण्डै दुई वर्ष पुगेको छ । मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम र अवको प्रदेश नम्बर ६ को सम्भावित राजधानी सुर्खेतमा किन बसपार्क निर्माण प्रक्रिया हालसम्म अगाढी बढेन ? आम नागरिकहरुले प्रश्न गर्ने गरेका छन । तर नगरपालिकाको सहज जवाफ हामी प्रक्रियामा गयौँ काम सुरु हुन्छ भन्दै टार्दै आएको छ ।

पुरानो बसपार्कलाई आधुनिक मापदण्डमा निर्माण गर्ने भन्दै नगरपालिकाले काम सुरु गरेको थियो । करिव दुई वर्षको अवधिमा तयार हुने बसपार्कमा कालोपत्रे, पार्किङ् जोन, टर्मिनल तथा ट्राफिक भवन, सपिङ्ग कम्पेलेक्श टिकट काउन्टर, यात्रु प्रतिक्षालय, शौचालय निर्माण हुनेछन । २०७० सालको चैत्र मसान्तमै निर्माण प्रक्रिया सुरु गर्ने भन्दै पहिले नै अस्थायी बसपार्क विश्वविद्यालयको जग्गामा सारिएको थियो ।
पुरानो बसपार्कमा ग्राभेल विछ्याउने कार्य पनि नगरपालिकाले सम्पन्न गरेको थियो । निर्माण चरणको सुरुवाति मै नगरपालिकाले रकम अभाव भएको भन्दै ऋण लिने प्रक्रिया अगाढी थालेको थियो । जुन प्रक्रिया करिव दुई वर्षको अवधिपछि गत मंसिर २४ गते जर्मन विकास बैँकले ठेकेदारसँग सम्झौँता स्वीकृत गरेको छ ।

सिटी बसपार्कको लागि ८ करोड ७ लाख ५६ हजार २९ रुपियाँको स्टिमेट छ । यो मध्य ८० लाख रकम वीरेन्द्रनगर नगरपालिकाको हो ।  विश्वविद्यालयसँग गरिएको सम्झौता अवधि सकिएपछि मंगलगढी चौक नजिकैमा साँघुरो ठाउँमा बसपार्क सञ्चालनरत छ । मध्यपश्चिम, काँक्रेविहार र जीप ब्यवसायीका सानाठुला गाडीहरुको बढ्दो चापले प्रवेशद्वारा अस्तब्यस्त बनेको छ । यातायात समितिका सवारी साधनको चाप बढ्दै जानु र सीमित ठाउँमा बसहरु पार्किङ गर्दा निकै सास्ती भोक्नु परेको ब्यवसायीहरुको धारणा छ ।

वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शर्मा भने जर्मन विकास वैँकले ऋण सम्झौता गर्न ढिलाई गरेका कारण सिटी बसपार्क निर्माणको काम अगाडी बढ्न नसकेको बताउनुभयो । उहाले चाङामिला नर्सिङ निर्माण सेवा जेभी काठमाडाँ र बैँक विच विधिवत रुपमा सम्झौँता भइसकेकाले तत्काल काम सुरु हुने जवाफ दिनुभयो । नगरपालिकाले गत चैतमा पहिलो पटक बैँकलाई पठाएको कागजपत्र नमिलेको भन्दै फिर्ता पठाएको बतायो । तीन पटकसम्म कागजपत्र फिर्ता भएकै कारण तोकिएकै समयमा काम अगाडी बढ्न नसकेको प्रतिक्रिया अधिकृत शर्माले दिनुभयो । नगरपालिकाले यस्ता जवाफ पटक–पटक दिदैँ आएको थियो । तर सरकारी संयन्त्र नै कमजोर हुनु र विकास प्रति सरोकारवाला निकाय मौन रहनुले नै यस्तो हविगत भएको स्थानीय नागरिक सहदेव थापाको आरोप छ ।

उहाले साच्चै समुन्नत सुर्खेत निर्माण गर्न सवै लागेको भए हालसम्म नमूना सिटी बसपार्क तयार भएर सञ्चालन आइसक्ने बताउनुभयो । कार्यकारी अधिकृत शर्माले सिटी बसपार्कको निर्माणको लागि ठेकदारलाई तत्काल बोलाएर काम सुरु गर्ने वचन दिनुभएको छ । सिटी बसपार्कमा ९० वटा ठुला र २५ वटा साना गाडी गरी १२५ गाडी अट्न सक्ने क्षमता रहेको नगरपालिकाका बरिष्ठ इन्जिनियर जनकबहादुर शाही जनाकारी दिनुभयो । नेपाली काँग्रेसका नगर सभापति देवकुमार सुवेदीले नयाँ सिटी बसपार्क निर्माणको राजनीतिक तहबाट निरन्तर पहल गरिरहेको बताउनुभयो । उहाले निर्माणका लागि बाहिरी निकायबाट ऋण लिने भएकाले बसपार्कको निर्माणमा ढिलासुस्ती भएको उल्लेख गर्नुभयो । तर नेकपा एमालेका नगर कमिटीका अध्यक्ष निलकण्ठ खनालले बसपार्क निर्माणका लागि राजनीतिक दलको इच्छा शक्ति हुदाँ पनि स्थानीय निकायको निर्वाचन नहुदाँँ यस्ता योजना निर्माणमा लापरवाही भएको बताउनुभयो । उहाले आफ्नो पाटीको तर्फबाट पटक–पटक झकझकाउने काम गरिरहेको जानकारी दिनुभयो ।

सञ्चार सामग्री क्षति भएका पत्रकारलाई सहुलियत

गोविन्द विश्वकर्मा पुस ३, काठमाडौं
प्रेस काउन्सिल नेपालले भूकम्प, प्राकृतिक विपत्ति वा आन्दोलनको क्रममा वा रिपोर्टिङको सिलसिलामा कुनै सञ्चारकर्मीको सञ्चार सामग्री वा उपकरणमा क्षति भई नयाँ खरिद गर्नुपर्ने भएमा सहुलियत दिने भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष एवं प्रेस काउन्सिल सदस्य डा. महेन्द्र विष्टका अनुसार काउन्सिलको मिडिया विकास कोषको विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सो निर्णयअनुसार क्षति भएका सञ्चार सामग्री वा उपकरणको सट्टा नयाँ खरिद गर्नुपर्ने भएमा काउन्सिलबाट लागतको २५ प्रतिशत अनुदान प्राप्त हुनेछ । सो सुविधा प्राप्त गर्न सम्बन्धित जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयबाट घटना विवरण र नेपाल पत्रकार महासंघबाट सिफारिससहित निवेदन दिनुपर्नेछ । निवेदन प्राप्त भएपछि सैद्धान्तिक सहमति लिई सामान खरिद गरेपश्चात भ्याट विलका आधारमा बिल बमोजिमको मूल्यमा २५ प्रतिशत रकम सम्बन्धित विक्रेतालाई भुक्तानी हुनेछ । भूकम्प, प्राकृतिक विपत्ति वा आन्दोलनका क्रममा तोडफोड वा क्षति भएका वा रिपोर्टिङको सिलसिलामा सञ्चार सामग्री वा उपकरण क्षति भएको भए सोअनुसार महासंघ केन्द्रमा विवरण पठाउन र काउन्सिलबाट सुविधा लिन सम्वद्ध सबै पत्रकार र महासंघका शाखा एसोसिएट संस्थाहरूलाई नेपाल पत्रकार महासंघले आग्रह गरेको छ ।

संसद बैठक पुस ८ गतेसम्मका लागि स्थगित

गोविन्द विश्वकर्मा पुस ३, काठमाडौं
व्यवस्थापिका–संसद नियमावली मस्यौदा समितिको समय १५ दिन थपिएको छ । व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकले १५ दिनको समय थपेको हो । समितिलाई पुस ५ गतेसम्मको समय दिइएको थियो । काम अझै नसकिएकाले समितिको म्याद थपिएको हो । नियमावलीको लागि उपसमितिले अझै समय मागेको थियो । शुक्रबारको संसद बैठक भने मधेसी मोर्चाले अवरोध गरेन । संसदको अर्को बैठक पुस ८ गतेका लागि बोलाइएको छ । संसद बैठक स्थगित गरिएको यसबीचमा मधेसी मोर्चाका मागलाई संशोधन विधेयकमा कसरी समावेश गर्ने भन्नेमा मोर्चासँग छलफल गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा शुक्रबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र राप्रपा नेपाललगायतका दलको बैठकले संसद बैठक स्थगित गरी मोर्चासँग छलफल गर्ने निर्णय गरेको हो । तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीरतापूर्वक छलफल गर्नका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको सभामुख ओनसरी घर्तीमगरले जानकारी दिनुभयो ।

सुनको भाउ घट्यो, ५ वर्षअघिको मूल्यमा कारोबार

गोविन्द विश्वकर्मा पुस ३, काठमाडौं  
शुक्रबार सुनको भाउ घटेर पाँच वर्ष अघिको मूल्यमा पुगेको छ । शुक्रबार तोलामा सातसय रुपैयाँले घटेर सुनको भाउ ४७ हजार ७ सय रुपैयाँमा झरेको छ । बिहीबार सुन तोलामा ४८ हजार ४ सय रुपैयाँ थियो । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले व्याजदर बढाएसँगै त्यसको असर सुनको बजारमा पर्न थालेको हो । अमेरिकाको केन्द्रीय बैंकले झण्डै १० वर्षमापहिलो पटक व्याजदर बढाएपछि सुनमा भएको लगानी अन्य शेयर बजारमा आकर्षित भएकाले भाउ ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार शुक्रबार घटेर पाँच वर्ष अघिको भाउमा पुगेको सुनको मूल्य अझै घट्ने सम्भावना छ । सुनको भाउ तोलामा ४५ हजारसम्म घट्ने आँकलन गरिएको उहाँले बताउनुभयो ।  शुक्रबार चाँदीको भाउ पनि घटेको छ । ११ दिनसम्म स्थिर रहेको चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो । चाँदी तोलामा ६ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

स्मार्ट ड्राइभिङ लाइसेन्सको वितरण कार्य सुरु, सिता भट्टराई पहिलो स्मार्ट ड्राइभिङ लाइसेन्स पाउने नेपाली

गोविन्द विश्वकर्मा पुस ३काठमाडौं
 मोरङ बयरवन ८ की सिता भट्टराईले पहिलो स्मार्ट ड्राइभिङ लाइसेन्स् पाउनुभएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले उहाँलाई पहिलो लाइसेन्स वितरण गर्नुभएको हो । विभागले पहिलो चरणमा ५७ जनालाई विद्युतीय ड्राइभिङ लाइसेन्स वितरण गर्न लागेको ललितपुरमा रहेको वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार शुक्रबार पहिलो चरणमा २० गतेदेखि लाइसेन्सका लागि प्रकृया अघि बढाएकालाई वितरण गरिएको हो । अहिलेसम्म ३५ जनाले लाइसेन्स लिएका छन् । नयाँ प्रणालीमार्फत २० गते दरखास्त दिई २१ गते लिखित र २२ गते ट्रायल दिएकाहरुले शुक्रबार स्मार्ट ड्राइभिङ लाइसेन्स पाएका हुन् । शुक्रबार लाइसेन्स पाएका सबै स्कुटर चालकले हुन् । पुराना लाइसेन्स भएकाको भने नवीकरण र प्रतिलिपि दस्तुर लगायत अन्य प्राविधिक प्रक्रिया मिल्न बाँकी रहेकाले केहि ढिलाई हुन सक्ने विभागले जनाएको छ । सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकासहित तराइका दुई जिल्लामा प्रयोगमा ल्याउने योजना भएपनि अहिले तत्कालको लागि काठमाडौंमा मात्र प्रयोगमा ल्याउन लागिएको हो । ललितपुरमा रहेको वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयबाट गएको २० गतेदेखि नै स्मार्ट लाइसेन्स वितरण गर्ने भनिएपनि प्राविधिक र प्रक्रियागत कारणले ढिलो भएको हो । नयाँ स्मार्ट लाइसेन्स लिन अनलाइनबाट दरखास्त फारम भरी यातायात व्यवस्था कार्यालयमा सम्पूर्ण प्रक्रिया पुरा गरेर भरेको दरखास्त बुझाएपछि स्मार्ट लाइसेन्स पाउने सकिने कार्यालयले जनाएको छ । पुरानो कागजी लाइसेन्सलाई स्मार्ट कार्ड बनाउनका लागि भने कार्यालयमा गएर आफ्नो बारेमा जानकारी दिएपछि मात्र पाइने यातायात व्यवस्था कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो ।

मेरो प्रेम पत्र................

म तिर बल्छी जस्तै प्रेम फ्याँकेर दिलमा हलचल ल्याइदिएकी मान्छे
एउटा अर्कै खाले माया तिमीलाई,
हो अर्कै खाले माया ।
प्रेम दिवसको संघारमा ठिङ्ग उभिएर यो पत्र कोरिरहँदा, म शुरुवात मै भन्छु, मैले आजसम्म देखेका मान्छेहरुमध्ये सबैभन्दा राम्री होईनौ तिमी, अहँ हुँदै होइनौ । अनि मैले आजसम्म भेटेका मान्छेहरुमध्ये मलाई सबैभन्दा बढी मन परेकी मान्छे पनि होईनौ तिमी । फेरी पनि म तिमीलाई माया गर्छु । कुनै चलचित्रको पर्दामा जस्तो तिमीलाई देख्ने बित्तिकै मलाई कुनै बेग्लै अनुभुति भएको होईन । बरु निरन्तरको सामिप्यताले तिमी कार्बन राखेर छापेको चित्र झैँ छापियौ मेरो मनमा, हुबहु चित्र जस्तै भएर । आखिर मन म सँग पनि त रहेछ, माया गर्न यसले पनि त जान्दो रहेछ ।
जेनतेन केही शब्दहरुलाई असरल्ल फिँजाएर लेखिरहेको यो प्रेम पत्रले तिम्रो प्रेम दिलाउला मलाई भन्नेमा कत्ति पनि विश्वास छैन मेरो । फेरी पनि लेख्दैछु म आज । सायद यसैको माध्यमबाट त्यो अर्कै खाले प्रेम बुझाउने प्रयत्न गरिरहेछु म तिमीलाई ।
मलाई थाहा छैन, मैले पाप गर्दैछु की पूण्य । अहँ म छुट्याउनै सक्दिनँ त्यो । मलाई त यत्ति थाहा छ की, म तिमीलाई प्रेम गर्न थालेको छु हिजोआज । हामीले बाँच्दै गरेको समाजले स्वीकृति दिइनसकेको प्रेम । त्यो अर्कै खाले प्रेम । जीन्दगीको यात्रामा यहाँसम्म आईपुग्दा मैले कति धेरै मान्छेहरुलाई राम्री देखेँ, मन पराएँ । कतिलाई उ प्रतिको आफ्नो धारणा जानकारी गराएँ । कतिलाई भन्छु भन्दाभन्दै मेसो नमिलेर मनभित्रै गुम्स्याएर राखेँ । कति मान्छेहरु अघाउञ्जेल आँखाले हेरियो मात्रै ।
अनि केही मान्छेहरु चाहीँ आँखाको बाटो हुँदै मनसम्म पुगेर फर्किए पनि । जसजसलाई मैले चाहेँ, उनीहरुले मलाई मन पराएनन् । अनि जसजसले मलाई मन पराए उनीहरुलाई मैले चाहिनँ । त्यसैले त जीन्दगीको गणित आजसम्म पनि त्रुटीपूर्ण छ । हो, त्यही सच्याउन चाहन्छु म अब । जानी जानी हेरिएकाहरु, संयोगले देखिएकाहरु क्रमशः सम्झनाको संग्रहबाट हराउँदै गए, बिलाउँदै गए ।
जीन्दगीका पानाहरु क्रमशः पल्टिँदै जान्छ । सम्बन्धका अध्यायहरु ती पानाहरुसँगै टुङ्गिदै जान्छन् । तर पाठक भने अझै अघिल्ला पानाहरु पल्टाइरहन्छ । स्वभावैले केही अध्यायहरु मेरा पनि लेखिए होलान् । म त्यसो हुँदै भएन भनेर जबर्जस्ती झुठ ओकल्न पनि सक्दिन तिमीसँग । कारण, म तिमीलाई प्रेम गर्छु । र प्रेम गर्ने मान्छेसँग केही लुकाउन खोज्नु किमार्थ उचित होईन भन्ने राम्ररी थाहा छ मलाई ।
आज तिमीलाई जस्तै हिजो अरुलाई पनि धेरथोर मन पराएँ हुँला मैले । सायद उनीहरुको सौन्दर्यतामा आकर्षित भएँ हुँला म । र त आज भन्दैछु, ती केवल आकर्षण मात्रै थिए, आँखाको । तर आज तिमी सबैभन्दा राम्री नभए पनि म तिमीलाई रुचाईरहेछु । मलाई लाग्दैछ, यो पक्कै पनि प्रेम हो, मन पराएको मात्रै होईन । मन पराउन त बजारमा बेच्न राखेको फूललाई पनि सकिन्छ । तर त्यो प्रेम चाहीँ हुँदैन । त्यो फूल हार्दिकताका साथ जसलाई दिइन्छ त्यो चाहीँ प्रेम हो क्यारे बरु ।
म त एक्लै अघि बढिरहेको मान्छे । व्यक्तिगत स्वतन्त्रताको परिधिहरुमा मनमौजी आफैलाई डुलाईरहेको मान्छे । फेरी पनि मेरो वैयक्तिक स्वतन्त्रतामा तिम्रो निर्दोषपनाले खै कसोरी हस्तक्षेप ग¥यो, मैले पत्तै पाईनँ । सँधै सोँच्थेँ, म प्रेम शुन्य मान्छे । नारी अस्ताएको मेरो जीवनमा प्रेम एक्कासी उदाउला भन्ने मैले कल्पना समेत गरेको थिइनँ ।
प्रेम शब्द मलाई अनुत्पादक लाग्थ्यो, वहुलट्ठीपन लाग्थ्यो, अझ प्रष्ट भनुँ ?, वाहियात लाग्थ्यो । लाग्थ्यो, म त ढुंगा भइसकेँ, बाहिर भिज्छु मात्रै, भित्र गल्दिनँ । तर अचेल भित्र पनि गल्दैछु की भन्ने अनुभुत भइरहेछ मलाई । युद्ध पिपासु रोमन सम्राट क्लाउडियस जस्तै प्रेमलाई घृणा गर्थेँ म । तर खै कसोरी हो, म त आफ्नै विचारहरुबाट स्खलित भइसकेछु । अडानहरुबाट च्यूत भइसकेछु अनि ढिपीहरुबाट वहिर्गमित भइसकेछु । समग्रमा समयले मलाई यस्तो मोडमा ल्याएर उभ्याइदियो, जहाँ आफ्ना संशोधित विचारहरुको भारी बोकेर आत्मसमर्पणकारी भावमा म निर्लज्ज भनिरहेछु — म तिमीलाई प्रेम गर्छु । हो प्रेम गर्छु म तिमीसँग ।
हुन त अनुहारमा आँखी भौँ नभएपनि हुन्छ । तर आँखी भौँ बिनाको त्यो अनुहार अत्यन्तै कुरुप देखिन्छ । तिमी पनि त्यस्तै हौ मेरो लागि । म के भन्दैछु भने, तिमी अपरिहार्य आवश्यकता होईनौ मेरो । अझ सजिलोसँग भन्छु तिमीलाई, म अधिकांश प्रेमीहरु आफ्ना प्रेमिकालाई भने जस्तै “तिमी बिना बाँच्न सक्दिनँ” भनेर भन्दिनँ ।
किनकी म तिमी बिना पनि मज्जैले बाँच्न सक्छु । अहिलेसम्म तिमी बिना बाँचिरहेको छु भने, अब अगाडी चाहीँ सक्दिनँ भनेर किन झुठ बोलुँ म रु तर तिमी सहितको जीवन अझै सुन्दर हुनेछ भन्ने मात्रै हो मेरो ढिपी । मान्छे स्वार्थी हुन्छ, म पनि ती नै मान्छेहरुमध्येको एक न हुँ, सकेसम्म जीवन सोँचे जस्तै होस् भन्ने चाहना राख्नु स्वभाविक नै त हो नि ।
म तिमीलाई प्रेम गर्छु । औधी माया गर्छु तिमीलाई । मान्छेहरु किन एकअर्कालाई प्रेम गर्छन, त्यो त एकिन साथ भन्न सक्दिनँ म । तर म भने यसकारण तिमीलाई प्रेम गर्छु की, म पनि उस्तै प्रेमको अपेक्षा गर्छु तिमीबाट । मैले तिमीलाई माया गर्छु भने तिमीले पनि मलाई माया गर्नुपर्छ भन्ने मान्यता हो मेरो । होईन भने एकोहोरो गरिरहनुको के अर्थ । यदि तिमीले  पनि मैले जस्तै माया गरिनौ भने, मलाई नै थाहा छैन, म यसरी नै तिमीलाई माया गरिरहन सक्छु की सक्दीन भन्ने ।
सायद जानी जानी पनि गर्दिनँ हुँला जस्तो लाग्छ मलाई त । तिमीलाई सुन्दा अचम्म पनि लाग्ला, तर सत्य यही हो की, म यो सँसारमा सबैभन्दा बढी आफैलाई माया गर्छु । मैले तिमीलाई प्रेम गर्नुको चुरो कारण पनि यही नै हो । मलाई तिम्रो प्रेमको आवश्यकता छ, त्यसैले म पनि तिमीलाई प्रेम गर्छु । यसलाई प्रेम विनिमय पनि भन्न सक्छौ तिमी, मेरो त्यसमा कुनै आपत्ति रहने छैन ।
म तिमीसँग प्रेम गर्छु, मिल्छ भने तिमी पनि मसँग प्रेम गर । तर यसको अर्थ यो होईन की, तिमीले म सँगै विवाह गर्नुपर्छ । अहँ हुँदै होईन यो । म अहिले तिमीसँग, मात्र.........प्रेमको याचना गरिरहेको छु, विवाहको होईन । प्रेम र विवाह भनेका नितान्त भिन्दा भिन्दै क्रियाकलापहरु हुन् । प्रेम सम्बन्ध विवाहमा रुपान्तरण हुनैपर्छ भन्ने रुढ मान्यताप्रति मेरो शतप्रतिशत असहमति छ । यदि प्रेम सँधै उत्तिकै उचाईमा रहिरहोस् भन्ने हो भने त त्यो प्रेम सम्बन्ध विवाहमा परिणत हुनै हुँदैन भन्ने हो मेरो दृष्टिकोण ।
त्यो कसरी भने, हिजोको प्रेमी प्रेमिका विवाहको भोलीपल्टबाट एक्कासी श्रीमान श्रीमतीमा परिवर्तन हुन पुग्छन् । त्यतिबेला त्यो सम्बन्धको अर्थ मात्रै फेरिएको हुँदैन, तमाम बोझहरु पनि थपिएका हुन्छन् जीन्दगीमा । जसले गर्दा घर गृहस्थीले यसरी गाँज्छ की मान्छेलाई, उनीहरु हामी हिजो प्रेमी प्रेमिका थियौँ भनेर पनि भुलिदिन्छन् ।
तर यदि त्यो प्रेम सम्बन्धमा विवाह हुन सकेन भने उनीहरुको साइनो पूर्व प्रेमी र पूर्व प्रेमिका नै भएर रहेको हुन्छ । यो साइनोमा पूर्व भन्ने शब्दसँगै प्रेमी र प्रेमिका यथावत हुनु संयोग मात्रै होईन, त्यो एक किसिमले संकेत पनि हो, अझै प्रेम जीवित छ भन्ने । यसो भन्नुको अर्थ जानाजान प्रेममा घात गर्नुपर्छ, धोका दिनुपर्छ पनि भनिरहेको छैन म ।
ओशो भन्छन्, यदि तिमी फूलसँग प्रेम गर्छौ भने त्यसलाई नटिप, बोटमै छोडिदेउ, फुलिरहन देउ । किनकी तिमीले चुँड्यौ भने त्यो मर्नेछ । तिमीले फूलेको फूलसँग प्रेम गरेका हौ, तर चुँडिएपछि त्यो कहाँ फुलिरहन सक्छ र तिमी प्रेम गर्छौ । अत प्रेम भनेको कब्जा गर्नु अथवा हासिल गर्नु होईन, बरु यो त सम्मान गर्नु हो, बढोत्तरी गर्नु हो । फुलको फुल्ने क्षमतालाई सम्मान गर्नु प्रेम हो, यसो गर्दा त्यो फूलिरहन पनि पाउँछ । तर प्रेमको वाहानामा त्यसलाई चुँडियो भने, त्यसको अस्तित्व उसैबखत मेटिन्छ ।
चर्चित साहित्यकार एवम् चलचित्र निर्देशक गुलजार र कलाकार राखी बीच प्रेम भयो । त्यसो राखी विवाहित थिइन् । फेरी पनि गुलजारसँगको प्रेमलाई अगाडी बढाइन् । पछि विवाह पनि गरिन् उनैसँग । विवाहपछि गुलजार राखीलाई चलचित्रबाट अलग्याएर घरमै राख्न चाहन्थे तर राखी चर्चित भइसकेकीले त्यो स्वीकारिनन् । एउटा छोरी जन्मिएको केही समयपछि उनले गुलजारसँग विद्रोह गरेर चलचित्रमा काम गर्न थालिन् । दुवैमा मतभेद भयो र उनीहरु छुट्टै बस्न थाले । तै पनि उनीहरुको प्रेम बिग्रिएन ।
श्रीमान श्रीमतीबाट प्रेमी प्रेमिका मात्रै भए उनीहरु । प्रेमी र प्रेमिका कै हैसियतमा अझै पनि उनीहरु एकअर्कालाई भेटिरहन्छन् । दुवै प्रेमी प्रेमिका झैँ एक अर्कासँग उस्तै गहिरो प्रेम गर्थे, आज पनि गर्छन । तर सँगै बस्दैनन् ।  विवाहले एक अर्काप्रति हस्तक्षेपकारी भावना विकास गर्छ र त्यसैको कारण प्रेम ओझेलमा पर्दै जान्छ भन्ने बलियो उदाहरण हो उनीहरुको सम्बन्ध ।
फेरी पनि म जोड दिएर भन्दैछु, म प्रेम मात्रै गर्न खोज्दैछु तिमीसँग, विवाह होईन । मलाई विवाहमा त्यति धेरै विश्वास पनि छैन । मलाई थाहा छ म अलि उग्र कुरा गरिरहेछु । तिमी यसलाई अराजक प्रेम पनि भनौला । तर मेरो ध्येय यत्ति हो की, म आजीवन तिमीसँगको प्रेम अनुभुत गरिरहन चाहन्छु । हो, त्यस्तै खालको प्रेम गर्न चाहन्छु म तिमीसँग । मैले यसो भनिरहँदा फेरी तिमी मेरो प्रेमलाई फगत वासनाले प्रेरित भनेर पनि आशंका गरौला । तर त्यसो होईन, म त तिमीलाई नभेटेरै पनि तिमीसँग प्रेम गरिरहन चाहन्छु । चलनचल्तीको प्रेम भन्दा अर्कै खाले प्रेम गर्न चाहन्छु म तिमीलाई ।
तिम्रो सम्पर्कमा आउनु अगाडी मैले आफ्नै मनलाई पनि चिनेको रहेनछु । मान्छे कत्तिपटक आफैलाई पढ्न नजानेर जीन्दगीको परीक्षामा लगातार अनुत्तीर्ण भइरहन्छ । तर तिमीले मलाई त्यो हुनबाट जोगायौ । आफैसँग आफैलाई परिचित गराइदियौ । म सँग पनि एउटा औषत मन रहेछ अनि त्यसले प्रेम गर्नसक्ने सामथ्र्य पनि राख्दोरहेछ भन्ने तिम्रै कारण थाहा पाएँ मैले । यसैकारण प्रेम गर्छु म तिमीसँग । एक थुङ्गा रातो गुलाबमा व्यक्त गरिनेभन्दा कत्ति हो कत्ति प्रेम गर्छु म तिमीलाई ।

हुन त “म तिमीलाई प्रेम गर्छु” भन्ने वाक्य, प्रश्न जस्तो छैन । फेरी पनि जवाफको अपेक्षा चाहीँ गरिरहन्छ यसले  । त्यस्तै अपेक्षा सहित ओझेल पर्छु ।

तिमीलाई प्रेम गर्नेहरुमध्येको एक
महावीर विश्वकर्मा
(एउटा मान्छे)

काठमाण्डु-पोखरा रेलमार्ग निर्माण सम्बन्धमा अध्ययन गर्न चीनको कम्पनी नेपालमा

गोविन्द विश्वकर्मा पुस ३, काठमाण्डौ
 काठमाण्डु–पोखरा १७१ किमी विद्युतीय रेलमार्ग निर्माण सम्बन्धमा चीनको सरकारी कम्पनीले सम्भाव्यता अध्ययन गर्ने भएको छ । चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसँग भेट गरी शुक्रबारदेखि सम्भाव्यता अध्ययन गर्ने जानकारी गराएको हो । तीन महिनामा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाइने सो अवसरमा जानकारी गराएको मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख विष्णुओम वादेले जानकारी दिनुभयो । काठमाण्डौको टोखाबाट गल्छी–कुरिन्टार–आँबुखैरेनी–डुमे्र–दमौली–दुलगौँडा हुँदै पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन हुन लागेको हो । ‘२४ स्थानमा गरी ६१ किमी सुरुङसहितको १७१ किमी रेलमार्गको सम्भाव्यता अध्ययन शुक्रबारदेखि चीनको सरकारी कम्पनीले सुरु गर्दैछ, रेलमार्गमा ३४ वटा पुल हुनेछ, १६.८ किमीको पुल निर्माण गर्नुपर्ने देखिएको छ’–रेल विभागका महानिर्देशक अनन्त आचार्यले भबताउनुभयो।
तीन महिनामा सम्भाव्यता अध्ययन सम्पन्न गरी कम्पनी र सरकारकाबीचमा समझदारीपत्रमा हस्ताक्षर भएपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरिने मन्त्रालयले जनाएको छ । ‘दोस्रो चरणमा आँबुखैरेनी–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि पनि कम्पनीले इच्छा देखाएको छ, यो रुटमा रेलमार्ग निर्माण गर्नसके धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ’ वैदेशिक महाशाखा प्रमुख वादेले भन्नुहुन्छ । अध्ययनका लागि आर्थिक र प्राविधिक लगानी चिनियाँ कम्पनीले नै गर्नेछ । सो अवसरमा उपप्रधान मन्त्री गच्छदारले टोलीले नेपालको सन्दर्भमा उपयोगी एवम् दिगो रेल सेवा विकासको खाकासहितको प्रतिवेदन बनाउने विश्वास व्यक्त गनुभर्यो । हाल काठमाण्डु–पोखरा बस यात्राका लागि साढे पाँच घन्टा समय लाग्छ । यो रेलमार्ग निर्माण भएमा दुई घन्टामा सुरक्षित र वातावरणमैत्री यात्रा गरी पोखरा पुग्न सकिने विभागले जनाएको छ ।

प्रदीप गिरी र रामेश्वर खनाल पनि बाबुरामको नयाँ शक्तिमा, कलाकार सरोज खनाल पनि नयाँ शक्ति अभियान कै पक्षमा

गोविन्द विश्वकर्मा पुस २, काठमाडौं 
एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा लागेको डा. बाबुराम भट्टराईको नयाँ शक्ति निर्माण अभियानमा नेपाली कांग्रेसका नेता प्रदीप गिरी र पूर्वअर्थसचिव रामेश्वर खनालसमेत लागेका छन् । भट्टराईले कम्युनिष्ट विचार छाडेर नयाँ विचारका ब्यक्तिहरुलाई समेटेर नयाँ शक्ति निर्माण अभियान थालेपछि विभिन्न राजनीतिक दलका नेताहरु भट्टराईको अभियानमा लामबद्ध हुन थालेका छन् । नयाँ शक्ति अभियानमा विभिन्न राजनीतिक दलका नेताहरुदेखि कलाकारसम्म लागेको घोषणा गरेका छन् । वैकल्पिक विचार मञ्च केशव दाहाल, डा। केशवमान शाक्य, जनजाति अगुवा पासाङ शेर्पा, नेपाल कम्युनिष्ट पार्टी तिलक थापा मगर, पूर्व स्वास्थ्य सचिव डा। प्रविण मिश्र, अभिनेता सरोज खनाल अनुसन्धानकर्ता भाष्कर गौतम लगायतले पनि नयाँ शक्ति अभियानमा लागेको घोषणा गरेका छन् । 
स्तै, दोस्रो संविधानसभामा स्वतन्त्र उम्मेदवार बनेका विवेकशील नेपालीका उज्वल थापा तथा विवेकशील नेपालीकै नामबाट सामाजिक सेवामा सक्रिय रहँदै आएका विभिन्न युवाहरु पनि भट्टराईको नयाँ शक्ति निर्माण अभियानमा लागेको घोषणा गरेका छन् । विवेकशील नेपालीका गोविन्दनारायण तिमल्सिना, रमेश पौड्याल, अभिषेक बस्नेत, पुकार बम, जीवन श्रेष्ठ, अनुषा थापा लगायत छन् । नयाँ शक्ति निर्माण अभियानका संयोजक डा। भट्टराईसँगको छलफलपछि उनीहरुले नयाँ शक्तिमा लाग्ने समझदारी कायम गरेका हुन् । उनीहरुले वैकल्पिक विचार, सुसंस्कार, सँस्कृति सहितको वैकल्पिक राजनीतिक शक्तिको खाँचो छ भन्ने कुरामा हामी सहमती जनाएका छन् ।

कमल थापाको टोलीले बेइजिङमा उर्जा बाहेक अन्य व्यापार सम्झौता गर्ने

गोविन्द विश्वकर्मा २ पुस,काठमाडौं
दक्षिणको छिमेकी भारतले नाकाबन्दी खुलाउन आलटाल गरिरहेका बेला सरकारले चीनसँग व्यापार सम्झौताका लागि उच्चस्तरीय टोली बेइजिङ पठाउने भएको छ । चीनसँग इन्धन लगायतका अन्य व्यापार सम्झौताका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ पठाउन लागिएको स्रोतले जनाएको छ । यहि पुस ८ गते बुधबार अर्थात २३ डिसेम्बरमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ जाने तयारी भएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले उच्चस्तरीय प्रतिनिधि मण्डल चीन जान लागेको स्वीकार गर्नुभयो । रिमालले सरकारका एक बरिष्ठ मन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल ब्यापार सम्झौताको लागि बेइजिङ जाने बताउनुभयो । सम्भवतः त्यसको नेतृत्व उप तथा परराष्ट्रमन्त्रीले गर्नुहुनेछ ।’ प्रतिनिधि मण्डलले चीनसँगको व्यापारका बिभिन्न सम्झौता गर्ने उहाले बताउनुभयो । ‘अब सही अर्थमा हाम्रो देशको व्यापार विविधिकरण गर्ने प्रक्रिया शुरु भएको छ’ रिमालले ‘चीनसँग हामीले विभिन्न चरणका छलफलपछि उच्चस्तरीय प्रतिनिमिण्डल जान लागेको बताउनुभयो ।’ टोलीमा अर्थ, वाणिज्य तथा आपूर्ति, कानुन मन्त्रालय लगायतका सम्बद्ध निकायका उच्च अधिकारीहरु सहभागी रहनेछन् । यो प्रतिनिधि मण्डलले उर्जा सम्बन्धी सम्झौता भने चीनसँग गर्ने छैन ।

लालपुर्जा नहुँदा भूकम्पपीडित दलित बस्तीका ५२ परिवार राहतबाट वञ्चित

गोविन्द विश्वकर्मा पुस २ भक्तपुर 
गत वैशाखको भूकम्पबाट सिङ्गो बस्ती पूर्णरुपमा क्षति भएको आठ महिना बित्न लाग्दा पनि कुनै राहत रकम नपाएका भक्तपुर नगरपालिका– ११ स्थित लालपुर्जाविहीन द्यौला अर्थात् पोडे बस्ती समस्यामा परेको छ । लिच्छविकालदेखि नै बस्दै आएका यहाँका लालपुर्जाविहीन ८२ घरपरिवारमध्ये भूकम्पले पूर्णरुपमा घर क्षति भएका ५२ परिवारको त्रिपालमुनिको बास भएको छ । तर पनि सरकारले दिने राहत रकम भने उनीहरुले अझै पाएका छैनन् । विनाशकारी भूकम्पले घर पूर्णरुपमा क्षति भएका परिवारलाई अस्थायी टहरा बनाउन सरकारले दिएको रु १५ हजार पनि नपाएका उनीहरुले जाडोमा न्यानो कपडा किन्न सरकारले बाँड्न थालेका रु १० हजार पनि नपाउने भएका छन् । “भूकम्पले घर भत्कियो, यो चिसोमा पालमुनिको बास निकै कठिन हुन थालेको छ, छोराछोरी र बूढाबूढी बिरामी पर्न थालेका छन्” – भेलुखेल द्यौला बस्तीकी भूकम्पपीडित आशा द्यौला भन्छनुहुन्छ – “सरकारले टहरा बनाउन दिने भनेको रु १५ हजार पनि पाएनौँ, लालपुर्जा नहुनेलाई दिन मिल्दैन भनेर भक्तपुर नगरपालिकाले फर्कायो, न्यानो लुगा किन्न फेरि रु १० हजार दिँदैछ रे, त्यो पनि पाइँदैन भन्छ, दलित भएकै कारण हामीमाथि किन विभेद ?” घर पूर्णरुपमा क्षति भएपछि भूकम्पपीडितले पाउने रातो कार्ड पनि यहाँका बासिन्दाले पाएका छैनन् ।
सरकारले दिने रु दुई लाख अनुदान वा सहुलीयत ऋण पनि नपाउने भएपछि घर बनाउने योजनासमेत अलपत्र परेको छ । स्थानीय बासिन्दा एवम् शिक्षक बाबुरत्न द्यौला लालपुर्जाका लागि २० वर्षअघिदेखि मालपोत, नगरपालिकादेखि मन्त्रालयसम्म धाउँदा पनि आश्वासन आउने तर लालपुर्जा नपाउने गर्नाले अहिले द्यौला बस्तीका दलितले भूकम्पको पीडामा समेत विभेद खेप्न परेको गुनासो गर्छन् । एउटा घर भत्किए पनि पाँच दाजुभाइले समेत लालपुर्जा पाएको तर लिच्छविकालदेखि बस्दै आएका द्यौला बस्तीका भूकम्पपीडितले कुनै राहत नपाउनु मानवअधिकार हननको पराकाष्टा भएको उहाको भनाइ छ । विसं २०२१ मा नापी गर्न आउँदा जग्गा अधिग्रहण गर्न आएको हल्ला चलाएपछि अशिक्षित यहाँका बासिन्दाले बस्दै आएको घरजग्गा पनि आफ्नो हो भन्न नसक्दा लालपुर्जा बन्न नसकेको बताउँदै स्थानीय समाजसेवी चरन द्यौला भन्छनुहुन्छ– “हाम्रो घर, हाम्रो बस्ती भन्ने सबैलाई थाहा छ, पुनः नापी गरेर लालपुर्जा दिलाइदिन पटक पटक सबै निकायमा पुगिसक्यौँ तर हाम्रो बस्ती दलित भएकै कारण कसैले चासो दिएन ।”

जाडो बढ्दै जाँदा निकै कठिन बेहोर्दै आएका यहाँका बासिन्दा भूकम्पबाट बाच्नु नै दुर्भाग्य भएको गुनासो गर्छन् । “नगरपालिकाले हामीलाई फरक व्यवहार गर्छ, बरु त्यही भूकम्पमा मरेको भए हुन्थ्यो जस्तो लाग्छ, अहिले न बस्ने ठाउँ छ, न तातो ओढ्ने ओछ्याउने नै छ”, स्थानीय विकास द्यौला भन्छन् – “नगरपालिकाले न भूकम्पपीडित परिचयपत्र नै दियो न त रु १५ हजार नै, यो जाडोमा बालबच्चा रातभर कामेर बसेको कसरी सहनु, सरकारले सुकुम्बासीलाई लालपुर्जा बाँड्यो तर हामीले हाम्रै जग्गाको लालपुर्जा पाएनौँ ।” स्थानीय मदन द्यौलाका अनुसार जाडोले त्रिपालमुनि बस्नै नसक्ने अवस्था भएकाले बालबच्चा र वृद्धलाई निकै सास्ती भएको छ । शौचालय र खानेपानीको अभावले थप कठिन भएको बताउँदै उनी बिरामी हुँदा यहाँको बासिन्दाले औषधिसमेत नपाउने गरेको गुनासो गर्छन् । भूकम्पपछिको पीडाले स्थानीयवासीलाई मानसिक रोगसमेत लाग्न थालेको छ । जाडो र चिन्ताले केहीलाई मानसिक समस्या देखिन थालेको छ । चिसो छल्न कोठा खोज्न जाँदा जातीयताकै कारण कोठा नपाइने भएपछि पालमुनिको बासको विकल्पसमेत नभएको बताउँछन् यहाँका बासिन्दा ।

लालपुर्जा नहुनेलाई प्रशासनले रकम दिनु भन्न नमिले पनि रैथानेलाई नगरपालिकाले भूकम्पपीडित परिचय पत्र र राहत दिनसक्ने बताउँनुहुन्छ भक्तपुरका प्रमुख जिल्ला अधिकार तोयम राया । जिल्लाका अन्य नगरपालिकाले भने आफ्नो क्षेत्रमा लालपुर्जा नभए पनि घर भत्किएका पुराना रैथाने बस्तीका पीडितलाई भूकम्पपीडित परिचय पत्र र राहत रकम वितरण गरे पनि भक्तपुर नगरपालिकाले भने द्यौला बस्तीलाई वञ्चित गरेको छ ।

संस्कृतीको नाममा “कटुवाले प्रथा” कायमै

गोविन्द विश्वकर्मा दैलेख 
अचेल गाँउगाँउमा मोवाईलदेखी ईन्टरनेट चलाउनेको सख्या दिनप्रतिदिन बढ्दैछ । यूवादेखी वृद्ध÷वृद्धा सवैको हातहातमा मोवाईलमै ब्यस्त भईरहेको हाम्रो गाँउघरमा संचार नहुँदा प्रयोग गरिने कटुवाले प्रथा हिजो आजसम्म पनि कायमै रहेको छ । पुर्खादेखि नै गाँउघरहरुमा चल्दै आएको कटुवाले प्रथा निरन्तर चलिरहेको बाँसी गाविस सचिव विष्णुप्रसाद जैसीले बताउनुहुन्छ । अहिले पनि बाँसी लगायतका गाविसहरुमा केही कार्यक्रम वा नयाँ खाले जानकारीहरु भए दमाह बजाँएर कटुवालेले सवैले सुन्ने गरी डाँडाँबाट सवैलाई एकैसाथ ठुलो आवाजमा बोल्ने गर्दछ । बाँसी गाविसमा कटुवाले प्रथा चलाईरहेका कटुवाले भिमे कार्मी। बाँसी गाविसमा कटुवाले प्रथा चलाईरहेका कटुवाले भिमे कार्मी। फोनरईन्टरनेट मानिसहरुका हातहातमा भएपनि कटुवालेले बोलेझै प्रभावकारी नहुँने बाँसीका स्थानीय रमेश दशैंदींले बताउनुभयो । कहिले फोन लाग्दैन् लागे पनि ब्यत्तिपिच्छे गर्दा पैसा खर्च उस्तै हुन्छ । “दशौदीले भन्नुहन्छ, एकै पटक गाँउभरका मानिसहरु कहाँ केके भएको छ र नयाँनयाँ खवर के छ भनेर सजिलै थाहा पाउँछन् ।” बावु रतन कार्मी बुढो भएपछि कलिलै उमेरदेखी बाँसी र आसपास कटुवालेका रुपमा काम गरेका बाँसी – ६ भैरवस्थानका भिमे कामी ५२ वर्षका हुनुभयो । पंञ्चायतकालबाटै कटुवालेका रुपमा काम गर्नुभएका भिमे कामी अहिलेसम्म पनि दमाह बजाँउदै बाँसीका अग्ला अग्ला डाँडाँहरु सवैलाई एकै साथ सुचना दिने गर्दछन् । विगतमा कटुवालेको प्रभावकारी भुमीका हेरेर गाँउभरिका घरहरुबाट मानारपाथीका दरले सिर्जन अनुसारको अन्नहरु उठाएर दिने परम्परा अँझै पनि कायम रहेको कटुवाले कामीले बताउनुभयो । गाँउघरमा नयाँनयाँ सुचनाका प्रविधिहरु आएपनि कटुवाले प्रथा प्रभावकारी रुपमा लिईन्छ । “कटुवाले भिमे कामीले भन्नुभयो, पहिले कटुवाले गर्दा माना÷पाथी मात्र पाईन्थ्यो अहिले सवै मिलेर तलव समेतको ब्यवस्था गरेका छन् ।” दिउँसो कम सुन्ने भएकाले उहाले विहान र बेलुका डाँडाँमा गएर सवैलाई सुचना दिने गर्नुहुन्छ । उहाले गाविसदेखी स्वास्थ्य र वन समितिका भेला तथा अन्य कार्यक्रमहरुको बारे सुचना दिने गर्नुहुन्छ । बाँहुनडाँडाँ, रोकाडाँडाँ, उच्चमावि, सवकोट, खम्व डाँडाँ, पारुलीआवत लगायतका स्थानबाट कार्मीले कटुवाले गर्नुहुन्छ । उहाले गाविसका विभिन्न ठाँउबाट बोलेको सुचना आसपासका गाविसदेखी नारायण नगरपालिकाको २ नम्वर वडामा समेत सुनिने बताउनुभयो । उहालाई कटुवाले गरे वापत गाँउ परिषदबाटै २ हजार, स्वास्थ्य चौकीबाट १ हजार र वन समितिले ५० रुपैँया मासिक दिने समेत ब्यवस्था मिलाईएको छ ।

दैलेखमा बाल विवाहसम्वन्धी तथ्यांक

गोविन्द विश्वकर्मा दैलेख
बालविवाहले महिलाको स्वास्थ्यलाई अत्यन्तै प्रतिकूल प्रभाव पारेको छ, यो कुरा जनसंख्याको तथ्यांक केलाउदा थाहा पाउछौैं । जिल्लाको कुल जनसंख्या २,६१,७७० मा १,२६,९९० पुरुष र १,३४,७८० महिला छन् । त्यो जनसंख्याको ३२ दशमलव २५ प्रतिशतले २० वर्ष नपुग्दै विवाह गर्छन । कानूनी भाषामा त्यसलाई बाल विबाह भनिन्छ, बाल विवाह गर्ने पुरुष २९,७३४ र बाल विवाह गर्ने महिला झण्डै दोब्बरको संख्यामा ५४,७९० जना छन् । तथ्यांक विभागले प्रकाशित गरेको विवरण अनुसार २९,३९३ ले १९ वर्ष उमेर नपुग्दै बच्चा जन्माउने गरेका छन् । कुल जनसंख्याको ११ दशमलव २३ प्रतिशत ओगटेको त्यो संख्या मध्ये १३,७८९ ले त यो अवधिमा २ बच्चा जन्माइसकेको पाइएको छ । राष्ट्रिय जनगणना २०६८ ले लिएको तथ्यांक विवरणमा दैलेखमा १० वर्ष नपुग्दै ८९४ जनाले विवाह गरेका उल्लेख छ । त्यो उमेर विवाह गर्ने पुरुष १६३ र महिला ७३१ जना छन् । त्यसपछि १०–१४ वर्ष उमेरमा १३,३६४ ले विवाह गरी सकेका हुन्छन्, यी मध्ये २८११ पुरुष र १०५५३ महिला छन् । सोही तथ्यांक अनुसार १५र१९ वर्षको उमेर विवाह गरी सकेकाहरु ७०,१६६ जना परेका छन् । त्यो उमेरमा विवाह गर्ने पुरुष २६,७६० र महिला ४३,४०६ भएको देखिएको छ । यसरी तथ्यांक केलाउदा २० वर्ष नपुग्दै विवाह गर्ने जनसंख्याको ८४,४२४ जना अथवा ३२ दशमलव २५ प्रतिशतले बाल विवाह गरेका आफैले विवरण दिएका छन् । कानूनले २० वर्ष नपुग्दै विवाह गर्नु बाल विवाह मानिन्छ ।

नेपाल टेलिकमले ल्यायो रिचार्ज बोनस अफर, मोवाईलमा रिचार्ज नै हुदैन

गोविन्द विश्वकर्मा पुस २ काठमाण्डौं
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि  एक महिने बोनस अफर ल्याएको बेला रिचार्ज सिस्टममा समस्या उत्पन्न भएको छ । मंसिर २७ गतेदेखि पुस ३० गतेसम्म एनटीसीका जीएसएम, सीडीएमए प्रिपेड सेवाका लागि रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज कार्डमार्फत हुने रिचार्जमा बोन पाउने भनिएपनि ग्राहकले रु.५० को रिचार्ज कार्ड दिनभर नै प्रयास गर्दा समेत रिचार्ज नहुदा मारमा परेका छन् । नेपाल टेलीकमको रिचार्ज सिस्टममा समस्या भएकाले रिचार्ज नभएको दावी टेलीकमले गरेको छ ।  त्यसैगरीबोनस अवधिमा टेलीकमले २ सय रुपैयाँ रिचार्ज गर्दा ५ प्रतिशत, ५ सय रुपैयाँ रिचार्ज गर्दा १० प्रतिशत र १००० रुपैयाँको रिचार्ज गर्दा ग्राहकले १५ प्रतिशत बोनस सेयर पाउनेछन्  भनेको थियो । यी बाहेक एमपीओएस रिर्जाजमा १० प्रतिशत बोनस दिइने टेलिकमले जनाएको थियो तर बोनस दिएकै बेला रिचार्जमा समस्या देखिएपछि ग्राहकहरुले टेलीकमले ठगी गर्न खाजनेको आरोप लागाएका छन् ।

पृथ्वी संकटमा पर्दै गएको भनिएको समयमा आयो अर्को ठूलो खवर ्र पृथ्वी भन्दा डेढ गुना ठूलो ग्रह भेटियो

गोविन्द विश्वकर्मा पुस २ काठमाण्डौं
स्वीडेन र मेक्सिककोका बैज्ञानिकहरुले सौर्य मण्डलमा पृथ्वी भन्दा ठूलो आकारको ग्रह पत्ता लगाएको दावी गरेका छन् ।सौर्य मण्डलको छेउँमा उक्त विशाल पिण्ड यस अघि कहिले पनि नदेखिएको उनीहरुको दावी छ । अल्फा सेन्टाउरी तारा पुञ्ज नजिकै उक्त ग्रह अवस्थित रहेको हुन सक्ने उनीहरुको भनाइ छ ।प्रारम्भिक अनुसन्धन पछि बैज्ञानिकहरुले सार्वजनिक गरेको कागजातले अल्फा सेन्टाउरी तारा पुञ्ज नजिकै पृथ्वी भन्दा ठूलो आकारको पिण्ड देखा परेको र यस अघि यो नदेखिएको उल्लेख गरेका छन् ।यो पिण्ड सौर्य प्रणालीकै अंग भएको उनीहरुको भनाइ छ । विशाल चट्टान पृथ्वीमा ठोकिँदै, संसारकै अन्त्य हुन सक्ने खगोलविदको दावी ्र नेपाल सन्देश बाट ।

विवादीत पूर्व मन्त्री पराजुलीको अर्को कारनामा, अख्तियारले असुल्यो २ लाख ६० हजार

गोविन्द विश्वकर्मा पुष १ काठमाडौं
पूर्व मन्त्री हरि प्रसाद पराजुलीले दुग्ध विकास संस्थानको खर्चमा आफ्नो छोरालाई अस्ट्रेलिया भ्रमणमा पठाएको खुलासा भएको छ । दुग्ध विकास संस्थानलाई आर्थिक व्ययभार पारेको भन्दै अख्तियारले पूर्व मन्त्री पराजुलीसँग २ लाख साठी हजार असुल उपर समेत गरेको छ । कृषि विकास मन्त्री रहेका पराजुलीले पदको दुरुपयोग गरी आफ्नो छोरा गिर्वाण विक्रम पराजुलीलाई गैह्रकानूनी तरिकाले अष्ट्रेलिया भ्रमणमा पठाएको भन्ने विभिन्न समाचार माध्यममा प्रकाशितरप्रसारित समाचार एवं आयोगमा पर्न आएको उजुरी सम्बन्धमा अयोगले अनुसन्धान गरेको थियो । जसमा मन्त्री पराजुलीले आफै मन्त्रीस्तरीय निर्णय गरी बनकटवा दुग्ध उत्पादक सहकारी संस्था लि., बांकेमा शेयर सदस्य रहेका आफ्ना छोरा गिर्वाण विक्रम पराजुलीलाई दुग्ध विकास संस्थानको खर्चमा असार २९ देखी साउन ४ गते सम्म अध्ययन भ्रमण टोलीमा सहभागी गराई अष्ट्रेलिया भ्रमणमा पठाएको पाईएको थियो । उक्त भ्रमणबाट दुग्ध विकास संस्थानलाई दुई लाख साठी हजार आर्थिक व्ययभार पर्न गएको आयोगले उल्लेख गरेको छ । पराजुलीले मंसिर २८ गते दुग्ध विकास संस्थानको हिमालयन बैङ्क लि. मा रहेको खातामा उक्त रकम जम्मा गरेका छन् । विभिन्न विवादमा पर्दै आएका मन्त्री पराजुलीलाई उनको पार्टी नेकपा एमालेले राजीनमा गर्न लगाएका थिए ।

मानव वेचविखनका घटना बढ्दै, प्रहरीद्धारा ८ युवतीको उद्धार

गोविन्द विश्वकर्मा काठमाण्डौं,२ पुस 
प्रहरीले भिजिट भिसामा थाइल्याण्ड जान लागेका ८ जना युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरेको छ । अपराध अनुसन्धान महाखाको टोलीले थाइ एयवेजबाट थाइल्याण्ड लग्न थालिएको अवस्थामा उनीहरुको उद्धार गरेको हो । महाशाखाका प्रवक्ता सहकुल थापाले सेटिङ मिलाएर युवतीलाई थाइल्याण्ड पुर्‍याउने २ जनालाई पक्राउ समेत गरिएको बताउनुभयो । काठमाडौंका प्रकाश केसी र नुवाकोटका सुर्यमान श्रेष्ठलाई पक्राउ गरिको उहाले बताउनुभयो । थाइ एयरवेजबाट थाइल्याण्ड जान युवतीहरु वोर्डिङ पास लिएर उड्न ठिक परेका थिएु उहाले विशेष सूचना पाएर उद्धार गरेको जनकारी दिनुभयो । उनीहरुलाई थाइल्याण्ड पुर्‍याएर कुवेत र दुवई लैजान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको उहाले बताउनुभयो । अधिकांस युवती भैरहवा, बुटवलतिरका रहेको उहाले बताउनुभयो । सामन्य लेखपढ पनि नजान्ने छन्ु उहाले भन्नुभयो ुदुवई र कुवेतमा लगेर घरायसी काममा लगाउनलाई होला । अभियुक्त केसी र श्रेष्ठ विरुद्ध मानव वेचन विखन विरुद्धको मुद्दा चलाइने उहाले बताउनुभयो । युवतीहरुलाई माइती नेपालमा राखिएको छ ।

विश्वमा यस्तो देश छ जहाँका मानिसले सय वर्षपछि बल्ल घाम देख्न पाए, घाम ताप्नेको घुइँचो

गोविन्द विश्वकर्मा नर्बे,२ पुस 
नर्बेको जुकानका मानिसहरुले १ सय वर्ष पछि बल्ल घाम देख्न पाएका छन् । नर्बेको जुकानमा चारैतर्फबाट पहाडले घेरिएका कारण त्यहाँ कहिल्यै पनि घाम लाग्दैन । कैंयौं मानिसको त घाम नदेखेर जिबन बितिसकेको छ । त्यहाका मानिसहरुले घाम देख्न नपाएको सय वर्ष भन्दा बढि भएको जनाइएको छ । तर एक इन्जिनियरको टोलीले स्वालार पाइप मार्फत त्यस क्षेत्रमा सूर्यको प्रकाश ल्याएका हुन् । इन्जिनियरहरुले सोलर प्यालन जोडेर कम्युटरको माध्यामद्धारा सुर्यलाई त्यस स्थानमा पारेका छन । घाम देखिन थालेपछि त्यस स्थानमा मानिसहरुको घाम ताप्न आज भोली भिड लाग्ने गरेको छ ।
मेरो जन्म दैलेख जिल्ला गमौडी गाउ विकास समिती वडा नं. २ छुवाला भन्ने ठाउमा वि.स २०५१ साल जेष्ठ १८ गतेका दिन भएको हो । म सानो उमेरदेखि नै नयाँपन गर्न चाहाने लगनशिल र मेहनती पनि थिए । मेरो  विद्यालस्तरको कक्षा ३ सम्मको पढाई श्री बिन्द्राबासिनी प्रस्तावित प्रथामिक विद्यालय गमौडी छुवालामा गरेको हुं । त्यसपछिको कक्षा ४ देखि १२ सम्मको अध्ययन श्री पञ्चकोशी ज्वाला उच्च माध्यामिक विद्यालय गमौडीमा गरे र द्रोणाचल क्याम्पस दुल्लुबाट व्याचलर जनसंख्या विषयमा गरेको छु । हाल आएर म मध्यपश्चिमाञ्चल विपश्वविद्यालय सुर्खेतमा पत्रकारीता विषयमा अध्धयन गर्दै छु र सुर्खेतको संचार माध्यम जनताको आवाज जागरण एफ एम ९०.८ मेगाहर्ज सुर्खेतमा कार्यैरत छु ।
नामले म गोविन्द विश्वकर्मा केही साथीहरुले सुरज भनेर पनि चिन्निुहुन्छ । कुम्भ राशि र मैले सोचेको सबै कुरा सकेसम्म पुरा हुन्छन् भन्ने विश्वाश छ । 
मेरो राशीफल अनुसार
कुम्भ राशिका ब्यक्तिको जीवनमा सामान्य सामान्य कुराले पनि प्रेम सम्बन्ध गाढा हुने र सामान्य कुराले सम्बन्ध टुट्ने हुन्छ । यो राशिका ब्यक्ति प्रेममा नयाँ पन ल्याउने प्रयास गरिरहन्छन् जुन कहिलेकाँहि प्रेम टुट्ने कारण नै बनिदिन्छ ।


यो व्लक मेरो व्यक्तिगत व्लक हो । यसमा पोष्ट सबै समाचार लेख मेरो स्वामित्यमा रहनेछन् ।

मधेसी मोर्चा र भारतबीच यसरी सुरुभयो लफडा, भारतले रणनीति फेरेपछि मोर्चामा मारामार

गोविन्द विश्वकर्मा काठमाडौं १ पुष
भारतले चारबुँदे रोडम्यापमा आधारीत भएर सहमति गर्न आन्दोलनरत मधेसी मोर्चालाई दवाव दिएपछि मोर्चा समस्यामा परेको छ । मधेसी मोर्चाका नेताहरुले दिल्ली जानु गल्ती भएको बताउन समेत थालेका छन् । परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणका बेला प्रस्तुत गरेको रोडम्यापकै आधारमा अघि बढ्न भारतले मोर्चालाई दवाव दिएको छ । भारतको यस्तो आग्रह पछि मोर्चामा समस्या देखिएको छ । भारतले सीमांकनको मुद्दा तीन महिना भित्र समाधान गर्नकालागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउउने र संयन्त्रको सुझाव जस्ताको तस्तै संसदबाट पारित गर्ने व्यवस्था गर्नेगरि सरकारले दिएको रोडम्याप नै मोर्चालाई मान्न बाध्य पार्ने रणनीति लिएको छ । तर, मोर्चाले संघीयताको सीमांकनकै लागि भन्दै यती कडा आन्दोलन उचालेका हुन् । यसकारण पनि मोर्चामा समस्या आएको हो । उस्ले सीमा नाका अबरोध गर्ने आन्दोलनलाई कडा पार्ने तयारी गरिरहेका बेला भारतले भने सीमा नाका खुकुलो पार्ने तयारी गरिरहेको छ र यसकै प्रमाण स्वरुप वीरगञ्ज बाहेकका नाका सहज बन्दै गएको छ । मोर्चा र भारतकै बीचमा नाका खोल्ने वा रोक्ने भन्ने विषयमा विवाद बढ्ने अवस्था आएको छ । मोर्चाले भनेअनुसार भारत पर्खने अवस्थामा देखिदैन ।
भारतलाई नाकाबन्दी लगाएको आरोपमा विश्वभार पखाल्ने काम भएकाले पनि भारत चोखो हुने रणनीतिमा छ । भारतको रणनीति परिवर्तन भएपछि मोर्चाको आन्दोलन भने विचल्लीमा पर्ने पक्का छ । भारतले सामान नरोकेपछि र दशगजामा आन्दोलनकारीलाई जान नदिएपछि आन्दोलन स्वत फितलो बन्ने छ । यसकारण मोर्चामा पनि दवाव परेको छ । तर मोर्चाका नेताहरुका बीचमै आन्दोलनलाई सहमतिमा लाने बारेमा चर्को विवाद सुरु भएको छ । आन्दोलन सुरु भएपछि राजधानी नै नआएका सद्भावनाका अध्यक्ष राजेन्द्र महतो सीमांकनको मुद्दा अहिल्ये समाधान गरिहाल्नुपर्ने पक्षमा छन् भने महन्थ ठाकुर पनि लगभग यस्तै अडानमा
छन् ।
उपेन्द्र यादव आन्दोलनको चाँडो समाधान खोज्नुपर्ने पक्षमा देखिनुहुन्छ । आन्दोलन अनियन्त्रीत बन्ने बुझेका मोर्चाका नेताहरुमा नै सहमति गर्ने विन्दुबारे मत नमिल्दा सरकार लचक भएपनि सहमति गर्न समस्या पर्ने देखिएको एक विश्लेषक बताउँछन् । अझ मधेसमा जन्मीएको अर्को मोर्चालाई पनि सहमति गराउनुपर्ने बाध्यता छ र अहिले आन्दोलन चर्काइरहेको मोर्चाका नेताहरुलाई अर्को मोर्चाको डरले सताएको छ । आन्दोलन आफु गर्ने र अन्तिममा स्वामित्व ग्रहण अर्कैले गर्ने पो होकी भन्ने डरका कारण पनि मोर्चामा मारामार सुरु भएको हो । र यसको समाधान झनै जटील बन्ने देखिन्छ ।

भारतीय च्यानल बन्द नगरेको भन्दै विप्लव माओवादीले गर्‍यो डिसहोममा बम आक्रमण

गोविन्द विश्वकर्मा काठमाडौं १ पुष
 विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले डिसहोमको अर्थ स्टेशनमा पेट्रोलबम प्रहार गरेका छन् । आज विहान माओवादीका कार्यकर्ताल डिसहोमको ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनमा बम प्रहार गरेका हुन् । विहानै आधा दर्जनको संख्यामा रहेका माओवादी कार्यकर्ता भैसेपाटीस्थित डिस होमको कार्यलयमा पुगेका थिए । विप्लव नेतृत्वको माओवादीका प्रवत्ता खड्गबहादुर विश्वकर्माले घटना आफूहरुले घटाएको स्विकार गर्नुभएको छ । उहाले भारतीय च्यानल बन्द गर्न बारम्बार आग्रह गर्दा समेत अटेर गरेका कारण डिसहोमलाई कारवाही गरिएको बताउनुभयो । विश्वकर्माले डिसहोमले अझै अटेर गरे यो भन्दा ठूलो कारबाही भोग्न डिसहोमलाई चेतावनी समेत दिनुभयो । बम प्रहारपछि डिस होमको प्रसारण बन्द भएको छ । डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले टेलिभिजन प्रसारण बन्द भएको र वैकल्पिक उपायमार्फत पुनः प्रसारणको तयारी भइरहेको बताउनुभयो । भारतले गरेको अघोषित नाकाबन्दी सँगै विप्लव नेतृत्वको नेकपा माओवादीले भारतीय टिभी च्यानल र फिल्म नचलाउन केबुल अपरेटर, डिसहोम तथा फिल्महलहरुलाई पत्र काटेको थियो ।

क्याम्पस निर्माण गर्नका लागी धार्मिक महोत्सवको आयोजना, एकै जनाले गरे ५१ लाख दान

गोविन्द विश्वकर्मा दैलेख
दैलेखको नौमुलेमा क्याम्पस संचालनार्थ गरिएको धार्मिक महोत्सवमा तोली – ५ भुर्सु नौमुलेका स्थानीय ८० वर्षीय नन्दराम प्याकुरेलले ५१ लाख रुपैँयाको जग्गा दान गर्नुभएको छ । धार्मिक महोत्सवको अन्तिम दिन बुधबार जग्गादान दाता प्याकुरेलले नौमुलेबजारमै रहेको चल्तीको ५१ लाख मुल्य पर्ने जग्गा दान गर्नुभएको हो । द्वन्द्वमा बढी प्रभावित भएको दैलेखको नौमुलेमा विकासको ढोका खोलिरहेको अवस्थामा आफुले सहयोग गर्न पाउँदा खुसी भएको जग्गादान दाता प्याकुरेलले बताउनुहुन्छ । बुढेस्कालमा परोपकारी काममा सहयोग गर्न पाउँदा मनैदेखी खुसी छु जग्गादानदाता नन्दराम प्याकुरेलले भन्नुभयो , पैसा नै दिने सोच बनाएको थिए तर, आयोजकले पैसाबरावरको जग्गाको प्रस्ताव आएपछि जग्गा दिएको हो । प्याकुरेलले भन्नुभयो , सम्पत्ति धेरै छ । आफ्नो सन्तान छैनन् । त्यसैले सवै मेरालागि बालबच्चा नै सोचेर क्यापसमा जग्गा दान गरेको हुँ। ७ दिनदेखी गरिएको धार्मिक महोत्वसमा २ करोड ५० लाख बरावर चलअचल सम्पती संकलन भएको महोत्सवका संयोजक सन्तबहादुर चन्दले बताउनुभयो । ुहामीलाई सवै क्षेत्रबाट राम्रो सहयोग भयो । सवैभन्दा पहिले दिने दातामा कुलबहादुर वि कले २१ हजारबाट सुरु भयो,ु चन्दले भने, त्यसपछि मध्यपश्चिम मै सवैभन्दा बढी दान गर्ने नौमुलेमै हुनुभयो । उहाँले दान गरेको जग्गा अहिले बिक्री गर्दासमेत ५१ लाख बढी नै हुन्छ । क्याम्पस नहुँदा आफ्ना छोराछोरीले सदरमुकाम पुगेर पढ्नुपर्ने बाध्यता रहेको भन्दै यहाँका स्थानीयले ५ हजारदेखि १ लाख ६१ हजार रुपैँयासम्म दान गरेको आयोजकले जनाएको छ ।

पिउन पानी नपाउने समस्या ज्यूका त्यू अव गाउले मुहार फर्ने, सौर्य उर्जा प्रणालीबाट खानेपानी योजना बन्दै

गोविन्द विश्वकर्मा दैलेख
दैलेखको दुल्लु नगरपालिका वडा नं २ वडापोखरामा सौर्य उर्जा प्रणालीवाट खानेपानी योजना संचालनमा भएको छ । सौर्य प्रबिधिमा आधारित खानेपानी योजना संचालन हुने भएपछि एक घण्टा भन्दा तल झरेर पानी ओसार्ने कष्ट झेल्दै आएका नाउले कटुवाल गा.वि.स. हाल दुल्लु नगरपालिकावार्ड नं २ वडापोखरा माथिगाऊ लगायतका वासिन्दाहरु घर आगन मै खानेपानी पुग्ने देखेर खुसी भएका छन । विगत लामो समय देखि अग्लो डांडामा कहीकतै वाट पानी ल्याउन नसकेका कारण यहाँका वासिन्दा यस गाउँमा कुनै पनि पाइप प्रणालीवाट पानी आउला भन्ने चिताएकै थिएनन् । २ बर्ष अगाडी तत्कालिन गा.वि.स परिषदले गरेको निणर्य अनुसार जलउपयोग गुरुयोजना तयार गरी सौर्य लिप्ट प्रणालीको योजना कार्यान्वयन गर्ने निर्णय गरेसंगै यहाँका जनताको सफा पानी खाने चाहाना हालै मात्र पुरा हुन लागेको हो । “हामीले त लगभग यो डांडामा पानी विना बसीनसक्ने ठानेका थियौ तर हाल नगरपालिका र जलश्रोत व्यवस्थापन कार्यक्रम वामपी हेल्भेटासको सहयोग ले गर्दा यो सोलार लिप्ट खोपानी शुरु भयपछि गाउँका जनता सबैमा उत्साह थपिएको” बताउनुहुन्छ कडालपानी तुसारपानी सौर्य लिप्ट खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष लोक वहादुर थापा । उहाले “वषौको संघर्ष पछि यो योजनाले रमणीय हाम्रो वडापोखरा लाई झन रमणीय वनाइको छ” बताउनुभयो ।
          खानेपानी योजनाले कुल ९१ घरधुरी र १ विद्यालय लाभान्वित हुने, योजनाको करीव ३२० मिटर तलबाट पानी तान्ने, इन्टेक, पाइप लाइन तथा पानीटंकीहरु निर्माण कार्य सम्पन भइ सकेको छ, अध्यक्ष थापाले वताउनुभयो । हेल्भेटासको करिब २६ लाख १९ हजार र नगरपालिकाको २ लाख तथा समुदायको करीव ८ लाखको लागतमा यो योजना संचालन भइरहेको छ । दुल्लु नगरपालिका,जलश्रोत ब्यावस्थापन कार्यक्रम हेल्भेटास नेपालको आर्थिक तथा प्रविधिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजीकरणमा संचालित यस योजनामा दुइ ओटा श्रोतलाई २६ वटा सोलार प्यानल जडान गरी करीव ९० मी सिधा उचाइमा २ बटा सोलार पम्प मार्फत तानी सकिएको र १७ वटा धारा मार्फत वितरण गर्ने व्यवस्था मिलाइने कार्यक्रमक प्राविधिक संयोजक मोहन भट्टले वताउनुभयो ।
        उहाले यो योजना संगसगै यस योजनामा परेका मुहानहरुमा पानीको मात्रा कायम गरी राख्न परम्परागत पोखरीलाइ पनि उत्खनन् गरीे रिचार्ज पोखरीको रुपमा विकास गर्न हेल्भेटासले सहयोग गरिरहेको बताउनुभयो । कार्यक्रमका टिम लिडर मदनराज भट्टका अनुसार हेल्भेटासले गा.वि.।स स्तरमा जलउपयोग गुरुयोजना तयारी गरी प्राकृतिक पानीका श्रोतको उपलब्धता नभएका बस्तीहरुमा उपयुक्त नयाँ प्रविधिहरु बर्षात को पानी संकलन, सोलार लिप्ट जस्ता प्रविधिहरुवाट खानेपानीको पहुँच बढाउने कार्य कार्यक्रमले गरी राखेको छ । उहाले दैलेख जिल्लाका विभिन्न बस्तीहरुमा हाल सम्म करीव ५ सय घरधुरी हरुमा प्रति घरधुरी ६५०० लिटर क्षमताका आकासे पानी संकलन गर्ने धैटो निर्माण गरी खानेपानीमा पहुच पुर्याएको बताउनुभयो । ” यसरी घैंटो निर्माण भएका घरधुरी हरुमा दैनिक ३ घण्टा सम्म पानी ओसार्न लाग्ने समय बचत भएको उपभोक्ताहरुले बताएका छन ।

सरकारी कार्यालयमा ‘९० प्रतिशत घुस लेखनदासमार्फत हुन्छ’

गोविन्द विश्वकर्मा
सरकारी कार्यालयम लेखनदासमार्फत् ९० प्रतिशत घुस लिने–दिने हुने गरेको तथ्यांक राष्ट्रिय सर्तकर्ता केन्द्रले सार्वजनिक गरेको छ ।सर्तकता केन्द्रले सदरमुकाम खाँदबारीमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व बिषयक कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरेको हो । केन्द्रका प्रहरी उपरिक्षक निरञ्जन बिष्टका अनुसार केन्द्रले ३ दिन सदरमुकाममा गरेको अनुगमनबाट सेवाग्राहीले लेखनदास मार्फत घुस कर्मचारीलाई दिने गरेको पाइएको हो । बिष्टका अनुसार ८ प्रतिशत सेवाग्राहीले कर्मचारीलाई सोझै घुस दिने गरेका छन् । अन्य माध्यामबाट २ प्रतिशत घुस खाने गरिएको छ । २६ प्रतिशत सेवाग्राहीले समयमै काम नभएको, ४२ प्रतिशतले सेवाशुल्क दस्तुर उपयुक्त नभएको, ४६ प्रतिशतले सेवाप्रवाहमा असहजता भएको र ४२ प्रतिशत कर्मचारीको व्यवहार नराम्रो भएको तथ्यांकमा उल्लेख गरिएको छ । ७६ प्रतिशत सेवाग्राहीले सूचनाको हकबारे जानकारी नपाएको समेत बिष्टले बताए । सर्तकता केन्द्रका उपसचिव मनोजकुमार दाहाल र शाखा अधिकृत गेहेन्द्रराज भण्डारीले भ्रष्टाचार नियन्त्रणका लागि गरिएको प्रयासका बारेमा जानकारी गराएका थिए ।

एक दिन ‘वास्तविक’ लोकगायक भएर आउनेछु: राजु परियार

गोविन्द विश्वकर्मा काठमाडौं
लमजुङ जिल्लाको चिसापानीमा २०३६ साल असार १५ मा जन्मिएका राजु परियारले औपचारिक रुपमा २०५६ सालबाट गायन सुरु गर्नुभएको हो । काठमाडौं आएपछि पुकार दोहोरी साँझमा काम गर्ने अवसर पाएसँगै उहाको सांगीतिक करिअर सुरु भएको थियो । उहाका सुनपानी, रुमाल धोको छु, गर्नुगर्‍यौ बलराम भैंसी पालेर, लागुपाते नुग्यो भुँइतिर, झिमझिम सानु नझिम्क्याउ परेली, फुलमा मौरी डुल्ने बेलामा जस्ता गीतहरु चर्चित छन् । आफूलाई नेपाली संगीत इतिहासमै सबैभन्दा बढी गीत रेकर्ड गर्ने कलाकार भनि दाबी गर्ने परियारले एकै दिनमा १३ वटा गीतसम्म रेकर्ड गरेको अनुभव सुनाउनुहुन्छ । लोक गायन क्षेत्रकै नायकका रुपमा चिनिनुभएका परियार केही वर्ष पारिवारिक तनावका कारण अत्याधिक मदिरा सेवन गरि जेलसमेत बस्नुभयो भने केही वर्ष त उहा गुमनाम समेत रहनुभयो । हाल आएर उहा स्टुडियो र विभिन्न कार्यक्रममा झल्याकझुलुक देखिन थाल्नुभएको छ । पछिल्लो समय मन्जु पौडेलसँग उहाले गाएको ‘सुपारीको तल्तल्ले ’ बोलको गीत चर्चामा समेत रहेको छ । सांगीतिक क्षेत्रमा सक्रिय ढंगबाट लाग्ने बताउँदै आएका राजु परियारसँग गरिएको कुराकानी
>एक समय निकै चर्चामा रहेर पनि अचानक गुमनामजस्तै भएर फेरि नेपाली लोक सांगीतिक क्षेत्रमा केही सक्रिय देखिनुभएको छ । यसलाई तपाईको ‘पुनरागमन’ भन्दा हुन्छ ? 
त्यो भन्दा पनि राजु परियार सांगीतिक क्षेत्रमा लागि नै रहन्छु भनेर कसम खाएर आएको हो । बीचमा अब यो क्षेत्रमा आउँदिन भनेको पनि हुँ । केही पारिवारिक समस्या थियो । अब त्यस्तो छैन । मन चङ्गा भएको छ, अब म आम श्रोताको काख–पोल्टामै रहन्छु ।

>हिजोको दिनमा ‘अब यो क्षेत्रमा आउँदिन’ भन्ने मनसाय चाँही किन बनाउनु भएको ?
मनमा पाप छैन । सिधै भन्नुपर्दा केही समस्याहरु, केही अप्ठ्याराहरु थिए । अहिले खुल्ला आकाशझै भएको छु ।

>तपाईको पारिवारिक अवस्थालाई लिएर विभिन्न टिका–टिप्पणी हुने गर्छन्, पारिवारिक अवस्थाको बारेमा के भन्नुहुन्छ ?
मसँग केही थियो र पो कुरा गरे । मसँग केही थिएन भने त कसले कुरा गर्ने ? 
मसँग कुनै दिन चुलो बल्ने स्थिती भएन होला । सबै कुरा भनिरहनु जरुरी छैन ।

>राजु परियार चर्चित कलाकार भएर पनि ‘स्ट्याण्डर मेन्टेन’ गरेर हिँड्नुपर्ने हो, त्यो चाँही गदैन भन्छन् नि ?
यसो हो, खोले र सिस्नु खाएर धानको भातको कुरा गर्नु हुँदैन । हिजोको खोले बिर्सियो भने धानको भातले सराप्छ ।

>अहिले तपाईका गीत खासै सुनिदैंन, स्टुडियोमा पनि टाइम दिएर आउनुहुन्न रे, किन ?
यस्तो छ, हिजोको दिनमा लहैलहैमा गाएँ होला, अब त्यसरी गाउँदिन । संख्यात्मकभन्दा अब गुणात्मक गीत गाउँछु । कतिपयका गीत मलाई मन परेन होला । त्यसैले गाइनँ ।

>मौकामा हिरा फोर्नु भन्छन्, तपाईको यस्तो मिठो आवाज छ, पर्याप्त गीत किन नगाउनु भएको ?
म अझै लोक गायक भैसकेको रहेनछु । सिक्दै छु । उमेर अझै बाँकी छ । अघिनै भनिसकेँ, संख्यात्मकभन्दा गुणात्मक गीत गाउँछु ।

>अहिलेसम्म कति गीत गाउनु भयो ?
अहिलेसम्मको तथ्याङ्कमा १५ हजार कट्यो भन्ने छ । तर मैले ठ्याक्कै मेसो पाएको छैन । अब खोजी गर्दै छु ।

>अहिलेको वर्तमान लोक गीतको क्षेत्रलाई तपाईले कसरी हेर्नुभएको छ ?
झलकमान, मेलवादेवी, धर्मराज थापाको जस्तो गीत आजभोली आउँदैन । दुःखलाग्दो कुरा हो । माटो सुहाउँदो गीत गाउने प्रतिक्षामा म पनि छु । म कसैलाई दोष दिन चाहन्नँ ।

>आगामी दिनमा आफ्नै एलबम ल्याउनुहुन्छ वा के गर्नु हुन्छ ?
अवश्य पनि म आफ्नै एलबमको तयारीमा छु । तपाईहरुकै सल्लाह, सुझाव अनुसार आगामी दिनमा एकल र कलेक्सन गीत छिट्टै आउँदै छ । तपाईहरु अब ढुक्क हुनुस् कि राजु परियार यो क्षेत्र छोडेर अब कतै जाँदैन, यो मेरो कसम भयो ।

>अचेल देश–विदेशमा सांस्कृतिक कार्यक्रममा कलाकारहरु जाने होड नै चलेको छ, तपाई खासै जानुहुन्न, किन ?
राजुपरियारले अहिलेसम्म १८/१९ देश घुमिसक्यो । कार्यक्रममा बोलाउँदैमा मात्र पनि जान्नँ । त्यो कार्यक्रम कुन उद्देश्यले गरिएको छ, बिचार गर्छु । त्यही भएर त्यस्ता कार्यक्रममा म कम पुगेँ होला ।

>नेपाली संगीतको भविष्यचाँहि कस्तो देख्नुहुन्छ ?
सुन्तला रोपेर आँपको कुरा गर्नु हुन्नँ । यतिबेला हामीले सही विजारोपण गरिरहेका छैनौं । राम्रो ग¥यो भने भविष्य छ । म आफैंले पनि रामो गीतको खोजी गरिरहेको छु । हाम्रा देउडा, पूर्वको हाक्पारे, सालैजो गाउन सकियो भने निकै रामो भविष्य छ ।

>कलाकारलाई राज्यले दिनुपर्ने सम्मान कतिको पाएको महसुस गर्नुभएको छ ?
तपाईको कुरा सुनेर मलाई हाँसो उठ्यो । राज्यले मलाई पनि कलाकार भन्छ र रु संस्कृतिमन्त्रीलाई संस्कृतिको ‘स’ पनि थाहा हुँदैन । नयाँ संविधान आएको छ । कलाकारका हकहितका कुरा कहाँ छन् ? म राज्यबाट केही अपेक्षा गर्दिनँ । अझै केही गर्न सकेँ भने राज्यले एक दिन सम्झेला ।

>अन्त्यमा आफ्नो श्रोतालाई के भन्नुहुन्छ ?
म तपाईहरुकै भाई, भतिजो, छोरा हुँ । माया गरिनै रहनुस्, एक दिन वास्तविक लोक गायक भएर आउनेछु ।

स्टार नभएको अभिनेता दयाहाङ राईको खनाई

गोविन्द विश्वकर्मा काठमाण्डौं
पछिल्लो समयका व्यस्त तथा सफल अभिनेता दयाहाङ राईले आफू स्टार नभएको बताउनुएको छ।  उहाले आफूले आफुूलाई कहिल्यै स्टार भएको अनुभुति नगरेको बताउनुभयो । स्टार भनेको आफूले सोच्ने नभई अरुले बोल्ने शब्द रहेको उहाको भनाई थियो । फिल्म क्षेत्रमा आउनु पहिले र अहिलेको व्यक्तिगत जीवनयापनमा  खासै परिवर्तन नपाएको जिकिर गर्ने उहाले स्टार र स्टारडमको कुरा भनेको काममा निर्भर हुने र कामको मुल्याङ्कनपछि प्रयोग हुने शब्द रहेको ’कबड्डी कबड्डी’ अभिनेताको भनाई थियो । कसलाई स्टार र सुपरस्टार भनिन्छ त्यसको बारेमा केहि बोल्न नचाहेका दयाले सामान्य जीवनयापन नै आफ्नो सोख रहेको बताउनुभयो । सामाजिक कथाका फिल्मलाई महत्व दिने र सोही प्रकारको फिल्ममा अभिनयका सौखिन दयाले कुनै कार्यक्रममा सहभागि  हुँदा तथा बाटोघाटोमा हिँड्दा भने फिल्म क्षेत्रमा आउनु पूर्वको समय र अहिलेको समयमा धेरै फरक पाएको बताउँहुन्छ । 

सपना एउटा सिङ्गो र शान्त नेपालको

प्रतिक्षा रेग्मी
लिङ्गको आधारमा म महिला हुँ, तर पुरुषलाई सम्मान गर्छु । जातले म बाहुन हुँ । समाजले मलाई बाहुन भन्ने जात दियो, तर म अरु जातका मान्छेलाई भेदभाव गर्दिन, गर्न चाहन्न। बाहुन भएपनि, दलित भएपनि सबै नेपाली मेरा आफन्त हुन। धर्मको आधारमा म आफूलाई कुनै धर्मको भन्न चाहन्न, तर मेरो परिवार हिन्दु हो । म हिन्दुको छोरी हुँ, तर सबै धर्मलाई म सम्मान गर्छु। म पहाडमा जन्मेकी हुँ, तर मलाई तराई र हिमाल पनि उत्तिकै प्यारो लाग्छ। जहिले हामी चेलिबेटी असुरक्षित थियौं, पुलिसहरु हाम्रो इज्जत बचाउन लागि परेका थिए। जहिले भूकम्पले हामी सबैलाई रुवाइरहेको थियो, आफ्नै परिवारमा दुख हुँदा हुँदै पुलिस आफ्नो ज्यान बाजी राखेर हाम्रो ज्यान बचाउन लागि लागि परेका थिए। जहिले कैलालीमा बाढी आयो, जुरेमा पहिरो आयो, नेपालका पुलिस आफ्नो ज्यानको मतलब नगरेर जनताको सेवामा लागिपरेका थिए। जहिले हाम्रो घरमा चोर आउथ्यो, मध्यरातमा पनि हाम्रो सेवामा खटिएका थिए। तर हामीले खै कस्ता नेता पाएछौं, उनीहरुले सोझा जनतालाइ उक्साएर हाम्रा वीर पुरुषहरुलाई गुमाउन बाध्य बनाए । जो हाम्रो सुरक्षामा खटिएका थिए, उनीहरु नै सुरक्षीत हुन सकेनन। अब हामीलाई पुग्यो । यो भन्दा धेरै सहन सक्दैनौं। घैटे मर्दा, चरी मर्दा सहिद घोषणा गर्नुपर्यो भन्दै थिए नेताहरु। तर हामी नागरिक मृतक सुरक्षाकर्मीलाई सहिद मान्छौ, हामी उनीहरुलाई सम्मान गर्छौं । हामी आफ्नो स्वार्थको लागि जनता लडाउने नेता चाहदैनौं, जनताको लागि लड्ने नेताको खाँचो छ । हामीले देखेको सुन्दर र शान्त नेपालको सपना आज भाइभाइमा काटमार गर्दै रणभूमी जस्तै भएको छ । हाम्रो देशमा यस्तो नेतृत्वको खाँचो छ जसले जात, धर्म, भाषा, लिंग इत्यादिको आधारमा भेदभाव नगरियोस । जहाँ हिमाल, पहाड तथा तराईका मान्छेले बराबर शान्तिको अनुभुति गर्न पाउन। हामीलाई जात, धर्म, भूगोलसँग हैन,  एउटा सिङ्गो र शान्त नेपालसँग मतलब छ। के हिन्दु, के मुस्लिम, के मधेसी, के हिमाली, के पहाडी, जो जे जे भए पनि हामी नेपाल आमाका सन्तति नेपाली हौं र नेपाली हुनुमा गर्व गर्न चाहन्छौं ।

रेडियो, एफ.एम. र टिभी प्रदेशको अधिकारमा किन जान हुँदैन

गोपाल गुरागाई
“नखाउँ भने दिनभरिको सिकार, खाउँ भने .....के जातिको अनुहार” भन्ने लागेर हो या अरु कुनै कारणले, संविधानको मस्यौदामा परेको एउटा बुँदामा जान्ने सुन्ने, बिज्ञ र सल्लाहकारहरु कसैले बोलेनन् र केही पनि लेखेनन् । आफ्नै पेशा र व्यवसायसित जोडिएको, चुप लागेर बस्न मन नमानेको र यो बुँदाले भविष्यमा कहिल्यै नसकिने कलह पनि बढाउने भएकाले मस्यौदा संविधानको संशोधन प्रस्तावमा यो बिषय पर्ला कि भन्ने आशाले यो टिप्पणी लेख्न आफैलाई घच्घच्यायो । त्यसो त मस्यौदा संविधानको ३०२ वटा धारा र नौ वटै अनुसूचिमा बिवाद र चर्चा गर्नका लागि पर्याप्त ठाउँहरु छन् । र, ती बिषय कुनै न कुनै रुपमा छलफलमा निस्केका छन् संविधानसभा भित्र पनि र बाहिर पनि । तर कसैले पनि चर्चा र छलफल नगरेकाले अहिले यहाँ चर्चा गर्न खाजेको कुरा प्रदेशका अधिकार सूचिकृत गरिएको अनुसूची ६ को नंवर ३ मा परेका ३ वटा शब्दको मात्र हो । मस्यौदा संविधानको अनुसूची ६ मा प्रदेशका अधिकार सिलसिलेवार तरिकाले लेखिएका छन् र ती अधिकार संविधानको कुन कुन धारा र उपधारासित सम्वन्धित छन् भन्ने पनि लेखिएको छ । प्रदेशका अधिकारको सूचीको क्रमसंख्या ३ मा “रेडियो, एफ.एम., टेलिभिजन सञ्चालन” भन्ने शब्द परेकाले सोझो अर्थमा बुझ्दा भविष्यमा रेडियो, एफ.एम र टेलिभिजन सञ्चालन गर्ने अधिकार प्रदेशलाई दिईएको भन्ने बुझिन्छ । तर, अनुसूचीमा यी तीन शब्द जसरी राखिएको छ, त्यसले प्रदेशलाई मात्र रेडियो, एफ.एम र टेलिभिजन सञ्चालन गर्न दिईएको हो वा यी सञ्चार माध्यमको लाईसेन्स वितरण गर्ने अधिकार दिईएको हो भन्ने कुरा प्रष्ट हुँदैन । उल्लेखित शब्दलाई सोझो हिसावले बुझ्दा प्रदेशले मात्र यी माध्यम चलाउन पाउने, अरुले चलाउनै नपाउने भन्ने अर्थ पनि लाग्छ । तर भन्न खोजिएको त्यस्तो होईन होला । संभवतः मस्यौदाकारहरुले रेडियो, टिभी र एफ।एम। को लाईसेन्स वितरण गर्ने अधिकार प्रदेशलाई दिने भन्न खोजेको होला भन्ने अनुमान गरौं । यदि कुरा त्यही हो भने त्यसरी नै बुझिने भाषामा लेख्न जरुरी छ । अन्यथा यस्को अनेक अर्थ लगाउन सकिन्छ । 
आफ्ना प्रदेशमा यी सञ्चार माध्यमको लाईसेन्स वितरण गर्ने अधिकार यदि प्रदेश सरकारलाई दिएको हो भनेर मान्ने हो भने यो अझै जटील र समस्याको बिषय हो । किनभने यो संसारमा कहि नभएको लाजलाग्दो जात्रा मात्रै हुन्छ । संसारका कुनै पनि देशमा यस्तो लाईसेन्स वितरण गर्ने अधिकार संघीय सरकारको सूचना तथा सञ्चार मन्त्रालयलाई मात्र दिईन्छ र यसो गर्नुका पछाडि पर्याप्त कारणहरु छन् । संविधानको अनुसूची ६ को क्रमसंख्या ३ मा लेखिएका कुराको चुरोमा पस्दा सबैले बुझेको र बुझ्नुपर्ने कुरा के हो भने रेडियो, एफ.एम र टेलिभिजन तीनवटै आम सञ्चार माध्यम हुन् । र यी तीनवटै माध्यम फ्रिक्वेन्सी नभई चल्दैनन् । अथवा रेडियो, टिभी र एफ।एम चलाउने भनेको सरकारले तोकिदिएको सार्वजनिक फ्रिक्वेन्सी चलाउने हो । तर यो सार्वजनिक फ्रिक्वेन्सी मात्रै हो र फ्रिक्वेन्सी चलाउने रेडियो, टिभी र एफ।एम मात्रै होईनन् । सेना, प्रहरी, गुप्तचर, पाईलट, हवाई विभाग तथा टेलिफोन सेवा प्रदायकले पनि फ्रिक्वेन्सी चलाउँछन् । सार्वजनिक फ्रिक्वेन्सी ९रेडियो, टिभी, एफ।एम० सबैले सुन्नका लागि हो, त्यसैले सबैले सुन्न सक्छन् । तर फ्रिक्वेन्सी प्रयोग गरेर सेना, प्रहरी, गुप्तचर, पाईलट तथा हवाई विभागका कर्मचारीले आपसमा गरेको संवाद आम नागरिकले सुन्न सक्दैनन् । सुन्न पाउँदैनन् । 
                       सार्वजनिक तथा अरु सबै खालका फ्रिक्वेन्सीको वितरण र व्यवस्थापनको काम गर्ने जिम्मा हरेक देशमा सूचना तथा सञ्चार मन्त्रालयले मात्र पाउँछन् । रक्षा, गृह, बिदेशी दुतावासहरु लगायत ज जस्ले फ्रिक्वेन्सी चलाए पनि चलाउनेले सूचना तथा सञ्चार मन्त्रालयको स्वीकृति लिएर मात्र चलाउन पाउँछन् । नेपालमा पनि रेडियो र टिभीलाई झै सेना, प्रहरी, गुप्तचर, हवाई विभाग, दूर सञ्चार प्राधिकरण तथा दुतावासहरुलाई सूचना तथा सञ्चार मन्त्रालयले नै फ्रिक्वेन्सी वितरण गर्दछ । उनीहरुले पनि सञ्चार मन्त्रालयले तोकेको त्यही फ्रिक्वेन्सी मात्र चलाउन पाउँछन्, अरुको फ्रिक्वेन्सी चलाउन वा मिच्न पाउँदैनन् । भारतमा होस् या अमेरिका, युरोपमा होस् या चीन, संसारका सबै देशमा सार्वजनिक (अथवा रेडियो, टिभी तथा एफ.एम) र अरु फ्रिक्वेन्सी वितरण गर्ने काम ती देशका सूचना तथा सञ्चार मन्त्रालयले गर्दछन् । हरेक देशका सूचना तथा सञ्चार मन्त्रालयमा फ्रिक्वेन्सीको ब्यवस्थापन गर्न त्यही बिषय पढेका, काम गरेका तथा बिशेषज्ञता हासिल गरेका मानिस नियुक्त गरिन्छन् । नेपालको सूचना तथा सञ्चार मन्त्रालयमा पनि यो व्यवस्था छ ।   
                                किन फ्रिक्वेन्सीको वितरण र व्यवस्थापन हरेक देशका सूचना र सञ्चार मन्त्रालयले मात्रै गर्छन त रु किनभने, फ्रिक्वेन्सी कुनै एउटा देशले मात्र हकभोग गर्ने सम्पति होईन । आकास र अक्सिजन जस्तै फ्रिक्वेन्सी संसारका सबै मानिसको र सबै देशको साझा सम्पति हो । त्यसैले संसारभरिका सार्वजनिक र अरु फ्रिक्वेन्सी निश्चित कामका लागि तय गरिएका हुन्छन् । पाईलटले चलाउने फ्रिक्वेन्सीमा सेना, प्रहरी वा गुप्तचरको पहुँच हुँदैन भने सेना, गुप्तचर र प्रहरीका फ्रिक्वेन्सीमा पाईलटको पहुँच हुँदैन । तर सबै देशमा संसारभरका पाईलट, सेना, गुप्तचर र प्रहरीका लागि फ्रिक्वेन्सी तय गर्दा एउटा मापदण्ड अपनाईएको हुन्छ । त्यसैले पाईलटले चलाउने होस् या सार्वजनिक सबै फ्रिक्वेन्सी सबै देशका साझा सम्पति हुन् । फ्रिक्वेन्सीलाई अन्र्तराष्ट्रिय साझा सम्पति मानिएकाले यो साझा सम्पतिको वाँडफाँड र व्यवस्थापन राष्ट्र संघको बिशेष अंग मानिएको ईन्टरनेशनल टेलिकम्यूनिकेसन युनियन ९आईटीयु० नामक संस्थाले गर्छ । आईटीयुको स्थापना सन् १८६५ अथवा ९१५० वर्ष अघि० फ्रान्समा भएको हो र सन् १९४७ देखि नै आईटीयुलाई संयुक्त राष्ट्र संघका बिशेष अंग मानिएको छ । 
                     रेडियो स्पेक्ट्रम र स्याटलाईट अर्विटसँग सम्बन्धित संसारभर जे जति काम हुन्छन्, त्यसको मापदण्ड बनाउने काम आईटीयुले गर्छ र हरेक देशका सरकार आइटीयुको मापदण्ड मान्न बाध्य हुन्छन् । अथवा संसारभरका पाईलट, गुप्तचर, सेना, प्रहरी, टेलिफोन सेवा प्रदायक, रेडियो, टिभीले कुन कुन र कस्ता कस्ता फ्रिक्वेन्सी चलाउने भन्ने निर्धारण आईटीयुले गर्छ । नेपाल पनि आईटीयुको सदस्य हो । आईटीयुका हरेक बैठक, सभा र सम्मेलनमा हरेक देशका सूचना तथा सञ्चार मन्त्रालयले भाग लिन्छन् र त्यहाँ लिईएका निर्णयहरु हरेक सरकारका लागि बाध्यकारी हुन्छन् । 
                 राष्ट्र संघको बिशेष अंगका रुपमा काम गर्ने यो संस्थामा देशको प्रतिनिधित्व राष्ट्रिय/संघीय सरकारको सूचना तथा सञ्चार मन्त्रालयले मात्र गर्ने ब्यवस्था छ । कुनै प्रदेशको मुख्य मन्त्री राष्ट्रसंघमा त्यो देशको प्रधानमन्त्रीका हैसियतले भाग लिन नपाए जस्तै, कुनै पनि देशको परराष्ट्र मन्त्रीले देशको प्रतिनिधित्व गरे जस्तै, आईटीयुमा देशको सञ्चार मन्त्रालयले मात्र प्रतिनिधित्व गर्न पाउँछ । कुनै पनि प्रदेशको सञ्चार मन्त्री वा प्रदेश कर्मचारीले आईटीयुमा प्रतिनिधित्व गर्न पाउँदैन । किनभने आईटीयु राष्ट्रसंघको बिशेष अंगको दर्जा प्राप्त संस्था हो र त्यहाँ देशको प्रतिनिधि मात्र जान्छ । र प्रतिनिधि भएर गएपछि फ्रिक्वेन्सीका बिषयमा छिमेकी तथा अरु देशसँग समन्वय पनि गर्नुपर्छ । त्यसैले यो अन्तर्राष्ट्रिय मामिलामा सन्धि सम्झौता गर्नु जत्तिकै महत्वपूर्ण बिषय हो । 
                       हाम्रो मस्यौदा संविधानको अनुसूची ६ को ३ मा लेखिएको व्यवस्था कायमै राख्ने हो भने भोलि आईटीयुले कस्लाई मान्ने भन्ने प्रश्न खडा हुन्छ र प्रदेश र केन्द्र सरकारबीच कहिल्यै नसकिने तर लाजलाग्दो विवाद हुन्छ । त्यसैले, फ्रिक्वेन्सी वितरण र व्यवस्थापनसँग सम्बन्धित अधिकार प्रदेशलाई दिने व्यवस्था जानाजान गरिएको हो भने किन र के नियतले यसो गरियो भन्ने प्रश्न उठ्छ । सूचना तथा सञ्चार मन्त्री आफै पनि मस्यौदा समितिमा रहेको र सञ्चार मन्त्रालयका सल्लाहकार, सहयोगी र बिज्ञले यो व्यवस्था राख्न सुझाएको हो भने यो अन्तर्राष्ट्रिय लज्जाको बिषय हो । हैन, यो बिषयको गम्भीरता नबुझी वा थाहा नभएर अनुसूचीमा लेखिएको हो भने सञ्चार मन्त्री र सूचना तथा मन्त्रालयले मस्यौदा संविधानको यो व्यवस्था तत्कालै संसोधन गर्न जरुरी छ । किनभने, यो नेपाल र भोलि बन्ने प्रदेशको मामला मात्र हैन, यो स्पष्टतः अन्तराष्ट्रिय मामिला हो । 

स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु

गोविन्द विश्वकर्मा बाँके, पुस १ 
बाँकेको मानपुरमा स्कुटर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परि अर्का एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीका अनुसार दुर्घटनामा परि बर्दिया जमुनी–३ का  २२ वर्षका विदुरकान्त अर्याल र नेपालगञ्ज कारकादौंका २२ वर्षका सुमन न्यौपानेको ज्यान गएको हो । गम्भीर घाइते भएका भएका तीनजनालाई शिक्षण अस्पताल नेपालगञ्ज लगिएकोमा उपचारकोक्रममा  अर्याल र न्यौपानेको ज्यान गएको हो । गम्भीर घाइते नेपालगञ्ज कारकादौंका २५ वर्षका उत्तम न्यौपानेको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । बाँकेको खजुराबाट नेपालगञ्जका लागि छुटेको भे ५ प ७७१८ नम्बरको स्कुटर बुधबार बिहान नेपालगञ्ज उपमहानगरपालिका– २३ अन्तर्गत मानपुरस्थित घुमाउरो मोडमा पोलमा ठोक्किएर दुर्घटना भएको हो । बाक्लो हुस्सु लागेका कारण तीनजना सवार स्कुटर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

पत्रकार गोलेमाथि भएको आक्रमणप्रति महासंघको ध्यानाकर्षण

गोविन्द विश्वकर्मा काठमाडौं, पुस १ 
काभ्रेका पत्रकार राजकुमार गोलेमाथि नचिनेका मानिसको समुहले खुकुरीले हानेको घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव उजिर मगरले बुधबार विज्ञप्ती निकालेर पत्रकारमाथि आक्रमण भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउनु भएको हो । नयाँ पत्रिका दैनिकको काभ्रेका संवाददाताको रुपमा कार्यरत पत्रकार गोलेलाई मंगलबार राति बनेपाको आजाद मावि अगाडि ८र९ जनाको समुहमा रहेका व्यक्तिले एक्कासि खुकुरी प्रहार गरेका थिए  । खुकुरी प्रहारबाट दायाँ हातमा गहिरो चोट लागेका पत्रकार गोलेको शिर मेमेरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । स्वतन्त्र रूपमा आफ्नो पेशागत दायित्व निभाउने पत्रकारमाथि भएको यो आक्रमण सिंगो प्रेसमाथिको आक्रमण भएको भन्दै महासंघले निन्दा गरेको छ । यस घटनाले मुलुकको शान्ति सुरक्षामा समेत गम्भीर प्रश्न खडा गरेको भन्दै महासंघले आक्रमणको भत्र्सना गरेको छ  । दोषीको तत्काल पहिचान गरी कडा कानूनी कारवाही गर्न, पत्रकारलाई स्वतन्त्र र सुरक्षित पत्रिकारिता गर्ने वातावरण निर्माण गर्न एवं पत्रकार गोलेको उपचार व्यवस्था मिलाउन महासंघले सरकारसँग माग गरेको छ ।

मनिषालाई वलात्कार गरि हत्या गर्नेहरु जेल परे

गोविन्द विश्वकर्मा सुर्खेत, १ पुस
सुर्खेतको नेटा गाविस ७ कल्लेरीकी बालिका मनिषा रानामाथि सामूहिक वलात्कारपछि हत्या गर्ने तीन जनालाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतले उनीहरुलाई पूर्पक्षका लागि जेल चलान गर्ने फैशला सुनाएको हो । मंसिर १ गते कल्लेरीका १० वर्षिय मनिषामाथि कल्याण १ का पूर्णबहादुर ठाडा मगर, नेटा ७ कल्लेरीका खड्गबहादुर गाहा मगर र नेटा ५ का यामबहादुर राश्कोटीले सामूहिक वलात्कारपछि हत्या गरेका थिए । सामान लिनका लागि घरबाट पसलतर्फ गएकी मनिषा करिव एक किलोमिटर टाढा जंगलको खोल्सामा मृत अवस्थामा भेटिनुभएको थियो । मृत अवस्थामा रहेकी रानाको शरिरमा घाऊ भएकाले हत्याको आशंका गरिएको थियो ।

पुरस्कारबाट म्यागीले सुर्खेतमै नमूना विद्यालय बनाउने

गोविन्द विश्वकर्मा काठमाण्डौँ, ०१ पुस
यस वर्षका ‘सीएनएन हिरो’ सुर्खेतमा नमूना विद्यालय बनाउनु हुने भएको छ । ‘सीएनएन हिरो’ म्यागी डोयनले आफूले पाएको एक हजार डलरको पुरस्कार राशीले सुर्खेतमा नमूना विद्यालय बनाउने घोषणा गर्नुभएको हो । अमेरिकामा पुरस्कार ग्रहण गरेर नेपाल फर्केकी डोयनले सीएनएन हिरोको उपाधि आफ्नो संस्था कोपिला भ्याली सेवा समाज र सम्पूर्ण नेपालीमा समर्पित गर्दै पुरस्कारको रकमबाट विद्यालय बनाउने घोषणा गर्नुभएको छ । डोयनले नेपालमा रहेर टुहुरा र अनाथ बच्चाहरुलाई असल नागरिक बनाउनु नै आफ्नो लक्ष्य रहेकोसमेत बताउनुभयो । ११ वर्षअघि भारतको ऋषिकेशस्थित बालआश्रममा स्वयंसेवा गर्ने क्रममा थुप्रै नेपाली बालबालिकाहरुसँग भेट भएपछि त्यहि संस्थामा कार्यरत टोपबहादुर मल्लको साथमा डोयन नेपाल आउनुभएको हो । पुरस्कार पाइसकेपछिको पहिलो भेटको अवसर पारि म्यागीको योगदानलाई नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष सूर्यमणी गौतमले प्रशंसा गर्नुभएको छ । नेपालमा बालबालिकाको दयनीय अवस्था देखेपछि मल्लसँग सहकार्य गर्दै कोपिला भ्याली सेवा समाज संस्था दर्ता गरी उहाँले सुर्खेतका टुहुरा र अनाथ बालबालिकाको हेरचाह गर्न थाल्नुभएको थियो । अहिले त्यो संस्थामा ५१ जना बालबालिकाले आश्रय लिइरहेका छन् भने समाजले खोलेको विद्यालयमा चार सयभन्दा बढी विद्यार्थीहरुले निःशुल्क अध्ययन गरिरहेका छन् ।

यातायात क्षेत्रमा नयाँपन आउदै, पुस २ गतेदेखि स्मार्टकार्ड चालक अनुमतिपत्र प्रदान गरिने

गोविन्द विश्वकर्मा काठमाण्डौ २९ मंसिर
यातायात क्षेत्रमा हुने अनियमितता र ढिलासुस्ती रोक्ने उद्देश्यले यातायात व्यवस्था विभागले लागू गरेको स्मार्टकार्ड चालक अनुमतिपत्र पुस २ गते बिहीबारदेखि वितरण हुने भएको छ । मङ्सिर २० गतेदेखि यो प्रणालीअनुसार तस्बिर खिचेर फारम भरी परीक्षा पास गरेकालाई पुस २ गतेदेखि स्मार्टकार्ड प्रविधिको चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका निर्देशक एवम् प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो । एसियाली विकास बैंकको सहयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रत्यक्ष निगरानीमा सञ्चालित सूचना तथा सञ्चार प्रविधि विकास आयोजनाको सहकार्यमा विभागले यो प्रणाली शुभारम्भ गरेको हो । विसं २०७० असोजदेखि काम सुरु गरेको आयोजनाको गृहकार्यपछि विभागले एक साता अगाडिबाट हस्तलिखित चालक अनुमतिपत्रका स्थानमा स्मार्टकार्ड वितरण प्रक्रिया सुरु गर्ने र पाँच वर्षभित्रमा हस्तलिखित अनुमति पत्रलाई विस्थापन गर्ने घोषणा गरेको थियो । स्मार्टकार्डका लागि भरिने फारम पनि अब अनलाइनबाटै भर्न सकिने व्यवस्था गरिएको छ, यसका लागि यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा केही संशोधन गर्नुपर्ने विभागले जनाएको छ । संशोधनको प्रक्रिया पनि अघि बढेको उहाँले जानकारी दिनुभयो वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट मङ्सिर २० देखि स्मार्टकार्ड चालक अनुमति पत्र वितरणका लागि प्रक्रिया सुरु भएको थियो । यसलाई छिटो अन्य कार्यालयमा पनि विस्तार गर्ने तयारी भएको बताइएको छ ।

विशाल नेपाल नभए पनि बचेको नेपाल त जोगाऔं

 सम्पूर्ण देश प्रेमी दाजु भाइ तथा दिदी बहिनीहरु जय मातृभुमि

होब खड्का


हामी करोडौ क्रोमोजोमहरुलाई हराउँदै लड्दै आमाको कोखबाट पबित्र धर्तीमा जन्म लिदै जितेका हामी आज हरेक दिन हार्दैछौ । हाम्रा पुर्खाहरुले देखेको बिशाल नेपालको सपना त साकार पार्न सकेनौ नै, हुँदाहुँदा बचेको राष्ट्रियता पनि आज आएर गुम्ने अवस्था सिर्जना भएको छ । पुर्खाहरुको योगदानले हामीले पाएको यो सानो राम्रो अनि सुन्दर राष्ट्र नेपाल ई बचाएर राख्न मात्र हैन कि मातृभूमिको सुरक्षा गर्दै नयाँ युगको थालनी गर्नु र्ने समय आएको छ । आम नेपालीहरुको एकता र योगदानमा नै नेपालको सुन्दर भबिष्य लुकेको छ । अब यो नयाँ पुस्ताले एकपटक ब्यबहारिक त्याग गर्नुपर्ने बेला आएको छ । अब हुने त्याग आन्दोलन, क्रान्ति र लाठी जुलुशको हैन, हाम्रो आफ्नै अधिकारको सही प्रयोगद्वारा तत्कालको राजनीतिक सन्नटालाई पूर्णरुपमा बिस्थापित गरी आर्थिक बिकास, समृद्धि र परिवर्तन ल्याउन सक्नेछौ । हामी आम नेपालीबीचको एकता, मेहेनत्, योगदान र लगानी बिना आमुल परिवर्तन सम्भब छैन । प्रचुर सम्भावना हुँदा हुँदै पनि गलत र अब्यवहारिक सोच तथा योजनाका कारण हरेक बिकास क्रममा पछाडि धकेलिदै गएका छौ ।
नेताहरु इतिहासको काठघरामा बपत्र बक्दै मा, एकले अर्कोलाई गाली गर्दैमा  केही हुने वाला छैन । जबसम्म व्यक्तिगत आचरण, पार्टीगत नीति, राजनीतिक आचरण सुध्रिदैन तबसम्म यिनीहरुले बोलेका सबै हावाको रुपमा लिदा हुने छ। बिगत २० बर्षदेखि राज्यले बिकासको गति पाउन सकेको छैन । जनयुद्धको नाममा, जनआन्दोलनको नाममा, मधेशी, थरु, लिम्बुवा आन्दोलन को नाममा बिकासका कामहरु ठप्प छ ।
२०४७ सालयता राज्यले निरन्तर रुपमा हुने बिकासभन्दा यो चाहिं गर्‍यो भन्न लायक कुनै योजना अगाडि आउन सकेको छैन। निजीक्षेत्रको एक्लौटी पहलबाट जे भएको छ, जनताको व्यक्तिगत र सामाजिक तबरबाट जे भएको छ त्यो भन्दा बढी राज्य र सरकारको तर्फबाट भन्नलायक त्यस्तो कुनै प्रगती विवरण आउन सकेको पनि छैन ।
नत्र भने खाडी मुलुक, मलेशिया, भारत रोजगार र नोकरीको लागि हैन समृद्ध नेपालभित्र लगानी गर्न त्यहाँका ब्यापारी रु लालायित हुन्थे । बेरोजगारी समस्यालाई पूर्ण रुपमा निर्मुल गरी स्वोदेशी उत्पादन, स्वदेशी लगानी र ठुला परियोजनाहरुमा सरकारी, निजी र बैदेशिक लगानी अनगिन्ती हुने थिए । न त नेपालको ईतिहासमा अहिलेसम्म भएका राज्य संचालकहरुले उचित र सही नीति ल्याउन सके, नत ल्याएका नीतिहरुलाई कार्यान्वयनमा लान सके । न त सुरुवात गरिएका साना तथा ठूला परियोजनाहरु सन्चालनमा नै ल्याउन सके । बरु भएका सम्पूर्ण सरकारी र पब्लिक कम्पनीहरु बन्द गराए, धराशायी बनाए, जनताको रोजगारी छिन्ने काम मात्रा गरे, नत निजीकरन गर्ने योजना ल्याउन सके न त गति नै दिन सके ।
हामी हामीबीचको खाडल बड्दै गएको छ । हामी को हौ भन्ने प्रश्न हरेकको दिमागमा उब्जने गरेको छ तर हामी नेपाली हौ भन्ने हामीले सुत्ने बेलामा समेत सोच्न सकेका छैनौ । देश रहे न हामी रहन्छौ । हाम्रो संस्कृति र समाज रहे न हामो पहिचान रहने छ तर आज हामीलाई नेपाली हैन जतीय बन्नु परेको छ, भाषिक बन्नु परेको छ, प्रदेशी बन्नु परेको छ । हो एउटा राष्ट्र जाती, भाषा र भूगोलको पूर्ण अधिकार र स्वतन्त्रताबिना पूर्ण बन्न सक्दैन । एउटा स्वाधिन, सार्भभौमसत्ता र स्वोतन्त्र राष्ट्रमा हरेक जनताको भाषा, जातीय अस्तित्व संस्कृति र भूगोलको बराबर अधिकार र समान इज्जत हुनु जरुरी छ । तर त्यो पनि हुन सकेको छैन । सबै ल सबैको सम्मान गर्न नसक्ने भएका छौ हामी ।
अब यो क्रम भङ हुन जरुरी छ । हामी बिभाजित सम्पूर्ण दाजुभाई, दिदीबहिनीहरु फेरी एकपटक नेपाल राष्ट्रको लागि हाम्रो राष्ट्रियता जोगाउनका लागि, सार्बभौमसत्ता राष्ट्र नेपालको शान र गौरबलाई उच्च पार्न र हाम्रो सानो सुन्दर राष्ट्रलाई समृद्ध नेपाल बनाउने अभियानमा लाग्नुपर्ने समय आएको छ । हामी चाहन्छौ यो अभियान तपाईं हामी बिच बाट नै होस् । हामी चाहन्छौ यो अभियान पूर्ण रुपमा जनताको अभियान हुन सकेको होस् । तत्काल भएको सम्पूर्ण समाजिक र राजनीतिक परिवर्तन को लागि हुन सकेको होस् । हामीले गुमाउदै गरेको पहिचान, शान, इज्जत, नाम अनी हाम्रो सुरक्षाको लागि होस् ।
अब पनि हामी सम्पूर्ण देश बिदेशमा रहनु हने सम्पूर्ण नेपालीहरु एकजुट हुन नसक्ने हो भने, आफू, समाज र राष्ट्रको लागि बिशाल सामाजिक अभियान सुरु गर्न नसक्ने हो भने हामीसँग तत्क्लाल बचेको अधिकार, हैसियत र इज्जत पनि गुम्ने छ । हामी इतिहासको अन्तिम घडीमा आएर रोकिएका छौ ।
हामी बिगत केही महिनादेखि निरन्तर रुपमा कसरी अगाडि बढ्न सकिन्छ, शान्त, सुन्दर अनी समृद्ध नेपालका लागि कुन अभियान वा उद्देश्य लिएर सयुक्त रुपमा जान सकिन्छ भन्ने छलफलमा छौ । सामाजिक रुपान्तरणको लागि, राजनीतिक परिवर्तनको लागि, पूर्णरुपमा राजनीतिक पद्धति चेन्ज गर्नको लागि, युबा तथा घरेलु उद्यमीलाई प्रबर्दन गर्नको लागि, घरेलु उत्पादनलाई बढावा दिनको लागि, रोजगरीको सिर्जना गर्नका लागि सोही अनुसारको नीति र कार्यक्रम अनि कार्यान्वयन क्षमता चाहिन्छ ।
यसका लागि सरकारी, निजी तथा बैदेशिक लगानीको उचित नीती ल्याउनको लागि, कृषि प्रधान देशमा ब्याबसयिक कृषि, जडिबुटीको उचित ब्यबस्थापन र प्रबर्दन, आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन, जलबिद्युत, धातु र अन्य बहुमूल्य खानीहरु, उचित प्रयोग र ब्यबस्थापन को लागि पनि राजनीतिक निर्णय र योजना नै आबश्यक भएकाले हामी राजनीति मै प्रबेश गर्नुको बिकल्प छैन ।
त्यसैले हामी वाद सिद्दान्त र शब्दमा हैन कर्म अनि एक्सनमा विश्वास गर्छौ । एकदिन यही विश्वाशले हामी नेपाललाई बनाउने छौ । हामी २४० वा १०४ बर्षको राज्य सन्चालनमा हैन १० देखि २० बर्षभित्रमा अहिले भएको नेपाललाई समृद्ध राष्ट्रको सूची मा पुर्याउने छौ । नेपालमा पनि १० देखि २० बर्षभित्रमा समृद्ध राष्ट्र बन्न सम्भब छ । राजनीतिक परिवर्तनका लागि स्वतन्त्र नेपाली जनता

चीनबाट ३० वटा विद्युतीय बस आउँदै, २० वटा अनुदानमा, १० वटा खरीद गरिने

गोविन्द विश्वकर्मा काठमाण्डौ, २९ मंसिर
भारतको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ आयातमा भएको अबरोधले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रभावित भैरहेका बेला चीन सरकारले नेपाललाई अनुदानमा २० वटा विद्युतीय बस दिने भएको छ । आजभन्दा झण्डै ४० वर्षअघि नेपाललाई ट्रलीबस सहयोग गरेको चीनले दोस्रोपटक यी विद्युतीय सवारी दिन लागेको हो । हुन त पेट्रोलियमको अभावसंगै विद्युत प्रवाहमा समेत लामो समय कटौती गर्नु परिरहेको अवस्थामा ती बसहरु भने ब्याट्री बाट संचालन हुनेछन् । स्थानीय विकास मन्त्रालयमार्फत चीन सरकारले नेपाललाई काठमाडौं माहानगरपालिकालाई ती बसहरु दिन लागेको हो । अत्याधुनिक एवं ठूला इलेक्ट्रिक बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग हुनेछन् । बस सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न महानगरपालिकाको एक टोली चीन जाने तयारीमा छ । महानगरपालिकाले चीनसँग थप १० वटा विद्युतीय बस पनि खरिद गर्ने तयारी गरेको छ । किनिएका समेत गरी चीनबाट नेपालले ३० वटा विद्युतीय बस ल्याउनेछ ।

खुला दिसामुक्त घोषणाको लगन जुर्यो, अथिती टुङ्गो भने लागेन

सुर्खेत, २९ मंसिर 
कार्तिक महिनामै सुर्खेतलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने उद्घोष गरेपनि अन्तिम लगन गाँठो आगामी पुस १४ गतेलाई तय भएको छ । गत कार्तिक १९ गते जिल्लालाई खुला दिसामुक्त घोषणाको तिथि मिति जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले तय गरेको थियो । तर प्रमुख अतिथि कसलाई बनाउने भन्ने टुङ्गो नलाग्दा निर्धारित समयमा घोषणा हुन सकेको थिएन् । समितिको मंसिर अन्तिम साता बसेको बैठकले आगमी पुस १४ गतेको मिति तोकेको छ ।  ‘कार्तिक महिनामा नै समितिले अथितिको टुङ्गो लगाएर घोषणा मिति तय गर्ने बताइएको थियो । लामो समयसम्म मितिको टुङ्गो लगाउन भने समितिले सकेको थिएन् । करिव एक महिनापछि समितिले मिति जुराएपनि अतिथि कसलाई ल्याउने भन्ने अन्यौल अझै कायमै छ । बैठकमा सहभागी एक सदस्यले भने,–‘पहिलो प्राथमिकतामा प्रधानमन्त्री, दोस्रोमा सभामुख र तेस्रोमा उप–राष्ट्रपतिलाई ल्याउने तयारी भएको छ ।’ प्रधानमन्त्रीबाट नै जिल्ला घोषणा गर्ने गरी छलफल भएको बताएका ती सदस्यले भने, तर प्रधानमन्त्री नआए विकल्पमा सभामुख र उपराष्ट्रपतिलाई ल्याउने तयारी सम्वन्धमा पनि बैठकमा सकरात्मक छलफल चलेकोे उल्लेख गरे । मध्यपश्चिमको केन्द्रविन्दुको रुपमा हेरिदै आएको सुर्खेतमा तामझामका साथ प्रधानमन्त्रीबाट जिल्ला घोषणा अभियानलाई सार्थकता दिन उच्च तहका व्यक्तिलाई ल्याउन समिति जुटेको स्रोतको भनाई छ । देशको असहज परिस्थितका कारण पनि अहिले नै कस्लाई ल्याउने भन्ने टुङ्गो नलागाइएको जानकारी दिएका ती सदस्यले अधिकाँश सरोकारवाला निकायले उच्च तहका व्यक्तिबाट नै खुला दिसामुक्त जिल्ला घोषणा गर्नु पर्ने धारणा राखेकाले सम्भवत प्रधानमन्त्री नै आउन सक्ने बताए । समितिले सुर्खेतस्थित राजनीतिक दलहरुको समन्वयमा चाडै नै अतिथिको टुङ्गो लगाउने निर्णय गरेको छ । जिल्ला घोषणा गर्न यसअघि नै तीन नगरपालिका र ४१ गाविसहरु खुला दिसामुक्त घोषणा गरिसकिएको छ ।

प्रेस चौतारी दैलेखको अध्यक्षमा : थापा

गोविन्द विश्वकर्मा सुर्खेत, २८ मंसिर 
प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखको अध्यक्षमा पुस्कर थापा सर्वसम्मत चयन भएका छन् । शाखा दैलेखको तेस्रो अधिवेशनले थापासहित १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । नव गठिन कार्य समितिको उपाध्यक्षमा भरतराज अधिकारी, सचिवमा कमल शर्मा, सह–सचिव खगेन्द्र कार्की र कोषाध्यक्षमा अनु प्याकुरेल छन् । तीन वर्षे कार्यकाल रहने नयाँ कार्य समितिको सदस्यहरुमा उदयराज अधिकारी, खगेन्द्र राना, प्रेम विसुन्के, चन्द्रा बोहोरा, रमेश भट्टराई, भूमिका मल्ल, नरेश लामिछाने र मन्जु वि क छन् । नयाँ कार्य समितिलाई प्रेस चौतारी नेपालका मध्यपश्चिम उपाध्यक्ष सुरेन्द्र काफ्ले सहितको टोलीले सपथ खुवाएको थियो । अधिवेशनमा प्रेस चौतारी नेपाल भेरी अञ्चल इन्जार्ज वीर बहादुर गिरी, केन्द्रिय सचिव टिका विष्ट, अञ्चल कमिटी सदस्य दिपक बुढा लगायतको उपस्थिती रहेको थियो ।

३० पुरिया ब्राउन सुगरसहित दुइ पक्राउ

सुर्खेत, २९ मंसिर ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३० पुरिया लागु औषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ । डिएसपी बहादुर जंग मल्लको कमाण्डमा खटिएको टोलीले वीरेन्द्रनगर–८ ईत्रामको सोती टोलबाट १७ वर्षका सम्शेर शाही र १८ वर्षका राजकुमार रोकायलाई पक्राउ गरेको हो । शाही र रोकायले लागु औषध सेवन गरिरहेको बेला पक्राउ गरिएको प्रहरीको भनाई छ । डिएसपी मल्लका अनुसार उनीहरुले सेवन गरिरहेको ठाउँबाट १ पुरिया लागु औषध  २०० मिलिग्राम (ब्राउनसुगर) जस्तो धुलो पदार्थ फेला  परेको छ । साथै शाहीको घरमा प्रहरीले खानतलासी गर्दा उनी सुत्ने कोठाको टेवुलमा प्लाष्टिक लुकाएर राखेको अजस्थामा २९ पुरिया अबैध लागु औषध १४ ग्राम ८२० मिलिग्राम (ब्राउनसुगर) जस्तो धुलो पदार्थ फेला परेको प्रहरीको सूचना डेस्कले जानकारी दिएको छ । शाही र रोकायलाई पक्राउ गरी आवश्यक थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

जेनेटको गठन, अध्यक्षमा खत्री

गोविन्द विश्वकर्मा सुर्खेत, २८ मंसिर ।
पत्रकारीता क्षेत्रमा आर्कषण बढेसँगै सम्वादातालाई निरन्तर क्रियाशिल बनाउने उद्देश्यले “पत्रकार सञ्जाल सुर्खेत (जेनेट)”को सोमबार वीरेन्द्रनगरमा गठन गरिएको छ । जिल्लामा क्रियाशिल सम्वादाताहरुको भेलाले सञ्जालको अध्यक्षमा हाम्रो नयाँ नेपाल दैनिकका सम्वादाता यज्ञ खत्री, बरिष्ठ उपाध्यक्षमा जागरण एफएमका समाचार प्रस्तोता गोविन्द विश्वकर्मा (सुरज) चयन गरेको छ । त्यसैगरी, उपाध्यक्षमा जागरण एफएमका कार्यक्रम सञ्चालक टेकराज केसी, महा–सचिवमा राजेन्द्र खड्का उपमहा–सचिवमा लोकमञ्च दैनिकका सम्बादाता सविता जिसी र कोषाध्यक्षमा तुल्सी आचार्य चयन भएका छन् । जेनेटका साधारण सदस्यहरुमा सुर्खेत पहिचान दैनिकका सम्बादाता मदन विश्वकर्मा, यूग आह्वान दैनिकका सम्वादाता रचना बुढा, हाम्रो अखवार दैनिकका सम्वादाता जानकी शाही, काँक्रेविहार दैनिकका सम्वादाता डिलप्रसाद शर्मा, रेडियो सुर्खेत एफएमका सम्बाददाता पुष्प विसी, नवराज रोकाय, भेरी एफएमका सम्वादाता यूवराज पंगाली, बुलबुले एफएमका कार्यक्रम प्रस्तोता आइसिंह रोका मगर, जागरण एफएमका सम्बाददाता डिलु रावत चयन भएका छन् । पत्रकारहरुको संख्यामा बृद्धि भए पनि उनिहरुको क्षमता विकास तथा पत्रकारिता क्षेत्रमा निखार नआउको भन्दै सुर्खेतमा क्रियाशिल नयाँ पत्रकारहरुको संयुक्त पहलमा सञ्जाल गठन गरिएको अध्यक्ष खत्रीले बताउनुभयो । उहाले जिल्लाका सबै गाविसमा भए गरेका काममा पारदर्शी बनाउनका पत्रकारलाई क्रियाशिल बनाउने र क्षमता अभिबृद्धिका लागि विभिन्न तालिम, गोष्ठी, सेमिनार सञ्चालन गर्नु सञ्जालको पहिलो उदेश्य रहेको बताउनुभएको छ ।