प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

कहिले बन्ने सिटी बसपार्क ? सम्झौँता भयो, निर्माण शुरु गर्छौः नगरपालिका

गोविन्द विश्वकर्मा ३ पुस सुर्खेत २०७० सालमा नै अध्ययन सम्भाव्यता पूरा भएको मध्यपश्चिमको केन्द्रविन्दुमा रहेको वीरेन्द्रनगर बसपार्कको निर्माण हालसम्म सुरु हुन सकेको छैन । पटक–पटक वीरेन्द्रनगर नगरपालिकाले निर्माण कार्य थालनी हुने आश्वासन देखाउँदै आएपनि करिव दुई वर्षसम्म वित्नै लाग्दा पनि काम सुरु गर्न सकेको छैन । नगरपालिकाले, ‘सम्झौँता भइसक्यो अवको १५ दिनमा काम गर्छौ’ भन्न लागेको पनि झण्डै दुई वर्ष पुगेको छ । मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम र अवको...

सञ्चार सामग्री क्षति भएका पत्रकारलाई सहुलियत

गोविन्द विश्वकर्मा पुस ३, काठमाडौं प्रेस काउन्सिल नेपालले भूकम्प, प्राकृतिक विपत्ति वा आन्दोलनको क्रममा वा रिपोर्टिङको सिलसिलामा कुनै सञ्चारकर्मीको सञ्चार सामग्री वा उपकरणमा क्षति भई नयाँ खरिद गर्नुपर्ने भएमा सहुलियत दिने भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष एवं प्रेस काउन्सिल सदस्य डा. महेन्द्र विष्टका अनुसार काउन्सिलको मिडिया विकास कोषको विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सो निर्णयअनुसार क्षति भएका सञ्चार सामग्री वा उपकरणको सट्टा...

संसद बैठक पुस ८ गतेसम्मका लागि स्थगित

गोविन्द विश्वकर्मा पुस ३, काठमाडौं व्यवस्थापिका–संसद नियमावली मस्यौदा समितिको समय १५ दिन थपिएको छ । व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकले १५ दिनको समय थपेको हो । समितिलाई पुस ५ गतेसम्मको समय दिइएको थियो । काम अझै नसकिएकाले समितिको म्याद थपिएको हो । नियमावलीको लागि उपसमितिले अझै समय मागेको थियो । शुक्रबारको संसद बैठक भने मधेसी मोर्चाले अवरोध गरेन । संसदको अर्को बैठक पुस ८ गतेका लागि बोलाइएको छ । संसद बैठक स्थगित गरिएको यसबीचमा मधेसी मोर्चाका...

सुनको भाउ घट्यो, ५ वर्षअघिको मूल्यमा कारोबार

गोविन्द विश्वकर्मा पुस ३, काठमाडौं   शुक्रबार सुनको भाउ घटेर पाँच वर्ष अघिको मूल्यमा पुगेको छ । शुक्रबार तोलामा सातसय रुपैयाँले घटेर सुनको भाउ ४७ हजार ७ सय रुपैयाँमा झरेको छ । बिहीबार सुन तोलामा ४८ हजार ४ सय रुपैयाँ थियो । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले व्याजदर बढाएसँगै त्यसको असर सुनको बजारमा पर्न थालेको हो । अमेरिकाको केन्द्रीय बैंकले झण्डै १० वर्षमापहिलो पटक व्याजदर बढाएपछि सुनमा भएको लगानी अन्य शेयर बजारमा आकर्षित भएकाले भाउ ओरालो...

स्मार्ट ड्राइभिङ लाइसेन्सको वितरण कार्य सुरु, सिता भट्टराई पहिलो स्मार्ट ड्राइभिङ लाइसेन्स पाउने नेपाली

गोविन्द विश्वकर्मा पुस ३काठमाडौं  मोरङ बयरवन ८ की सिता भट्टराईले पहिलो स्मार्ट ड्राइभिङ लाइसेन्स् पाउनुभएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले उहाँलाई पहिलो लाइसेन्स वितरण गर्नुभएको हो । विभागले पहिलो चरणमा ५७ जनालाई विद्युतीय ड्राइभिङ लाइसेन्स वितरण गर्न लागेको ललितपुरमा रहेको वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार शुक्रबार पहिलो चरणमा २० गतेदेखि लाइसेन्सका...

मेरो प्रेम पत्र................

म तिर बल्छी जस्तै प्रेम फ्याँकेर दिलमा हलचल ल्याइदिएकी मान्छे एउटा अर्कै खाले माया तिमीलाई, हो अर्कै खाले माया । प्रेम दिवसको संघारमा ठिङ्ग उभिएर यो पत्र कोरिरहँदा, म शुरुवात मै भन्छु, मैले आजसम्म देखेका मान्छेहरुमध्ये सबैभन्दा राम्री होईनौ तिमी, अहँ हुँदै होइनौ । अनि मैले आजसम्म भेटेका मान्छेहरुमध्ये मलाई सबैभन्दा बढी मन परेकी मान्छे पनि होईनौ तिमी । फेरी पनि म तिमीलाई माया गर्छु । कुनै चलचित्रको पर्दामा जस्तो तिमीलाई देख्ने बित्तिकै मलाई कुनै बेग्लै अनुभुति भएको होईन । बरु निरन्तरको सामिप्यताले तिमी कार्बन राखेर छापेको चित्र झैँ छापियौ मेरो...

काठमाण्डु-पोखरा रेलमार्ग निर्माण सम्बन्धमा अध्ययन गर्न चीनको कम्पनी नेपालमा

गोविन्द विश्वकर्मा पुस ३, काठमाण्डौ  काठमाण्डु–पोखरा १७१ किमी विद्युतीय रेलमार्ग निर्माण सम्बन्धमा चीनको सरकारी कम्पनीले सम्भाव्यता अध्ययन गर्ने भएको छ । चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसँग भेट गरी शुक्रबारदेखि सम्भाव्यता अध्ययन गर्ने जानकारी गराएको हो । तीन महिनामा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाइने सो अवसरमा जानकारी गराएको मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख...

प्रदीप गिरी र रामेश्वर खनाल पनि बाबुरामको नयाँ शक्तिमा, कलाकार सरोज खनाल पनि नयाँ शक्ति अभियान कै पक्षमा

गोविन्द विश्वकर्मा पुस २, काठमाडौं  एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा लागेको डा. बाबुराम भट्टराईको नयाँ शक्ति निर्माण अभियानमा नेपाली कांग्रेसका नेता प्रदीप गिरी र पूर्वअर्थसचिव रामेश्वर खनालसमेत लागेका छन् । भट्टराईले कम्युनिष्ट विचार छाडेर नयाँ विचारका ब्यक्तिहरुलाई समेटेर नयाँ शक्ति निर्माण अभियान थालेपछि विभिन्न राजनीतिक दलका नेताहरु भट्टराईको अभियानमा लामबद्ध हुन थालेका छन् । नयाँ शक्ति अभियानमा विभिन्न राजनीतिक दलका...

कमल थापाको टोलीले बेइजिङमा उर्जा बाहेक अन्य व्यापार सम्झौता गर्ने

गोविन्द विश्वकर्मा २ पुस,काठमाडौं दक्षिणको छिमेकी भारतले नाकाबन्दी खुलाउन आलटाल गरिरहेका बेला सरकारले चीनसँग व्यापार सम्झौताका लागि उच्चस्तरीय टोली बेइजिङ पठाउने भएको छ । चीनसँग इन्धन लगायतका अन्य व्यापार सम्झौताका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ पठाउन लागिएको स्रोतले जनाएको छ । यहि पुस ८ गते बुधबार अर्थात २३ डिसेम्बरमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ जाने तयारी भएको स्रोतले जनाएको...

लालपुर्जा नहुँदा भूकम्पपीडित दलित बस्तीका ५२ परिवार राहतबाट वञ्चित

गोविन्द विश्वकर्मा पुस २ भक्तपुर  गत वैशाखको भूकम्पबाट सिङ्गो बस्ती पूर्णरुपमा क्षति भएको आठ महिना बित्न लाग्दा पनि कुनै राहत रकम नपाएका भक्तपुर नगरपालिका– ११ स्थित लालपुर्जाविहीन द्यौला अर्थात् पोडे बस्ती समस्यामा परेको छ । लिच्छविकालदेखि नै बस्दै आएका यहाँका लालपुर्जाविहीन ८२ घरपरिवारमध्ये भूकम्पले पूर्णरुपमा घर क्षति भएका ५२ परिवारको त्रिपालमुनिको बास भएको छ । तर पनि सरकारले दिने राहत रकम भने उनीहरुले अझै पाएका छैनन् । विनाशकारी भूकम्पले घर पूर्णरुपमा क्षति भएका परिवारलाई अस्थायी टहरा बनाउन सरकारले दिएको रु १५ हजार पनि नपाएका उनीहरुले...

संस्कृतीको नाममा “कटुवाले प्रथा” कायमै

गोविन्द विश्वकर्मा दैलेख  अचेल गाँउगाँउमा मोवाईलदेखी ईन्टरनेट चलाउनेको सख्या दिनप्रतिदिन बढ्दैछ । यूवादेखी वृद्ध÷वृद्धा सवैको हातहातमा मोवाईलमै ब्यस्त भईरहेको हाम्रो गाँउघरमा संचार नहुँदा प्रयोग गरिने कटुवाले प्रथा हिजो आजसम्म पनि कायमै रहेको छ । पुर्खादेखि नै गाँउघरहरुमा चल्दै आएको कटुवाले प्रथा निरन्तर चलिरहेको बाँसी गाविस सचिव विष्णुप्रसाद जैसीले बताउनुहुन्छ । अहिले पनि बाँसी लगायतका गाविसहरुमा केही कार्यक्रम वा नयाँ खाले जानकारीहरु भए...

दैलेखमा बाल विवाहसम्वन्धी तथ्यांक

गोविन्द विश्वकर्मा दैलेख बालविवाहले महिलाको स्वास्थ्यलाई अत्यन्तै प्रतिकूल प्रभाव पारेको छ, यो कुरा जनसंख्याको तथ्यांक केलाउदा थाहा पाउछौैं । जिल्लाको कुल जनसंख्या २,६१,७७० मा १,२६,९९० पुरुष र १,३४,७८० महिला छन् । त्यो जनसंख्याको ३२ दशमलव २५ प्रतिशतले २० वर्ष नपुग्दै विवाह गर्छन । कानूनी भाषामा त्यसलाई बाल विबाह भनिन्छ, बाल विवाह गर्ने पुरुष २९,७३४ र बाल विवाह गर्ने महिला झण्डै दोब्बरको संख्यामा ५४,७९० जना छन् । तथ्यांक विभागले प्रकाशित गरेको...

नेपाल टेलिकमले ल्यायो रिचार्ज बोनस अफर, मोवाईलमा रिचार्ज नै हुदैन

गोविन्द विश्वकर्मा पुस २ काठमाण्डौं नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि  एक महिने बोनस अफर ल्याएको बेला रिचार्ज सिस्टममा समस्या उत्पन्न भएको छ । मंसिर २७ गतेदेखि पुस ३० गतेसम्म एनटीसीका जीएसएम, सीडीएमए प्रिपेड सेवाका लागि रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज कार्डमार्फत हुने रिचार्जमा बोन पाउने भनिएपनि ग्राहकले रु.५० को रिचार्ज कार्ड दिनभर नै प्रयास गर्दा समेत रिचार्ज नहुदा मारमा परेका छन् । नेपाल टेलीकमको रिचार्ज सिस्टममा समस्या भएकाले...

पृथ्वी संकटमा पर्दै गएको भनिएको समयमा आयो अर्को ठूलो खवर ्र पृथ्वी भन्दा डेढ गुना ठूलो ग्रह भेटियो

गोविन्द विश्वकर्मा पुस २ काठमाण्डौं स्वीडेन र मेक्सिककोका बैज्ञानिकहरुले सौर्य मण्डलमा पृथ्वी भन्दा ठूलो आकारको ग्रह पत्ता लगाएको दावी गरेका छन् ।सौर्य मण्डलको छेउँमा उक्त विशाल पिण्ड यस अघि कहिले पनि नदेखिएको उनीहरुको दावी छ । अल्फा सेन्टाउरी तारा पुञ्ज नजिकै उक्त ग्रह अवस्थित रहेको हुन सक्ने उनीहरुको भनाइ छ ।प्रारम्भिक अनुसन्धन पछि बैज्ञानिकहरुले सार्वजनिक गरेको कागजातले अल्फा सेन्टाउरी तारा पुञ्ज नजिकै पृथ्वी भन्दा ठूलो आकारको पिण्ड देखा परेको...

विवादीत पूर्व मन्त्री पराजुलीको अर्को कारनामा, अख्तियारले असुल्यो २ लाख ६० हजार

गोविन्द विश्वकर्मा पुष १ काठमाडौं पूर्व मन्त्री हरि प्रसाद पराजुलीले दुग्ध विकास संस्थानको खर्चमा आफ्नो छोरालाई अस्ट्रेलिया भ्रमणमा पठाएको खुलासा भएको छ । दुग्ध विकास संस्थानलाई आर्थिक व्ययभार पारेको भन्दै अख्तियारले पूर्व मन्त्री पराजुलीसँग २ लाख साठी हजार असुल उपर समेत गरेको छ । कृषि विकास मन्त्री रहेका पराजुलीले पदको दुरुपयोग गरी आफ्नो छोरा गिर्वाण विक्रम पराजुलीलाई गैह्रकानूनी तरिकाले अष्ट्रेलिया भ्रमणमा पठाएको भन्ने विभिन्न समाचार माध्यममा प्रकाशितरप्रसारित समाचार एवं आयोगमा पर्न आएको उजुरी सम्बन्धमा अयोगले अनुसन्धान गरेको थियो । जसमा मन्त्री...

मानव वेचविखनका घटना बढ्दै, प्रहरीद्धारा ८ युवतीको उद्धार

गोविन्द विश्वकर्मा काठमाण्डौं,२ पुस  प्रहरीले भिजिट भिसामा थाइल्याण्ड जान लागेका ८ जना युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरेको छ । अपराध अनुसन्धान महाखाको टोलीले थाइ एयवेजबाट थाइल्याण्ड लग्न थालिएको अवस्थामा उनीहरुको उद्धार गरेको हो । महाशाखाका प्रवक्ता सहकुल थापाले सेटिङ मिलाएर युवतीलाई थाइल्याण्ड पुर्‍याउने २ जनालाई पक्राउ समेत गरिएको बताउनुभयो । काठमाडौंका प्रकाश केसी र नुवाकोटका सुर्यमान श्रेष्ठलाई पक्राउ गरिको उहाले बताउनुभयो । थाइ एयरवेजबाट थाइल्याण्ड जान युवतीहरु वोर्डिङ पास लिएर उड्न ठिक परेका थिएु उहाले विशेष...

विश्वमा यस्तो देश छ जहाँका मानिसले सय वर्षपछि बल्ल घाम देख्न पाए, घाम ताप्नेको घुइँचो

गोविन्द विश्वकर्मा नर्बे,२ पुस  नर्बेको जुकानका मानिसहरुले १ सय वर्ष पछि बल्ल घाम देख्न पाएका छन् । नर्बेको जुकानमा चारैतर्फबाट पहाडले घेरिएका कारण त्यहाँ कहिल्यै पनि घाम लाग्दैन । कैंयौं मानिसको त घाम नदेखेर जिबन बितिसकेको छ । त्यहाका मानिसहरुले घाम देख्न नपाएको सय वर्ष भन्दा बढि भएको जनाइएको छ । तर एक इन्जिनियरको टोलीले स्वालार पाइप मार्फत त्यस क्षेत्रमा सूर्यको प्रकाश ल्याएका हुन् । इन्जिनियरहरुले सोलर प्यालन जोडेर कम्युटरको माध्यामद्धारा...
मेरो जन्म दैलेख जिल्ला गमौडी गाउ विकास समिती वडा नं. २ छुवाला भन्ने ठाउमा वि.स २०५१ साल जेष्ठ १८ गतेका दिन भएको हो । म सानो उमेरदेखि नै नयाँपन गर्न चाहाने लगनशिल र मेहनती पनि थिए । मेरो  विद्यालस्तरको कक्षा ३ सम्मको पढाई श्री बिन्द्राबासिनी प्रस्तावित प्रथामिक विद्यालय गमौडी छुवालामा गरेको हुं । त्यसपछिको कक्षा ४ देखि १२ सम्मको अध्ययन श्री पञ्चकोशी ज्वाला उच्च माध्यामिक विद्यालय गमौडीमा गरे र द्रोणाचल क्याम्पस दुल्लुबाट व्याचलर जनसंख्या विषयमा गरेको छु । हाल आएर म मध्यपश्चिमाञ्चल विपश्वविद्यालय सुर्खेतमा पत्रकारीता विषयमा अध्धयन गर्दै छु...

मधेसी मोर्चा र भारतबीच यसरी सुरुभयो लफडा, भारतले रणनीति फेरेपछि मोर्चामा मारामार

गोविन्द विश्वकर्मा काठमाडौं १ पुष भारतले चारबुँदे रोडम्यापमा आधारीत भएर सहमति गर्न आन्दोलनरत मधेसी मोर्चालाई दवाव दिएपछि मोर्चा समस्यामा परेको छ । मधेसी मोर्चाका नेताहरुले दिल्ली जानु गल्ती भएको बताउन समेत थालेका छन् । परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणका बेला प्रस्तुत गरेको रोडम्यापकै आधारमा अघि बढ्न भारतले मोर्चालाई दवाव दिएको छ । भारतको यस्तो आग्रह पछि मोर्चामा समस्या देखिएको छ । भारतले सीमांकनको मुद्दा तीन महिना भित्र समाधान गर्नकालागि...

भारतीय च्यानल बन्द नगरेको भन्दै विप्लव माओवादीले गर्‍यो डिसहोममा बम आक्रमण

गोविन्द विश्वकर्मा काठमाडौं १ पुष  विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले डिसहोमको अर्थ स्टेशनमा पेट्रोलबम प्रहार गरेका छन् । आज विहान माओवादीका कार्यकर्ताल डिसहोमको ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनमा बम प्रहार गरेका हुन् । विहानै आधा दर्जनको संख्यामा रहेका माओवादी कार्यकर्ता भैसेपाटीस्थित डिस होमको कार्यलयमा पुगेका थिए । विप्लव नेतृत्वको माओवादीका प्रवत्ता खड्गबहादुर विश्वकर्माले घटना आफूहरुले घटाएको स्विकार गर्नुभएको छ । उहाले...

क्याम्पस निर्माण गर्नका लागी धार्मिक महोत्सवको आयोजना, एकै जनाले गरे ५१ लाख दान

गोविन्द विश्वकर्मा दैलेख दैलेखको नौमुलेमा क्याम्पस संचालनार्थ गरिएको धार्मिक महोत्सवमा तोली – ५ भुर्सु नौमुलेका स्थानीय ८० वर्षीय नन्दराम प्याकुरेलले ५१ लाख रुपैँयाको जग्गा दान गर्नुभएको छ । धार्मिक महोत्सवको अन्तिम दिन बुधबार जग्गादान दाता प्याकुरेलले नौमुलेबजारमै रहेको चल्तीको ५१ लाख मुल्य पर्ने जग्गा दान गर्नुभएको हो । द्वन्द्वमा बढी प्रभावित भएको दैलेखको नौमुलेमा विकासको ढोका खोलिरहेको अवस्थामा आफुले सहयोग गर्न पाउँदा खुसी भएको जग्गादान दाता...

पिउन पानी नपाउने समस्या ज्यूका त्यू अव गाउले मुहार फर्ने, सौर्य उर्जा प्रणालीबाट खानेपानी योजना बन्दै

गोविन्द विश्वकर्मा दैलेख दैलेखको दुल्लु नगरपालिका वडा नं २ वडापोखरामा सौर्य उर्जा प्रणालीवाट खानेपानी योजना संचालनमा भएको छ । सौर्य प्रबिधिमा आधारित खानेपानी योजना संचालन हुने भएपछि एक घण्टा भन्दा तल झरेर पानी ओसार्ने कष्ट झेल्दै आएका नाउले कटुवाल गा.वि.स. हाल दुल्लु नगरपालिकावार्ड नं २ वडापोखरा माथिगाऊ लगायतका वासिन्दाहरु घर आगन मै खानेपानी पुग्ने देखेर खुसी भएका छन । विगत लामो समय देखि अग्लो डांडामा कहीकतै वाट पानी ल्याउन नसकेका कारण यहाँका...

सरकारी कार्यालयमा ‘९० प्रतिशत घुस लेखनदासमार्फत हुन्छ’

गोविन्द विश्वकर्मा सरकारी कार्यालयम लेखनदासमार्फत् ९० प्रतिशत घुस लिने–दिने हुने गरेको तथ्यांक राष्ट्रिय सर्तकर्ता केन्द्रले सार्वजनिक गरेको छ ।सर्तकता केन्द्रले सदरमुकाम खाँदबारीमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व बिषयक कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरेको हो । केन्द्रका प्रहरी उपरिक्षक निरञ्जन बिष्टका अनुसार केन्द्रले ३ दिन सदरमुकाममा गरेको अनुगमनबाट सेवाग्राहीले लेखनदास मार्फत घुस कर्मचारीलाई दिने गरेको पाइएको हो ।...

एक दिन ‘वास्तविक’ लोकगायक भएर आउनेछु: राजु परियार

गोविन्द विश्वकर्मा काठमाडौं लमजुङ जिल्लाको चिसापानीमा २०३६ साल असार १५ मा जन्मिएका राजु परियारले औपचारिक रुपमा २०५६ सालबाट गायन सुरु गर्नुभएको हो । काठमाडौं आएपछि पुकार दोहोरी साँझमा काम गर्ने अवसर पाएसँगै उहाको सांगीतिक करिअर सुरु भएको थियो । उहाका सुनपानी, रुमाल धोको छु, गर्नुगर्‍यौ बलराम भैंसी पालेर, लागुपाते नुग्यो भुँइतिर, झिमझिम सानु नझिम्क्याउ परेली, फुलमा मौरी डुल्ने बेलामा जस्ता गीतहरु चर्चित छन् । आफूलाई नेपाली संगीत इतिहासमै सबैभन्दा...

स्टार नभएको अभिनेता दयाहाङ राईको खनाई

गोविन्द विश्वकर्मा काठमाण्डौं पछिल्लो समयका व्यस्त तथा सफल अभिनेता दयाहाङ राईले आफू स्टार नभएको बताउनुएको छ।  उहाले आफूले आफुूलाई कहिल्यै स्टार भएको अनुभुति नगरेको बताउनुभयो । स्टार भनेको आफूले सोच्ने नभई अरुले बोल्ने शब्द रहेको उहाको भनाई थियो । फिल्म क्षेत्रमा आउनु पहिले र अहिलेको व्यक्तिगत जीवनयापनमा  खासै परिवर्तन नपाएको जिकिर गर्ने उहाले स्टार र स्टारडमको कुरा भनेको काममा निर्भर हुने र कामको मुल्याङ्कनपछि प्रयोग हुने शब्द रहेको...

सपना एउटा सिङ्गो र शान्त नेपालको

प्रतिक्षा रेग्मी लिङ्गको आधारमा म महिला हुँ, तर पुरुषलाई सम्मान गर्छु । जातले म बाहुन हुँ । समाजले मलाई बाहुन भन्ने जात दियो, तर म अरु जातका मान्छेलाई भेदभाव गर्दिन, गर्न चाहन्न। बाहुन भएपनि, दलित भएपनि सबै नेपाली मेरा आफन्त हुन। धर्मको आधारमा म आफूलाई कुनै धर्मको भन्न चाहन्न, तर मेरो परिवार हिन्दु हो । म हिन्दुको छोरी हुँ, तर सबै धर्मलाई म सम्मान गर्छु। म पहाडमा जन्मेकी हुँ, तर मलाई तराई र हिमाल पनि उत्तिकै प्यारो लाग्छ। जहिले हामी चेलिबेटी असुरक्षित...

रेडियो, एफ.एम. र टिभी प्रदेशको अधिकारमा किन जान हुँदैन

गोपाल गुरागाई “नखाउँ भने दिनभरिको सिकार, खाउँ भने .....के जातिको अनुहार” भन्ने लागेर हो या अरु कुनै कारणले, संविधानको मस्यौदामा परेको एउटा बुँदामा जान्ने सुन्ने, बिज्ञ र सल्लाहकारहरु कसैले बोलेनन् र केही पनि लेखेनन् । आफ्नै पेशा र व्यवसायसित जोडिएको, चुप लागेर बस्न मन नमानेको र यो बुँदाले भविष्यमा कहिल्यै नसकिने कलह पनि बढाउने भएकाले मस्यौदा संविधानको संशोधन प्रस्तावमा यो बिषय पर्ला कि भन्ने आशाले यो टिप्पणी लेख्न आफैलाई घच्घच्यायो । त्यसो त मस्यौदा संविधानको ३०२ वटा धारा र नौ वटै अनुसूचिमा बिवाद र चर्चा गर्नका लागि पर्याप्त ठाउँहरु छन् । र,...

स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु

गोविन्द विश्वकर्मा बाँके, पुस १  बाँकेको मानपुरमा स्कुटर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परि अर्का एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीका अनुसार दुर्घटनामा परि बर्दिया जमुनी–३ का  २२ वर्षका विदुरकान्त अर्याल र नेपालगञ्ज कारकादौंका २२ वर्षका सुमन न्यौपानेको ज्यान गएको हो । गम्भीर घाइते भएका भएका तीनजनालाई शिक्षण अस्पताल नेपालगञ्ज लगिएकोमा उपचारकोक्रममा  अर्याल र न्यौपानेको ज्यान गएको हो । गम्भीर घाइते नेपालगञ्ज कारकादौंका २५ वर्षका उत्तम न्यौपानेको शिक्षण...

पत्रकार गोलेमाथि भएको आक्रमणप्रति महासंघको ध्यानाकर्षण

गोविन्द विश्वकर्मा काठमाडौं, पुस १  काभ्रेका पत्रकार राजकुमार गोलेमाथि नचिनेका मानिसको समुहले खुकुरीले हानेको घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव उजिर मगरले बुधबार विज्ञप्ती निकालेर पत्रकारमाथि आक्रमण भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउनु भएको हो । नयाँ पत्रिका दैनिकको काभ्रेका संवाददाताको रुपमा कार्यरत पत्रकार गोलेलाई मंगलबार राति बनेपाको आजाद मावि अगाडि ८र९ जनाको समुहमा रहेका व्यक्तिले एक्कासि खुकुरी प्रहार गरेका थिए  । खुकुरी प्रहारबाट दायाँ हातमा गहिरो चोट लागेका पत्रकार...

मनिषालाई वलात्कार गरि हत्या गर्नेहरु जेल परे

गोविन्द विश्वकर्मा सुर्खेत, १ पुस सुर्खेतको नेटा गाविस ७ कल्लेरीकी बालिका मनिषा रानामाथि सामूहिक वलात्कारपछि हत्या गर्ने तीन जनालाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतले उनीहरुलाई पूर्पक्षका लागि जेल चलान गर्ने फैशला सुनाएको हो । मंसिर १ गते कल्लेरीका १० वर्षिय मनिषामाथि कल्याण १ का पूर्णबहादुर ठाडा मगर, नेटा ७ कल्लेरीका खड्गबहादुर गाहा मगर र नेटा ५ का यामबहादुर राश्कोटीले सामूहिक वलात्कारपछि हत्या गरेका थिए । सामान लिनका...

पुरस्कारबाट म्यागीले सुर्खेतमै नमूना विद्यालय बनाउने

गोविन्द विश्वकर्मा काठमाण्डौँ, ०१ पुस यस वर्षका ‘सीएनएन हिरो’ सुर्खेतमा नमूना विद्यालय बनाउनु हुने भएको छ । ‘सीएनएन हिरो’ म्यागी डोयनले आफूले पाएको एक हजार डलरको पुरस्कार राशीले सुर्खेतमा नमूना विद्यालय बनाउने घोषणा गर्नुभएको हो । अमेरिकामा पुरस्कार ग्रहण गरेर नेपाल फर्केकी डोयनले सीएनएन हिरोको उपाधि आफ्नो संस्था कोपिला भ्याली सेवा समाज र सम्पूर्ण नेपालीमा समर्पित गर्दै पुरस्कारको रकमबाट विद्यालय बनाउने घोषणा गर्नुभएको छ । डोयनले नेपालमा रहेर टुहुरा...

यातायात क्षेत्रमा नयाँपन आउदै, पुस २ गतेदेखि स्मार्टकार्ड चालक अनुमतिपत्र प्रदान गरिने

गोविन्द विश्वकर्मा काठमाण्डौ २९ मंसिर यातायात क्षेत्रमा हुने अनियमितता र ढिलासुस्ती रोक्ने उद्देश्यले यातायात व्यवस्था विभागले लागू गरेको स्मार्टकार्ड चालक अनुमतिपत्र पुस २ गते बिहीबारदेखि वितरण हुने भएको छ । मङ्सिर २० गतेदेखि यो प्रणालीअनुसार तस्बिर खिचेर फारम भरी परीक्षा पास गरेकालाई पुस २ गतेदेखि स्मार्टकार्ड प्रविधिको चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका निर्देशक एवम् प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो । एसियाली विकास बैंकको सहयोग...

विशाल नेपाल नभए पनि बचेको नेपाल त जोगाऔं

 सम्पूर्ण देश प्रेमी दाजु भाइ तथा दिदी बहिनीहरु जय मातृभुमि होब खड्का हामी करोडौ क्रोमोजोमहरुलाई हराउँदै लड्दै आमाको कोखबाट पबित्र धर्तीमा जन्म लिदै जितेका हामी आज हरेक दिन हार्दैछौ । हाम्रा पुर्खाहरुले देखेको बिशाल नेपालको सपना त साकार पार्न सकेनौ नै, हुँदाहुँदा बचेको राष्ट्रियता पनि आज आएर गुम्ने अवस्था सिर्जना भएको छ । पुर्खाहरुको योगदानले हामीले पाएको यो सानो राम्रो अनि सुन्दर राष्ट्र नेपाल ई बचाएर राख्न मात्र हैन कि मातृभूमिको...

चीनबाट ३० वटा विद्युतीय बस आउँदै, २० वटा अनुदानमा, १० वटा खरीद गरिने

गोविन्द विश्वकर्मा काठमाण्डौ, २९ मंसिर भारतको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ आयातमा भएको अबरोधले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रभावित भैरहेका बेला चीन सरकारले नेपाललाई अनुदानमा २० वटा विद्युतीय बस दिने भएको छ । आजभन्दा झण्डै ४० वर्षअघि नेपाललाई ट्रलीबस सहयोग गरेको चीनले दोस्रोपटक यी विद्युतीय सवारी दिन लागेको हो । हुन त पेट्रोलियमको अभावसंगै विद्युत प्रवाहमा समेत लामो समय कटौती गर्नु परिरहेको अवस्थामा ती बसहरु भने ब्याट्री बाट...

खुला दिसामुक्त घोषणाको लगन जुर्यो, अथिती टुङ्गो भने लागेन

सुर्खेत, २९ मंसिर  कार्तिक महिनामै सुर्खेतलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने उद्घोष गरेपनि अन्तिम लगन गाँठो आगामी पुस १४ गतेलाई तय भएको छ । गत कार्तिक १९ गते जिल्लालाई खुला दिसामुक्त घोषणाको तिथि मिति जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले तय गरेको थियो । तर प्रमुख अतिथि कसलाई बनाउने भन्ने टुङ्गो नलाग्दा निर्धारित समयमा घोषणा हुन सकेको थिएन् । समितिको मंसिर अन्तिम साता बसेको बैठकले आगमी पुस १४ गतेको मिति तोकेको छ ।  ‘कार्तिक महिनामा नै समितिले अथितिको टुङ्गो लगाएर घोषणा मिति तय गर्ने बताइएको थियो । लामो समयसम्म मितिको...

प्रेस चौतारी दैलेखको अध्यक्षमा : थापा

गोविन्द विश्वकर्मा सुर्खेत, २८ मंसिर  प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखको अध्यक्षमा पुस्कर थापा सर्वसम्मत चयन भएका छन् । शाखा दैलेखको तेस्रो अधिवेशनले थापासहित १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । नव गठिन कार्य समितिको उपाध्यक्षमा भरतराज अधिकारी, सचिवमा कमल शर्मा, सह–सचिव खगेन्द्र कार्की र कोषाध्यक्षमा अनु प्याकुरेल छन् । तीन वर्षे कार्यकाल रहने नयाँ कार्य समितिको सदस्यहरुमा उदयराज अधिकारी, खगेन्द्र राना, प्रेम विसुन्के, चन्द्रा बोहोरा,...

३० पुरिया ब्राउन सुगरसहित दुइ पक्राउ

सुर्खेत, २९ मंसिर । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३० पुरिया लागु औषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ । डिएसपी बहादुर जंग मल्लको कमाण्डमा खटिएको टोलीले वीरेन्द्रनगर–८ ईत्रामको सोती टोलबाट १७ वर्षका सम्शेर शाही र १८ वर्षका राजकुमार रोकायलाई पक्राउ गरेको हो । शाही र रोकायले लागु औषध सेवन गरिरहेको बेला पक्राउ गरिएको प्रहरीको भनाई छ । डिएसपी मल्लका अनुसार उनीहरुले सेवन गरिरहेको ठाउँबाट १ पुरिया लागु औषध  २०० मिलिग्राम (ब्राउनसुगर) जस्तो धुलो पदार्थ फेला  परेको छ । साथै शाहीको घरमा प्रहरीले खानतलासी गर्दा उनी सुत्ने कोठाको...

जेनेटको गठन, अध्यक्षमा खत्री

गोविन्द विश्वकर्मा सुर्खेत, २८ मंसिर । पत्रकारीता क्षेत्रमा आर्कषण बढेसँगै सम्वादातालाई निरन्तर क्रियाशिल बनाउने उद्देश्यले “पत्रकार सञ्जाल सुर्खेत (जेनेट)”को सोमबार वीरेन्द्रनगरमा गठन गरिएको छ । जिल्लामा क्रियाशिल सम्वादाताहरुको भेलाले सञ्जालको अध्यक्षमा हाम्रो नयाँ नेपाल दैनिकका सम्वादाता यज्ञ खत्री, बरिष्ठ उपाध्यक्षमा जागरण एफएमका समाचार प्रस्तोता गोविन्द विश्वकर्मा (सुरज) चयन गरेको छ । त्यसैगरी, उपाध्यक्षमा जागरण एफएमका कार्यक्रम सञ्चालक टेकराज...