प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

बाच्ने मन छ जुनी-जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा

मोदीको भिषा रेकर्ड फाईल

अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

म. प. विश्वविद्यालयले पालुवा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा

दलित बालबालिकाको अवस्था

हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।

सञ्चारकर्मी बिश्वकर्माको शब्दमा झिलिलि बत्ति बजारमा (भिडियो सहित)

सुर्खेत, भदौं ०५ । सुर्खेती युवा सञ्चारकर्मी तथा पत्रकार गोविन्द बिश्वकर्माको तीज गीत २०७६ झिलिलि बत्ति बजारमा आएको छ । लामो समय देखि नेपाली लोकदोहोरी क्षेत्रमा अतुलनिय योगदान दिदैं आएका बिश्वकर्माले यसपटक पनि हरितालीका तिजको अबसरमा नयाँ एल्बम बजारमा ल्याएका हुन् ।


सुर्खेती उदयमान गायक तथा सर्जक राजु बिश्वकर्माको संगित तथा स्वयम बिश्वकर्मा र रोशनी बुढामगरको स्वर रहेको झिलिलि बत्ति जालकाँडा म्यूजिक प्रा.लीले बजारमा ल्याएको हो ।

जिवन पन्थी, शस्मिता परियार, प्रेम जंग वि.क र निरुता बि.कको अभिनय रहेको उक्त गितको भिडियोको निर्देशन बिन्तीराज पुनथोकीले गरेका हुन् ।

भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोला.............

कर्मचारी संगठनको अध्यक्षमा खत्री

सुर्खेत, मंसिर ०६  । नेपाल कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा लालबहादुर खत्री चयन भएका छन् । आईतबार सम्पन्न प्रजातान्त्रिक विधि मतदान प्रकृयाबाट भएको निर्वाचनबाट क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका नायव सुब्वा पदमा कार्यरत खत्रीको अध्यक्षतामा  नयाँ समिती गठन भएको हो । 

नवनिर्वाचित संगठनको उपाध्यक्षमा राजेश आचार्य, महिला उपाध्यक्षमा हिरा पौडेल, सचिवमा हेमन्त चुनारा, सह सचिवमा नरेश तिवारी र कोषाध्यक्षमा रामप्रकाश सापकोटा चयन भएका छन् ।सदस्यहरुमा लोकप्रसाद देवकोटा, कमल कुमार दर्लामी, गुप्ती प्रसाद गौली, चन्द्र बहादुर रावत, जगत सुबेदी, पदमबहादुर बुढा क्षेत्री, भवानी प्रसाद पौडेल, भिमनारायण खराल चयन भएको निर्वाचन समितीले जनाएको छ । 

यस्तै केन्द्रिय प्रतिनिधिहरुमा टेकबहादुर रावल, डोर प्रसाद उपाध्याय, प्रयागराज शर्मा, महिला तर्फ अमृता रावल चयन भएका छन् । मतदान प्रकृयाबाट अध्यक्ष लाल बहादुर खत्री पक्षमा १८७ र १३१ मत परेको छ । उपाध्यक्ष राजेश आचार्यको पक्षमा १ सय ७४ र १ सय ३१, सचिब हेमन्त चुनाराको पक्षमा १ सय ५६ र १ सय ५२, सह–सचिब नरेश तिवारीको पक्षमा १ सय ६० र १ सय ३३, कोषाध्यक्ष राम प्रकाश सापकोटाको पक्षमा  १ सय ६० र १ सय ५० मत परेको छ । केन्द्रिय प्रतिनिधि टेक बहादुर रावलको पक्षमा १ सय ५२ र ९६, डोर प्रसाद उपाध्यायको पक्षमा १ सय ८४ र ९६, प्रयागराज शर्माको पक्षमा १ सय ६९ र ९६, केन्द्रिय प्रतिनिधि (महिला) अमृता रावलको पक्षमा १ सय ६२ र १ सय ७ मत परेको जनाईएको छ । 


यस्तै, कार्य समिति सदस्यहरू लोक प्रसाद देवकोटाको पक्षमा १ सय ७४ र १ सय १६, कमल कुमार दर्लामीको पक्षमा १ सय ७३, गुप्ती प्रसाद गौलीको पक्षमा १ सय ४८, चन्द बहादुर रावतको पक्षमा १ सय ७९, जगत सुवेदीको पक्षमा १ सय ६४, पदम बहादुर बुढा क्षेत्रीको पक्षमा १ सय ५१, भवानी प्रसाद पौडेलको पक्षमा २ सय ७ र भिम नारायण खरालको पक्षमा १ सय ६२ मत परेको निर्वाचन समितीले जानकारी दिएको छ ।

४ बर्षसम्म अलपत्र रानीघाट पुलको काम सुरु

गोविन्द बिश्वकर्मा/सुर्खेत, मंसिर ६  । बर्षौदेखि बन्न नसकेको सुर्खेत बर्दियालाई जोड्ने भुरीगाउ तेलपानी सडक खण्डमा पर्ने रानीघाट पक्कि पुलको बाँकी काम सुरु भएको छ ।

बषौं बितिसक्दा पनि आधा जति काम गरी बाँकी काममा चासो नदेखाएको निर्माण कम्पनी पप्पु/मल्ल जे.भी कन्ट्रक्शन प्रा.लीले बाँकी काम सुरु भएको दावी गरेको छ । छाटो बाटो हुँदै सुर्खेत सदरमुकाम वीरेन्द्रनगर देखि भेरी पुल हुदैं रानीघाटबाट बर्दियाको भुरी गाउँसम्म जोड्ने सडक खण्डको भेरी नदीमाथीको रानीघाट पुल निर्माणको काम सुरु भएको निर्माण कम्पिनी पप्पु÷मल्ल जे.भी कन्ट्रसनले जानकारी दिएको छ । सम्झौता भएको ४ बर्ष बित्दा समेत पुलको काम सम्पन्न हुन सकेको थिएन । 

एक अर्कालाई दोष लगाउने काम मात्र भएको रानीघाट पुलको काम मंसिर २ गते बिहिबारदेखि  सुरु गरिएको निर्माण कम्पनीका साईड प्रतिनिधि दुर्गा नगालले बताए । सडक डिभिजन कार्यालय सुर्खेतले निर्माण कम्पनीलाई दोष लगाउदै आएको थियो भने निर्माण कम्पनीले पनि सडकले गरेको कामको खण्डन गर्दै आएको थियो । सडकले निर्माण कम्पनीको कम तदारुकता कारण काम रोकिएको भन्ने आरोप लगाउदै आएको थियो भने निर्माण कम्पनी भने प्राकृतिक प्रकोप बाढी, पहिरोले गर्दा काम हुन नसकेको बताउदै आएको थियो । एक सय २० मिटर लम्वाई तथा ७ मिटर चौडाई भएको पुल निर्माणको लागी वि.स २०६९ असार २९ मा सम्झौता भएको थियो । 

२०७२ पौष २९ गते समापन हुने सम्झौता भएपनि ४ वर्ष अबधि सकिसक्दासम्म काम सम्पन्न हुन सकेको छैन् । स्थानिय नागरीक रत्न बहादुर बुढाले नेपाल सरकार सुचना विभाग अन्तरगतको हेलो सरकारमा फोन गरेर आफ्नो गुनासो सुनाएपछि सरकारबाट काम छिटो सकाउन निर्देशन आएको थियो । सरकारको निर्देशनअनुरुप नै सडक डिभिजनले पत्र आदेश पठाएपछि निर्माण कम्पनीले छिटै काम सुरु गर्ने प्रतिबद्धता जनाएको थियो । १४ करोड २९ लाख ७९ हजार २ सय ७८ रुपैयाँ ४० पैसाको लगानीमा बन्ने रानीघाट पुलको पारीपट्टि (रानीघाट) तर्फको काम पुरा भएको भईसकेको छ । 


पानीभित्र करिव १९ मिटरको वेल्फ फाउण्डेसन बनाउने काम बाँकी रहेको थियो । निर्माण कम्पनीको तर्फबाट वेल्फ फाउण्डेसनको काम करिव ९ मिटरजती सम्पन्न भएको र १० मिटर जती फाउण्डेसनका लागी जगलेन धसाउन बाँकी रहेको बताईएको थियो । कडा चट्टान लागेको महसुस भएपछि निर्माण कम्पनीले काममा सुस्तता देखाएको थियो । जगलेन मेसिन धसाउँदा नधसिएको भन्दै पुरानो मेसिनले काम नगरेकाकाले काम रोकिएको निर्माण पक्षले जवाफ दिदैं आएको थियो । असार मसान्त पछि नै नयाँ जगलेन मेसिन मगाएर काम सुरु गर्ने बचन दिएको निर्माण पक्षले ढिलै भएपनि काम सुरु गरेको छ । आर्थिक बर्ष ०६८/०६९ सालमा पुल निर्माणको आधा जति काम भएको थियो । 

आ.व ०७०/०७१ सुर्खेतमा आएको बाढीले असर गर्दा काम हुन सकेको थिएन । कम्पनीले काम संचाल गर्नका लागी सम्झौता भएको मिती असार २९ मा १ करोड ७६ लाख रकम पहिलो पेश्की स्वरुप लिईसकेको डिभिजन कार्यालयका लेखा अधिकृत जगत शााहले जानकारी दिए । अहिले काम सुरु गर्दा समेत कुनै पेश्कि रकम नलिएको बताईएको छ । यो वर्षमा नै काम सम्पन्न हुने सम्भावना नभएकाले अर्को आ.वमा निर्माणको काम सकाउने तयारीका साथ काम सुरु गरेको नगालले बताए । २ स्पोन काम बाँकी रहेको बताउदै नगालले चालु आवमा पुल सञ्चालनमा ल्याउने जानकारी दिएका छन् । 

सुर्खेत र बर्दियाको सम्बन्ध विस्तार गराउने माध्यम बन्ने रानीघाट पक्कि पुल नबन्दा मर्कामा परेका स्थानिय नागरीकहरुमा छिटै छोटो बाटोको प्रयोग गर्दै सम्बन्ध सुधार गर्न पाउनेमा आशाबादी छन् । वि.स २०७१ साल साउन अन्तिम सातामा आएको बिनासकारी बाढीले भेरी नदीमा भएका झोलुङ्गे पुलहरु बगाउदा आवात जावतमा निकै दुःख भोगेका स्थानियलाई पक्कि पुल बन्दा सहजता आउनेछ । अहिले पनि वारीपारी गर्नलाई भेरी नदिको डुङ्गा प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । विहान बेलुका डुङ्गा नचल्ने, चिसोमा समस्या हुने, बर्षातमा बाढीले गर्दा डुङ्गा नचल्ने हुँदा कहिलेकाही स्थानिय नागरीक सदरमुकाम आउनबाट बञ्चित हुने गरेको स्थानियले बताएने गरेका छन् । पुल बनेपछि रत्न राजमार्ग हुदैं करिव डेढ सय मिटर बढीको यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ । मात्र ७० मिटरको दुरीमा बर्दियाको भुरीगाउ पुग्न सकिनेछ । 

दुई जिल्ला बिचको भौगोलक दुरी नजिकिने हुँदा दौत्य सम्बन्ध पनि बढ्नेछ । साथै, भौगोलिक दुरीका हिसावले यात्रामा सहजता आउने, खाद्यन्न आपुर्तीमा सहज हुने, ब्यापार ब्यवसायिक सम्बन्ध सुधार हुने, जिल्लाका उत्पादन साटासाट हुने, जडिबुटी आयात निर्यातमा सहजता आउने लगायत थुप्रै फाईदा हुने सडक डिभिजन कार्यालय सुर्खेतका अधिकृत बेलबहादुर भुजेलको भनाई छ । 

यस्तै, भारतसंग सिमाना जोडिएको सडकखण्ड भएकाले पनि आर्थिक रुपमा फाईदा पुग्नेछ । साथै यो पुल बनेपछि बर्दियाको पश्चिमी क्षेत्र, सुदूरपश्चिमका नागरिक र भारतदेखि मानसरोवर पुग्नेलाई समेत यो सडक उपयुक्त हुनेछ ।

सरकार र मोर्चाबिच छलफल

काठमाडौ, कात्तिक २८ । संविधान संशोधनबारे सरकार र मधेसी मोर्चाबिच सोमबार  छलफल हुने भएको छ । 
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबारसम्म संशोधन प्रस्ताव संसदमा दर्ता गराउने बताइरहेका बेला मोर्चासँग छलफल गर्न लागेका हुन् । सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बोलाइएको बैठकमा सरकारले संविधान संशोधनका लागि तयार पारेको प्रस्तावबारे जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

मोर्चाले आफूहरुसँग भएको तीन बुँदे सहमतिअनुसार सरकारले संविधान संशोधनको प्रस्ताव नल्याएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिइरहेका बेला सरकारले संशोधन बारे औपचारिक छलफलका लागि बोलाएको हो । 

मोर्चाले केही दिनदेखि आफ्ना माग पूरा गराउन आलटाल भएको भन्दै प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने प्रयास गरे पनि दाहालको व्यस्तताका कारण हुन सकेको थिएन । 

आन्दोलन र दलको माग पूरा गर्न सरकारले सीमाङ्कन, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र भाषाको विषयमा संशोधन प्रस्ताव लैजाने तयारी गरेको छ । 

तर, मधेसी मोर्चाले भने आफूले सरकारलाई बुझाएको ११ बुँदे मागअनुसार संशोधन हुनुपर्ने बताइरहेको छ ।