
प्रहरी मेरो बन्यो
चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र
बाच्ने मन छ जुनी-जुनी
गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा
मोदीको भिषा रेकर्ड फाईल
अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।
म. प. विश्वविद्यालयले पालुवा…
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा
दलित बालबालिकाको अवस्था
हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।
जातको कथा

दलित बालबालिकाको अवस्था

अत्याबश्यक औषधी उपलव्ध गराएकै छौं ।

दलित भन्ने कि शिल्पी
सुनको भाउमा गिरावट

तितो मिठो चम्किदै, अभिनयमा थापा
सुर्खेतमा अहिले तितो मिठो नाटकले दर्शकको मन छुन सफल भएको छ । स्थानिय टलीभिजन सुनगाभाबाट हरेका शनीबार साँझ ८ बजेबाट प्रसारण हुने नाटक श्रृङ्खला तितो मिठाले अहिले भनेजस्तै दर्शक कमाउन सफल भएको छ । देशको समसामयिक घटना क्रमलाई समेटेर बनाईएको नाटकले अहिले सबैको मन छाएको हो । दैलेखको पग्नाथ गाउ विकास समिती वडा नं. ८ मा वि.स २०४९ साल कात्तिक ७ गतेका दिन जन्म भएका वेदन थापाको मुख्य भुमिकामा यो नाटक बनेको हो । अहिले वीरेन्द्रनगर सुर्खेतमा बस्दै आएका बहुप्रतिभाशाली वेदन थापाको निर्देशनमा तयार भएको यो नाटकले सुर्खेतका अधिकांश स्थानिय ठाउलाई समेटेर समस्या र घटनाहरुको चित्रण गर्न खाजेको छ । सानै उमेरदेखि हास्य क्षेत्रमा रुची राख्दै आएका थापा कक्षा २ मा पढ्दादेखि नै अभिनयमा प्रवेश गरेको थिए । विद्यालयमा थापालाई शिक्षक उक्तम शर्माले प्रेरणा प्रदान गरेका थिए । “शिक्षक शर्माले कसैको अभिनय नगरेर आफुलाई जस्तो आउछ त्यस्तै अभिनय गर्न उक्साउनुहुन्थ्यो” थापाले भने । विद्यालयमा हुने सबैखाले सांस्कृतिक कार्यक्रममा आफ्ना प्रस्तुती राख्दै आएका थापा अहिले हास्य टेलीश्रृङ््खला “तीतो मिठो”मा एकदमै व्यस्त देखिन्छन् । स्वयम आफैले निर्देशन गरेको टेलीश्रृङ्खला “तीतो मिठो”मा स्थानिय कलाकारहरुको अभिनय रहेको छ भने आफु पनि मुख्य पात्र मसानेको पात्रमा अभिनय गरेका छन् ।

बाँच्ने मन छ जुनी जुनी

नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा कलाकारको उदय यो क्षेत्रमा बाक्लो रुपमा हुने गरेको छ । परदेशमा हुँदा आफुले भोगेका बिभिन्न समस्या र घरपरिवारबाट टाढाँ हुँदा आउने ति सम्झनालाई गीतमा राखेर प्रस्तुत गर्न पछील्लो समय थुप्रै सर्जक लागि परेका छन । तिनै सर्जक मध्यका एक हुनुहुन्छ सर्जक तेजेन्द्र बिबश । थुप्रै उत्कृष्ट गीतहरु बजारमा ल्याईसक्नुभएका तेजेन्द्रले परदेशबाटै बिभिन्न गीत रचना गर्नुका साथै गीत प्रस्तुत गर्दै आईरहेको छ । पछील्लो समय सर्जक तेजेन्द्रले बाँच्ने मन छ जूनी जूनी बोलको गीत बजारमा प्रस्तुत गर्नुभएको हो । सधैं सधैं भर आफ्नी मायालुलाई अंगालेर जूनी जूनी बाच्ने मन भएकोले आफुसँगको नाता नतोड्न आग्रह आफ्नी प्रेमिकालाई गर्नुभएको छ यस गीत मार्फत । मर्नै परे पनि आफ्नी प्रेमिकालाई मुटुमा सँगालेर मर्ने मन भएको समेत तेजेन्द्रले गीतमा प्रस्तुत गर्नुभएको छ । सुपारी म्युजिक प्रा.ली मार्फत बजारमा आएको उक्त गीतमा राजेन्द्र कँडेल र पूर्णकला बि.सीको स्वर रहेको छ । गीतको लय तथा शब्द तेजेन्द्र बिबशले नै तयार गगर्नुभएको हो । एकता फिल्मसले उक्त गीतको भिडियो समेत निर्माण गरेको छ ।
महिला हिंसाको कारक मदिरा र जुवातास
सुर्खेतका युवाहरु कृर्षीमा आकर्शित

गजल
विश्वास गरेर आत्मिय साथीमाथी ।।
झन् झन् चर्कियो आन्दोलन थरीथरी
लगाम नहुदा आतंकारी तातीमाथी ।।
विगार्ने बसेका छन् माथीमाथी ।।
विहान के हुन्छ आशा नगरौं साथी
सरकार बदलिन्छ यँहा रातीराती ।।
गोविन्द विश्वकर्मा
बलात्कारपछिका हत्याराहरु
![]() |
नेपालको समस्याको समाधान दिल्ली हो त ?

एस.एल.सी. ट्युसन कक्षा रेडियोबाट

यस वर्ष एसएलसी परीक्षा दिने विद्यार्थीलाई शुक्रबारदेखि शिक्षा मन्त्रालयले रेडियो नेपालमार्फत पढाउने भएको छ । भूकम्प र तराई–मधेसको आन्दोलनलगायतका कारण विद्यार्थीको पढाइमा बाधा पुगेको र कोर्स पूरा गर्न नसकेका विद्यार्थीलाई फोकस गरी रेडियोबाट एसएलसी सामग्री प्रसारण गर्न लागिएको हो । शैक्षिक जनशक्ति विकास केन्द्रले सामग्री तयार गरी पढाउनेछ । केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमका अनुसार सुरुमा रेडियो नेपालबाट साढे सात बजेदेखि १५ मिनेट एसएलसी कक्षा सञ्चालन हुनेछ । रेडियोबाट गणित, अंग्रेजी र विज्ञान पढाउने तयारी छ । लामो समय पढाइ अवरुद्ध भएका तराईका आठ जिल्लाका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने गौतमको भनाइ छ । ती जिल्लाबाट ५६ हजार विद्यार्थीले एसएलसी दिँदै छन । टेलिभिजनबाट पनि कक्षा सञ्चालन गर्ने गरी एसएलसी सामग्री उत्पादन भइरहेको छ । केही समयपछि नेपाल टेलिभिजनबाट साढे पाँच बजेदेखि २५ मिनेट पढाउने तयारी छ । रेडियो र टेलिभिजनबाट प्रसारण भएका सामग्रीले खुला विद्यालयमा अध्ययन गर्ने देशभरबाट एसएलसी दिने विद्यार्थीलाई उपयोगी हुने मन्त्रालयको भनाइ छ । अघिल्ला वर्षमा चैतको पहिलो सातादेखि नै एलएलसी परीक्षा हुने गरेको थियो । तर, यसपालि केही समय ढिलो सुरु गर्ने र छिटो नतिजा निकाल्ने तयारी सरकारको रहेको छ ।