पुस २२ जाजरकाेट – सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता रकमको जाजरकोट जिल्लाका ३० वटै गाउँ विकास समितिहरुमा व्यापक घोटाला भइरहदा समेत नियमक निकायले कुनै चासो दिएको छैन् । गाविसमा हुदै नभएका, बृद्धबृद्धा, एकल महिला, अपाङ्ग तथा दलित बालबालिकाको नाममा फर्जी भरपाई बनाई गाविसका सचिवहरु र गाविसका लेखा सहायक, प्राविधिकको मिलेमतोमा रकमको व्यापक दुरुपयोग गरेको तथ्य फेला परेको छ । जाजरकोट जिल्लाका मजकोट, सुवानाउली, जगतीपुर, पैक, ढिमे, खगेनकोट, रग्दा, भगवती, खलंगा, जुगाथापाचौर, साल्मा, गर्खाकोट, कोर्ताङ्ग लगाएत ३० वटै गाउँ विकास समितिहरुमा सामाजिक सुरक्षा भत्ता रकमको चरम दुरुपयोग हुदै आएको छ । जिविस जाजरकोटले समयमा अध्यावधिक नगर्दा रकमको अनियिमिता बढ्दै गएको हो ।प्रहरी मेरो बन्यो
चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र
बाच्ने मन छ जुनी-जुनी
गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा
मोदीको भिषा रेकर्ड फाईल
अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।
म. प. विश्वविद्यालयले पालुवा…
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा
दलित बालबालिकाको अवस्था
हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।
२२ वर्ष अघि मृत्यु भएका व्यक्तिका नाममा रकम निकासा
पुस २२ जाजरकाेट – सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता रकमको जाजरकोट जिल्लाका ३० वटै गाउँ विकास समितिहरुमा व्यापक घोटाला भइरहदा समेत नियमक निकायले कुनै चासो दिएको छैन् । गाविसमा हुदै नभएका, बृद्धबृद्धा, एकल महिला, अपाङ्ग तथा दलित बालबालिकाको नाममा फर्जी भरपाई बनाई गाविसका सचिवहरु र गाविसका लेखा सहायक, प्राविधिकको मिलेमतोमा रकमको व्यापक दुरुपयोग गरेको तथ्य फेला परेको छ । जाजरकोट जिल्लाका मजकोट, सुवानाउली, जगतीपुर, पैक, ढिमे, खगेनकोट, रग्दा, भगवती, खलंगा, जुगाथापाचौर, साल्मा, गर्खाकोट, कोर्ताङ्ग लगाएत ३० वटै गाउँ विकास समितिहरुमा सामाजिक सुरक्षा भत्ता रकमको चरम दुरुपयोग हुदै आएको छ । जिविस जाजरकोटले समयमा अध्यावधिक नगर्दा रकमको अनियिमिता बढ्दै गएको हो ।पुराना पार्टी भ्रष्टाचारमा डुबेकाले नयाँ शक्ति चाहियो : भट्टराई
पुस २१ काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टी भ्रष्टाचारमा डुबेकाले भ्रष्टाचार हटाई सुशासन कायम गर्न नयाँ शक्ति चाहिएको दावी गर्नुभएको छ । नयाँ शक्ति निर्माण अभियान म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको अन्तक्रियामा उहाँले नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले राज्यको सम्पतिलाई दुरुपयोग गरी अकुत सम्पति कमाएकाले भ्रष्टाचार हटाई सुशासन कायम गर्न नयाँ शक्ति चाहिएको दावी गर्नुभएको हो । कार्यक्रममा उहाँले आफ्नो अभियानलाई विदेशी शक्ति तथा भ्रष्टसँग जोडेर हेर्ने गरिएको बताउँदै एउटा पनि प्रमाण जुटाएर देखाए जस्तोसुकै कारवाही भोग्न आफू तयार रहेको बताउनुभएको छ । भट्टराईले राजनीतिक एजेण्डामै केन्द्रित भएर जनतालाई भ्रम, दुःख र कष्टमा राख्न खोजिएकाले बेरोजगारी, गरिबीसहित नेपाली जनताको समस्यालाई समाधान गर्न नयाँ शक्ति आवश्यक रहेको बताउनुभयो । एउटा आन्दोलनको परिवर्तनका नाममा सत्तामा पुग्ने, जेलनेलमा परेको बाहनामा राज्यको सम्पतिलाई दुरुपयोग गर्ने गरिएको डा। भट्टराईले आरोप लगाउनुभएको छ । उहाँले गणतन्त्र, संविधानसभाबाटै संविधानसहित पुराना सामन्ती संरचनालाई भत्काउन सफल माओवादी जनयुद्ध सफल भएको भन्दै जनयुद्ध नेपालमा आवश्यक थियो र युद्धले जनतालाई परिवर्तनको क्षेत्रमा अगाडि बढाएको धारणा राख्नुभयो । उहाँले जनयुद्धमा दशौं हजार नेपालीले बलिदान दिएपनि राज्य र पार्टीबाट उचित सम्बोधन नभएको भन्दै नयाँ शक्तिले देशमा परिवर्तनको क्रममा ज्यान गुमाएकालाई उच्च सम्मान गर्ने बताउनुभयो ।पत्रकारहरुद्वारा आन्दोलन शुरुवात
पुस २१, सुर्खेत – समाचार संकलन गर्न गएका आफ्ना सहकर्मीहरुमाथि हातपातमा उत्रिएका नेपाली सेनाका कर्णेललाई कारबाही गर्न माग गर्दै सुर्खेतका पत्रकारहरुले आन्दोलन शुरु गरेका छन् । शिक्षकलाई विद्यार्थीले कुटपिट गरेको विषयमा समाचार संकलन गर्न वीरेन्द्रनगरस्थित सैनिक आवाशिय महाविद्यालयमा गएका पत्रकारहरुलाई गाली ग्लोच गर्दै अपशव्द बोल्ने तथा हातपातमा उत्रिएका कर्णेल शिवप्रताप कार्कीलाई कारबाही गर्नुपर्ने माग गर्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् ।नेपाल पत्रकार महासंघको अगुवाईमा आज जिल्ला प्रशासन कार्यालयमार्फत् गृह र रक्षा मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाईएको छ । सेनाको मध्यपश्चिमाञ्चल क्षेत्रीय पृतनाअन्तरगत सुर्खेतमा कार्यरत कर्णेल कार्कीले पत्रकारहरु सुदिप पुरी, सुशील खड्का, कृष्ण आचार्य र इश्वर अधिकारीलाई महाविद्यालयको गेट बाहिर विद्यार्थीका अभिभावकसामू अपशव्द प्रयोग गरि हातपात गरेका थिए ।साथै उनले पत्रकारहरुलाई ज्यान मार्ने धम्कि पनि दिएका थिए । कर्णेल कार्कीले सार्वजनिक रुपमा माफि माग्नुपर्ने, विभागीय कारबाही हुनुपर्ने र आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिवद्धता हुनुपर्ने माग गरेका छन् । ध्यानाकर्षण पत्र बुझ्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी वलदेव गौतमले आफ्नो तर्फबाट हुने सवै काम गर्ने बताउनुभएको छ ।
पर्यटनका लागि विश्वका १० उत्कृष्ट देशमा नेपाल पहिलो स्थानमा
पुस २१, काठमाडौं – यो वर्षको भ्रमण गन्तव्यका लागि विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ । बेलायतको ट्राभल गाइड बुक तथा सन्दर्भ सामग्री प्रकाशित गर्ने रफ गाइडले प्रकाशित गरेको सन् २०१६ मा भ्रमणका लागि विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गरेको हो । १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा छ । वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पका कारण सिथिल बनेको नेपालको पर्यटन उद्योग विस्तारै माथि उठ्ने क्रममा रहेको उल्लेख छ । ट्रेकिङ रुट, होम स्टे तथा सांस्कृतिक क्षेत्र नेपालको मुख्य पर्यटकीय आकर्षणका केन्द्र रहेको रफ गाइडले जनाएको छ । नेपाली नागरिकको आत्मिय स्वागत तथा व्यवहार पनि नेपाली पर्यटन क्षेत्रको अर्को पक्ष रहेको जनाएको छ । हिम श्रृँखला, जंगली जनावर तथा विविधताले युक्त जंगल नेपालको पर्यटनका लागि उत्कृष्ट रहेको जनाइएको छ । रफ गाइडको १० देशको सूचीमा कोलम्बिया दोस्रो नम्बरमा छ । क्युवा तेस्रो, जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा श्रीलंका दशौं नम्बरमा छन् ।मायाले छोयो गोविन्दलाई, सपनीमा तिमीसंगै बजारमा
पुस २०, सुर्खेत – माया प्रेमबाट अछुतो सायद कमै होलान यो दुनियामा । सबै क्षेत्रमा माया प्रेमको नै बढी प्रयोग भएको पाईन्छ । दिनमा हुने गरेका दैनिक क्रियालाप देखि सबै ठाउमा मायाको नै प्रयोग भएको पाईन्छ । माया भन्ने चिज त्यस्तो चिज हो जस्ले नछोएको र जस्लाई नछुने प्राय कमै पाईन्छन् । मानव जीवनमा भए गरेका क्रियाकलापहरुमा पनि माया नै झल्किन्छ । माया शब्द यती प्यारो छ रुदा आँशुको साथी बनिदिन्छ, हासो हासो अनि सुत्दा सपनी त ब्युझिदा सम्झना मात्र । माया कतिबेला सुरु हुन्छ र कहा गएर समाप्त हुन्छ थाहै हुदैन । राम्रो फुल सबैलाई मन पर्छ र टिप्न सबैले खोज्छन् । कुरा यती मात्र होकी कोही सफल हुन्छन त केही असफल हुन्छन् । मन परेको मान्छे साथ मै हुदा खुशीको जीवन विताउने र नपाउदा दुखी हुने भावनामा डुव्ने गीतसंगीतमा रमाउने भन्दा अर्को विकल्प हुदैन । वीपनीमा नभए पनि सपनीमा मन परेको मायालुसंग सहयात्रा गर्न पाउदा पनि साचिक्कै वीपनीमा हो जस्तो लाग्छ । सपनाको महलमा मायालु जोडी छुट्टै संसार अनि रमाईला पलहरु दुख हुदैन कहिल्यै । वीपनीमा तिमी मेरो नभए पनि सपनीमा तिमी म संगै हुन्छ्यौ साथमै हुन्छ्यौ खै सपनी पनि के देखिन्छ कुन्नी सम्हाल्नै नसकिने र व्यूझिदा रुन भन्दा अर्को पाटो भेटिदैन ।नयाँ वर्षमा बाबुरामले नयाँ पार्टी घोषणा गर्ने
पुस २० – सिन्धुली एकीकृत नेकपा माओवादी परित्याग गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्षको दिन नयाँ पार्टी घोषणा गर्ने तयारी गर्नुभएको छ । नयाँ शक्ति निर्माण अभियानमा लागेका भट्टराईले विक्रम् सम्बतको नयाँ वर्ष वैशाख १ मा नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका हुन् । नयाँ वर्षको अवसर पारेर नयाँ पार्टी घोषणा गरिने नयाँ शक्तिका अभियन्ता गंगा श्रेष्ठले बताउनुभयो । सोमबार (आज) बिहान सिन्धुलीमाढीमा आयोजित भेलामा उहाले वैशाख १ गते नयाँ पार्टी घोषणा हुने जानकारी दिनुभएको हो । तीन महिनाअघि एमाओवादी छाडेका भट्टराई अहिले नयाँ शक्ति अभियानका संयोजक हुनुहुन्छ । उहा देशब्यापी रुपमा नयाँ पार्टी बनाउने अभियानमा लागेका छन् । आफूहरुको पार्टी कम्युनिष्ट पार्टी नरहने भन्दै नयाँ विचार बोक्ने सबैलाई समाहित गर्ने खालको पार्टी बनाउने भट्टराईले बताउँदै आउनुभएको छ । नयाँ बन्ने पार्टीमा पूर्व माओवादीहरुदेखि गैरमाओवादी, समाजिक ब्यक्ति, कर्मचारी बुद्धिजीवी सबै अटाउने उनीहरुको भनाइ छ । भट्टराईले पार्टीमै छँदा मुलुकको आर्थिक विकासको लागि नयाँ शक्तिको अपरिहार्य रहेको बहस चलाउँदै आउनुभएको थियो ।नयाँ संविधानको पहिलो संशोधन प्रस्ताव स्वीकृत
पुस २०, काठमाडौं – संविधानसभाबाट जारी गरिएको नेपालको नयाँ संविधानको पहिलो संशोधन प्रस्ताव व्यवस्थापिका संसद्बाट स्वीकृत भएको छ । संसदको सोमबार दिउँसो बसेको बैठकले पहिलो संशोधन विधेयक प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । सरकारले पेश गरेको विधेयकमा सांसद्हरुले उठाएका प्रश्नहरुको कानुन मन्त्री अग्नि खरेल आज जवाफ दिएपछि विधेयक प्रस्ताव स्वीकृत भएको हो । संशोधन विधेयकमा मधेसवादी दलहरुको पनि सहमति खोज्न भन्दै लम्ब्याइएको छलफल आइतबार सकिएको थियो । सरकारले पेश गरेको संविधान संशोधन विधेयक प्रस्तावमा मधेसवादी दलको अवरोधकाबीच छलफल चलाइएको थियो । मोर्चाले भने निरन्तर नाराबाजी र आन्दोलन गर्दै आएको थियो । कानून मन्त्रीको जवाफपछि स्वीकृत गरिएको विधेयकमा संशोधन प्रस्ताव गर्नका लागि अब ७२ घण्टाको समय दिइएको छ । अबको ७२ घण्टाभित्र पनि मोर्चासँग सहमति नजुटे सोही विधेयक पास हुनेछ । कानून मन्त्री खरेलले मधेसी दलहरुको मागलाई सम्बोधनसहित सबै पक्षको माग समेटिने गरी पारित हुने बताए । संविधान जारी भएको चार महिना नपुग्दै पहिलो संशोधन हुने अब निश्चित भएको छ ।लोडसेडिङ्ग फेरी बढ्यो, लाईन नै काटिदिए हुन्छ: सेवाग्राही
सैनिक महाविद्यालयका शिक्षकमाथि विद्यार्थीको आक्रमण, पत्रकारमाथी दुव्र्यवहार
पुस १९, सुर्खेत – सुर्खेतको सैनिक आवासीय महाविद्यालयका विद्यार्थीले शिक्षकमाथि जथाभावी आक्रमण गरेका छन् । लागु पदार्थ प्रयोग गर्दै गरेको बेलामा केही विद्यार्थी भेटिएपछि सम्झाउन खोज्दा कक्षा १० मा अध्ययनरत विद्यार्थीले शिक्षकमाथि जथाभावी हातपात गरेका विद्यालमा पढाउने एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए । विद्यार्थीहरुले विद्यालयको प्रशासन कक्षका झ्याल ढोकामा समेत तोडफोड गरेका छन । विद्यार्थीले रड, ढंगा, इटाले जहाँ पायो त्यही हिर्काउन थालेपछि शिक्षकहरुको भागाभाग भएको थियो । विद्यार्थीको अवरोधका कारण कक्षा ४ देखि ९ सम्मको दोश्रो त्रैमासिक परीक्षा समेत अवरुद्ध भएको छ । विद्यार्थीको प्रहारवाट केही शिक्षक र केही विद्यार्थीसमेत घाइते भएका छन् । तर विद्यालय प्रशासन र महाविद्यालयको सुरक्षाका लागि बसेको सेनाले भने यसबारेमा केहि बताएको छैन ।यस्तै समाचार संकलनका क्रममा माउण्टेन टेलिभिजनका सम्वाददाता सुदीप पुरी, काँक्रेविहार दैनिकका ईश्वर अधिकारी, बुलबुले एफएमका समाचार प्रमुख कृष्ण आचार्य र अनलाईन सुर्खेतका सम्वाददाता सुशील खड्कालाई सेनाले “ए फोटो किन खिचिस भन्दै दुव्र्यहार गरेका थिए । तर घटना बारे बुझ्न समेत सेनाले विद्यलायमा प्रवेश गर्न नदिएर फर्काइदिएको छ ।












