२०७० सालमा नै अध्ययन सम्भाव्यता पूरा भएको मध्यपश्चिमको केन्द्रविन्दुमा रहेको वीरेन्द्रनगर बसपार्कको निर्माण हालसम्म सुरु हुन सकेको छैन । पटक–पटक वीरेन्द्रनगर नगरपालिकाले निर्माण कार्य थालनी हुने आश्वासन देखाउँदै आएपनि करिव दुई वर्षसम्म वित्नै लाग्दा पनि काम सुरु गर्न सकेको छैन । नगरपालिकाले, ‘सम्झौँता भइसक्यो अवको १५ दिनमा काम गर्छौ’ भन्न लागेको पनि झण्डै दुई वर्ष पुगेको छ । मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम र अवको प्रदेश नम्बर ६ को सम्भावित राजधानी सुर्खेतमा किन बसपार्क निर्माण प्रक्रिया हालसम्म अगाढी बढेन ? आम नागरिकहरुले प्रश्न गर्ने गरेका छन । तर नगरपालिकाको सहज जवाफ हामी प्रक्रियामा गयौँ काम सुरु हुन्छ भन्दै टार्दै आएको छ ।प्रहरी मेरो बन्यो
चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र
बाच्ने मन छ जुनी-जुनी
गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा
मोदीको भिषा रेकर्ड फाईल
अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।
म. प. विश्वविद्यालयले पालुवा…
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा
दलित बालबालिकाको अवस्था
हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।
कहिले बन्ने सिटी बसपार्क ? सम्झौँता भयो, निर्माण शुरु गर्छौः नगरपालिका
२०७० सालमा नै अध्ययन सम्भाव्यता पूरा भएको मध्यपश्चिमको केन्द्रविन्दुमा रहेको वीरेन्द्रनगर बसपार्कको निर्माण हालसम्म सुरु हुन सकेको छैन । पटक–पटक वीरेन्द्रनगर नगरपालिकाले निर्माण कार्य थालनी हुने आश्वासन देखाउँदै आएपनि करिव दुई वर्षसम्म वित्नै लाग्दा पनि काम सुरु गर्न सकेको छैन । नगरपालिकाले, ‘सम्झौँता भइसक्यो अवको १५ दिनमा काम गर्छौ’ भन्न लागेको पनि झण्डै दुई वर्ष पुगेको छ । मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम र अवको प्रदेश नम्बर ६ को सम्भावित राजधानी सुर्खेतमा किन बसपार्क निर्माण प्रक्रिया हालसम्म अगाढी बढेन ? आम नागरिकहरुले प्रश्न गर्ने गरेका छन । तर नगरपालिकाको सहज जवाफ हामी प्रक्रियामा गयौँ काम सुरु हुन्छ भन्दै टार्दै आएको छ ।सञ्चार सामग्री क्षति भएका पत्रकारलाई सहुलियत
प्रेस काउन्सिल नेपालले भूकम्प, प्राकृतिक विपत्ति वा आन्दोलनको क्रममा वा रिपोर्टिङको सिलसिलामा कुनै सञ्चारकर्मीको सञ्चार सामग्री वा उपकरणमा क्षति भई नयाँ खरिद गर्नुपर्ने भएमा सहुलियत दिने भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष एवं प्रेस काउन्सिल सदस्य डा. महेन्द्र विष्टका अनुसार काउन्सिलको मिडिया विकास कोषको विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सो निर्णयअनुसार क्षति भएका सञ्चार सामग्री वा उपकरणको सट्टा नयाँ खरिद गर्नुपर्ने भएमा काउन्सिलबाट लागतको २५ प्रतिशत अनुदान प्राप्त हुनेछ । सो सुविधा प्राप्त गर्न सम्बन्धित जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयबाट घटना विवरण र नेपाल पत्रकार महासंघबाट सिफारिससहित निवेदन दिनुपर्नेछ । निवेदन प्राप्त भएपछि सैद्धान्तिक सहमति लिई सामान खरिद गरेपश्चात भ्याट विलका आधारमा बिल बमोजिमको मूल्यमा २५ प्रतिशत रकम सम्बन्धित विक्रेतालाई भुक्तानी हुनेछ । भूकम्प, प्राकृतिक विपत्ति वा आन्दोलनका क्रममा तोडफोड वा क्षति भएका वा रिपोर्टिङको सिलसिलामा सञ्चार सामग्री वा उपकरण क्षति भएको भए सोअनुसार महासंघ केन्द्रमा विवरण पठाउन र काउन्सिलबाट सुविधा लिन सम्वद्ध सबै पत्रकार र महासंघका शाखा एसोसिएट संस्थाहरूलाई नेपाल पत्रकार महासंघले आग्रह गरेको छ ।संसद बैठक पुस ८ गतेसम्मका लागि स्थगित
व्यवस्थापिका–संसद नियमावली मस्यौदा समितिको समय १५ दिन थपिएको छ । व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकले १५ दिनको समय थपेको हो । समितिलाई पुस ५ गतेसम्मको समय दिइएको थियो । काम अझै नसकिएकाले समितिको म्याद थपिएको हो । नियमावलीको लागि उपसमितिले अझै समय मागेको थियो । शुक्रबारको संसद बैठक भने मधेसी मोर्चाले अवरोध गरेन । संसदको अर्को बैठक पुस ८ गतेका लागि बोलाइएको छ । संसद बैठक स्थगित गरिएको यसबीचमा मधेसी मोर्चाका मागलाई संशोधन विधेयकमा कसरी समावेश गर्ने भन्नेमा मोर्चासँग छलफल गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा शुक्रबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र राप्रपा नेपाललगायतका दलको बैठकले संसद बैठक स्थगित गरी मोर्चासँग छलफल गर्ने निर्णय गरेको हो । तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीरतापूर्वक छलफल गर्नका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको सभामुख ओनसरी घर्तीमगरले जानकारी दिनुभयो ।सुनको भाउ घट्यो, ५ वर्षअघिको मूल्यमा कारोबार
शुक्रबार सुनको भाउ घटेर पाँच वर्ष अघिको मूल्यमा पुगेको छ । शुक्रबार तोलामा सातसय रुपैयाँले घटेर सुनको भाउ ४७ हजार ७ सय रुपैयाँमा झरेको छ । बिहीबार सुन तोलामा ४८ हजार ४ सय रुपैयाँ थियो । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले व्याजदर बढाएसँगै त्यसको असर सुनको बजारमा पर्न थालेको हो । अमेरिकाको केन्द्रीय बैंकले झण्डै १० वर्षमापहिलो पटक व्याजदर बढाएपछि सुनमा भएको लगानी अन्य शेयर बजारमा आकर्षित भएकाले भाउ ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार शुक्रबार घटेर पाँच वर्ष अघिको भाउमा पुगेको सुनको मूल्य अझै घट्ने सम्भावना छ । सुनको भाउ तोलामा ४५ हजारसम्म घट्ने आँकलन गरिएको उहाँले बताउनुभयो । शुक्रबार चाँदीको भाउ पनि घटेको छ । ११ दिनसम्म स्थिर रहेको चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो । चाँदी तोलामा ६ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । स्मार्ट ड्राइभिङ लाइसेन्सको वितरण कार्य सुरु, सिता भट्टराई पहिलो स्मार्ट ड्राइभिङ लाइसेन्स पाउने नेपाली
मोरङ बयरवन ८ की सिता भट्टराईले पहिलो स्मार्ट ड्राइभिङ लाइसेन्स् पाउनुभएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले उहाँलाई पहिलो लाइसेन्स वितरण गर्नुभएको हो । विभागले पहिलो चरणमा ५७ जनालाई विद्युतीय ड्राइभिङ लाइसेन्स वितरण गर्न लागेको ललितपुरमा रहेको वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार शुक्रबार पहिलो चरणमा २० गतेदेखि लाइसेन्सका लागि प्रकृया अघि बढाएकालाई वितरण गरिएको हो । अहिलेसम्म ३५ जनाले लाइसेन्स लिएका छन् । नयाँ प्रणालीमार्फत २० गते दरखास्त दिई २१ गते लिखित र २२ गते ट्रायल दिएकाहरुले शुक्रबार स्मार्ट ड्राइभिङ लाइसेन्स पाएका हुन् । शुक्रबार लाइसेन्स पाएका सबै स्कुटर चालकले हुन् । पुराना लाइसेन्स भएकाको भने नवीकरण र प्रतिलिपि दस्तुर लगायत अन्य प्राविधिक प्रक्रिया मिल्न बाँकी रहेकाले केहि ढिलाई हुन सक्ने विभागले जनाएको छ । सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकासहित तराइका दुई जिल्लामा प्रयोगमा ल्याउने योजना भएपनि अहिले तत्कालको लागि काठमाडौंमा मात्र प्रयोगमा ल्याउन लागिएको हो । ललितपुरमा रहेको वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयबाट गएको २० गतेदेखि नै स्मार्ट लाइसेन्स वितरण गर्ने भनिएपनि प्राविधिक र प्रक्रियागत कारणले ढिलो भएको हो । नयाँ स्मार्ट लाइसेन्स लिन अनलाइनबाट दरखास्त फारम भरी यातायात व्यवस्था कार्यालयमा सम्पूर्ण प्रक्रिया पुरा गरेर भरेको दरखास्त बुझाएपछि स्मार्ट लाइसेन्स पाउने सकिने कार्यालयले जनाएको छ । पुरानो कागजी लाइसेन्सलाई स्मार्ट कार्ड बनाउनका लागि भने कार्यालयमा गएर आफ्नो बारेमा जानकारी दिएपछि मात्र पाइने यातायात व्यवस्था कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो ।मेरो प्रेम पत्र................
एउटा अर्कै खाले माया तिमीलाई,
हो अर्कै खाले माया ।
प्रेम दिवसको संघारमा ठिङ्ग उभिएर यो पत्र कोरिरहँदा, म शुरुवात मै भन्छु, मैले आजसम्म देखेका मान्छेहरुमध्ये सबैभन्दा राम्री होईनौ तिमी, अहँ हुँदै होइनौ । अनि मैले आजसम्म भेटेका मान्छेहरुमध्ये मलाई सबैभन्दा बढी मन परेकी मान्छे पनि होईनौ तिमी । फेरी पनि म तिमीलाई माया गर्छु । कुनै चलचित्रको पर्दामा जस्तो तिमीलाई देख्ने बित्तिकै मलाई कुनै बेग्लै अनुभुति भएको होईन । बरु निरन्तरको सामिप्यताले तिमी कार्बन राखेर छापेको चित्र झैँ छापियौ मेरो मनमा, हुबहु चित्र जस्तै भएर । आखिर मन म सँग पनि त रहेछ, माया गर्न यसले पनि त जान्दो रहेछ ।
जेनतेन केही शब्दहरुलाई असरल्ल फिँजाएर लेखिरहेको यो प्रेम पत्रले तिम्रो प्रेम दिलाउला मलाई भन्नेमा कत्ति पनि विश्वास छैन मेरो । फेरी पनि लेख्दैछु म आज । सायद यसैको माध्यमबाट त्यो अर्कै खाले प्रेम बुझाउने प्रयत्न गरिरहेछु म तिमीलाई ।
मलाई थाहा छैन, मैले पाप गर्दैछु की पूण्य । अहँ म छुट्याउनै सक्दिनँ त्यो । मलाई त यत्ति थाहा छ की, म तिमीलाई प्रेम गर्न थालेको छु हिजोआज । हामीले बाँच्दै गरेको समाजले स्वीकृति दिइनसकेको प्रेम । त्यो अर्कै खाले प्रेम । जीन्दगीको यात्रामा यहाँसम्म आईपुग्दा मैले कति धेरै मान्छेहरुलाई राम्री देखेँ, मन पराएँ । कतिलाई उ प्रतिको आफ्नो धारणा जानकारी गराएँ । कतिलाई भन्छु भन्दाभन्दै मेसो नमिलेर मनभित्रै गुम्स्याएर राखेँ । कति मान्छेहरु अघाउञ्जेल आँखाले हेरियो मात्रै ।
अनि केही मान्छेहरु चाहीँ आँखाको बाटो हुँदै मनसम्म पुगेर फर्किए पनि । जसजसलाई मैले चाहेँ, उनीहरुले मलाई मन पराएनन् । अनि जसजसले मलाई मन पराए उनीहरुलाई मैले चाहिनँ । त्यसैले त जीन्दगीको गणित आजसम्म पनि त्रुटीपूर्ण छ । हो, त्यही सच्याउन चाहन्छु म अब । जानी जानी हेरिएकाहरु, संयोगले देखिएकाहरु क्रमशः सम्झनाको संग्रहबाट हराउँदै गए, बिलाउँदै गए ।
जीन्दगीका पानाहरु क्रमशः पल्टिँदै जान्छ । सम्बन्धका अध्यायहरु ती पानाहरुसँगै टुङ्गिदै जान्छन् । तर पाठक भने अझै अघिल्ला पानाहरु पल्टाइरहन्छ । स्वभावैले केही अध्यायहरु मेरा पनि लेखिए होलान् । म त्यसो हुँदै भएन भनेर जबर्जस्ती झुठ ओकल्न पनि सक्दिन तिमीसँग । कारण, म तिमीलाई प्रेम गर्छु । र प्रेम गर्ने मान्छेसँग केही लुकाउन खोज्नु किमार्थ उचित होईन भन्ने राम्ररी थाहा छ मलाई ।
आज तिमीलाई जस्तै हिजो अरुलाई पनि धेरथोर मन पराएँ हुँला मैले । सायद उनीहरुको सौन्दर्यतामा आकर्षित भएँ हुँला म । र त आज भन्दैछु, ती केवल आकर्षण मात्रै थिए, आँखाको । तर आज तिमी सबैभन्दा राम्री नभए पनि म तिमीलाई रुचाईरहेछु । मलाई लाग्दैछ, यो पक्कै पनि प्रेम हो, मन पराएको मात्रै होईन । मन पराउन त बजारमा बेच्न राखेको फूललाई पनि सकिन्छ । तर त्यो प्रेम चाहीँ हुँदैन । त्यो फूल हार्दिकताका साथ जसलाई दिइन्छ त्यो चाहीँ प्रेम हो क्यारे बरु ।
म त एक्लै अघि बढिरहेको मान्छे । व्यक्तिगत स्वतन्त्रताको परिधिहरुमा मनमौजी आफैलाई डुलाईरहेको मान्छे । फेरी पनि मेरो वैयक्तिक स्वतन्त्रतामा तिम्रो निर्दोषपनाले खै कसोरी हस्तक्षेप ग¥यो, मैले पत्तै पाईनँ । सँधै सोँच्थेँ, म प्रेम शुन्य मान्छे । नारी अस्ताएको मेरो जीवनमा प्रेम एक्कासी उदाउला भन्ने मैले कल्पना समेत गरेको थिइनँ ।
प्रेम शब्द मलाई अनुत्पादक लाग्थ्यो, वहुलट्ठीपन लाग्थ्यो, अझ प्रष्ट भनुँ ?, वाहियात लाग्थ्यो । लाग्थ्यो, म त ढुंगा भइसकेँ, बाहिर भिज्छु मात्रै, भित्र गल्दिनँ । तर अचेल भित्र पनि गल्दैछु की भन्ने अनुभुत भइरहेछ मलाई । युद्ध पिपासु रोमन सम्राट क्लाउडियस जस्तै प्रेमलाई घृणा गर्थेँ म । तर खै कसोरी हो, म त आफ्नै विचारहरुबाट स्खलित भइसकेछु । अडानहरुबाट च्यूत भइसकेछु अनि ढिपीहरुबाट वहिर्गमित भइसकेछु । समग्रमा समयले मलाई यस्तो मोडमा ल्याएर उभ्याइदियो, जहाँ आफ्ना संशोधित विचारहरुको भारी बोकेर आत्मसमर्पणकारी भावमा म निर्लज्ज भनिरहेछु — म तिमीलाई प्रेम गर्छु । हो प्रेम गर्छु म तिमीसँग ।
हुन त अनुहारमा आँखी भौँ नभएपनि हुन्छ । तर आँखी भौँ बिनाको त्यो अनुहार अत्यन्तै कुरुप देखिन्छ । तिमी पनि त्यस्तै हौ मेरो लागि । म के भन्दैछु भने, तिमी अपरिहार्य आवश्यकता होईनौ मेरो । अझ सजिलोसँग भन्छु तिमीलाई, म अधिकांश प्रेमीहरु आफ्ना प्रेमिकालाई भने जस्तै “तिमी बिना बाँच्न सक्दिनँ” भनेर भन्दिनँ ।
किनकी म तिमी बिना पनि मज्जैले बाँच्न सक्छु । अहिलेसम्म तिमी बिना बाँचिरहेको छु भने, अब अगाडी चाहीँ सक्दिनँ भनेर किन झुठ बोलुँ म रु तर तिमी सहितको जीवन अझै सुन्दर हुनेछ भन्ने मात्रै हो मेरो ढिपी । मान्छे स्वार्थी हुन्छ, म पनि ती नै मान्छेहरुमध्येको एक न हुँ, सकेसम्म जीवन सोँचे जस्तै होस् भन्ने चाहना राख्नु स्वभाविक नै त हो नि ।
म तिमीलाई प्रेम गर्छु । औधी माया गर्छु तिमीलाई । मान्छेहरु किन एकअर्कालाई प्रेम गर्छन, त्यो त एकिन साथ भन्न सक्दिनँ म । तर म भने यसकारण तिमीलाई प्रेम गर्छु की, म पनि उस्तै प्रेमको अपेक्षा गर्छु तिमीबाट । मैले तिमीलाई माया गर्छु भने तिमीले पनि मलाई माया गर्नुपर्छ भन्ने मान्यता हो मेरो । होईन भने एकोहोरो गरिरहनुको के अर्थ । यदि तिमीले पनि मैले जस्तै माया गरिनौ भने, मलाई नै थाहा छैन, म यसरी नै तिमीलाई माया गरिरहन सक्छु की सक्दीन भन्ने ।
सायद जानी जानी पनि गर्दिनँ हुँला जस्तो लाग्छ मलाई त । तिमीलाई सुन्दा अचम्म पनि लाग्ला, तर सत्य यही हो की, म यो सँसारमा सबैभन्दा बढी आफैलाई माया गर्छु । मैले तिमीलाई प्रेम गर्नुको चुरो कारण पनि यही नै हो । मलाई तिम्रो प्रेमको आवश्यकता छ, त्यसैले म पनि तिमीलाई प्रेम गर्छु । यसलाई प्रेम विनिमय पनि भन्न सक्छौ तिमी, मेरो त्यसमा कुनै आपत्ति रहने छैन ।
म तिमीसँग प्रेम गर्छु, मिल्छ भने तिमी पनि मसँग प्रेम गर । तर यसको अर्थ यो होईन की, तिमीले म सँगै विवाह गर्नुपर्छ । अहँ हुँदै होईन यो । म अहिले तिमीसँग, मात्र.........प्रेमको याचना गरिरहेको छु, विवाहको होईन । प्रेम र विवाह भनेका नितान्त भिन्दा भिन्दै क्रियाकलापहरु हुन् । प्रेम सम्बन्ध विवाहमा रुपान्तरण हुनैपर्छ भन्ने रुढ मान्यताप्रति मेरो शतप्रतिशत असहमति छ । यदि प्रेम सँधै उत्तिकै उचाईमा रहिरहोस् भन्ने हो भने त त्यो प्रेम सम्बन्ध विवाहमा परिणत हुनै हुँदैन भन्ने हो मेरो दृष्टिकोण ।
त्यो कसरी भने, हिजोको प्रेमी प्रेमिका विवाहको भोलीपल्टबाट एक्कासी श्रीमान श्रीमतीमा परिवर्तन हुन पुग्छन् । त्यतिबेला त्यो सम्बन्धको अर्थ मात्रै फेरिएको हुँदैन, तमाम बोझहरु पनि थपिएका हुन्छन् जीन्दगीमा । जसले गर्दा घर गृहस्थीले यसरी गाँज्छ की मान्छेलाई, उनीहरु हामी हिजो प्रेमी प्रेमिका थियौँ भनेर पनि भुलिदिन्छन् ।
तर यदि त्यो प्रेम सम्बन्धमा विवाह हुन सकेन भने उनीहरुको साइनो पूर्व प्रेमी र पूर्व प्रेमिका नै भएर रहेको हुन्छ । यो साइनोमा पूर्व भन्ने शब्दसँगै प्रेमी र प्रेमिका यथावत हुनु संयोग मात्रै होईन, त्यो एक किसिमले संकेत पनि हो, अझै प्रेम जीवित छ भन्ने । यसो भन्नुको अर्थ जानाजान प्रेममा घात गर्नुपर्छ, धोका दिनुपर्छ पनि भनिरहेको छैन म ।
ओशो भन्छन्, यदि तिमी फूलसँग प्रेम गर्छौ भने त्यसलाई नटिप, बोटमै छोडिदेउ, फुलिरहन देउ । किनकी तिमीले चुँड्यौ भने त्यो मर्नेछ । तिमीले फूलेको फूलसँग प्रेम गरेका हौ, तर चुँडिएपछि त्यो कहाँ फुलिरहन सक्छ र तिमी प्रेम गर्छौ । अत प्रेम भनेको कब्जा गर्नु अथवा हासिल गर्नु होईन, बरु यो त सम्मान गर्नु हो, बढोत्तरी गर्नु हो । फुलको फुल्ने क्षमतालाई सम्मान गर्नु प्रेम हो, यसो गर्दा त्यो फूलिरहन पनि पाउँछ । तर प्रेमको वाहानामा त्यसलाई चुँडियो भने, त्यसको अस्तित्व उसैबखत मेटिन्छ ।
चर्चित साहित्यकार एवम् चलचित्र निर्देशक गुलजार र कलाकार राखी बीच प्रेम भयो । त्यसो राखी विवाहित थिइन् । फेरी पनि गुलजारसँगको प्रेमलाई अगाडी बढाइन् । पछि विवाह पनि गरिन् उनैसँग । विवाहपछि गुलजार राखीलाई चलचित्रबाट अलग्याएर घरमै राख्न चाहन्थे तर राखी चर्चित भइसकेकीले त्यो स्वीकारिनन् । एउटा छोरी जन्मिएको केही समयपछि उनले गुलजारसँग विद्रोह गरेर चलचित्रमा काम गर्न थालिन् । दुवैमा मतभेद भयो र उनीहरु छुट्टै बस्न थाले । तै पनि उनीहरुको प्रेम बिग्रिएन ।
श्रीमान श्रीमतीबाट प्रेमी प्रेमिका मात्रै भए उनीहरु । प्रेमी र प्रेमिका कै हैसियतमा अझै पनि उनीहरु एकअर्कालाई भेटिरहन्छन् । दुवै प्रेमी प्रेमिका झैँ एक अर्कासँग उस्तै गहिरो प्रेम गर्थे, आज पनि गर्छन । तर सँगै बस्दैनन् । विवाहले एक अर्काप्रति हस्तक्षेपकारी भावना विकास गर्छ र त्यसैको कारण प्रेम ओझेलमा पर्दै जान्छ भन्ने बलियो उदाहरण हो उनीहरुको सम्बन्ध ।
फेरी पनि म जोड दिएर भन्दैछु, म प्रेम मात्रै गर्न खोज्दैछु तिमीसँग, विवाह होईन । मलाई विवाहमा त्यति धेरै विश्वास पनि छैन । मलाई थाहा छ म अलि उग्र कुरा गरिरहेछु । तिमी यसलाई अराजक प्रेम पनि भनौला । तर मेरो ध्येय यत्ति हो की, म आजीवन तिमीसँगको प्रेम अनुभुत गरिरहन चाहन्छु । हो, त्यस्तै खालको प्रेम गर्न चाहन्छु म तिमीसँग । मैले यसो भनिरहँदा फेरी तिमी मेरो प्रेमलाई फगत वासनाले प्रेरित भनेर पनि आशंका गरौला । तर त्यसो होईन, म त तिमीलाई नभेटेरै पनि तिमीसँग प्रेम गरिरहन चाहन्छु । चलनचल्तीको प्रेम भन्दा अर्कै खाले प्रेम गर्न चाहन्छु म तिमीलाई ।
तिम्रो सम्पर्कमा आउनु अगाडी मैले आफ्नै मनलाई पनि चिनेको रहेनछु । मान्छे कत्तिपटक आफैलाई पढ्न नजानेर जीन्दगीको परीक्षामा लगातार अनुत्तीर्ण भइरहन्छ । तर तिमीले मलाई त्यो हुनबाट जोगायौ । आफैसँग आफैलाई परिचित गराइदियौ । म सँग पनि एउटा औषत मन रहेछ अनि त्यसले प्रेम गर्नसक्ने सामथ्र्य पनि राख्दोरहेछ भन्ने तिम्रै कारण थाहा पाएँ मैले । यसैकारण प्रेम गर्छु म तिमीसँग । एक थुङ्गा रातो गुलाबमा व्यक्त गरिनेभन्दा कत्ति हो कत्ति प्रेम गर्छु म तिमीलाई ।
हुन त “म तिमीलाई प्रेम गर्छु” भन्ने वाक्य, प्रश्न जस्तो छैन । फेरी पनि जवाफको अपेक्षा चाहीँ गरिरहन्छ यसले । त्यस्तै अपेक्षा सहित ओझेल पर्छु ।
तिमीलाई प्रेम गर्नेहरुमध्येको एक
महावीर विश्वकर्मा
(एउटा मान्छे)
काठमाण्डु-पोखरा रेलमार्ग निर्माण सम्बन्धमा अध्ययन गर्न चीनको कम्पनी नेपालमा
काठमाण्डु–पोखरा १७१ किमी विद्युतीय रेलमार्ग निर्माण सम्बन्धमा चीनको सरकारी कम्पनीले सम्भाव्यता अध्ययन गर्ने भएको छ । चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसँग भेट गरी शुक्रबारदेखि सम्भाव्यता अध्ययन गर्ने जानकारी गराएको हो । तीन महिनामा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाइने सो अवसरमा जानकारी गराएको मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख विष्णुओम वादेले जानकारी दिनुभयो । काठमाण्डौको टोखाबाट गल्छी–कुरिन्टार–आँबुखैरेनी–डुमे्र–दमौली–दुलगौँडा हुँदै पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन हुन लागेको हो । ‘२४ स्थानमा गरी ६१ किमी सुरुङसहितको १७१ किमी रेलमार्गको सम्भाव्यता अध्ययन शुक्रबारदेखि चीनको सरकारी कम्पनीले सुरु गर्दैछ, रेलमार्गमा ३४ वटा पुल हुनेछ, १६.८ किमीको पुल निर्माण गर्नुपर्ने देखिएको छ’–रेल विभागका महानिर्देशक अनन्त आचार्यले भबताउनुभयो।प्रदीप गिरी र रामेश्वर खनाल पनि बाबुरामको नयाँ शक्तिमा, कलाकार सरोज खनाल पनि नयाँ शक्ति अभियान कै पक्षमा
कमल थापाको टोलीले बेइजिङमा उर्जा बाहेक अन्य व्यापार सम्झौता गर्ने
दक्षिणको छिमेकी भारतले नाकाबन्दी खुलाउन आलटाल गरिरहेका बेला सरकारले चीनसँग व्यापार सम्झौताका लागि उच्चस्तरीय टोली बेइजिङ पठाउने भएको छ । चीनसँग इन्धन लगायतका अन्य व्यापार सम्झौताका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ पठाउन लागिएको स्रोतले जनाएको छ । यहि पुस ८ गते बुधबार अर्थात २३ डिसेम्बरमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ जाने तयारी भएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले उच्चस्तरीय प्रतिनिधि मण्डल चीन जान लागेको स्वीकार गर्नुभयो । रिमालले सरकारका एक बरिष्ठ मन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल ब्यापार सम्झौताको लागि बेइजिङ जाने बताउनुभयो । सम्भवतः त्यसको नेतृत्व उप तथा परराष्ट्रमन्त्रीले गर्नुहुनेछ ।’ प्रतिनिधि मण्डलले चीनसँगको व्यापारका बिभिन्न सम्झौता गर्ने उहाले बताउनुभयो । ‘अब सही अर्थमा हाम्रो देशको व्यापार विविधिकरण गर्ने प्रक्रिया शुरु भएको छ’ रिमालले ‘चीनसँग हामीले विभिन्न चरणका छलफलपछि उच्चस्तरीय प्रतिनिमिण्डल जान लागेको बताउनुभयो ।’ टोलीमा अर्थ, वाणिज्य तथा आपूर्ति, कानुन मन्त्रालय लगायतका सम्बद्ध निकायका उच्च अधिकारीहरु सहभागी रहनेछन् । यो प्रतिनिधि मण्डलले उर्जा सम्बन्धी सम्झौता भने चीनसँग गर्ने छैन ।लालपुर्जा नहुँदा भूकम्पपीडित दलित बस्तीका ५२ परिवार राहतबाट वञ्चित
संस्कृतीको नाममा “कटुवाले प्रथा” कायमै
अचेल गाँउगाँउमा मोवाईलदेखी ईन्टरनेट चलाउनेको सख्या दिनप्रतिदिन बढ्दैछ । यूवादेखी वृद्ध÷वृद्धा सवैको हातहातमा मोवाईलमै ब्यस्त भईरहेको हाम्रो गाँउघरमा संचार नहुँदा प्रयोग गरिने कटुवाले प्रथा हिजो आजसम्म पनि कायमै रहेको छ । पुर्खादेखि नै गाँउघरहरुमा चल्दै आएको कटुवाले प्रथा निरन्तर चलिरहेको बाँसी गाविस सचिव विष्णुप्रसाद जैसीले बताउनुहुन्छ । अहिले पनि बाँसी लगायतका गाविसहरुमा केही कार्यक्रम वा नयाँ खाले जानकारीहरु भए दमाह बजाँएर कटुवालेले सवैले सुन्ने गरी डाँडाँबाट सवैलाई एकैसाथ ठुलो आवाजमा बोल्ने गर्दछ । बाँसी गाविसमा कटुवाले प्रथा चलाईरहेका कटुवाले भिमे कार्मी। बाँसी गाविसमा कटुवाले प्रथा चलाईरहेका कटुवाले भिमे कार्मी। फोनरईन्टरनेट मानिसहरुका हातहातमा भएपनि कटुवालेले बोलेझै प्रभावकारी नहुँने बाँसीका स्थानीय रमेश दशैंदींले बताउनुभयो । कहिले फोन लाग्दैन् लागे पनि ब्यत्तिपिच्छे गर्दा पैसा खर्च उस्तै हुन्छ । “दशौदीले भन्नुहन्छ, एकै पटक गाँउभरका मानिसहरु कहाँ केके भएको छ र नयाँनयाँ खवर के छ भनेर सजिलै थाहा पाउँछन् ।” बावु रतन कार्मी बुढो भएपछि कलिलै उमेरदेखी बाँसी र आसपास कटुवालेका रुपमा काम गरेका बाँसी – ६ भैरवस्थानका भिमे कामी ५२ वर्षका हुनुभयो । पंञ्चायतकालबाटै कटुवालेका रुपमा काम गर्नुभएका भिमे कामी अहिलेसम्म पनि दमाह बजाँउदै बाँसीका अग्ला अग्ला डाँडाँहरु सवैलाई एकै साथ सुचना दिने गर्दछन् । विगतमा कटुवालेको प्रभावकारी भुमीका हेरेर गाँउभरिका घरहरुबाट मानारपाथीका दरले सिर्जन अनुसारको अन्नहरु उठाएर दिने परम्परा अँझै पनि कायम रहेको कटुवाले कामीले बताउनुभयो । गाँउघरमा नयाँनयाँ सुचनाका प्रविधिहरु आएपनि कटुवाले प्रथा प्रभावकारी रुपमा लिईन्छ । “कटुवाले भिमे कामीले भन्नुभयो, पहिले कटुवाले गर्दा माना÷पाथी मात्र पाईन्थ्यो अहिले सवै मिलेर तलव समेतको ब्यवस्था गरेका छन् ।” दिउँसो कम सुन्ने भएकाले उहाले विहान र बेलुका डाँडाँमा गएर सवैलाई सुचना दिने गर्नुहुन्छ । उहाले गाविसदेखी स्वास्थ्य र वन समितिका भेला तथा अन्य कार्यक्रमहरुको बारे सुचना दिने गर्नुहुन्छ । बाँहुनडाँडाँ, रोकाडाँडाँ, उच्चमावि, सवकोट, खम्व डाँडाँ, पारुलीआवत लगायतका स्थानबाट कार्मीले कटुवाले गर्नुहुन्छ । उहाले गाविसका विभिन्न ठाँउबाट बोलेको सुचना आसपासका गाविसदेखी नारायण नगरपालिकाको २ नम्वर वडामा समेत सुनिने बताउनुभयो । उहालाई कटुवाले गरे वापत गाँउ परिषदबाटै २ हजार, स्वास्थ्य चौकीबाट १ हजार र वन समितिले ५० रुपैँया मासिक दिने समेत ब्यवस्था मिलाईएको छ ।दैलेखमा बाल विवाहसम्वन्धी तथ्यांक
बालविवाहले महिलाको स्वास्थ्यलाई अत्यन्तै प्रतिकूल प्रभाव पारेको छ, यो कुरा जनसंख्याको तथ्यांक केलाउदा थाहा पाउछौैं । जिल्लाको कुल जनसंख्या २,६१,७७० मा १,२६,९९० पुरुष र १,३४,७८० महिला छन् । त्यो जनसंख्याको ३२ दशमलव २५ प्रतिशतले २० वर्ष नपुग्दै विवाह गर्छन । कानूनी भाषामा त्यसलाई बाल विबाह भनिन्छ, बाल विवाह गर्ने पुरुष २९,७३४ र बाल विवाह गर्ने महिला झण्डै दोब्बरको संख्यामा ५४,७९० जना छन् । तथ्यांक विभागले प्रकाशित गरेको विवरण अनुसार २९,३९३ ले १९ वर्ष उमेर नपुग्दै बच्चा जन्माउने गरेका छन् । कुल जनसंख्याको ११ दशमलव २३ प्रतिशत ओगटेको त्यो संख्या मध्ये १३,७८९ ले त यो अवधिमा २ बच्चा जन्माइसकेको पाइएको छ । राष्ट्रिय जनगणना २०६८ ले लिएको तथ्यांक विवरणमा दैलेखमा १० वर्ष नपुग्दै ८९४ जनाले विवाह गरेका उल्लेख छ । त्यो उमेर विवाह गर्ने पुरुष १६३ र महिला ७३१ जना छन् । त्यसपछि १०–१४ वर्ष उमेरमा १३,३६४ ले विवाह गरी सकेका हुन्छन्, यी मध्ये २८११ पुरुष र १०५५३ महिला छन् । सोही तथ्यांक अनुसार १५र१९ वर्षको उमेर विवाह गरी सकेकाहरु ७०,१६६ जना परेका छन् । त्यो उमेरमा विवाह गर्ने पुरुष २६,७६० र महिला ४३,४०६ भएको देखिएको छ । यसरी तथ्यांक केलाउदा २० वर्ष नपुग्दै विवाह गर्ने जनसंख्याको ८४,४२४ जना अथवा ३२ दशमलव २५ प्रतिशतले बाल विवाह गरेका आफैले विवरण दिएका छन् । कानूनले २० वर्ष नपुग्दै विवाह गर्नु बाल विवाह मानिन्छ ।नेपाल टेलिकमले ल्यायो रिचार्ज बोनस अफर, मोवाईलमा रिचार्ज नै हुदैन
पृथ्वी संकटमा पर्दै गएको भनिएको समयमा आयो अर्को ठूलो खवर ्र पृथ्वी भन्दा डेढ गुना ठूलो ग्रह भेटियो
स्वीडेन र मेक्सिककोका बैज्ञानिकहरुले सौर्य मण्डलमा पृथ्वी भन्दा ठूलो आकारको ग्रह पत्ता लगाएको दावी गरेका छन् ।सौर्य मण्डलको छेउँमा उक्त विशाल पिण्ड यस अघि कहिले पनि नदेखिएको उनीहरुको दावी छ । अल्फा सेन्टाउरी तारा पुञ्ज नजिकै उक्त ग्रह अवस्थित रहेको हुन सक्ने उनीहरुको भनाइ छ ।प्रारम्भिक अनुसन्धन पछि बैज्ञानिकहरुले सार्वजनिक गरेको कागजातले अल्फा सेन्टाउरी तारा पुञ्ज नजिकै पृथ्वी भन्दा ठूलो आकारको पिण्ड देखा परेको र यस अघि यो नदेखिएको उल्लेख गरेका छन् ।यो पिण्ड सौर्य प्रणालीकै अंग भएको उनीहरुको भनाइ छ । विशाल चट्टान पृथ्वीमा ठोकिँदै, संसारकै अन्त्य हुन सक्ने खगोलविदको दावी ्र नेपाल सन्देश बाट ।विवादीत पूर्व मन्त्री पराजुलीको अर्को कारनामा, अख्तियारले असुल्यो २ लाख ६० हजार
मानव वेचविखनका घटना बढ्दै, प्रहरीद्धारा ८ युवतीको उद्धार
विश्वमा यस्तो देश छ जहाँका मानिसले सय वर्षपछि बल्ल घाम देख्न पाए, घाम ताप्नेको घुइँचो
नर्बेको जुकानका मानिसहरुले १ सय वर्ष पछि बल्ल घाम देख्न पाएका छन् । नर्बेको जुकानमा चारैतर्फबाट पहाडले घेरिएका कारण त्यहाँ कहिल्यै पनि घाम लाग्दैन । कैंयौं मानिसको त घाम नदेखेर जिबन बितिसकेको छ । त्यहाका मानिसहरुले घाम देख्न नपाएको सय वर्ष भन्दा बढि भएको जनाइएको छ । तर एक इन्जिनियरको टोलीले स्वालार पाइप मार्फत त्यस क्षेत्रमा सूर्यको प्रकाश ल्याएका हुन् । इन्जिनियरहरुले सोलर प्यालन जोडेर कम्युटरको माध्यामद्धारा सुर्यलाई त्यस स्थानमा पारेका छन । घाम देखिन थालेपछि त्यस स्थानमा मानिसहरुको घाम ताप्न आज भोली भिड लाग्ने गरेको छ ।मधेसी मोर्चा र भारतबीच यसरी सुरुभयो लफडा, भारतले रणनीति फेरेपछि मोर्चामा मारामार
भारतले चारबुँदे रोडम्यापमा आधारीत भएर सहमति गर्न आन्दोलनरत मधेसी मोर्चालाई दवाव दिएपछि मोर्चा समस्यामा परेको छ । मधेसी मोर्चाका नेताहरुले दिल्ली जानु गल्ती भएको बताउन समेत थालेका छन् । परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणका बेला प्रस्तुत गरेको रोडम्यापकै आधारमा अघि बढ्न भारतले मोर्चालाई दवाव दिएको छ । भारतको यस्तो आग्रह पछि मोर्चामा समस्या देखिएको छ । भारतले सीमांकनको मुद्दा तीन महिना भित्र समाधान गर्नकालागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउउने र संयन्त्रको सुझाव जस्ताको तस्तै संसदबाट पारित गर्ने व्यवस्था गर्नेगरि सरकारले दिएको रोडम्याप नै मोर्चालाई मान्न बाध्य पार्ने रणनीति लिएको छ । तर, मोर्चाले संघीयताको सीमांकनकै लागि भन्दै यती कडा आन्दोलन उचालेका हुन् । यसकारण पनि मोर्चामा समस्या आएको हो । उस्ले सीमा नाका अबरोध गर्ने आन्दोलनलाई कडा पार्ने तयारी गरिरहेका बेला भारतले भने सीमा नाका खुकुलो पार्ने तयारी गरिरहेको छ र यसकै प्रमाण स्वरुप वीरगञ्ज बाहेकका नाका सहज बन्दै गएको छ । मोर्चा र भारतकै बीचमा नाका खोल्ने वा रोक्ने भन्ने विषयमा विवाद बढ्ने अवस्था आएको छ । मोर्चाले भनेअनुसार भारत पर्खने अवस्थामा देखिदैन ।भारतीय च्यानल बन्द नगरेको भन्दै विप्लव माओवादीले गर्यो डिसहोममा बम आक्रमण
विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले डिसहोमको अर्थ स्टेशनमा पेट्रोलबम प्रहार गरेका छन् । आज विहान माओवादीका कार्यकर्ताल डिसहोमको ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनमा बम प्रहार गरेका हुन् । विहानै आधा दर्जनको संख्यामा रहेका माओवादी कार्यकर्ता भैसेपाटीस्थित डिस होमको कार्यलयमा पुगेका थिए । विप्लव नेतृत्वको माओवादीका प्रवत्ता खड्गबहादुर विश्वकर्माले घटना आफूहरुले घटाएको स्विकार गर्नुभएको छ । उहाले भारतीय च्यानल बन्द गर्न बारम्बार आग्रह गर्दा समेत अटेर गरेका कारण डिसहोमलाई कारवाही गरिएको बताउनुभयो । विश्वकर्माले डिसहोमले अझै अटेर गरे यो भन्दा ठूलो कारबाही भोग्न डिसहोमलाई चेतावनी समेत दिनुभयो । बम प्रहारपछि डिस होमको प्रसारण बन्द भएको छ । डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले टेलिभिजन प्रसारण बन्द भएको र वैकल्पिक उपायमार्फत पुनः प्रसारणको तयारी भइरहेको बताउनुभयो । भारतले गरेको अघोषित नाकाबन्दी सँगै विप्लव नेतृत्वको नेकपा माओवादीले भारतीय टिभी च्यानल र फिल्म नचलाउन केबुल अपरेटर, डिसहोम तथा फिल्महलहरुलाई पत्र काटेको थियो ।क्याम्पस निर्माण गर्नका लागी धार्मिक महोत्सवको आयोजना, एकै जनाले गरे ५१ लाख दान
दैलेखको नौमुलेमा क्याम्पस संचालनार्थ गरिएको धार्मिक महोत्सवमा तोली – ५ भुर्सु नौमुलेका स्थानीय ८० वर्षीय नन्दराम प्याकुरेलले ५१ लाख रुपैँयाको जग्गा दान गर्नुभएको छ । धार्मिक महोत्सवको अन्तिम दिन बुधबार जग्गादान दाता प्याकुरेलले नौमुलेबजारमै रहेको चल्तीको ५१ लाख मुल्य पर्ने जग्गा दान गर्नुभएको हो । द्वन्द्वमा बढी प्रभावित भएको दैलेखको नौमुलेमा विकासको ढोका खोलिरहेको अवस्थामा आफुले सहयोग गर्न पाउँदा खुसी भएको जग्गादान दाता प्याकुरेलले बताउनुहुन्छ । बुढेस्कालमा परोपकारी काममा सहयोग गर्न पाउँदा मनैदेखी खुसी छु जग्गादानदाता नन्दराम प्याकुरेलले भन्नुभयो , पैसा नै दिने सोच बनाएको थिए तर, आयोजकले पैसाबरावरको जग्गाको प्रस्ताव आएपछि जग्गा दिएको हो । प्याकुरेलले भन्नुभयो , सम्पत्ति धेरै छ । आफ्नो सन्तान छैनन् । त्यसैले सवै मेरालागि बालबच्चा नै सोचेर क्यापसमा जग्गा दान गरेको हुँ। ७ दिनदेखी गरिएको धार्मिक महोत्वसमा २ करोड ५० लाख बरावर चलअचल सम्पती संकलन भएको महोत्सवका संयोजक सन्तबहादुर चन्दले बताउनुभयो । ुहामीलाई सवै क्षेत्रबाट राम्रो सहयोग भयो । सवैभन्दा पहिले दिने दातामा कुलबहादुर वि कले २१ हजारबाट सुरु भयो,ु चन्दले भने, त्यसपछि मध्यपश्चिम मै सवैभन्दा बढी दान गर्ने नौमुलेमै हुनुभयो । उहाँले दान गरेको जग्गा अहिले बिक्री गर्दासमेत ५१ लाख बढी नै हुन्छ । क्याम्पस नहुँदा आफ्ना छोराछोरीले सदरमुकाम पुगेर पढ्नुपर्ने बाध्यता रहेको भन्दै यहाँका स्थानीयले ५ हजारदेखि १ लाख ६१ हजार रुपैँयासम्म दान गरेको आयोजकले जनाएको छ ।पिउन पानी नपाउने समस्या ज्यूका त्यू अव गाउले मुहार फर्ने, सौर्य उर्जा प्रणालीबाट खानेपानी योजना बन्दै
दैलेखको दुल्लु नगरपालिका वडा नं २ वडापोखरामा सौर्य उर्जा प्रणालीवाट खानेपानी योजना संचालनमा भएको छ । सौर्य प्रबिधिमा आधारित खानेपानी योजना संचालन हुने भएपछि एक घण्टा भन्दा तल झरेर पानी ओसार्ने कष्ट झेल्दै आएका नाउले कटुवाल गा.वि.स. हाल दुल्लु नगरपालिकावार्ड नं २ वडापोखरा माथिगाऊ लगायतका वासिन्दाहरु घर आगन मै खानेपानी पुग्ने देखेर खुसी भएका छन । विगत लामो समय देखि अग्लो डांडामा कहीकतै वाट पानी ल्याउन नसकेका कारण यहाँका वासिन्दा यस गाउँमा कुनै पनि पाइप प्रणालीवाट पानी आउला भन्ने चिताएकै थिएनन् । २ बर्ष अगाडी तत्कालिन गा.वि.स परिषदले गरेको निणर्य अनुसार जलउपयोग गुरुयोजना तयार गरी सौर्य लिप्ट प्रणालीको योजना कार्यान्वयन गर्ने निर्णय गरेसंगै यहाँका जनताको सफा पानी खाने चाहाना हालै मात्र पुरा हुन लागेको हो । “हामीले त लगभग यो डांडामा पानी विना बसीनसक्ने ठानेका थियौ तर हाल नगरपालिका र जलश्रोत व्यवस्थापन कार्यक्रम वामपी हेल्भेटासको सहयोग ले गर्दा यो सोलार लिप्ट खोपानी शुरु भयपछि गाउँका जनता सबैमा उत्साह थपिएको” बताउनुहुन्छ कडालपानी तुसारपानी सौर्य लिप्ट खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष लोक वहादुर थापा । उहाले “वषौको संघर्ष पछि यो योजनाले रमणीय हाम्रो वडापोखरा लाई झन रमणीय वनाइको छ” बताउनुभयो ।सरकारी कार्यालयमा ‘९० प्रतिशत घुस लेखनदासमार्फत हुन्छ’
सरकारी कार्यालयम लेखनदासमार्फत् ९० प्रतिशत घुस लिने–दिने हुने गरेको तथ्यांक राष्ट्रिय सर्तकर्ता केन्द्रले सार्वजनिक गरेको छ ।सर्तकता केन्द्रले सदरमुकाम खाँदबारीमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व बिषयक कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरेको हो । केन्द्रका प्रहरी उपरिक्षक निरञ्जन बिष्टका अनुसार केन्द्रले ३ दिन सदरमुकाममा गरेको अनुगमनबाट सेवाग्राहीले लेखनदास मार्फत घुस कर्मचारीलाई दिने गरेको पाइएको हो । बिष्टका अनुसार ८ प्रतिशत सेवाग्राहीले कर्मचारीलाई सोझै घुस दिने गरेका छन् । अन्य माध्यामबाट २ प्रतिशत घुस खाने गरिएको छ । २६ प्रतिशत सेवाग्राहीले समयमै काम नभएको, ४२ प्रतिशतले सेवाशुल्क दस्तुर उपयुक्त नभएको, ४६ प्रतिशतले सेवाप्रवाहमा असहजता भएको र ४२ प्रतिशत कर्मचारीको व्यवहार नराम्रो भएको तथ्यांकमा उल्लेख गरिएको छ । ७६ प्रतिशत सेवाग्राहीले सूचनाको हकबारे जानकारी नपाएको समेत बिष्टले बताए । सर्तकता केन्द्रका उपसचिव मनोजकुमार दाहाल र शाखा अधिकृत गेहेन्द्रराज भण्डारीले भ्रष्टाचार नियन्त्रणका लागि गरिएको प्रयासका बारेमा जानकारी गराएका थिए ।एक दिन ‘वास्तविक’ लोकगायक भएर आउनेछु: राजु परियार
लमजुङ जिल्लाको चिसापानीमा २०३६ साल असार १५ मा जन्मिएका राजु परियारले औपचारिक रुपमा २०५६ सालबाट गायन सुरु गर्नुभएको हो । काठमाडौं आएपछि पुकार दोहोरी साँझमा काम गर्ने अवसर पाएसँगै उहाको सांगीतिक करिअर सुरु भएको थियो । उहाका सुनपानी, रुमाल धोको छु, गर्नुगर्यौ बलराम भैंसी पालेर, लागुपाते नुग्यो भुँइतिर, झिमझिम सानु नझिम्क्याउ परेली, फुलमा मौरी डुल्ने बेलामा जस्ता गीतहरु चर्चित छन् । आफूलाई नेपाली संगीत इतिहासमै सबैभन्दा बढी गीत रेकर्ड गर्ने कलाकार भनि दाबी गर्ने परियारले एकै दिनमा १३ वटा गीतसम्म रेकर्ड गरेको अनुभव सुनाउनुहुन्छ । लोक गायन क्षेत्रकै नायकका रुपमा चिनिनुभएका परियार केही वर्ष पारिवारिक तनावका कारण अत्याधिक मदिरा सेवन गरि जेलसमेत बस्नुभयो भने केही वर्ष त उहा गुमनाम समेत रहनुभयो । हाल आएर उहा स्टुडियो र विभिन्न कार्यक्रममा झल्याकझुलुक देखिन थाल्नुभएको छ । पछिल्लो समय मन्जु पौडेलसँग उहाले गाएको ‘सुपारीको तल्तल्ले ’ बोलको गीत चर्चामा समेत रहेको छ । सांगीतिक क्षेत्रमा सक्रिय ढंगबाट लाग्ने बताउँदै आएका राजु परियारसँग गरिएको कुराकानीस्टार नभएको अभिनेता दयाहाङ राईको खनाई
पछिल्लो समयका व्यस्त तथा सफल अभिनेता दयाहाङ राईले आफू स्टार नभएको बताउनुएको छ। उहाले आफूले आफुूलाई कहिल्यै स्टार भएको अनुभुति नगरेको बताउनुभयो । स्टार भनेको आफूले सोच्ने नभई अरुले बोल्ने शब्द रहेको उहाको भनाई थियो । फिल्म क्षेत्रमा आउनु पहिले र अहिलेको व्यक्तिगत जीवनयापनमा खासै परिवर्तन नपाएको जिकिर गर्ने उहाले स्टार र स्टारडमको कुरा भनेको काममा निर्भर हुने र कामको मुल्याङ्कनपछि प्रयोग हुने शब्द रहेको ’कबड्डी कबड्डी’ अभिनेताको भनाई थियो । कसलाई स्टार र सुपरस्टार भनिन्छ त्यसको बारेमा केहि बोल्न नचाहेका दयाले सामान्य जीवनयापन नै आफ्नो सोख रहेको बताउनुभयो । सामाजिक कथाका फिल्मलाई महत्व दिने र सोही प्रकारको फिल्ममा अभिनयका सौखिन दयाले कुनै कार्यक्रममा सहभागि हुँदा तथा बाटोघाटोमा हिँड्दा भने फिल्म क्षेत्रमा आउनु पूर्वको समय र अहिलेको समयमा धेरै फरक पाएको बताउँहुन्छ । सपना एउटा सिङ्गो र शान्त नेपालको
लिङ्गको आधारमा म महिला हुँ, तर पुरुषलाई सम्मान गर्छु । जातले म बाहुन हुँ । समाजले मलाई बाहुन भन्ने जात दियो, तर म अरु जातका मान्छेलाई भेदभाव गर्दिन, गर्न चाहन्न। बाहुन भएपनि, दलित भएपनि सबै नेपाली मेरा आफन्त हुन। धर्मको आधारमा म आफूलाई कुनै धर्मको भन्न चाहन्न, तर मेरो परिवार हिन्दु हो । म हिन्दुको छोरी हुँ, तर सबै धर्मलाई म सम्मान गर्छु। म पहाडमा जन्मेकी हुँ, तर मलाई तराई र हिमाल पनि उत्तिकै प्यारो लाग्छ। जहिले हामी चेलिबेटी असुरक्षित थियौं, पुलिसहरु हाम्रो इज्जत बचाउन लागि परेका थिए। जहिले भूकम्पले हामी सबैलाई रुवाइरहेको थियो, आफ्नै परिवारमा दुख हुँदा हुँदै पुलिस आफ्नो ज्यान बाजी राखेर हाम्रो ज्यान बचाउन लागि लागि परेका थिए। जहिले कैलालीमा बाढी आयो, जुरेमा पहिरो आयो, नेपालका पुलिस आफ्नो ज्यानको मतलब नगरेर जनताको सेवामा लागिपरेका थिए। जहिले हाम्रो घरमा चोर आउथ्यो, मध्यरातमा पनि हाम्रो सेवामा खटिएका थिए। तर हामीले खै कस्ता नेता पाएछौं, उनीहरुले सोझा जनतालाइ उक्साएर हाम्रा वीर पुरुषहरुलाई गुमाउन बाध्य बनाए । जो हाम्रो सुरक्षामा खटिएका थिए, उनीहरु नै सुरक्षीत हुन सकेनन। अब हामीलाई पुग्यो । यो भन्दा धेरै सहन सक्दैनौं। घैटे मर्दा, चरी मर्दा सहिद घोषणा गर्नुपर्यो भन्दै थिए नेताहरु। तर हामी नागरिक मृतक सुरक्षाकर्मीलाई सहिद मान्छौ, हामी उनीहरुलाई सम्मान गर्छौं । हामी आफ्नो स्वार्थको लागि जनता लडाउने नेता चाहदैनौं, जनताको लागि लड्ने नेताको खाँचो छ । हामीले देखेको सुन्दर र शान्त नेपालको सपना आज भाइभाइमा काटमार गर्दै रणभूमी जस्तै भएको छ । हाम्रो देशमा यस्तो नेतृत्वको खाँचो छ जसले जात, धर्म, भाषा, लिंग इत्यादिको आधारमा भेदभाव नगरियोस । जहाँ हिमाल, पहाड तथा तराईका मान्छेले बराबर शान्तिको अनुभुति गर्न पाउन। हामीलाई जात, धर्म, भूगोलसँग हैन, एउटा सिङ्गो र शान्त नेपालसँग मतलब छ। के हिन्दु, के मुस्लिम, के मधेसी, के हिमाली, के पहाडी, जो जे जे भए पनि हामी नेपाल आमाका सन्तति नेपाली हौं र नेपाली हुनुमा गर्व गर्न चाहन्छौं ।रेडियो, एफ.एम. र टिभी प्रदेशको अधिकारमा किन जान हुँदैन
स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु
पत्रकार गोलेमाथि भएको आक्रमणप्रति महासंघको ध्यानाकर्षण
मनिषालाई वलात्कार गरि हत्या गर्नेहरु जेल परे
सुर्खेतको नेटा गाविस ७ कल्लेरीकी बालिका मनिषा रानामाथि सामूहिक वलात्कारपछि हत्या गर्ने तीन जनालाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतले उनीहरुलाई पूर्पक्षका लागि जेल चलान गर्ने फैशला सुनाएको हो । मंसिर १ गते कल्लेरीका १० वर्षिय मनिषामाथि कल्याण १ का पूर्णबहादुर ठाडा मगर, नेटा ७ कल्लेरीका खड्गबहादुर गाहा मगर र नेटा ५ का यामबहादुर राश्कोटीले सामूहिक वलात्कारपछि हत्या गरेका थिए । सामान लिनका लागि घरबाट पसलतर्फ गएकी मनिषा करिव एक किलोमिटर टाढा जंगलको खोल्सामा मृत अवस्थामा भेटिनुभएको थियो । मृत अवस्थामा रहेकी रानाको शरिरमा घाऊ भएकाले हत्याको आशंका गरिएको थियो ।पुरस्कारबाट म्यागीले सुर्खेतमै नमूना विद्यालय बनाउने
यस वर्षका ‘सीएनएन हिरो’ सुर्खेतमा नमूना विद्यालय बनाउनु हुने भएको छ । ‘सीएनएन हिरो’ म्यागी डोयनले आफूले पाएको एक हजार डलरको पुरस्कार राशीले सुर्खेतमा नमूना विद्यालय बनाउने घोषणा गर्नुभएको हो । अमेरिकामा पुरस्कार ग्रहण गरेर नेपाल फर्केकी डोयनले सीएनएन हिरोको उपाधि आफ्नो संस्था कोपिला भ्याली सेवा समाज र सम्पूर्ण नेपालीमा समर्पित गर्दै पुरस्कारको रकमबाट विद्यालय बनाउने घोषणा गर्नुभएको छ । डोयनले नेपालमा रहेर टुहुरा र अनाथ बच्चाहरुलाई असल नागरिक बनाउनु नै आफ्नो लक्ष्य रहेकोसमेत बताउनुभयो । ११ वर्षअघि भारतको ऋषिकेशस्थित बालआश्रममा स्वयंसेवा गर्ने क्रममा थुप्रै नेपाली बालबालिकाहरुसँग भेट भएपछि त्यहि संस्थामा कार्यरत टोपबहादुर मल्लको साथमा डोयन नेपाल आउनुभएको हो । पुरस्कार पाइसकेपछिको पहिलो भेटको अवसर पारि म्यागीको योगदानलाई नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष सूर्यमणी गौतमले प्रशंसा गर्नुभएको छ । नेपालमा बालबालिकाको दयनीय अवस्था देखेपछि मल्लसँग सहकार्य गर्दै कोपिला भ्याली सेवा समाज संस्था दर्ता गरी उहाँले सुर्खेतका टुहुरा र अनाथ बालबालिकाको हेरचाह गर्न थाल्नुभएको थियो । अहिले त्यो संस्थामा ५१ जना बालबालिकाले आश्रय लिइरहेका छन् भने समाजले खोलेको विद्यालयमा चार सयभन्दा बढी विद्यार्थीहरुले निःशुल्क अध्ययन गरिरहेका छन् ।यातायात क्षेत्रमा नयाँपन आउदै, पुस २ गतेदेखि स्मार्टकार्ड चालक अनुमतिपत्र प्रदान गरिने
यातायात क्षेत्रमा हुने अनियमितता र ढिलासुस्ती रोक्ने उद्देश्यले यातायात व्यवस्था विभागले लागू गरेको स्मार्टकार्ड चालक अनुमतिपत्र पुस २ गते बिहीबारदेखि वितरण हुने भएको छ । मङ्सिर २० गतेदेखि यो प्रणालीअनुसार तस्बिर खिचेर फारम भरी परीक्षा पास गरेकालाई पुस २ गतेदेखि स्मार्टकार्ड प्रविधिको चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका निर्देशक एवम् प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो । एसियाली विकास बैंकको सहयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रत्यक्ष निगरानीमा सञ्चालित सूचना तथा सञ्चार प्रविधि विकास आयोजनाको सहकार्यमा विभागले यो प्रणाली शुभारम्भ गरेको हो । विसं २०७० असोजदेखि काम सुरु गरेको आयोजनाको गृहकार्यपछि विभागले एक साता अगाडिबाट हस्तलिखित चालक अनुमतिपत्रका स्थानमा स्मार्टकार्ड वितरण प्रक्रिया सुरु गर्ने र पाँच वर्षभित्रमा हस्तलिखित अनुमति पत्रलाई विस्थापन गर्ने घोषणा गरेको थियो । स्मार्टकार्डका लागि भरिने फारम पनि अब अनलाइनबाटै भर्न सकिने व्यवस्था गरिएको छ, यसका लागि यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा केही संशोधन गर्नुपर्ने विभागले जनाएको छ । संशोधनको प्रक्रिया पनि अघि बढेको उहाँले जानकारी दिनुभयो वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट मङ्सिर २० देखि स्मार्टकार्ड चालक अनुमति पत्र वितरणका लागि प्रक्रिया सुरु भएको थियो । यसलाई छिटो अन्य कार्यालयमा पनि विस्तार गर्ने तयारी भएको बताइएको छ ।विशाल नेपाल नभए पनि बचेको नेपाल त जोगाऔं
![]() |
होब खड्का |
चीनबाट ३० वटा विद्युतीय बस आउँदै, २० वटा अनुदानमा, १० वटा खरीद गरिने
भारतको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ आयातमा भएको अबरोधले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रभावित भैरहेका बेला चीन सरकारले नेपाललाई अनुदानमा २० वटा विद्युतीय बस दिने भएको छ । आजभन्दा झण्डै ४० वर्षअघि नेपाललाई ट्रलीबस सहयोग गरेको चीनले दोस्रोपटक यी विद्युतीय सवारी दिन लागेको हो । हुन त पेट्रोलियमको अभावसंगै विद्युत प्रवाहमा समेत लामो समय कटौती गर्नु परिरहेको अवस्थामा ती बसहरु भने ब्याट्री बाट संचालन हुनेछन् । स्थानीय विकास मन्त्रालयमार्फत चीन सरकारले नेपाललाई काठमाडौं माहानगरपालिकालाई ती बसहरु दिन लागेको हो । अत्याधुनिक एवं ठूला इलेक्ट्रिक बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग हुनेछन् । बस सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न महानगरपालिकाको एक टोली चीन जाने तयारीमा छ । महानगरपालिकाले चीनसँग थप १० वटा विद्युतीय बस पनि खरिद गर्ने तयारी गरेको छ । किनिएका समेत गरी चीनबाट नेपालले ३० वटा विद्युतीय बस ल्याउनेछ ।खुला दिसामुक्त घोषणाको लगन जुर्यो, अथिती टुङ्गो भने लागेन
प्रेस चौतारी दैलेखको अध्यक्षमा : थापा
प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखको अध्यक्षमा पुस्कर थापा सर्वसम्मत चयन भएका छन् । शाखा दैलेखको तेस्रो अधिवेशनले थापासहित १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । नव गठिन कार्य समितिको उपाध्यक्षमा भरतराज अधिकारी, सचिवमा कमल शर्मा, सह–सचिव खगेन्द्र कार्की र कोषाध्यक्षमा अनु प्याकुरेल छन् । तीन वर्षे कार्यकाल रहने नयाँ कार्य समितिको सदस्यहरुमा उदयराज अधिकारी, खगेन्द्र राना, प्रेम विसुन्के, चन्द्रा बोहोरा, रमेश भट्टराई, भूमिका मल्ल, नरेश लामिछाने र मन्जु वि क छन् । नयाँ कार्य समितिलाई प्रेस चौतारी नेपालका मध्यपश्चिम उपाध्यक्ष सुरेन्द्र काफ्ले सहितको टोलीले सपथ खुवाएको थियो । अधिवेशनमा प्रेस चौतारी नेपाल भेरी अञ्चल इन्जार्ज वीर बहादुर गिरी, केन्द्रिय सचिव टिका विष्ट, अञ्चल कमिटी सदस्य दिपक बुढा लगायतको उपस्थिती रहेको थियो ।३० पुरिया ब्राउन सुगरसहित दुइ पक्राउ
जेनेटको गठन, अध्यक्षमा खत्री
पत्रकारीता क्षेत्रमा आर्कषण बढेसँगै सम्वादातालाई निरन्तर क्रियाशिल बनाउने उद्देश्यले “पत्रकार सञ्जाल सुर्खेत (जेनेट)”को सोमबार वीरेन्द्रनगरमा गठन गरिएको छ । जिल्लामा क्रियाशिल सम्वादाताहरुको भेलाले सञ्जालको अध्यक्षमा हाम्रो नयाँ नेपाल दैनिकका सम्वादाता यज्ञ खत्री, बरिष्ठ उपाध्यक्षमा जागरण एफएमका समाचार प्रस्तोता गोविन्द विश्वकर्मा (सुरज) चयन गरेको छ । त्यसैगरी, उपाध्यक्षमा जागरण एफएमका कार्यक्रम सञ्चालक टेकराज केसी, महा–सचिवमा राजेन्द्र खड्का उपमहा–सचिवमा लोकमञ्च दैनिकका सम्बादाता सविता जिसी र कोषाध्यक्षमा तुल्सी आचार्य चयन भएका छन् । जेनेटका साधारण सदस्यहरुमा सुर्खेत पहिचान दैनिकका सम्बादाता मदन विश्वकर्मा, यूग आह्वान दैनिकका सम्वादाता रचना बुढा, हाम्रो अखवार दैनिकका सम्वादाता जानकी शाही, काँक्रेविहार दैनिकका सम्वादाता डिलप्रसाद शर्मा, रेडियो सुर्खेत एफएमका सम्बाददाता पुष्प विसी, नवराज रोकाय, भेरी एफएमका सम्वादाता यूवराज पंगाली, बुलबुले एफएमका कार्यक्रम प्रस्तोता आइसिंह रोका मगर, जागरण एफएमका सम्बाददाता डिलु रावत चयन भएका छन् । पत्रकारहरुको संख्यामा बृद्धि भए पनि उनिहरुको क्षमता विकास तथा पत्रकारिता क्षेत्रमा निखार नआउको भन्दै सुर्खेतमा क्रियाशिल नयाँ पत्रकारहरुको संयुक्त पहलमा सञ्जाल गठन गरिएको अध्यक्ष खत्रीले बताउनुभयो । उहाले जिल्लाका सबै गाविसमा भए गरेका काममा पारदर्शी बनाउनका पत्रकारलाई क्रियाशिल बनाउने र क्षमता अभिबृद्धिका लागि विभिन्न तालिम, गोष्ठी, सेमिनार सञ्चालन गर्नु सञ्जालको पहिलो उदेश्य रहेको बताउनुभएको छ ।













