पुस १७, सुर्खेत – पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति निर्माणका अभियन्ता डा. बाबुराम भट्टराईले नयाँ शक्ति बैकल्पिक शक्ति भएको बताउनुभएको छ । अहिलेको पुस्ताले नयाँ सोच र समृद्धि चाहेको भन्दै त्यो सोच र बिचार पुराना पार्टीमा नभएकोले त्यसको विकल्प भएको बताउनुभएको हो । हिजो वीरेन्द्रनगरमा आयोजना गरिएको राष्ट्रिय स्वाधिनता र नयाँ शक्तिको आवश्यकता’ बिषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताउनुभएको हो । अब सबैले आर्थिक समृद्धिको राजनीतिक आवश्यक भएको र त्यसका लागि नयाँ सोच र नीतिको आवश्यक परेको भन्दै डा. भट्टराईले यो अभियान संचालन गरिएको बताउनुभयो । उहाले पुरानो पछि नयाँ आबश्यक हुने भन्दै सबै दल पुरानो भइसकेकोले नयाँ शक्तिको आवश्यकता भएको बताउनुभयो । दश वर्षको द्वन्दकालले गणतन्त्र र संविधान निर्मणा भएको र अब समृद्धि आवश्यक भएको भन्दै उहाले आर्थिक समृद्धिको मुद्धा सम्बोधनका लागि नयाँ शक्ति आवश्यक भएको बताउनुभयो ।प्रहरी मेरो बन्यो
चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र
बाच्ने मन छ जुनी-जुनी
गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा
मोदीको भिषा रेकर्ड फाईल
अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।
म. प. विश्वविद्यालयले पालुवा…
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा
दलित बालबालिकाको अवस्था
हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।
नयाँ शक्ति बैकल्पिक शक्तिः डा भट्टराई
पुस १७, सुर्खेत – पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति निर्माणका अभियन्ता डा. बाबुराम भट्टराईले नयाँ शक्ति बैकल्पिक शक्ति भएको बताउनुभएको छ । अहिलेको पुस्ताले नयाँ सोच र समृद्धि चाहेको भन्दै त्यो सोच र बिचार पुराना पार्टीमा नभएकोले त्यसको विकल्प भएको बताउनुभएको हो । हिजो वीरेन्द्रनगरमा आयोजना गरिएको राष्ट्रिय स्वाधिनता र नयाँ शक्तिको आवश्यकता’ बिषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताउनुभएको हो । अब सबैले आर्थिक समृद्धिको राजनीतिक आवश्यक भएको र त्यसका लागि नयाँ सोच र नीतिको आवश्यक परेको भन्दै डा. भट्टराईले यो अभियान संचालन गरिएको बताउनुभयो । उहाले पुरानो पछि नयाँ आबश्यक हुने भन्दै सबै दल पुरानो भइसकेकोले नयाँ शक्तिको आवश्यकता भएको बताउनुभयो । दश वर्षको द्वन्दकालले गणतन्त्र र संविधान निर्मणा भएको र अब समृद्धि आवश्यक भएको भन्दै उहाले आर्थिक समृद्धिको मुद्धा सम्बोधनका लागि नयाँ शक्ति आवश्यक भएको बताउनुभयो ।महिला किसानलाई निर्णय प्रक्रियामा पु¥याउन नेतृत्व दिनुपर्छ
पुस १७, सुर्खेत– महिला किसानहरुलाई निर्णय प्रक्रियामा पु¥याउनका लागि नेतृत्वमा पु¥याउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतले संचालन गरेको खाद्य सुरक्षा परियोजना अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजना गरेको महिला किसानहरुलाई निर्णय प्रक्रियामा पु¥याउन राजनीतिक दलहरुको भूमिका विषयक संवाद कार्यक्रमका सहभागीले यस्तो बताइएका हुन ।टेरो कार्ड अनुसार तपाईहरुको सन् २०१६ को राशिफल यस्तो छ
तनाव कम गर्न पाकिस्तान र अफगानिस्तानबिच हटलाइनको व्यवस्था
पुस १६, काठमाण्डौ – पाकिस्तान र अफगानिस्तानले सीमा क्षेत्रमा हुने गरेका समस्या समाधानका लागि हटलाइनको व्यवस्था गरेका छन् । दुवै देशका सैन्य कामण्डरबिच सम्पर्क गर्नका लागि हटलाइनको व्यवस्था गरिएको हो । यसले सीमा क्षेत्रमा हुने गरेको तनाव कम गर्न सहयोग गर्ने दुवै देशका अधिकारीले बताएका छन् । सीमा क्षेत्रको अवस्था सुधारका लागि सहकार्य गर्न हटलाइनको प्रयोग सुरु गरिएको पाकिस्तानी सेनाका प्रवक्ताले बताएका छन् । पाकिस्तानी सेनाका प्रमुख राहिल शरिफसंविधान कार्यान्वयनमा सरकार बाधक स् कांग्रेस उपसभापति पौडेल
एक लाख संस्थापकसंगै छिट्टै नया शक्ति बन्नेः भट्टराई
पुस १६, सुर्खेत – आर्थिक समृद्धि र समृद्ध राष्ट्रको परिकल्पनासहित केही महिनामै नयाँ दलको घोषणा गर्ने डा। बाबुराम भट्टराईले बताउनुभएको छ । नयाँ शक्तिको अभियानमा लागनुभएका पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सुर्खेतमा अभियन्ताहरुलाई प्रशिक्षण दिदै यस्तो बताउनुभएको हो । २ सय जना सहभागी भएको आन्तरिक प्रशिक्षण कार्याक्रममा डा। भट्टराईले नयाँ शक्ति नेपालको मात्रै नभई विश्वकै बैकल्पिक बिचार हुने दावी गर्नुभयो । नयाँ शक्ति समाजवादको खुड्किलो भएको भन्दै डा। भट्टराईले त्यसका लागि आर्थिक समृद्धिको परिकल्पना गरिएको बताउनुभयो । पुरानो बिचारले अब काम नगर्ने भन्दै उहाले अब पुजिवादलाई भ¥याङ बनाएर समाजवाद स्थापना गर्ने बताउनुभयो ।दश दिनमा नाका खुल्छ : प्रधानमन्त्री ओली
पुस १५, काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले दशदिन भित्र नाका खुल्ने दाबी गर्नुभएको छ । बिराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले आन्दोलनरत दलसँग वार्ता भई रहेकोले अबको १० दिन भित्र सिमा नाका खोल्ने बताउनु भएको हो । ‘कालोबजारी रोक्ने, आपुर्ति सहज गराउन हप्ता १० दिन लाग्न सक्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘दश दिन भित्र अवस्था सहज नभए सरकार जिम्मेवार पक्षलाई कारवाहीमा ल्याउन तयार छ ।’ उहाँले समस्याको समाधान १० दिन भित्र नभए आफू चुप लागेर नबस्नेसमेत बताउनु भएको छ । नागरिकलाई दुख दिनु हुँदैन भन्ने पक्षमा सरकारले काम गरिरहेको दावी उहाँले गर्नुभयो । ‘मोर्चा पनि अब आन्दोलन बढाउने पक्षमा छैन’ उहाँले भन्नुभयो ‘उहाँहरुपनि चाँडै नै नाकाबन्दी खोलेर सहमतीमा आउनुहुन्छ ।’ आवश्यकताका आधारमा नागरिकको अपेक्षा अनुसार प्रदेशको सीमांकन हेरफेर हुन सक्ने उहाँले बताउनुभयो । झापा जानका लागि बिराटनगर ओर्लिएका प्रधानमन्त्री ओलीले मन्त्रालय टुक्रयाएर कुनै गल्ती नगरेको बताउनुभयो । उहाँले सबै मिलेर जानखोज्दा केही तलमाथि हुने तर मिलेर जानु नै ठुलो कुरा रहेकोले त्यस बारेमा टिकाटिप्पणी हुनु जायज रहेको बताउनुभयो ।नेपाली दूतावास मलेसियामा अझै ५ हजार नागरिकता
पुस १५, क्वालालम्पुर – नेपाली दुतावास मलेसियामा करीव पाँच हजार नेपाली नागरिकता रहेका छन् । सम्वन्धित ब्यक्तिहरु लामो समय सम्म लिन नआएपछि नागरिकताहरु दूतावासमा रहेका हुन् । मलेसिया सरकारले सन २०११ मा अवैध काम गरिरहेका विदेशि श्रमिकहरुलाई कि घर फर्क कि वैधानिक भएर बस भन्ने योजना ल्याएको वखत पासपोर्ट बनाउनको लागि नेपाली नागरिकता छाडेका थिए । अधिकाशंले नागरिकता लगिसकेको भएपनि अझै बाँकी रहेकाले सूचना नै जारी गर्नु परेको दूतावासका प्रवक्ता तथा द्वितीय सचिव उत्तम शाहिले वताउनुभयो । यसैगरी मलेसियामै करीव ६ हजार नेपाली पासपोर्ट रहेको छ । सम्वन्धित ब्यक्तिहरु लिन नआएकोले नेपाली दुतावासमै रहेको हो । सम्वन्धित ब्यक्ति लिन नआएपछि उक्त पासपोर्टहरु दूतावासको दराजमा थन्किएर वसिरहेका छन । लामो समयदेखि लिन नआएका पासपोर्टहरु समेत नेपाल पठाउने तयारी भैरहेको दूतावासले जनाएको छ ।चिसो मौषमा सुन्तलाको उपयोगीता
पुस १५, सुर्खेत – कतिपय मानिसमा चिसोमा सुन्तला खानु हुदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ । सुन्तलाको फल मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिक तत्व भिटामिन ए, बी र सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । बिरामी भएको व्यक्तिलाई खान मन नलाग्दा सुन्तलाको थोरै रस खुवाँउदा खानामा रुची बढ्छ । सुन्तलाको छोक्रामा प्रसस्त मात्रामा फाइबर पाइन्छ । यसले पेट सफा राख्न मद्दत गर्छ । बालबालिकालाई झाडा पखालाले सताएको समयमा सुन्तलाको रस थोरैथोरै गरेर दिइयो भने बिरामीको शरीरलाई चाहिने पानीलगायत अन्य तत्वको आपूर्ति हुन्छ । गिँजाबाट रगत बग्ने समस्यामा पनि सुन्तला लाभदायक हुन्छ । त्यस्तै सुन्तलामा रहेको क्याल्सियमले दाँतलाई स्वस्थ र मजबुत बनाउँछ ।पुस १७ बाट नवीकरणीय ऊर्जा प्रर्दशनी गरिने
पुस १५, काठमाण्डौ – नेपालमा नवीकरणीय ऊर्जाको सम्भावनाबारेमा जनता, निजी क्षेत्र, सरकारी, गैरसरकारी क्षेत्र र अन्तर्राष्ट्रिय जगत्मा त्यसको प्रचार गर्न काठमाण्डुमा पुस १७ देखि १९ गतेसम्म नवीकरणीय ऊर्जा प्रदर्शनी २०७२ गरिने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आयोजना गर्न लागेको प्रदर्शनीले विद्यमान ऊर्जा सङ्कटलाई मध्यनजर गरी नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगमा वृद्धि गर्ने विश्वास लिइएको छ । केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले नवीकरणीय प्रविधिको विकासमा निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाको सक्रिय सक्रियता र लगानीको अनुकूल वातावरण सिर्जना गर्न प्रदर्शनीले सहयोग गर्ने बताउनुभयो । उहाले सहरी क्षेत्रमा सौर्य ऊर्जालगायत ठूलो क्षमताका नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताउनुभएको छ । प्रदर्शनीले विभिन्न नवीकरणीय ऊर्जा प्रविधि जस्तो सोलार, लघुजलविद्युत्, जैविक ऊर्जा, बायोग्यास, वायु ऊर्जाबारे अवलोकनकर्ताले जानकारी लिनसक्ने बताइएको छ ।सुर्खेत जिल्ला खुला दिसामुक्त घोषणा, नेपालको २९ औं जिल्ला

प्लाष्टिक प्रशोधन गरेर डिजल उत्पादन
पुस १४, दाङ – दाङका एक युवकले प्लाष्टिक प्रशोधन गरेर डिजल उत्पादन गरेका छन् । दुई महिनाअघि सल्लाको खोटो प्रशोधन गरेर पेट्रोल बनाएका मार्शल रोकाले प्लाष्टिकका झोला प्रशोधन गरेर डिजल उत्पादन गर्नुभएको हो । उहाँले उत्पादन गरेको डिजल मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गर्नुभएको छ । उहाँले सुरुमा प्लाष्टिकको झोेलालाई मसिनो गरि काट्ने र त्यसलाई वाष्पिकरण गरेर ईन्धन निकालेको जानकारी दिनुभयो । वाष्पिकरणमा दुई थरीका केमिकल मिसाईने पनि उहाँले बताउनुभयो । उहाँले परिक्षणका लागि मंगलबार ८ लिटर डिजल निकाल्नु भएको थियो । उहाँले निकालेको डिजल प्रयोग गरेर घोराहीमा ट्रयाक्टर समेत चलाईएको थियो । यो डिजलले गाडीको ईन्जनमा कुनै खरावी नभएको समेत उहाँले दावी गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले मार्शलले गरेको कार्यको प्रशंसा गर्दै मार्शलको खोज अनुसन्धानमा आफ्नो तर्फबाट सक्दो पहल रहने आश्वासन दिनुभयो ।मन्त्रालय फुटाउनुको लिखित कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश
पुस १४, काठमाण्डौं – मन्त्रालय फुटाएर संख्या बढाउनु पर्नाको कारण लिखित रुपमा पेस गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलासले कञ्चनकृष्ण न्यौपानेले मन्त्रालयको संख्या बढाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो । न्यौपानेले मन्त्रालयको संख्या बढाउने सरकारको निर्णय नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ९ को प्रावधानसँग सिधै बाझिने भएकाले खारेज हुनु पर्ने माग गरेका थिए । उक्त धारामा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्य मध्येवाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्री परिषद गठन गर्ने छ ।’ यसरी जानाजान संविधानको बर्खिलाप हुने गरी र राज्यलाई ६ अर्बको वार्षिक भार पर्ने गरी मन्त्रालय बढाउन सरकारले गरेको निर्णयविरुद्ध तत्काल अन्तरिम आदेश जारी गर्न पनि रिटमा माग गरिएको थियो । सर्वोच्चले ‘रिटमा उठाइएको विषयवस्तुको गाम्भीर्यलाई मनन गर्दै’ निवेदनलाई अग्राधिकार ९सुनुवाइका लागि दिइने प्राथमिकता० पनि दिएको छ । साथै सरकारलाई अन्तरिम जारी गर्न नपर्ने कारण भए त्यो लिएर २९ गते अदालतमा हाजिर हुन पनि आदेशमा भनिएको छ । संविधानमा २५ भन्दा बढी मन्त्री बनाउन नपाइने भनिए पनि सरकारले मन्त्रालयसमेत फुटाएर ४० सदस्यीय मन्त्रिपरिषद् बनाएको छ । प्रशासन सुधार आयोग २०४८ तथा सार्वजनिक खर्च पुनरावलोकन आयोग २०५७ ले देशमा १८ भन्दा बढी मन्त्रालय आवश्यक नपर्ने सुझावसमेत दिएको थियो ।चीनबाट तत्काल राहतको लागि पुनः १४ लाख लिटर इन्धन
पुस १४, काठमाण्डौं – भारतीय नाकाबन्दीको कारण चरम इन्धन अभाव ब्यहोर्दै आएको नेपालीलाई चीनले दिर्घकालिन सहयोगको तयारी नहुन्जेल भन्दै पुनः राहत स्वरुप १० मिलिएन (आरएमबी) चिनियाँ मुद्रा बाराबरको इन्धन उपलब्ध गराउने भएको छ । करिव १४ लाख लिटर इन्धन उत्तरी नाकाबाट छिट्टै काठमाडौं भित्रिने भएको छ । चीनबाट दिर्घकालिन इन्धन समझदारी हुने अपेक्षा गरिरहेको अवस्थामा तत्कालन राहत अनुदान सहयोग आउन लागेको हो । केरुङ नाकासम्म चीनले ल्याईदिने उक्त पेट्रोलियम पदार्थ त्यहाँबाट नेपाल आयल निगमले ढुवानी गर्नेछ । यसअघि पनि सोही मुल्य बाराबरको इन्धन चीनले उपलब्ध गराएको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा ५ दिने औपचारिक भ्रमण सकेर र्फकने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पत्रकारसंग उनले चिनियाँ अनुदानको जानकारी दिनुभएको हो । छलफलपछि जारी विज्ञप्तीमा उक्त सहयोग उल्लेख थिएन ।अझै ४६ लाख मानिस नागरिकताविहीन
पुस १४, काठमाडौं – नेपालमा अझै ४६ लाख मानिस नागरिकताविहीन रहेको एक अध्ययनले देखाएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आज सार्वजनिक गरेको ‘नेपालमा नागरिकता प्रमाणपत्रको प्राप्तिः अनुमान र प्रक्षेपण’ विषयको पुस्तकमा उल्लेख भए अनुसार नागरिकतासम्बन्धी व्यवस्था स्पष्ट हुन नसक्दा सन् २०१४९ दुई वर्षअघि सम्म अझै ४६ लाख मानिसले नागरिकता प्राप्त गर्न सकेका छैनन् ।गाेविन्द विश्वकर्मा(सुरज) काे पहिलाे लाेकसांगीतिक काेशेली सपनीमा तिमीसंगै हुने गर्छु म
धेरै समयकाे प्रतिक्षा पछि गाेविन्द विश्वकर्मा(सुरज) काे पहिलाे लाेकसांगीतिक काेशेली सपनीमा तिमीसंगै हुने गर्छु म बाेलकाे गीत तपार्इकाे घर अागन रेडियाे सेट अनलार्इन तथा यत्र तत्र सर्वत्र उपलव्ध भएकाे जानकारी गराेदछु । जुन गीतकाे पहिलाे अन्तरा तिम्रै घरकाे अागनमा पुगेर, मागे माया सरणमा झुकेर सपनीमा तिमीसंगै हुने गर्छु म यता हेर्छु देख्दिन उता हेर्छु देख्दैन छटपटन्छिु मध्यरातमा विपनीमा तिम्रै यादमा रुने गर्छु म । सुमधुर स्वरका धनी धर्मेन्द्र शाही र टीका पुनकाे सुमधुर अावाज, गोविन्द विश्वकर्मा(सुरज) उत्कृष्ट शब्द सृजना र दर्जनाैं गीतमा लय गरिसक्नुभएका सर्जक तेजेन्द्र विवशकाे लयमा रहेकाे याे गीत सपनीमा तिमीसंगै बजारमा आएको छ सुनेर साथ दिनुहेनेछ भन्ने आशा छ। र डाउनलोडगर्नको लागी तलको लिङ्कमा क्लीक गर्नुहोलासंविधान आएको सय दिन पूरा के भयो, के भएन ?
छाउ गोठ छोड्दा महिलाहरु सुरक्षित, पुरुषहरु खुसी
सुर्खेत – सुर्खेतको विजौरा गाविस वडानम्वर ५ मायाँतालका जनसिंह थापाको घरका महिलाहरु रजस्वला ९महिनावारी० हुँदा त्यहाँ बसाल्ने भन्दै एउटा छाउ गोठ बनाइएको थियो । त्यै छाउगोठमा महिनावारी भएको बेला महिलाहरु बस्नुपर्ने बाध्यता थियो । दलित महिला संघको अधिवेशनबाट नँया नेतृत्व चयन
पुष ७, नेपालगञ्ज – मंगलबार अबेर नेपालगन्जमा सम्पन्न दलित महिला संघको चौथो राष्ट्रिय अधिवेशनबाट नँया नेतृत्व चयन भएको छ । सम्पन्न अधिवेशनबाट कला स्वर्णकारको अध्यक्षतामा १५ सदस्यीय नँया केन्द्रिय कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा शान्ति पासवान र चमेली परियार, महासचिवमा रेणु सिजापति, कोषाध्यक्ष पुण्यवती रम्तेल, सचिवमा मञ्जु सुनार निर्वाचित भए ।कहिले बन्ने सिटी बसपार्क ? सम्झौँता भयो, निर्माण शुरु गर्छौः नगरपालिका
२०७० सालमा नै अध्ययन सम्भाव्यता पूरा भएको मध्यपश्चिमको केन्द्रविन्दुमा रहेको वीरेन्द्रनगर बसपार्कको निर्माण हालसम्म सुरु हुन सकेको छैन । पटक–पटक वीरेन्द्रनगर नगरपालिकाले निर्माण कार्य थालनी हुने आश्वासन देखाउँदै आएपनि करिव दुई वर्षसम्म वित्नै लाग्दा पनि काम सुरु गर्न सकेको छैन । नगरपालिकाले, ‘सम्झौँता भइसक्यो अवको १५ दिनमा काम गर्छौ’ भन्न लागेको पनि झण्डै दुई वर्ष पुगेको छ । मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम र अवको प्रदेश नम्बर ६ को सम्भावित राजधानी सुर्खेतमा किन बसपार्क निर्माण प्रक्रिया हालसम्म अगाढी बढेन ? आम नागरिकहरुले प्रश्न गर्ने गरेका छन । तर नगरपालिकाको सहज जवाफ हामी प्रक्रियामा गयौँ काम सुरु हुन्छ भन्दै टार्दै आएको छ ।सञ्चार सामग्री क्षति भएका पत्रकारलाई सहुलियत
प्रेस काउन्सिल नेपालले भूकम्प, प्राकृतिक विपत्ति वा आन्दोलनको क्रममा वा रिपोर्टिङको सिलसिलामा कुनै सञ्चारकर्मीको सञ्चार सामग्री वा उपकरणमा क्षति भई नयाँ खरिद गर्नुपर्ने भएमा सहुलियत दिने भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष एवं प्रेस काउन्सिल सदस्य डा. महेन्द्र विष्टका अनुसार काउन्सिलको मिडिया विकास कोषको विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सो निर्णयअनुसार क्षति भएका सञ्चार सामग्री वा उपकरणको सट्टा नयाँ खरिद गर्नुपर्ने भएमा काउन्सिलबाट लागतको २५ प्रतिशत अनुदान प्राप्त हुनेछ । सो सुविधा प्राप्त गर्न सम्बन्धित जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयबाट घटना विवरण र नेपाल पत्रकार महासंघबाट सिफारिससहित निवेदन दिनुपर्नेछ । निवेदन प्राप्त भएपछि सैद्धान्तिक सहमति लिई सामान खरिद गरेपश्चात भ्याट विलका आधारमा बिल बमोजिमको मूल्यमा २५ प्रतिशत रकम सम्बन्धित विक्रेतालाई भुक्तानी हुनेछ । भूकम्प, प्राकृतिक विपत्ति वा आन्दोलनका क्रममा तोडफोड वा क्षति भएका वा रिपोर्टिङको सिलसिलामा सञ्चार सामग्री वा उपकरण क्षति भएको भए सोअनुसार महासंघ केन्द्रमा विवरण पठाउन र काउन्सिलबाट सुविधा लिन सम्वद्ध सबै पत्रकार र महासंघका शाखा एसोसिएट संस्थाहरूलाई नेपाल पत्रकार महासंघले आग्रह गरेको छ ।संसद बैठक पुस ८ गतेसम्मका लागि स्थगित
व्यवस्थापिका–संसद नियमावली मस्यौदा समितिको समय १५ दिन थपिएको छ । व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकले १५ दिनको समय थपेको हो । समितिलाई पुस ५ गतेसम्मको समय दिइएको थियो । काम अझै नसकिएकाले समितिको म्याद थपिएको हो । नियमावलीको लागि उपसमितिले अझै समय मागेको थियो । शुक्रबारको संसद बैठक भने मधेसी मोर्चाले अवरोध गरेन । संसदको अर्को बैठक पुस ८ गतेका लागि बोलाइएको छ । संसद बैठक स्थगित गरिएको यसबीचमा मधेसी मोर्चाका मागलाई संशोधन विधेयकमा कसरी समावेश गर्ने भन्नेमा मोर्चासँग छलफल गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा शुक्रबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र राप्रपा नेपाललगायतका दलको बैठकले संसद बैठक स्थगित गरी मोर्चासँग छलफल गर्ने निर्णय गरेको हो । तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीरतापूर्वक छलफल गर्नका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको सभामुख ओनसरी घर्तीमगरले जानकारी दिनुभयो ।सुनको भाउ घट्यो, ५ वर्षअघिको मूल्यमा कारोबार
शुक्रबार सुनको भाउ घटेर पाँच वर्ष अघिको मूल्यमा पुगेको छ । शुक्रबार तोलामा सातसय रुपैयाँले घटेर सुनको भाउ ४७ हजार ७ सय रुपैयाँमा झरेको छ । बिहीबार सुन तोलामा ४८ हजार ४ सय रुपैयाँ थियो । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले व्याजदर बढाएसँगै त्यसको असर सुनको बजारमा पर्न थालेको हो । अमेरिकाको केन्द्रीय बैंकले झण्डै १० वर्षमापहिलो पटक व्याजदर बढाएपछि सुनमा भएको लगानी अन्य शेयर बजारमा आकर्षित भएकाले भाउ ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार शुक्रबार घटेर पाँच वर्ष अघिको भाउमा पुगेको सुनको मूल्य अझै घट्ने सम्भावना छ । सुनको भाउ तोलामा ४५ हजारसम्म घट्ने आँकलन गरिएको उहाँले बताउनुभयो । शुक्रबार चाँदीको भाउ पनि घटेको छ । ११ दिनसम्म स्थिर रहेको चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो । चाँदी तोलामा ६ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । स्मार्ट ड्राइभिङ लाइसेन्सको वितरण कार्य सुरु, सिता भट्टराई पहिलो स्मार्ट ड्राइभिङ लाइसेन्स पाउने नेपाली
मोरङ बयरवन ८ की सिता भट्टराईले पहिलो स्मार्ट ड्राइभिङ लाइसेन्स् पाउनुभएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले उहाँलाई पहिलो लाइसेन्स वितरण गर्नुभएको हो । विभागले पहिलो चरणमा ५७ जनालाई विद्युतीय ड्राइभिङ लाइसेन्स वितरण गर्न लागेको ललितपुरमा रहेको वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार शुक्रबार पहिलो चरणमा २० गतेदेखि लाइसेन्सका लागि प्रकृया अघि बढाएकालाई वितरण गरिएको हो । अहिलेसम्म ३५ जनाले लाइसेन्स लिएका छन् । नयाँ प्रणालीमार्फत २० गते दरखास्त दिई २१ गते लिखित र २२ गते ट्रायल दिएकाहरुले शुक्रबार स्मार्ट ड्राइभिङ लाइसेन्स पाएका हुन् । शुक्रबार लाइसेन्स पाएका सबै स्कुटर चालकले हुन् । पुराना लाइसेन्स भएकाको भने नवीकरण र प्रतिलिपि दस्तुर लगायत अन्य प्राविधिक प्रक्रिया मिल्न बाँकी रहेकाले केहि ढिलाई हुन सक्ने विभागले जनाएको छ । सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकासहित तराइका दुई जिल्लामा प्रयोगमा ल्याउने योजना भएपनि अहिले तत्कालको लागि काठमाडौंमा मात्र प्रयोगमा ल्याउन लागिएको हो । ललितपुरमा रहेको वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयबाट गएको २० गतेदेखि नै स्मार्ट लाइसेन्स वितरण गर्ने भनिएपनि प्राविधिक र प्रक्रियागत कारणले ढिलो भएको हो । नयाँ स्मार्ट लाइसेन्स लिन अनलाइनबाट दरखास्त फारम भरी यातायात व्यवस्था कार्यालयमा सम्पूर्ण प्रक्रिया पुरा गरेर भरेको दरखास्त बुझाएपछि स्मार्ट लाइसेन्स पाउने सकिने कार्यालयले जनाएको छ । पुरानो कागजी लाइसेन्सलाई स्मार्ट कार्ड बनाउनका लागि भने कार्यालयमा गएर आफ्नो बारेमा जानकारी दिएपछि मात्र पाइने यातायात व्यवस्था कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो ।मेरो प्रेम पत्र................
एउटा अर्कै खाले माया तिमीलाई,
हो अर्कै खाले माया ।
प्रेम दिवसको संघारमा ठिङ्ग उभिएर यो पत्र कोरिरहँदा, म शुरुवात मै भन्छु, मैले आजसम्म देखेका मान्छेहरुमध्ये सबैभन्दा राम्री होईनौ तिमी, अहँ हुँदै होइनौ । अनि मैले आजसम्म भेटेका मान्छेहरुमध्ये मलाई सबैभन्दा बढी मन परेकी मान्छे पनि होईनौ तिमी । फेरी पनि म तिमीलाई माया गर्छु । कुनै चलचित्रको पर्दामा जस्तो तिमीलाई देख्ने बित्तिकै मलाई कुनै बेग्लै अनुभुति भएको होईन । बरु निरन्तरको सामिप्यताले तिमी कार्बन राखेर छापेको चित्र झैँ छापियौ मेरो मनमा, हुबहु चित्र जस्तै भएर । आखिर मन म सँग पनि त रहेछ, माया गर्न यसले पनि त जान्दो रहेछ ।
जेनतेन केही शब्दहरुलाई असरल्ल फिँजाएर लेखिरहेको यो प्रेम पत्रले तिम्रो प्रेम दिलाउला मलाई भन्नेमा कत्ति पनि विश्वास छैन मेरो । फेरी पनि लेख्दैछु म आज । सायद यसैको माध्यमबाट त्यो अर्कै खाले प्रेम बुझाउने प्रयत्न गरिरहेछु म तिमीलाई ।
मलाई थाहा छैन, मैले पाप गर्दैछु की पूण्य । अहँ म छुट्याउनै सक्दिनँ त्यो । मलाई त यत्ति थाहा छ की, म तिमीलाई प्रेम गर्न थालेको छु हिजोआज । हामीले बाँच्दै गरेको समाजले स्वीकृति दिइनसकेको प्रेम । त्यो अर्कै खाले प्रेम । जीन्दगीको यात्रामा यहाँसम्म आईपुग्दा मैले कति धेरै मान्छेहरुलाई राम्री देखेँ, मन पराएँ । कतिलाई उ प्रतिको आफ्नो धारणा जानकारी गराएँ । कतिलाई भन्छु भन्दाभन्दै मेसो नमिलेर मनभित्रै गुम्स्याएर राखेँ । कति मान्छेहरु अघाउञ्जेल आँखाले हेरियो मात्रै ।
अनि केही मान्छेहरु चाहीँ आँखाको बाटो हुँदै मनसम्म पुगेर फर्किए पनि । जसजसलाई मैले चाहेँ, उनीहरुले मलाई मन पराएनन् । अनि जसजसले मलाई मन पराए उनीहरुलाई मैले चाहिनँ । त्यसैले त जीन्दगीको गणित आजसम्म पनि त्रुटीपूर्ण छ । हो, त्यही सच्याउन चाहन्छु म अब । जानी जानी हेरिएकाहरु, संयोगले देखिएकाहरु क्रमशः सम्झनाको संग्रहबाट हराउँदै गए, बिलाउँदै गए ।
जीन्दगीका पानाहरु क्रमशः पल्टिँदै जान्छ । सम्बन्धका अध्यायहरु ती पानाहरुसँगै टुङ्गिदै जान्छन् । तर पाठक भने अझै अघिल्ला पानाहरु पल्टाइरहन्छ । स्वभावैले केही अध्यायहरु मेरा पनि लेखिए होलान् । म त्यसो हुँदै भएन भनेर जबर्जस्ती झुठ ओकल्न पनि सक्दिन तिमीसँग । कारण, म तिमीलाई प्रेम गर्छु । र प्रेम गर्ने मान्छेसँग केही लुकाउन खोज्नु किमार्थ उचित होईन भन्ने राम्ररी थाहा छ मलाई ।
आज तिमीलाई जस्तै हिजो अरुलाई पनि धेरथोर मन पराएँ हुँला मैले । सायद उनीहरुको सौन्दर्यतामा आकर्षित भएँ हुँला म । र त आज भन्दैछु, ती केवल आकर्षण मात्रै थिए, आँखाको । तर आज तिमी सबैभन्दा राम्री नभए पनि म तिमीलाई रुचाईरहेछु । मलाई लाग्दैछ, यो पक्कै पनि प्रेम हो, मन पराएको मात्रै होईन । मन पराउन त बजारमा बेच्न राखेको फूललाई पनि सकिन्छ । तर त्यो प्रेम चाहीँ हुँदैन । त्यो फूल हार्दिकताका साथ जसलाई दिइन्छ त्यो चाहीँ प्रेम हो क्यारे बरु ।
म त एक्लै अघि बढिरहेको मान्छे । व्यक्तिगत स्वतन्त्रताको परिधिहरुमा मनमौजी आफैलाई डुलाईरहेको मान्छे । फेरी पनि मेरो वैयक्तिक स्वतन्त्रतामा तिम्रो निर्दोषपनाले खै कसोरी हस्तक्षेप ग¥यो, मैले पत्तै पाईनँ । सँधै सोँच्थेँ, म प्रेम शुन्य मान्छे । नारी अस्ताएको मेरो जीवनमा प्रेम एक्कासी उदाउला भन्ने मैले कल्पना समेत गरेको थिइनँ ।
प्रेम शब्द मलाई अनुत्पादक लाग्थ्यो, वहुलट्ठीपन लाग्थ्यो, अझ प्रष्ट भनुँ ?, वाहियात लाग्थ्यो । लाग्थ्यो, म त ढुंगा भइसकेँ, बाहिर भिज्छु मात्रै, भित्र गल्दिनँ । तर अचेल भित्र पनि गल्दैछु की भन्ने अनुभुत भइरहेछ मलाई । युद्ध पिपासु रोमन सम्राट क्लाउडियस जस्तै प्रेमलाई घृणा गर्थेँ म । तर खै कसोरी हो, म त आफ्नै विचारहरुबाट स्खलित भइसकेछु । अडानहरुबाट च्यूत भइसकेछु अनि ढिपीहरुबाट वहिर्गमित भइसकेछु । समग्रमा समयले मलाई यस्तो मोडमा ल्याएर उभ्याइदियो, जहाँ आफ्ना संशोधित विचारहरुको भारी बोकेर आत्मसमर्पणकारी भावमा म निर्लज्ज भनिरहेछु — म तिमीलाई प्रेम गर्छु । हो प्रेम गर्छु म तिमीसँग ।
हुन त अनुहारमा आँखी भौँ नभएपनि हुन्छ । तर आँखी भौँ बिनाको त्यो अनुहार अत्यन्तै कुरुप देखिन्छ । तिमी पनि त्यस्तै हौ मेरो लागि । म के भन्दैछु भने, तिमी अपरिहार्य आवश्यकता होईनौ मेरो । अझ सजिलोसँग भन्छु तिमीलाई, म अधिकांश प्रेमीहरु आफ्ना प्रेमिकालाई भने जस्तै “तिमी बिना बाँच्न सक्दिनँ” भनेर भन्दिनँ ।
किनकी म तिमी बिना पनि मज्जैले बाँच्न सक्छु । अहिलेसम्म तिमी बिना बाँचिरहेको छु भने, अब अगाडी चाहीँ सक्दिनँ भनेर किन झुठ बोलुँ म रु तर तिमी सहितको जीवन अझै सुन्दर हुनेछ भन्ने मात्रै हो मेरो ढिपी । मान्छे स्वार्थी हुन्छ, म पनि ती नै मान्छेहरुमध्येको एक न हुँ, सकेसम्म जीवन सोँचे जस्तै होस् भन्ने चाहना राख्नु स्वभाविक नै त हो नि ।
म तिमीलाई प्रेम गर्छु । औधी माया गर्छु तिमीलाई । मान्छेहरु किन एकअर्कालाई प्रेम गर्छन, त्यो त एकिन साथ भन्न सक्दिनँ म । तर म भने यसकारण तिमीलाई प्रेम गर्छु की, म पनि उस्तै प्रेमको अपेक्षा गर्छु तिमीबाट । मैले तिमीलाई माया गर्छु भने तिमीले पनि मलाई माया गर्नुपर्छ भन्ने मान्यता हो मेरो । होईन भने एकोहोरो गरिरहनुको के अर्थ । यदि तिमीले पनि मैले जस्तै माया गरिनौ भने, मलाई नै थाहा छैन, म यसरी नै तिमीलाई माया गरिरहन सक्छु की सक्दीन भन्ने ।
सायद जानी जानी पनि गर्दिनँ हुँला जस्तो लाग्छ मलाई त । तिमीलाई सुन्दा अचम्म पनि लाग्ला, तर सत्य यही हो की, म यो सँसारमा सबैभन्दा बढी आफैलाई माया गर्छु । मैले तिमीलाई प्रेम गर्नुको चुरो कारण पनि यही नै हो । मलाई तिम्रो प्रेमको आवश्यकता छ, त्यसैले म पनि तिमीलाई प्रेम गर्छु । यसलाई प्रेम विनिमय पनि भन्न सक्छौ तिमी, मेरो त्यसमा कुनै आपत्ति रहने छैन ।
म तिमीसँग प्रेम गर्छु, मिल्छ भने तिमी पनि मसँग प्रेम गर । तर यसको अर्थ यो होईन की, तिमीले म सँगै विवाह गर्नुपर्छ । अहँ हुँदै होईन यो । म अहिले तिमीसँग, मात्र.........प्रेमको याचना गरिरहेको छु, विवाहको होईन । प्रेम र विवाह भनेका नितान्त भिन्दा भिन्दै क्रियाकलापहरु हुन् । प्रेम सम्बन्ध विवाहमा रुपान्तरण हुनैपर्छ भन्ने रुढ मान्यताप्रति मेरो शतप्रतिशत असहमति छ । यदि प्रेम सँधै उत्तिकै उचाईमा रहिरहोस् भन्ने हो भने त त्यो प्रेम सम्बन्ध विवाहमा परिणत हुनै हुँदैन भन्ने हो मेरो दृष्टिकोण ।
त्यो कसरी भने, हिजोको प्रेमी प्रेमिका विवाहको भोलीपल्टबाट एक्कासी श्रीमान श्रीमतीमा परिवर्तन हुन पुग्छन् । त्यतिबेला त्यो सम्बन्धको अर्थ मात्रै फेरिएको हुँदैन, तमाम बोझहरु पनि थपिएका हुन्छन् जीन्दगीमा । जसले गर्दा घर गृहस्थीले यसरी गाँज्छ की मान्छेलाई, उनीहरु हामी हिजो प्रेमी प्रेमिका थियौँ भनेर पनि भुलिदिन्छन् ।
तर यदि त्यो प्रेम सम्बन्धमा विवाह हुन सकेन भने उनीहरुको साइनो पूर्व प्रेमी र पूर्व प्रेमिका नै भएर रहेको हुन्छ । यो साइनोमा पूर्व भन्ने शब्दसँगै प्रेमी र प्रेमिका यथावत हुनु संयोग मात्रै होईन, त्यो एक किसिमले संकेत पनि हो, अझै प्रेम जीवित छ भन्ने । यसो भन्नुको अर्थ जानाजान प्रेममा घात गर्नुपर्छ, धोका दिनुपर्छ पनि भनिरहेको छैन म ।
ओशो भन्छन्, यदि तिमी फूलसँग प्रेम गर्छौ भने त्यसलाई नटिप, बोटमै छोडिदेउ, फुलिरहन देउ । किनकी तिमीले चुँड्यौ भने त्यो मर्नेछ । तिमीले फूलेको फूलसँग प्रेम गरेका हौ, तर चुँडिएपछि त्यो कहाँ फुलिरहन सक्छ र तिमी प्रेम गर्छौ । अत प्रेम भनेको कब्जा गर्नु अथवा हासिल गर्नु होईन, बरु यो त सम्मान गर्नु हो, बढोत्तरी गर्नु हो । फुलको फुल्ने क्षमतालाई सम्मान गर्नु प्रेम हो, यसो गर्दा त्यो फूलिरहन पनि पाउँछ । तर प्रेमको वाहानामा त्यसलाई चुँडियो भने, त्यसको अस्तित्व उसैबखत मेटिन्छ ।
चर्चित साहित्यकार एवम् चलचित्र निर्देशक गुलजार र कलाकार राखी बीच प्रेम भयो । त्यसो राखी विवाहित थिइन् । फेरी पनि गुलजारसँगको प्रेमलाई अगाडी बढाइन् । पछि विवाह पनि गरिन् उनैसँग । विवाहपछि गुलजार राखीलाई चलचित्रबाट अलग्याएर घरमै राख्न चाहन्थे तर राखी चर्चित भइसकेकीले त्यो स्वीकारिनन् । एउटा छोरी जन्मिएको केही समयपछि उनले गुलजारसँग विद्रोह गरेर चलचित्रमा काम गर्न थालिन् । दुवैमा मतभेद भयो र उनीहरु छुट्टै बस्न थाले । तै पनि उनीहरुको प्रेम बिग्रिएन ।
श्रीमान श्रीमतीबाट प्रेमी प्रेमिका मात्रै भए उनीहरु । प्रेमी र प्रेमिका कै हैसियतमा अझै पनि उनीहरु एकअर्कालाई भेटिरहन्छन् । दुवै प्रेमी प्रेमिका झैँ एक अर्कासँग उस्तै गहिरो प्रेम गर्थे, आज पनि गर्छन । तर सँगै बस्दैनन् । विवाहले एक अर्काप्रति हस्तक्षेपकारी भावना विकास गर्छ र त्यसैको कारण प्रेम ओझेलमा पर्दै जान्छ भन्ने बलियो उदाहरण हो उनीहरुको सम्बन्ध ।
फेरी पनि म जोड दिएर भन्दैछु, म प्रेम मात्रै गर्न खोज्दैछु तिमीसँग, विवाह होईन । मलाई विवाहमा त्यति धेरै विश्वास पनि छैन । मलाई थाहा छ म अलि उग्र कुरा गरिरहेछु । तिमी यसलाई अराजक प्रेम पनि भनौला । तर मेरो ध्येय यत्ति हो की, म आजीवन तिमीसँगको प्रेम अनुभुत गरिरहन चाहन्छु । हो, त्यस्तै खालको प्रेम गर्न चाहन्छु म तिमीसँग । मैले यसो भनिरहँदा फेरी तिमी मेरो प्रेमलाई फगत वासनाले प्रेरित भनेर पनि आशंका गरौला । तर त्यसो होईन, म त तिमीलाई नभेटेरै पनि तिमीसँग प्रेम गरिरहन चाहन्छु । चलनचल्तीको प्रेम भन्दा अर्कै खाले प्रेम गर्न चाहन्छु म तिमीलाई ।
तिम्रो सम्पर्कमा आउनु अगाडी मैले आफ्नै मनलाई पनि चिनेको रहेनछु । मान्छे कत्तिपटक आफैलाई पढ्न नजानेर जीन्दगीको परीक्षामा लगातार अनुत्तीर्ण भइरहन्छ । तर तिमीले मलाई त्यो हुनबाट जोगायौ । आफैसँग आफैलाई परिचित गराइदियौ । म सँग पनि एउटा औषत मन रहेछ अनि त्यसले प्रेम गर्नसक्ने सामथ्र्य पनि राख्दोरहेछ भन्ने तिम्रै कारण थाहा पाएँ मैले । यसैकारण प्रेम गर्छु म तिमीसँग । एक थुङ्गा रातो गुलाबमा व्यक्त गरिनेभन्दा कत्ति हो कत्ति प्रेम गर्छु म तिमीलाई ।
हुन त “म तिमीलाई प्रेम गर्छु” भन्ने वाक्य, प्रश्न जस्तो छैन । फेरी पनि जवाफको अपेक्षा चाहीँ गरिरहन्छ यसले । त्यस्तै अपेक्षा सहित ओझेल पर्छु ।
तिमीलाई प्रेम गर्नेहरुमध्येको एक
महावीर विश्वकर्मा
(एउटा मान्छे)
काठमाण्डु-पोखरा रेलमार्ग निर्माण सम्बन्धमा अध्ययन गर्न चीनको कम्पनी नेपालमा
काठमाण्डु–पोखरा १७१ किमी विद्युतीय रेलमार्ग निर्माण सम्बन्धमा चीनको सरकारी कम्पनीले सम्भाव्यता अध्ययन गर्ने भएको छ । चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसँग भेट गरी शुक्रबारदेखि सम्भाव्यता अध्ययन गर्ने जानकारी गराएको हो । तीन महिनामा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाइने सो अवसरमा जानकारी गराएको मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख विष्णुओम वादेले जानकारी दिनुभयो । काठमाण्डौको टोखाबाट गल्छी–कुरिन्टार–आँबुखैरेनी–डुमे्र–दमौली–दुलगौँडा हुँदै पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन हुन लागेको हो । ‘२४ स्थानमा गरी ६१ किमी सुरुङसहितको १७१ किमी रेलमार्गको सम्भाव्यता अध्ययन शुक्रबारदेखि चीनको सरकारी कम्पनीले सुरु गर्दैछ, रेलमार्गमा ३४ वटा पुल हुनेछ, १६.८ किमीको पुल निर्माण गर्नुपर्ने देखिएको छ’–रेल विभागका महानिर्देशक अनन्त आचार्यले भबताउनुभयो।प्रदीप गिरी र रामेश्वर खनाल पनि बाबुरामको नयाँ शक्तिमा, कलाकार सरोज खनाल पनि नयाँ शक्ति अभियान कै पक्षमा
कमल थापाको टोलीले बेइजिङमा उर्जा बाहेक अन्य व्यापार सम्झौता गर्ने
दक्षिणको छिमेकी भारतले नाकाबन्दी खुलाउन आलटाल गरिरहेका बेला सरकारले चीनसँग व्यापार सम्झौताका लागि उच्चस्तरीय टोली बेइजिङ पठाउने भएको छ । चीनसँग इन्धन लगायतका अन्य व्यापार सम्झौताका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ पठाउन लागिएको स्रोतले जनाएको छ । यहि पुस ८ गते बुधबार अर्थात २३ डिसेम्बरमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ जाने तयारी भएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले उच्चस्तरीय प्रतिनिधि मण्डल चीन जान लागेको स्वीकार गर्नुभयो । रिमालले सरकारका एक बरिष्ठ मन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल ब्यापार सम्झौताको लागि बेइजिङ जाने बताउनुभयो । सम्भवतः त्यसको नेतृत्व उप तथा परराष्ट्रमन्त्रीले गर्नुहुनेछ ।’ प्रतिनिधि मण्डलले चीनसँगको व्यापारका बिभिन्न सम्झौता गर्ने उहाले बताउनुभयो । ‘अब सही अर्थमा हाम्रो देशको व्यापार विविधिकरण गर्ने प्रक्रिया शुरु भएको छ’ रिमालले ‘चीनसँग हामीले विभिन्न चरणका छलफलपछि उच्चस्तरीय प्रतिनिमिण्डल जान लागेको बताउनुभयो ।’ टोलीमा अर्थ, वाणिज्य तथा आपूर्ति, कानुन मन्त्रालय लगायतका सम्बद्ध निकायका उच्च अधिकारीहरु सहभागी रहनेछन् । यो प्रतिनिधि मण्डलले उर्जा सम्बन्धी सम्झौता भने चीनसँग गर्ने छैन ।लालपुर्जा नहुँदा भूकम्पपीडित दलित बस्तीका ५२ परिवार राहतबाट वञ्चित
संस्कृतीको नाममा “कटुवाले प्रथा” कायमै
अचेल गाँउगाँउमा मोवाईलदेखी ईन्टरनेट चलाउनेको सख्या दिनप्रतिदिन बढ्दैछ । यूवादेखी वृद्ध÷वृद्धा सवैको हातहातमा मोवाईलमै ब्यस्त भईरहेको हाम्रो गाँउघरमा संचार नहुँदा प्रयोग गरिने कटुवाले प्रथा हिजो आजसम्म पनि कायमै रहेको छ । पुर्खादेखि नै गाँउघरहरुमा चल्दै आएको कटुवाले प्रथा निरन्तर चलिरहेको बाँसी गाविस सचिव विष्णुप्रसाद जैसीले बताउनुहुन्छ । अहिले पनि बाँसी लगायतका गाविसहरुमा केही कार्यक्रम वा नयाँ खाले जानकारीहरु भए दमाह बजाँएर कटुवालेले सवैले सुन्ने गरी डाँडाँबाट सवैलाई एकैसाथ ठुलो आवाजमा बोल्ने गर्दछ । बाँसी गाविसमा कटुवाले प्रथा चलाईरहेका कटुवाले भिमे कार्मी। बाँसी गाविसमा कटुवाले प्रथा चलाईरहेका कटुवाले भिमे कार्मी। फोनरईन्टरनेट मानिसहरुका हातहातमा भएपनि कटुवालेले बोलेझै प्रभावकारी नहुँने बाँसीका स्थानीय रमेश दशैंदींले बताउनुभयो । कहिले फोन लाग्दैन् लागे पनि ब्यत्तिपिच्छे गर्दा पैसा खर्च उस्तै हुन्छ । “दशौदीले भन्नुहन्छ, एकै पटक गाँउभरका मानिसहरु कहाँ केके भएको छ र नयाँनयाँ खवर के छ भनेर सजिलै थाहा पाउँछन् ।” बावु रतन कार्मी बुढो भएपछि कलिलै उमेरदेखी बाँसी र आसपास कटुवालेका रुपमा काम गरेका बाँसी – ६ भैरवस्थानका भिमे कामी ५२ वर्षका हुनुभयो । पंञ्चायतकालबाटै कटुवालेका रुपमा काम गर्नुभएका भिमे कामी अहिलेसम्म पनि दमाह बजाँउदै बाँसीका अग्ला अग्ला डाँडाँहरु सवैलाई एकै साथ सुचना दिने गर्दछन् । विगतमा कटुवालेको प्रभावकारी भुमीका हेरेर गाँउभरिका घरहरुबाट मानारपाथीका दरले सिर्जन अनुसारको अन्नहरु उठाएर दिने परम्परा अँझै पनि कायम रहेको कटुवाले कामीले बताउनुभयो । गाँउघरमा नयाँनयाँ सुचनाका प्रविधिहरु आएपनि कटुवाले प्रथा प्रभावकारी रुपमा लिईन्छ । “कटुवाले भिमे कामीले भन्नुभयो, पहिले कटुवाले गर्दा माना÷पाथी मात्र पाईन्थ्यो अहिले सवै मिलेर तलव समेतको ब्यवस्था गरेका छन् ।” दिउँसो कम सुन्ने भएकाले उहाले विहान र बेलुका डाँडाँमा गएर सवैलाई सुचना दिने गर्नुहुन्छ । उहाले गाविसदेखी स्वास्थ्य र वन समितिका भेला तथा अन्य कार्यक्रमहरुको बारे सुचना दिने गर्नुहुन्छ । बाँहुनडाँडाँ, रोकाडाँडाँ, उच्चमावि, सवकोट, खम्व डाँडाँ, पारुलीआवत लगायतका स्थानबाट कार्मीले कटुवाले गर्नुहुन्छ । उहाले गाविसका विभिन्न ठाँउबाट बोलेको सुचना आसपासका गाविसदेखी नारायण नगरपालिकाको २ नम्वर वडामा समेत सुनिने बताउनुभयो । उहालाई कटुवाले गरे वापत गाँउ परिषदबाटै २ हजार, स्वास्थ्य चौकीबाट १ हजार र वन समितिले ५० रुपैँया मासिक दिने समेत ब्यवस्था मिलाईएको छ ।दैलेखमा बाल विवाहसम्वन्धी तथ्यांक
बालविवाहले महिलाको स्वास्थ्यलाई अत्यन्तै प्रतिकूल प्रभाव पारेको छ, यो कुरा जनसंख्याको तथ्यांक केलाउदा थाहा पाउछौैं । जिल्लाको कुल जनसंख्या २,६१,७७० मा १,२६,९९० पुरुष र १,३४,७८० महिला छन् । त्यो जनसंख्याको ३२ दशमलव २५ प्रतिशतले २० वर्ष नपुग्दै विवाह गर्छन । कानूनी भाषामा त्यसलाई बाल विबाह भनिन्छ, बाल विवाह गर्ने पुरुष २९,७३४ र बाल विवाह गर्ने महिला झण्डै दोब्बरको संख्यामा ५४,७९० जना छन् । तथ्यांक विभागले प्रकाशित गरेको विवरण अनुसार २९,३९३ ले १९ वर्ष उमेर नपुग्दै बच्चा जन्माउने गरेका छन् । कुल जनसंख्याको ११ दशमलव २३ प्रतिशत ओगटेको त्यो संख्या मध्ये १३,७८९ ले त यो अवधिमा २ बच्चा जन्माइसकेको पाइएको छ । राष्ट्रिय जनगणना २०६८ ले लिएको तथ्यांक विवरणमा दैलेखमा १० वर्ष नपुग्दै ८९४ जनाले विवाह गरेका उल्लेख छ । त्यो उमेर विवाह गर्ने पुरुष १६३ र महिला ७३१ जना छन् । त्यसपछि १०–१४ वर्ष उमेरमा १३,३६४ ले विवाह गरी सकेका हुन्छन्, यी मध्ये २८११ पुरुष र १०५५३ महिला छन् । सोही तथ्यांक अनुसार १५र१९ वर्षको उमेर विवाह गरी सकेकाहरु ७०,१६६ जना परेका छन् । त्यो उमेरमा विवाह गर्ने पुरुष २६,७६० र महिला ४३,४०६ भएको देखिएको छ । यसरी तथ्यांक केलाउदा २० वर्ष नपुग्दै विवाह गर्ने जनसंख्याको ८४,४२४ जना अथवा ३२ दशमलव २५ प्रतिशतले बाल विवाह गरेका आफैले विवरण दिएका छन् । कानूनले २० वर्ष नपुग्दै विवाह गर्नु बाल विवाह मानिन्छ ।नेपाल टेलिकमले ल्यायो रिचार्ज बोनस अफर, मोवाईलमा रिचार्ज नै हुदैन
पृथ्वी संकटमा पर्दै गएको भनिएको समयमा आयो अर्को ठूलो खवर ्र पृथ्वी भन्दा डेढ गुना ठूलो ग्रह भेटियो
स्वीडेन र मेक्सिककोका बैज्ञानिकहरुले सौर्य मण्डलमा पृथ्वी भन्दा ठूलो आकारको ग्रह पत्ता लगाएको दावी गरेका छन् ।सौर्य मण्डलको छेउँमा उक्त विशाल पिण्ड यस अघि कहिले पनि नदेखिएको उनीहरुको दावी छ । अल्फा सेन्टाउरी तारा पुञ्ज नजिकै उक्त ग्रह अवस्थित रहेको हुन सक्ने उनीहरुको भनाइ छ ।प्रारम्भिक अनुसन्धन पछि बैज्ञानिकहरुले सार्वजनिक गरेको कागजातले अल्फा सेन्टाउरी तारा पुञ्ज नजिकै पृथ्वी भन्दा ठूलो आकारको पिण्ड देखा परेको र यस अघि यो नदेखिएको उल्लेख गरेका छन् ।यो पिण्ड सौर्य प्रणालीकै अंग भएको उनीहरुको भनाइ छ । विशाल चट्टान पृथ्वीमा ठोकिँदै, संसारकै अन्त्य हुन सक्ने खगोलविदको दावी ्र नेपाल सन्देश बाट ।विवादीत पूर्व मन्त्री पराजुलीको अर्को कारनामा, अख्तियारले असुल्यो २ लाख ६० हजार
मानव वेचविखनका घटना बढ्दै, प्रहरीद्धारा ८ युवतीको उद्धार
विश्वमा यस्तो देश छ जहाँका मानिसले सय वर्षपछि बल्ल घाम देख्न पाए, घाम ताप्नेको घुइँचो
नर्बेको जुकानका मानिसहरुले १ सय वर्ष पछि बल्ल घाम देख्न पाएका छन् । नर्बेको जुकानमा चारैतर्फबाट पहाडले घेरिएका कारण त्यहाँ कहिल्यै पनि घाम लाग्दैन । कैंयौं मानिसको त घाम नदेखेर जिबन बितिसकेको छ । त्यहाका मानिसहरुले घाम देख्न नपाएको सय वर्ष भन्दा बढि भएको जनाइएको छ । तर एक इन्जिनियरको टोलीले स्वालार पाइप मार्फत त्यस क्षेत्रमा सूर्यको प्रकाश ल्याएका हुन् । इन्जिनियरहरुले सोलर प्यालन जोडेर कम्युटरको माध्यामद्धारा सुर्यलाई त्यस स्थानमा पारेका छन । घाम देखिन थालेपछि त्यस स्थानमा मानिसहरुको घाम ताप्न आज भोली भिड लाग्ने गरेको छ ।













