प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

बाच्ने मन छ जुनी-जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा

मोदीको भिषा रेकर्ड फाईल

अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

म. प. विश्वविद्यालयले पालुवा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा

दलित बालबालिकाको अवस्था

हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।

छोराको नाम जेनेरेटर, छोरीको नाम उजेली

रुस, २८ गोविन्द विश्वकर्मा
गत वर्ष रुसमा विलय भएको क्राइमियामा हप्तौँसम्म लगातार लोडसेडिङ भएपछि त्यहाँका सांसदहरुले लोडसेडिङ अन्त्य गर्न अनौठो शैली अपनाएका थिए । सांसदहरुले नयाँ जन्मिने शिशुहरुको नाम जेनेरेटर राखेर लोडसेडिङ अन्त्य हुने जुक्ति निकालेका थिए ।
सुन्दैमा अचम्म लाग्ने यो कुराले । युक्रेनबाट छुट्टिएको क्राइमिया अहिले उर्जासंकटबाट गुज्रिरहेको छ । युक्रेनबाट क्राइमियामा विद्युत आपूर्ति भैरहेको प्रशारण लाइनमा अज्ञान आक्रमणकारीले बम आक्रमण गरेर क्षति पूराएसँगै क्राइमिया अन्धकारबाट गुज्रिरहेको छ ।
रुसले आफ्नो क्रास्नोडार क्षेत्रबाट समुद्रमुनि विजुलीको तार विछ्याएर क्राइमियामा विद्युत आपूर्ति गर्ने प्रयास गरिरहेको छ । यसको पहिलो चरण अन्तरगत गत बुधबार राष्ट्रपति भ्लादमिर पुटिन क्राइमिया पुगेर विद्युत आपूर्तिको उद्घाटन गरेका थिए । सायद रुसको त्यहीँ कदमको समर्थन गर्नका लागि होला संसदले बच्चाबच्चीको नाम नै जेनेरेटर राख्न आग्रह गरेकोछ ।
स्थानीय संसदका सभामुख भ्लादिमिर कोन्स्तान्तिनोभले केही दिनअघि संसदमा बोल्दै अभिभावकलाई एउटा आग्रह गरे । सरकारले क्राइमियाको उर्जा संकट समाधानका लागि गरेको प्रयासलाई सम्मान गर्दै आफ्ना नवजात छोरीहरुको नाम स्भेता अर्थात उजेली र छोराको नाम जेनेरेटर राख्न अभिभावकहरुलाई आग्रह गरेका रुसी संचार माध्यमहरुले जनाएका छन् ।

चालक विनाका बाहन

नेदरल्याण्ड, २८ मंसिर गोविन्द विश्वकर्मा । 
सडकमा दौडिदै चालकविनाका सवारी साधन ।
 नेदरल्यान्ड्सको वाखिनिंग्न विश्वविद्यालय र एअड सिटीले हालै एक यस्तो प्रयोग गर्दैछन् जसले यातायातको दूनियाँमा नयाँ आयाम थपिदिन सक्छ । उनीहरुले विद्युतीय मिनीबस त्यो पनि चालकरहितको परिक्षण गर्दैछन् । वाखनिंग्न विश्वविद्यालय र एयड सिटीबीचको ३।५ माइलको दूरीमा यस्तो परिक्षण गर्न लागिएको हो । यस्ता विद्युतीय वाहनहरुलाई विप्याड् नाम दिइएको छ । यी वाहन हेर्दा शिशाको बक्सा जस्ता देखिन्छन् । तर यसमा १२ मानिस अटाउन सक्छन् । वाहन हेर्दा यसको अगाडिको भाग र पछाडिको भागमा कुने अन्तर छैन । त्यतिमात्रै होइन यी वाहनमा स्टेरिङ, नियन्त्रण कक्ष केही पनि राखिएको छैन । खासमा यो रोबोट वैन हो जसलाई सजिलो भाषामा स्मार्ट फोनको एप्स मान्न सकिन्छ । प्रतिघण्टा १५ माइल चल्ने यस्तो वाहनको प्रयोग यसअघि विमानस्थलका भित्री निश्चित सडकमा गरिएको थियो ।                        
             अहिले भने यसको प्रयोग बाहिरी सड्मै गर्न लागिएको हो तर परिक्षणका लागि मात्रै । यदि यो परिक्षण सफल भएमा यसले भविष्यमा यातायातको क्षेत्रमा नै नयाँ आयाम थप्ने छ । सुरुवाती चरणमा भएका कारण यसका केही कठिनाईहरु पनि छन् । जस्तो कि खराब मौसम, धेरै भिड हुने सडकहरु र राति यसलाई चलाउन सकिन्न । क्यामेरा, लेजर सेन्सर जस्ता प्रविधि बसमा जडान गरिएको छ । यसैमा जडान भएको एप्सको प्रयोगबाट कुन कुन स्थानमा रोक्ने हो त्यो निर्धारण गर्न सकिन्छ । यो बस उच्चप्रविधियुक्त हो तर पनि यो यन्त्रमाथि पूरै विश्वास भने अहिले नै गरिसकिएको छैन । यसलाई मान्छेले नै कतै बसेर नियन्त्रण गर्नेछन् । आवश्यकता भएमा यसलाई मान्छेले नै सञ्चालन पनि गर्न सक्नेछन् । यात्राका क्रममा कुनै यात्रुले यसको कम्यूनिकेसन बटन दबायो भने टेक्निसियन कक्षमा बसेको व्यक्तिले यसलाई आफ्नो नियन्त्रणमा लिन सक्छ र अप्ठ्यारो सडकबाट बसलाई बाहिर निकाल्न सक्छ ।

सुर्खेत कृर्षिले परिचित

सुर्खेत, २८ मंसिर । 
कृषि र पशुपालनका लागि सुर्खेत जिल्ला सवैभन्दा उत्तम जिल्लाको रुपमा परिचित हुन थालेको छ ।
अरु ठाउँ भन्दा सुर्खेतको वातावरण राम्र्र्रो रहेकाले कृषि र पशुपालनबाटै आत्मनिर्भर भई समृद्धितर्फ जानसक्ने धेरै आधार रहेका विज्ञहरुले बताउन थालेका हुन् । सुर्खेतको भूमि कृषि क्षेत्रका लागि प्रचुर सम्भावनायुक्त रहेको भौतिक तथा जीवविज्ञानका ज्ञाता १००८ डाक्टर वैष्णव कृष्णदासले बताउनुभएको छ । उहाँले सुर्खेतको हावापानी कृषिका लागि उपयूक्त भएको भन्दै सुर्खेतमा एक बर्षमा तीन बाली भि¥याउन सकिने बताउनुभयो । बनस्पति विज्ञसमेत रहेका कृष्णदासले आफू गर्मी र जाडो दुवै समयमा सुर्खेत आएकाले उर्वर भूमिमा कृषि क्रान्ति गर्न सकिने बताउनुभयो । 

                                                   उहाँले अन्य क्षेत्रहरुसँग कृषि उद्यमलाई जोडेरसमेत कृषि पर्यटन प्रवद्र्धनमा गर्न सकिने बताउनुभयो । सुर्खेत गाईपालनका लागि पनि उपयूक्त स्थान भएको बताउँदै उहाँले व्यवसायीक पशुपालन गर्न युवाहरु अग्रसर हुनुपर्ने बताउनुभयो । रोजगारीका लागि दैनिक हजारौंको संख्यामा विदेशिनु भन्दा आफ्नै मुलकमा बाजा खेतमा कृषि कर्म गरे देश दश बर्षमै आत्मनिर्भर हुने उहाँले दावी गर्नुभयो । ७० प्रतिशत नेपालीसँग आफ्नै जग्गा रहेको बताउँदै त्यहि जग्गाको सदुपयोग गरि हरित गृह क्रान्ति अभियान मार्फत मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । कर्णाली क्षेत्रको जडिबुटी संरक्षण मात्रै गर्नसके पनि त्यसबाट अबको पुस्ताले चौतर्फि लाभ लिन सक्ने उहाँले बताउनुभयो । बजारमा अर्गानिक कृषि उपजको माग अत्यधिक रहेको भन्दै सुर्खेतमा अर्गानी खेत गरि यसबाट फाइदा लिन सकिने कृष्णदासको भनाई थियो ।  

गुन्द्रुकको झोलमा मुसा ! फतफताउँदै भनिन्–थुक्क सरकार !

बुढो कुखुराको भाले नबास्दै काम गर्न जान्छ । काम गर्ने ठाउँमै भात खान्छ । त्यसैले बिहान भात खाने उनी एक्लै हो । केही महिना पहिलेसम्म त बासी भात पनि के खानु भनेर उनी आफु एक्लैलाई भएपनि दाल, भात, तरकारी, अचार बनाउँथिन् । दिउँसो कामबाट फर्किने बुढालाई समेत राखेर आफ्नो भाग खान्थिन् । तर हिजोआज सबैको जस्तै उनको पनि लवाईखवाई र दैनिकी फेरिएको छ । बेलुका बुढाबुढीलाई भात पकाउँदा भोलिपल्ट बिहान आफुलाई समेत पुग्नेगरी दुईमुठी चामल र चार त्यान्द्रा गुन्द्रुक थप्छिन् । भात राइसकुकरमा पकाउँछिन् । गुन्द्रुक चाहिँ ग्यास सिलिण्डरमै उमालीरहेकी छिन् ।
 बुढाले राइसकुकरमा पनि गुन्द्रुक पकाउन मिल्ने रैछ भनेको थियो । काम गर्ने ठाउँमा उसले यसैगरी पाकेको गुन्द्रुक र भात खाने गर्छ । तर कोठामा राइसकुकुरमा मिल्ने प्लग नभएकाले उनले बिजुलीमा तरकारी पकाउन सकेकी छैनन् । भात पकाउँदा त चामल र पानी राखेर बिर्को लाइदियो, अनि प्लग मात्रै जोडेर छोडिदियो । तर तिउन तरकारी पकाउँदा त नुन, भुटन, बेसार, मसला सबैथोक राखेर बेलाबेला चलाउँदै छोप्दै गर्नुपर्यो । त्यसैले राइसकुकुरमा तिउन तरकारी पकाउन उनलाई अप्ठेरो छ । भात पकाउँदा चाहिँ राइसकुकुर उचालेर तल भर्याङमुनीसम्म ल्याउने, लाने गरेकी छिन् । त्यहाँ चाहिँ बिजुलीको प्लग छ । वरपरकाले त बिजुलीको ओदान अर्थात इन्डक्सन चुल्हो ल्याएर खान पकाउन थालेका छन् । ‘खाना पकाउन पनि सजिलो, हिसाब गर्दा ग्यास भन्दा सस्तो पर्ने रहेछ’ पल्लोघरकी काकीले भनेको उनले सुनेकी थिइन् । 
ल बुढा हामी पनि इन्डक्सन ल्याउन पर्यो भनेर धेरै भनिन् । तर बुढाले चलुञ्जेल यस्तै गरौं, सकिएपछि ल्याउँला भनेको छ । बुढाले इन्डक्सन चुल्हो ल्याउला र वरपरकासँग गफ मिल्नेगरी भात पकाइएला भन्ने उनलाई विश्वास छैन । जेठमा फेरेको ग्यास सिलिण्डरले अझै काम दिइरहेको छ । पहिला पहिला तीन÷चार महिनालाई पुग्थ्यो । अहिले ६ महिना हुँदासम्म एकछाक गुन्द्रुक उमाल्न पुगेकै छ । पहिले पो बिहानको भात बुढाले पनि घरमै खान्थ्यो । अहिले एकछाक त बुढाले बाहिरै भात खान्छ । त्यसमाथि यसपाली धेरै दिन माइत पनि बसियो । त्यसैले वरपरकाले मकैको ढोंड र झ्याँस खोया बालेर धुवाँ उडाउँदै भात पकाउँदा उनले अहिलेसम्म आगो फुक्न परेको छैन । यसैगरी भात पकाउने हो भने हलुंगो हुँदै गएको सिलिण्डरले अझै केही दिन धान्नेमा उनी ढुक्क छिन् ।
                            भात तरकारी पकाउनु छैन, कसैले चाँडो किन नउठेको भनेर गाली गर्ला भन्ने पनि छैन । न उठेर पानी पंधेरो र घाँस भकारो गर्न परोस् । न बालबच्चालाई खुवाउन पिलाउन नै । त्यसैले उनलाई केही बितेको छैन । बिहान उठेर हिँडेको बुढाले आधा काम भ्याइसक्दा उनी ओछ्यानमै छिन् । भएन अब त तलतिरका, वल्लोपल्लो घरका पनि उठेर खैलाबैला गर्न थालिसके भन्दै उनी जिउ तन्काउँदै उठिन् । हात मुख धोइन् । अब हिजो पकाएको भात तिउन तताएर खान पर्यो भनेर भान्सामा पुगिन् । बेलुकी गुन्द्रुक भएको कराईमाथि राखेको थाल छैन ।
यसो किचन र्याक मुनी हेरेको त थाल मिल्किरहेको छ । ला आज मुसाले यता पनि भ्याएछ भन्ने उनलाई लाग्यो । हत्तपत्त कराईमा हेरेको त, गुन्द्रुकको झोलमा त बडेमानको चौटा १ छि  छि मुसा पो डुबेछ । मुसा पनि सानो हो र १ बडेमानको १ बिरालोले पनि झम्टन आँट नगर्ला जस्तो । एकमन त उनले खुच्चिङ पनि भनिन् । यही मुसाले रातभर सुत्न नदिएर हैरान पार्दै आएको छ । कहिले चामल राखेको बोरा खोतलेको छ, कहिले किताब राखेको र्याक र लुगा कोचेको झोला खज्याङ मज्याङ बनाएको छ । रातभर घत्र्याकघुत्रुक गरेर सुत्न दिंदैन । न विष खाएर मर्छ, न लिसोमा टाँसिन्छ । हैरान बनाउँदै आएको मुसा गुन्द्रुकको झोलमा डुबेर मरेछ । खुच्चिङ ठिक्क भयो । 
मुसा मरेकोले खुशी भएर के गर्नु रु अब भात केसँग मुछेर खाने । अलिअलि भएको ग्यास फारो गर्नलाई अहिले भात मुछ्ने गुन्द्रुक हिजै बनाएर राखेको । त्यो पनि मुसा डुबेर फाल्नुपर्ने भयो । ‘थुक्क सरकार यो के गरेको रु खुरुखुरु ग्यास पाउने भए म हिजोको लागि हिजै र आजको लागि आजै भात तरकारी पकाउँथे । मुसा त मर्दैनथियो ।’ मनमनले सरकारलाई सराप्दै कराई उचालेर बाहिर निस्किन् । अलि पर लगेर ह्वात्त मुसो र गुन्द्रुकको झोल फालिन् ।
‘ए बिमला के भयो, बिहानै के फालेकी’ तलकी काकीले भनिन् । बिमलाले गुन्द्रुकको झोल र मुसाको चोक्टाको बेलिबिस्तार लाइन् । ‘हिजोको भात त छ अब नुनखुर्सानीसँग खानुपर्ला काकी’ बिमला माथि उक्लिन् । ‘दाल यहाँबाट लैजाउ, मैले पनि आजलाई पुग्नेगरी हिजै पकाएको हो आगोमा, तर मुसा परेको छैन’ काकीले हाँस्दै भनिन् ।