प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

बाच्ने मन छ जुनी-जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा

मोदीको भिषा रेकर्ड फाईल

अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

म. प. विश्वविद्यालयले पालुवा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा

दलित बालबालिकाको अवस्था

हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।

खुला दिसामुक्त घोषणाको लगन जुर्यो, अथिती टुङ्गो भने लागेन

सुर्खेत, २९ मंसिर 
कार्तिक महिनामै सुर्खेतलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने उद्घोष गरेपनि अन्तिम लगन गाँठो आगामी पुस १४ गतेलाई तय भएको छ । गत कार्तिक १९ गते जिल्लालाई खुला दिसामुक्त घोषणाको तिथि मिति जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले तय गरेको थियो । तर प्रमुख अतिथि कसलाई बनाउने भन्ने टुङ्गो नलाग्दा निर्धारित समयमा घोषणा हुन सकेको थिएन् । समितिको मंसिर अन्तिम साता बसेको बैठकले आगमी पुस १४ गतेको मिति तोकेको छ ।  ‘कार्तिक महिनामा नै समितिले अथितिको टुङ्गो लगाएर घोषणा मिति तय गर्ने बताइएको थियो । लामो समयसम्म मितिको टुङ्गो लगाउन भने समितिले सकेको थिएन् । करिव एक महिनापछि समितिले मिति जुराएपनि अतिथि कसलाई ल्याउने भन्ने अन्यौल अझै कायमै छ । बैठकमा सहभागी एक सदस्यले भने,–‘पहिलो प्राथमिकतामा प्रधानमन्त्री, दोस्रोमा सभामुख र तेस्रोमा उप–राष्ट्रपतिलाई ल्याउने तयारी भएको छ ।’ प्रधानमन्त्रीबाट नै जिल्ला घोषणा गर्ने गरी छलफल भएको बताएका ती सदस्यले भने, तर प्रधानमन्त्री नआए विकल्पमा सभामुख र उपराष्ट्रपतिलाई ल्याउने तयारी सम्वन्धमा पनि बैठकमा सकरात्मक छलफल चलेकोे उल्लेख गरे । मध्यपश्चिमको केन्द्रविन्दुको रुपमा हेरिदै आएको सुर्खेतमा तामझामका साथ प्रधानमन्त्रीबाट जिल्ला घोषणा अभियानलाई सार्थकता दिन उच्च तहका व्यक्तिलाई ल्याउन समिति जुटेको स्रोतको भनाई छ । देशको असहज परिस्थितका कारण पनि अहिले नै कस्लाई ल्याउने भन्ने टुङ्गो नलागाइएको जानकारी दिएका ती सदस्यले अधिकाँश सरोकारवाला निकायले उच्च तहका व्यक्तिबाट नै खुला दिसामुक्त जिल्ला घोषणा गर्नु पर्ने धारणा राखेकाले सम्भवत प्रधानमन्त्री नै आउन सक्ने बताए । समितिले सुर्खेतस्थित राजनीतिक दलहरुको समन्वयमा चाडै नै अतिथिको टुङ्गो लगाउने निर्णय गरेको छ । जिल्ला घोषणा गर्न यसअघि नै तीन नगरपालिका र ४१ गाविसहरु खुला दिसामुक्त घोषणा गरिसकिएको छ ।

प्रेस चौतारी दैलेखको अध्यक्षमा : थापा

गोविन्द विश्वकर्मा सुर्खेत, २८ मंसिर 
प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखको अध्यक्षमा पुस्कर थापा सर्वसम्मत चयन भएका छन् । शाखा दैलेखको तेस्रो अधिवेशनले थापासहित १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । नव गठिन कार्य समितिको उपाध्यक्षमा भरतराज अधिकारी, सचिवमा कमल शर्मा, सह–सचिव खगेन्द्र कार्की र कोषाध्यक्षमा अनु प्याकुरेल छन् । तीन वर्षे कार्यकाल रहने नयाँ कार्य समितिको सदस्यहरुमा उदयराज अधिकारी, खगेन्द्र राना, प्रेम विसुन्के, चन्द्रा बोहोरा, रमेश भट्टराई, भूमिका मल्ल, नरेश लामिछाने र मन्जु वि क छन् । नयाँ कार्य समितिलाई प्रेस चौतारी नेपालका मध्यपश्चिम उपाध्यक्ष सुरेन्द्र काफ्ले सहितको टोलीले सपथ खुवाएको थियो । अधिवेशनमा प्रेस चौतारी नेपाल भेरी अञ्चल इन्जार्ज वीर बहादुर गिरी, केन्द्रिय सचिव टिका विष्ट, अञ्चल कमिटी सदस्य दिपक बुढा लगायतको उपस्थिती रहेको थियो ।

३० पुरिया ब्राउन सुगरसहित दुइ पक्राउ

सुर्खेत, २९ मंसिर ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३० पुरिया लागु औषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ । डिएसपी बहादुर जंग मल्लको कमाण्डमा खटिएको टोलीले वीरेन्द्रनगर–८ ईत्रामको सोती टोलबाट १७ वर्षका सम्शेर शाही र १८ वर्षका राजकुमार रोकायलाई पक्राउ गरेको हो । शाही र रोकायले लागु औषध सेवन गरिरहेको बेला पक्राउ गरिएको प्रहरीको भनाई छ । डिएसपी मल्लका अनुसार उनीहरुले सेवन गरिरहेको ठाउँबाट १ पुरिया लागु औषध  २०० मिलिग्राम (ब्राउनसुगर) जस्तो धुलो पदार्थ फेला  परेको छ । साथै शाहीको घरमा प्रहरीले खानतलासी गर्दा उनी सुत्ने कोठाको टेवुलमा प्लाष्टिक लुकाएर राखेको अजस्थामा २९ पुरिया अबैध लागु औषध १४ ग्राम ८२० मिलिग्राम (ब्राउनसुगर) जस्तो धुलो पदार्थ फेला परेको प्रहरीको सूचना डेस्कले जानकारी दिएको छ । शाही र रोकायलाई पक्राउ गरी आवश्यक थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

जेनेटको गठन, अध्यक्षमा खत्री

गोविन्द विश्वकर्मा सुर्खेत, २८ मंसिर ।
पत्रकारीता क्षेत्रमा आर्कषण बढेसँगै सम्वादातालाई निरन्तर क्रियाशिल बनाउने उद्देश्यले “पत्रकार सञ्जाल सुर्खेत (जेनेट)”को सोमबार वीरेन्द्रनगरमा गठन गरिएको छ । जिल्लामा क्रियाशिल सम्वादाताहरुको भेलाले सञ्जालको अध्यक्षमा हाम्रो नयाँ नेपाल दैनिकका सम्वादाता यज्ञ खत्री, बरिष्ठ उपाध्यक्षमा जागरण एफएमका समाचार प्रस्तोता गोविन्द विश्वकर्मा (सुरज) चयन गरेको छ । त्यसैगरी, उपाध्यक्षमा जागरण एफएमका कार्यक्रम सञ्चालक टेकराज केसी, महा–सचिवमा राजेन्द्र खड्का उपमहा–सचिवमा लोकमञ्च दैनिकका सम्बादाता सविता जिसी र कोषाध्यक्षमा तुल्सी आचार्य चयन भएका छन् । जेनेटका साधारण सदस्यहरुमा सुर्खेत पहिचान दैनिकका सम्बादाता मदन विश्वकर्मा, यूग आह्वान दैनिकका सम्वादाता रचना बुढा, हाम्रो अखवार दैनिकका सम्वादाता जानकी शाही, काँक्रेविहार दैनिकका सम्वादाता डिलप्रसाद शर्मा, रेडियो सुर्खेत एफएमका सम्बाददाता पुष्प विसी, नवराज रोकाय, भेरी एफएमका सम्वादाता यूवराज पंगाली, बुलबुले एफएमका कार्यक्रम प्रस्तोता आइसिंह रोका मगर, जागरण एफएमका सम्बाददाता डिलु रावत चयन भएका छन् । पत्रकारहरुको संख्यामा बृद्धि भए पनि उनिहरुको क्षमता विकास तथा पत्रकारिता क्षेत्रमा निखार नआउको भन्दै सुर्खेतमा क्रियाशिल नयाँ पत्रकारहरुको संयुक्त पहलमा सञ्जाल गठन गरिएको अध्यक्ष खत्रीले बताउनुभयो । उहाले जिल्लाका सबै गाविसमा भए गरेका काममा पारदर्शी बनाउनका पत्रकारलाई क्रियाशिल बनाउने र क्षमता अभिबृद्धिका लागि विभिन्न तालिम, गोष्ठी, सेमिनार सञ्चालन गर्नु सञ्जालको पहिलो उदेश्य रहेको बताउनुभएको छ ।