प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

बाच्ने मन छ जुनी-जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा

मोदीको भिषा रेकर्ड फाईल

अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

म. प. विश्वविद्यालयले पालुवा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा

दलित बालबालिकाको अवस्था

हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।

पुरस्कारबाट म्यागीले सुर्खेतमै नमूना विद्यालय बनाउने

गोविन्द विश्वकर्मा काठमाण्डौँ, ०१ पुस
यस वर्षका ‘सीएनएन हिरो’ सुर्खेतमा नमूना विद्यालय बनाउनु हुने भएको छ । ‘सीएनएन हिरो’ म्यागी डोयनले आफूले पाएको एक हजार डलरको पुरस्कार राशीले सुर्खेतमा नमूना विद्यालय बनाउने घोषणा गर्नुभएको हो । अमेरिकामा पुरस्कार ग्रहण गरेर नेपाल फर्केकी डोयनले सीएनएन हिरोको उपाधि आफ्नो संस्था कोपिला भ्याली सेवा समाज र सम्पूर्ण नेपालीमा समर्पित गर्दै पुरस्कारको रकमबाट विद्यालय बनाउने घोषणा गर्नुभएको छ । डोयनले नेपालमा रहेर टुहुरा र अनाथ बच्चाहरुलाई असल नागरिक बनाउनु नै आफ्नो लक्ष्य रहेकोसमेत बताउनुभयो । ११ वर्षअघि भारतको ऋषिकेशस्थित बालआश्रममा स्वयंसेवा गर्ने क्रममा थुप्रै नेपाली बालबालिकाहरुसँग भेट भएपछि त्यहि संस्थामा कार्यरत टोपबहादुर मल्लको साथमा डोयन नेपाल आउनुभएको हो । पुरस्कार पाइसकेपछिको पहिलो भेटको अवसर पारि म्यागीको योगदानलाई नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष सूर्यमणी गौतमले प्रशंसा गर्नुभएको छ । नेपालमा बालबालिकाको दयनीय अवस्था देखेपछि मल्लसँग सहकार्य गर्दै कोपिला भ्याली सेवा समाज संस्था दर्ता गरी उहाँले सुर्खेतका टुहुरा र अनाथ बालबालिकाको हेरचाह गर्न थाल्नुभएको थियो । अहिले त्यो संस्थामा ५१ जना बालबालिकाले आश्रय लिइरहेका छन् भने समाजले खोलेको विद्यालयमा चार सयभन्दा बढी विद्यार्थीहरुले निःशुल्क अध्ययन गरिरहेका छन् ।

यातायात क्षेत्रमा नयाँपन आउदै, पुस २ गतेदेखि स्मार्टकार्ड चालक अनुमतिपत्र प्रदान गरिने

गोविन्द विश्वकर्मा काठमाण्डौ २९ मंसिर
यातायात क्षेत्रमा हुने अनियमितता र ढिलासुस्ती रोक्ने उद्देश्यले यातायात व्यवस्था विभागले लागू गरेको स्मार्टकार्ड चालक अनुमतिपत्र पुस २ गते बिहीबारदेखि वितरण हुने भएको छ । मङ्सिर २० गतेदेखि यो प्रणालीअनुसार तस्बिर खिचेर फारम भरी परीक्षा पास गरेकालाई पुस २ गतेदेखि स्मार्टकार्ड प्रविधिको चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका निर्देशक एवम् प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो । एसियाली विकास बैंकको सहयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रत्यक्ष निगरानीमा सञ्चालित सूचना तथा सञ्चार प्रविधि विकास आयोजनाको सहकार्यमा विभागले यो प्रणाली शुभारम्भ गरेको हो । विसं २०७० असोजदेखि काम सुरु गरेको आयोजनाको गृहकार्यपछि विभागले एक साता अगाडिबाट हस्तलिखित चालक अनुमतिपत्रका स्थानमा स्मार्टकार्ड वितरण प्रक्रिया सुरु गर्ने र पाँच वर्षभित्रमा हस्तलिखित अनुमति पत्रलाई विस्थापन गर्ने घोषणा गरेको थियो । स्मार्टकार्डका लागि भरिने फारम पनि अब अनलाइनबाटै भर्न सकिने व्यवस्था गरिएको छ, यसका लागि यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा केही संशोधन गर्नुपर्ने विभागले जनाएको छ । संशोधनको प्रक्रिया पनि अघि बढेको उहाँले जानकारी दिनुभयो वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट मङ्सिर २० देखि स्मार्टकार्ड चालक अनुमति पत्र वितरणका लागि प्रक्रिया सुरु भएको थियो । यसलाई छिटो अन्य कार्यालयमा पनि विस्तार गर्ने तयारी भएको बताइएको छ ।

विशाल नेपाल नभए पनि बचेको नेपाल त जोगाऔं

 सम्पूर्ण देश प्रेमी दाजु भाइ तथा दिदी बहिनीहरु जय मातृभुमि

होब खड्का


हामी करोडौ क्रोमोजोमहरुलाई हराउँदै लड्दै आमाको कोखबाट पबित्र धर्तीमा जन्म लिदै जितेका हामी आज हरेक दिन हार्दैछौ । हाम्रा पुर्खाहरुले देखेको बिशाल नेपालको सपना त साकार पार्न सकेनौ नै, हुँदाहुँदा बचेको राष्ट्रियता पनि आज आएर गुम्ने अवस्था सिर्जना भएको छ । पुर्खाहरुको योगदानले हामीले पाएको यो सानो राम्रो अनि सुन्दर राष्ट्र नेपाल ई बचाएर राख्न मात्र हैन कि मातृभूमिको सुरक्षा गर्दै नयाँ युगको थालनी गर्नु र्ने समय आएको छ । आम नेपालीहरुको एकता र योगदानमा नै नेपालको सुन्दर भबिष्य लुकेको छ । अब यो नयाँ पुस्ताले एकपटक ब्यबहारिक त्याग गर्नुपर्ने बेला आएको छ । अब हुने त्याग आन्दोलन, क्रान्ति र लाठी जुलुशको हैन, हाम्रो आफ्नै अधिकारको सही प्रयोगद्वारा तत्कालको राजनीतिक सन्नटालाई पूर्णरुपमा बिस्थापित गरी आर्थिक बिकास, समृद्धि र परिवर्तन ल्याउन सक्नेछौ । हामी आम नेपालीबीचको एकता, मेहेनत्, योगदान र लगानी बिना आमुल परिवर्तन सम्भब छैन । प्रचुर सम्भावना हुँदा हुँदै पनि गलत र अब्यवहारिक सोच तथा योजनाका कारण हरेक बिकास क्रममा पछाडि धकेलिदै गएका छौ ।
नेताहरु इतिहासको काठघरामा बपत्र बक्दै मा, एकले अर्कोलाई गाली गर्दैमा  केही हुने वाला छैन । जबसम्म व्यक्तिगत आचरण, पार्टीगत नीति, राजनीतिक आचरण सुध्रिदैन तबसम्म यिनीहरुले बोलेका सबै हावाको रुपमा लिदा हुने छ। बिगत २० बर्षदेखि राज्यले बिकासको गति पाउन सकेको छैन । जनयुद्धको नाममा, जनआन्दोलनको नाममा, मधेशी, थरु, लिम्बुवा आन्दोलन को नाममा बिकासका कामहरु ठप्प छ ।
२०४७ सालयता राज्यले निरन्तर रुपमा हुने बिकासभन्दा यो चाहिं गर्‍यो भन्न लायक कुनै योजना अगाडि आउन सकेको छैन। निजीक्षेत्रको एक्लौटी पहलबाट जे भएको छ, जनताको व्यक्तिगत र सामाजिक तबरबाट जे भएको छ त्यो भन्दा बढी राज्य र सरकारको तर्फबाट भन्नलायक त्यस्तो कुनै प्रगती विवरण आउन सकेको पनि छैन ।
नत्र भने खाडी मुलुक, मलेशिया, भारत रोजगार र नोकरीको लागि हैन समृद्ध नेपालभित्र लगानी गर्न त्यहाँका ब्यापारी रु लालायित हुन्थे । बेरोजगारी समस्यालाई पूर्ण रुपमा निर्मुल गरी स्वोदेशी उत्पादन, स्वदेशी लगानी र ठुला परियोजनाहरुमा सरकारी, निजी र बैदेशिक लगानी अनगिन्ती हुने थिए । न त नेपालको ईतिहासमा अहिलेसम्म भएका राज्य संचालकहरुले उचित र सही नीति ल्याउन सके, नत ल्याएका नीतिहरुलाई कार्यान्वयनमा लान सके । न त सुरुवात गरिएका साना तथा ठूला परियोजनाहरु सन्चालनमा नै ल्याउन सके । बरु भएका सम्पूर्ण सरकारी र पब्लिक कम्पनीहरु बन्द गराए, धराशायी बनाए, जनताको रोजगारी छिन्ने काम मात्रा गरे, नत निजीकरन गर्ने योजना ल्याउन सके न त गति नै दिन सके ।
हामी हामीबीचको खाडल बड्दै गएको छ । हामी को हौ भन्ने प्रश्न हरेकको दिमागमा उब्जने गरेको छ तर हामी नेपाली हौ भन्ने हामीले सुत्ने बेलामा समेत सोच्न सकेका छैनौ । देश रहे न हामी रहन्छौ । हाम्रो संस्कृति र समाज रहे न हामो पहिचान रहने छ तर आज हामीलाई नेपाली हैन जतीय बन्नु परेको छ, भाषिक बन्नु परेको छ, प्रदेशी बन्नु परेको छ । हो एउटा राष्ट्र जाती, भाषा र भूगोलको पूर्ण अधिकार र स्वतन्त्रताबिना पूर्ण बन्न सक्दैन । एउटा स्वाधिन, सार्भभौमसत्ता र स्वोतन्त्र राष्ट्रमा हरेक जनताको भाषा, जातीय अस्तित्व संस्कृति र भूगोलको बराबर अधिकार र समान इज्जत हुनु जरुरी छ । तर त्यो पनि हुन सकेको छैन । सबै ल सबैको सम्मान गर्न नसक्ने भएका छौ हामी ।
अब यो क्रम भङ हुन जरुरी छ । हामी बिभाजित सम्पूर्ण दाजुभाई, दिदीबहिनीहरु फेरी एकपटक नेपाल राष्ट्रको लागि हाम्रो राष्ट्रियता जोगाउनका लागि, सार्बभौमसत्ता राष्ट्र नेपालको शान र गौरबलाई उच्च पार्न र हाम्रो सानो सुन्दर राष्ट्रलाई समृद्ध नेपाल बनाउने अभियानमा लाग्नुपर्ने समय आएको छ । हामी चाहन्छौ यो अभियान तपाईं हामी बिच बाट नै होस् । हामी चाहन्छौ यो अभियान पूर्ण रुपमा जनताको अभियान हुन सकेको होस् । तत्काल भएको सम्पूर्ण समाजिक र राजनीतिक परिवर्तन को लागि हुन सकेको होस् । हामीले गुमाउदै गरेको पहिचान, शान, इज्जत, नाम अनी हाम्रो सुरक्षाको लागि होस् ।
अब पनि हामी सम्पूर्ण देश बिदेशमा रहनु हने सम्पूर्ण नेपालीहरु एकजुट हुन नसक्ने हो भने, आफू, समाज र राष्ट्रको लागि बिशाल सामाजिक अभियान सुरु गर्न नसक्ने हो भने हामीसँग तत्क्लाल बचेको अधिकार, हैसियत र इज्जत पनि गुम्ने छ । हामी इतिहासको अन्तिम घडीमा आएर रोकिएका छौ ।
हामी बिगत केही महिनादेखि निरन्तर रुपमा कसरी अगाडि बढ्न सकिन्छ, शान्त, सुन्दर अनी समृद्ध नेपालका लागि कुन अभियान वा उद्देश्य लिएर सयुक्त रुपमा जान सकिन्छ भन्ने छलफलमा छौ । सामाजिक रुपान्तरणको लागि, राजनीतिक परिवर्तनको लागि, पूर्णरुपमा राजनीतिक पद्धति चेन्ज गर्नको लागि, युबा तथा घरेलु उद्यमीलाई प्रबर्दन गर्नको लागि, घरेलु उत्पादनलाई बढावा दिनको लागि, रोजगरीको सिर्जना गर्नका लागि सोही अनुसारको नीति र कार्यक्रम अनि कार्यान्वयन क्षमता चाहिन्छ ।
यसका लागि सरकारी, निजी तथा बैदेशिक लगानीको उचित नीती ल्याउनको लागि, कृषि प्रधान देशमा ब्याबसयिक कृषि, जडिबुटीको उचित ब्यबस्थापन र प्रबर्दन, आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन, जलबिद्युत, धातु र अन्य बहुमूल्य खानीहरु, उचित प्रयोग र ब्यबस्थापन को लागि पनि राजनीतिक निर्णय र योजना नै आबश्यक भएकाले हामी राजनीति मै प्रबेश गर्नुको बिकल्प छैन ।
त्यसैले हामी वाद सिद्दान्त र शब्दमा हैन कर्म अनि एक्सनमा विश्वास गर्छौ । एकदिन यही विश्वाशले हामी नेपाललाई बनाउने छौ । हामी २४० वा १०४ बर्षको राज्य सन्चालनमा हैन १० देखि २० बर्षभित्रमा अहिले भएको नेपाललाई समृद्ध राष्ट्रको सूची मा पुर्याउने छौ । नेपालमा पनि १० देखि २० बर्षभित्रमा समृद्ध राष्ट्र बन्न सम्भब छ । राजनीतिक परिवर्तनका लागि स्वतन्त्र नेपाली जनता

चीनबाट ३० वटा विद्युतीय बस आउँदै, २० वटा अनुदानमा, १० वटा खरीद गरिने

गोविन्द विश्वकर्मा काठमाण्डौ, २९ मंसिर
भारतको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ आयातमा भएको अबरोधले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रभावित भैरहेका बेला चीन सरकारले नेपाललाई अनुदानमा २० वटा विद्युतीय बस दिने भएको छ । आजभन्दा झण्डै ४० वर्षअघि नेपाललाई ट्रलीबस सहयोग गरेको चीनले दोस्रोपटक यी विद्युतीय सवारी दिन लागेको हो । हुन त पेट्रोलियमको अभावसंगै विद्युत प्रवाहमा समेत लामो समय कटौती गर्नु परिरहेको अवस्थामा ती बसहरु भने ब्याट्री बाट संचालन हुनेछन् । स्थानीय विकास मन्त्रालयमार्फत चीन सरकारले नेपाललाई काठमाडौं माहानगरपालिकालाई ती बसहरु दिन लागेको हो । अत्याधुनिक एवं ठूला इलेक्ट्रिक बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग हुनेछन् । बस सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न महानगरपालिकाको एक टोली चीन जाने तयारीमा छ । महानगरपालिकाले चीनसँग थप १० वटा विद्युतीय बस पनि खरिद गर्ने तयारी गरेको छ । किनिएका समेत गरी चीनबाट नेपालले ३० वटा विद्युतीय बस ल्याउनेछ ।