प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

बाच्ने मन छ जुनी-जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा

मोदीको भिषा रेकर्ड फाईल

अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

म. प. विश्वविद्यालयले पालुवा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा

दलित बालबालिकाको अवस्था

हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।

रेडियो, एफ.एम. र टिभी प्रदेशको अधिकारमा किन जान हुँदैन

गोपाल गुरागाई
“नखाउँ भने दिनभरिको सिकार, खाउँ भने .....के जातिको अनुहार” भन्ने लागेर हो या अरु कुनै कारणले, संविधानको मस्यौदामा परेको एउटा बुँदामा जान्ने सुन्ने, बिज्ञ र सल्लाहकारहरु कसैले बोलेनन् र केही पनि लेखेनन् । आफ्नै पेशा र व्यवसायसित जोडिएको, चुप लागेर बस्न मन नमानेको र यो बुँदाले भविष्यमा कहिल्यै नसकिने कलह पनि बढाउने भएकाले मस्यौदा संविधानको संशोधन प्रस्तावमा यो बिषय पर्ला कि भन्ने आशाले यो टिप्पणी लेख्न आफैलाई घच्घच्यायो । त्यसो त मस्यौदा संविधानको ३०२ वटा धारा र नौ वटै अनुसूचिमा बिवाद र चर्चा गर्नका लागि पर्याप्त ठाउँहरु छन् । र, ती बिषय कुनै न कुनै रुपमा छलफलमा निस्केका छन् संविधानसभा भित्र पनि र बाहिर पनि । तर कसैले पनि चर्चा र छलफल नगरेकाले अहिले यहाँ चर्चा गर्न खाजेको कुरा प्रदेशका अधिकार सूचिकृत गरिएको अनुसूची ६ को नंवर ३ मा परेका ३ वटा शब्दको मात्र हो । मस्यौदा संविधानको अनुसूची ६ मा प्रदेशका अधिकार सिलसिलेवार तरिकाले लेखिएका छन् र ती अधिकार संविधानको कुन कुन धारा र उपधारासित सम्वन्धित छन् भन्ने पनि लेखिएको छ । प्रदेशका अधिकारको सूचीको क्रमसंख्या ३ मा “रेडियो, एफ.एम., टेलिभिजन सञ्चालन” भन्ने शब्द परेकाले सोझो अर्थमा बुझ्दा भविष्यमा रेडियो, एफ.एम र टेलिभिजन सञ्चालन गर्ने अधिकार प्रदेशलाई दिईएको भन्ने बुझिन्छ । तर, अनुसूचीमा यी तीन शब्द जसरी राखिएको छ, त्यसले प्रदेशलाई मात्र रेडियो, एफ.एम र टेलिभिजन सञ्चालन गर्न दिईएको हो वा यी सञ्चार माध्यमको लाईसेन्स वितरण गर्ने अधिकार दिईएको हो भन्ने कुरा प्रष्ट हुँदैन । उल्लेखित शब्दलाई सोझो हिसावले बुझ्दा प्रदेशले मात्र यी माध्यम चलाउन पाउने, अरुले चलाउनै नपाउने भन्ने अर्थ पनि लाग्छ । तर भन्न खोजिएको त्यस्तो होईन होला । संभवतः मस्यौदाकारहरुले रेडियो, टिभी र एफ।एम। को लाईसेन्स वितरण गर्ने अधिकार प्रदेशलाई दिने भन्न खोजेको होला भन्ने अनुमान गरौं । यदि कुरा त्यही हो भने त्यसरी नै बुझिने भाषामा लेख्न जरुरी छ । अन्यथा यस्को अनेक अर्थ लगाउन सकिन्छ । 
आफ्ना प्रदेशमा यी सञ्चार माध्यमको लाईसेन्स वितरण गर्ने अधिकार यदि प्रदेश सरकारलाई दिएको हो भनेर मान्ने हो भने यो अझै जटील र समस्याको बिषय हो । किनभने यो संसारमा कहि नभएको लाजलाग्दो जात्रा मात्रै हुन्छ । संसारका कुनै पनि देशमा यस्तो लाईसेन्स वितरण गर्ने अधिकार संघीय सरकारको सूचना तथा सञ्चार मन्त्रालयलाई मात्र दिईन्छ र यसो गर्नुका पछाडि पर्याप्त कारणहरु छन् । संविधानको अनुसूची ६ को क्रमसंख्या ३ मा लेखिएका कुराको चुरोमा पस्दा सबैले बुझेको र बुझ्नुपर्ने कुरा के हो भने रेडियो, एफ.एम र टेलिभिजन तीनवटै आम सञ्चार माध्यम हुन् । र यी तीनवटै माध्यम फ्रिक्वेन्सी नभई चल्दैनन् । अथवा रेडियो, टिभी र एफ।एम चलाउने भनेको सरकारले तोकिदिएको सार्वजनिक फ्रिक्वेन्सी चलाउने हो । तर यो सार्वजनिक फ्रिक्वेन्सी मात्रै हो र फ्रिक्वेन्सी चलाउने रेडियो, टिभी र एफ।एम मात्रै होईनन् । सेना, प्रहरी, गुप्तचर, पाईलट, हवाई विभाग तथा टेलिफोन सेवा प्रदायकले पनि फ्रिक्वेन्सी चलाउँछन् । सार्वजनिक फ्रिक्वेन्सी ९रेडियो, टिभी, एफ।एम० सबैले सुन्नका लागि हो, त्यसैले सबैले सुन्न सक्छन् । तर फ्रिक्वेन्सी प्रयोग गरेर सेना, प्रहरी, गुप्तचर, पाईलट तथा हवाई विभागका कर्मचारीले आपसमा गरेको संवाद आम नागरिकले सुन्न सक्दैनन् । सुन्न पाउँदैनन् । 
                       सार्वजनिक तथा अरु सबै खालका फ्रिक्वेन्सीको वितरण र व्यवस्थापनको काम गर्ने जिम्मा हरेक देशमा सूचना तथा सञ्चार मन्त्रालयले मात्र पाउँछन् । रक्षा, गृह, बिदेशी दुतावासहरु लगायत ज जस्ले फ्रिक्वेन्सी चलाए पनि चलाउनेले सूचना तथा सञ्चार मन्त्रालयको स्वीकृति लिएर मात्र चलाउन पाउँछन् । नेपालमा पनि रेडियो र टिभीलाई झै सेना, प्रहरी, गुप्तचर, हवाई विभाग, दूर सञ्चार प्राधिकरण तथा दुतावासहरुलाई सूचना तथा सञ्चार मन्त्रालयले नै फ्रिक्वेन्सी वितरण गर्दछ । उनीहरुले पनि सञ्चार मन्त्रालयले तोकेको त्यही फ्रिक्वेन्सी मात्र चलाउन पाउँछन्, अरुको फ्रिक्वेन्सी चलाउन वा मिच्न पाउँदैनन् । भारतमा होस् या अमेरिका, युरोपमा होस् या चीन, संसारका सबै देशमा सार्वजनिक (अथवा रेडियो, टिभी तथा एफ.एम) र अरु फ्रिक्वेन्सी वितरण गर्ने काम ती देशका सूचना तथा सञ्चार मन्त्रालयले गर्दछन् । हरेक देशका सूचना तथा सञ्चार मन्त्रालयमा फ्रिक्वेन्सीको ब्यवस्थापन गर्न त्यही बिषय पढेका, काम गरेका तथा बिशेषज्ञता हासिल गरेका मानिस नियुक्त गरिन्छन् । नेपालको सूचना तथा सञ्चार मन्त्रालयमा पनि यो व्यवस्था छ ।   
                                किन फ्रिक्वेन्सीको वितरण र व्यवस्थापन हरेक देशका सूचना र सञ्चार मन्त्रालयले मात्रै गर्छन त रु किनभने, फ्रिक्वेन्सी कुनै एउटा देशले मात्र हकभोग गर्ने सम्पति होईन । आकास र अक्सिजन जस्तै फ्रिक्वेन्सी संसारका सबै मानिसको र सबै देशको साझा सम्पति हो । त्यसैले संसारभरिका सार्वजनिक र अरु फ्रिक्वेन्सी निश्चित कामका लागि तय गरिएका हुन्छन् । पाईलटले चलाउने फ्रिक्वेन्सीमा सेना, प्रहरी वा गुप्तचरको पहुँच हुँदैन भने सेना, गुप्तचर र प्रहरीका फ्रिक्वेन्सीमा पाईलटको पहुँच हुँदैन । तर सबै देशमा संसारभरका पाईलट, सेना, गुप्तचर र प्रहरीका लागि फ्रिक्वेन्सी तय गर्दा एउटा मापदण्ड अपनाईएको हुन्छ । त्यसैले पाईलटले चलाउने होस् या सार्वजनिक सबै फ्रिक्वेन्सी सबै देशका साझा सम्पति हुन् । फ्रिक्वेन्सीलाई अन्र्तराष्ट्रिय साझा सम्पति मानिएकाले यो साझा सम्पतिको वाँडफाँड र व्यवस्थापन राष्ट्र संघको बिशेष अंग मानिएको ईन्टरनेशनल टेलिकम्यूनिकेसन युनियन ९आईटीयु० नामक संस्थाले गर्छ । आईटीयुको स्थापना सन् १८६५ अथवा ९१५० वर्ष अघि० फ्रान्समा भएको हो र सन् १९४७ देखि नै आईटीयुलाई संयुक्त राष्ट्र संघका बिशेष अंग मानिएको छ । 
                     रेडियो स्पेक्ट्रम र स्याटलाईट अर्विटसँग सम्बन्धित संसारभर जे जति काम हुन्छन्, त्यसको मापदण्ड बनाउने काम आईटीयुले गर्छ र हरेक देशका सरकार आइटीयुको मापदण्ड मान्न बाध्य हुन्छन् । अथवा संसारभरका पाईलट, गुप्तचर, सेना, प्रहरी, टेलिफोन सेवा प्रदायक, रेडियो, टिभीले कुन कुन र कस्ता कस्ता फ्रिक्वेन्सी चलाउने भन्ने निर्धारण आईटीयुले गर्छ । नेपाल पनि आईटीयुको सदस्य हो । आईटीयुका हरेक बैठक, सभा र सम्मेलनमा हरेक देशका सूचना तथा सञ्चार मन्त्रालयले भाग लिन्छन् र त्यहाँ लिईएका निर्णयहरु हरेक सरकारका लागि बाध्यकारी हुन्छन् । 
                 राष्ट्र संघको बिशेष अंगका रुपमा काम गर्ने यो संस्थामा देशको प्रतिनिधित्व राष्ट्रिय/संघीय सरकारको सूचना तथा सञ्चार मन्त्रालयले मात्र गर्ने ब्यवस्था छ । कुनै प्रदेशको मुख्य मन्त्री राष्ट्रसंघमा त्यो देशको प्रधानमन्त्रीका हैसियतले भाग लिन नपाए जस्तै, कुनै पनि देशको परराष्ट्र मन्त्रीले देशको प्रतिनिधित्व गरे जस्तै, आईटीयुमा देशको सञ्चार मन्त्रालयले मात्र प्रतिनिधित्व गर्न पाउँछ । कुनै पनि प्रदेशको सञ्चार मन्त्री वा प्रदेश कर्मचारीले आईटीयुमा प्रतिनिधित्व गर्न पाउँदैन । किनभने आईटीयु राष्ट्रसंघको बिशेष अंगको दर्जा प्राप्त संस्था हो र त्यहाँ देशको प्रतिनिधि मात्र जान्छ । र प्रतिनिधि भएर गएपछि फ्रिक्वेन्सीका बिषयमा छिमेकी तथा अरु देशसँग समन्वय पनि गर्नुपर्छ । त्यसैले यो अन्तर्राष्ट्रिय मामिलामा सन्धि सम्झौता गर्नु जत्तिकै महत्वपूर्ण बिषय हो । 
                       हाम्रो मस्यौदा संविधानको अनुसूची ६ को ३ मा लेखिएको व्यवस्था कायमै राख्ने हो भने भोलि आईटीयुले कस्लाई मान्ने भन्ने प्रश्न खडा हुन्छ र प्रदेश र केन्द्र सरकारबीच कहिल्यै नसकिने तर लाजलाग्दो विवाद हुन्छ । त्यसैले, फ्रिक्वेन्सी वितरण र व्यवस्थापनसँग सम्बन्धित अधिकार प्रदेशलाई दिने व्यवस्था जानाजान गरिएको हो भने किन र के नियतले यसो गरियो भन्ने प्रश्न उठ्छ । सूचना तथा सञ्चार मन्त्री आफै पनि मस्यौदा समितिमा रहेको र सञ्चार मन्त्रालयका सल्लाहकार, सहयोगी र बिज्ञले यो व्यवस्था राख्न सुझाएको हो भने यो अन्तर्राष्ट्रिय लज्जाको बिषय हो । हैन, यो बिषयको गम्भीरता नबुझी वा थाहा नभएर अनुसूचीमा लेखिएको हो भने सञ्चार मन्त्री र सूचना तथा मन्त्रालयले मस्यौदा संविधानको यो व्यवस्था तत्कालै संसोधन गर्न जरुरी छ । किनभने, यो नेपाल र भोलि बन्ने प्रदेशको मामला मात्र हैन, यो स्पष्टतः अन्तराष्ट्रिय मामिला हो । 

स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु

गोविन्द विश्वकर्मा बाँके, पुस १ 
बाँकेको मानपुरमा स्कुटर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परि अर्का एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीका अनुसार दुर्घटनामा परि बर्दिया जमुनी–३ का  २२ वर्षका विदुरकान्त अर्याल र नेपालगञ्ज कारकादौंका २२ वर्षका सुमन न्यौपानेको ज्यान गएको हो । गम्भीर घाइते भएका भएका तीनजनालाई शिक्षण अस्पताल नेपालगञ्ज लगिएकोमा उपचारकोक्रममा  अर्याल र न्यौपानेको ज्यान गएको हो । गम्भीर घाइते नेपालगञ्ज कारकादौंका २५ वर्षका उत्तम न्यौपानेको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । बाँकेको खजुराबाट नेपालगञ्जका लागि छुटेको भे ५ प ७७१८ नम्बरको स्कुटर बुधबार बिहान नेपालगञ्ज उपमहानगरपालिका– २३ अन्तर्गत मानपुरस्थित घुमाउरो मोडमा पोलमा ठोक्किएर दुर्घटना भएको हो । बाक्लो हुस्सु लागेका कारण तीनजना सवार स्कुटर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

पत्रकार गोलेमाथि भएको आक्रमणप्रति महासंघको ध्यानाकर्षण

गोविन्द विश्वकर्मा काठमाडौं, पुस १ 
काभ्रेका पत्रकार राजकुमार गोलेमाथि नचिनेका मानिसको समुहले खुकुरीले हानेको घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव उजिर मगरले बुधबार विज्ञप्ती निकालेर पत्रकारमाथि आक्रमण भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउनु भएको हो । नयाँ पत्रिका दैनिकको काभ्रेका संवाददाताको रुपमा कार्यरत पत्रकार गोलेलाई मंगलबार राति बनेपाको आजाद मावि अगाडि ८र९ जनाको समुहमा रहेका व्यक्तिले एक्कासि खुकुरी प्रहार गरेका थिए  । खुकुरी प्रहारबाट दायाँ हातमा गहिरो चोट लागेका पत्रकार गोलेको शिर मेमेरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । स्वतन्त्र रूपमा आफ्नो पेशागत दायित्व निभाउने पत्रकारमाथि भएको यो आक्रमण सिंगो प्रेसमाथिको आक्रमण भएको भन्दै महासंघले निन्दा गरेको छ । यस घटनाले मुलुकको शान्ति सुरक्षामा समेत गम्भीर प्रश्न खडा गरेको भन्दै महासंघले आक्रमणको भत्र्सना गरेको छ  । दोषीको तत्काल पहिचान गरी कडा कानूनी कारवाही गर्न, पत्रकारलाई स्वतन्त्र र सुरक्षित पत्रिकारिता गर्ने वातावरण निर्माण गर्न एवं पत्रकार गोलेको उपचार व्यवस्था मिलाउन महासंघले सरकारसँग माग गरेको छ ।

मनिषालाई वलात्कार गरि हत्या गर्नेहरु जेल परे

गोविन्द विश्वकर्मा सुर्खेत, १ पुस
सुर्खेतको नेटा गाविस ७ कल्लेरीकी बालिका मनिषा रानामाथि सामूहिक वलात्कारपछि हत्या गर्ने तीन जनालाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतले उनीहरुलाई पूर्पक्षका लागि जेल चलान गर्ने फैशला सुनाएको हो । मंसिर १ गते कल्लेरीका १० वर्षिय मनिषामाथि कल्याण १ का पूर्णबहादुर ठाडा मगर, नेटा ७ कल्लेरीका खड्गबहादुर गाहा मगर र नेटा ५ का यामबहादुर राश्कोटीले सामूहिक वलात्कारपछि हत्या गरेका थिए । सामान लिनका लागि घरबाट पसलतर्फ गएकी मनिषा करिव एक किलोमिटर टाढा जंगलको खोल्सामा मृत अवस्थामा भेटिनुभएको थियो । मृत अवस्थामा रहेकी रानाको शरिरमा घाऊ भएकाले हत्याको आशंका गरिएको थियो ।