प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

बाच्ने मन छ जुनी-जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा

मोदीको भिषा रेकर्ड फाईल

अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

म. प. विश्वविद्यालयले पालुवा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा

दलित बालबालिकाको अवस्था

हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।

गाेविन्द विश्वकर्मा(सुरज) काे पहिलाे लाेकसांगीतिक काेशेली सपनीमा तिमीसंगै हुने गर्छु म


धेरै समयकाे प्रतिक्षा पछि गाेविन्द विश्वकर्मा(सुरज) काे पहिलाे लाेकसांगीतिक काेशेली सपनीमा तिमीसंगै हुने गर्छु म बाेलकाे गीत तपार्इकाे घर अागन रेडियाे सेट अनलार्इन तथा यत्र तत्र सर्वत्र उपलव्ध भएकाे जानकारी गराेदछु । जुन गीतकाे पहिलाे अन्तरा तिम्रै घरकाे अागनमा पुगेर, मागे माया सरणमा झुकेर सपनीमा तिमीसंगै हुने गर्छु म यता हेर्छु  देख्दिन उता हेर्छु देख्दैन छटपटन्छिु मध्यरातमा विपनीमा तिम्रै यादमा रुने गर्छु म । सुमधुर स्वरका धनी धर्मेन्द्र शाही र टीका पुनकाे सुमधुर अावाज, गोविन्द विश्वकर्मा(सुरज) उत्कृष्ट शब्द सृजना र दर्जनाैं गीतमा लय गरिसक्नुभएका सर्जक तेजेन्द्र विवशकाे लयमा रहेकाे याे गीत सपनीमा तिमीसंगै बजारमा आएको छ सुनेर साथ दिनुहेनेछ भन्ने आशा छ।  र  डाउनलोडगर्नको लागी तलको लिङ्कमा क्लीक गर्नुहोला
 http://freenepalimusic.com/mp3/11672


संविधान आएको सय दिन पूरा के भयो, के भएन ?

गोविन्द विश्वकर्मा
पुस १४, काठमाडौं – नेपाली नागरिक आफैले लेखेको नेपालको संविधान जारी भएको एकसय दिन पूरा भएको छ । व्यापक बिरोध र अस्थिरताबिच जारी भएको संविधानका केही व्यवस्था कार्यान्वयन हुन थालेपनि नागरिकको मन जित्नेगरी काम भने हुन सकेको छैन । संविधानमा असन्तुष्टी जनाउँदै आन्दोलन थालेका मधेसी दलहरु अझै असन्तुष्ट छन् । आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधनको लागि बल्ल संविधान संशोधन विधेयकमाथि संसदमा छलफल सुरु सरकारले ढिलो गरी सुरु गरेको अभियान पनि सबै ठाउँमा पुग्न सकेको छैन ।
भएको छ । तर यो विधेयकमा पनि मोर्चा सहमत छैन । मोर्चाकै सहमतिमा संविधान संशोधन गर्न ठूला दलले पहल भने गरिरहेका छन् । गएको सय दिनमा संविधानसभाबाट संविधान बनाउन जनचाहना त पूरा भएको छ । तर संविधान आएपछि झनै अन्योल बढ्यो भन्ने आमनागरिकलाई लागेको छ ।
संविधान जारी भएसँगै बन्द हडताल र नाकाबन्दीले सकस थप्दै गएपछि नागरिकमा असन्तुष्टी बढेको हो । संविधानमा भएका व्यवस्थाबारे नागरिकलाई समयमै बुझाउन नसक्दा पनि अस्थिरता र अन्योल बढेको हो । नागरिकका प्रतिनिधिले लेखेको संविधान विश्वमै उत्कृष्ट भनेर धेरैले प्रशंसा गरेपनि कतिपय नागरिकले संविधान नै बुझ्न सकेका छैनन् । उनीहरुलाई बुझाउने प्रयत्न पनि प्रभावकारी भएको छैन । खासगरी तराईका नागरिकलाई संविधानमा भएका व्यवस्थाबारे स्पष्ट पार्न मुख्य दलहरुले सकेका छैनन् । संविधान बुझाउन नयाँ संविधान जारी भएसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख फेरिए । संविधान अनुसार गठन भएको नयाँ सरकारले काम गरिरहेको छ ।
संविधानमा असन्तुष्टी जनाएको मधेसी मोर्चाले समेत प्रधानमन्त्रीको चुनावी प्रक्रियामा सहभागिता जनायो । यसरी नयाँ सरकार गठनसँगै सुरु भएको संविधान कार्यान्वयनको काम त्यसपछि पनि अलमलमा परेको छ । तैपनि संविधान कार्यान्वयनका लागि कानुन मन्त्रालयले झण्डै तीनसय नयाँ र पाँचसय पुराना कानुन संशोधन प्रक्रिया सुरु गरेको छ । यस्तै संघीय संरचना अनुसार कर्मचारीको व्यवस्थापनका लागि स्थानीय विकास मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयले काम थालेका छन् । यस्तै संविधानकै व्यवस्था अनुसार संवैधानिक इजलास पनि गठन भैसकेको छ । तर अरु काम सुरु हुन बाँकी छ । संविधानले अबको दुई वर्ष अर्थात २०७४ माघ ८ गतेसम्मका लागि अहिलेको संसदको कार्यकाल तोकेको छ । यस अवधीभित्र संविधानमा भएका व्यवस्था लागू गर्न सरकार र दलहरुले सहमतिका साथ कार्यान्वयनको काम सुरु गर्न ढिलो भइसकेको छ ।

छाउ गोठ छोड्दा महिलाहरु सुरक्षित, पुरुषहरु खुसी

गोविन्द विश्वकर्मा
सुर्खेत – सुर्खेतको विजौरा गाविस वडानम्वर ५ मायाँतालका जनसिंह थापाको घरका महिलाहरु रजस्वला ९महिनावारी० हुँदा त्यहाँ बसाल्ने भन्दै एउटा छाउ गोठ बनाइएको थियो । त्यै छाउगोठमा महिनावारी भएको बेला महिलाहरु बस्नुपर्ने बाध्यता थियो ।
महिनावारी प्राकृतिक नियम हो भनेर थाह हुँदा हुँदै पनि थापाको घरमामात्रै होइन, सुर्खेतका विजौरासहित लगाम, वेतानलगायत त्यहाँका सवैजसो घरमा छाउपडि कु–प्रथा थियो । छाउपडिको विरुद्धमा महिलाहरु जागरुक हुन थालेपछि छाउपडि मुक्त समाज निर्माणको अभियान चल्यो । त्यसबेला थापाले त्यो अभियान चलाउनेहरुसँग झगडा पनि गर्नुभयो, संसार विगार्न हुँदैन भनेर । पछि सम्झाई बुझाई गर्दा महिलालाई वलात्कार, जंगली जनावरले आक्रमण गर्नसक्ने, महिलाको स्वास्थ्यमा असर पर्ने तथा असुरक्षा हुनसक्ने थाह पाएपछि उहाँले आफ्नो घरका महिलाका लागि बनाइएको छाउ गोठ भत्काउनुभयो ।
“पहिला त भत्काउन नहुने भनेर भनिन्थ्यो” थापा भन्नुहुन्छ, “छाउपडि बस्दा असुरक्षा हुन्छ भनेर थाह भयो ।”  थापाको घरमा जस्तै पछि समुदायका हरेक घरपरिवारमा बनेका छाउगोठ भत्किन थाले । अहिले विजौरामा छाउगोठ छैनन् । विजौरा ७ का पद्मादेवी वि।क।का श्रीमानलाई स्थानीय नागरिकले धामी झाँक्री गर्ने व्यक्तिका रुपमा चिन्ने गरेका छन् । पद्मादेवी महिनावारी हुँदा पनि सानो पिंडा सहनुपर्ने अवस्था थिएन । “मेरो श्रीमान धामी हुनुहुन्छ” उहाँ भन्नुहुन्छ, “पहिला बाहिरै अलग्गै राख्थे ।”  विजौरा ९ गुँडे भावरका निर्मला जैसी भन्नुहुन्छ, “पहिला छुवाछुत हुन्थ्यो । भाडा छुन दिनुहुन्थेन ।
अहिले घरमै बस्छौँ । खाना पनि भान्सामा आफै गएर पकाउने गरेका छौँ ।” महिलाहरु छाउ गोठमा बस्दा त धेरै समस्याहरु भोग्नु परेका यथार्थता महिलाहरुसँग छँदैछन् । अझ यसका विरुद्ध अभियान चलाउँदासमेत समस्या महिलाहरुलाई आइपरे । फेरी पनि पद्मादेवी भन्नुहुन्छ, “वलात्कारको अप्ठ्यारो हुन्छ । पहिला गाली पनि खाइयो, तर परिवर्तन भयो ।” गुँडे भावरका निर्मला बताउनुहुन्छ, पहिला शिक्षाको कमी थियो, “अहिले चेतनामा वृद्धि भयो । पहिला सर्पको डर हुन्थ्यो, वलात्कारको डर पनि हुन्थ्यो । जे होस् असुरक्षा हुन्थ्यो ।”  छाउपडिले मानव भनेर भनिने व्यवहारलाई खिल्ली उडाइरहेको छ ।
त्यसकारण यो एउटा कु–प्रथा हो । यसबाट तपाई हाम्रो महिलाको स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ । त्यत्तिमात्रै होइन, तपाई हाम्रो इज्जतमा पनि दाग लाग्नसक्ने घटना हुनसक्छ । पहिला छाउपडि बस्दा अपधारिक क्रियाकलाप हुने गरेपनि अहिले त्यस्ता क्रियाकलाप विजौरामा रोकिएका छन् । आफ्ना चेलीवेटी तथा आमा र श्रीमतिहरु सुरक्षित हुँदा पुरुषहरु पनि खुसी छन् । जसरी धामी झाँक्री गर्ने व्यक्ति भनेर चिनिने पदमादेवी वि।क। का श्रीमान कु–प्रथा अन्त्यका लागि महिलाहरुले चलाएको अभियानमा साथ दिनतर्फ लाग्नुभयो । त्यसरी नै तपाई हामी पनि लागिपर्न जरुरी छ ।

दलित महिला संघको अधिवेशनबाट नँया नेतृत्व चयन

गोविन्द विश्वकर्मा
पुष ७, नेपालगञ्ज – मंगलबार अबेर नेपालगन्जमा सम्पन्न दलित महिला संघको चौथो राष्ट्रिय अधिवेशनबाट नँया नेतृत्व चयन भएको छ । सम्पन्न अधिवेशनबाट कला स्वर्णकारको अध्यक्षतामा १५ सदस्यीय नँया केन्द्रिय कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा शान्ति पासवान र चमेली परियार, महासचिवमा रेणु सिजापति, कोषाध्यक्ष पुण्यवती रम्तेल, सचिवमा मञ्जु सुनार निर्वाचित भए ।
यस्तै सदस्यहरुमा पूर्वाञ्चलबाट पाण्डु परियार, मध्यमाञ्चलबाट पवित्रा विश्वकर्मा, पश्चिमाञ्चलबाट सुजाता पौडेल, मध्यपश्चिमाञ्चबाट हिमा सुनार, सुदुरपश्चिमाञ्चलबाट सशी सोव निर्वाचित भए । मध्यपश्चिमाञ्चल सदस्यबाहेक अन्य कार्यसमितिकोसर्वसम्मत चयन गरिएको थियो । यस्तै १५ सदस्यीय कार्यसमितिका चार जना सदस्यमा मनोनित गर्नेछ । अध्यक्षमा निर्वाचित स्वर्णकारले आफ्नो नेतृत्वमा दलित महिलाको राज्यका निकायका सहभागीता, हकअधिकार र पहूँच विकासमा सक्रिय र कटिबद्ध भई लाग्ने बताउनुभयो । समग्र दलित महिलाको शिक्षा, आर्थिक, राजनैतिक, सामाजिक नेतृत्वमा विकास र पहूँचका लागि आफ्नो कार्यकालमा विस्तृत योजना सहित काम गर्ने उहाले जानकारी दिनुभयो । दलित महिला संघ फेडोमा २१ सालदेखि संस्थापक अध्यक्षमा भूमिका निर्वाह गर्दै आएकी दुर्गा सोवले निर्वाचित अध्यक्षलाई बधाइ दिदै कार्यकाल जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।