पुस १५, क्वालालम्पुर – नेपाली दुतावास मलेसियामा करीव पाँच हजार नेपाली नागरिकता रहेका छन् । सम्वन्धित ब्यक्तिहरु लामो समय सम्म लिन नआएपछि नागरिकताहरु दूतावासमा रहेका हुन् । मलेसिया सरकारले सन २०११ मा अवैध काम गरिरहेका विदेशि श्रमिकहरुलाई कि घर फर्क कि वैधानिक भएर बस भन्ने योजना ल्याएको वखत पासपोर्ट बनाउनको लागि नेपाली नागरिकता छाडेका थिए । अधिकाशंले नागरिकता लगिसकेको भएपनि अझै बाँकी रहेकाले सूचना नै जारी गर्नु परेको दूतावासका प्रवक्ता तथा द्वितीय सचिव उत्तम शाहिले वताउनुभयो । यसैगरी मलेसियामै करीव ६ हजार नेपाली पासपोर्ट रहेको छ । सम्वन्धित ब्यक्तिहरु लिन नआएकोले नेपाली दुतावासमै रहेको हो । सम्वन्धित ब्यक्ति लिन नआएपछि उक्त पासपोर्टहरु दूतावासको दराजमा थन्किएर वसिरहेका छन । लामो समयदेखि लिन नआएका पासपोर्टहरु समेत नेपाल पठाउने तयारी भैरहेको दूतावासले जनाएको छ ।प्रहरी मेरो बन्यो
चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र
बाच्ने मन छ जुनी-जुनी
गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा
मोदीको भिषा रेकर्ड फाईल
अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।
म. प. विश्वविद्यालयले पालुवा…
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा
दलित बालबालिकाको अवस्था
हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।
नेपाली दूतावास मलेसियामा अझै ५ हजार नागरिकता
पुस १५, क्वालालम्पुर – नेपाली दुतावास मलेसियामा करीव पाँच हजार नेपाली नागरिकता रहेका छन् । सम्वन्धित ब्यक्तिहरु लामो समय सम्म लिन नआएपछि नागरिकताहरु दूतावासमा रहेका हुन् । मलेसिया सरकारले सन २०११ मा अवैध काम गरिरहेका विदेशि श्रमिकहरुलाई कि घर फर्क कि वैधानिक भएर बस भन्ने योजना ल्याएको वखत पासपोर्ट बनाउनको लागि नेपाली नागरिकता छाडेका थिए । अधिकाशंले नागरिकता लगिसकेको भएपनि अझै बाँकी रहेकाले सूचना नै जारी गर्नु परेको दूतावासका प्रवक्ता तथा द्वितीय सचिव उत्तम शाहिले वताउनुभयो । यसैगरी मलेसियामै करीव ६ हजार नेपाली पासपोर्ट रहेको छ । सम्वन्धित ब्यक्तिहरु लिन नआएकोले नेपाली दुतावासमै रहेको हो । सम्वन्धित ब्यक्ति लिन नआएपछि उक्त पासपोर्टहरु दूतावासको दराजमा थन्किएर वसिरहेका छन । लामो समयदेखि लिन नआएका पासपोर्टहरु समेत नेपाल पठाउने तयारी भैरहेको दूतावासले जनाएको छ ।चिसो मौषमा सुन्तलाको उपयोगीता
पुस १५, सुर्खेत – कतिपय मानिसमा चिसोमा सुन्तला खानु हुदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ । सुन्तलाको फल मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिक तत्व भिटामिन ए, बी र सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । बिरामी भएको व्यक्तिलाई खान मन नलाग्दा सुन्तलाको थोरै रस खुवाँउदा खानामा रुची बढ्छ । सुन्तलाको छोक्रामा प्रसस्त मात्रामा फाइबर पाइन्छ । यसले पेट सफा राख्न मद्दत गर्छ । बालबालिकालाई झाडा पखालाले सताएको समयमा सुन्तलाको रस थोरैथोरै गरेर दिइयो भने बिरामीको शरीरलाई चाहिने पानीलगायत अन्य तत्वको आपूर्ति हुन्छ । गिँजाबाट रगत बग्ने समस्यामा पनि सुन्तला लाभदायक हुन्छ । त्यस्तै सुन्तलामा रहेको क्याल्सियमले दाँतलाई स्वस्थ र मजबुत बनाउँछ ।पुस १७ बाट नवीकरणीय ऊर्जा प्रर्दशनी गरिने
पुस १५, काठमाण्डौ – नेपालमा नवीकरणीय ऊर्जाको सम्भावनाबारेमा जनता, निजी क्षेत्र, सरकारी, गैरसरकारी क्षेत्र र अन्तर्राष्ट्रिय जगत्मा त्यसको प्रचार गर्न काठमाण्डुमा पुस १७ देखि १९ गतेसम्म नवीकरणीय ऊर्जा प्रदर्शनी २०७२ गरिने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आयोजना गर्न लागेको प्रदर्शनीले विद्यमान ऊर्जा सङ्कटलाई मध्यनजर गरी नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगमा वृद्धि गर्ने विश्वास लिइएको छ । केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले नवीकरणीय प्रविधिको विकासमा निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाको सक्रिय सक्रियता र लगानीको अनुकूल वातावरण सिर्जना गर्न प्रदर्शनीले सहयोग गर्ने बताउनुभयो । उहाले सहरी क्षेत्रमा सौर्य ऊर्जालगायत ठूलो क्षमताका नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताउनुभएको छ । प्रदर्शनीले विभिन्न नवीकरणीय ऊर्जा प्रविधि जस्तो सोलार, लघुजलविद्युत्, जैविक ऊर्जा, बायोग्यास, वायु ऊर्जाबारे अवलोकनकर्ताले जानकारी लिनसक्ने बताइएको छ ।सुर्खेत जिल्ला खुला दिसामुक्त घोषणा, नेपालको २९ औं जिल्ला











