प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

बाच्ने मन छ जुनी-जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा

मोदीको भिषा रेकर्ड फाईल

अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

म. प. विश्वविद्यालयले पालुवा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा

दलित बालबालिकाको अवस्था

हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।

संगीतमा चम्किदै विवश

गोविन्द विश्वकर्मा सुर्खेत
नयाँ लोकगीत र सर्जकसंगै उदाउनु भएका तेजेन्द्र विवशले फेरी अर्को एल्बमबाट बजारमा नाम उच्च बनाउनुभएको छ । थुप्रै उत्कृष्ट गीतहरु बजारमा ल्याईसक्नुभएका तेजेन्द्रले परदेशबाटै बिभिन्न गीत रचना गर्नुका साथै गीत प्रस्तुत गर्दै आईरहनुभएको छ । पछील्लो समय सर्जक तेजेन्द्रले सुन्दर ठाउ तुलसपिुरको बारेमा बयान भगरिएको रमाईलो लोक दोहोरी गीत बजारमा ल्याउनुभएको छ । बाग्लुङ कालीका म्यूजिक प्रा.ली.को बजार व्यवस्थापनमा, सुन्दर ठाउँ दाङ तुलसीपुर मा जन्मनु भएका गंगा परियारको मठ मन्दिरमा गर्थेउ भाकालू को अपार सफलता पछि गंगा परियार र रुकुम साँखामा जन्मनु भएकी कमला बि.क.को उत्कृष्ट शब्द सिर्जनामा र साहित्य क्षेत्र लगाएत सांगीतक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बहु प्रतिभा साली सर्जक तेजेन्द्र बिबशको मनै चोर्ने लय सिर्जनामा लोक दोहोरी एल्बम भेट “हौला रमाइलो गरौला तुलसीपुरबजार सक्रान्ती मेलैमा” अहिले बजारमा आएको छ । यो गीतले पनि तेजेन्द्रका अन्य गीतहरु जस्तै बजार लिने तेजेन्द्रले आशा राख्नुभएको छ भने श्रोता तथा दर्शकहरुले प्रतिक्षा पनि गरिरहेका छन् ।

खतरनाक लडाकु भाले

गोविन्द विश्वकर्मा
पश्चिमी मेक्सिकोको ग्वाडालाजाराका जुआन कार्लोस पडिल्ला कुखुराका लडाकु भाले उत्पादक हुन् । आफुले हुर्काएका भालेमध्ये ७० प्रतिशतले लडाइँमा आफ्नो प्रतिद्वन्दीलाई मारेरै छाड्ने दाबी उनको छ । आखिर कसरी उत्पादन गर्छन् त उनले यस्ता खतरनाक लडाकु भाले रु निकै अनौठो छ यसको राज । वास्तवमा उनले घोडालाई दिने स्टेरोइड हर्मोनको सुइ दिने गर्छन् भालेलाई । जसका कारण कुखुराका भाले निकै रिसाहा तथा आक्रामक हुन्छन् र आफ्नो प्रतिद्वन्दीलाई हमला गरेर मारेरै छाड्छन् । भाले पाल्ने मात्र होइन उनले भाले लडाइँमा कुखुराका भालेका नंग्रामा बाँध्ने धारिला रेजरको उत्पादन गर्ने कारखाना पनि खोलेका छन् । उनले कुखुराका भालेलाई शक्तिबर्धक हर्मोनको सुइ दिएपनि भाले फाइटमा डोपिंग टेष्ट नहुने भएकाले उनका भालेहरु प्रतिबन्धमा परेका छैनन् । सबै भाले धनीले यस्तै गर्ने दाबी उनको छ । हरेक वर्ष उनले २ सय जति लडाकु भाले उत्पादन गर्छन् । एउटा भालेको मूल्य १ सय पाउण्ड पर्दछ । पालेका भाले नबिक्ने समस्या आफुले अहिलेसम्म नभोगेको उनी बताउँछन् । ७६ वर्षका जुआनले भालेलाई निकै खतरनाक तालिम दिन्छन्, जुन १८ महिनासम्म चल्दछ । पूर्ण लडाकु बनाउनका लागि आँखाका डल्ला निचोर्दिने, भालेलाई घरका छतबाट फ्याँक्ने लगायतका क्रुर विधि पनि अपनाइन्छ । स्मरण रहोस् पश्चिमी मेक्सिकोमो भाले जुधाइ निकै चर्चित छ । जालिस्को, मिचोआकान तथा गोइरेरो लगायतका राज्यका विभिनन सहरमा नियमित रुपमा भाले जुधाइ खेल हुने गर्छन् ।

छोराको नाम जेनेरेटर, छोरीको नाम उजेली

रुस, २८ गोविन्द विश्वकर्मा
गत वर्ष रुसमा विलय भएको क्राइमियामा हप्तौँसम्म लगातार लोडसेडिङ भएपछि त्यहाँका सांसदहरुले लोडसेडिङ अन्त्य गर्न अनौठो शैली अपनाएका थिए । सांसदहरुले नयाँ जन्मिने शिशुहरुको नाम जेनेरेटर राखेर लोडसेडिङ अन्त्य हुने जुक्ति निकालेका थिए ।
सुन्दैमा अचम्म लाग्ने यो कुराले । युक्रेनबाट छुट्टिएको क्राइमिया अहिले उर्जासंकटबाट गुज्रिरहेको छ । युक्रेनबाट क्राइमियामा विद्युत आपूर्ति भैरहेको प्रशारण लाइनमा अज्ञान आक्रमणकारीले बम आक्रमण गरेर क्षति पूराएसँगै क्राइमिया अन्धकारबाट गुज्रिरहेको छ ।
रुसले आफ्नो क्रास्नोडार क्षेत्रबाट समुद्रमुनि विजुलीको तार विछ्याएर क्राइमियामा विद्युत आपूर्ति गर्ने प्रयास गरिरहेको छ । यसको पहिलो चरण अन्तरगत गत बुधबार राष्ट्रपति भ्लादमिर पुटिन क्राइमिया पुगेर विद्युत आपूर्तिको उद्घाटन गरेका थिए । सायद रुसको त्यहीँ कदमको समर्थन गर्नका लागि होला संसदले बच्चाबच्चीको नाम नै जेनेरेटर राख्न आग्रह गरेकोछ ।
स्थानीय संसदका सभामुख भ्लादिमिर कोन्स्तान्तिनोभले केही दिनअघि संसदमा बोल्दै अभिभावकलाई एउटा आग्रह गरे । सरकारले क्राइमियाको उर्जा संकट समाधानका लागि गरेको प्रयासलाई सम्मान गर्दै आफ्ना नवजात छोरीहरुको नाम स्भेता अर्थात उजेली र छोराको नाम जेनेरेटर राख्न अभिभावकहरुलाई आग्रह गरेका रुसी संचार माध्यमहरुले जनाएका छन् ।

चालक विनाका बाहन

नेदरल्याण्ड, २८ मंसिर गोविन्द विश्वकर्मा । 
सडकमा दौडिदै चालकविनाका सवारी साधन ।
 नेदरल्यान्ड्सको वाखिनिंग्न विश्वविद्यालय र एअड सिटीले हालै एक यस्तो प्रयोग गर्दैछन् जसले यातायातको दूनियाँमा नयाँ आयाम थपिदिन सक्छ । उनीहरुले विद्युतीय मिनीबस त्यो पनि चालकरहितको परिक्षण गर्दैछन् । वाखनिंग्न विश्वविद्यालय र एयड सिटीबीचको ३।५ माइलको दूरीमा यस्तो परिक्षण गर्न लागिएको हो । यस्ता विद्युतीय वाहनहरुलाई विप्याड् नाम दिइएको छ । यी वाहन हेर्दा शिशाको बक्सा जस्ता देखिन्छन् । तर यसमा १२ मानिस अटाउन सक्छन् । वाहन हेर्दा यसको अगाडिको भाग र पछाडिको भागमा कुने अन्तर छैन । त्यतिमात्रै होइन यी वाहनमा स्टेरिङ, नियन्त्रण कक्ष केही पनि राखिएको छैन । खासमा यो रोबोट वैन हो जसलाई सजिलो भाषामा स्मार्ट फोनको एप्स मान्न सकिन्छ । प्रतिघण्टा १५ माइल चल्ने यस्तो वाहनको प्रयोग यसअघि विमानस्थलका भित्री निश्चित सडकमा गरिएको थियो ।                        
             अहिले भने यसको प्रयोग बाहिरी सड्मै गर्न लागिएको हो तर परिक्षणका लागि मात्रै । यदि यो परिक्षण सफल भएमा यसले भविष्यमा यातायातको क्षेत्रमा नै नयाँ आयाम थप्ने छ । सुरुवाती चरणमा भएका कारण यसका केही कठिनाईहरु पनि छन् । जस्तो कि खराब मौसम, धेरै भिड हुने सडकहरु र राति यसलाई चलाउन सकिन्न । क्यामेरा, लेजर सेन्सर जस्ता प्रविधि बसमा जडान गरिएको छ । यसैमा जडान भएको एप्सको प्रयोगबाट कुन कुन स्थानमा रोक्ने हो त्यो निर्धारण गर्न सकिन्छ । यो बस उच्चप्रविधियुक्त हो तर पनि यो यन्त्रमाथि पूरै विश्वास भने अहिले नै गरिसकिएको छैन । यसलाई मान्छेले नै कतै बसेर नियन्त्रण गर्नेछन् । आवश्यकता भएमा यसलाई मान्छेले नै सञ्चालन पनि गर्न सक्नेछन् । यात्राका क्रममा कुनै यात्रुले यसको कम्यूनिकेसन बटन दबायो भने टेक्निसियन कक्षमा बसेको व्यक्तिले यसलाई आफ्नो नियन्त्रणमा लिन सक्छ र अप्ठ्यारो सडकबाट बसलाई बाहिर निकाल्न सक्छ ।