प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

बाच्ने मन छ जुनी-जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा

मोदीको भिषा रेकर्ड फाईल

अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

म. प. विश्वविद्यालयले पालुवा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा

दलित बालबालिकाको अवस्था

हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।

घरमा शून्य सुत्केरीु गाविस घोषणा

दैलेख माघ १७ । 
दैलेखको कालभैरव गाविसलाई मध्यपश्चिमकै पहिलो घरमा शून्य सुत्केरी गाविस घोषणा गरिएको छ । १ वर्षयता घरमा सुत्केरी नभएपछि कालभैरवलाई घरमा शून्य सुत्केरी गाविस घोषणा गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख निर्मल रसाईलीले मध्यपश्चिमकै पहिलो घरमा शून्य सुत्केरी गाविस भएको बताए। स्वास्थ्य चौकीमा ३ जना अनमीले प्रसुति सेवा दिएपछि १ वर्षदेखि कुनै पनि सुत्केरी घरमा नभएको जनाइएको छ । प्रसृति गृह सुविधासम्पन्न भएपछि गाविसभरबाट सुरक्षित प्रसुतिकालागि सुत्केरी हुन जाने गरेको स्वंयम सेविका तुलसी थापाले बताइन् । आइतबार एक समाहरोहकाबीच घरमा शून्य सुत्केरी गाविस घोषणा गरिएको छ । जिल्ला अन्य गाविसमा घरमै सुत्केरी भई शिशु र मातृ मृत्युको घटनाहरु हुने गरेका छन्। सबै गाविसमा अभियानकै रुपमा लगे सुरक्षित सुत्केरी हुनेका संख्या बढ्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

म.प. विश्वविद्यालयका डिनहरुले कार्यभार सम्हाले

गोविन्द विश्वकर्मा
माघ ५, सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका डीनहरूले आफ्नो कार्यकक्षमा पुनः पदभार समालेका छन् । विशेष अदालतले सफाई दिएपछि सुर्खेत आई मध्यपश्चिमाञ्चल विश्वविद्यालय डीनको कार्यालयमा आफ्नो पदमा पुनर्वहाली बहाली भएपछि आफ्नै कार्यकक्षमा डिनहरुले हाँजिरसमेत गरेका छन् । उपस्थित पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीको बीचमा बोल्दै पुनः बहाली भएका मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन पीताम्बर ढकालले विश्वविद्यालयमा विगतमा गरिएका कमीकमजोरीहरूबाट पाठ सिकिएको बताउनुभयो । उहाँले विश्वविद्यालयलाई सबैको साझा संस्थाको रुपमा विकास गर्न अनिवार्य भएको र यसका लागि सरोकारवाला सम्पूर्ण जिम्मेवारीपूर्ण रुपमा जुट्नुपर्ने बताउनुभयो । संक्रमणकालीन अवस्थामा जिम्मेवारीमा रहेर काम गर्ने सबै पदाधिकारी, प्राध्यापक, कर्मचारीलाई धन्यवाद दिँदै अब सबैको राय सल्लाह र सुझावनुरूप नै अगाडी बढ्ने समेत उहाँले बताउनुभयो । डीन कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै हालै मात्र निमित्त बनेका व्यवस्थापन सङ्कायका डीन डाक्टर दीप बहादुर रावलले विश्वविद्यालयको अन्तरिम कालमा भए गरेका कामहरुको समिक्षा गर्नुभएको थियो । उहाँले विश्वविद्यालयको विकासमा सधै सहयोगी भूमिकामा रहने पनि बताउनुभयो । विश्वविद्यालयका निमित्त रजिष्ट्रार गणेश बहादुर कार्कीले विश्वविद्यालयका पदाधिकारीहरु बीचको आपसी सहकार्य र समुह कार्य बलियो हुन सके विश्वविद्यालयले गति लिनेमा बताउनुभयो । यसैबीच, मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन गणेश बहादुर कार्की, व्यवस्थापन सङ्कायका डीन डाक्टर दीप बहादुर रावललाई डीन कार्यालयका कर्मचारीहरुले विदाई गर्दै कर्मचारी राधिका पनेरुले कर्मचारीको मनोबल उच्च हुने गरी काम गर्न आग्रह गर्नुभयो । मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन पिताम्बर ढकाल, व्यवस्थापन सङ्कायका डीन डाक्टर मस्त बहादुर गरंजा, बिज्ञान तथा प्रविधि सङ्कायका डीन डाक्टर केशर सिंह राना, र इन्जिनियरिङ सङ्कायका डीन प्राविधिक इन्जिनियर रामचन्द्र अर्यालले आफ्नो पदीय जिम्मेवारी सम्हालेका विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले दिनुभयो । विशेष अदालतबाट सफाइ पाएका सेवा आयोगका अध्यक्ष प्राध्यापक डाक्टर नवराज कणेल, सदस्य प्राध्यापक डाक्टर श्रीराम प्रसाद उपाध्याय र  शिक्षा विज्ञान सङ्कायका डीन लालमणि आचार्य, भने सुर्खेत आइपुगेका छैनन् । 

सुर्खेतमा सतर्कताको छड्के अनुगमन, ४१ कर्मचारी कार्यालयमा भेटिएनन्

गोविन्द विश्वकर्मा
५ माघ, सुर्खेत– सुर्खेतमा रहेका विभीन्न कार्यालयका ४१ जना सरकारी कर्मचारी एकै दिन कार्यालय समयमा उपस्थित नभएका पाइएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र रहेका विभीन्न २१ वटा कार्यालयमा कार्यरत ४१ जना कर्मचारी कार्यालय समयमा उपस्थित नभएका हुन् । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनका क्रममा यस्तो फेला परेको हो । केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा अधिकाँश कार्यालयका प्रमुख नै कार्यालयमा उपस्थित नभएको पाइएको छ । सर्तकता केन्द्रका उप–सचिव शेरबहादुर ढुंगानाले अधिकांश कार्यालयका प्रमुख र कर्मचारीहरुको मनोमानी देखिएको बताएउनुभएको छ । उहाँले क्षेत्रीय र जिल्लास्तर कार्यालयका प्रमुखले नै सरकारी जागिरको दुरुपयोग गरेर आफू खुसी हिड्ने गरेको अनुगमनका क्रममा पाइएको जानकारी दिनुभयो । आज मात्रै पनि ४१ जना कर्मचारी उपस्थित भएनन् भने अघिल्लो दिन हिजो २३ जना कर्मचारी कार्यालयमा नआएको रेकर्ड फेला परेको उप–सचिव ढुंगानाको भनाई छ । ढुङ्गानासहितको टोलीले विशेषगरी समय पालना, अघिल्ला दिनहरुको अनुपस्थिती र तोकिएको पोशाक लगाएको वा नलगाएको भन्नेबारे छड्के जाँच गरेको थियो । सर्तकता केन्द्रको टोली आएपछि कार्यालयका कर्मचारीहरु भने डराएका थिए । छड्के अनुगमन क्रममा कतिपय कार्यालयका कर्मचारीहरुले खाली छोडेको हाजिरीमा समेत उप–सचिव ढुंगानाले रातो लगाउनुभएको छ । स्वंयम अनुगमनमा हिडेका उप–सचिव ढुंगानाले दर्जनबढी कर्मचारीहरु अनुपस्थित रहेको पाइएको थियो । तर केन्द्रले मागेको विवरणमा भने तीन जना कर्मचारीले मात्र पोशाक नलाएको भन्ने उल्लेख सम्वन्धित सरकारी कार्यालयले विवरण पेश गरेको छ । कर्मचारीहरुले अनुगमनमा आए, केही गर्दैन भन्ने मानसिकतामा ग्रसित कर्मचारीहरुलाई कारवाही गराएरै छाड्ने चेतावनी उप–सचिव ढुंगानाले दिनुभयो । उहाँले अवको केही दिनमा कार्यालयमा उपस्थित नहुने कार्यालय प्रमुखलाई विभागिय कारवाहीका लागि सम्वन्धित मन्त्रालयमा पत्रचार गर्ने तयारी गरेको जानकारी दिनुभएको छ । पोशाक नलाएर पनि लगाएको भन्ने विवरण दिने कार्यालयलाई पनि विशेष निगरानीमा राखेकाले अवको केही दिनमा त्यसको परिणाम सार्वजनिक गर्ने उद्घोष उप–सचिव ढुंगानाले गर्नुभयो ।

नेपाल शानदार जितसँगै फाइनलमा, नवयुगले गरे ह्याट्रिक

गोविन्द विश्वकर्मा
काठमाडौं, माघ ५ – नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार भएको सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै नेपालले पहिलोपटक बंगबन्धु गोल्डकपको फाइनलमा ठाउँ बनाएको हो । नेपाललाई जिताउनेक्रममा नवयुग श्रेष्ठले ह्याट्रिक गरे । यो बंगबन्धु गोल्डकपको जारी श्रृंखलाको पहिलो ह्याट्रिक हो ।नव युगले खेलको ३१औं, ६२ औं र इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् । त्यस्तै, नेपालको तर्फबाट ५२औं मिनेटमा विशाल राईले गोल गरेका थिए । ७६औं मिनेटमा भने नेपालले गोल खायो । माल्दिभ्सका नासिद अहमदले एक गोल फर्काएका हुन् । नेपाली गोलकिपर विकेश कुथुले तीन सय ४५ मिनेटको खेलपछि गोल खाएका हुन् । नेपालले समूह चरणमा बंगलादेश र मलेसियाको फेल्डा युनाइटेड क्लबसँग गोलरहित बराबरी खेल्दा श्रीलंकालाई १–० ले हराएको थियो । नेपालले उपधिका लागि फाइनलमा शुक्रबार बहराइनको टिमसँग खेल्नेछ । सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले हराउँदै बहराइन फाइनलमा पुगेको हो । दुबै टिम बंगबन्धु गोल्डकपमा पहिलोपटक फाइनलमा पुगेका हुन् ।