प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

बाच्ने मन छ जुनी-जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा

मोदीको भिषा रेकर्ड फाईल

अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

म. प. विश्वविद्यालयले पालुवा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा

दलित बालबालिकाको अवस्था

हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।

नयाँ शक्ति बैकल्पिक शक्तिः डा भट्टराई

गोविन्द विश्वकर्मा
पुस १७, सुर्खेत – पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति निर्माणका अभियन्ता डा. बाबुराम भट्टराईले नयाँ शक्ति बैकल्पिक शक्ति भएको बताउनुभएको छ । अहिलेको पुस्ताले नयाँ सोच र समृद्धि चाहेको भन्दै त्यो सोच र बिचार पुराना पार्टीमा नभएकोले त्यसको विकल्प भएको बताउनुभएको हो । हिजो वीरेन्द्रनगरमा आयोजना गरिएको राष्ट्रिय स्वाधिनता र नयाँ शक्तिको आवश्यकता’ बिषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताउनुभएको हो । अब सबैले आर्थिक समृद्धिको राजनीतिक आवश्यक भएको र त्यसका लागि नयाँ सोच र नीतिको आवश्यक परेको भन्दै डा. भट्टराईले यो अभियान संचालन गरिएको बताउनुभयो । उहाले पुरानो पछि नयाँ आबश्यक हुने भन्दै सबै दल पुरानो भइसकेकोले नयाँ शक्तिको आवश्यकता भएको बताउनुभयो । दश वर्षको द्वन्दकालले गणतन्त्र र संविधान निर्मणा भएको र अब समृद्धि आवश्यक भएको भन्दै उहाले आर्थिक समृद्धिको मुद्धा सम्बोधनका लागि नयाँ शक्ति आवश्यक भएको बताउनुभयो ।

महिला किसानलाई निर्णय प्रक्रियामा पु¥याउन नेतृत्व दिनुपर्छ

गोविन्द विश्वकर्मा
पुस १७, सुर्खेत– महिला किसानहरुलाई निर्णय प्रक्रियामा पु¥याउनका लागि नेतृत्वमा पु¥याउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतले संचालन गरेको खाद्य सुरक्षा परियोजना अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजना गरेको महिला किसानहरुलाई निर्णय प्रक्रियामा पु¥याउन राजनीतिक दलहरुको भूमिका विषयक संवाद कार्यक्रमका सहभागीले यस्तो बताइएका हुन ।
कार्यक्रममा सहभागी भएका विभिन्न राजनीतिक दलहरुका प्रतिनिधी र महिला नेताहरुले महिलाहरुलाई नेतृत्वमा पु¥याउन सकेको खण्डमा मात्रै निर्णय प्रक्रियामा सहभागी बनाउन सकिने धारणा राखेका थिए । कार्यक्रममा जिल्ला विकास समिति सुर्खेतका सामाजिक शाखा अधिकृत टंक लामिछानेले महिलाहरुले मात्रै निर्णय गर्न नसक्ने अवस्था अझै कायमै रहेको भन्दै त्यसका लागि जिल्ला विकास समितिमा महिला समन्वय समितिको पनि व्यवस्था हुने गरेको जानकारी दिदै अब महिलाले आत्मबल बढाउनु पर्ने बताउनुभयो । कार्यक्रममा सहभागी भएको अन्तरपार्टी महिला संजाल सुर्खेतका अध्यक्ष मोहनमाया ढकालले अहिले पनि राजनीतिक दलहरुमा महिलाको उल्लेख्य सहभागिता हुन नसकेको भन्दै महिलाहरुलाई हरेक क्षेत्रमा नेतृत्वमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । ग्रामीण क्षेत्रका महिलाहरुमा सचेतनाकोसमेत कमी भएको भन्दै उहाले उनीहरुमा चेतनाको स्तर उठाउनुपर्ने बताउनुभयो । 

टेरो कार्ड अनुसार तपाईहरुको सन् २०१६ को राशिफल यस्तो छ

मेष
आफ्ना लागि समय निकाल्दै भविष्यको बाटो निर्धारण गर्नुहोला । आफ्नो कुशलताले अरूलाई मार्गदर्शन गर्नु आफ्ना लागि पनि लाभदायक हुनसक्छ । अरूको जीवनमा परिवर्तन ल्याउन सक्नुहुन्छ भने त्यो उत्तरदायित्व निर्वाह गर्दा मनमा सन्तोष प्राप्त हुनेछ । यो वर्षले जीवनमा थुप्रै अवसर जुट्नेछ, जसबाट जति लाभ लिन सकियो त्यति राम्रो हुन्छ । आफ्नो काममा केन्द्रित रहनुहोला । अहिले गरिरहेको कामबाट सन्तुष्ट हुनुहुन्न भने कार्यक्षेत्र परिवर्तन गर्ने बेला आ
इसकेको छ ।
कार्यक्षेत्र- कुनै पनि प्रकारका हानिबाट जोगिन निरन्तर सावधान रहनु पर्नेछ । कसैलाई पनि उधारो नदिनुहोला । लिएको उधारो पनि तिरिहाल्नु उपयुक्त हुन्छ ।
प्रेम प्रेमी–प्रेमिकासँग राम्रो समय बिताउने अवसर जुटाउनेछ । अविवाहितहरूको विवाह हुनसक्छ ।
स्वास्थ्य -स्वास्थ्य सामान्य रहनेछ । पिठ्युँ वा जोर्नीको पीडाबाट पीडितहरूको समस्या बढ्न सक्छ ।

वृष
व्यवसायिक जीवन सन्तोषजनक रहनेछ भने निजी जीवनमा केही समस्या देखा पर्न सक्छ । अर्काको कुरामा ध्यान नदिएकै राम्रो । आफूलाई जे उचित लाग्छ त्यही गर्दा लाभ हुनेछ । आफ्ना कुरा व्यक्त गर्न अप्ठ्यारो मान्नुहुँदैन । यदि परिस्थिति प्रतिकूल छ भने संयमित रहनुमै लाभ छ । आफ्ना आवश्यकता कमभन्दा कम गर्नुहोला । आफ्नो क्षमतामा शंका नगरी आत्मविश्वासका साथ काम गर्दा लाभ मिल्नेछ । अरूको निन्दा गर्नु उचित हुँदैन । आफ्ना भावना खुलेर व्यक्त गर्दै राम्रो समयको प्रतीक्षा गर्नुमै भलो छ ।
कार्यक्षेत्र - हाकिमबाट पर्याप्त प्रशंसा पाइनेछ भने सहकर्मीहरूबाट पूरा सहयोग मिल्नेछ । आफ्नै व्यापार– व्यवसाय प्रारम्भ गर्ने अवसर जुर्न सक्छ ।
प्रेम /प्रेमी–प्रेमिकासँग रहँदा आफूलाई नियन्त्रणमा राख्नुहोला अन्यथा अवगालको सामना गर्नुपर्नेछ ।
स्वास्थ्य- स्वास्थ्य सामान्य रहनेछ । पुरानो रोगबाट मुक्ति पाइनेछ । मनलाई शान्त राख्नुहोला ।

मिथुन
स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ भने व्यवहारमा नम्रता ल्याउनु उपयुक्त हुन्छ । यदि कसैले चित्त दुखाएको छ भने उसलाई माफी दिनुमै कल्याण छ । यसरी माफी दिंदा आफ्नो मन पनि हल्का हुनेछ । हल्का मनले भविष्यका लागि महत्वपूर्ण निर्णय गर्न सकिनेछ । मेहनत र इमानदारीको फल अवश्य प्राप्त हुनेछ । भविष्यमा फेरबदल गर्नुपर्ने गरी कुनै पनि महत्वपूर्ण योजना नबनाउनु होला । अरूबाट कुनै पनि किसिमको आशा गर्नु उपयुक्त हुँदैन । त्यसले निराशा मात्र दिनेछ ।
कार्यक्षेत्र - अप्रत्याशित कारणहरूले काममा ढिलाइ हुनसक्छ । व्यर्थको चिन्ता नगरी आफ्नो काममा मेहनत गरिरहे अवश्य सफलता मिल्नेछ ।
प्रेम - प्रियजनसँग राम्रो समय बिताउने अवसर जुट्नेछ । स–साना कुराप्रति बे–वास्ता गर्नुहोला । आफ्नो मनलाई नियन्त्रणमा राख्नुपर्ने समय छ ।
स्वास्थ्य - स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने छ । कुनै रोगबाट पीडित हुनुहुन्छ भने चिकित्सकको सुझावअनुसार दैनिकी निर्धारण गर्नु लाभदायक हुन्छ ।

कर्कट
सकारात्मक सोच एवं दृष्टिकोण कायमै राख्नुहोला । मेहनतको फल प्राप्त हुनेछ । सुखद् समाचार सुन्न पाइनेछ । निजी समस्या एवं विवाहजस्ता कुरामा कुनै महत्वपूर्ण निर्णय लिनुअघि अग्रज वा विशेषज्ञको सल्लाह लिनु लाभदायक हुन्छ । कुनै पनि प्रकारको तनाव त्याग्नु नै श्रेयस्कर हुन्छ । पुराना कुराहरू बिर्सनुमै कल्याण छ । कुनै पनि काममा हतार नगर्नुहोला । पुराना कुराबाट शिक्षा लिएर नयाँ काममा हात हाल्नु लाभदायक सावित हुनेछ ।
कार्यक्षेत्र - आफ्नो ध्यान पूर्णरुपले काममा केन्द्रित गर्नुपर्ने समय छ । आफ्नो क्षमताको तुलना अरूसँग नगरी आफैंमा विश्वास कायम राख्नुहोला ।
प्रेम - प्रियजनसँग आशा राख्नु स्वभाविक हो, तर त्यस्तो आशा व्यवहारिक हुनुपर्छ अन्यथा सम्बन्धमा तिक्तता सिर्जना हुन सक्छ ।
स्वास्थ्य- स्वास्थ्यका लागि उठाइएका पाइलाहरू सही दिशातर्फ हुनेछन् । कुनै किसिमको अप्ठ्यारो महसुस हुँदा लापरबाही नगरी चिकित्सकसँग परामर्श लिनुहोला ।

सिंह
परिस्थिति अनुकूल रहनेछ । रोकिएका पुराना काम सम्पन्न हुनेछन् । जुन योजनामा मेहनत गरिरहनुभएको छ त्यसले इच्छित फल दिनेछ । कार्यक्षेत्रमा रहँदा पनि परिवारप्रतिको जिम्मेवारी नबिर्सनुहोला । परिवार एवं कार्यक्षेत्रबीच सन्तुलन कायम गर्नुपर्ने समय छ । यदि परिवारसँग कुनै प्रकारको मतभेद छ भने त्यसलाई कम गर्न पर्याप्त समय दिनुपर्नेछ । मनबाट सबै प्रकारका भय हटाउनुहोस् । त्यसले चाहेजस्तै परिवर्तन ल्याउनेछ ।
कार्यक्षेत्र- रोजगारीको क्षेत्र परिवर्तन हुनसक्छ, जुन लाभदायक सिद्ध हुनेछ । प्रगति एवं धनलाभको योग छ ।
प्रेम- प्रियजनसँग आफ्नो मनको कुरा निर्धक्क भएर गर्नुहोस् । प्रियजनबाट सोचेजस्तै सहयोग पाइनेछ ।
स्वास्थ्य-  सामान्यभन्दा राम्रो रहनेछ । स्वस्थ रहन गरिएका प्रयासहरू फलदायी हुनेछन् ।

कन्या
कुनै पनि कुरामा अडेर बस्नुहुँदैन, चाहे त्यो पद, प्रतिष्ठा, धनदेखि लिएर नातागोता नै किन नहुन । व्यर्थको अडान हानिकारक सावित हुनसक्छ । आफूसँग भएको ज्ञान र अनुभव बाँड्दा त्यसबाट लाभ नै हुनेछ । धनहानिको सम्भावना छ । कसैलाई दिइएको ऋण फर्कने सम्भावना कमै छ । नियमित दान गर्नुहोला । आफ्ना विचार एवं अनुभवलाई आफैंमै सीमित नराखी प्रियजनसँग बाँड्दा लाभ हुनेछ । सहनशीलता कायमै राख्नुपर्ने छ । अडियल स्वभाव हानिकारक हुनसक्छ ।
कार्यक्षेत्र- जुन परिस्थितिबाट जोगिने प्रयास गर्दै हुनुहुन्छ त्यसको सामना गर्नुभयो भने मनमा शान्ति छाउनेछ र त्यसले परिस्थितिलाई पनि अनुकूल बनाउँदै जानेछ ।
प्रेम- प्रियजनसँग स्पष्ट कुराकानी गर्नुहोला । जबसम्म सम्बन्धमा पारदर्शिता हुँदैन तबसम्म त्यो सम्बन्ध गहिराइसम्म पुग्न सक्दैन ।
स्वास्थ्य- पुराना रोगहरूबाट मुक्ति पाइनेछ । तैपनि यो वर्ष पेटसम्बन्धी गडबडीको सामना गर्नुपर्नेछ ।

तुला
कुनै पनि किसिमको मनमुटावबाट निराश हुनु ठीक हुँदैन । आफ्नो सम्बन्ध राम्रो बनाउने प्रयास गर्नुहोला । पुराना कुराहरूमा अलमलिनुभन्दा वर्तमानमा बाँच्ने प्रयास गर्नुमा भलो देखिन्छ । नयाँ अवसरहरू प्राप्त हुँदैछन् जसले जीवनमा प्रगति गराउनेछ । कुनै व्यक्तिसँग कुरा बिग्रिएको छ भने उसलाई क्षमा दिनुमै कल्याण छ । जीवनमा आउने हरेक व्यक्तिले केही न केही सिकाउने प्रयास गर्नेछन् । त्यस्ता व्यक्तिलाई मनमनै धन्यवाद दिनु लाभदायक सावित हुनसक्छ ।

कार्यक्षेत्र - प्राप्त अवसर गुमाउनु हुँदैन । त्यस्तो अवसर गुमे करियर धरापमा पर्न सक्छ ।
प्रेम- प्रेममा पर्नुभएको छ भने कुनै पनि कुरा खासगरी विवाहसम्बन्धी निर्णयमा हतार नगरेकै राम्रो ।
स्वास्थ्य-  स्वास्थ्य राम्रो रहनेछ । यदि कुनै समस्या देखियो भने तत्काल चिकित्सकको परामर्श लिनुहोला ।
वृश्चिक
केही समयदेखि चलिरहेको समस्याको समाधान प्राप्त हुनेछ, धैर्यता कायम राख्नुहोला । पुराना कामहरू सम्पन्न भै नयाँ काम प्रारम्भ हुनेछ । कुनै नयाँ व्यक्तिसँगको भेटघाटले जीवनमा ठूलो अर्थ राख्नेछ । खोजिएको कुरा प्राप्त हुनु जीवनको सबैभन्दा ठूलो उपलब्धि हुनसक्छ । त्यसैले आफ्नो काममा ध्यान केन्द्रित गर्नुहोला । यदि त्यसो भयो भने जीवनको एउटा पाटो सकिएर अर्को पाटो सुरु हुनेछ जसले तपाईंलाई धेरै कुरा सिकाउनेछ । परिवर्तनका कारण चिन्तित हुनु आवश्यक छैन । आफूलाई परिस्थितिअनुसार ढाल्ने प्रयास गर्नुहोस् ।

कार्यक्षेत्र- नयाँ योजनामा लगानी गर्ने संसाधन जुट्नेछ । आफूलाई काममा केन्द्रित गर्नुहोला ।
प्रेम- प्रेमी–प्रेमिकासँग उत्कृष्ट समय बिताउने अवसर जुट्नेछ । प्रेममा रहेका अविवाहितहरूको विवाह हुनसक्ने सम्भावना छ ।

स्वास्थ्य-  स्वास्थ्य सामान्य रहनेछ । आफ्नो गलाको विशेष ख्याल राख्नुहोला । मौसम परिवर्तन हुँदा केही अप्ठ्यारा देखा पर्न सक्छन् । घरेलु उपचार लाभदायक हुनसक्छ ।

धनु
यो वर्ष राम्रै राम्रो छ । मनमा कुनै प्रकारको भय छ भने त्यसलाई त्याग्नुहोला । आफ्नो विचार र ऊर्जाले नै आफ्नो परिस्थिति निर्धारण गर्ने भएकाले सकारात्मक सोच राख्नुपर्छ । कुनै पनि काम आर्थिक लाभका दृष्टिले भन्दा मनको सन्तुष्टि एवं सामाजिक भलाइका लागि गर्ने हो भने आर्थिक अवस्था पनि सुध्रंदै जानेछ । नातागोताका सम्बन्धमा त्यस्तो कुनै पनि निर्णय नलिनु होला अन्यथा जीवनभर पछुताउनुपर्नेछ । घर तथा कार्यालयमा श्रीयन्त्र राख्दा लाभ मिल्नेछ । नयाँ रोमान्टिक सम्बन्ध प्रारम्भ हुनसक्छ ।
कार्यक्षेत्र- काम गर्दा आलस्यताले सताउन सक्छ । कार्यक्षेत्रमा कुनै किसिमको विवाद वा तनाव छ भने त्यसको समाधान निस्कनेछ । रोकिएका कामहरू सम्पन्न हुनेछन् ।
प्रेम-  परिवारमा कुनै किसिमको खटपट चलिरहेको छ भने त्यसमा ध्यान नदिनु नै उपयुक्त हुन्छ । त्यसलाई आफ्नो इगोसँग पनि जोड्नु हुँदैन ।
स्वास्थ्य
स्वास्थ्यले पूरा साथ दिनेछ । बेलाबखत प्राकृतिक वातावरणमा समय बिताउनुहोला ।
मकर
निजी तथा व्यवसायिक जीवन परिवर्तन गर्ने योग छ । यो परिवर्तन भविष्यका लागि लाभदायक सावित हुनेछ । अनिश्चितता परिवर्तनको अभिन्न अंग हो । यसलाई स्वीकार गर्नुहोला । गृह परिवर्तनको योग पनि छ । कतैबाट ऋण पनि प्राप्त हुनेछ । कार्यक्षेत्रमा केही तनाव देखिन सक्छ । नआत्तिई समस्याको समाधान खोज्नुहोला । पदोन्नतिका लागि थप मेहनत आवश्यक छ । परिवारबाट पूरा सहयोग पाइनेछ ।
कार्यक्षेत्र- हाकिमबाट प्रशंसा पाइनेछ भने सहकर्मीहरूबाट सहयोग मिल्नेछ ।
प्रेम- प्रेमी–प्रेमिकासँग उत्कृष्ट समय बिताउने अवसर जुट्नेछ । दम्पतीबीचको तालमेल कायम रहनेछ । अविवाहितहरू विवाह बन्धनमा बाँधिन सक्छन् ।
स्वास्थ्य- स्वास्थ्य सामान्य रहनेछ । मौसम परिवर्तनका क्रममा सामान्य स्वास्थ्य समस्या देखा पर्न सक्छ ।

कुम्भ
नचिताएको फल प्राप्त हुनेछ । केही समयदेखि चलिरहेको समस्या समाधान हुनेछ । जीवनमा देखिएका अस्थिरता हटेर नयाँ ऊर्जा सञ्चार हुनेछ । कुनै नयाँ व्यक्तिसँग हुने भेटघाटले भविष्यका लागि नयाँ ढोका खोल्नेछ । परिस्थितिहरू अनुकूल हुँदै जानेछन् । बितेका कुरा नसम्झनु नै बेस हुन्छ । उन्नतिको अवसर प्राप्त हुनेछ, जसबाट पूरा लाभ उठाउनुहोला । बसोबास परिवर्तन हुनसक्छ । यदि करियरको क्षेत्र परिवर्तन गर्ने अवसर प्राप्त भयो भने तुरुन्तै निर्णय लिनुहोला । नातागोतासँग व्यवहार गर्दा संयमित रहनुहोला ।
कार्यक्षेत्र- काम गर्दा आलस्यताले सताउन सक्छ । कार्यक्षेत्रमा कुनै किसिमको विवाद वा तनाव छ भने त्यसको समाधान पनि निस्कनेछ । रोकिएका कामहरू सम्पन्न हुनेछन् ।
प्रेम- अर्काको कुरा सुनेर आफ्नो सम्बन्धलाई प्रभावित हुन नदिनुहोला । कुनै पनि समस्याको समाधान प्रेमी–प्रेमिका दुवै एक ठाउँमा बसेर निकाल्नु उपयुक्त हुन्छ ।
स्वास्थ्य- स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बेला छ । पुरानो रोगले सताउन सक्छ ।

मीन
मिश्रित फल प्राप्त हुनेछ । आफन्तहरूसँग मेलमिलाप बढ्नाले आय आर्जनको काम बढ्न सक्छ । आफ्नो सम्पूर्ण समय काममै व्यतीत गर्नुहुँदैन । त्यसो हुँदा पारिवारिक कलह देखा पर्न सक्छ । मंगलबार हनुमानको उपासना गर्दा लाभ हुन सक्छ । यतिबेला भाग्य अत्यन्त सक्रिय रहेकाले धेरै काम तीव्र गतिमा सम्पन्न हुनेछन् । कार्यक्षेत्र परिवर्तन गर्ने अवसर पनि प्राप्त हुनेछ । नआत्तिई लाभ उठाउनु होला । घरपरिवारमा खुसी बढ्ने देखिन्छ भने सम्पत्ति आर्जनका लागि समय अनुकूल छ । जीवनमा स्थिरता प्राप्त गर्न विचारमा पनि स्थिरता ल्याउनु आवश्यक छ । स्वास्थ्यको ख्याल राख्दै त्यतिनै काम गर्नु जति आफ्नो शरीरको क्षमता छ ।
कार्यक्षेत्र- कर्मक्षेत्रमा हाकिम वा सहकर्मीहरूको कुराबाट प्रभावित हुनुहुँदैन, आफ्नो कार्यकुशलतामा कमी आउन सक्छ । सकारात्मक सोच राख्नु होला ।
प्रेम- प्रियजनसँग भेटघाट भैरहनेछ । अविवाहितहरूले कुनै पनि निर्णय लिँदा आफन्तको सल्लाह लिन बिर्सनुहुँदैन ।
स्वास्थ्य- तनावबाट जोगिनुपर्छ । ध्यान, योग तथा प्राणायाम लाभदायक हुनसक्छ ।

राशीफलमा जे लेखीए पनि भाग्यमा हैन कर्ममा विश्वास गरि परिश्रम य¥यौ भने अबश्य पनि सफलता पाईनेछ । तपाईको समय सुखद रहोस् 

तनाव कम गर्न पाकिस्तान र अफगानिस्तानबिच हटलाइनको व्यवस्था

गोविन्द विश्वकर्मा
पुस १६, काठमाण्डौ – पाकिस्तान र अफगानिस्तानले सीमा क्षेत्रमा हुने गरेका समस्या समाधानका लागि हटलाइनको व्यवस्था गरेका छन् । दुवै देशका सैन्य कामण्डरबिच सम्पर्क गर्नका लागि हटलाइनको व्यवस्था गरिएको हो । यसले सीमा क्षेत्रमा हुने गरेको तनाव कम गर्न सहयोग गर्ने दुवै देशका अधिकारीले बताएका छन् । सीमा क्षेत्रको अवस्था सुधारका लागि सहकार्य गर्न हटलाइनको प्रयोग सुरु गरिएको पाकिस्तानी सेनाका प्रवक्ताले बताएका छन् । पाकिस्तानी सेनाका प्रमुख राहिल शरिफ
को अफगानिस्तान भ्रमणको क्रममा सीमा क्षेत्रमा खटिएका दुई देशका सैन्य कमाण्डरबिच सम्पर्कका लागि हटलाइनको व्यवस्था गर्ने सहमति भएको हो । यो महिनाको सुरुमा अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पाकिस्तानका विद्रोही समुहका कारण आफ्नो देशमा हिंसा बढेको आरोप लगाउनु भएको थियो । अफगान अधिकारीले पाकिस्तानको संरक्षणमा तालिबानले अफगानिस्तानमा हिंसात्मक गतिविधि गर्ने गरेको आरोप लगाउने गरेका छन् । तर पाकिस्तानले भने सबै आरोप अस्वीकार गर्दै आएको छ । 

संविधान कार्यान्वयनमा सरकार बाधक स् कांग्रेस उपसभापति पौडेल

गोविन्द विश्वकर्मा
पुस १६, रुपन्देही – नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि सरकार बाधक बन्दै गएको बताउनुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानले तोकेको २५ भन्दा बढी मन्त्री बनाउन नपाइने प्रावधानलाई कुल्चेर सरकारले संविधान उल्लंघन गरेको बताउनुभयो । संविधान कार्यान्वयन गर्ने काममा सत्तापक्ष भन्दा प्रतिपक्ष भएरपनि कांग्रेसले सकारात्मक भूमिका निर्वाह गरिहेको दाबी गर्नुभयो । केपी ओली नेतृत्वको सरकार आफै बोझ बन्दै गएको भन्दै उपसभापति पौडेलले कांग्रेसले नढाले पनि सरकार आफै ढल्ने बताउनुभयो । उहाँले आसन्न १३ औं महाधिवेशनमा सभापतिमा आफ्नो उम्मेदवारी बार्गिनिङ गर्नका लागि मात्रै नहुने बताउनुभयो । कार्यकर्ताले पार्टीलाई नयाँ सोच र गतिका साथ अगाडि बढाउन सक्ने नेतृत्व खोजेको बताउदै उहाँले त्यसका लागि आफू सक्षम रहेको बताउनुभयो । ‘कार्यकर्ताको चाहना र भावना रामचन्द्र पौडेल सभापति बनोस भन्ने पाएको छु मैलै छिट्टै औपचारीक घोषणा गर्ने छु’ उपभापति पौडेलले भन्नुभयो ।

एक लाख संस्थापकसंगै छिट्टै नया शक्ति बन्नेः भट्टराई

गोविन्द विश्वकर्मा
पुस १६, सुर्खेत – आर्थिक समृद्धि र समृद्ध राष्ट्रको परिकल्पनासहित केही महिनामै नयाँ दलको घोषणा गर्ने डा। बाबुराम भट्टराईले बताउनुभएको छ । नयाँ शक्तिको अभियानमा लागनुभएका पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सुर्खेतमा अभियन्ताहरुलाई प्रशिक्षण दिदै यस्तो बताउनुभएको हो । २ सय जना सहभागी भएको आन्तरिक प्रशिक्षण कार्याक्रममा डा। भट्टराईले नयाँ शक्ति नेपालको मात्रै नभई विश्वकै बैकल्पिक बिचार हुने दावी गर्नुभयो । नयाँ शक्ति समाजवादको खुड्किलो भएको भन्दै डा। भट्टराईले त्यसका लागि आर्थिक समृद्धिको परिकल्पना गरिएको बताउनुभयो । पुरानो बिचारले अब काम नगर्ने भन्दै उहाले अब पुजिवादलाई भ¥याङ बनाएर समाजवाद स्थापना गर्ने बताउनुभयो ।
अहिले नेपाली नागरिकहरुमा नयाँ शक्तिको भूत चढिसकेको भन्दै नयाँ शक्तिलाई कसैले रोक्न नसक्ने बताउनुभयो । माओवादी आन्दोलनमा होमिएका र अन्य जुनसुकै राजनीतिक दलमा आवद्ध व्यक्तिहरुलाई पनि पार्टीमा आवद्ध बनाएर पार्टी निर्माण गरिने डा। भट्टराईले बताउनुभयो । जहिले पनि पुरानो भएपछि नयाँको आवश्यकता पर्ने भन्दै उहाले अहिले सबैले त्यही नयाँ खोजेकोले आफूले नयाँ बिचारसहितको शक्ति जनतामाझ प्रस्तुत गरेको बताउनुभयो । सबैलाई शिक्षा र रोजगार दिने दलको परिकल्पना गरिएको भन्दै उहाले देशलाई अबको १०÷१५ वर्षमै समृद्ध बनाउने बताउनुभयो । अहिले संस्थापक बनाउँदै हिँडेको भन्दै उहाले एक लाख संस्थापक बनाएर केही महिनामै बैधानिक रुपमा पार्टी घोषणा गरिने बताउनुभयो । अहिले देशको तेस्रो शक्ति भइसकेको भन्दै उहाले अब दुई वर्षमै एक नम्बर पार्टी बन्ने बताउनुभयो । आन्तरिक प्रशिक्षणमा एमाओवादी, बैद्य माओवादी, एमाले लगायत अन्य स्वतन्त्र युवाहरुको पनि सहभागिता रहेको दावी गरिएको छ । 

दश दिनमा नाका खुल्छ : प्रधानमन्त्री ओली

गोविन्द विश्वकर्मा
पुस १५, काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले दशदिन भित्र नाका खुल्ने दाबी गर्नुभएको छ । बिराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले आन्दोलनरत दलसँग वार्ता भई रहेकोले अबको १० दिन भित्र सिमा नाका खोल्ने बताउनु भएको हो । ‘कालोबजारी रोक्ने, आपुर्ति सहज गराउन हप्ता १० दिन लाग्न सक्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘दश दिन भित्र अवस्था सहज नभए सरकार जिम्मेवार पक्षलाई कारवाहीमा ल्याउन तयार छ ।’ उहाँले समस्याको समाधान १० दिन भित्र नभए आफू चुप लागेर नबस्नेसमेत बताउनु भएको छ । नागरिकलाई दुख दिनु हुँदैन भन्ने पक्षमा सरकारले काम गरिरहेको दावी उहाँले गर्नुभयो । ‘मोर्चा पनि अब आन्दोलन बढाउने पक्षमा छैन’ उहाँले भन्नुभयो ‘उहाँहरुपनि चाँडै नै नाकाबन्दी खोलेर सहमतीमा आउनुहुन्छ ।’ आवश्यकताका आधारमा नागरिकको अपेक्षा अनुसार प्रदेशको सीमांकन हेरफेर हुन सक्ने उहाँले बताउनुभयो । झापा जानका लागि बिराटनगर ओर्लिएका प्रधानमन्त्री ओलीले मन्त्रालय टुक्रयाएर कुनै गल्ती नगरेको बताउनुभयो । उहाँले सबै मिलेर जानखोज्दा केही तलमाथि हुने तर मिलेर जानु नै ठुलो कुरा रहेकोले त्यस बारेमा टिकाटिप्पणी हुनु जायज रहेको बताउनुभयो ।

नेपाली दूतावास मलेसियामा अझै ५ हजार नागरिकता

गोविन्द विश्वकर्मा
पुस १५, क्वालालम्पुर – नेपाली दुतावास मलेसियामा करीव पाँच हजार नेपाली नागरिकता रहेका छन् । सम्वन्धित ब्यक्तिहरु लामो समय सम्म लिन नआएपछि नागरिकताहरु दूतावासमा रहेका हुन् । मलेसिया सरकारले सन २०११ मा अवैध काम गरिरहेका विदेशि श्रमिकहरुलाई कि घर फर्क कि वैधानिक भएर बस भन्ने योजना ल्याएको वखत पासपोर्ट बनाउनको लागि नेपाली नागरिकता छाडेका थिए । अधिकाशंले नागरिकता लगिसकेको भएपनि अझै बाँकी रहेकाले सूचना नै जारी गर्नु परेको दूतावासका प्रवक्ता तथा द्वितीय सचिव उत्तम शाहिले वताउनुभयो । यसैगरी मलेसियामै करीव ६ हजार नेपाली पासपोर्ट रहेको छ । सम्वन्धित ब्यक्तिहरु लिन नआएकोले नेपाली दुतावासमै रहेको हो । सम्वन्धित ब्यक्ति लिन नआएपछि उक्त पासपोर्टहरु दूतावासको दराजमा थन्किएर वसिरहेका छन । लामो समयदेखि लिन नआएका पासपोर्टहरु समेत नेपाल पठाउने तयारी भैरहेको दूतावासले जनाएको छ ।

चिसो मौषमा सुन्तलाको उपयोगीता

गोविन्द विश्वकर्मा
पुस १५, सुर्खेत – कतिपय मानिसमा चिसोमा सुन्तला खानु हुदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ । सुन्तलाको फल मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिक तत्व भिटामिन ए, बी र सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । बिरामी भएको व्यक्तिलाई खान मन नलाग्दा सुन्तलाको थोरै रस खुवाँउदा खानामा रुची बढ्छ । सुन्तलाको छोक्रामा प्रसस्त मात्रामा फाइबर पाइन्छ । यसले पेट सफा राख्न मद्दत गर्छ । बालबालिकालाई झाडा पखालाले सताएको समयमा सुन्तलाको रस थोरैथोरै गरेर दिइयो भने बिरामीको शरीरलाई चाहिने पानीलगायत अन्य तत्वको आपूर्ति हुन्छ । गिँजाबाट रगत बग्ने समस्यामा पनि सुन्तला लाभदायक हुन्छ । त्यस्तै सुन्तलामा रहेको क्याल्सियमले दाँतलाई स्वस्थ र मजबुत बनाउँछ ।
बजारमा पाइने कृतिम पेयपदार्थ भन्दा मौसम अनुसार पाइने फलफूल खानु स्वास्थ्यकालागि औषधि समान हो । सुन्तलाको बोक्रामा पनि पौष्टिक तत्व हुन्छ । सुन्तलाको बोक्रा सुकाएर मसिनो पारेर काटेर चिनीमा हालेर पकाएर बालबालिकालाई खुवाउनु निकै लाभदायक हुन्छ । त्यसैगरि सुन्तलाको बोक्रा सुकाएर धुलो पारेर अनुहारमा लगाउनाले अनुहारको छाला सफा र नरम हुन्छ । सुन्तलाको बोक्रा खान र अनुहारमा लगाउन पनि सकिन्छ । भोक वा तिर्खा लाग्दा विभिन्न किसिमका प्याकेटका खानेकुराको सट्टा सुन्तला खाँदा शरीर स्वस्थ हुन्छ र कब्जियत हुनबाट पनि बँचिन्छ । सुन्तलामा पाइने भिटामिन ‘सी’ले रुघाखोकी आदिबाट बँचाउछ । दिनहूं सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ । दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पु¥याउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ । यसले रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ ।

पुस १७ बाट नवीकरणीय ऊर्जा प्रर्दशनी गरिने

गोविन्द विश्वकर्मा
पुस १५, काठमाण्डौ – नेपालमा नवीकरणीय ऊर्जाको सम्भावनाबारेमा जनता, निजी क्षेत्र, सरकारी, गैरसरकारी क्षेत्र र अन्तर्राष्ट्रिय जगत्मा त्यसको प्रचार गर्न काठमाण्डुमा पुस १७ देखि १९ गतेसम्म नवीकरणीय ऊर्जा प्रदर्शनी २०७२ गरिने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आयोजना गर्न लागेको प्रदर्शनीले विद्यमान ऊर्जा सङ्कटलाई मध्यनजर गरी नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगमा वृद्धि गर्ने विश्वास लिइएको छ । केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले नवीकरणीय प्रविधिको विकासमा निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाको सक्रिय सक्रियता र लगानीको अनुकूल वातावरण सिर्जना गर्न प्रदर्शनीले सहयोग गर्ने बताउनुभयो । उहाले सहरी क्षेत्रमा सौर्य ऊर्जालगायत ठूलो क्षमताका नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताउनुभएको छ । प्रदर्शनीले विभिन्न नवीकरणीय ऊर्जा प्रविधि जस्तो सोलार, लघुजलविद्युत्, जैविक ऊर्जा, बायोग्यास, वायु ऊर्जाबारे अवलोकनकर्ताले जानकारी लिनसक्ने बताइएको छ ।
सहरी सौर्य ऊर्जा प्रणाली, फोहरमैलाबाट ऊर्जा उत्पादन र घरायसी ग्यास फायरजस्ता नवीनतम ऊर्जासम्बन्धी नीतिबारेमा प्रदर्शनीमा जानकारी दिइने आयोजकले जनाएको छ । ‘उर्जा सुरक्षाका लागि नवीकरणीय ऊर्जा’ नारा राखिएको प्रर्दशनीमा नवीकरणीय ऊर्जाका प्रविधि सोलार, सुधारिएको चुलो, बायोग्यास, लघुजलविद्युत्, बायोग्यास आदिको प्रदर्शनी तथा नवीकरणीय ऊर्जासम्बन्धी अन्तक्र्रिया सञ्चालन गरिने केन्द्रले जनाएको छ । प्रदर्शनीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने बताइएको छ ।

सुर्खेत जिल्ला खुला दिसामुक्त घोषणा, नेपालको २९ औं जिल्ला

गोविन्द विश्वकर्मा

पुस १४, सुर्खेत – सुर्खेतलाई आज बृहत समारोहकाबीच खुला दिसामुक्त घोषणा गरिएको छ । नेपालभरबाट सुर्खेतलाई २९ औं जिल्लाका रुपमा आज खुला दिसामुक्त घोषणा गरिएको हो । उप राष्ट्रपति नन्दबहादुर पुनले बृहत समारोहकाबीच सुर्खेत खुला दिसामुक्त भएको घोषणा गर्नुभएको हो । उपराष्ट्रपति पुनले सुर्खेतलाई खुला दिसामुक्त घोषणा गर्दै सुर्खेतीहरुलाई बधाई दिनुभयो । उपराष्ट्रपति पुनले अव सरसफाईलाई दीगोरुपमा संस्थागत गर्नुपर्ने भन्दै अझ सशक्त रुपमा बाँकी अभियान संचालन गर्न सुझाव दिनुभयो । सबै एकजुट भएर काम गर्न पनि उपराष्ट्रपति पुनले सबैको ध्यानाकर्षण गराउनुभएको छ । आफ्नो सम्बोधनका क्रममा उपराष्ट्रपति पुनले यस क्षेत्रको विकास र समृद्धिसंग जोडिएका भेरी कोरिडोर र कर्णाली कोरिडोर र भेरी बबई डाइभर्सन परियोजनाको पनि छिटो निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
साथै सुर्खेत लगायत मध्यपश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न जिल्लाहरुमा बाढीपहिरोको प्रकोपमा परेका प्रभावितहरुको अहिले पनि व्यवस्थापन हुन नसकेको दुःख व्यक्त गर्नुभयो । साथै अब व्यवस्थापन हुने विश्वास उपराष्ट्रपति हुनले व्यक्त गर्नुभयो । समग्र क्षेत्रको विकासका लागि सबैले हातेमालो गरेर बढ्नु पर्ने भन्दै उपराष्टपति पुनले सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ । घोषणा समारोहमा सहभागी सांसदहरु तथा दलका नेताहरुले खुला दिसामुक्त अभियानको अन्त्य नभइ प्रतिबद्धता भएको जनाएका छन् । कार्यक्रममा सांसद हृदयराम थानीले सामाजिक अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । यस्तै सांसद तप्तबहादुर विष्ट र सीता नेपालीले पनि सबैको साथ र सहयोगमा अभियान सम्पन्न भएको भन्दै आगामी दिनमा पनि सबै मिलेर यस्ता अभियानलाई सार्थक टुङगोमा पु¥याउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पूर्व सभासद तथा एमाओवादी सुर्खेतका अध्यक्ष नरबहादुर विष्टले पनि अब सुर्खेतलाई पूर्ण सरसफाई युक्त बनाउनका लागि सबैलाई आव्हान गर्दै आफ्नो पार्टीले यस्ता सबै अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा खानेपानी तथा ढल निकाल विभागका रमाकान्त, क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका निमित्त क्षेत्रीय प्रशासक नारायण सापकोटा, क्षेत्रीय खानेपानी तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका प्रमुख विनोदकुमार अग्रवाल, नेपाली काँग्रेस सुर्खेतका कार्यबहाक सभापति उपेन्द्र थापा, एमाले सुर्खेतका अध्यक्ष धुर्व शाही, एमाओवादी सुर्खेतका उपाध्यक्ष कृष्ण जिसीलगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय उपाध्यक्ष कुलमणि देवकोटा, गाविस सचिव हकहित संरक्षण केन्द्रका केन्द्रीय उपाध्यक्ष नारायणदेव गिरी र पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चण भारतीले पनि आफ्नो भनाइ राखेका थिए । खुला दिसामुक्त समारोह विभिन्न साँस्कृति झाँकीहरुको प्स्तुततिसहित जिल्ला स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष हिरालाल रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो ।


प्लाष्टिक प्रशोधन गरेर डिजल उत्पादन

गोविन्द विश्वकर्मा
पुस १४, दाङ – दाङका एक युवकले प्लाष्टिक प्रशोधन गरेर डिजल उत्पादन गरेका छन् । दुई महिनाअघि सल्लाको खोटो प्रशोधन गरेर पेट्रोल बनाएका मार्शल रोकाले प्लाष्टिकका झोला प्रशोधन गरेर डिजल उत्पादन गर्नुभएको हो । उहाँले उत्पादन गरेको डिजल मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गर्नुभएको छ । उहाँले सुरुमा प्लाष्टिकको झोेलालाई मसिनो गरि काट्ने र त्यसलाई वाष्पिकरण गरेर ईन्धन निकालेको जानकारी दिनुभयो । वाष्पिकरणमा दुई थरीका केमिकल मिसाईने पनि उहाँले बताउनुभयो । उहाँले परिक्षणका लागि मंगलबार ८ लिटर डिजल निकाल्नु भएको थियो । उहाँले निकालेको डिजल प्रयोग गरेर घोराहीमा ट्रयाक्टर समेत चलाईएको थियो । यो डिजलले गाडीको ईन्जनमा कुनै खरावी नभएको समेत उहाँले दावी गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले मार्शलले गरेको कार्यको प्रशंसा गर्दै मार्शलको खोज अनुसन्धानमा आफ्नो तर्फबाट सक्दो पहल रहने आश्वासन दिनुभयो ।

मन्त्रालय फुटाउनुको लिखित कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

गोविन्द विश्वकर्मा
पुस १४, काठमाण्डौं  – मन्त्रालय फुटाएर संख्या बढाउनु पर्नाको कारण लिखित रुपमा पेस गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलासले कञ्चनकृष्ण न्यौपानेले मन्त्रालयको संख्या बढाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो । न्यौपानेले मन्त्रालयको संख्या बढाउने सरकारको निर्णय नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ९ को प्रावधानसँग सिधै बाझिने भएकाले खारेज हुनु पर्ने माग गरेका थिए । उक्त धारामा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्य मध्येवाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्री परिषद गठन गर्ने छ ।’ यसरी जानाजान संविधानको बर्खिलाप हुने गरी र राज्यलाई ६ अर्बको वार्षिक भार पर्ने गरी मन्त्रालय बढाउन सरकारले गरेको निर्णयविरुद्ध तत्काल अन्तरिम आदेश जारी गर्न पनि रिटमा माग गरिएको थियो । सर्वोच्चले ‘रिटमा उठाइएको विषयवस्तुको गाम्भीर्यलाई मनन गर्दै’ निवेदनलाई अग्राधिकार ९सुनुवाइका लागि दिइने प्राथमिकता० पनि दिएको छ । साथै सरकारलाई अन्तरिम जारी गर्न नपर्ने कारण भए त्यो लिएर २९ गते अदालतमा हाजिर हुन पनि आदेशमा भनिएको छ । संविधानमा २५ भन्दा बढी मन्त्री बनाउन नपाइने भनिए पनि सरकारले मन्त्रालयसमेत फुटाएर ४० सदस्यीय मन्त्रिपरिषद् बनाएको छ । प्रशासन सुधार आयोग २०४८ तथा सार्वजनिक खर्च पुनरावलोकन आयोग २०५७ ले देशमा १८ भन्दा बढी मन्त्रालय आवश्यक नपर्ने सुझावसमेत दिएको थियो ।

चीनबाट तत्काल राहतको लागि पुनः १४ लाख लिटर इन्धन

गोविन्द विश्वकर्मा
पुस १४, काठमाण्डौं  – भारतीय नाकाबन्दीको कारण चरम इन्धन अभाव ब्यहोर्दै आएको नेपालीलाई चीनले दिर्घकालिन सहयोगको तयारी नहुन्जेल भन्दै पुनः राहत स्वरुप १० मिलिएन (आरएमबी) चिनियाँ मुद्रा बाराबरको इन्धन उपलब्ध गराउने भएको छ । करिव १४ लाख लिटर इन्धन उत्तरी नाकाबाट छिट्टै काठमाडौं भित्रिने भएको छ । चीनबाट दिर्घकालिन इन्धन समझदारी हुने अपेक्षा गरिरहेको अवस्थामा तत्कालन राहत अनुदान सहयोग आउन लागेको हो । केरुङ नाकासम्म चीनले ल्याईदिने उक्त पेट्रोलियम पदार्थ त्यहाँबाट नेपाल आयल निगमले ढुवानी गर्नेछ । यसअघि पनि सोही मुल्य बाराबरको इन्धन चीनले उपलब्ध गराएको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा ५ दिने औपचारिक भ्रमण सकेर र्फकने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पत्रकारसंग उनले चिनियाँ अनुदानको जानकारी दिनुभएको हो । छलफलपछि जारी विज्ञप्तीमा उक्त सहयोग उल्लेख थिएन ।
चीनको उक्त सहयोगले दिर्घ कालिन फ्रेमवर्कलाई फेरि पछाडी धकेलेको आशंका छ । बाणिज्य मन्त्रालय र आयल निगमको अधिकारी बेइजिङमा नै रहेको कारण सम्झौताका विषयमा छलफल भइरहेको दावी छ ।  भ्रमणले चीनसँग दीर्घकालीन रुपमा इन्धन व्यापार गर्ने बाटो प्रशस्त गरेको दावी मन्त्री थापाको छ । नेपाल र चीनबीच खु
ला र स्वतन्त्र व्यापार अभिवृद्धि, पारवहन सन्धी, र लगानी अभिवृद्धिबारे छलफल गरेर अघि बढ्ने समझदारी भएको पनि मन्त्री थापाले बताउनुभयो । थापाले दीर्घकालीन रुपमा इन्धन आपूर्ति गर्ने सम्बन्धमा चिनियाँ अधिकारीसँग महत्वपूर्ण छलफल भएको बताउँदै परिणाम पनि छिटै आउने बताउनुभयो । यो भ्रमण नेपाल चीनबीच आर्थिक सम्बन्धको आंकडा तयार गर्न र नया परिपेक्ष्यमा अघि बढ्न सफल भएको छ । भ्रमणले इन्धन आपुर्ति देखि अन्य ब्यापार सम्झौताको बाटो समेत खोलेको छ । पारवहन तथा ब्यापार सन्धि, लगानी सुरक्षा सम्वन्धी (विप्पा) सम्झौता र स्वतन्त्र व्यापार सम्झौताबारेमा चीन सकारात्मक देखिएको र अव हुने माथिल्लो स्तरको भ्रमणमा सम्झौताको तहमा पुगिने उहाले बताउनुभयो ।
चीन तर्फबाट नेपालमा उच्चस्तरको भ्रमण तत्काल हुने र प्रधानमन्त्री केपीशर्मा ओली भ्रमण पनि चीनतर्फ छिट्टै हुने संकेत गर्दै उच्चस्तरको भ्रमणमा अहिले थाति रहेको विषयमा सम्झौता गर्ने तयारी अघि बढाउन दुवै पक्ष समहत भएको थापाले बताउनुभयो  । त्यसका लगि दुवै पक्षबाट व्यापक गृहकार्य भइरहेको छ । कूटनीतिक सम्वन्धको ६० औं बर्षगाठमा भएको उक्त भ्रमण सम्झौता गर्न सम्वन्धका विविध आयामबारे छलफल गर्न भएको बताउदै भ्रमणले नेपाल चीन सम्वन्धलाई नया उचाईमा पूर्‍याएउन आधार तय गरेको बताउनुभयो ।  थापा नेतृत्वको टोलीले चिनियाँ उपराष्टपति र विदेशमन्त्री लगायतका उच्च अधिकारीसँग छुट्टा छुट्टै भेट गरी इन्धन आपूर्ति लगायतका दुईपक्षीय हितका विषयमा छलफल गरेको थियो ।
दीर्घकालीन रुपमा इन्धन आपूर्ति गर्ने सम्बन्धमा थापाको भ्रमणमा सहमति भए पनि त्यस्ता विषयमा तत्काल सम्झौता भने हुन सकेन । नेपाल चीनबीच आर्थिक सम्वन्धको दीर्घकालीन फ्रेमवर्क तयार भएको दावी गर्नुभयो । मन्त्री थापाका अनुसार प्रधानमन्त्री स्तरको भ्रमणमा अहिले भएका छलफलबाट तयार फ्रेमवर्क कार्यान्वयनमा आउने समेत बताउनुभयो । अरनिको राजमार्ग चाडै सञ्चालनमा ल्याउने र हाल संचालनमा रहेको रसुवागढी सडकलाई अटुट सडकको रुपमा विस्तार गरिने समेत सहमतिमा नेपालले आफ्नो तर्फबाट पनि काम तत्काल अघि बढाउने उहाले बताउनुभयो । केरुङसम्म रेल आउने हुनाले पनि जतिसक्दो छिटो नेपाल तर्फको सडकको काम हुन आवश्यक रहेको उहाले बताउनुभयो । थापा नेतृत्व टोली नेपाल  क्रममा  शिचुवान र तिब्बतका अधिकारीहरुसँग भेटेर सम्वन्ध विस्तारबारे छलफल गरेका थिए । उनीहरु नेपालमा दुईपक्षीय ब्यापार र उर्जा विकासका लागि इच्छा देखाएको परराष्ट्रमन्त्री थापाले जानकारी दिनुभयो ।

अझै ४६ लाख मानिस नागरिकताविहीन

गोविन्द विश्वकर्मा
पुस १४, काठमाडौं – नेपालमा अझै ४६ लाख मानिस नागरिकताविहीन रहेको एक अध्ययनले देखाएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आज सार्वजनिक गरेको ‘नेपालमा नागरिकता प्रमाणपत्रको प्राप्तिः अनुमान र प्रक्षेपण’ विषयको पुस्तकमा उल्लेख भए अनुसार नागरिकतासम्बन्धी व्यवस्था स्पष्ट हुन नसक्दा सन् २०१४९ दुई वर्षअघि सम्म अझै ४६ लाख मानिसले नागरिकता प्राप्त गर्न सकेका छैनन् ।
सन् २०११ (विसं २०६७।६८) देखि संस्थाले गर्दै आएको अध्ययन अनुसार उक्त वर्ष नागरिकता नपाउनेको सङ्ख्या ४३ लाख थियो भने सन् २०२१ (विसं २०७७।७८) सम्म सो सङ्ख्या बढेर ६७ लाख पुग्ने अनुमान गरिएकोछ । सो अनुमान नागरिकता प्राप्त गर्ने उमेर पुग्ने समूहलाई आधार मानेर गरिएको एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्त सविन श्रेष्ठले जानकारी दिनुभयो । उहाले प्रत्येक वर्ष नागरिकता प्राप्त गर्ने उमेर समूहलाई तथ्याङ्कमा प्रस्तुत गर्दै संविधानमा नागरिकतासम्बन्धी भएका प्रावधान एकार्कामा बाझिने भएकाले नागरिकता नपाउनेको सङ्ख्या बढ्ने बताउनुभयो । दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा सबै नेपालीले कानुनी पहिचान प्राप्त गरिसक्नुपर्ने भएकाले राष्ट्रिय योजना आयोगले सोहीअनुसार कार्य गरिरहेको उनले जानकारी दिनुभयो । एफडब्लुएलडीका संस्थापक अध्यक्ष सपना मल्ल वर्तमान अध्यक्ष मीरा ढुङ्गानाले संविधानमा नागरिकताका सम्बन्धमा महिलालाई पनि अधिकार दिइएको तर त्यसको कार्यान्वयन पक्ष भने फितलो भएको देखिएको बताउनुभयो ।

गाेविन्द विश्वकर्मा(सुरज) काे पहिलाे लाेकसांगीतिक काेशेली सपनीमा तिमीसंगै हुने गर्छु म


धेरै समयकाे प्रतिक्षा पछि गाेविन्द विश्वकर्मा(सुरज) काे पहिलाे लाेकसांगीतिक काेशेली सपनीमा तिमीसंगै हुने गर्छु म बाेलकाे गीत तपार्इकाे घर अागन रेडियाे सेट अनलार्इन तथा यत्र तत्र सर्वत्र उपलव्ध भएकाे जानकारी गराेदछु । जुन गीतकाे पहिलाे अन्तरा तिम्रै घरकाे अागनमा पुगेर, मागे माया सरणमा झुकेर सपनीमा तिमीसंगै हुने गर्छु म यता हेर्छु  देख्दिन उता हेर्छु देख्दैन छटपटन्छिु मध्यरातमा विपनीमा तिम्रै यादमा रुने गर्छु म । सुमधुर स्वरका धनी धर्मेन्द्र शाही र टीका पुनकाे सुमधुर अावाज, गोविन्द विश्वकर्मा(सुरज) उत्कृष्ट शब्द सृजना र दर्जनाैं गीतमा लय गरिसक्नुभएका सर्जक तेजेन्द्र विवशकाे लयमा रहेकाे याे गीत सपनीमा तिमीसंगै बजारमा आएको छ सुनेर साथ दिनुहेनेछ भन्ने आशा छ।  र  डाउनलोडगर्नको लागी तलको लिङ्कमा क्लीक गर्नुहोला
 http://freenepalimusic.com/mp3/11672


संविधान आएको सय दिन पूरा के भयो, के भएन ?

गोविन्द विश्वकर्मा
पुस १४, काठमाडौं – नेपाली नागरिक आफैले लेखेको नेपालको संविधान जारी भएको एकसय दिन पूरा भएको छ । व्यापक बिरोध र अस्थिरताबिच जारी भएको संविधानका केही व्यवस्था कार्यान्वयन हुन थालेपनि नागरिकको मन जित्नेगरी काम भने हुन सकेको छैन । संविधानमा असन्तुष्टी जनाउँदै आन्दोलन थालेका मधेसी दलहरु अझै असन्तुष्ट छन् । आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधनको लागि बल्ल संविधान संशोधन विधेयकमाथि संसदमा छलफल सुरु सरकारले ढिलो गरी सुरु गरेको अभियान पनि सबै ठाउँमा पुग्न सकेको छैन ।
भएको छ । तर यो विधेयकमा पनि मोर्चा सहमत छैन । मोर्चाकै सहमतिमा संविधान संशोधन गर्न ठूला दलले पहल भने गरिरहेका छन् । गएको सय दिनमा संविधानसभाबाट संविधान बनाउन जनचाहना त पूरा भएको छ । तर संविधान आएपछि झनै अन्योल बढ्यो भन्ने आमनागरिकलाई लागेको छ ।
संविधान जारी भएसँगै बन्द हडताल र नाकाबन्दीले सकस थप्दै गएपछि नागरिकमा असन्तुष्टी बढेको हो । संविधानमा भएका व्यवस्थाबारे नागरिकलाई समयमै बुझाउन नसक्दा पनि अस्थिरता र अन्योल बढेको हो । नागरिकका प्रतिनिधिले लेखेको संविधान विश्वमै उत्कृष्ट भनेर धेरैले प्रशंसा गरेपनि कतिपय नागरिकले संविधान नै बुझ्न सकेका छैनन् । उनीहरुलाई बुझाउने प्रयत्न पनि प्रभावकारी भएको छैन । खासगरी तराईका नागरिकलाई संविधानमा भएका व्यवस्थाबारे स्पष्ट पार्न मुख्य दलहरुले सकेका छैनन् । संविधान बुझाउन नयाँ संविधान जारी भएसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख फेरिए । संविधान अनुसार गठन भएको नयाँ सरकारले काम गरिरहेको छ ।
संविधानमा असन्तुष्टी जनाएको मधेसी मोर्चाले समेत प्रधानमन्त्रीको चुनावी प्रक्रियामा सहभागिता जनायो । यसरी नयाँ सरकार गठनसँगै सुरु भएको संविधान कार्यान्वयनको काम त्यसपछि पनि अलमलमा परेको छ । तैपनि संविधान कार्यान्वयनका लागि कानुन मन्त्रालयले झण्डै तीनसय नयाँ र पाँचसय पुराना कानुन संशोधन प्रक्रिया सुरु गरेको छ । यस्तै संघीय संरचना अनुसार कर्मचारीको व्यवस्थापनका लागि स्थानीय विकास मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयले काम थालेका छन् । यस्तै संविधानकै व्यवस्था अनुसार संवैधानिक इजलास पनि गठन भैसकेको छ । तर अरु काम सुरु हुन बाँकी छ । संविधानले अबको दुई वर्ष अर्थात २०७४ माघ ८ गतेसम्मका लागि अहिलेको संसदको कार्यकाल तोकेको छ । यस अवधीभित्र संविधानमा भएका व्यवस्था लागू गर्न सरकार र दलहरुले सहमतिका साथ कार्यान्वयनको काम सुरु गर्न ढिलो भइसकेको छ ।

छाउ गोठ छोड्दा महिलाहरु सुरक्षित, पुरुषहरु खुसी

गोविन्द विश्वकर्मा
सुर्खेत – सुर्खेतको विजौरा गाविस वडानम्वर ५ मायाँतालका जनसिंह थापाको घरका महिलाहरु रजस्वला ९महिनावारी० हुँदा त्यहाँ बसाल्ने भन्दै एउटा छाउ गोठ बनाइएको थियो । त्यै छाउगोठमा महिनावारी भएको बेला महिलाहरु बस्नुपर्ने बाध्यता थियो ।
महिनावारी प्राकृतिक नियम हो भनेर थाह हुँदा हुँदै पनि थापाको घरमामात्रै होइन, सुर्खेतका विजौरासहित लगाम, वेतानलगायत त्यहाँका सवैजसो घरमा छाउपडि कु–प्रथा थियो । छाउपडिको विरुद्धमा महिलाहरु जागरुक हुन थालेपछि छाउपडि मुक्त समाज निर्माणको अभियान चल्यो । त्यसबेला थापाले त्यो अभियान चलाउनेहरुसँग झगडा पनि गर्नुभयो, संसार विगार्न हुँदैन भनेर । पछि सम्झाई बुझाई गर्दा महिलालाई वलात्कार, जंगली जनावरले आक्रमण गर्नसक्ने, महिलाको स्वास्थ्यमा असर पर्ने तथा असुरक्षा हुनसक्ने थाह पाएपछि उहाँले आफ्नो घरका महिलाका लागि बनाइएको छाउ गोठ भत्काउनुभयो ।
“पहिला त भत्काउन नहुने भनेर भनिन्थ्यो” थापा भन्नुहुन्छ, “छाउपडि बस्दा असुरक्षा हुन्छ भनेर थाह भयो ।”  थापाको घरमा जस्तै पछि समुदायका हरेक घरपरिवारमा बनेका छाउगोठ भत्किन थाले । अहिले विजौरामा छाउगोठ छैनन् । विजौरा ७ का पद्मादेवी वि।क।का श्रीमानलाई स्थानीय नागरिकले धामी झाँक्री गर्ने व्यक्तिका रुपमा चिन्ने गरेका छन् । पद्मादेवी महिनावारी हुँदा पनि सानो पिंडा सहनुपर्ने अवस्था थिएन । “मेरो श्रीमान धामी हुनुहुन्छ” उहाँ भन्नुहुन्छ, “पहिला बाहिरै अलग्गै राख्थे ।”  विजौरा ९ गुँडे भावरका निर्मला जैसी भन्नुहुन्छ, “पहिला छुवाछुत हुन्थ्यो । भाडा छुन दिनुहुन्थेन ।
अहिले घरमै बस्छौँ । खाना पनि भान्सामा आफै गएर पकाउने गरेका छौँ ।” महिलाहरु छाउ गोठमा बस्दा त धेरै समस्याहरु भोग्नु परेका यथार्थता महिलाहरुसँग छँदैछन् । अझ यसका विरुद्ध अभियान चलाउँदासमेत समस्या महिलाहरुलाई आइपरे । फेरी पनि पद्मादेवी भन्नुहुन्छ, “वलात्कारको अप्ठ्यारो हुन्छ । पहिला गाली पनि खाइयो, तर परिवर्तन भयो ।” गुँडे भावरका निर्मला बताउनुहुन्छ, पहिला शिक्षाको कमी थियो, “अहिले चेतनामा वृद्धि भयो । पहिला सर्पको डर हुन्थ्यो, वलात्कारको डर पनि हुन्थ्यो । जे होस् असुरक्षा हुन्थ्यो ।”  छाउपडिले मानव भनेर भनिने व्यवहारलाई खिल्ली उडाइरहेको छ ।
त्यसकारण यो एउटा कु–प्रथा हो । यसबाट तपाई हाम्रो महिलाको स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ । त्यत्तिमात्रै होइन, तपाई हाम्रो इज्जतमा पनि दाग लाग्नसक्ने घटना हुनसक्छ । पहिला छाउपडि बस्दा अपधारिक क्रियाकलाप हुने गरेपनि अहिले त्यस्ता क्रियाकलाप विजौरामा रोकिएका छन् । आफ्ना चेलीवेटी तथा आमा र श्रीमतिहरु सुरक्षित हुँदा पुरुषहरु पनि खुसी छन् । जसरी धामी झाँक्री गर्ने व्यक्ति भनेर चिनिने पदमादेवी वि।क। का श्रीमान कु–प्रथा अन्त्यका लागि महिलाहरुले चलाएको अभियानमा साथ दिनतर्फ लाग्नुभयो । त्यसरी नै तपाई हामी पनि लागिपर्न जरुरी छ ।

दलित महिला संघको अधिवेशनबाट नँया नेतृत्व चयन

गोविन्द विश्वकर्मा
पुष ७, नेपालगञ्ज – मंगलबार अबेर नेपालगन्जमा सम्पन्न दलित महिला संघको चौथो राष्ट्रिय अधिवेशनबाट नँया नेतृत्व चयन भएको छ । सम्पन्न अधिवेशनबाट कला स्वर्णकारको अध्यक्षतामा १५ सदस्यीय नँया केन्द्रिय कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा शान्ति पासवान र चमेली परियार, महासचिवमा रेणु सिजापति, कोषाध्यक्ष पुण्यवती रम्तेल, सचिवमा मञ्जु सुनार निर्वाचित भए ।
यस्तै सदस्यहरुमा पूर्वाञ्चलबाट पाण्डु परियार, मध्यमाञ्चलबाट पवित्रा विश्वकर्मा, पश्चिमाञ्चलबाट सुजाता पौडेल, मध्यपश्चिमाञ्चबाट हिमा सुनार, सुदुरपश्चिमाञ्चलबाट सशी सोव निर्वाचित भए । मध्यपश्चिमाञ्चल सदस्यबाहेक अन्य कार्यसमितिकोसर्वसम्मत चयन गरिएको थियो । यस्तै १५ सदस्यीय कार्यसमितिका चार जना सदस्यमा मनोनित गर्नेछ । अध्यक्षमा निर्वाचित स्वर्णकारले आफ्नो नेतृत्वमा दलित महिलाको राज्यका निकायका सहभागीता, हकअधिकार र पहूँच विकासमा सक्रिय र कटिबद्ध भई लाग्ने बताउनुभयो । समग्र दलित महिलाको शिक्षा, आर्थिक, राजनैतिक, सामाजिक नेतृत्वमा विकास र पहूँचका लागि आफ्नो कार्यकालमा विस्तृत योजना सहित काम गर्ने उहाले जानकारी दिनुभयो । दलित महिला संघ फेडोमा २१ सालदेखि संस्थापक अध्यक्षमा भूमिका निर्वाह गर्दै आएकी दुर्गा सोवले निर्वाचित अध्यक्षलाई बधाइ दिदै कार्यकाल जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।

कहिले बन्ने सिटी बसपार्क ? सम्झौँता भयो, निर्माण शुरु गर्छौः नगरपालिका

गोविन्द विश्वकर्मा ३ पुस सुर्खेत
२०७० सालमा नै अध्ययन सम्भाव्यता पूरा भएको मध्यपश्चिमको केन्द्रविन्दुमा रहेको वीरेन्द्रनगर बसपार्कको निर्माण हालसम्म सुरु हुन सकेको छैन । पटक–पटक वीरेन्द्रनगर नगरपालिकाले निर्माण कार्य थालनी हुने आश्वासन देखाउँदै आएपनि करिव दुई वर्षसम्म वित्नै लाग्दा पनि काम सुरु गर्न सकेको छैन । नगरपालिकाले, ‘सम्झौँता भइसक्यो अवको १५ दिनमा काम गर्छौ’ भन्न लागेको पनि झण्डै दुई वर्ष पुगेको छ । मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम र अवको प्रदेश नम्बर ६ को सम्भावित राजधानी सुर्खेतमा किन बसपार्क निर्माण प्रक्रिया हालसम्म अगाढी बढेन ? आम नागरिकहरुले प्रश्न गर्ने गरेका छन । तर नगरपालिकाको सहज जवाफ हामी प्रक्रियामा गयौँ काम सुरु हुन्छ भन्दै टार्दै आएको छ ।

पुरानो बसपार्कलाई आधुनिक मापदण्डमा निर्माण गर्ने भन्दै नगरपालिकाले काम सुरु गरेको थियो । करिव दुई वर्षको अवधिमा तयार हुने बसपार्कमा कालोपत्रे, पार्किङ् जोन, टर्मिनल तथा ट्राफिक भवन, सपिङ्ग कम्पेलेक्श टिकट काउन्टर, यात्रु प्रतिक्षालय, शौचालय निर्माण हुनेछन । २०७० सालको चैत्र मसान्तमै निर्माण प्रक्रिया सुरु गर्ने भन्दै पहिले नै अस्थायी बसपार्क विश्वविद्यालयको जग्गामा सारिएको थियो ।
पुरानो बसपार्कमा ग्राभेल विछ्याउने कार्य पनि नगरपालिकाले सम्पन्न गरेको थियो । निर्माण चरणको सुरुवाति मै नगरपालिकाले रकम अभाव भएको भन्दै ऋण लिने प्रक्रिया अगाढी थालेको थियो । जुन प्रक्रिया करिव दुई वर्षको अवधिपछि गत मंसिर २४ गते जर्मन विकास बैँकले ठेकेदारसँग सम्झौँता स्वीकृत गरेको छ ।

सिटी बसपार्कको लागि ८ करोड ७ लाख ५६ हजार २९ रुपियाँको स्टिमेट छ । यो मध्य ८० लाख रकम वीरेन्द्रनगर नगरपालिकाको हो ।  विश्वविद्यालयसँग गरिएको सम्झौता अवधि सकिएपछि मंगलगढी चौक नजिकैमा साँघुरो ठाउँमा बसपार्क सञ्चालनरत छ । मध्यपश्चिम, काँक्रेविहार र जीप ब्यवसायीका सानाठुला गाडीहरुको बढ्दो चापले प्रवेशद्वारा अस्तब्यस्त बनेको छ । यातायात समितिका सवारी साधनको चाप बढ्दै जानु र सीमित ठाउँमा बसहरु पार्किङ गर्दा निकै सास्ती भोक्नु परेको ब्यवसायीहरुको धारणा छ ।

वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शर्मा भने जर्मन विकास वैँकले ऋण सम्झौता गर्न ढिलाई गरेका कारण सिटी बसपार्क निर्माणको काम अगाडी बढ्न नसकेको बताउनुभयो । उहाले चाङामिला नर्सिङ निर्माण सेवा जेभी काठमाडाँ र बैँक विच विधिवत रुपमा सम्झौँता भइसकेकाले तत्काल काम सुरु हुने जवाफ दिनुभयो । नगरपालिकाले गत चैतमा पहिलो पटक बैँकलाई पठाएको कागजपत्र नमिलेको भन्दै फिर्ता पठाएको बतायो । तीन पटकसम्म कागजपत्र फिर्ता भएकै कारण तोकिएकै समयमा काम अगाडी बढ्न नसकेको प्रतिक्रिया अधिकृत शर्माले दिनुभयो । नगरपालिकाले यस्ता जवाफ पटक–पटक दिदैँ आएको थियो । तर सरकारी संयन्त्र नै कमजोर हुनु र विकास प्रति सरोकारवाला निकाय मौन रहनुले नै यस्तो हविगत भएको स्थानीय नागरिक सहदेव थापाको आरोप छ ।

उहाले साच्चै समुन्नत सुर्खेत निर्माण गर्न सवै लागेको भए हालसम्म नमूना सिटी बसपार्क तयार भएर सञ्चालन आइसक्ने बताउनुभयो । कार्यकारी अधिकृत शर्माले सिटी बसपार्कको निर्माणको लागि ठेकदारलाई तत्काल बोलाएर काम सुरु गर्ने वचन दिनुभएको छ । सिटी बसपार्कमा ९० वटा ठुला र २५ वटा साना गाडी गरी १२५ गाडी अट्न सक्ने क्षमता रहेको नगरपालिकाका बरिष्ठ इन्जिनियर जनकबहादुर शाही जनाकारी दिनुभयो । नेपाली काँग्रेसका नगर सभापति देवकुमार सुवेदीले नयाँ सिटी बसपार्क निर्माणको राजनीतिक तहबाट निरन्तर पहल गरिरहेको बताउनुभयो । उहाले निर्माणका लागि बाहिरी निकायबाट ऋण लिने भएकाले बसपार्कको निर्माणमा ढिलासुस्ती भएको उल्लेख गर्नुभयो । तर नेकपा एमालेका नगर कमिटीका अध्यक्ष निलकण्ठ खनालले बसपार्क निर्माणका लागि राजनीतिक दलको इच्छा शक्ति हुदाँ पनि स्थानीय निकायको निर्वाचन नहुदाँँ यस्ता योजना निर्माणमा लापरवाही भएको बताउनुभयो । उहाले आफ्नो पाटीको तर्फबाट पटक–पटक झकझकाउने काम गरिरहेको जानकारी दिनुभयो ।

सञ्चार सामग्री क्षति भएका पत्रकारलाई सहुलियत

गोविन्द विश्वकर्मा पुस ३, काठमाडौं
प्रेस काउन्सिल नेपालले भूकम्प, प्राकृतिक विपत्ति वा आन्दोलनको क्रममा वा रिपोर्टिङको सिलसिलामा कुनै सञ्चारकर्मीको सञ्चार सामग्री वा उपकरणमा क्षति भई नयाँ खरिद गर्नुपर्ने भएमा सहुलियत दिने भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष एवं प्रेस काउन्सिल सदस्य डा. महेन्द्र विष्टका अनुसार काउन्सिलको मिडिया विकास कोषको विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सो निर्णयअनुसार क्षति भएका सञ्चार सामग्री वा उपकरणको सट्टा नयाँ खरिद गर्नुपर्ने भएमा काउन्सिलबाट लागतको २५ प्रतिशत अनुदान प्राप्त हुनेछ । सो सुविधा प्राप्त गर्न सम्बन्धित जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयबाट घटना विवरण र नेपाल पत्रकार महासंघबाट सिफारिससहित निवेदन दिनुपर्नेछ । निवेदन प्राप्त भएपछि सैद्धान्तिक सहमति लिई सामान खरिद गरेपश्चात भ्याट विलका आधारमा बिल बमोजिमको मूल्यमा २५ प्रतिशत रकम सम्बन्धित विक्रेतालाई भुक्तानी हुनेछ । भूकम्प, प्राकृतिक विपत्ति वा आन्दोलनका क्रममा तोडफोड वा क्षति भएका वा रिपोर्टिङको सिलसिलामा सञ्चार सामग्री वा उपकरण क्षति भएको भए सोअनुसार महासंघ केन्द्रमा विवरण पठाउन र काउन्सिलबाट सुविधा लिन सम्वद्ध सबै पत्रकार र महासंघका शाखा एसोसिएट संस्थाहरूलाई नेपाल पत्रकार महासंघले आग्रह गरेको छ ।

संसद बैठक पुस ८ गतेसम्मका लागि स्थगित

गोविन्द विश्वकर्मा पुस ३, काठमाडौं
व्यवस्थापिका–संसद नियमावली मस्यौदा समितिको समय १५ दिन थपिएको छ । व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकले १५ दिनको समय थपेको हो । समितिलाई पुस ५ गतेसम्मको समय दिइएको थियो । काम अझै नसकिएकाले समितिको म्याद थपिएको हो । नियमावलीको लागि उपसमितिले अझै समय मागेको थियो । शुक्रबारको संसद बैठक भने मधेसी मोर्चाले अवरोध गरेन । संसदको अर्को बैठक पुस ८ गतेका लागि बोलाइएको छ । संसद बैठक स्थगित गरिएको यसबीचमा मधेसी मोर्चाका मागलाई संशोधन विधेयकमा कसरी समावेश गर्ने भन्नेमा मोर्चासँग छलफल गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा शुक्रबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र राप्रपा नेपाललगायतका दलको बैठकले संसद बैठक स्थगित गरी मोर्चासँग छलफल गर्ने निर्णय गरेको हो । तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीरतापूर्वक छलफल गर्नका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको सभामुख ओनसरी घर्तीमगरले जानकारी दिनुभयो ।

सुनको भाउ घट्यो, ५ वर्षअघिको मूल्यमा कारोबार

गोविन्द विश्वकर्मा पुस ३, काठमाडौं  
शुक्रबार सुनको भाउ घटेर पाँच वर्ष अघिको मूल्यमा पुगेको छ । शुक्रबार तोलामा सातसय रुपैयाँले घटेर सुनको भाउ ४७ हजार ७ सय रुपैयाँमा झरेको छ । बिहीबार सुन तोलामा ४८ हजार ४ सय रुपैयाँ थियो । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले व्याजदर बढाएसँगै त्यसको असर सुनको बजारमा पर्न थालेको हो । अमेरिकाको केन्द्रीय बैंकले झण्डै १० वर्षमापहिलो पटक व्याजदर बढाएपछि सुनमा भएको लगानी अन्य शेयर बजारमा आकर्षित भएकाले भाउ ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार शुक्रबार घटेर पाँच वर्ष अघिको भाउमा पुगेको सुनको मूल्य अझै घट्ने सम्भावना छ । सुनको भाउ तोलामा ४५ हजारसम्म घट्ने आँकलन गरिएको उहाँले बताउनुभयो ।  शुक्रबार चाँदीको भाउ पनि घटेको छ । ११ दिनसम्म स्थिर रहेको चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो । चाँदी तोलामा ६ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

स्मार्ट ड्राइभिङ लाइसेन्सको वितरण कार्य सुरु, सिता भट्टराई पहिलो स्मार्ट ड्राइभिङ लाइसेन्स पाउने नेपाली

गोविन्द विश्वकर्मा पुस ३काठमाडौं
 मोरङ बयरवन ८ की सिता भट्टराईले पहिलो स्मार्ट ड्राइभिङ लाइसेन्स् पाउनुभएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले उहाँलाई पहिलो लाइसेन्स वितरण गर्नुभएको हो । विभागले पहिलो चरणमा ५७ जनालाई विद्युतीय ड्राइभिङ लाइसेन्स वितरण गर्न लागेको ललितपुरमा रहेको वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार शुक्रबार पहिलो चरणमा २० गतेदेखि लाइसेन्सका लागि प्रकृया अघि बढाएकालाई वितरण गरिएको हो । अहिलेसम्म ३५ जनाले लाइसेन्स लिएका छन् । नयाँ प्रणालीमार्फत २० गते दरखास्त दिई २१ गते लिखित र २२ गते ट्रायल दिएकाहरुले शुक्रबार स्मार्ट ड्राइभिङ लाइसेन्स पाएका हुन् । शुक्रबार लाइसेन्स पाएका सबै स्कुटर चालकले हुन् । पुराना लाइसेन्स भएकाको भने नवीकरण र प्रतिलिपि दस्तुर लगायत अन्य प्राविधिक प्रक्रिया मिल्न बाँकी रहेकाले केहि ढिलाई हुन सक्ने विभागले जनाएको छ । सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकासहित तराइका दुई जिल्लामा प्रयोगमा ल्याउने योजना भएपनि अहिले तत्कालको लागि काठमाडौंमा मात्र प्रयोगमा ल्याउन लागिएको हो । ललितपुरमा रहेको वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयबाट गएको २० गतेदेखि नै स्मार्ट लाइसेन्स वितरण गर्ने भनिएपनि प्राविधिक र प्रक्रियागत कारणले ढिलो भएको हो । नयाँ स्मार्ट लाइसेन्स लिन अनलाइनबाट दरखास्त फारम भरी यातायात व्यवस्था कार्यालयमा सम्पूर्ण प्रक्रिया पुरा गरेर भरेको दरखास्त बुझाएपछि स्मार्ट लाइसेन्स पाउने सकिने कार्यालयले जनाएको छ । पुरानो कागजी लाइसेन्सलाई स्मार्ट कार्ड बनाउनका लागि भने कार्यालयमा गएर आफ्नो बारेमा जानकारी दिएपछि मात्र पाइने यातायात व्यवस्था कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो ।

मेरो प्रेम पत्र................

म तिर बल्छी जस्तै प्रेम फ्याँकेर दिलमा हलचल ल्याइदिएकी मान्छे
एउटा अर्कै खाले माया तिमीलाई,
हो अर्कै खाले माया ।
प्रेम दिवसको संघारमा ठिङ्ग उभिएर यो पत्र कोरिरहँदा, म शुरुवात मै भन्छु, मैले आजसम्म देखेका मान्छेहरुमध्ये सबैभन्दा राम्री होईनौ तिमी, अहँ हुँदै होइनौ । अनि मैले आजसम्म भेटेका मान्छेहरुमध्ये मलाई सबैभन्दा बढी मन परेकी मान्छे पनि होईनौ तिमी । फेरी पनि म तिमीलाई माया गर्छु । कुनै चलचित्रको पर्दामा जस्तो तिमीलाई देख्ने बित्तिकै मलाई कुनै बेग्लै अनुभुति भएको होईन । बरु निरन्तरको सामिप्यताले तिमी कार्बन राखेर छापेको चित्र झैँ छापियौ मेरो मनमा, हुबहु चित्र जस्तै भएर । आखिर मन म सँग पनि त रहेछ, माया गर्न यसले पनि त जान्दो रहेछ ।
जेनतेन केही शब्दहरुलाई असरल्ल फिँजाएर लेखिरहेको यो प्रेम पत्रले तिम्रो प्रेम दिलाउला मलाई भन्नेमा कत्ति पनि विश्वास छैन मेरो । फेरी पनि लेख्दैछु म आज । सायद यसैको माध्यमबाट त्यो अर्कै खाले प्रेम बुझाउने प्रयत्न गरिरहेछु म तिमीलाई ।
मलाई थाहा छैन, मैले पाप गर्दैछु की पूण्य । अहँ म छुट्याउनै सक्दिनँ त्यो । मलाई त यत्ति थाहा छ की, म तिमीलाई प्रेम गर्न थालेको छु हिजोआज । हामीले बाँच्दै गरेको समाजले स्वीकृति दिइनसकेको प्रेम । त्यो अर्कै खाले प्रेम । जीन्दगीको यात्रामा यहाँसम्म आईपुग्दा मैले कति धेरै मान्छेहरुलाई राम्री देखेँ, मन पराएँ । कतिलाई उ प्रतिको आफ्नो धारणा जानकारी गराएँ । कतिलाई भन्छु भन्दाभन्दै मेसो नमिलेर मनभित्रै गुम्स्याएर राखेँ । कति मान्छेहरु अघाउञ्जेल आँखाले हेरियो मात्रै ।
अनि केही मान्छेहरु चाहीँ आँखाको बाटो हुँदै मनसम्म पुगेर फर्किए पनि । जसजसलाई मैले चाहेँ, उनीहरुले मलाई मन पराएनन् । अनि जसजसले मलाई मन पराए उनीहरुलाई मैले चाहिनँ । त्यसैले त जीन्दगीको गणित आजसम्म पनि त्रुटीपूर्ण छ । हो, त्यही सच्याउन चाहन्छु म अब । जानी जानी हेरिएकाहरु, संयोगले देखिएकाहरु क्रमशः सम्झनाको संग्रहबाट हराउँदै गए, बिलाउँदै गए ।
जीन्दगीका पानाहरु क्रमशः पल्टिँदै जान्छ । सम्बन्धका अध्यायहरु ती पानाहरुसँगै टुङ्गिदै जान्छन् । तर पाठक भने अझै अघिल्ला पानाहरु पल्टाइरहन्छ । स्वभावैले केही अध्यायहरु मेरा पनि लेखिए होलान् । म त्यसो हुँदै भएन भनेर जबर्जस्ती झुठ ओकल्न पनि सक्दिन तिमीसँग । कारण, म तिमीलाई प्रेम गर्छु । र प्रेम गर्ने मान्छेसँग केही लुकाउन खोज्नु किमार्थ उचित होईन भन्ने राम्ररी थाहा छ मलाई ।
आज तिमीलाई जस्तै हिजो अरुलाई पनि धेरथोर मन पराएँ हुँला मैले । सायद उनीहरुको सौन्दर्यतामा आकर्षित भएँ हुँला म । र त आज भन्दैछु, ती केवल आकर्षण मात्रै थिए, आँखाको । तर आज तिमी सबैभन्दा राम्री नभए पनि म तिमीलाई रुचाईरहेछु । मलाई लाग्दैछ, यो पक्कै पनि प्रेम हो, मन पराएको मात्रै होईन । मन पराउन त बजारमा बेच्न राखेको फूललाई पनि सकिन्छ । तर त्यो प्रेम चाहीँ हुँदैन । त्यो फूल हार्दिकताका साथ जसलाई दिइन्छ त्यो चाहीँ प्रेम हो क्यारे बरु ।
म त एक्लै अघि बढिरहेको मान्छे । व्यक्तिगत स्वतन्त्रताको परिधिहरुमा मनमौजी आफैलाई डुलाईरहेको मान्छे । फेरी पनि मेरो वैयक्तिक स्वतन्त्रतामा तिम्रो निर्दोषपनाले खै कसोरी हस्तक्षेप ग¥यो, मैले पत्तै पाईनँ । सँधै सोँच्थेँ, म प्रेम शुन्य मान्छे । नारी अस्ताएको मेरो जीवनमा प्रेम एक्कासी उदाउला भन्ने मैले कल्पना समेत गरेको थिइनँ ।
प्रेम शब्द मलाई अनुत्पादक लाग्थ्यो, वहुलट्ठीपन लाग्थ्यो, अझ प्रष्ट भनुँ ?, वाहियात लाग्थ्यो । लाग्थ्यो, म त ढुंगा भइसकेँ, बाहिर भिज्छु मात्रै, भित्र गल्दिनँ । तर अचेल भित्र पनि गल्दैछु की भन्ने अनुभुत भइरहेछ मलाई । युद्ध पिपासु रोमन सम्राट क्लाउडियस जस्तै प्रेमलाई घृणा गर्थेँ म । तर खै कसोरी हो, म त आफ्नै विचारहरुबाट स्खलित भइसकेछु । अडानहरुबाट च्यूत भइसकेछु अनि ढिपीहरुबाट वहिर्गमित भइसकेछु । समग्रमा समयले मलाई यस्तो मोडमा ल्याएर उभ्याइदियो, जहाँ आफ्ना संशोधित विचारहरुको भारी बोकेर आत्मसमर्पणकारी भावमा म निर्लज्ज भनिरहेछु — म तिमीलाई प्रेम गर्छु । हो प्रेम गर्छु म तिमीसँग ।
हुन त अनुहारमा आँखी भौँ नभएपनि हुन्छ । तर आँखी भौँ बिनाको त्यो अनुहार अत्यन्तै कुरुप देखिन्छ । तिमी पनि त्यस्तै हौ मेरो लागि । म के भन्दैछु भने, तिमी अपरिहार्य आवश्यकता होईनौ मेरो । अझ सजिलोसँग भन्छु तिमीलाई, म अधिकांश प्रेमीहरु आफ्ना प्रेमिकालाई भने जस्तै “तिमी बिना बाँच्न सक्दिनँ” भनेर भन्दिनँ ।
किनकी म तिमी बिना पनि मज्जैले बाँच्न सक्छु । अहिलेसम्म तिमी बिना बाँचिरहेको छु भने, अब अगाडी चाहीँ सक्दिनँ भनेर किन झुठ बोलुँ म रु तर तिमी सहितको जीवन अझै सुन्दर हुनेछ भन्ने मात्रै हो मेरो ढिपी । मान्छे स्वार्थी हुन्छ, म पनि ती नै मान्छेहरुमध्येको एक न हुँ, सकेसम्म जीवन सोँचे जस्तै होस् भन्ने चाहना राख्नु स्वभाविक नै त हो नि ।
म तिमीलाई प्रेम गर्छु । औधी माया गर्छु तिमीलाई । मान्छेहरु किन एकअर्कालाई प्रेम गर्छन, त्यो त एकिन साथ भन्न सक्दिनँ म । तर म भने यसकारण तिमीलाई प्रेम गर्छु की, म पनि उस्तै प्रेमको अपेक्षा गर्छु तिमीबाट । मैले तिमीलाई माया गर्छु भने तिमीले पनि मलाई माया गर्नुपर्छ भन्ने मान्यता हो मेरो । होईन भने एकोहोरो गरिरहनुको के अर्थ । यदि तिमीले  पनि मैले जस्तै माया गरिनौ भने, मलाई नै थाहा छैन, म यसरी नै तिमीलाई माया गरिरहन सक्छु की सक्दीन भन्ने ।
सायद जानी जानी पनि गर्दिनँ हुँला जस्तो लाग्छ मलाई त । तिमीलाई सुन्दा अचम्म पनि लाग्ला, तर सत्य यही हो की, म यो सँसारमा सबैभन्दा बढी आफैलाई माया गर्छु । मैले तिमीलाई प्रेम गर्नुको चुरो कारण पनि यही नै हो । मलाई तिम्रो प्रेमको आवश्यकता छ, त्यसैले म पनि तिमीलाई प्रेम गर्छु । यसलाई प्रेम विनिमय पनि भन्न सक्छौ तिमी, मेरो त्यसमा कुनै आपत्ति रहने छैन ।
म तिमीसँग प्रेम गर्छु, मिल्छ भने तिमी पनि मसँग प्रेम गर । तर यसको अर्थ यो होईन की, तिमीले म सँगै विवाह गर्नुपर्छ । अहँ हुँदै होईन यो । म अहिले तिमीसँग, मात्र.........प्रेमको याचना गरिरहेको छु, विवाहको होईन । प्रेम र विवाह भनेका नितान्त भिन्दा भिन्दै क्रियाकलापहरु हुन् । प्रेम सम्बन्ध विवाहमा रुपान्तरण हुनैपर्छ भन्ने रुढ मान्यताप्रति मेरो शतप्रतिशत असहमति छ । यदि प्रेम सँधै उत्तिकै उचाईमा रहिरहोस् भन्ने हो भने त त्यो प्रेम सम्बन्ध विवाहमा परिणत हुनै हुँदैन भन्ने हो मेरो दृष्टिकोण ।
त्यो कसरी भने, हिजोको प्रेमी प्रेमिका विवाहको भोलीपल्टबाट एक्कासी श्रीमान श्रीमतीमा परिवर्तन हुन पुग्छन् । त्यतिबेला त्यो सम्बन्धको अर्थ मात्रै फेरिएको हुँदैन, तमाम बोझहरु पनि थपिएका हुन्छन् जीन्दगीमा । जसले गर्दा घर गृहस्थीले यसरी गाँज्छ की मान्छेलाई, उनीहरु हामी हिजो प्रेमी प्रेमिका थियौँ भनेर पनि भुलिदिन्छन् ।
तर यदि त्यो प्रेम सम्बन्धमा विवाह हुन सकेन भने उनीहरुको साइनो पूर्व प्रेमी र पूर्व प्रेमिका नै भएर रहेको हुन्छ । यो साइनोमा पूर्व भन्ने शब्दसँगै प्रेमी र प्रेमिका यथावत हुनु संयोग मात्रै होईन, त्यो एक किसिमले संकेत पनि हो, अझै प्रेम जीवित छ भन्ने । यसो भन्नुको अर्थ जानाजान प्रेममा घात गर्नुपर्छ, धोका दिनुपर्छ पनि भनिरहेको छैन म ।
ओशो भन्छन्, यदि तिमी फूलसँग प्रेम गर्छौ भने त्यसलाई नटिप, बोटमै छोडिदेउ, फुलिरहन देउ । किनकी तिमीले चुँड्यौ भने त्यो मर्नेछ । तिमीले फूलेको फूलसँग प्रेम गरेका हौ, तर चुँडिएपछि त्यो कहाँ फुलिरहन सक्छ र तिमी प्रेम गर्छौ । अत प्रेम भनेको कब्जा गर्नु अथवा हासिल गर्नु होईन, बरु यो त सम्मान गर्नु हो, बढोत्तरी गर्नु हो । फुलको फुल्ने क्षमतालाई सम्मान गर्नु प्रेम हो, यसो गर्दा त्यो फूलिरहन पनि पाउँछ । तर प्रेमको वाहानामा त्यसलाई चुँडियो भने, त्यसको अस्तित्व उसैबखत मेटिन्छ ।
चर्चित साहित्यकार एवम् चलचित्र निर्देशक गुलजार र कलाकार राखी बीच प्रेम भयो । त्यसो राखी विवाहित थिइन् । फेरी पनि गुलजारसँगको प्रेमलाई अगाडी बढाइन् । पछि विवाह पनि गरिन् उनैसँग । विवाहपछि गुलजार राखीलाई चलचित्रबाट अलग्याएर घरमै राख्न चाहन्थे तर राखी चर्चित भइसकेकीले त्यो स्वीकारिनन् । एउटा छोरी जन्मिएको केही समयपछि उनले गुलजारसँग विद्रोह गरेर चलचित्रमा काम गर्न थालिन् । दुवैमा मतभेद भयो र उनीहरु छुट्टै बस्न थाले । तै पनि उनीहरुको प्रेम बिग्रिएन ।
श्रीमान श्रीमतीबाट प्रेमी प्रेमिका मात्रै भए उनीहरु । प्रेमी र प्रेमिका कै हैसियतमा अझै पनि उनीहरु एकअर्कालाई भेटिरहन्छन् । दुवै प्रेमी प्रेमिका झैँ एक अर्कासँग उस्तै गहिरो प्रेम गर्थे, आज पनि गर्छन । तर सँगै बस्दैनन् ।  विवाहले एक अर्काप्रति हस्तक्षेपकारी भावना विकास गर्छ र त्यसैको कारण प्रेम ओझेलमा पर्दै जान्छ भन्ने बलियो उदाहरण हो उनीहरुको सम्बन्ध ।
फेरी पनि म जोड दिएर भन्दैछु, म प्रेम मात्रै गर्न खोज्दैछु तिमीसँग, विवाह होईन । मलाई विवाहमा त्यति धेरै विश्वास पनि छैन । मलाई थाहा छ म अलि उग्र कुरा गरिरहेछु । तिमी यसलाई अराजक प्रेम पनि भनौला । तर मेरो ध्येय यत्ति हो की, म आजीवन तिमीसँगको प्रेम अनुभुत गरिरहन चाहन्छु । हो, त्यस्तै खालको प्रेम गर्न चाहन्छु म तिमीसँग । मैले यसो भनिरहँदा फेरी तिमी मेरो प्रेमलाई फगत वासनाले प्रेरित भनेर पनि आशंका गरौला । तर त्यसो होईन, म त तिमीलाई नभेटेरै पनि तिमीसँग प्रेम गरिरहन चाहन्छु । चलनचल्तीको प्रेम भन्दा अर्कै खाले प्रेम गर्न चाहन्छु म तिमीलाई ।
तिम्रो सम्पर्कमा आउनु अगाडी मैले आफ्नै मनलाई पनि चिनेको रहेनछु । मान्छे कत्तिपटक आफैलाई पढ्न नजानेर जीन्दगीको परीक्षामा लगातार अनुत्तीर्ण भइरहन्छ । तर तिमीले मलाई त्यो हुनबाट जोगायौ । आफैसँग आफैलाई परिचित गराइदियौ । म सँग पनि एउटा औषत मन रहेछ अनि त्यसले प्रेम गर्नसक्ने सामथ्र्य पनि राख्दोरहेछ भन्ने तिम्रै कारण थाहा पाएँ मैले । यसैकारण प्रेम गर्छु म तिमीसँग । एक थुङ्गा रातो गुलाबमा व्यक्त गरिनेभन्दा कत्ति हो कत्ति प्रेम गर्छु म तिमीलाई ।

हुन त “म तिमीलाई प्रेम गर्छु” भन्ने वाक्य, प्रश्न जस्तो छैन । फेरी पनि जवाफको अपेक्षा चाहीँ गरिरहन्छ यसले  । त्यस्तै अपेक्षा सहित ओझेल पर्छु ।

तिमीलाई प्रेम गर्नेहरुमध्येको एक
महावीर विश्वकर्मा
(एउटा मान्छे)

काठमाण्डु-पोखरा रेलमार्ग निर्माण सम्बन्धमा अध्ययन गर्न चीनको कम्पनी नेपालमा

गोविन्द विश्वकर्मा पुस ३, काठमाण्डौ
 काठमाण्डु–पोखरा १७१ किमी विद्युतीय रेलमार्ग निर्माण सम्बन्धमा चीनको सरकारी कम्पनीले सम्भाव्यता अध्ययन गर्ने भएको छ । चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसँग भेट गरी शुक्रबारदेखि सम्भाव्यता अध्ययन गर्ने जानकारी गराएको हो । तीन महिनामा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाइने सो अवसरमा जानकारी गराएको मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख विष्णुओम वादेले जानकारी दिनुभयो । काठमाण्डौको टोखाबाट गल्छी–कुरिन्टार–आँबुखैरेनी–डुमे्र–दमौली–दुलगौँडा हुँदै पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन हुन लागेको हो । ‘२४ स्थानमा गरी ६१ किमी सुरुङसहितको १७१ किमी रेलमार्गको सम्भाव्यता अध्ययन शुक्रबारदेखि चीनको सरकारी कम्पनीले सुरु गर्दैछ, रेलमार्गमा ३४ वटा पुल हुनेछ, १६.८ किमीको पुल निर्माण गर्नुपर्ने देखिएको छ’–रेल विभागका महानिर्देशक अनन्त आचार्यले भबताउनुभयो।
तीन महिनामा सम्भाव्यता अध्ययन सम्पन्न गरी कम्पनी र सरकारकाबीचमा समझदारीपत्रमा हस्ताक्षर भएपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरिने मन्त्रालयले जनाएको छ । ‘दोस्रो चरणमा आँबुखैरेनी–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि पनि कम्पनीले इच्छा देखाएको छ, यो रुटमा रेलमार्ग निर्माण गर्नसके धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ’ वैदेशिक महाशाखा प्रमुख वादेले भन्नुहुन्छ । अध्ययनका लागि आर्थिक र प्राविधिक लगानी चिनियाँ कम्पनीले नै गर्नेछ । सो अवसरमा उपप्रधान मन्त्री गच्छदारले टोलीले नेपालको सन्दर्भमा उपयोगी एवम् दिगो रेल सेवा विकासको खाकासहितको प्रतिवेदन बनाउने विश्वास व्यक्त गनुभर्यो । हाल काठमाण्डु–पोखरा बस यात्राका लागि साढे पाँच घन्टा समय लाग्छ । यो रेलमार्ग निर्माण भएमा दुई घन्टामा सुरक्षित र वातावरणमैत्री यात्रा गरी पोखरा पुग्न सकिने विभागले जनाएको छ ।

प्रदीप गिरी र रामेश्वर खनाल पनि बाबुरामको नयाँ शक्तिमा, कलाकार सरोज खनाल पनि नयाँ शक्ति अभियान कै पक्षमा

गोविन्द विश्वकर्मा पुस २, काठमाडौं 
एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा लागेको डा. बाबुराम भट्टराईको नयाँ शक्ति निर्माण अभियानमा नेपाली कांग्रेसका नेता प्रदीप गिरी र पूर्वअर्थसचिव रामेश्वर खनालसमेत लागेका छन् । भट्टराईले कम्युनिष्ट विचार छाडेर नयाँ विचारका ब्यक्तिहरुलाई समेटेर नयाँ शक्ति निर्माण अभियान थालेपछि विभिन्न राजनीतिक दलका नेताहरु भट्टराईको अभियानमा लामबद्ध हुन थालेका छन् । नयाँ शक्ति अभियानमा विभिन्न राजनीतिक दलका नेताहरुदेखि कलाकारसम्म लागेको घोषणा गरेका छन् । वैकल्पिक विचार मञ्च केशव दाहाल, डा। केशवमान शाक्य, जनजाति अगुवा पासाङ शेर्पा, नेपाल कम्युनिष्ट पार्टी तिलक थापा मगर, पूर्व स्वास्थ्य सचिव डा। प्रविण मिश्र, अभिनेता सरोज खनाल अनुसन्धानकर्ता भाष्कर गौतम लगायतले पनि नयाँ शक्ति अभियानमा लागेको घोषणा गरेका छन् । 
स्तै, दोस्रो संविधानसभामा स्वतन्त्र उम्मेदवार बनेका विवेकशील नेपालीका उज्वल थापा तथा विवेकशील नेपालीकै नामबाट सामाजिक सेवामा सक्रिय रहँदै आएका विभिन्न युवाहरु पनि भट्टराईको नयाँ शक्ति निर्माण अभियानमा लागेको घोषणा गरेका छन् । विवेकशील नेपालीका गोविन्दनारायण तिमल्सिना, रमेश पौड्याल, अभिषेक बस्नेत, पुकार बम, जीवन श्रेष्ठ, अनुषा थापा लगायत छन् । नयाँ शक्ति निर्माण अभियानका संयोजक डा। भट्टराईसँगको छलफलपछि उनीहरुले नयाँ शक्तिमा लाग्ने समझदारी कायम गरेका हुन् । उनीहरुले वैकल्पिक विचार, सुसंस्कार, सँस्कृति सहितको वैकल्पिक राजनीतिक शक्तिको खाँचो छ भन्ने कुरामा हामी सहमती जनाएका छन् ।

कमल थापाको टोलीले बेइजिङमा उर्जा बाहेक अन्य व्यापार सम्झौता गर्ने

गोविन्द विश्वकर्मा २ पुस,काठमाडौं
दक्षिणको छिमेकी भारतले नाकाबन्दी खुलाउन आलटाल गरिरहेका बेला सरकारले चीनसँग व्यापार सम्झौताका लागि उच्चस्तरीय टोली बेइजिङ पठाउने भएको छ । चीनसँग इन्धन लगायतका अन्य व्यापार सम्झौताका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ पठाउन लागिएको स्रोतले जनाएको छ । यहि पुस ८ गते बुधबार अर्थात २३ डिसेम्बरमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ जाने तयारी भएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले उच्चस्तरीय प्रतिनिधि मण्डल चीन जान लागेको स्वीकार गर्नुभयो । रिमालले सरकारका एक बरिष्ठ मन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल ब्यापार सम्झौताको लागि बेइजिङ जाने बताउनुभयो । सम्भवतः त्यसको नेतृत्व उप तथा परराष्ट्रमन्त्रीले गर्नुहुनेछ ।’ प्रतिनिधि मण्डलले चीनसँगको व्यापारका बिभिन्न सम्झौता गर्ने उहाले बताउनुभयो । ‘अब सही अर्थमा हाम्रो देशको व्यापार विविधिकरण गर्ने प्रक्रिया शुरु भएको छ’ रिमालले ‘चीनसँग हामीले विभिन्न चरणका छलफलपछि उच्चस्तरीय प्रतिनिमिण्डल जान लागेको बताउनुभयो ।’ टोलीमा अर्थ, वाणिज्य तथा आपूर्ति, कानुन मन्त्रालय लगायतका सम्बद्ध निकायका उच्च अधिकारीहरु सहभागी रहनेछन् । यो प्रतिनिधि मण्डलले उर्जा सम्बन्धी सम्झौता भने चीनसँग गर्ने छैन ।

लालपुर्जा नहुँदा भूकम्पपीडित दलित बस्तीका ५२ परिवार राहतबाट वञ्चित

गोविन्द विश्वकर्मा पुस २ भक्तपुर 
गत वैशाखको भूकम्पबाट सिङ्गो बस्ती पूर्णरुपमा क्षति भएको आठ महिना बित्न लाग्दा पनि कुनै राहत रकम नपाएका भक्तपुर नगरपालिका– ११ स्थित लालपुर्जाविहीन द्यौला अर्थात् पोडे बस्ती समस्यामा परेको छ । लिच्छविकालदेखि नै बस्दै आएका यहाँका लालपुर्जाविहीन ८२ घरपरिवारमध्ये भूकम्पले पूर्णरुपमा घर क्षति भएका ५२ परिवारको त्रिपालमुनिको बास भएको छ । तर पनि सरकारले दिने राहत रकम भने उनीहरुले अझै पाएका छैनन् । विनाशकारी भूकम्पले घर पूर्णरुपमा क्षति भएका परिवारलाई अस्थायी टहरा बनाउन सरकारले दिएको रु १५ हजार पनि नपाएका उनीहरुले जाडोमा न्यानो कपडा किन्न सरकारले बाँड्न थालेका रु १० हजार पनि नपाउने भएका छन् । “भूकम्पले घर भत्कियो, यो चिसोमा पालमुनिको बास निकै कठिन हुन थालेको छ, छोराछोरी र बूढाबूढी बिरामी पर्न थालेका छन्” – भेलुखेल द्यौला बस्तीकी भूकम्पपीडित आशा द्यौला भन्छनुहुन्छ – “सरकारले टहरा बनाउन दिने भनेको रु १५ हजार पनि पाएनौँ, लालपुर्जा नहुनेलाई दिन मिल्दैन भनेर भक्तपुर नगरपालिकाले फर्कायो, न्यानो लुगा किन्न फेरि रु १० हजार दिँदैछ रे, त्यो पनि पाइँदैन भन्छ, दलित भएकै कारण हामीमाथि किन विभेद ?” घर पूर्णरुपमा क्षति भएपछि भूकम्पपीडितले पाउने रातो कार्ड पनि यहाँका बासिन्दाले पाएका छैनन् ।
सरकारले दिने रु दुई लाख अनुदान वा सहुलीयत ऋण पनि नपाउने भएपछि घर बनाउने योजनासमेत अलपत्र परेको छ । स्थानीय बासिन्दा एवम् शिक्षक बाबुरत्न द्यौला लालपुर्जाका लागि २० वर्षअघिदेखि मालपोत, नगरपालिकादेखि मन्त्रालयसम्म धाउँदा पनि आश्वासन आउने तर लालपुर्जा नपाउने गर्नाले अहिले द्यौला बस्तीका दलितले भूकम्पको पीडामा समेत विभेद खेप्न परेको गुनासो गर्छन् । एउटा घर भत्किए पनि पाँच दाजुभाइले समेत लालपुर्जा पाएको तर लिच्छविकालदेखि बस्दै आएका द्यौला बस्तीका भूकम्पपीडितले कुनै राहत नपाउनु मानवअधिकार हननको पराकाष्टा भएको उहाको भनाइ छ । विसं २०२१ मा नापी गर्न आउँदा जग्गा अधिग्रहण गर्न आएको हल्ला चलाएपछि अशिक्षित यहाँका बासिन्दाले बस्दै आएको घरजग्गा पनि आफ्नो हो भन्न नसक्दा लालपुर्जा बन्न नसकेको बताउँदै स्थानीय समाजसेवी चरन द्यौला भन्छनुहुन्छ– “हाम्रो घर, हाम्रो बस्ती भन्ने सबैलाई थाहा छ, पुनः नापी गरेर लालपुर्जा दिलाइदिन पटक पटक सबै निकायमा पुगिसक्यौँ तर हाम्रो बस्ती दलित भएकै कारण कसैले चासो दिएन ।”

जाडो बढ्दै जाँदा निकै कठिन बेहोर्दै आएका यहाँका बासिन्दा भूकम्पबाट बाच्नु नै दुर्भाग्य भएको गुनासो गर्छन् । “नगरपालिकाले हामीलाई फरक व्यवहार गर्छ, बरु त्यही भूकम्पमा मरेको भए हुन्थ्यो जस्तो लाग्छ, अहिले न बस्ने ठाउँ छ, न तातो ओढ्ने ओछ्याउने नै छ”, स्थानीय विकास द्यौला भन्छन् – “नगरपालिकाले न भूकम्पपीडित परिचयपत्र नै दियो न त रु १५ हजार नै, यो जाडोमा बालबच्चा रातभर कामेर बसेको कसरी सहनु, सरकारले सुकुम्बासीलाई लालपुर्जा बाँड्यो तर हामीले हाम्रै जग्गाको लालपुर्जा पाएनौँ ।” स्थानीय मदन द्यौलाका अनुसार जाडोले त्रिपालमुनि बस्नै नसक्ने अवस्था भएकाले बालबच्चा र वृद्धलाई निकै सास्ती भएको छ । शौचालय र खानेपानीको अभावले थप कठिन भएको बताउँदै उनी बिरामी हुँदा यहाँको बासिन्दाले औषधिसमेत नपाउने गरेको गुनासो गर्छन् । भूकम्पपछिको पीडाले स्थानीयवासीलाई मानसिक रोगसमेत लाग्न थालेको छ । जाडो र चिन्ताले केहीलाई मानसिक समस्या देखिन थालेको छ । चिसो छल्न कोठा खोज्न जाँदा जातीयताकै कारण कोठा नपाइने भएपछि पालमुनिको बासको विकल्पसमेत नभएको बताउँछन् यहाँका बासिन्दा ।

लालपुर्जा नहुनेलाई प्रशासनले रकम दिनु भन्न नमिले पनि रैथानेलाई नगरपालिकाले भूकम्पपीडित परिचय पत्र र राहत दिनसक्ने बताउँनुहुन्छ भक्तपुरका प्रमुख जिल्ला अधिकार तोयम राया । जिल्लाका अन्य नगरपालिकाले भने आफ्नो क्षेत्रमा लालपुर्जा नभए पनि घर भत्किएका पुराना रैथाने बस्तीका पीडितलाई भूकम्पपीडित परिचय पत्र र राहत रकम वितरण गरे पनि भक्तपुर नगरपालिकाले भने द्यौला बस्तीलाई वञ्चित गरेको छ ।

संस्कृतीको नाममा “कटुवाले प्रथा” कायमै

गोविन्द विश्वकर्मा दैलेख 
अचेल गाँउगाँउमा मोवाईलदेखी ईन्टरनेट चलाउनेको सख्या दिनप्रतिदिन बढ्दैछ । यूवादेखी वृद्ध÷वृद्धा सवैको हातहातमा मोवाईलमै ब्यस्त भईरहेको हाम्रो गाँउघरमा संचार नहुँदा प्रयोग गरिने कटुवाले प्रथा हिजो आजसम्म पनि कायमै रहेको छ । पुर्खादेखि नै गाँउघरहरुमा चल्दै आएको कटुवाले प्रथा निरन्तर चलिरहेको बाँसी गाविस सचिव विष्णुप्रसाद जैसीले बताउनुहुन्छ । अहिले पनि बाँसी लगायतका गाविसहरुमा केही कार्यक्रम वा नयाँ खाले जानकारीहरु भए दमाह बजाँएर कटुवालेले सवैले सुन्ने गरी डाँडाँबाट सवैलाई एकैसाथ ठुलो आवाजमा बोल्ने गर्दछ । बाँसी गाविसमा कटुवाले प्रथा चलाईरहेका कटुवाले भिमे कार्मी। बाँसी गाविसमा कटुवाले प्रथा चलाईरहेका कटुवाले भिमे कार्मी। फोनरईन्टरनेट मानिसहरुका हातहातमा भएपनि कटुवालेले बोलेझै प्रभावकारी नहुँने बाँसीका स्थानीय रमेश दशैंदींले बताउनुभयो । कहिले फोन लाग्दैन् लागे पनि ब्यत्तिपिच्छे गर्दा पैसा खर्च उस्तै हुन्छ । “दशौदीले भन्नुहन्छ, एकै पटक गाँउभरका मानिसहरु कहाँ केके भएको छ र नयाँनयाँ खवर के छ भनेर सजिलै थाहा पाउँछन् ।” बावु रतन कार्मी बुढो भएपछि कलिलै उमेरदेखी बाँसी र आसपास कटुवालेका रुपमा काम गरेका बाँसी – ६ भैरवस्थानका भिमे कामी ५२ वर्षका हुनुभयो । पंञ्चायतकालबाटै कटुवालेका रुपमा काम गर्नुभएका भिमे कामी अहिलेसम्म पनि दमाह बजाँउदै बाँसीका अग्ला अग्ला डाँडाँहरु सवैलाई एकै साथ सुचना दिने गर्दछन् । विगतमा कटुवालेको प्रभावकारी भुमीका हेरेर गाँउभरिका घरहरुबाट मानारपाथीका दरले सिर्जन अनुसारको अन्नहरु उठाएर दिने परम्परा अँझै पनि कायम रहेको कटुवाले कामीले बताउनुभयो । गाँउघरमा नयाँनयाँ सुचनाका प्रविधिहरु आएपनि कटुवाले प्रथा प्रभावकारी रुपमा लिईन्छ । “कटुवाले भिमे कामीले भन्नुभयो, पहिले कटुवाले गर्दा माना÷पाथी मात्र पाईन्थ्यो अहिले सवै मिलेर तलव समेतको ब्यवस्था गरेका छन् ।” दिउँसो कम सुन्ने भएकाले उहाले विहान र बेलुका डाँडाँमा गएर सवैलाई सुचना दिने गर्नुहुन्छ । उहाले गाविसदेखी स्वास्थ्य र वन समितिका भेला तथा अन्य कार्यक्रमहरुको बारे सुचना दिने गर्नुहुन्छ । बाँहुनडाँडाँ, रोकाडाँडाँ, उच्चमावि, सवकोट, खम्व डाँडाँ, पारुलीआवत लगायतका स्थानबाट कार्मीले कटुवाले गर्नुहुन्छ । उहाले गाविसका विभिन्न ठाँउबाट बोलेको सुचना आसपासका गाविसदेखी नारायण नगरपालिकाको २ नम्वर वडामा समेत सुनिने बताउनुभयो । उहालाई कटुवाले गरे वापत गाँउ परिषदबाटै २ हजार, स्वास्थ्य चौकीबाट १ हजार र वन समितिले ५० रुपैँया मासिक दिने समेत ब्यवस्था मिलाईएको छ ।

दैलेखमा बाल विवाहसम्वन्धी तथ्यांक

गोविन्द विश्वकर्मा दैलेख
बालविवाहले महिलाको स्वास्थ्यलाई अत्यन्तै प्रतिकूल प्रभाव पारेको छ, यो कुरा जनसंख्याको तथ्यांक केलाउदा थाहा पाउछौैं । जिल्लाको कुल जनसंख्या २,६१,७७० मा १,२६,९९० पुरुष र १,३४,७८० महिला छन् । त्यो जनसंख्याको ३२ दशमलव २५ प्रतिशतले २० वर्ष नपुग्दै विवाह गर्छन । कानूनी भाषामा त्यसलाई बाल विबाह भनिन्छ, बाल विवाह गर्ने पुरुष २९,७३४ र बाल विवाह गर्ने महिला झण्डै दोब्बरको संख्यामा ५४,७९० जना छन् । तथ्यांक विभागले प्रकाशित गरेको विवरण अनुसार २९,३९३ ले १९ वर्ष उमेर नपुग्दै बच्चा जन्माउने गरेका छन् । कुल जनसंख्याको ११ दशमलव २३ प्रतिशत ओगटेको त्यो संख्या मध्ये १३,७८९ ले त यो अवधिमा २ बच्चा जन्माइसकेको पाइएको छ । राष्ट्रिय जनगणना २०६८ ले लिएको तथ्यांक विवरणमा दैलेखमा १० वर्ष नपुग्दै ८९४ जनाले विवाह गरेका उल्लेख छ । त्यो उमेर विवाह गर्ने पुरुष १६३ र महिला ७३१ जना छन् । त्यसपछि १०–१४ वर्ष उमेरमा १३,३६४ ले विवाह गरी सकेका हुन्छन्, यी मध्ये २८११ पुरुष र १०५५३ महिला छन् । सोही तथ्यांक अनुसार १५र१९ वर्षको उमेर विवाह गरी सकेकाहरु ७०,१६६ जना परेका छन् । त्यो उमेरमा विवाह गर्ने पुरुष २६,७६० र महिला ४३,४०६ भएको देखिएको छ । यसरी तथ्यांक केलाउदा २० वर्ष नपुग्दै विवाह गर्ने जनसंख्याको ८४,४२४ जना अथवा ३२ दशमलव २५ प्रतिशतले बाल विवाह गरेका आफैले विवरण दिएका छन् । कानूनले २० वर्ष नपुग्दै विवाह गर्नु बाल विवाह मानिन्छ ।

नेपाल टेलिकमले ल्यायो रिचार्ज बोनस अफर, मोवाईलमा रिचार्ज नै हुदैन

गोविन्द विश्वकर्मा पुस २ काठमाण्डौं
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि  एक महिने बोनस अफर ल्याएको बेला रिचार्ज सिस्टममा समस्या उत्पन्न भएको छ । मंसिर २७ गतेदेखि पुस ३० गतेसम्म एनटीसीका जीएसएम, सीडीएमए प्रिपेड सेवाका लागि रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज कार्डमार्फत हुने रिचार्जमा बोन पाउने भनिएपनि ग्राहकले रु.५० को रिचार्ज कार्ड दिनभर नै प्रयास गर्दा समेत रिचार्ज नहुदा मारमा परेका छन् । नेपाल टेलीकमको रिचार्ज सिस्टममा समस्या भएकाले रिचार्ज नभएको दावी टेलीकमले गरेको छ ।  त्यसैगरीबोनस अवधिमा टेलीकमले २ सय रुपैयाँ रिचार्ज गर्दा ५ प्रतिशत, ५ सय रुपैयाँ रिचार्ज गर्दा १० प्रतिशत र १००० रुपैयाँको रिचार्ज गर्दा ग्राहकले १५ प्रतिशत बोनस सेयर पाउनेछन्  भनेको थियो । यी बाहेक एमपीओएस रिर्जाजमा १० प्रतिशत बोनस दिइने टेलिकमले जनाएको थियो तर बोनस दिएकै बेला रिचार्जमा समस्या देखिएपछि ग्राहकहरुले टेलीकमले ठगी गर्न खाजनेको आरोप लागाएका छन् ।

पृथ्वी संकटमा पर्दै गएको भनिएको समयमा आयो अर्को ठूलो खवर ्र पृथ्वी भन्दा डेढ गुना ठूलो ग्रह भेटियो

गोविन्द विश्वकर्मा पुस २ काठमाण्डौं
स्वीडेन र मेक्सिककोका बैज्ञानिकहरुले सौर्य मण्डलमा पृथ्वी भन्दा ठूलो आकारको ग्रह पत्ता लगाएको दावी गरेका छन् ।सौर्य मण्डलको छेउँमा उक्त विशाल पिण्ड यस अघि कहिले पनि नदेखिएको उनीहरुको दावी छ । अल्फा सेन्टाउरी तारा पुञ्ज नजिकै उक्त ग्रह अवस्थित रहेको हुन सक्ने उनीहरुको भनाइ छ ।प्रारम्भिक अनुसन्धन पछि बैज्ञानिकहरुले सार्वजनिक गरेको कागजातले अल्फा सेन्टाउरी तारा पुञ्ज नजिकै पृथ्वी भन्दा ठूलो आकारको पिण्ड देखा परेको र यस अघि यो नदेखिएको उल्लेख गरेका छन् ।यो पिण्ड सौर्य प्रणालीकै अंग भएको उनीहरुको भनाइ छ । विशाल चट्टान पृथ्वीमा ठोकिँदै, संसारकै अन्त्य हुन सक्ने खगोलविदको दावी ्र नेपाल सन्देश बाट ।

विवादीत पूर्व मन्त्री पराजुलीको अर्को कारनामा, अख्तियारले असुल्यो २ लाख ६० हजार

गोविन्द विश्वकर्मा पुष १ काठमाडौं
पूर्व मन्त्री हरि प्रसाद पराजुलीले दुग्ध विकास संस्थानको खर्चमा आफ्नो छोरालाई अस्ट्रेलिया भ्रमणमा पठाएको खुलासा भएको छ । दुग्ध विकास संस्थानलाई आर्थिक व्ययभार पारेको भन्दै अख्तियारले पूर्व मन्त्री पराजुलीसँग २ लाख साठी हजार असुल उपर समेत गरेको छ । कृषि विकास मन्त्री रहेका पराजुलीले पदको दुरुपयोग गरी आफ्नो छोरा गिर्वाण विक्रम पराजुलीलाई गैह्रकानूनी तरिकाले अष्ट्रेलिया भ्रमणमा पठाएको भन्ने विभिन्न समाचार माध्यममा प्रकाशितरप्रसारित समाचार एवं आयोगमा पर्न आएको उजुरी सम्बन्धमा अयोगले अनुसन्धान गरेको थियो । जसमा मन्त्री पराजुलीले आफै मन्त्रीस्तरीय निर्णय गरी बनकटवा दुग्ध उत्पादक सहकारी संस्था लि., बांकेमा शेयर सदस्य रहेका आफ्ना छोरा गिर्वाण विक्रम पराजुलीलाई दुग्ध विकास संस्थानको खर्चमा असार २९ देखी साउन ४ गते सम्म अध्ययन भ्रमण टोलीमा सहभागी गराई अष्ट्रेलिया भ्रमणमा पठाएको पाईएको थियो । उक्त भ्रमणबाट दुग्ध विकास संस्थानलाई दुई लाख साठी हजार आर्थिक व्ययभार पर्न गएको आयोगले उल्लेख गरेको छ । पराजुलीले मंसिर २८ गते दुग्ध विकास संस्थानको हिमालयन बैङ्क लि. मा रहेको खातामा उक्त रकम जम्मा गरेका छन् । विभिन्न विवादमा पर्दै आएका मन्त्री पराजुलीलाई उनको पार्टी नेकपा एमालेले राजीनमा गर्न लगाएका थिए ।

मानव वेचविखनका घटना बढ्दै, प्रहरीद्धारा ८ युवतीको उद्धार

गोविन्द विश्वकर्मा काठमाण्डौं,२ पुस 
प्रहरीले भिजिट भिसामा थाइल्याण्ड जान लागेका ८ जना युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरेको छ । अपराध अनुसन्धान महाखाको टोलीले थाइ एयवेजबाट थाइल्याण्ड लग्न थालिएको अवस्थामा उनीहरुको उद्धार गरेको हो । महाशाखाका प्रवक्ता सहकुल थापाले सेटिङ मिलाएर युवतीलाई थाइल्याण्ड पुर्‍याउने २ जनालाई पक्राउ समेत गरिएको बताउनुभयो । काठमाडौंका प्रकाश केसी र नुवाकोटका सुर्यमान श्रेष्ठलाई पक्राउ गरिको उहाले बताउनुभयो । थाइ एयरवेजबाट थाइल्याण्ड जान युवतीहरु वोर्डिङ पास लिएर उड्न ठिक परेका थिएु उहाले विशेष सूचना पाएर उद्धार गरेको जनकारी दिनुभयो । उनीहरुलाई थाइल्याण्ड पुर्‍याएर कुवेत र दुवई लैजान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको उहाले बताउनुभयो । अधिकांस युवती भैरहवा, बुटवलतिरका रहेको उहाले बताउनुभयो । सामन्य लेखपढ पनि नजान्ने छन्ु उहाले भन्नुभयो ुदुवई र कुवेतमा लगेर घरायसी काममा लगाउनलाई होला । अभियुक्त केसी र श्रेष्ठ विरुद्ध मानव वेचन विखन विरुद्धको मुद्दा चलाइने उहाले बताउनुभयो । युवतीहरुलाई माइती नेपालमा राखिएको छ ।

विश्वमा यस्तो देश छ जहाँका मानिसले सय वर्षपछि बल्ल घाम देख्न पाए, घाम ताप्नेको घुइँचो

गोविन्द विश्वकर्मा नर्बे,२ पुस 
नर्बेको जुकानका मानिसहरुले १ सय वर्ष पछि बल्ल घाम देख्न पाएका छन् । नर्बेको जुकानमा चारैतर्फबाट पहाडले घेरिएका कारण त्यहाँ कहिल्यै पनि घाम लाग्दैन । कैंयौं मानिसको त घाम नदेखेर जिबन बितिसकेको छ । त्यहाका मानिसहरुले घाम देख्न नपाएको सय वर्ष भन्दा बढि भएको जनाइएको छ । तर एक इन्जिनियरको टोलीले स्वालार पाइप मार्फत त्यस क्षेत्रमा सूर्यको प्रकाश ल्याएका हुन् । इन्जिनियरहरुले सोलर प्यालन जोडेर कम्युटरको माध्यामद्धारा सुर्यलाई त्यस स्थानमा पारेका छन । घाम देखिन थालेपछि त्यस स्थानमा मानिसहरुको घाम ताप्न आज भोली भिड लाग्ने गरेको छ ।
मेरो जन्म दैलेख जिल्ला गमौडी गाउ विकास समिती वडा नं. २ छुवाला भन्ने ठाउमा वि.स २०५१ साल जेष्ठ १८ गतेका दिन भएको हो । म सानो उमेरदेखि नै नयाँपन गर्न चाहाने लगनशिल र मेहनती पनि थिए । मेरो  विद्यालस्तरको कक्षा ३ सम्मको पढाई श्री बिन्द्राबासिनी प्रस्तावित प्रथामिक विद्यालय गमौडी छुवालामा गरेको हुं । त्यसपछिको कक्षा ४ देखि १२ सम्मको अध्ययन श्री पञ्चकोशी ज्वाला उच्च माध्यामिक विद्यालय गमौडीमा गरे र द्रोणाचल क्याम्पस दुल्लुबाट व्याचलर जनसंख्या विषयमा गरेको छु । हाल आएर म मध्यपश्चिमाञ्चल विपश्वविद्यालय सुर्खेतमा पत्रकारीता विषयमा अध्धयन गर्दै छु र सुर्खेतको संचार माध्यम जनताको आवाज जागरण एफ एम ९०.८ मेगाहर्ज सुर्खेतमा कार्यैरत छु ।
नामले म गोविन्द विश्वकर्मा केही साथीहरुले सुरज भनेर पनि चिन्निुहुन्छ । कुम्भ राशि र मैले सोचेको सबै कुरा सकेसम्म पुरा हुन्छन् भन्ने विश्वाश छ । 
मेरो राशीफल अनुसार
कुम्भ राशिका ब्यक्तिको जीवनमा सामान्य सामान्य कुराले पनि प्रेम सम्बन्ध गाढा हुने र सामान्य कुराले सम्बन्ध टुट्ने हुन्छ । यो राशिका ब्यक्ति प्रेममा नयाँ पन ल्याउने प्रयास गरिरहन्छन् जुन कहिलेकाँहि प्रेम टुट्ने कारण नै बनिदिन्छ ।


यो व्लक मेरो व्यक्तिगत व्लक हो । यसमा पोष्ट सबै समाचार लेख मेरो स्वामित्यमा रहनेछन् ।