प्रहरी मेरो बन्यो
चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र
बाच्ने मन छ जुनी-जुनी
गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा
मोदीको भिषा रेकर्ड फाईल
अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।
म. प. विश्वविद्यालयले पालुवा…
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा
दलित बालबालिकाको अवस्था
हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।
कर्मचारी संगठनको अध्यक्षमा खत्री
४ बर्षसम्म अलपत्र रानीघाट पुलको काम सुरु
सरकार र मोर्चाबिच छलफल
चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने दिन
एकिकृत सम्पत्तीकर लगाउदै नपा
प्राविधिक विषयमा भर्नाका लागी नयाँ मापदण्ड
पाईनै छाड्यो मदिरा
घरमा शून्य सुत्केरीु गाविस घोषणा
दैलेखको कालभैरव गाविसलाई मध्यपश्चिमकै पहिलो घरमा शून्य सुत्केरी गाविस घोषणा गरिएको छ । १ वर्षयता घरमा सुत्केरी नभएपछि कालभैरवलाई घरमा शून्य सुत्केरी गाविस घोषणा गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख निर्मल रसाईलीले मध्यपश्चिमकै पहिलो घरमा शून्य सुत्केरी गाविस भएको बताए। स्वास्थ्य चौकीमा ३ जना अनमीले प्रसुति सेवा दिएपछि १ वर्षदेखि कुनै पनि सुत्केरी घरमा नभएको जनाइएको छ । प्रसृति गृह सुविधासम्पन्न भएपछि गाविसभरबाट सुरक्षित प्रसुतिकालागि सुत्केरी हुन जाने गरेको स्वंयम सेविका तुलसी थापाले बताइन् । आइतबार एक समाहरोहकाबीच घरमा शून्य सुत्केरी गाविस घोषणा गरिएको छ । जिल्ला अन्य गाविसमा घरमै सुत्केरी भई शिशु र मातृ मृत्युको घटनाहरु हुने गरेका छन्। सबै गाविसमा अभियानकै रुपमा लगे सुरक्षित सुत्केरी हुनेका संख्या बढ्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।म.प. विश्वविद्यालयका डिनहरुले कार्यभार सम्हाले
सुर्खेतमा सतर्कताको छड्के अनुगमन, ४१ कर्मचारी कार्यालयमा भेटिएनन्
५ माघ, सुर्खेत– सुर्खेतमा रहेका विभीन्न कार्यालयका ४१ जना सरकारी कर्मचारी एकै दिन कार्यालय समयमा उपस्थित नभएका पाइएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र रहेका विभीन्न २१ वटा कार्यालयमा कार्यरत ४१ जना कर्मचारी कार्यालय समयमा उपस्थित नभएका हुन् । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनका क्रममा यस्तो फेला परेको हो । केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा अधिकाँश कार्यालयका प्रमुख नै कार्यालयमा उपस्थित नभएको पाइएको छ । सर्तकता केन्द्रका उप–सचिव शेरबहादुर ढुंगानाले अधिकांश कार्यालयका प्रमुख र कर्मचारीहरुको मनोमानी देखिएको बताएउनुभएको छ । उहाँले क्षेत्रीय र जिल्लास्तर कार्यालयका प्रमुखले नै सरकारी जागिरको दुरुपयोग गरेर आफू खुसी हिड्ने गरेको अनुगमनका क्रममा पाइएको जानकारी दिनुभयो । आज मात्रै पनि ४१ जना कर्मचारी उपस्थित भएनन् भने अघिल्लो दिन हिजो २३ जना कर्मचारी कार्यालयमा नआएको रेकर्ड फेला परेको उप–सचिव ढुंगानाको भनाई छ । ढुङ्गानासहितको टोलीले विशेषगरी समय पालना, अघिल्ला दिनहरुको अनुपस्थिती र तोकिएको पोशाक लगाएको वा नलगाएको भन्नेबारे छड्के जाँच गरेको थियो । सर्तकता केन्द्रको टोली आएपछि कार्यालयका कर्मचारीहरु भने डराएका थिए । छड्के अनुगमन क्रममा कतिपय कार्यालयका कर्मचारीहरुले खाली छोडेको हाजिरीमा समेत उप–सचिव ढुंगानाले रातो लगाउनुभएको छ । स्वंयम अनुगमनमा हिडेका उप–सचिव ढुंगानाले दर्जनबढी कर्मचारीहरु अनुपस्थित रहेको पाइएको थियो । तर केन्द्रले मागेको विवरणमा भने तीन जना कर्मचारीले मात्र पोशाक नलाएको भन्ने उल्लेख सम्वन्धित सरकारी कार्यालयले विवरण पेश गरेको छ । कर्मचारीहरुले अनुगमनमा आए, केही गर्दैन भन्ने मानसिकतामा ग्रसित कर्मचारीहरुलाई कारवाही गराएरै छाड्ने चेतावनी उप–सचिव ढुंगानाले दिनुभयो । उहाँले अवको केही दिनमा कार्यालयमा उपस्थित नहुने कार्यालय प्रमुखलाई विभागिय कारवाहीका लागि सम्वन्धित मन्त्रालयमा पत्रचार गर्ने तयारी गरेको जानकारी दिनुभएको छ । पोशाक नलाएर पनि लगाएको भन्ने विवरण दिने कार्यालयलाई पनि विशेष निगरानीमा राखेकाले अवको केही दिनमा त्यसको परिणाम सार्वजनिक गर्ने उद्घोष उप–सचिव ढुंगानाले गर्नुभयो ।नेपाल शानदार जितसँगै फाइनलमा, नवयुगले गरे ह्याट्रिक
काठमाडौं, माघ ५ – नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार भएको सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै नेपालले पहिलोपटक बंगबन्धु गोल्डकपको फाइनलमा ठाउँ बनाएको हो । नेपाललाई जिताउनेक्रममा नवयुग श्रेष्ठले ह्याट्रिक गरे । यो बंगबन्धु गोल्डकपको जारी श्रृंखलाको पहिलो ह्याट्रिक हो ।नव युगले खेलको ३१औं, ६२ औं र इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् । त्यस्तै, नेपालको तर्फबाट ५२औं मिनेटमा विशाल राईले गोल गरेका थिए । ७६औं मिनेटमा भने नेपालले गोल खायो । माल्दिभ्सका नासिद अहमदले एक गोल फर्काएका हुन् । नेपाली गोलकिपर विकेश कुथुले तीन सय ४५ मिनेटको खेलपछि गोल खाएका हुन् । नेपालले समूह चरणमा बंगलादेश र मलेसियाको फेल्डा युनाइटेड क्लबसँग गोलरहित बराबरी खेल्दा श्रीलंकालाई १–० ले हराएको थियो । नेपालले उपधिका लागि फाइनलमा शुक्रबार बहराइनको टिमसँग खेल्नेछ । सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले हराउँदै बहराइन फाइनलमा पुगेको हो । दुबै टिम बंगबन्धु गोल्डकपमा पहिलोपटक फाइनलमा पुगेका हुन् ।तराई मधेसमा सरकारले ल्यायो ५० अर्बको यस्तो योजना, छानबिन समिति गठन
माघ ४, काठमाडौं – सरकारले तराई मधेसका आठ जिल्लालाई समेटेर ‘बहुवर्षीय तराई मधेस सिँचाइ विशेष कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । खडेरीका कारण सुख्खाप्रायः अवस्थामा रहेका ती जिल्लामा कृषि उत्पादन बढाउने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने उद्देश्यका साथ बहुवर्षीय विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो कार्यक्रमअन्तर्गत हरेक वर्ष १० अर्ब खर्च गर्ने सरकारको योजना रहेको छ । सिँचाइ मन्त्री उमेश यादवले बहुवर्षीय योजनाअन्तर्गत आगामी पाँच वर्षसम्म सो कार्यक्रम सञ्चालन हुने बताउनुभयो । हरेक वर्ष १० अर्बको दरले पाँच वर्षसम्म ५० अर्ब सो कार्यक्रममा खर्च गर्ने तयारी गरिएको छ । बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषा, महोत्तरी जिल्लामा प्रभावकारी एवम् वैज्ञानिक सिँचाइ प्रणालीको विकास गर्ने र कृषि उपजमा आत्मनिर्भर बनाउने लक्ष्य सरकारको रहेको मन्त्री यादवको भनाइ छ । कार्यक्रम सञ्चालन गर्न सिँचाइले अर्थ मन्त्रालयसँग छलफल गरिसकेको छ । मन्त्री यादवले ‘सिँचाइको क्षेत्रमा नमुना परियोजनाका रुपमा ती जिल्लामा कार्यक्रम सञ्चालन गर्न अर्थ मन्त्रालयसँग छलफल भइसकेको बताउनुभयो । अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सकारात्मक देखिनु भएको छ । सुनकोसी– कमला डाइभर्सन सिँचाइ आयोजना हरेक आवको बजेट वक्तव्यमा छुटेको छैन । विसं २०२७ देखि सो आयोजना बजेट, नीति तथा कार्यक्रममा राखिएपनि हालसम्म अगाडि बढ्न सकेको छैन । कृषि विकास मन्त्रालयको तथ्याङ्कअनुसार तराई मधेसका आठ जिल्लामा खडेरीका कारण धान उत्पादन घटेको छ । धान उत्पादन कम हुँदा खाद्य सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्नेछ । सप्तरीमा गत वर्ष ४० प्रतिशत क्षेत्रमा रोपाइँ भएकामा यस वर्ष २१ प्रतिशत, धनुषामा ३०, सर्लाहीमा २२, रौतहटमा ३५, बारामा ५५ र पर्सामा ६० प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको थियो । खडेरीको मारमा परेका ती जिल्लामा योजनाबद्ध रुपमा स्यालो ट्युबवेल जडान गर्ने कार्यक्रम तराई मधेस सिँचाइ विशेष कार्यक्रममा समावेश गरिनेछ । आठ जिल्लामा हरेक वर्ष स्यालो ट्युबबेल जडान गर्ने कार्यक्रम अगाडि सारिन्छ । तर समस्या जस्ताको तस्तै रहने गरेको छ । आकाशे पानीको भरमा मात्रै खेती गर्नुपर्ने बाध्यता किसानका लागि सधैँ उस्तै छ । कृषि उपज उत्पादनमा कमी हुँदा आठ जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ भने जमिन बाँझो राख्ने क्रम पनि बढ्दै गएको छ । तराईका आठ जिल्लामा पूर्ण रुपमा रोपाइँ हुन नसक्दा राज्यले प्रतिवर्ष १५ अर्ब बढीको नोक्सानी बेहोेर्नु परेको छ । कागजमा मात्रै सीमित स्यालो ट्युबबेल र सिँचाइ आयोजना वास्तविक रुपमा किसानको खेतसम्म नपुग्दा समस्या उत्पन्न भएको भन्दै आफूले योजनाबद्ध कृषि विकासको लागि सिँचाइको योजना अगाडि सारेको मन्त्री यादवले बताउनुभयो ।कांग्रेस नेतृत्वमा किचलो, ७ हजारभन्दा बढी सदस्यले महाधिवेशनमा भाग लिन नपाउने
माघ ४, काठमाडौं – नेपाली कांग्रेसमा देखिएको गुट–उपगुटको खिचातानीले नयाँ क्रियाशील सदस्यताको आवेदन भरेका सात हजारभन्दा बढी सदस्य आसन्न १३औं महाधिवेशनको चुनावी प्रक्रियामा भाग लिनबाट बन्चित हुने भएका छन् । कांग्रेसमा सभापति सुशील कोइराला ९संस्थापन० र वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष पार्टीमा आफ्नो वर्चस्व कायम राख्न क्रियाशील सदस्यता बढाउने होडमा लाग्दा नयाँ क्रियाशील सदस्यताको फाराम भरेका सात हजार ४९४ सदस्य त्यो अवसरबाट बन्चित हुन लागेका हुन् । क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न पार्टी पदाधिकारी बैठकले पछिल्लोपटक गरेको निर्णयअनुसार कैलालीमा करिब पाँच हजार १४४, सोलुखुम्बुका एक हजार३५० र रौतहटका एक हजार नयाँ क्रियाशील सदस्य चुनावी प्रक्रियाबाट बन्चित भएका छन् । यी तीनै जिल्लामा कोइराला र देउवा दुबै पक्षबीच सदस्यता सम्बन्धमा कडा विवाद देखिएपछि दुबै पक्षका नेता र कार्यकर्ता पार्टी कार्यालय सानेपामा अनशनसमेत बसेका थिए । कैलालीमा नयाँ क्रियाशील सदस्यमध्ये एकहजार ६४४ प्रक्रिया नपुर्याइ आएको भन्दै देउवा पक्षले विरोध गरेको थियो भने संस्थापन पक्षले सबै प्रक्रिया पुगेको भन्दै ती सदस्यता सदर हुनुपर्ने माग गरेको थियो । दुबै पक्षबीच देखिएको विवाद अन्ततः शीर्ष नेतृत्वसम्म पुगेपछि ‘कि सबै सदर कि सबै बदरको स्थितिमा पार्टी नेतृत्वले कैलालीका ६ ओटै निर्वाचन क्षेत्रका सबै नयाँ सदस्यतालाई हाललाई स्थगन गर्ने निर्णय गरेको थियो । पार्टीको निर्णयले संविधानसभाको दोस्रो निर्वाचनमा उल्लेख्य भूमिका निर्वाह गरेका अधिकांश युवा वर्ग, नवप्रवेशी थारु समुदाय र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेसमा प्रवेश गरेका सदस्य मर्कामा परेको कैलाली कांग्रेसका सभापति नरनारायण शाह र पूर्वसभापति गोविन्दराज जोशी बताहुन्छ ।सोलुखुम्बुमा दुबै गुटको खिचातानीले एक हजार ३५० नयाँ सदस्य १३औं महाधिवेशनको निर्वाचन प्रक्रियाबाट बन्चित भएका छन् । सोलुखुम्बु कांग्रेसका सभापति आङगेलु शेर्पाले पार्टीमा नयाँ रक्तसन्चारकारुपमा भित्रिएका युवा वर्गको सदस्यता स्थगन गर्दा यसले पार्टीलाई दीर्घकालीन असर पार्ने बताहुन्छ । पार्टीको यस निर्णयले निकट भविष्यमा हुने स्थानीय निर्वाचनमा पार्टीलाई प्रतिकूल असरपार्ने सभापति शेर्पाको भनार्इ छ । सोलुखुम्बु निवासी कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले भने पार्टी कब्जा गर्ने र पार्टीका इमान्दार, कर्मठ र त्यागी नेता कार्यकर्तालाई पाखा लगाउने मनसायले जिल्लामा अनावश्यकरुपमा क्रियाशील सदस्यता वितरण गरिएको देखिएकाले पार्टी बचाउन त्यस्तो निर्णय गरिएको बताउनुभयो ।सडकको प्रतिक्षालयबाट २ बच्चाको उद्धार
कालीकोटमा पहिलो पटक सामुदायिक पुस्तकालय
माघ ०२, कालीकोट – यस जिल्लामा पहिलो पटक सामुदायिक पुस्तकालयको स्थापना हुने भएको छ । मान्ममा साहित्यकारले पहिलो पटक पुस्तकालय गर्न लागेका हुन् । जिल्लामा साहित्य तथा कला क्षेत्रमा काम गर्दै आएको कला नेपालले पुस्तकमार्फत ज्ञान सिप बाँड्न पुस्तकालयको स्थापना गर्न लागेको कला नेपालका अध्यक्ष एवम् साहित्यकार कृष्णराज धमालाले बताउनुभयो । उहाका अनुसार जिल्लाभित्र तथा बाहिरबाट ५०० पुस्तक सङ्कलन गरी सदरमुकाममा जम्मा पारिएको छ । उहाले ‘सिङ्गो कर्णाली र खस भाषाको थलोको रुपमा चिनिएको संस्कृति रक्षाका लागि पनि अध्ययनको खाँचो भएको बताउनुभयो ।’ जिल्लामा क्रियाशील साहित्यकार र अन्य निकायबाट पुस्तक सङ्कलन गरिएको हो । वलपरासीलगायतका ठाउँबाट पनि पुस्तकका लागि हातेमालो गर्ने योजना बनाइएको छ । पुस्तकालयमा कृषि, राजनीति, दर्शन, मनोरञ्जनलगायतका विधासम्बन्धी किताब राखिने छ । विभिन्न निकायसँग समन्वय गरी माघ महिनाभित्र पुस्तकालय सञ्चालनमा ल्याइने साहित्यकार दुर्गा काफ्लेले बताउनुभयो ।
सुर्खेतमा बहुबिवाह मुद्दामा एक जोडी पक्राउ

चिनाउन सके पंचकोशी क्षेत्र नेपालकै पहिलो गन्तब्य हुनेछ तिर्थयात्री
पुस २८, दैलेख – दैलेखमा रहेको पंचकोशी तिर्थस्थललाई चिनाउन सकेमा नेपालमै पहिलो तिर्थस्थल हुने विदेशी तिर्थयात्रीहरुले दावी गरेका छन् । पंचकोशी तिर्थमा आएका विदेशी तिर्थयात्रीले तिर्थ पुरा गरेपछि यहाँको धार्मीक क्षेत्र सवैको नजरमा आर्कषण रहेको दावी तिर्थयात्रीहरुले गरेका हुन् । पंचकाशी क्षेत्र महत्वपूर्ण, सुन्दर र निकै राम्रो रैछ अमेरिकन नागरिक तथा तिर्थयात्री विलियम पि. फोब्र्सले दैलेख सदरमुकाममा रिपोर्टर्स क्लव दैलेखले गरेको पंचकोशी क्षेत्रको अवस्था विषयक साक्षात्कार कार्यक्रममा दैलेखकाधार्मीक तथा बैज्ञानिक दुवै पर्यटकहरुका लागि खुल्ला ऐना झै भएको बताउनुभयो । पत्रपत्रिकामा आफुले यहाँको धार्मीक क्षेत्रका बारेमा पढ्दै आएपछि अहिले घुम्ने अवसर पाएर धन्य भएको उहाले बताउनुभयो । पहिलो पटक यहाँको तिर्थ गरेर आफुले धेरै कुराको अनुभव गरेझै लाग्यो । विदेशी तिर्थयात्री फोब्र्सले प्रचारप्रसार गर्न सके नेपालकै पहिलो तिर्थस्थलका रुपमा चिनिने बताउनुभयो । धार्मीक क्षेत्रमा प्रकृती मनमहोक दृश्य कम्ती राम्रो छैन् । यहाँ आउने सवैले आफुले तिर्थ दोहोराउने छन् र अरुलाई पनि आउन प्रेरित गर्नेछन् । पंचकोशी रुचीपूर्ण, खोजपूर्ण तथा मनको शान्तीका लागि आउनैपर्ने स्थान भएको उहाको भनाई । पंचकोशी क्षेत्रको १० वर्षदेखी प्रचारमा एक्लो रुपमा चिनाउन लागेका धार्मीक सांस्कृती तथा ऐतिहासका जानकार विश्व केसीले अहिले जिल्लाबासीहरुकै सहयोग पाएमा खुसी छन् । दैलेखलाई चिनाउन कुनै पनि कुराको अपुग छैन् । ऐतिहासका जानकार केसीले २५ जातजातिको उद्गम स्थलदेखी धार्मीक, सांस्कृतीक तथा ऐतिहासिक स्थलका साथै प्राकृतिक सुन्दरता समेत रहेको बताउनुभयो । नेपाली भाषाको पहिलो शिलालेखदेखी जलवायूले साथ दिएको सल्लो र साल समेत दैलेखमा एकै ठाँउमा देख्न सकिने केसीको भनाई थियो । दुल्लुमा रहेको किर्तिखम्वले खस राज्यको ईतिहास समेत चित्रण गरेकाले यहाँ आउनेहरुका लागि दैलेख सिक्ने थाले भएको केसीले बताउनुभयो।स्थानीय निकायको निर्वाचन मिति चाँडै तय गर्ने उपप्रम थापा
पुस २८, काठमाडौ – उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले सरकारले चाँडै स्थानीय निकायको निर्वाचनको मिति तोक्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको सत्ताइसौँ नगर परिषद्बाट पारित बजेट, योजना तथा कार्यक्रम सार्वजनिक समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा थुप्रै समस्या आएकाले त्यसलाई सरकारले चाडै सम्बोधन गर्ने बताउनुभएको हो । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री थापाले भन्नुभयो, “स्थानीय निकायमा कार्यरत कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाचित जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने तयारी गर्नु होला ।” प्रदेश नं.६ को कार्यकर्ता प्रशिक्षण सम्पन्न, एमाओवादीभन्दा नयाँ शक्ति अर्को हुनै नसक्ने नेताहरुको भनाई
पुस २८, सुर्खेत–एमाओबादीको एनेकपा (माओवादी) को प्रदेश नं. ६ को आन्तरिक प्रशिक्षण कार्यक्रम आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । पछिल्लो राजनीतिक अवस्था, पार्टीको आगामी कार्ययोजनालगायतका विषयमा सुर्खेतको वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिको नेतृत्व एमाओवादीले नै गरिरहेको भन्दै नेता तथा कार्यकर्ताहरुलाई धैर्य गरेर बस्न आग्रह गरेका थिर्नुभएको हो । प्रदेश नं. ६ का विभिन्न जिल्लाका पार्टी अध्यक्षहरुले प्रतिवेदन प्रस्तुत गरिसकेपछि आफ्नो भनाई राखेका अध्यक्ष दाहालले लामो समय एमाओवादीबाट छुट्टिएर नयाँ शक्ति अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्तिको भनाइ राखेका थिए । नयाँ शक्तिका सम्बन्धमा अध्यक्ष दाहालले नेता तथा कार्यकर्ताहरुलाई कतै नडगमगाएर बस्न आग्ह गर्दै नयाँ शक्ति कस्तो बन्छ भन्ने कुरा त एक वर्षै थाहा भइहाल्ने बताउनुभयो । अहिले केही मान्छेहरु नयाँ शक्ति भनेर त्यसकै पछाडि लागेको भएपनि अहिले फर्किएको भन्दै नयाँ शक्तिको औचित्य नहुने बताउनुभयो । उहाँले अबको नयाँ शक्ति भनेकै एमाओवादीभएको भन्दै सबै पार्टी निर्माणमा लाग्न आग्रह गर्नुभयो । जिल्लाका अध्यक्षहरु र अन्य नेता तथा कार्यकर्तारुलाई पार्टी निर्माण गर्न निर्देशन गर्दै अध्यक्ष दाहालले अब एमाओवादीलाई नयाँ बनाएर देखाउने र एमाओवादी नै देशको पहिलो शक्ति हुने बताउनुभयो । कार्यक्रममा प्रदेश नं. ६ का विभिन्न जिल्लाका अध्यक्षहरुले दाहाललाई जिल्लाको अवस्थाका बारेमा जानकारी गराएका थिए । प्रशिक्षणमा एमाओवादीका उपाध्यक्ष नारायणकाजि श्रेष्ठ, महासचिव कृष्णबहादुर महारा, प्रदेश नं. ६ का इन्चार्ज जनार्दन शर्मा लगायतको सहभागिता थियो ।अख्तियारको टोली मलेसियातर्फ लाग्यो
पुस २८, काठमाण्डौ – वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली कामदार विभिन्न श्रम शोषण, ठगी र यौनजन्य हिंसा परेका हजारौँ उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली स्थलगत अनुमगन गर्न मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । आयोगका सहसचिवको नेतृत्वमा रहेको अनुसन्धान टोलीले श्रमिकले समस्या भोग्नुपरेको मुख्य बिन्दुमा नै गएर आठ दिनसम्म स्थलगत अध्ययन अनुसन्धान गर्ने प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिनुभयो । उक्त टोलीमा आयोगका दुई अनुसन्धान अधिकृतका अतिरिक्त वैदेशिक रोजगार विभागका महानिर्देशक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशकसमेत रहेका छन् । टोलीले नेपाली कामदार कार्यरत कम्पनी, विभिन्न अभियोगमा हिरासतमा रहेका नेपाली कामदार, श्रमशोषणमा परेका कामदार तथा सम्बद्ध निकायसँग पनि छलफल तथा अन्तरक्रिया गर्नेछ ।एमाओबादी अध्यक्ष प्रचण्ड सुर्खेत आउदै, कार्यकर्ता प्रशिक्षणमा ब्यस्त रहने
पुस २८, सुर्खेत – एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज सुर्खेत आउँदैहुनुहन्छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका पार्टीका बरिष्ट नेता डा. बाबुराम भट्टराईले नयाँ शक्ति बनाउने भन्दै पार्टी छोडेपछि पार्टी निर्माण गर्ने घोषणा गरेका प्रचण्ड त्यसक्रममा सुर्खेत आउन लाग्नुभएको हो । अब एमाओवादीलाई नै नयाँ शक्तिका रुपमा देशको एक नं. टार्पी हुने बताएका प्रचाण्डले सुर्खेतमा प्रदेश नं. ६ का पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुहुनेछ । साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रका दाङ, बाँकेमा आयोजना गरिएको विभिन्न कार्यक्रमहरु सकेर दाहाल लगायतको केन्द्रीय पदाधिकारीको टिम भेली मंगलबार) सुर्खेत आउन लागेको एमाओवादी सुर्खेतका अध्यक्ष नरबहादुर विष्टले जानकारी दिनुयो । दाहालका साथमा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व गृहमन्त्री तथा पार्टी महासचिव कृष्णबहादुर महरा लगायतका नेताहरु सुर्खेत आउने भएका छन् । आज हुने प्रशिक्षण कार्याक्रममा प्रदेश नं. ६ का दश जिल्लाका जिल्ला स्तरका नेता, भातृ संगठनका अध्यक्ष र केन्द्रीय सदस्य, कम्पनी कमाण्डर भन्दा माथिका पूर्व लडाकुहरु, पार्टीका जिल्ला सल्लाहाकारहरुको सहभागिता रहने एमाओवादी सुर्खेतले जनाएको छ । ६ नं. प्रदेशका दश जिल्लाका नेता तथा कार्यकर्ताहरु केही सोमबार नै आइसकेका छन् भने केही आज (मंगलबार) नै वीरेन्द्रनगर आउने एमाओवादी सुर्खेतका अध्यक्ष विष्टले जानकारी दिनुभयो । प्रदेश नं. ६ को राजनीतिक प्रशिक्षण सुर्खेतमा हुने भएपछि केही दिन अघी नै यस क्षेत्रका इन्चार्ज जनार्दन शर्मा सुर्खेतमा आउनुभएको छ । शर्माले सुर्खेतमा आएर पार्टीका विभिन्न पेसागत संगठनहरुसंग साक्षात्कारसमेत गर्नुभएको छ । स्रोतका अनुसार इन्चार्ज शर्माले यस क्षेत्रका अन्य माओवादीका नेता तथा कार्यकर्ताहरुसंग पनि भेट गर्नुहुनेछ । शर्माले अब प्रदेश नं ६ मा माओवादी एउटा मात्रै हुने भन्दै सबैसंग छलफल चलाएको स्रोतको भनाइ छ । उहाले बैद्य नेतृत्वका माओवादी नेता, कार्यकर्ताहरु र नेत्रविक्रम चन्द माओवादीका नेता तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गरेको स्रोतको भनाइ छ ।मनकम्पन
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका ७ पदाधिकारी भ्रष्टाचारी ठहर, उपकुलपतिले सफाइ पाए
पुस २८, सुर्खेत – विशेष अदालतले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका रजिष्ट्रार ठकेन्द्र गिरीसहित सात पदाधिकारीलाई भ्रष्टाचारी ठहर गरेको छ । उपकुलपति देवकोटासहित नवराज कँडेलसहित ९ जनाले भने सफाइ पाएका छन् । विशेषले विश्वविद्यालयको रकम भ्रष्टाचार गर्ने कार्यमा संलग्न रहेको ठहर गर्दै जरिवाना र कैद हुने फैसला सुनाएको हो । विशेषले रजिष्ट्रार गिरीलाई १ वर्ष ९ महिना कैद र ६ लाख ८२ हजार जरिवाना हुने फैसला सुनाएको छ । उप रजिष्टार जगन्नाथ पौडेलका अनुसार भ्रष्टाचारी ठहर हुनेमा सुचन गौली, गणेशबहादुर राउत, पारसमणी गिरी, जिवनकुमार थापा गगनसिंह बोहोरा र लेखा नियन्त्रक कमल केसी रहेका छन् । विशेषले गौलीलाई ७ महिना कैद र ३ लाख १७ जरिवाना, राउतलाई ७ महिना कैद र २ लाख ९३ हजार, गिरी ६ महिना कैद र १ लाख ७८ हजार, थापा ६ महिना कैद र १ लाख ६ सय ८७ ,बोहोरा ६ महिना कैद र १ लाख ५८ हजार र लेखा नियन्त्रक केसी ७ महिना कैद तथा २ लाख ७३ हजार जरिवाना हुने फैसला सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपतिसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, उपकुलपति देवकोटासहित नवराज कँडेल, केशरशिंह राना, श्रीरामप्रसाद उपाध्याय, मस्तवहादुर गरम्जा, रामचन्द्र अर्याल, पिताम्वर ढकाल, लालमणी आचार्य, गणेशबहादुर केसीले भने सफाइ पाएका छन् ।बाबुरामले पार्टी परित्याग गरेर जनयुद्ध र सहिदप्रति घात गरे: प्रचण्ड
पुस २७, काठमाण्डौ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाज वैधानिक रुपमा नै समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको बताउनुभएको । सोमबार राजधानीमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनताका लागि सबैभन्दा भरपर्दो शक्ति एमाओवादी नै भएको बताउनुभयो । ‘यो समाजवादी क्रान्ति गर्न लायक पार्टी निर्माण गर्ने बेला हो ।’ प्रचण्डले भन्नुभयो, ‘गलत विचारको भण्डाफोर गर्दै संगठन सुदृढ गर्ने अभियानमा जोडदार रुपले लाग्नुपर्छ ।’ उहाले बाबुराम भट्टराईले पार्टी मात्र त्याग गरेको नभई माक्सवाद, जनयुद्ध, सहिद, बेपत्ता योद्धा र वर्गलाई नै त्यागेको दावी गर्नभयो । विगतमा संविधान निर्माण गर्ने काम पहिलो प्राथमिकतामा पारिएकोले संगठनात्मक कामले गति लिन नसकेपनि संविधानको कार्यान्वयनसँगै संगठनात्मक कामलाई पहिलो प्राथमिक कार्यसूचीमा राखेको उहाले बताउनुभयो । अध्यक्ष प्रचण्डले विचार, रणनीति, कार्यनीतिबारे पार्टीमा स्पष्टता आएको बताउँदै यसै अनुरुप संगठनलाई व्यवस्थित गर्न ३ महिने संगठन सुद्धिकरण अभियान संचालन गरिएको जानकारी दिनुभयो । ‘अखिल नेपाल टे«ड यूनियन महासंघ पनि समाजवादी क्रान्तिको आधार तयार पार्ने काममा केन्द्रीत हुनुपर्दछ ।’ प्रचण्डले भन्नुभयो, ‘मजदुर संगठनलाई समाजवादी क्रान्तिको औजारको रुपमा विकास गरेर समाजवादी क्रान्ति अनुकूल हाम्रो सोच र कार्यशैली विकास गर्नु पर्छ ।’पूर्वराजालाई ओलीको जवाफ घरबार गरेर बस्न दिइन्छ
पुस २७, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘दरबार छाड्नेले घरबार गरेर बस्न पाउने’ जवाफ दिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले पृथ्वीजयन्तीको अवसरमा दिएको शुभकामना सन्देशमा आफूले दरबार छाडे पनि घरबार नछाडेको बताएका थिए । त्यसको भोलिपल्ट राप्रपा नेपालले पृथ्वी जयन्तीकै अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्ञानेन्द्रलाई जवाफ फर्काएका हुन् । प्रधानमन्त्री ओलीले गणतन्त्रमा इतिहासमा योगदान गरेका व्यक्तिहरुको सन्दर्भिकता हुँदैन भन्ने नहुने बताए । कम्प्युटर र ल्यापटप आयो भन्दैमा हिजो कापी कलमले लेखिएको महाभारत र रामायणको सन्दर्भिकता नसकिने भन्दै प्रधानमन्त्री ओलीले भने (‘आज हामी जहाँ छौं, त्यो ठीक छ । आजको सन्दर्भ भनेको दरबार छाड्नेले घरबार गरेर बस्न पाएकै छ, पाउँछ ।’ प्रधानमन्त्री ओलीले लोकतन्त्रभन्दा राजतन्त्र वा अर्को कुनै व्यवस्था राम्रो नहुनेसमेत बताए । ‘कुनै हिसाबले लोकतन्त्र भन्दा यसको अर्थ यो होइन कि एउटा लोकतन्त्रभन्दा तानाशाही, जहानियाँ, पारिवारिक वा जन्मसिद्ध श्रेष्ठताको पाखण्डी सिन्द्धान्त छ, यो उपयुक्त पो हो कि भन्ने निष्कर्ष निकाल्नुहुँदैन ।’ लोकतन्त्र उन्नत परिपाटी भएको व्यवस्था हो भन्दै प्रधानमन्त्रीले भने (जनताको शासनभन्दा अरु कसैको शासन उपयुक्त हो कि भन्ने त्यस्तो निष्कर्ष निस्कँदैन ।’ तर, इतिहासका विभिन्न कालखण्डका ठूलठूला योगदान भएको भन्दै पृथ्वीनारायण शाहको योगदानमा भएको एकीकरण अस्वीकृत नहुने प्रधानमन्त्रीले बताए ।लुम्बिनीको विकासका लागि स्थानीयले स्वामित्व लिनुपर्छ – मन्त्री पोखरेल
पुस २७, लुम्बिनी – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि स्थानीय जनताले स्वामित्व लिनुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने “लुम्बिनीलाई अब बुद्ध र बौद्धधर्म जन्मेको ठाउँका रुपबाट विकास गर्नु पर्दछ, त्यसका लागि स्थानीयवासीले विशेषरुपमा पहल कदमी लिन जरुरी छ ।” आफू मन्त्री भएपछि लुम्बिनी तथा अन्य महत्वपूर्ण क्षेत्रको सुधारमा लागेको बताउँदै मन्त्री पोखरेलले लुम्बिनीको विकास कोषको केन्द्रीय कार्यालय काठमाडौँबाट एक महिनाभित्र लुम्बिनीमा सार्न निर्देशन दिएको बताए । मन्त्री पोखरेलले लुम्बिनीमा सौर्य ऊर्जाबाट २४सै घन्टा विद्युत् आपूर्तिको व्यवस्था गर्न लागिएको बताउँदै लुम्बिनीको गुरुयोजनाअनुरुपको कामका लागि मन्त्रालयले बजेटमा कुनै कमी आउन नदिने प्रतिबद्धता जनाए । पोखरेलले राजनीतिक दलको नियुक्तिबाट आएका पदाधिकारीको खिचातानीका कारण लुम्बिनीको अस्तित्व नै सङ्कटमा परेको गुनासो व्यापकमात्रामा उठेपछि लुम्बिनी विकास कोष सञ्चालनका लागि प्रमुख कार्यकारी अधिकृत प्रणालीमा लैजाने तयारी भइरहेको समेत उल्लेख गरे । कार्यक्रममा सहभागीले लुम्बिनीलाई बन्द, हडतालमुक्त क्षेत्र घोषणा गर्न आग्रह गरेका थिए ।कोपिलामा यौनदु र्व्यवहारको आरोप,म्यागीद्वारा पत्रकारमाथी दुर्व्यवहार
पुस २६, सुर्खेत – केही समय अगाडि मात्रै सिएनन हिरो २०१५ घोषित भएकी म्यागी डोइनले संचालन गरेको संस्था कोपिला भ्याली समाजलाई थुप्रै आरोपहरु लागेका छन् । पहिले पनि विभिन्न आरोपहरु लाग्दै आएको म्यागीको संस्था कोपिला भ्याली समाजले संचालन गरेका विभिन्न क्रियाकलापहरुलाई लिएर पुनः आरोपहरु विभिन्न निकायमा छानविनका लागि पुगेका छन् । यसपटक समाजले संचालन गरेको महिला केन्द्रबाट निस्काशित कर्मचारीहरुले थुप्रै आरोपहरु लगाएर विभिन्न निकायमा न्यायका लागि भन्दै उजुरी दर्ता गराएका छन् । विशेष गरी कोपिला भ्याली समाजका अध्यक्ष टोपबहादुर मल्लले महिला कर्मचारीहरुलाई यौन दुव्र्यबहार गरेको र यो कुरा म्यागीलाई जानकारी गराउँदा अध्यक्ष मल्लको विरुद्धमा बोल्न नदिने गरेको आरोप लगाइएको छ । महिला केन्द्रमा प्रशासन प्रमुखका रुपमा काम गर्दै गर्दा हटाइएका कौशिला मैनालीले आफू माथी यौन दुव्र्यबहादर गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतका साथै विभिन्न निकायमा उजुरी दर्ता गर्नुभएको छ । मैनालीले आफूलाई ग्लोबल एकसन संस्थामा काम गर्दागर्दै त्यो भन्दा बढी तलवभत्ता र सेवासुविधा दिने भन्दै महिला केन्द्रको लागि लिइएको पहिले भनेबमोजिम सेवासुविधा पनि नदिएको उजुरीमा उल्लेख गर्नुभएको छ । संस्थाका अध्यक्ष टोपबहादुर मल्लले आफूले भनेको माने मात्रै जागिर रहने नत्र नरहने भन्दै एक्लै आफ्नो कार्य कक्षमा बोलाउने, संवेदनशिल अंग छुने , आफूले भनेबमोजिम गर्न दवाब दिने र यहाँ ग्राहो हुन्छ भने जिल्ला बाहिर जाउँ भन्ने गरेको मैनालीले निवेदनमा उल्लेख गरेकिछन । आफूलाई जागिरबाट निकालिसकेपछि पनि अध्यक्ष मल्ले मैले भनेको मान, मसंग घुम्न जाउँ म जागिर पुनरबहाली गरिदिन्छु भन्ने गरेको मैनालीले बताउनुभयो । आफूले अन्याय भएपछि तीन महिना पछि विभिन्न निकायमा उजुरी दिन बाध्य भएको जानकारी दिन पत्रकार सम्मेलन गरी मैनालीले आफूले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उजुरी दिएको बताउनुभयो । यस्तै गृहमन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्तरिक राजश्व कार्यालय, सुर्खेत, क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेत, जिल्ला विकास समितिको कार्यालय सुर्खेत, समाज कल्याण परिषद, काठमाडौंमा पनि निवेदन बोदार्थ पठाएको जानकारी गराइएको छ । निवेदनमा आर्थिक सहयोगका रुपमा जानकारी लिनु खोज्दा र महिला केन्द्रका महिलाहरुलाई धेरै काम गराएर कम रकम दिने गरेकोले छलफल गर्न थालेकोले आफूलाई अप्ठेरो पर्ने भएकोले अध्यक्ष मल्ल र निर्देशक म्यागीले स्पष्टिकरण मागी अवकाश दिएको भनिएको छ । निवेदनमा कोपिला भ्याली समाजका कर्मचारीहरुलाई नियुक्ति नदिने सम्झौता भन्दा कम तलव दिने, प्राप्त सहयोग र आम्दानीको बारेमा कसैले जानकारी नपाउने, बैंक रकम राख्न र निकाल्न नपाइने, भनेको नमान्नेलाई तत्का्िल निकालिदिने, कर्मचारी कसैलाई पनि हालसम्म कन्ट्रायक नदिएको र चाहेको वेलामा निकाल्ने, अध्यक्षले हस्तक्षेप गर्ने गरेको खुलाइएको छ । यसैक्रममा मैनालीलाई भन्दा पहिलो पनि स्टोर मनेजर कल्पना सारु र काउन्सिलर गीता सुवेदीलाई पनि कुनै कारण तथा सूचना विना हटाइएको जनाइएको छ । कोपिला भ्याली महिला केन्द्र दर्तासमेत नभएको निवेदनमा भनिएको छ । तर दर्ता नभएपनि सेवामूलक कार्य भनी आयमूलक काम गरिरहेको र कम नतिर्ने गरेको बताइएको छ । यस्तै कार्यसमिति सदस्यलार्य राख्न नपाइने हुँदा पनि कोपिला भ्याली समाजले कार्यसमिति सदस्य अजयकुमार कार्कीलाई नै लेखापाल राखेको, संस्थाको पदाधिकारीमा पनि नातापर्ने व्यत्तिः मात्रै रहेको जनाइएको छ । अध्यक्ष मल्लले बहिनी मिमकोशा शाही सचिव, दाई पृथ्वी मल्ल कोषाध्यक्ष रहेका छन् । यस्तै सार्वजनिक खरिद ऐनअनुसार विज्ञापन नखोली र उक्त प्रक्रिया विपरित जागिरमा राख्ने गरेको बताइएको छ । महिला केन्द्रमा पनि अहिले एचए पढेकी नातेदार सरिता मल्ललाई राखिएको जनाइएको छ ।एक घर एक धारा बनाईदै
पुस २६, सुर्खेत – सुर्खेतको रानीवास गाविसमा ‘एक घर एक धारा’ बनाउने प्रस्ताव अघि सारिएको छ । नेपाल सरकार, विभिन्न संघसंस्था तथा जनश्रमदानद्वारा ‘एक घर एक धारा’ बनाउने प्रस्ताव ल्याईएको हो । ३७ वर्ग किलोमिटरमा फैलिएको रानीवास गाविसका ६ सय १० घरधुरीमा अगामी दुई वर्ष भित्र एउटा सफा शौचालय र पानीको धारा निर्माण गरिने छ । गाविसको शनिबार रानीवासमा सम्पन्न गाउँ परिषद्ले गाउँको नाम अनुसारको काम पुरा गर्ने महत्वकांक्षी प्रस्ताव अघि सारेको हो । ‘विकास भनेको नै मानवले मानवका लागि गर्ने हो भन्दै रानीवास गाविस सचिव पिताम्बर पौडेलले गाउँको विकासका लागि जनताको सहयोगमा राज्यसँग हातोमालो गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँको समग्र विकासका लागि विभिन्न संघसंस्थाको आर्थिक तथा भौतिक सहयोगमा हालसम्म ५० हजार रुपैयाँको समपुरक कोष खडा भईसकेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कोषको रकमलाई बढाउँदै आर्यआर्जन, क्षमता विकाससँगै पूर्वाधारमा लगानी गरिने छ । परिषद्ले २४ लाख २९ हजार आठ सय ४५ रुपैयाँको कुल बजेट प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा शिक्षा, कृषि, पर्यटन, सडक, लघु उद्यम, क्षमता अभिवृद्धि र लक्षित वर्ग तर्फ बढी केन्द्रीत उहाँले जिकिर गर्नुभयो । उहाँका अनुसार पूँजीगत तर्फ १९ लाख ६५ हजार आठ सय ४५ तथा चालु तर्फ ४ लाख ६४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । उक्त बजेट मध्ये चार लाख ३४ हजार नेपाल सरकारको अनुदान तथा ३० हजार रुपैयाँ आन्तरिक स्रोतबाट पुरा गरिने छ । परिषद्ले प्रस्तावित बजेटमा ७ लाख दुई सय ६३ पूर्वाधार, चार लाख ६६ हजार आठ सय ४२ प्रर्वद्धनात्मक र ६ लाख ५५ हजार तीन सय ६३ रुपैयाँ लक्षित वर्गलाई रकम वियोजन गरेको छ ।३ लाख नगद सहित श्रीमती फरार
पुस २६ सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिका– ८ कालिदमारकी नन्दा बस्याल सार्कीले मलेसियामा कार्यरत श्रीमानले पठाएको रु. ३ लाख लिएर अर्कैसँग बिबाह गरेकी छिन् । पाँच वर्षको बच्चालाई सुतेको अवस्थामा घरमै छाडेर नन्दाले यही पुस १३ गते भेरीगंगा नगरपालिका–१५ रामघाटका राजु रम्तेलसँग विवाह गरेकी हुन । नन्दाका श्रीमान तिलक बहादुर सार्की रोजगारीका लागि मलेसियामा हुनुहुन्छ । तिलकका दाजु चन्द्रवीर सार्कीले भाइले विदेशवाट दुख गरी कमाएर पठाएको रकम लिएर बुहारी नन्दाले अर्केसँग विवाह गरेको जानकारी दिनुभयो । उहाँले नन्दाले विभिन्न सहकारीबाट ऋण लिएको ३ लाख ३० हजार नगद रुपैयाँ पनि हिनामिना गरेको उल्लेख गर्नुभयो । तिलकका आफन्तले नन्दालाई पक्राउ गरी रकम अशुल उपर गर्न माग गदै इलाका प्रहरी कार्यालय छिन्चुमा उजुरी दर्ता गरेको वताएका छन । आफन्तले इलाका प्रहरी कार्यालय छिन्चुमा ३ लाख रकम असुल गरी पाउँ भन्दै नन्दा विरुद्ध उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी सहायक निरिक्षक जय बहादुर रावतले पीडितले उजूरी दिएकाले दुवै जनालाई पक्राउ गरी कारवाही अघि वढाउने जानकारी दिनुभयो । उहाँले नन्दा र रम्तेललाई पक्राउ गरी घटनाबारे छिटटै अनुसन्धान अघि वढाउने समेत बताउनुभयो । २२ वर्ष अघि मृत्यु भएका व्यक्तिका नाममा रकम निकासा
पुस २२ जाजरकाेट – सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता रकमको जाजरकोट जिल्लाका ३० वटै गाउँ विकास समितिहरुमा व्यापक घोटाला भइरहदा समेत नियमक निकायले कुनै चासो दिएको छैन् । गाविसमा हुदै नभएका, बृद्धबृद्धा, एकल महिला, अपाङ्ग तथा दलित बालबालिकाको नाममा फर्जी भरपाई बनाई गाविसका सचिवहरु र गाविसका लेखा सहायक, प्राविधिकको मिलेमतोमा रकमको व्यापक दुरुपयोग गरेको तथ्य फेला परेको छ । जाजरकोट जिल्लाका मजकोट, सुवानाउली, जगतीपुर, पैक, ढिमे, खगेनकोट, रग्दा, भगवती, खलंगा, जुगाथापाचौर, साल्मा, गर्खाकोट, कोर्ताङ्ग लगाएत ३० वटै गाउँ विकास समितिहरुमा सामाजिक सुरक्षा भत्ता रकमको चरम दुरुपयोग हुदै आएको छ । जिविस जाजरकोटले समयमा अध्यावधिक नगर्दा रकमको अनियिमिता बढ्दै गएको हो ।पुराना पार्टी भ्रष्टाचारमा डुबेकाले नयाँ शक्ति चाहियो : भट्टराई
पुस २१ काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टी भ्रष्टाचारमा डुबेकाले भ्रष्टाचार हटाई सुशासन कायम गर्न नयाँ शक्ति चाहिएको दावी गर्नुभएको छ । नयाँ शक्ति निर्माण अभियान म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको अन्तक्रियामा उहाँले नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले राज्यको सम्पतिलाई दुरुपयोग गरी अकुत सम्पति कमाएकाले भ्रष्टाचार हटाई सुशासन कायम गर्न नयाँ शक्ति चाहिएको दावी गर्नुभएको हो । कार्यक्रममा उहाँले आफ्नो अभियानलाई विदेशी शक्ति तथा भ्रष्टसँग जोडेर हेर्ने गरिएको बताउँदै एउटा पनि प्रमाण जुटाएर देखाए जस्तोसुकै कारवाही भोग्न आफू तयार रहेको बताउनुभएको छ । भट्टराईले राजनीतिक एजेण्डामै केन्द्रित भएर जनतालाई भ्रम, दुःख र कष्टमा राख्न खोजिएकाले बेरोजगारी, गरिबीसहित नेपाली जनताको समस्यालाई समाधान गर्न नयाँ शक्ति आवश्यक रहेको बताउनुभयो । एउटा आन्दोलनको परिवर्तनका नाममा सत्तामा पुग्ने, जेलनेलमा परेको बाहनामा राज्यको सम्पतिलाई दुरुपयोग गर्ने गरिएको डा। भट्टराईले आरोप लगाउनुभएको छ । उहाँले गणतन्त्र, संविधानसभाबाटै संविधानसहित पुराना सामन्ती संरचनालाई भत्काउन सफल माओवादी जनयुद्ध सफल भएको भन्दै जनयुद्ध नेपालमा आवश्यक थियो र युद्धले जनतालाई परिवर्तनको क्षेत्रमा अगाडि बढाएको धारणा राख्नुभयो । उहाँले जनयुद्धमा दशौं हजार नेपालीले बलिदान दिएपनि राज्य र पार्टीबाट उचित सम्बोधन नभएको भन्दै नयाँ शक्तिले देशमा परिवर्तनको क्रममा ज्यान गुमाएकालाई उच्च सम्मान गर्ने बताउनुभयो ।पत्रकारहरुद्वारा आन्दोलन शुरुवात
पुस २१, सुर्खेत – समाचार संकलन गर्न गएका आफ्ना सहकर्मीहरुमाथि हातपातमा उत्रिएका नेपाली सेनाका कर्णेललाई कारबाही गर्न माग गर्दै सुर्खेतका पत्रकारहरुले आन्दोलन शुरु गरेका छन् । शिक्षकलाई विद्यार्थीले कुटपिट गरेको विषयमा समाचार संकलन गर्न वीरेन्द्रनगरस्थित सैनिक आवाशिय महाविद्यालयमा गएका पत्रकारहरुलाई गाली ग्लोच गर्दै अपशव्द बोल्ने तथा हातपातमा उत्रिएका कर्णेल शिवप्रताप कार्कीलाई कारबाही गर्नुपर्ने माग गर्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् ।नेपाल पत्रकार महासंघको अगुवाईमा आज जिल्ला प्रशासन कार्यालयमार्फत् गृह र रक्षा मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाईएको छ । सेनाको मध्यपश्चिमाञ्चल क्षेत्रीय पृतनाअन्तरगत सुर्खेतमा कार्यरत कर्णेल कार्कीले पत्रकारहरु सुदिप पुरी, सुशील खड्का, कृष्ण आचार्य र इश्वर अधिकारीलाई महाविद्यालयको गेट बाहिर विद्यार्थीका अभिभावकसामू अपशव्द प्रयोग गरि हातपात गरेका थिए ।साथै उनले पत्रकारहरुलाई ज्यान मार्ने धम्कि पनि दिएका थिए । कर्णेल कार्कीले सार्वजनिक रुपमा माफि माग्नुपर्ने, विभागीय कारबाही हुनुपर्ने र आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिवद्धता हुनुपर्ने माग गरेका छन् । ध्यानाकर्षण पत्र बुझ्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी वलदेव गौतमले आफ्नो तर्फबाट हुने सवै काम गर्ने बताउनुभएको छ ।
पर्यटनका लागि विश्वका १० उत्कृष्ट देशमा नेपाल पहिलो स्थानमा
पुस २१, काठमाडौं – यो वर्षको भ्रमण गन्तव्यका लागि विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ । बेलायतको ट्राभल गाइड बुक तथा सन्दर्भ सामग्री प्रकाशित गर्ने रफ गाइडले प्रकाशित गरेको सन् २०१६ मा भ्रमणका लागि विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गरेको हो । १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा छ । वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पका कारण सिथिल बनेको नेपालको पर्यटन उद्योग विस्तारै माथि उठ्ने क्रममा रहेको उल्लेख छ । ट्रेकिङ रुट, होम स्टे तथा सांस्कृतिक क्षेत्र नेपालको मुख्य पर्यटकीय आकर्षणका केन्द्र रहेको रफ गाइडले जनाएको छ । नेपाली नागरिकको आत्मिय स्वागत तथा व्यवहार पनि नेपाली पर्यटन क्षेत्रको अर्को पक्ष रहेको जनाएको छ । हिम श्रृँखला, जंगली जनावर तथा विविधताले युक्त जंगल नेपालको पर्यटनका लागि उत्कृष्ट रहेको जनाइएको छ । रफ गाइडको १० देशको सूचीमा कोलम्बिया दोस्रो नम्बरमा छ । क्युवा तेस्रो, जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा श्रीलंका दशौं नम्बरमा छन् ।मायाले छोयो गोविन्दलाई, सपनीमा तिमीसंगै बजारमा
पुस २०, सुर्खेत – माया प्रेमबाट अछुतो सायद कमै होलान यो दुनियामा । सबै क्षेत्रमा माया प्रेमको नै बढी प्रयोग भएको पाईन्छ । दिनमा हुने गरेका दैनिक क्रियालाप देखि सबै ठाउमा मायाको नै प्रयोग भएको पाईन्छ । माया भन्ने चिज त्यस्तो चिज हो जस्ले नछोएको र जस्लाई नछुने प्राय कमै पाईन्छन् । मानव जीवनमा भए गरेका क्रियाकलापहरुमा पनि माया नै झल्किन्छ । माया शब्द यती प्यारो छ रुदा आँशुको साथी बनिदिन्छ, हासो हासो अनि सुत्दा सपनी त ब्युझिदा सम्झना मात्र । माया कतिबेला सुरु हुन्छ र कहा गएर समाप्त हुन्छ थाहै हुदैन । राम्रो फुल सबैलाई मन पर्छ र टिप्न सबैले खोज्छन् । कुरा यती मात्र होकी कोही सफल हुन्छन त केही असफल हुन्छन् । मन परेको मान्छे साथ मै हुदा खुशीको जीवन विताउने र नपाउदा दुखी हुने भावनामा डुव्ने गीतसंगीतमा रमाउने भन्दा अर्को विकल्प हुदैन । वीपनीमा नभए पनि सपनीमा मन परेको मायालुसंग सहयात्रा गर्न पाउदा पनि साचिक्कै वीपनीमा हो जस्तो लाग्छ । सपनाको महलमा मायालु जोडी छुट्टै संसार अनि रमाईला पलहरु दुख हुदैन कहिल्यै । वीपनीमा तिमी मेरो नभए पनि सपनीमा तिमी म संगै हुन्छ्यौ साथमै हुन्छ्यौ खै सपनी पनि के देखिन्छ कुन्नी सम्हाल्नै नसकिने र व्यूझिदा रुन भन्दा अर्को पाटो भेटिदैन ।


















