प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

बाच्ने मन छ जुनी-जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा

मोदीको भिषा रेकर्ड फाईल

अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

म. प. विश्वविद्यालयले पालुवा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा

दलित बालबालिकाको अवस्था

हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।

Showing posts with label अन्तराष्ट्रीय. Show all posts
Showing posts with label अन्तराष्ट्रीय. Show all posts

तनाव कम गर्न पाकिस्तान र अफगानिस्तानबिच हटलाइनको व्यवस्था

गोविन्द विश्वकर्मा
पुस १६, काठमाण्डौ – पाकिस्तान र अफगानिस्तानले सीमा क्षेत्रमा हुने गरेका समस्या समाधानका लागि हटलाइनको व्यवस्था गरेका छन् । दुवै देशका सैन्य कामण्डरबिच सम्पर्क गर्नका लागि हटलाइनको व्यवस्था गरिएको हो । यसले सीमा क्षेत्रमा हुने गरेको तनाव कम गर्न सहयोग गर्ने दुवै देशका अधिकारीले बताएका छन् । सीमा क्षेत्रको अवस्था सुधारका लागि सहकार्य गर्न हटलाइनको प्रयोग सुरु गरिएको पाकिस्तानी सेनाका प्रवक्ताले बताएका छन् । पाकिस्तानी सेनाका प्रमुख राहिल शरिफ
को अफगानिस्तान भ्रमणको क्रममा सीमा क्षेत्रमा खटिएका दुई देशका सैन्य कमाण्डरबिच सम्पर्कका लागि हटलाइनको व्यवस्था गर्ने सहमति भएको हो । यो महिनाको सुरुमा अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पाकिस्तानका विद्रोही समुहका कारण आफ्नो देशमा हिंसा बढेको आरोप लगाउनु भएको थियो । अफगान अधिकारीले पाकिस्तानको संरक्षणमा तालिबानले अफगानिस्तानमा हिंसात्मक गतिविधि गर्ने गरेको आरोप लगाउने गरेका छन् । तर पाकिस्तानले भने सबै आरोप अस्वीकार गर्दै आएको छ । 

नेपाली दूतावास मलेसियामा अझै ५ हजार नागरिकता

गोविन्द विश्वकर्मा
पुस १५, क्वालालम्पुर – नेपाली दुतावास मलेसियामा करीव पाँच हजार नेपाली नागरिकता रहेका छन् । सम्वन्धित ब्यक्तिहरु लामो समय सम्म लिन नआएपछि नागरिकताहरु दूतावासमा रहेका हुन् । मलेसिया सरकारले सन २०११ मा अवैध काम गरिरहेका विदेशि श्रमिकहरुलाई कि घर फर्क कि वैधानिक भएर बस भन्ने योजना ल्याएको वखत पासपोर्ट बनाउनको लागि नेपाली नागरिकता छाडेका थिए । अधिकाशंले नागरिकता लगिसकेको भएपनि अझै बाँकी रहेकाले सूचना नै जारी गर्नु परेको दूतावासका प्रवक्ता तथा द्वितीय सचिव उत्तम शाहिले वताउनुभयो । यसैगरी मलेसियामै करीव ६ हजार नेपाली पासपोर्ट रहेको छ । सम्वन्धित ब्यक्तिहरु लिन नआएकोले नेपाली दुतावासमै रहेको हो । सम्वन्धित ब्यक्ति लिन नआएपछि उक्त पासपोर्टहरु दूतावासको दराजमा थन्किएर वसिरहेका छन । लामो समयदेखि लिन नआएका पासपोर्टहरु समेत नेपाल पठाउने तयारी भैरहेको दूतावासले जनाएको छ ।