गोविन्द विश्वकर्मा

सपनीमा मायालुसंग रमाउदाको पल बेग्लै हुन्छ । विपनीमा साथमा हुन नपाए पनि सपनीमा मायालुसंगै रहेर रमाउन पाउदा मन निकै खुशी हुन्छ । मायालुको घरमा गएर मायाको भिक मागेर पनि उनलाई पाउने आशा छ । देराली झर्दा उकाली ओराली गर्दा जता जादा पनि मायालुको याद नै साथमा रहन्छ । मध्यरातको १२ बजे म तिम्रो घरको आगनमा छु, तिमी मेरो छेउमा अनिमैले तिम्रो हात समाउदै मायाको भिख मागेको छु तिमीले पनि लजाएरै स्वीकार गर्न सकेको कहा छौ र ? तिमीलाई धेरै पहिलाबाट नै चाहेको हो तर मेरो भाग्य नै खोटो छ कहा तिमीलाई पाउन सक्छु र ? हो म तिमीलाई माया गर्ने मान्छे हो तिमीलाई पाउनको लागी के के गरेन मैले ।
दैलेखको गमौडी गाउ विकास समिती वडा नं. २ छुवाला सामान्य परिवारमा जन्मिएर सञ्चार क्षेत्रलाई कर्मथलो बनाएर काम गर्दै आउनुभएका गोविन्द विश्वकर्माले अहिले गीत शब्द रचनाबाटै आफ्नो संगीत यात्रा सुरुवात गर्नुभएको छ । सञ्चार क्षेत्रमा काम गर्दै गर्दा गीतलाई माया गर्ने मुटुको पिडा बुझेर पिडालाई शब्दमार्फत संगीतको मालाका उईनिएर श्रोतामाझ पस्कन सफल बन्नुभएको छ । आफ्नो मन परेको मायालु अंगालोमा हुदाको आनन्दता र छुटिदाको पलको पिडा व्यथालाई समेट्दै विश्वकर्मा अहिले सबैको प्यारो बन्नुभएको छ । सानै उमेरदेखि लोकगीत क्षेत्रमा रुची राख्नुहुने विश्वकर्मा गाउघरमा हुने रत्यौली, मेलापर्वमा दोहोरी गाउने पनि गर्नुहुन्थ्यो । गीतसंगीतमै रुची भएकाले उहाले सञ्चार क्षेत्रमा पनि काम गर्ने निर्णय गर्दै अहिले पनि कार्यरत हनुहुन्छ । सानै देखिको रुची गीत संगीत गाउने, शब्द रचना गर्ने भएकाले आज आएर सफल हुनुभएको छ । वीपनीमा सम्झना अनि सपनीमा साथमै भएको आभास गरिएको यो गीतको शब्दले भनेको छ सपनीमा संगसंगै भएको खशीयाली साटेको रमाएको खेल्दा खेल्दै सपना भंग भएको र मध्यरातको समयमा छटपटिदै सम्झनामा रुने गरेको भाव पोख्त गर्नुभएको छ ।
सञ्चारकर्मी गोविन्द विश्वकर्माको उतकृष्ठ शब्द सिर्जना, तेजेन्द्र बिवशको लय र दैलेखी नव गायक धर्मेन्द्र शाही र टीका पुनको सुमधुर आवाज रहेको लोकदोहोरी गीत सपनीमा तिमीसंगै हुने गर्छु म अहिले बजारको चर्चा परिचर्चामा रहेको छ । दैलेखको रेडियो ध्रुवतारा सामुदायिक एफ.एममा केहि समय काम गरेर आफ्नो संगीत यात्रा सुरु गर्नुभएका विश्वकर्माले यो गीत बजारसम्म ल्याईपु¥याउनसम्म सहयोग गनुहुने संगीतकार तथा गीतकार लोकेन्द्र जी.सी कुमार, कमल जी.सी, धर्मेन्द्र शाही, तेजेन्द्र विबशलाई मनै देखि सम्झिदै धन्यबाद ब्यक्त गनुहुन्छ ।
0 comments:
Post a Comment