नयाँ लोकगीत र सर्जकसंगै उदाउनु भएका तेजेन्द्र विवशले फेरी अर्को एल्बमबाट बजारमा नाम उच्च बनाउनुभएको छ । थुप्रै उत्कृष्ट गीतहरु बजारमा ल्याईसक्नुभएका तेजेन्द्रले परदेशबाटै बिभिन्न गीत रचना गर्नुका साथै गीत प्रस्तुत गर्दै आईरहनुभएको छ । पछील्लो समय सर्जक तेजेन्द्रले सुन्दर ठाउ तुलसपिुरको बारेमा बयान भगरिएको रमाईलो लोक दोहोरी गीत बजारमा ल्याउनुभएको छ । बाग्लुङ कालीका म्यूजिक प्रा.ली.को बजार व्यवस्थापनमा, सुन्दर ठाउँ दाङ तुलसीपुर मा जन्मनु भएका गंगा परियारको मठ मन्दिरमा गर्थेउ भाकालू को अपार सफलता पछि गंगा परियार र रुकुम साँखामा जन्मनु भएकी कमला बि.क.को उत्कृष्ट शब्द सिर्जनामा र साहित्य क्षेत्र लगाएत सांगीतक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बहु प्रतिभा साली सर्जक तेजेन्द्र बिबशको मनै चोर्ने लय सिर्जनामा लोक दोहोरी एल्बम भेट “हौला रमाइलो गरौला तुलसीपुरबजार सक्रान्ती मेलैमा” अहिले बजारमा आएको छ । यो गीतले पनि तेजेन्द्रका अन्य गीतहरु जस्तै बजार लिने तेजेन्द्रले आशा राख्नुभएको छ भने श्रोता तथा दर्शकहरुले प्रतिक्षा पनि गरिरहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
हार्दिक धन्यवाद सुरज सर आभारी छु
ReplyDelete