प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

बाच्ने मन छ जुनी-जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा

मोदीको भिषा रेकर्ड फाईल

अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

म. प. विश्वविद्यालयले पालुवा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा

दलित बालबालिकाको अवस्था

हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।

Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

मनकम्पन

विनिता दाहाल 
मध्यरात छानाबाट चुहिएको शीतको थोपा निधारमा ठोक्किएपछि सानो छोरा झसंग ब्युँझियो । त्यहीबेलादेखि सीताका आँखा फेरि लाग्न पाएका छैनन्।  छोरोलाई आफू सुतेको ठाउँपट्टि सारेर एकछिन दूध चुसाउँदै थुम्थुमाएपछि ऊ कोकोहोलिन पाएन। छोरोले निद्राकै सुरमा कोल्टे फेरेपछि सीता बाहिर निस्किई । भूकम्प गएपछि सरकारले ओत लाग्न दिएको पालमा कहाँनेर प्वाल छ, उसले त्यसैबाट पूर्णिमाको उज्यालोमा टहराभित्रबाटै बाहिर छ्यांग देखिएको आकाश नियाली। शीतका थोपा चुहिएको रोक्न, वर्षामा रोपाइँ जाँदा ओढ्ने गरेको स्यारलेटले थपक्क छोपिदिई । मध्यरात हुँदा बल्लबल्ल तातेका उसका हातखुट्टा फेरि उत्तरका हिमालबाट आएको स्याँठले हिउँ छोएर आएजस्तै चिसा भए । अघि छोरो सुतेकै ठाउँमा गएर निदाउन खोजी।
थोपाथोपा शीत झरे पनि थाङ्नो भिजेर लफ्रकै भइसकेको रहेछ । उसले छोराको अनुहारमा शीत परेपछि मात्रै थाहा पाएकी रहिछ। अब यो रात कसरी काट्ने होलारु कठ्यांग्रिदो जाडोले शरीर मात्रै होइन, केही दिनयता गाउँलेले काट्न थालेका कुराले उसको मन उत्तिकै चिसो भएको छ । बारीको तल्लो पाटोमा अलिकति तरकारी लगाउनुपर्यो भनेर केही दिनअघि ऊ ढुंगेधारामा पानी भर्न गएकी थिई। गाउँकी एक जना जेठानी दिदीले बाटोमा भेटेर साउती गर्दै उसको कान भरिदिई, ‘अहिले ससुरा बुहारी एउटै ओछ्यान ला’एर सुत्छौ रे भनेर गामभरि मान्छे कुरा काट्न थालेका छन्। मैले हिजो हाम्रा घरकाले भनेपछि था’पाएँ। तिमी त्यस्ती छैनौ। तर होस् गरेस्, गामठाम यई हो।’ त्यति सुनेपछि उसको मनमा उकुसमुकुस हुने गरी कुरा खेल्न थालेका छन्। माइतीमा पनि यो कुरा पुर्याए होलारु अब कुन मुख लिएर गाउँमा मेलापात गर्न जाउँलारु भूकम्पले ओत लाग्ने छानोमात्रै छिनेन, आफ्नो अस्मिता माथि अरूलाई कुरा काट्ने ठाउँसमेत दिएको छ । हुन त भूकम्पले गाउँभरिकै घर ढलेर सबैको टहराकै बास छ तर उनको जस्तै बाध्यतामा गाउँका अरू छैनन् । ऊ मनमा अनेक कुरा खेलाइरहेकी थिई । पानी भर्न आएका गाउँका अरू महिलाले मुखामुख गर्दै पानी भरे। वर छँदा केही भनेनन्, पानीको गाग्री बोकेर अलि माथ्लापट्टि कान्लामा पुगेपछि धारे हात लगाउँदै भने, ‘भगवानको डरभर नभएपछि कसको के लाग्छ ?’ 
सीतालाई मनमनै लाग्यो, सासू निकै जाति थिइन्, भूकम्पले छिट्टै लग्यो। भूकम्पमा नमरेकी भए अहिले गाउँलेका यस्ता कुरा सुन्नुपर्ने थिएन। भूकम्पले घर भत्काउँदा गोठमा भैंसीलाई कुँडो खुवाउन पुगेकी सासू गाईको किलोसँगै मरेकी भेटिइन्। त्यसैबेलादेखि ससुराको पनि सुर छैन । भूकम्प नआउँदै आर्थिक जोहो गर्न भन्दै कतार पुगेका श्रीमानले छुट्टी मिलाएर घर फर्कन पाएका छैनन्। भूकम्पपछि के कस्तो भयो भनेर खबर गर्दा उनले रुँदै भनेका थिए, ‘आमाको काजक्रिया गर्न पनि नपाउने भएँ। बाँचेका बाको राम्रो हेरबिचार गर्नू ।’  बिहान बेलुका नुनतेल गर्न दूध बेचेर पुग्ने भैंसी पनि गोठ भत्किएर दाम्लाको दाम्लै मर्यो। यो वर्ष दशा पनि सबै खुशी बढारेर लैजाने गरेर आएको रहेछ क्यारे ।  उसलाई लागेको छ, अहिले मध्यरात १ बजेको हुनुपर्छ । सुत्न पुग्ने अरू ठाउँ यो सानो टहरामा अन्त छैन। राति जाडो नहोस् भनेर अगेनामा झोसेको एउटा मुडो पुतपुत धुवाइरहेको छ। ऊ चार जना छोराछोरीलाई भएका सिरक ढस्नाले गुम्म छोपिदिएर मजेत्रोको सप्को देब्रे काँधमा हालेर अगेनाछेउ सरी। अनुहारभरि मुझैमुझा परेका ससुरा त्यतै फर्किएर निदाइरहेको उसले आगोको थोरै उज्यालोमा देखी । भूकम्प गएपछि घर भन्नु टहराको यही एउटा खोपोजस्तो ठाउँ छ । जहाँ बीचमा एउटा अगेना छ । त्यसको देब्रेछेउ सीता आफ्ना साना छोराछोरी च्यापेर सुत्छे। दाहिनेछेउ अगेनाकै अढेश लागे जसरी ससुरा बुढा निदाउँछन् । उनको अनुहार हेरेर उसलाई लाग्यो, बाको उमेर पुगेका यी बुढासँग गाउँलेले मेरो नाम जोडेर के पाप चिताएका होलान् ? श्रीमति मरेपछि ससुरा पनि दिनरात नभनी जाँडमात्रै खान्छन्। सुर गुमाएजस्ता भएका छन् । कहिले नातिनातिना, बुहारीले देख्छन् भन्ने पनि ख्याल नगरी टहराकै छेउतिर पिसाब फेर्न जान्छन् । ऊ के के सोच्दै थिई, बुढा ख्वाकख्वाक गरेर अर्कोपट्टि कोल्टे फर्किए । घुँडामा दुवै हात बाँधेर दाहिनेपट्टिका ससुरालाई हेर्दा उसको देब्रे आँखाबाट तर्रर आँशु झर्यो । मनभित्र परेको गाँठो कहिलेकाहीँ त भल्भली बगेका आँशुले पनि फुक्दैनन् । जेठानी दिदीको कुरा सुनेपछि भक्कानिएर श्रीमानसँग फोनमा कुरा गर्छु भनेर तल्ला घरे माइलामार्फत खबर पठाए पनि उनको फोन आएको छैन । काममा समय मिलाउन निकै गाह्रो पर्छ भन्थे । मिलेको भए त उनले पनि गरिहाल्थे ।

भूकम्प नजाँदै, गाउँमा उब्जनी पनि हुन छाड्यो । वर्षैपिच्छे जन्मिएका छोराछोरीलाई पढाइलेखाइ गराउन गाह्रो हुने भयो भनेर रमेशले एक साँझ श्रीमतिलाई सोध्यो, ‘मेरो उमेर छँदैछ, तँ घर व्यवहार टार्छु भन्ने आँट गर्न सक्छेस् भने म विदेश गएर चार–पाँच वर्ष कमाएर आउँछु । तेरै दाइले पनि विदेश गएर अहिले गाउँमै लोभलाग्दो घर बनाए, छोराछोरीलाई राम्ररी पढाएका छन् । तैं भन्दैथिइस् भाउजुले नयाँ गहना पनि जोडिछन् भनेर। मिल्यो भने म पनि कुरा गरेर भएको अलिअलि पैसा खर्च गरेर विदेश जान्छु ।’ श्रीमानले त्यति भनिरहँदा उसको कल्पना कतिबेला हो, चार–पाँच वर्षपछिका सुनौला दिनतर्फ पुगिसकेका थिए । फराकिलो आँगन भएको पक्की इटा र सिमेन्टको घर। वरिपरि बारीमा लहलहाउँदा तरकारी। गोठमा रहरलाग्दा गाईबाख्रा। हुर्किएका छोराछोरी, सुकिला लुगा लगाएर स्कुल जाँदै गरेका। पिँढीमा सासू–ससुरा तमाखु तान्दै गरेका। अनि आफ्नो गलामा झलक्क देखिने नौगेडी । उसले यस्तै कल्पना गरेर भनेकी थिई, ‘आमाले घरको भातभान्छा गर्लिन्, म ज्याला गरेर पनि छोराछोरी पढाउँछु, घर खर्च टार्छु तपाईं जाने मन बनाउनुस् । अर्को वर्षदेखि त तपाईंले नै पनि त पैसा पठाउन थाल्नुहोला ।’ सपनाले मान्छेलाई कति धेरै बल दिन्छ । संसारै जितौंला जस्तो । विपनाले त्यसैलाई एक निमेषमै खल्र्यामखुर्लुम्म झारिदिन्छ । भूकम्प गत वैशाखमा विपना बनेर आइदियो । उसले सपना अझै देख्न छोडेकी छैन । मनमा कुरा खेलाउँदै थिई, माइलो छोरो सपनामै बर्बरायो– नयाँ स्वीटर नकिन्दिने भए म स्कुलै जान्न । ऊ जुरुक्क उठेर छोराको खुट्टा छुन गई । चिसोले फुटेर खस्रा भएका पैताला सुम्सुम्याउँदै थिई, दाहिने आँखाबाट फेरि तर्रर आँशु झर्यो। पोल्टाको थैली झिकेर हेरी। अस्ति माइती गएका बेला आमाले दिएको हजारको नोट अलि लेसिँदो भएछ। धेरैपटक खोतल्दैमा बढ्ने त होइन, तैपनि घरमा गाह्रोसाह्रो पर्नेबित्तिकै उ एकपटक त्यही नोटलाई चिहाउँछे । सहरबाट आएकाहरूले अस्ति ओढ्नलाई नयाँ मन्डी ल्याइदिएका थिए । सीताको परिवारको भागमा दुईवटा परेको थियो । उनले एउटा ससुरालाई र एउटा आफूसहित छोराछोरीलाई ओढाउने गरेकी छन् । अस्ति त्यही मन्डीको छेउमा आगो सल्किएर झन्डै अनिष्ट नभएको । पहिला त यो माइलो छोरो हजुरबासँग सुत्न भनेपछि हुरुक्कै हुन्थ्यो । आजकाल गनाउँछ सुत्दिन भन्छ । न्यानो बाँढ्न आउनेले सिरक मात्रै नभएर बालबच्चालाई हुने न्याना लुगा, पानी चुहिँदा छोप्न प्लास्टिक अनि टोहोरामा कोठा बार्न मिल्ने केही ल्याइदिए पनि त हुन्थ्यो भन्ने उनलाई आश लागेको थियो । फेरि त्यही आशले बाँच्न सिकाए पनि सीतालाई आफैंले कर्म गर्नुपर्छ भन्ने लाग्छ । दुःखका पहाडै देखेकी उनकी आमाले सधैं उनलाई हाड खियाउनुपर्छ, पसिना बगाउनुपर्छ भनेर सिकाएकी थिइन् । सासूले रिस उठेका बेला दुई–चार बचन नराम्रो गरे पनि गाउँमा अन्य बुहारीले जस्तो उनले बर्तन खानुपरेको थिएन । अहिले तिनै सासू भएको भए गाउँलेका नानाथरी आरोप सहनुपर्दैनथ्यो भन्ने लागेको छ । आखिर गाउँलेले कुरा काट्न पाएका पनि यो टहरोमुनिको एउटै खोपामा हामी सबै परिवार सँगै सुत्छौं भनेर त हो ।
ससुराकी श्रीमति बितिन्, मेरा पति कतारमा छन् । यस्तै यस्तै कुरा खेलिरहँदा उनको कुनबेला आँखा लाग्यो । सपनामा उनले आफूलाई गाउँले ससुरासँग सल्किएको भन्दै लखेटेको देखिन् । भीरैभीरको बाटो दगुरिरहँदा अगाडि एउटा साँढे आइपुग्यो । त्यही साँढे जसलाई सीताकी सासूले अघिल्लो वर्ष बारीको कोदो फाँड्यो भनेर लखेटेकी थिइन् । अगाडि जाउँ भने अजंगको साँढे अहिल्यै हानुँला भनेर बसेको थियो, फर्कौं भने गाउँलेहरू ‘यसलाई पापधर्मको ख्याल भएन’ भन्दै लखेट्दै आइरहेका थिए । सीतालाई एक निमेष त यो प्राण यही गए पनि हुन्थ्यो भनेजस्तो लाग्यो । त्यत्तिकैमा निस्सासिएर सपनाबाट ब्युँझी । रातभर कठ्यांग्रिदो जाडो भए पनि सपनाबाट ब्युँझिदा उसको पूरै अनुहार पसिनाले भिजेको थियो । यस्तो सपनाले बिपनामा के अर्थ राख्ला ऊ सोच्दै थिई । उसले अगेना वरिपरि ससुराले नातिनातिना वरपर लिएर पानी तताइरहेको देखी । सपनाले आत्तिएर उठेकी बुहारीलाई ससुराले नजिकै आएर पानीको अंखरो दिए । उनलाई लाग्यो गाउँलेले जति कुरा काटे पनि होस् हुँदा, ससुरा आफ्नै बाउजत्तिकै जाति छन् ।  ठाडो घाँटी लगाएर कलकल एक अंखरा पानी पिएपछि उनले ससुरालाई पोल्टोबाट त्यही एक हजार रुपैयाँ दिँदै भनिन्, ‘बा, यो कालेको स्कुलमा स्विटर छैन भनेर सरले गाली गरेको छ रे, गाउँमा कसैलाई भनेर यसलाई एउटा स्विटरचाहिँ ल्याइदिन पाए हुन्थ्यो ।’ ससुरा आफ्नो काखका सानो नाति उसको काखमा राखिदिएर हिँडे । उसले अलि ठूलो स्वर गरेर फेरि भनी, ‘पैसा बच्यो भने छानामा हाल्ने पाल पनि ल्याइदिन भन्नू है ।’

अनलाईन लव मिठो कथा

गोविन्द विश्वकर्मा

एउटा केटा र केटी सधै अनलाईनमा कुरा गर्दथे । केटाले आफ्नो फोटो राखेको भएर केटीले उस्लाई देखेकी थि तर केटीले आफ्नो फोटो अपलोड नगरेको हुनाले केटाले उनलाई देखेको थिएन । निरन्तर बोल्ने क्रम सँगै दुबै जना एक अर्कालाई धेरै मन पराउथे, माया गर्थे । एक दिन केटाले अनलाईनमा बोल्नेक्रममा भन्यो  i love you so much ! म तिमीसँग भेट्न चाहन्छु । भेट्ने ठाउँ निस्चित भएपछी केटाले भन्यो म तिमिलाई कसरी चिन्छु त ?

केटीले भनी म सेतो ड्रेस मा हुनेछु र हातमा रातो गुलाब लिनेछु । भोलिपल्ट केटा खुशि हुँदै केटीले भनेको ठाउँमा पुग्यो ।
त्यँहा एउटी नराम्री कुरुप केटी सेतो ड्रेस लगाएर हातमा गुलाबको फुल लिएर बसेको उस्ले देख्यो । उ सरासर त्यो केटीको नजिक गयो र भन्यो  i love you so much ! तिमिसँग अनलाईनमा कुरा गर्ने । तिमीलाई माया गर्ने म नै हु । केटी ले भन्छे तर हजुरले कुरा गर्ने र माया गर्ने केटी म हैन । उ त उ त्यहा छ, रुखको पछाडी
केटी रुखको पछाडीबाट आउछे र केटालाई भन्छे यदी म उ जस्तै कुरुप भएको भए के तिमी मलाई माया गथ्र्यौ ?
केटाले भन्यो मैले तिमीलाइ चाहेको हो ,माया गरेको हो । तिम्रो रुपलाई हैन । मेरो हरेक धडकनमा ,सासमा तिमी छौ । तिमी को हौ कस्तो छौ यी कुराले मलाई केही फरक पर्दैन । म त केबल यति मात्र जान्दछु कि तिमी केबल मेरी हा.................................र म तिम्रो ।

गुन्द्रुकको झोलमा मुसा ! फतफताउँदै भनिन्–थुक्क सरकार !

बुढो कुखुराको भाले नबास्दै काम गर्न जान्छ । काम गर्ने ठाउँमै भात खान्छ । त्यसैले बिहान भात खाने उनी एक्लै हो । केही महिना पहिलेसम्म त बासी भात पनि के खानु भनेर उनी आफु एक्लैलाई भएपनि दाल, भात, तरकारी, अचार बनाउँथिन् । दिउँसो कामबाट फर्किने बुढालाई समेत राखेर आफ्नो भाग खान्थिन् । तर हिजोआज सबैको जस्तै उनको पनि लवाईखवाई र दैनिकी फेरिएको छ । बेलुका बुढाबुढीलाई भात पकाउँदा भोलिपल्ट बिहान आफुलाई समेत पुग्नेगरी दुईमुठी चामल र चार त्यान्द्रा गुन्द्रुक थप्छिन् । भात राइसकुकरमा पकाउँछिन् । गुन्द्रुक चाहिँ ग्यास सिलिण्डरमै उमालीरहेकी छिन् ।
 बुढाले राइसकुकरमा पनि गुन्द्रुक पकाउन मिल्ने रैछ भनेको थियो । काम गर्ने ठाउँमा उसले यसैगरी पाकेको गुन्द्रुक र भात खाने गर्छ । तर कोठामा राइसकुकुरमा मिल्ने प्लग नभएकाले उनले बिजुलीमा तरकारी पकाउन सकेकी छैनन् । भात पकाउँदा त चामल र पानी राखेर बिर्को लाइदियो, अनि प्लग मात्रै जोडेर छोडिदियो । तर तिउन तरकारी पकाउँदा त नुन, भुटन, बेसार, मसला सबैथोक राखेर बेलाबेला चलाउँदै छोप्दै गर्नुपर्यो । त्यसैले राइसकुकुरमा तिउन तरकारी पकाउन उनलाई अप्ठेरो छ । भात पकाउँदा चाहिँ राइसकुकुर उचालेर तल भर्याङमुनीसम्म ल्याउने, लाने गरेकी छिन् । त्यहाँ चाहिँ बिजुलीको प्लग छ । वरपरकाले त बिजुलीको ओदान अर्थात इन्डक्सन चुल्हो ल्याएर खान पकाउन थालेका छन् । ‘खाना पकाउन पनि सजिलो, हिसाब गर्दा ग्यास भन्दा सस्तो पर्ने रहेछ’ पल्लोघरकी काकीले भनेको उनले सुनेकी थिइन् । 
ल बुढा हामी पनि इन्डक्सन ल्याउन पर्यो भनेर धेरै भनिन् । तर बुढाले चलुञ्जेल यस्तै गरौं, सकिएपछि ल्याउँला भनेको छ । बुढाले इन्डक्सन चुल्हो ल्याउला र वरपरकासँग गफ मिल्नेगरी भात पकाइएला भन्ने उनलाई विश्वास छैन । जेठमा फेरेको ग्यास सिलिण्डरले अझै काम दिइरहेको छ । पहिला पहिला तीन÷चार महिनालाई पुग्थ्यो । अहिले ६ महिना हुँदासम्म एकछाक गुन्द्रुक उमाल्न पुगेकै छ । पहिले पो बिहानको भात बुढाले पनि घरमै खान्थ्यो । अहिले एकछाक त बुढाले बाहिरै भात खान्छ । त्यसमाथि यसपाली धेरै दिन माइत पनि बसियो । त्यसैले वरपरकाले मकैको ढोंड र झ्याँस खोया बालेर धुवाँ उडाउँदै भात पकाउँदा उनले अहिलेसम्म आगो फुक्न परेको छैन । यसैगरी भात पकाउने हो भने हलुंगो हुँदै गएको सिलिण्डरले अझै केही दिन धान्नेमा उनी ढुक्क छिन् ।
                            भात तरकारी पकाउनु छैन, कसैले चाँडो किन नउठेको भनेर गाली गर्ला भन्ने पनि छैन । न उठेर पानी पंधेरो र घाँस भकारो गर्न परोस् । न बालबच्चालाई खुवाउन पिलाउन नै । त्यसैले उनलाई केही बितेको छैन । बिहान उठेर हिँडेको बुढाले आधा काम भ्याइसक्दा उनी ओछ्यानमै छिन् । भएन अब त तलतिरका, वल्लोपल्लो घरका पनि उठेर खैलाबैला गर्न थालिसके भन्दै उनी जिउ तन्काउँदै उठिन् । हात मुख धोइन् । अब हिजो पकाएको भात तिउन तताएर खान पर्यो भनेर भान्सामा पुगिन् । बेलुकी गुन्द्रुक भएको कराईमाथि राखेको थाल छैन ।
यसो किचन र्याक मुनी हेरेको त थाल मिल्किरहेको छ । ला आज मुसाले यता पनि भ्याएछ भन्ने उनलाई लाग्यो । हत्तपत्त कराईमा हेरेको त, गुन्द्रुकको झोलमा त बडेमानको चौटा १ छि  छि मुसा पो डुबेछ । मुसा पनि सानो हो र १ बडेमानको १ बिरालोले पनि झम्टन आँट नगर्ला जस्तो । एकमन त उनले खुच्चिङ पनि भनिन् । यही मुसाले रातभर सुत्न नदिएर हैरान पार्दै आएको छ । कहिले चामल राखेको बोरा खोतलेको छ, कहिले किताब राखेको र्याक र लुगा कोचेको झोला खज्याङ मज्याङ बनाएको छ । रातभर घत्र्याकघुत्रुक गरेर सुत्न दिंदैन । न विष खाएर मर्छ, न लिसोमा टाँसिन्छ । हैरान बनाउँदै आएको मुसा गुन्द्रुकको झोलमा डुबेर मरेछ । खुच्चिङ ठिक्क भयो । 
मुसा मरेकोले खुशी भएर के गर्नु रु अब भात केसँग मुछेर खाने । अलिअलि भएको ग्यास फारो गर्नलाई अहिले भात मुछ्ने गुन्द्रुक हिजै बनाएर राखेको । त्यो पनि मुसा डुबेर फाल्नुपर्ने भयो । ‘थुक्क सरकार यो के गरेको रु खुरुखुरु ग्यास पाउने भए म हिजोको लागि हिजै र आजको लागि आजै भात तरकारी पकाउँथे । मुसा त मर्दैनथियो ।’ मनमनले सरकारलाई सराप्दै कराई उचालेर बाहिर निस्किन् । अलि पर लगेर ह्वात्त मुसो र गुन्द्रुकको झोल फालिन् ।
‘ए बिमला के भयो, बिहानै के फालेकी’ तलकी काकीले भनिन् । बिमलाले गुन्द्रुकको झोल र मुसाको चोक्टाको बेलिबिस्तार लाइन् । ‘हिजोको भात त छ अब नुनखुर्सानीसँग खानुपर्ला काकी’ बिमला माथि उक्लिन् । ‘दाल यहाँबाट लैजाउ, मैले पनि आजलाई पुग्नेगरी हिजै पकाएको हो आगोमा, तर मुसा परेको छैन’ काकीले हाँस्दै भनिन् ।

जातको कथा

चैतन्य मिश्र
                                  
म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र भारतवासीमध्ये धेरैजसो जातव्यवस्थाद्वारा आक्रान्त छौं। जीवन, समाज, अर्थतन्त्र, राजनीति र संस्कृतिका त्यस्ता पक्षहरू पहिचान गर्न कठिन पर्छ जुन जातव्यवस्थाबाट नितान्त अलग रहेका होऊन्। अझ भनौं भने सात समुद्रपारि गएर बस्दासमेत हामी कतिलाई जातले छाड्दैन। वा हामी जातलाई छाड्दैनौं। यस्तो लाग्छ, जात हामीमध्ये धेरैको, सायद सबैजसोको जीवन, समाज, इतिहासमा सर्वव्यापी र अक्षुण्ण बनेर रहेको छ। तर, यो सर्वसत्य हो कि जातको असर पृथक पृथक रूपले संरचित छ। जातव्यवस्थाअनुसार दलित सबैभन्दा बढी आक्रान्त छन्। विरलै स्थान र परिप्रेक्ष्यमा मात्र दलितले अन्य जात समूहसरह आदर(सम्मान प्राप्त गर्छन्। दलितहरूको परचक्रीकरण र नीचकरणु जीवन र समाजको आमपाटो बनेको छ। उँचनीचतामा दलित र अदलितका बीच रहेको विकराल खाडल अन्य जात समूहका बीच भेटिँदैन। तर पनि  तल्लो र माथिल्लोु जातका बीच उँचनीचता, भेदभाव, अलगाव कायम रहेको यत्रतत्र अनुभव गर्न सकिन्छ।तल्लो जात माथि पुगेको केही उल्लेखनीय उदाहरण पक्‍कै छन्। कतिपय माथिल्लो जात तल पुगेका छन्।
चाहे त्यो आर्थिक होस् वा राजनीतिक वा सांस्कृतिक रूपले। तर,आमसत्यु भने जातव्यवस्थाको बोलवालाकै हो। पुरानो अपवाद हाल आम बनेको छैन। यद्यपि सबै माथिल्ला जातुवाला कतिपय हिसाबले उच्च तहमा पनि छैनन्। तीमध्ये केही आक्रान्त नै छन्। म अब आजको विषयवस्तुको चुरो प्रश्‍न उठान गर्ने बिन्दुमा पुगेको छु। जातव्यवस्थाको बोलवालको बेला यो प्रश्‍न कतिपयका लागि नैतिक र राजनीतिक दुवै दृष्टिले विवादास्पद हुनसक्छ। साथै यो प्रश्‍नको जेजस्तो हल खोज्न म लागिरहेको छु, त्यसमा अपुग तत्त्वहरू त धेरै छन् नै। ती हलहरू अनुपयुक्त र त्रुटिपूर्ण पनि हुन सक्छन्। तसर्थ म यहाँ यो आशमा पनि रहेको छु कि मेरा गुरु, मित्र र विद्यार्थीहरूले यो हलहरूको समुचित समालोचना गर्नुहुनेछ र योभन्दा बढी उपयुक्त प्रश्न र हल खोज्नुहुनेछ।