प्रहरी मेरो बन्यो
चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र
बाच्ने मन छ जुनी-जुनी
गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा
मोदीको भिषा रेकर्ड फाईल
अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।
म. प. विश्वविद्यालयले पालुवा…
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा
दलित बालबालिकाको अवस्था
हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।
टेरो कार्ड अनुसार तपाईहरुको सन् २०१६ को राशिफल यस्तो छ
स्टार नभएको अभिनेता दयाहाङ राईको खनाई
पछिल्लो समयका व्यस्त तथा सफल अभिनेता दयाहाङ राईले आफू स्टार नभएको बताउनुएको छ। उहाले आफूले आफुूलाई कहिल्यै स्टार भएको अनुभुति नगरेको बताउनुभयो । स्टार भनेको आफूले सोच्ने नभई अरुले बोल्ने शब्द रहेको उहाको भनाई थियो । फिल्म क्षेत्रमा आउनु पहिले र अहिलेको व्यक्तिगत जीवनयापनमा खासै परिवर्तन नपाएको जिकिर गर्ने उहाले स्टार र स्टारडमको कुरा भनेको काममा निर्भर हुने र कामको मुल्याङ्कनपछि प्रयोग हुने शब्द रहेको ’कबड्डी कबड्डी’ अभिनेताको भनाई थियो । कसलाई स्टार र सुपरस्टार भनिन्छ त्यसको बारेमा केहि बोल्न नचाहेका दयाले सामान्य जीवनयापन नै आफ्नो सोख रहेको बताउनुभयो । सामाजिक कथाका फिल्मलाई महत्व दिने र सोही प्रकारको फिल्ममा अभिनयका सौखिन दयाले कुनै कार्यक्रममा सहभागि हुँदा तथा बाटोघाटोमा हिँड्दा भने फिल्म क्षेत्रमा आउनु पूर्वको समय र अहिलेको समयमा धेरै फरक पाएको बताउँहुन्छ । संगीतमा चम्किदै विवश
तितो मिठो चम्किदै, अभिनयमा थापा
सुर्खेतमा अहिले तितो मिठो नाटकले दर्शकको मन छुन सफल भएको छ । स्थानिय टलीभिजन सुनगाभाबाट हरेका शनीबार साँझ ८ बजेबाट प्रसारण हुने नाटक श्रृङ्खला तितो मिठाले अहिले भनेजस्तै दर्शक कमाउन सफल भएको छ । देशको समसामयिक घटना क्रमलाई समेटेर बनाईएको नाटकले अहिले सबैको मन छाएको हो । दैलेखको पग्नाथ गाउ विकास समिती वडा नं. ८ मा वि.स २०४९ साल कात्तिक ७ गतेका दिन जन्म भएका वेदन थापाको मुख्य भुमिकामा यो नाटक बनेको हो । अहिले वीरेन्द्रनगर सुर्खेतमा बस्दै आएका बहुप्रतिभाशाली वेदन थापाको निर्देशनमा तयार भएको यो नाटकले सुर्खेतका अधिकांश स्थानिय ठाउलाई समेटेर समस्या र घटनाहरुको चित्रण गर्न खाजेको छ । सानै उमेरदेखि हास्य क्षेत्रमा रुची राख्दै आएका थापा कक्षा २ मा पढ्दादेखि नै अभिनयमा प्रवेश गरेको थिए । विद्यालयमा थापालाई शिक्षक उक्तम शर्माले प्रेरणा प्रदान गरेका थिए । “शिक्षक शर्माले कसैको अभिनय नगरेर आफुलाई जस्तो आउछ त्यस्तै अभिनय गर्न उक्साउनुहुन्थ्यो” थापाले भने । विद्यालयमा हुने सबैखाले सांस्कृतिक कार्यक्रममा आफ्ना प्रस्तुती राख्दै आएका थापा अहिले हास्य टेलीश्रृङ््खला “तीतो मिठो”मा एकदमै व्यस्त देखिन्छन् । स्वयम आफैले निर्देशन गरेको टेलीश्रृङ्खला “तीतो मिठो”मा स्थानिय कलाकारहरुको अभिनय रहेको छ भने आफु पनि मुख्य पात्र मसानेको पात्रमा अभिनय गरेका छन् ।
सुर्खेतमा कला क्षेत्रबाट अभिनय सुरु गरेका थापाले लामो समय राजधानी काठमाण्डौमा बसेर हास्य व्यङ्य सिकेका थिए । थापाले अहिले स्थानिय तथा राष्ट्रिय स्तरका विभिन्न टेली श्रृङ्खलामा अभिनय गरिसकेका छन् । स्थानिय टेलीभिजन सुनगाभाबाट प्रसारण हुने नाटक श्रृङ्खला “चटारो” को ५ भागबाट थापाको अभिनय यात्रा सुरु भएको थियो । चटारोमा सहकर्मीहरु चिरन्जीवी सापकोटा, विष्णुभक्त फुयाल, निरुता शाही, चन्द्र मन्दिर लगायतका सुर्खेतका उत्कृष्ण कलाकारको साथ पाएर अभिनय गर्ने अबसर प्राप्त गरेका थिए । त्यसरी आफ्नो अभिनय सुरु गरेका थापा अहिले आएर आफ्नै निर्देशन तथा कथा लेखनमा “तितो मिठो” श्रृङ्खला निर्माण गरेका छन् । जसमा थापाको मुख्य भुमिका पनि रहेको छ । मसाने डाकाको पात्रको रुपमा अभिनय गरेका थापा अहिले हास्यव्यङ्ग्य कलाकारको रुपमा स्थापित भै सकेका छन् । “तितो मिठो”का निर्माता, निर्देशक समेत रहेका थापा मुख्य कलाकार मसानेको भुमिकामा देखिन पाउदा निकै खुसी देखिन्छन् । स्थानिय टेलिभिजन सुनगाभामा हरेक शनिबार साँझ साढे आठ बजे “तितो मिठो”को १० औं भाग दर्शकमाझ पुगिसकेको कुरा बताउदै धेरैले रुचाएको प्रतिकृया आएको पनि बताउछन् । अभिनयगर्ने कला आफुलाई भगवानले वरदान नै दिएको बताउदै अभिनयबाटै जिविकोपार्जन गर्नेछु र यो पेशाबाट सोचेजस्तै सन्तुष्ट छु थापा भन्छन् । कतै कलाकारीता क्षेत्रमा पैसाको मात्र चलखेल हुने हुदा कला क्षेत्र धरावमा परेको गुनासो गरेका छन् । पैसाले नै गर्दा असक्षम व्यक्ति पनि धेरैअगाडी पुगेको र बढ्न सक्छन भने पैसा नभए जस्तो सकै क्षमतावान कलकार पछि नै हुदोरहेछ उनको भनाई छ । पैसाले गर्दा नेपाली कला क्षेत्र वदनमी गर्ने भएकाले कलाकारीतामा पैसाको चलखेल नगर्न सुझाव दिदैं अव आफुले नयाँलाई विशेष प्रथामिकतमा राखेर नाटक निर्माण गर्न लागेको बताउछन् ।बाँच्ने मन छ जुनी जुनी
गोविन्द विश्वकर्मा, सुर्खेतनेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा कलाकारको उदय यो क्षेत्रमा बाक्लो रुपमा हुने गरेको छ । परदेशमा हुँदा आफुले भोगेका बिभिन्न समस्या र घरपरिवारबाट टाढाँ हुँदा आउने ति सम्झनालाई गीतमा राखेर प्रस्तुत गर्न पछील्लो समय थुप्रै सर्जक लागि परेका छन । तिनै सर्जक मध्यका एक हुनुहुन्छ सर्जक तेजेन्द्र बिबश । थुप्रै उत्कृष्ट गीतहरु बजारमा ल्याईसक्नुभएका तेजेन्द्रले परदेशबाटै बिभिन्न गीत रचना गर्नुका साथै गीत प्रस्तुत गर्दै आईरहेको छ । पछील्लो समय सर्जक तेजेन्द्रले बाँच्ने मन छ जूनी जूनी बोलको गीत बजारमा प्रस्तुत गर्नुभएको हो । सधैं सधैं भर आफ्नी मायालुलाई अंगालेर जूनी जूनी बाच्ने मन भएकोले आफुसँगको नाता नतोड्न आग्रह आफ्नी प्रेमिकालाई गर्नुभएको छ यस गीत मार्फत । मर्नै परे पनि आफ्नी प्रेमिकालाई मुटुमा सँगालेर मर्ने मन भएको समेत तेजेन्द्रले गीतमा प्रस्तुत गर्नुभएको छ । सुपारी म्युजिक प्रा.ली मार्फत बजारमा आएको उक्त गीतमा राजेन्द्र कँडेल र पूर्णकला बि.सीको स्वर रहेको छ । गीतको लय तथा शब्द तेजेन्द्र बिबशले नै तयार गगर्नुभएको हो । एकता फिल्मसले उक्त गीतको भिडियो समेत निर्माण गरेको छ ।













