बाँच्ने मन छ जुनी जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत

नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा कलाकारको उदय यो क्षेत्रमा बाक्लो रुपमा हुने गरेको छ । परदेशमा हुँदा आफुले भोगेका बिभिन्न समस्या र घरपरिवारबाट टाढाँ हुँदा आउने ति सम्झनालाई गीतमा राखेर प्रस्तुत गर्न पछील्लो समय थुप्रै सर्जक लागि परेका छन । तिनै सर्जक मध्यका एक हुनुहुन्छ सर्जक तेजेन्द्र बिबश । थुप्रै उत्कृष्ट गीतहरु बजारमा ल्याईसक्नुभएका तेजेन्द्रले परदेशबाटै बिभिन्न गीत रचना गर्नुका साथै गीत प्रस्तुत गर्दै आईरहेको छ । पछील्लो समय सर्जक तेजेन्द्रले बाँच्ने मन छ जूनी जूनी बोलको गीत बजारमा प्रस्तुत गर्नुभएको हो । सधैं सधैं भर आफ्नी मायालुलाई अंगालेर जूनी जूनी बाच्ने मन भएकोले आफुसँगको नाता नतोड्न आग्रह आफ्नी प्रेमिकालाई गर्नुभएको छ यस गीत मार्फत । मर्नै परे पनि आफ्नी प्रेमिकालाई मुटुमा सँगालेर मर्ने मन भएको समेत तेजेन्द्रले गीतमा प्रस्तुत गर्नुभएको छ । सुपारी म्युजिक प्रा.ली मार्फत बजारमा आएको उक्त गीतमा राजेन्द्र कँडेल र पूर्णकला बि.सीको स्वर रहेको छ । गीतको लय तथा शब्द तेजेन्द्र बिबशले नै तयार गगर्नुभएको हो । एकता फिल्मसले उक्त गीतको भिडियो समेत निर्माण गरेको छ ।

0 comments:

Post a Comment