पुस २२ जाजरकाेट – सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता रकमको जाजरकोट जिल्लाका ३० वटै गाउँ विकास समितिहरुमा व्यापक घोटाला भइरहदा समेत नियमक निकायले कुनै चासो दिएको छैन् । गाविसमा हुदै नभएका, बृद्धबृद्धा, एकल महिला, अपाङ्ग तथा दलित बालबालिकाको नाममा फर्जी भरपाई बनाई गाविसका सचिवहरु र गाविसका लेखा सहायक, प्राविधिकको मिलेमतोमा रकमको व्यापक दुरुपयोग गरेको तथ्य फेला परेको छ । जाजरकोट जिल्लाका मजकोट, सुवानाउली, जगतीपुर, पैक, ढिमे, खगेनकोट, रग्दा, भगवती, खलंगा, जुगाथापाचौर, साल्मा, गर्खाकोट, कोर्ताङ्ग लगाएत ३० वटै गाउँ विकास समितिहरुमा सामाजिक सुरक्षा भत्ता रकमको चरम दुरुपयोग हुदै आएको छ । जिविस जाजरकोटले समयमा अध्यावधिक नगर्दा रकमको अनियिमिता बढ्दै गएको हो ।प्रहरी मेरो बन्यो
चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र
बाच्ने मन छ जुनी-जुनी
गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा
मोदीको भिषा रेकर्ड फाईल
अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।
म. प. विश्वविद्यालयले पालुवा…
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा
दलित बालबालिकाको अवस्था
हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।
२२ वर्ष अघि मृत्यु भएका व्यक्तिका नाममा रकम निकासा
पुस २२ जाजरकाेट – सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता रकमको जाजरकोट जिल्लाका ३० वटै गाउँ विकास समितिहरुमा व्यापक घोटाला भइरहदा समेत नियमक निकायले कुनै चासो दिएको छैन् । गाविसमा हुदै नभएका, बृद्धबृद्धा, एकल महिला, अपाङ्ग तथा दलित बालबालिकाको नाममा फर्जी भरपाई बनाई गाविसका सचिवहरु र गाविसका लेखा सहायक, प्राविधिकको मिलेमतोमा रकमको व्यापक दुरुपयोग गरेको तथ्य फेला परेको छ । जाजरकोट जिल्लाका मजकोट, सुवानाउली, जगतीपुर, पैक, ढिमे, खगेनकोट, रग्दा, भगवती, खलंगा, जुगाथापाचौर, साल्मा, गर्खाकोट, कोर्ताङ्ग लगाएत ३० वटै गाउँ विकास समितिहरुमा सामाजिक सुरक्षा भत्ता रकमको चरम दुरुपयोग हुदै आएको छ । जिविस जाजरकोटले समयमा अध्यावधिक नगर्दा रकमको अनियिमिता बढ्दै गएको हो ।नयाँ वर्ष अंग्रेजी, ढाकाटोपी नेपाली, नाकाबन्दीले सिकायो ढाका टोपी लगाउन
पुस १७, सुर्खेत – आजबाट अंग्रेजी वर्षको नयाँ वर्ष सन् २०१६ शुरु भएको छ । विश्वभरका जनताले नयाँ वर्ष मनाइरहेका छन् । विश्वका नागरिकहरुले जस्तै नेपालीहरुले पनि अंंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् । विक्रम सम्बतको नयाँ वर्षका रुपमा वैशाख १ गतेलाई मान्ने गरिए पनि नेपाली समुदायले अंग्रेजी वर्षलाई पनि उत्तिकै उत्साहका साथ नयाँ वर्षका संविधान कार्यान्वयनमा सरकार बाधक स् कांग्रेस उपसभापति पौडेल
दलित महिला संघको अधिवेशनबाट नँया नेतृत्व चयन
पुष ७, नेपालगञ्ज – मंगलबार अबेर नेपालगन्जमा सम्पन्न दलित महिला संघको चौथो राष्ट्रिय अधिवेशनबाट नँया नेतृत्व चयन भएको छ । सम्पन्न अधिवेशनबाट कला स्वर्णकारको अध्यक्षतामा १५ सदस्यीय नँया केन्द्रिय कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा शान्ति पासवान र चमेली परियार, महासचिवमा रेणु सिजापति, कोषाध्यक्ष पुण्यवती रम्तेल, सचिवमा मञ्जु सुनार निर्वाचित भए ।सञ्चार सामग्री क्षति भएका पत्रकारलाई सहुलियत
प्रेस काउन्सिल नेपालले भूकम्प, प्राकृतिक विपत्ति वा आन्दोलनको क्रममा वा रिपोर्टिङको सिलसिलामा कुनै सञ्चारकर्मीको सञ्चार सामग्री वा उपकरणमा क्षति भई नयाँ खरिद गर्नुपर्ने भएमा सहुलियत दिने भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष एवं प्रेस काउन्सिल सदस्य डा. महेन्द्र विष्टका अनुसार काउन्सिलको मिडिया विकास कोषको विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सो निर्णयअनुसार क्षति भएका सञ्चार सामग्री वा उपकरणको सट्टा नयाँ खरिद गर्नुपर्ने भएमा काउन्सिलबाट लागतको २५ प्रतिशत अनुदान प्राप्त हुनेछ । सो सुविधा प्राप्त गर्न सम्बन्धित जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयबाट घटना विवरण र नेपाल पत्रकार महासंघबाट सिफारिससहित निवेदन दिनुपर्नेछ । निवेदन प्राप्त भएपछि सैद्धान्तिक सहमति लिई सामान खरिद गरेपश्चात भ्याट विलका आधारमा बिल बमोजिमको मूल्यमा २५ प्रतिशत रकम सम्बन्धित विक्रेतालाई भुक्तानी हुनेछ । भूकम्प, प्राकृतिक विपत्ति वा आन्दोलनका क्रममा तोडफोड वा क्षति भएका वा रिपोर्टिङको सिलसिलामा सञ्चार सामग्री वा उपकरण क्षति भएको भए सोअनुसार महासंघ केन्द्रमा विवरण पठाउन र काउन्सिलबाट सुविधा लिन सम्वद्ध सबै पत्रकार र महासंघका शाखा एसोसिएट संस्थाहरूलाई नेपाल पत्रकार महासंघले आग्रह गरेको छ ।संसद बैठक पुस ८ गतेसम्मका लागि स्थगित
व्यवस्थापिका–संसद नियमावली मस्यौदा समितिको समय १५ दिन थपिएको छ । व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकले १५ दिनको समय थपेको हो । समितिलाई पुस ५ गतेसम्मको समय दिइएको थियो । काम अझै नसकिएकाले समितिको म्याद थपिएको हो । नियमावलीको लागि उपसमितिले अझै समय मागेको थियो । शुक्रबारको संसद बैठक भने मधेसी मोर्चाले अवरोध गरेन । संसदको अर्को बैठक पुस ८ गतेका लागि बोलाइएको छ । संसद बैठक स्थगित गरिएको यसबीचमा मधेसी मोर्चाका मागलाई संशोधन विधेयकमा कसरी समावेश गर्ने भन्नेमा मोर्चासँग छलफल गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा शुक्रबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र राप्रपा नेपाललगायतका दलको बैठकले संसद बैठक स्थगित गरी मोर्चासँग छलफल गर्ने निर्णय गरेको हो । तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीरतापूर्वक छलफल गर्नका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको सभामुख ओनसरी घर्तीमगरले जानकारी दिनुभयो ।सुनको भाउ घट्यो, ५ वर्षअघिको मूल्यमा कारोबार
शुक्रबार सुनको भाउ घटेर पाँच वर्ष अघिको मूल्यमा पुगेको छ । शुक्रबार तोलामा सातसय रुपैयाँले घटेर सुनको भाउ ४७ हजार ७ सय रुपैयाँमा झरेको छ । बिहीबार सुन तोलामा ४८ हजार ४ सय रुपैयाँ थियो । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले व्याजदर बढाएसँगै त्यसको असर सुनको बजारमा पर्न थालेको हो । अमेरिकाको केन्द्रीय बैंकले झण्डै १० वर्षमापहिलो पटक व्याजदर बढाएपछि सुनमा भएको लगानी अन्य शेयर बजारमा आकर्षित भएकाले भाउ ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार शुक्रबार घटेर पाँच वर्ष अघिको भाउमा पुगेको सुनको मूल्य अझै घट्ने सम्भावना छ । सुनको भाउ तोलामा ४५ हजारसम्म घट्ने आँकलन गरिएको उहाँले बताउनुभयो । शुक्रबार चाँदीको भाउ पनि घटेको छ । ११ दिनसम्म स्थिर रहेको चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो । चाँदी तोलामा ६ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । स्मार्ट ड्राइभिङ लाइसेन्सको वितरण कार्य सुरु, सिता भट्टराई पहिलो स्मार्ट ड्राइभिङ लाइसेन्स पाउने नेपाली
मोरङ बयरवन ८ की सिता भट्टराईले पहिलो स्मार्ट ड्राइभिङ लाइसेन्स् पाउनुभएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले उहाँलाई पहिलो लाइसेन्स वितरण गर्नुभएको हो । विभागले पहिलो चरणमा ५७ जनालाई विद्युतीय ड्राइभिङ लाइसेन्स वितरण गर्न लागेको ललितपुरमा रहेको वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार शुक्रबार पहिलो चरणमा २० गतेदेखि लाइसेन्सका लागि प्रकृया अघि बढाएकालाई वितरण गरिएको हो । अहिलेसम्म ३५ जनाले लाइसेन्स लिएका छन् । नयाँ प्रणालीमार्फत २० गते दरखास्त दिई २१ गते लिखित र २२ गते ट्रायल दिएकाहरुले शुक्रबार स्मार्ट ड्राइभिङ लाइसेन्स पाएका हुन् । शुक्रबार लाइसेन्स पाएका सबै स्कुटर चालकले हुन् । पुराना लाइसेन्स भएकाको भने नवीकरण र प्रतिलिपि दस्तुर लगायत अन्य प्राविधिक प्रक्रिया मिल्न बाँकी रहेकाले केहि ढिलाई हुन सक्ने विभागले जनाएको छ । सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकासहित तराइका दुई जिल्लामा प्रयोगमा ल्याउने योजना भएपनि अहिले तत्कालको लागि काठमाडौंमा मात्र प्रयोगमा ल्याउन लागिएको हो । ललितपुरमा रहेको वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयबाट गएको २० गतेदेखि नै स्मार्ट लाइसेन्स वितरण गर्ने भनिएपनि प्राविधिक र प्रक्रियागत कारणले ढिलो भएको हो । नयाँ स्मार्ट लाइसेन्स लिन अनलाइनबाट दरखास्त फारम भरी यातायात व्यवस्था कार्यालयमा सम्पूर्ण प्रक्रिया पुरा गरेर भरेको दरखास्त बुझाएपछि स्मार्ट लाइसेन्स पाउने सकिने कार्यालयले जनाएको छ । पुरानो कागजी लाइसेन्सलाई स्मार्ट कार्ड बनाउनका लागि भने कार्यालयमा गएर आफ्नो बारेमा जानकारी दिएपछि मात्र पाइने यातायात व्यवस्था कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो ।काठमाण्डु-पोखरा रेलमार्ग निर्माण सम्बन्धमा अध्ययन गर्न चीनको कम्पनी नेपालमा
काठमाण्डु–पोखरा १७१ किमी विद्युतीय रेलमार्ग निर्माण सम्बन्धमा चीनको सरकारी कम्पनीले सम्भाव्यता अध्ययन गर्ने भएको छ । चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसँग भेट गरी शुक्रबारदेखि सम्भाव्यता अध्ययन गर्ने जानकारी गराएको हो । तीन महिनामा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाइने सो अवसरमा जानकारी गराएको मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख विष्णुओम वादेले जानकारी दिनुभयो । काठमाण्डौको टोखाबाट गल्छी–कुरिन्टार–आँबुखैरेनी–डुमे्र–दमौली–दुलगौँडा हुँदै पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन हुन लागेको हो । ‘२४ स्थानमा गरी ६१ किमी सुरुङसहितको १७१ किमी रेलमार्गको सम्भाव्यता अध्ययन शुक्रबारदेखि चीनको सरकारी कम्पनीले सुरु गर्दैछ, रेलमार्गमा ३४ वटा पुल हुनेछ, १६.८ किमीको पुल निर्माण गर्नुपर्ने देखिएको छ’–रेल विभागका महानिर्देशक अनन्त आचार्यले भबताउनुभयो।प्रदीप गिरी र रामेश्वर खनाल पनि बाबुरामको नयाँ शक्तिमा, कलाकार सरोज खनाल पनि नयाँ शक्ति अभियान कै पक्षमा
कमल थापाको टोलीले बेइजिङमा उर्जा बाहेक अन्य व्यापार सम्झौता गर्ने
दक्षिणको छिमेकी भारतले नाकाबन्दी खुलाउन आलटाल गरिरहेका बेला सरकारले चीनसँग व्यापार सम्झौताका लागि उच्चस्तरीय टोली बेइजिङ पठाउने भएको छ । चीनसँग इन्धन लगायतका अन्य व्यापार सम्झौताका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ पठाउन लागिएको स्रोतले जनाएको छ । यहि पुस ८ गते बुधबार अर्थात २३ डिसेम्बरमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ जाने तयारी भएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले उच्चस्तरीय प्रतिनिधि मण्डल चीन जान लागेको स्वीकार गर्नुभयो । रिमालले सरकारका एक बरिष्ठ मन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल ब्यापार सम्झौताको लागि बेइजिङ जाने बताउनुभयो । सम्भवतः त्यसको नेतृत्व उप तथा परराष्ट्रमन्त्रीले गर्नुहुनेछ ।’ प्रतिनिधि मण्डलले चीनसँगको व्यापारका बिभिन्न सम्झौता गर्ने उहाले बताउनुभयो । ‘अब सही अर्थमा हाम्रो देशको व्यापार विविधिकरण गर्ने प्रक्रिया शुरु भएको छ’ रिमालले ‘चीनसँग हामीले विभिन्न चरणका छलफलपछि उच्चस्तरीय प्रतिनिमिण्डल जान लागेको बताउनुभयो ।’ टोलीमा अर्थ, वाणिज्य तथा आपूर्ति, कानुन मन्त्रालय लगायतका सम्बद्ध निकायका उच्च अधिकारीहरु सहभागी रहनेछन् । यो प्रतिनिधि मण्डलले उर्जा सम्बन्धी सम्झौता भने चीनसँग गर्ने छैन ।लालपुर्जा नहुँदा भूकम्पपीडित दलित बस्तीका ५२ परिवार राहतबाट वञ्चित
नेपाल टेलिकमले ल्यायो रिचार्ज बोनस अफर, मोवाईलमा रिचार्ज नै हुदैन
विवादीत पूर्व मन्त्री पराजुलीको अर्को कारनामा, अख्तियारले असुल्यो २ लाख ६० हजार
मानव वेचविखनका घटना बढ्दै, प्रहरीद्धारा ८ युवतीको उद्धार
मधेसी मोर्चा र भारतबीच यसरी सुरुभयो लफडा, भारतले रणनीति फेरेपछि मोर्चामा मारामार
भारतले चारबुँदे रोडम्यापमा आधारीत भएर सहमति गर्न आन्दोलनरत मधेसी मोर्चालाई दवाव दिएपछि मोर्चा समस्यामा परेको छ । मधेसी मोर्चाका नेताहरुले दिल्ली जानु गल्ती भएको बताउन समेत थालेका छन् । परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणका बेला प्रस्तुत गरेको रोडम्यापकै आधारमा अघि बढ्न भारतले मोर्चालाई दवाव दिएको छ । भारतको यस्तो आग्रह पछि मोर्चामा समस्या देखिएको छ । भारतले सीमांकनको मुद्दा तीन महिना भित्र समाधान गर्नकालागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउउने र संयन्त्रको सुझाव जस्ताको तस्तै संसदबाट पारित गर्ने व्यवस्था गर्नेगरि सरकारले दिएको रोडम्याप नै मोर्चालाई मान्न बाध्य पार्ने रणनीति लिएको छ । तर, मोर्चाले संघीयताको सीमांकनकै लागि भन्दै यती कडा आन्दोलन उचालेका हुन् । यसकारण पनि मोर्चामा समस्या आएको हो । उस्ले सीमा नाका अबरोध गर्ने आन्दोलनलाई कडा पार्ने तयारी गरिरहेका बेला भारतले भने सीमा नाका खुकुलो पार्ने तयारी गरिरहेको छ र यसकै प्रमाण स्वरुप वीरगञ्ज बाहेकका नाका सहज बन्दै गएको छ । मोर्चा र भारतकै बीचमा नाका खोल्ने वा रोक्ने भन्ने विषयमा विवाद बढ्ने अवस्था आएको छ । मोर्चाले भनेअनुसार भारत पर्खने अवस्थामा देखिदैन ।भारतीय च्यानल बन्द नगरेको भन्दै विप्लव माओवादीले गर्यो डिसहोममा बम आक्रमण
विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले डिसहोमको अर्थ स्टेशनमा पेट्रोलबम प्रहार गरेका छन् । आज विहान माओवादीका कार्यकर्ताल डिसहोमको ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनमा बम प्रहार गरेका हुन् । विहानै आधा दर्जनको संख्यामा रहेका माओवादी कार्यकर्ता भैसेपाटीस्थित डिस होमको कार्यलयमा पुगेका थिए । विप्लव नेतृत्वको माओवादीका प्रवत्ता खड्गबहादुर विश्वकर्माले घटना आफूहरुले घटाएको स्विकार गर्नुभएको छ । उहाले भारतीय च्यानल बन्द गर्न बारम्बार आग्रह गर्दा समेत अटेर गरेका कारण डिसहोमलाई कारवाही गरिएको बताउनुभयो । विश्वकर्माले डिसहोमले अझै अटेर गरे यो भन्दा ठूलो कारबाही भोग्न डिसहोमलाई चेतावनी समेत दिनुभयो । बम प्रहारपछि डिस होमको प्रसारण बन्द भएको छ । डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले टेलिभिजन प्रसारण बन्द भएको र वैकल्पिक उपायमार्फत पुनः प्रसारणको तयारी भइरहेको बताउनुभयो । भारतले गरेको अघोषित नाकाबन्दी सँगै विप्लव नेतृत्वको नेकपा माओवादीले भारतीय टिभी च्यानल र फिल्म नचलाउन केबुल अपरेटर, डिसहोम तथा फिल्महलहरुलाई पत्र काटेको थियो ।सरकारी कार्यालयमा ‘९० प्रतिशत घुस लेखनदासमार्फत हुन्छ’
सरकारी कार्यालयम लेखनदासमार्फत् ९० प्रतिशत घुस लिने–दिने हुने गरेको तथ्यांक राष्ट्रिय सर्तकर्ता केन्द्रले सार्वजनिक गरेको छ ।सर्तकता केन्द्रले सदरमुकाम खाँदबारीमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व बिषयक कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरेको हो । केन्द्रका प्रहरी उपरिक्षक निरञ्जन बिष्टका अनुसार केन्द्रले ३ दिन सदरमुकाममा गरेको अनुगमनबाट सेवाग्राहीले लेखनदास मार्फत घुस कर्मचारीलाई दिने गरेको पाइएको हो । बिष्टका अनुसार ८ प्रतिशत सेवाग्राहीले कर्मचारीलाई सोझै घुस दिने गरेका छन् । अन्य माध्यामबाट २ प्रतिशत घुस खाने गरिएको छ । २६ प्रतिशत सेवाग्राहीले समयमै काम नभएको, ४२ प्रतिशतले सेवाशुल्क दस्तुर उपयुक्त नभएको, ४६ प्रतिशतले सेवाप्रवाहमा असहजता भएको र ४२ प्रतिशत कर्मचारीको व्यवहार नराम्रो भएको तथ्यांकमा उल्लेख गरिएको छ । ७६ प्रतिशत सेवाग्राहीले सूचनाको हकबारे जानकारी नपाएको समेत बिष्टले बताए । सर्तकता केन्द्रका उपसचिव मनोजकुमार दाहाल र शाखा अधिकृत गेहेन्द्रराज भण्डारीले भ्रष्टाचार नियन्त्रणका लागि गरिएको प्रयासका बारेमा जानकारी गराएका थिए ।स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु
यातायात क्षेत्रमा नयाँपन आउदै, पुस २ गतेदेखि स्मार्टकार्ड चालक अनुमतिपत्र प्रदान गरिने
यातायात क्षेत्रमा हुने अनियमितता र ढिलासुस्ती रोक्ने उद्देश्यले यातायात व्यवस्था विभागले लागू गरेको स्मार्टकार्ड चालक अनुमतिपत्र पुस २ गते बिहीबारदेखि वितरण हुने भएको छ । मङ्सिर २० गतेदेखि यो प्रणालीअनुसार तस्बिर खिचेर फारम भरी परीक्षा पास गरेकालाई पुस २ गतेदेखि स्मार्टकार्ड प्रविधिको चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका निर्देशक एवम् प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो । एसियाली विकास बैंकको सहयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रत्यक्ष निगरानीमा सञ्चालित सूचना तथा सञ्चार प्रविधि विकास आयोजनाको सहकार्यमा विभागले यो प्रणाली शुभारम्भ गरेको हो । विसं २०७० असोजदेखि काम सुरु गरेको आयोजनाको गृहकार्यपछि विभागले एक साता अगाडिबाट हस्तलिखित चालक अनुमतिपत्रका स्थानमा स्मार्टकार्ड वितरण प्रक्रिया सुरु गर्ने र पाँच वर्षभित्रमा हस्तलिखित अनुमति पत्रलाई विस्थापन गर्ने घोषणा गरेको थियो । स्मार्टकार्डका लागि भरिने फारम पनि अब अनलाइनबाटै भर्न सकिने व्यवस्था गरिएको छ, यसका लागि यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा केही संशोधन गर्नुपर्ने विभागले जनाएको छ । संशोधनको प्रक्रिया पनि अघि बढेको उहाँले जानकारी दिनुभयो वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट मङ्सिर २० देखि स्मार्टकार्ड चालक अनुमति पत्र वितरणका लागि प्रक्रिया सुरु भएको थियो । यसलाई छिटो अन्य कार्यालयमा पनि विस्तार गर्ने तयारी भएको बताइएको छ ।











