प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

बाच्ने मन छ जुनी-जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा

मोदीको भिषा रेकर्ड फाईल

अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

म. प. विश्वविद्यालयले पालुवा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा

दलित बालबालिकाको अवस्था

हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।

Showing posts with label अनुभब र अनुभुती. Show all posts
Showing posts with label अनुभब र अनुभुती. Show all posts

एक दिन ‘वास्तविक’ लोकगायक भएर आउनेछु: राजु परियार

गोविन्द विश्वकर्मा काठमाडौं
लमजुङ जिल्लाको चिसापानीमा २०३६ साल असार १५ मा जन्मिएका राजु परियारले औपचारिक रुपमा २०५६ सालबाट गायन सुरु गर्नुभएको हो । काठमाडौं आएपछि पुकार दोहोरी साँझमा काम गर्ने अवसर पाएसँगै उहाको सांगीतिक करिअर सुरु भएको थियो । उहाका सुनपानी, रुमाल धोको छु, गर्नुगर्‍यौ बलराम भैंसी पालेर, लागुपाते नुग्यो भुँइतिर, झिमझिम सानु नझिम्क्याउ परेली, फुलमा मौरी डुल्ने बेलामा जस्ता गीतहरु चर्चित छन् । आफूलाई नेपाली संगीत इतिहासमै सबैभन्दा बढी गीत रेकर्ड गर्ने कलाकार भनि दाबी गर्ने परियारले एकै दिनमा १३ वटा गीतसम्म रेकर्ड गरेको अनुभव सुनाउनुहुन्छ । लोक गायन क्षेत्रकै नायकका रुपमा चिनिनुभएका परियार केही वर्ष पारिवारिक तनावका कारण अत्याधिक मदिरा सेवन गरि जेलसमेत बस्नुभयो भने केही वर्ष त उहा गुमनाम समेत रहनुभयो । हाल आएर उहा स्टुडियो र विभिन्न कार्यक्रममा झल्याकझुलुक देखिन थाल्नुभएको छ । पछिल्लो समय मन्जु पौडेलसँग उहाले गाएको ‘सुपारीको तल्तल्ले ’ बोलको गीत चर्चामा समेत रहेको छ । सांगीतिक क्षेत्रमा सक्रिय ढंगबाट लाग्ने बताउँदै आएका राजु परियारसँग गरिएको कुराकानी
>एक समय निकै चर्चामा रहेर पनि अचानक गुमनामजस्तै भएर फेरि नेपाली लोक सांगीतिक क्षेत्रमा केही सक्रिय देखिनुभएको छ । यसलाई तपाईको ‘पुनरागमन’ भन्दा हुन्छ ? 
त्यो भन्दा पनि राजु परियार सांगीतिक क्षेत्रमा लागि नै रहन्छु भनेर कसम खाएर आएको हो । बीचमा अब यो क्षेत्रमा आउँदिन भनेको पनि हुँ । केही पारिवारिक समस्या थियो । अब त्यस्तो छैन । मन चङ्गा भएको छ, अब म आम श्रोताको काख–पोल्टामै रहन्छु ।

>हिजोको दिनमा ‘अब यो क्षेत्रमा आउँदिन’ भन्ने मनसाय चाँही किन बनाउनु भएको ?
मनमा पाप छैन । सिधै भन्नुपर्दा केही समस्याहरु, केही अप्ठ्याराहरु थिए । अहिले खुल्ला आकाशझै भएको छु ।

>तपाईको पारिवारिक अवस्थालाई लिएर विभिन्न टिका–टिप्पणी हुने गर्छन्, पारिवारिक अवस्थाको बारेमा के भन्नुहुन्छ ?
मसँग केही थियो र पो कुरा गरे । मसँग केही थिएन भने त कसले कुरा गर्ने ? 
मसँग कुनै दिन चुलो बल्ने स्थिती भएन होला । सबै कुरा भनिरहनु जरुरी छैन ।

>राजु परियार चर्चित कलाकार भएर पनि ‘स्ट्याण्डर मेन्टेन’ गरेर हिँड्नुपर्ने हो, त्यो चाँही गदैन भन्छन् नि ?
यसो हो, खोले र सिस्नु खाएर धानको भातको कुरा गर्नु हुँदैन । हिजोको खोले बिर्सियो भने धानको भातले सराप्छ ।

>अहिले तपाईका गीत खासै सुनिदैंन, स्टुडियोमा पनि टाइम दिएर आउनुहुन्न रे, किन ?
यस्तो छ, हिजोको दिनमा लहैलहैमा गाएँ होला, अब त्यसरी गाउँदिन । संख्यात्मकभन्दा अब गुणात्मक गीत गाउँछु । कतिपयका गीत मलाई मन परेन होला । त्यसैले गाइनँ ।

>मौकामा हिरा फोर्नु भन्छन्, तपाईको यस्तो मिठो आवाज छ, पर्याप्त गीत किन नगाउनु भएको ?
म अझै लोक गायक भैसकेको रहेनछु । सिक्दै छु । उमेर अझै बाँकी छ । अघिनै भनिसकेँ, संख्यात्मकभन्दा गुणात्मक गीत गाउँछु ।

>अहिलेसम्म कति गीत गाउनु भयो ?
अहिलेसम्मको तथ्याङ्कमा १५ हजार कट्यो भन्ने छ । तर मैले ठ्याक्कै मेसो पाएको छैन । अब खोजी गर्दै छु ।

>अहिलेको वर्तमान लोक गीतको क्षेत्रलाई तपाईले कसरी हेर्नुभएको छ ?
झलकमान, मेलवादेवी, धर्मराज थापाको जस्तो गीत आजभोली आउँदैन । दुःखलाग्दो कुरा हो । माटो सुहाउँदो गीत गाउने प्रतिक्षामा म पनि छु । म कसैलाई दोष दिन चाहन्नँ ।

>आगामी दिनमा आफ्नै एलबम ल्याउनुहुन्छ वा के गर्नु हुन्छ ?
अवश्य पनि म आफ्नै एलबमको तयारीमा छु । तपाईहरुकै सल्लाह, सुझाव अनुसार आगामी दिनमा एकल र कलेक्सन गीत छिट्टै आउँदै छ । तपाईहरु अब ढुक्क हुनुस् कि राजु परियार यो क्षेत्र छोडेर अब कतै जाँदैन, यो मेरो कसम भयो ।

>अचेल देश–विदेशमा सांस्कृतिक कार्यक्रममा कलाकारहरु जाने होड नै चलेको छ, तपाई खासै जानुहुन्न, किन ?
राजुपरियारले अहिलेसम्म १८/१९ देश घुमिसक्यो । कार्यक्रममा बोलाउँदैमा मात्र पनि जान्नँ । त्यो कार्यक्रम कुन उद्देश्यले गरिएको छ, बिचार गर्छु । त्यही भएर त्यस्ता कार्यक्रममा म कम पुगेँ होला ।

>नेपाली संगीतको भविष्यचाँहि कस्तो देख्नुहुन्छ ?
सुन्तला रोपेर आँपको कुरा गर्नु हुन्नँ । यतिबेला हामीले सही विजारोपण गरिरहेका छैनौं । राम्रो ग¥यो भने भविष्य छ । म आफैंले पनि रामो गीतको खोजी गरिरहेको छु । हाम्रा देउडा, पूर्वको हाक्पारे, सालैजो गाउन सकियो भने निकै रामो भविष्य छ ।

>कलाकारलाई राज्यले दिनुपर्ने सम्मान कतिको पाएको महसुस गर्नुभएको छ ?
तपाईको कुरा सुनेर मलाई हाँसो उठ्यो । राज्यले मलाई पनि कलाकार भन्छ र रु संस्कृतिमन्त्रीलाई संस्कृतिको ‘स’ पनि थाहा हुँदैन । नयाँ संविधान आएको छ । कलाकारका हकहितका कुरा कहाँ छन् ? म राज्यबाट केही अपेक्षा गर्दिनँ । अझै केही गर्न सकेँ भने राज्यले एक दिन सम्झेला ।

>अन्त्यमा आफ्नो श्रोतालाई के भन्नुहुन्छ ?
म तपाईहरुकै भाई, भतिजो, छोरा हुँ । माया गरिनै रहनुस्, एक दिन वास्तविक लोक गायक भएर आउनेछु ।