प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

बाच्ने मन छ जुनी-जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा

मोदीको भिषा रेकर्ड फाईल

अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

म. प. विश्वविद्यालयले पालुवा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा

दलित बालबालिकाको अवस्था

हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।

Showing posts with label राष्ट्रिय. Show all posts
Showing posts with label राष्ट्रिय. Show all posts

सरकार र मोर्चाबिच छलफल

काठमाडौ, कात्तिक २८ । संविधान संशोधनबारे सरकार र मधेसी मोर्चाबिच सोमबार  छलफल हुने भएको छ । 
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबारसम्म संशोधन प्रस्ताव संसदमा दर्ता गराउने बताइरहेका बेला मोर्चासँग छलफल गर्न लागेका हुन् । सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बोलाइएको बैठकमा सरकारले संविधान संशोधनका लागि तयार पारेको प्रस्तावबारे जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

मोर्चाले आफूहरुसँग भएको तीन बुँदे सहमतिअनुसार सरकारले संविधान संशोधनको प्रस्ताव नल्याएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिइरहेका बेला सरकारले संशोधन बारे औपचारिक छलफलका लागि बोलाएको हो । 

मोर्चाले केही दिनदेखि आफ्ना माग पूरा गराउन आलटाल भएको भन्दै प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने प्रयास गरे पनि दाहालको व्यस्तताका कारण हुन सकेको थिएन । 

आन्दोलन र दलको माग पूरा गर्न सरकारले सीमाङ्कन, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र भाषाको विषयमा संशोधन प्रस्ताव लैजाने तयारी गरेको छ । 

तर, मधेसी मोर्चाले भने आफूले सरकारलाई बुझाएको ११ बुँदे मागअनुसार संशोधन हुनुपर्ने बताइरहेको छ । 

चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने दिन

काठमाडौ, कात्तिक २९ । आज सोमबार चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँदैछ । 


पछिल्लो ६८ वर्षमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो । नेपाली समय अनुसार आज बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दानजिक आउने छ । 

त्यसबेला चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार पाँच सय ९ किलो मिटर पर हुनेछ । सन् १९४८ पछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो । 

नियमित पूर्णिमामा भन्दा आज चन्द्रमाको आकार १४ प्रतिशतले ठूलो देखिने छ । अरु पूर्णिमामा भन्दा ३० प्रतिशत बढी चम्किलो पनि हुनेछ । 

यस्तै दृष्यका लागि अब सन् २०३४ को नोभेम्बर २५ सम्म कुर्नुपर्ने खगोलविदहरुले जनाएका छन् ।

प्राविधिक विषयमा भर्नाका लागी नयाँ मापदण्ड

काठमाण्डौ, असार २४ । प्राधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले एसएलसी उत्तीर्ण विद्यार्थीलाई प्राविधिक विषयमा भर्ना हुन मापदण्ड परिवर्तन गरेको छ ।

सिटिइभिटी राष्ट्रिय पाठ्यक्रम बोर्डको आज बसेको बैठकले भर्ना मापदण्ड परिवर्तन गरीे प्राविधिक विषयको डिप्लोमा कोर्समा भर्ना हुन यसअघि तोकेको मापदण्ड परिवर्तन गरेको हो ।

सिटिइभिटीले एसएलसीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘डी प्लस’ ल्याउने विद्यार्थीले समेत डिप्लोमा कोर्समा भर्ना हुन पाउने व्यवस्था गरेको सिटिइभिटीका सदस्य–सचिव डा रामहरि लामिछानेले जानकारी दिए ।


यसअघि डिप्लोमा तहको सबै विषय अध्ययनका लागि अङ्ग्रेजी, गणित र विज्ञान विषयमा सी ग्रेड’ ल्याएको हुनुपर्ने व्यवस्था गरेकामा अहिले यो परिवर्तन गरेको हो ।

सिटिइभिटीले स्वास्थ्य विषयको डिप्लोमा कोर्सका लागि जिपिए कम्तीमा दुई, अङ्ग्रेजी, गणित र विज्ञानमा ‘सी’ ल्याएको हुनुपर्ने व्यवस्था भने यथावत् राखेको छ ।

इन्जिनियरिङतर्फ डिप्लोमा पढ्न अङ्ग्रेजीमा  ‘डी प्लस’, विज्ञान र गणितमा ‘सी’ भए पुग्ने आजको बैठकले निर्णय गरेको लामिछानेले जानकारी दिए ।

कृषि र वनमा डिप्लोमा कोर्स पढ्नको लागि अङ्ग्रेजी, गणित र विज्ञानमध्ये दुई वटामा ‘सी’ र एउटामा ‘डी प्लस’ भए पनि भर्ना हुन पाउने र होटल म्यानेजमेन्ट, उद्यमशीलता विकास र सोसल वर्कजस्ता विषयमा डिप्लोमा कोर्सका लागि अङ्ग्रेजी, गणित र विज्ञानमा ‘डी प्लस’ भए पनि भर्ना पाइने व्यवस्था गरेको सदस्य–सचिव लामिछानेले जानकारी दिए ।

नेपाल शानदार जितसँगै फाइनलमा, नवयुगले गरे ह्याट्रिक

गोविन्द विश्वकर्मा
काठमाडौं, माघ ५ – नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार भएको सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै नेपालले पहिलोपटक बंगबन्धु गोल्डकपको फाइनलमा ठाउँ बनाएको हो । नेपाललाई जिताउनेक्रममा नवयुग श्रेष्ठले ह्याट्रिक गरे । यो बंगबन्धु गोल्डकपको जारी श्रृंखलाको पहिलो ह्याट्रिक हो ।नव युगले खेलको ३१औं, ६२ औं र इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् । त्यस्तै, नेपालको तर्फबाट ५२औं मिनेटमा विशाल राईले गोल गरेका थिए । ७६औं मिनेटमा भने नेपालले गोल खायो । माल्दिभ्सका नासिद अहमदले एक गोल फर्काएका हुन् । नेपाली गोलकिपर विकेश कुथुले तीन सय ४५ मिनेटको खेलपछि गोल खाएका हुन् । नेपालले समूह चरणमा बंगलादेश र मलेसियाको फेल्डा युनाइटेड क्लबसँग गोलरहित बराबरी खेल्दा श्रीलंकालाई १–० ले हराएको थियो । नेपालले उपधिका लागि फाइनलमा शुक्रबार बहराइनको टिमसँग खेल्नेछ । सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले हराउँदै बहराइन फाइनलमा पुगेको हो । दुबै टिम बंगबन्धु गोल्डकपमा पहिलोपटक फाइनलमा पुगेका हुन् ।

तराई मधेसमा सरकारले ल्यायो ५० अर्बको यस्तो योजना, छानबिन समिति गठन

गोविन्द विश्वकर्मा
माघ ४, काठमाडौं – सरकारले तराई मधेसका आठ जिल्लालाई समेटेर ‘बहुवर्षीय तराई मधेस सिँचाइ विशेष कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । खडेरीका कारण सुख्खाप्रायः अवस्थामा रहेका ती जिल्लामा कृषि उत्पादन बढाउने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने उद्देश्यका साथ बहुवर्षीय विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो कार्यक्रमअन्तर्गत हरेक वर्ष १० अर्ब खर्च गर्ने सरकारको योजना रहेको छ । सिँचाइ मन्त्री उमेश यादवले बहुवर्षीय योजनाअन्तर्गत आगामी पाँच वर्षसम्म सो कार्यक्रम सञ्चालन हुने बताउनुभयो । हरेक वर्ष १० अर्बको दरले पाँच वर्षसम्म ५० अर्ब सो कार्यक्रममा खर्च गर्ने तयारी गरिएको छ । बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषा, महोत्तरी जिल्लामा प्रभावकारी एवम् वैज्ञानिक सिँचाइ प्रणालीको विकास गर्ने र कृषि उपजमा आत्मनिर्भर बनाउने लक्ष्य सरकारको रहेको मन्त्री यादवको भनाइ छ । कार्यक्रम सञ्चालन गर्न सिँचाइले अर्थ मन्त्रालयसँग छलफल गरिसकेको छ । मन्त्री यादवले ‘सिँचाइको क्षेत्रमा नमुना परियोजनाका रुपमा ती जिल्लामा कार्यक्रम सञ्चालन गर्न अर्थ मन्त्रालयसँग छलफल भइसकेको बताउनुभयो । अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सकारात्मक देखिनु भएको छ । सुनकोसी– कमला डाइभर्सन सिँचाइ आयोजना हरेक आवको बजेट वक्तव्यमा छुटेको छैन । विसं २०२७ देखि सो आयोजना बजेट, नीति तथा कार्यक्रममा राखिएपनि हालसम्म अगाडि बढ्न सकेको छैन । कृषि विकास मन्त्रालयको तथ्याङ्कअनुसार तराई मधेसका आठ जिल्लामा खडेरीका कारण धान उत्पादन घटेको छ । धान उत्पादन कम हुँदा खाद्य सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्नेछ । सप्तरीमा गत वर्ष ४० प्रतिशत क्षेत्रमा रोपाइँ भएकामा यस वर्ष २१ प्रतिशत, धनुषामा ३०, सर्लाहीमा २२, रौतहटमा ३५, बारामा ५५ र पर्सामा ६० प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको थियो । खडेरीको मारमा परेका ती जिल्लामा योजनाबद्ध रुपमा स्यालो ट्युबवेल जडान गर्ने कार्यक्रम तराई मधेस सिँचाइ विशेष कार्यक्रममा समावेश गरिनेछ । आठ जिल्लामा हरेक वर्ष स्यालो ट्युबबेल जडान गर्ने कार्यक्रम अगाडि सारिन्छ । तर समस्या जस्ताको तस्तै रहने गरेको छ । आकाशे पानीको भरमा मात्रै खेती गर्नुपर्ने बाध्यता किसानका लागि सधैँ उस्तै छ । कृषि उपज उत्पादनमा कमी हुँदा आठ जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ भने जमिन बाँझो राख्ने क्रम पनि बढ्दै गएको छ । तराईका आठ जिल्लामा पूर्ण रुपमा रोपाइँ हुन नसक्दा राज्यले प्रतिवर्ष १५ अर्ब बढीको नोक्सानी बेहोेर्नु परेको छ । कागजमा मात्रै सीमित स्यालो ट्युबबेल र सिँचाइ आयोजना वास्तविक रुपमा किसानको खेतसम्म नपुग्दा समस्या उत्पन्न भएको भन्दै आफूले योजनाबद्ध कृषि विकासको लागि सिँचाइको योजना अगाडि सारेको मन्त्री यादवले बताउनुभयो ।

दोस्रो जनआन्दोनपछिका सबै कार्यक्रमको अनुसन्धान गरिने
मन्त्रालयले दोस्रो जनआन्दोलनपछि हालसम्म सञ्चालन गरिएका सिँचाइ आयोजनाको सम्बन्धमा तथ्यसङ्गत छानबिन गर्ने भएको छ । ‘सिँचाइ आयोजना ‘जनताको खेतमा छ कि दलालको पेटमा’ छ सो को छानबिन गरिन्छ । राज्य कोषको दुरुपयोग कोही कसैले गर्न हुँदैन, पाइदैन’ यादवले भन्नुभयो । अधिकांश आयोजना कागजमा मात्रै रहेको, अख्तियारको दुरुपयोग भएको, जनताको काम नगर्ने, आर्थिक अपचलन गर्ने प्रवृत्ति मौलाएको भन्दै त्यसको छानबिन हुने र दोषीमाथि कारबाही गरिने उहाले बताउनुभयो ।
छानबिन समिति गठन
मन्त्रालयले गण्डक, वाग्मती, सप्तरीको चन्द्र नहर र सुनसरी–मोरङको सिँचाइ आयोजनाको वर्तमान अवस्था, सुधारका उपायलगायत विषयमा स्थलगत अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । सिँचाइ मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन गरिएको सो समितिमा सिँचाइ मन्त्रालयका पूर्वसचिव शीतलबाबु रेग्मी र सिँचाइ विभागका पूर्व महानिर्देशक शिवकुमार शर्मा सदस्य हुनुहुन्छ । समितिलाई १५ दिनको समयसीमा प्रदान गरिएको छ । सो समयसीमाभित्र ती आयोजना सुधार गर्न के–के गर्न सकिन्छ भन्ने आवश्यक सुझाव समितिले दिने र कार्यान्वयनमा लैजाने मन्त्री यादवले बताउनुभयो । नेपाल राष्ट्र बैंकका अनुसार बर्सेनि चामल आयात बढ्दै गएको छ । आव २०७१÷७२ मा करिब रु १५ अर्बको चामल आयात भएको थियो भने चालु आवको हालसम्म पनि चामल आयातको मात्रा बढ्दै गएको छ । आयात प्रतिस्थापन गर्न पनि धान पकेट क्षेत्रको रुपमा रहेको तराईका आठ जिल्लामा प्रभावकारी रुपमा सिँचाइ आयोजना अगाडि बढाउनु आवश्यक देखिन्छ ।

कांग्रेस नेतृत्वमा किचलो, ७ हजारभन्दा बढी सदस्यले महाधिवेशनमा भाग लिन नपाउने

गोविन्द विश्वकर्मा
माघ ४, काठमाडौं – नेपाली कांग्रेसमा देखिएको गुट–उपगुटको खिचातानीले नयाँ क्रियाशील सदस्यताको आवेदन भरेका सात हजारभन्दा बढी सदस्य आसन्न १३औं महाधिवेशनको चुनावी प्रक्रियामा भाग लिनबाट बन्चित हुने भएका छन् । कांग्रेसमा सभापति सुशील कोइराला ९संस्थापन० र वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष पार्टीमा आफ्नो वर्चस्व कायम राख्न क्रियाशील सदस्यता बढाउने होडमा लाग्दा नयाँ क्रियाशील सदस्यताको फाराम भरेका सात हजार ४९४ सदस्य त्यो अवसरबाट बन्चित हुन लागेका हुन् । क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न पार्टी पदाधिकारी बैठकले पछिल्लोपटक गरेको निर्णयअनुसार कैलालीमा करिब पाँच हजार १४४, सोलुखुम्बुका एक हजार३५० र रौतहटका एक हजार नयाँ क्रियाशील सदस्य चुनावी प्रक्रियाबाट बन्चित भएका छन् । यी तीनै जिल्लामा कोइराला र देउवा दुबै पक्षबीच सदस्यता सम्बन्धमा कडा विवाद देखिएपछि दुबै पक्षका नेता र कार्यकर्ता पार्टी कार्यालय सानेपामा अनशनसमेत बसेका थिए । कैलालीमा नयाँ क्रियाशील सदस्यमध्ये एकहजार ६४४ प्रक्रिया नपुर्‍याइ आएको भन्दै देउवा पक्षले विरोध गरेको थियो भने संस्थापन पक्षले सबै प्रक्रिया पुगेको भन्दै ती सदस्यता सदर हुनुपर्ने माग गरेको थियो । दुबै पक्षबीच देखिएको विवाद अन्ततः शीर्ष नेतृत्वसम्म पुगेपछि ‘कि सबै सदर कि सबै बदरको स्थितिमा पार्टी नेतृत्वले कैलालीका ६ ओटै निर्वाचन क्षेत्रका सबै नयाँ सदस्यतालाई हाललाई स्थगन गर्ने निर्णय गरेको थियो । पार्टीको  निर्णयले संविधानसभाको दोस्रो निर्वाचनमा उल्लेख्य भूमिका निर्वाह गरेका अधिकांश युवा वर्ग, नवप्रवेशी थारु समुदाय र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेसमा प्रवेश गरेका सदस्य मर्कामा परेको कैलाली कांग्रेसका सभापति नरनारायण शाह र पूर्वसभापति गोविन्दराज जोशी बताहुन्छ ।सोलुखुम्बुमा दुबै गुटको खिचातानीले एक हजार ३५० नयाँ सदस्य १३औं महाधिवेशनको निर्वाचन प्रक्रियाबाट बन्चित भएका छन् । सोलुखुम्बु कांग्रेसका सभापति आङगेलु शेर्पाले पार्टीमा नयाँ रक्तसन्चारकारुपमा भित्रिएका युवा वर्गको सदस्यता स्थगन गर्दा यसले पार्टीलाई दीर्घकालीन असर पार्ने बताहुन्छ । पार्टीको यस निर्णयले निकट भविष्यमा हुने स्थानीय निर्वाचनमा पार्टीलाई प्रतिकूल असरपार्ने सभापति शेर्पाको भनार्इ छ । सोलुखुम्बु निवासी कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले भने पार्टी कब्जा गर्ने र पार्टीका इमान्दार, कर्मठ र त्यागी नेता कार्यकर्तालाई पाखा लगाउने मनसायले जिल्लामा अनावश्यकरुपमा क्रियाशील सदस्यता वितरण गरिएको देखिएकाले पार्टी बचाउन त्यस्तो निर्णय गरिएको बताउनुभयो ।
रौतहट कांग्रेसका सभापति कृष्णप्रसाद यादव जिल्लामा संगठन बलियो बनाउन आफूले नयाँ सदस्यता वितरण गरेको भएपनि नेतृत्वको स्थगन गर्ने निर्णयले जिल्लाका कांग्रेस जनप्रति घात भएको बताउनुहुन्छ । अर्कोतिर, रौतहट निवासी अफताव आलम व्यक्तिगत स्वार्थ र विधानविपरीत वितरण गरिएका नयाँ सदस्यता स्थगन गरेर नेतृत्वले पार्टीलाई विधानसम्मत बनाएको दाबी गर्नुहुन्छ । ६ निर्वाचन क्षेत्र रहेको रौतहटमा पार्टीले १, २, ३ र ४ निर्वाचन क्षेत्रका सबै नयाँ सदस्यता हाललाई स्थगन गर्ने निर्णय गरेको छ ।
पार्टीको गत पुस २७ गते बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद समाधान गर्न गरेको निर्णयसँगै पार्टीमा १३औं महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य संख्या चार लाख ७० हजार ६५५ कायम भएको छ । कांग्रेसको १२औं महाविधेशनका लागि तीन लाख १३ हजार ८३६ जना क्रियाशील सदस्य रहेका थिए । त्यसमध्ये दुई लाख ५७ हजार ४०२ जनाले नवीकरण गरेका छन् भने १३औं महाधिवेशनका लागि कुल दुई लाख दुई हजार १७९ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत भएको पार्टी कार्यालयले जनाएको छ । कांग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन यही माघ १५ गते हुँदैछ भने कुनै नगर वडा र नगर अधिवेशन एकैदिन गर्न असुविधा भए नगर अधिवेशन माघ १६ गते गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, क्षेत्रीय अधिवेशन यही माघ २२ गते र जिल्ला अधिवेशनका लागि माघ २५ गते मिति तोकिएको छ । केन्द्रीय महाधिवेशन भने आगामी फागुन २०, २१, २२ र २३ गते काठमाडौंमा हुनेछ ।

स्थानीय निकायको निर्वाचन मिति चाँडै तय गर्ने उपप्रम थापा

गोविन्द विश्वकर्मा
पुस २८, काठमाडौ – उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले सरकारले चाँडै स्थानीय निकायको निर्वाचनको मिति तोक्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको सत्ताइसौँ नगर परिषद्बाट पारित बजेट, योजना तथा कार्यक्रम सार्वजनिक समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा थुप्रै समस्या आएकाले त्यसलाई सरकारले चाडै सम्बोधन गर्ने बताउनुभएको हो । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री थापाले भन्नुभयो, “स्थानीय निकायमा कार्यरत कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाचित जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने तयारी गर्नु होला ।”
उहाँले एक वर्षभित्र कोटेश्वरको तीनकुनेमा विशाल बौद्ध स्तम्भ निर्माण गर्न र महानगरका सम्पूर्ण सडकमा सडक बत्तीको व्यवस्था गर्न निर्देशन दिनुभयो । उहाँले आफ्ना काम कारबाहीलाई पारदर्शी एवम् जनताको अपेक्षाअनुसार अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । आगामी दुई वर्षभित्रमा सडकको सञ्जालले नछोएका ५०० गाविसमा सडक पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री थापाले सोहीअनुसारको योजना तथा कार्यक्रम बनाएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले देशका विभिन्न समुदायबाट संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दल र त्यहाँ आबद्ध विविध क्षेत्र, जाति, भाषा धर्म मान्ने सभासद्को साझा सहमतिको दस्तावेज संविधान विश्वकै उत्कृष्ट भएको बताउनुभयो । केही व्यक्ति तथा समुदायले जारी संविधानप्रति असन्तुष्टि जनाउनु सामान्य भएको बताउँदै मन्त्री थापाले तराईमा जारी आन्दोलन तन्काउनुको कुनै अर्थ छैन भन्नुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाबाट प्रतिनिधित्व गर्ने सांसद दीपक कुँइकेल, रामेश्वर फुयाँल, रामवीर मानन्धर, ध्यानगोविन्द रञ्जित र राजेन्द्र केसीले जारी विधानको कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले महानगरको एकीकृत विकास र पुनःनिर्माणका लागि सबै राजनीतिक दल र स्थानीयस्तरमा कार्यरत सामाजिक संस्थाको एकता आवश्यक भएकाले त्यसतर्फ सबैको जोड हुनुपर्ने बताउनुभयो । 
त्यसैगरी, प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र पूर्व मुख्यसचिव लीलामणि पौड्यालले स्थानीय निकाय नै लोकतन्त्रको पाठशाला भएकाले दिगो विकासका लागि स्थानीय निकायको निर्वाचन तत्काल हुनुपर्ने बताउनुभयो । कार्यक्रममा महानगरका विषयमा समाचार लेख्दै आएका ‘नयाँ पत्रिका’का पत्रकार टेकराज थामी, ‘अन्नपूर्ण पोष्ट’का गोपीकृष्ण ढुङ्गाना, ‘नागरिक’का ज्ञानु न्यौपाने र ‘रातोपाटी’ अनलाइनका राजेश भण्डारीलाई जनही रु १५ हजारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यसैगरी, महानगरपालिकामा रही उत्कृष्ट कार्य गर्ने कर्मचारी डा उत्तरकुमार रेग्मी, हरिबहादुर कुँवर, धनपति सापकोटा, सुलोचना श्रेष्ठलगायतलाई पुरस्कृत गरिएको थियो भने महानगरमा अनवरतरुपमा सेवा गर्दै आएका कर्मचारीलाई ‘दीर्घसेवा पदक’बाट सम्मान गरियो ।

अख्तियारको टोली मलेसियातर्फ लाग्यो

गोविन्द विश्वकर्मा
पुस २८, काठमाण्डौ – वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली कामदार विभिन्न श्रम शोषण, ठगी र यौनजन्य हिंसा परेका हजारौँ उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली स्थलगत अनुमगन गर्न मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । आयोगका सहसचिवको नेतृत्वमा रहेको अनुसन्धान टोलीले श्रमिकले समस्या भोग्नुपरेको मुख्य बिन्दुमा नै गएर आठ दिनसम्म स्थलगत अध्ययन अनुसन्धान गर्ने प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिनुभयो । उक्त टोलीमा आयोगका दुई अनुसन्धान अधिकृतका अतिरिक्त वैदेशिक रोजगार विभागका महानिर्देशक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशकसमेत रहेका छन् । टोलीले नेपाली कामदार कार्यरत कम्पनी, विभिन्न अभियोगमा हिरासतमा रहेका नेपाली कामदार, श्रमशोषणमा परेका कामदार तथा सम्बद्ध निकायसँग पनि छलफल तथा अन्तरक्रिया गर्नेछ ।
मलेसिया नेपाली कामदार रोजगारीका लागि जाने प्रमुख गन्तव्य हो । सो मुलुकमा १० लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको अनुमान गरिएको छ । समस्यामा परेका नेपाली कामदारलाई निःशुल्क कानुनी परामर्श तथा उपचार दिलाउने काममा सहयोग पु¥याउन मलेसियाली बार एसोसियसनसँग समेत टोलीले पहल गर्नेछ । प्रवक्ता पुस्करकाअनुसार नेपाली ‘एजेण्ट’बाटै ठगीमा परेको, शोषण व्यहोर्न बाध्य तथा यौनजन्य हिंसाबाट प्रताडित हुने कार्य कसरी रोक्न सकिन्छ भन्ने विषयमा पनि टोलीले अनुसन्धान गर्नेछ । रोजगारीको प्रमुख गन्तव्यका रुपमा परिचित मलेसियामा कार्यरत नेपाली कामदार सबैभन्दा बढी नेपालीबाटै ठगीमा परेका छन् । रोजगारदाता निकायले नै कामदारलाई श्रम शोषण गर्ने गरेको तथा त्यसमा नेपालीको नै सङ्लग्नता रहेको पाइएको छ । समस्यामा परेका नेपाली कामदारले नै आयोगलाई विभिन्न माध्यमबाट उजुरी गरेपछि आफूहरुको कार्यक्षेत्र भित्रै नै रहेर स्थलगत अनुगमनमा जान लागेको जनाएको छ । आयोगले कागजातविहीन अवस्थामा रहेका, रोजगारीमा जाने क्रममा भएको ठगी, अपराधीकरणको सिकार व्यहोर्नुपरेका, अनाहकमा जेल सजाय भोगीरहेका कामदारलाई कसरी स्वदेश फर्काउन सकिन्छ सो बारेमा समेत अध्ययन गर्नेछ । आयोगमा नेपाली दूतावासले श्रमिकको पीडा समाधान गर्न आवश्यक पहल नगरेको, श्रम सहचारीले तोकिएको जिम्मेवारी पूरा नगरेको जस्ता उजुरी परेको जनाइएको छ । कानुनी सहायता श्रमिकमैत्री नभएको, राहत तथा उद्धारमा ध्यान नदिएको, मलेसियाका रोजगारदाता कम्पनीले विभिन्न कारणले मृत्यु भएका व्यक्तिलाई पनि प्राकृतिक मृत्यु भएको भनी कागजात बनाउने गरेको र मृतकलाई स्वदेश ल्याउन हुँदै आएको झन्झटलाई सामान्यीकरण नगरेको उजरीमा देखिएको प्रवक्ता पुस्करको भनाइ छ । कोप्रासी नामक एजेन्टले नक्कली कागजात बनाई नेपाली कामदारलाई ठगी गरेको भन्ने उजुरी पनि आयोगमा परेको छ ।
यसैबीच, आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की भ्रष्टाचार नियन्त्रण र सुशासनका क्षेत्रमा कार्यरत मलेसिएन एन्टी करप्सन कमिसनको प्रमुखको निमन्त्रणामा आगामी माघ ४ गते मलेसिया जान लागेका छन् । भ्रमणका क्रममा प्रमुख आयुक्त कार्कीले आयोग र मलेसिएन एन्टी करप्सन कमिसनबीच भ्रष्टाचार नियन्त्रणमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय प्रारम्भिक सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको प्रवक्ता पुस्करको भनाइ छ । अन्तर्राष्ट्रिय साझा निकायमा दुई मुलुकबीच समान धारणा बनाएर अघि बढ्न हस्ताक्षरसँगै बाटो खुल्ने जनाइएको छ । प्रमुख आयुक्त कार्कीको मलेसिया भ्रमणको कार्यक्रम हालै नेपाल सरकार मन्त्रिपरिषद्ले अनुमोदन गरिसकेको छ । मलेसियामा रहँदा प्रमुख आयुक्त कार्कीले मलेसियाली मानव संशाधन मन्त्रीलगायत उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

एमाओबादी अध्यक्ष प्रचण्ड सुर्खेत आउदै, कार्यकर्ता प्रशिक्षणमा ब्यस्त रहने

गोविन्द विश्वकर्मा
पुस २८, सुर्खेत – एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज सुर्खेत आउँदैहुनुहन्छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका पार्टीका बरिष्ट नेता डा. बाबुराम भट्टराईले नयाँ शक्ति बनाउने भन्दै पार्टी छोडेपछि पार्टी निर्माण गर्ने घोषणा गरेका प्रचण्ड त्यसक्रममा सुर्खेत आउन लाग्नुभएको हो । अब एमाओवादीलाई नै नयाँ शक्तिका रुपमा देशको एक नं. टार्पी हुने बताएका प्रचाण्डले सुर्खेतमा प्रदेश नं. ६ का पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुहुनेछ । साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रका दाङ, बाँकेमा आयोजना गरिएको विभिन्न कार्यक्रमहरु सकेर दाहाल लगायतको केन्द्रीय पदाधिकारीको टिम भेली मंगलबार) सुर्खेत आउन लागेको एमाओवादी सुर्खेतका अध्यक्ष नरबहादुर विष्टले जानकारी दिनुयो । दाहालका साथमा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व गृहमन्त्री तथा पार्टी महासचिव कृष्णबहादुर महरा लगायतका नेताहरु सुर्खेत आउने भएका छन् । आज हुने प्रशिक्षण कार्याक्रममा प्रदेश नं. ६ का दश जिल्लाका जिल्ला स्तरका नेता, भातृ संगठनका अध्यक्ष र केन्द्रीय सदस्य, कम्पनी कमाण्डर भन्दा माथिका पूर्व लडाकुहरु, पार्टीका जिल्ला सल्लाहाकारहरुको सहभागिता रहने एमाओवादी सुर्खेतले जनाएको छ । ६ नं. प्रदेशका दश जिल्लाका नेता तथा कार्यकर्ताहरु केही सोमबार नै आइसकेका छन् भने केही आज (मंगलबार) नै वीरेन्द्रनगर आउने एमाओवादी सुर्खेतका अध्यक्ष विष्टले जानकारी दिनुभयो । प्रदेश नं. ६ को राजनीतिक प्रशिक्षण सुर्खेतमा हुने भएपछि केही दिन अघी नै यस क्षेत्रका इन्चार्ज जनार्दन शर्मा सुर्खेतमा आउनुभएको छ । शर्माले सुर्खेतमा आएर पार्टीका विभिन्न पेसागत संगठनहरुसंग साक्षात्कारसमेत गर्नुभएको छ । स्रोतका अनुसार इन्चार्ज शर्माले यस क्षेत्रका अन्य माओवादीका नेता तथा कार्यकर्ताहरुसंग पनि भेट गर्नुहुनेछ । शर्माले अब प्रदेश नं ६ मा माओवादी एउटा मात्रै हुने भन्दै सबैसंग छलफल चलाएको स्रोतको भनाइ छ । उहाले बैद्य नेतृत्वका माओवादी नेता, कार्यकर्ताहरु र नेत्रविक्रम चन्द माओवादीका नेता तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गरेको स्रोतको भनाइ छ ।

बाबुरामले पार्टी परित्याग गरेर जनयुद्ध र सहिदप्रति घात गरे: प्रचण्ड

गोविन्द विश्वकर्मा
पुस २७, काठमाण्डौ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाज वैधानिक रुपमा नै समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको बताउनुभएको । सोमबार राजधानीमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनताका लागि सबैभन्दा भरपर्दो शक्ति एमाओवादी नै भएको बताउनुभयो । ‘यो समाजवादी क्रान्ति गर्न लायक पार्टी निर्माण गर्ने बेला हो ।’ प्रचण्डले भन्नुभयो, ‘गलत विचारको भण्डाफोर गर्दै संगठन सुदृढ गर्ने अभियानमा जोडदार रुपले लाग्नुपर्छ ।’ उहाले बाबुराम भट्टराईले पार्टी मात्र त्याग गरेको नभई माक्सवाद, जनयुद्ध, सहिद, बेपत्ता योद्धा र वर्गलाई नै त्यागेको दावी गर्नभयो । विगतमा संविधान निर्माण गर्ने काम पहिलो प्राथमिकतामा पारिएकोले संगठनात्मक कामले गति लिन नसकेपनि संविधानको कार्यान्वयनसँगै संगठनात्मक कामलाई पहिलो प्राथमिक कार्यसूचीमा राखेको उहाले बताउनुभयो । अध्यक्ष प्रचण्डले विचार, रणनीति, कार्यनीतिबारे पार्टीमा स्पष्टता आएको बताउँदै यसै अनुरुप संगठनलाई व्यवस्थित गर्न ३ महिने संगठन सुद्धिकरण अभियान संचालन गरिएको जानकारी दिनुभयो । ‘अखिल नेपाल टे«ड यूनियन महासंघ पनि समाजवादी क्रान्तिको आधार तयार पार्ने काममा केन्द्रीत हुनुपर्दछ ।’ प्रचण्डले भन्नुभयो, ‘मजदुर संगठनलाई समाजवादी क्रान्तिको औजारको रुपमा विकास गरेर समाजवादी क्रान्ति अनुकूल हाम्रो सोच र कार्यशैली विकास गर्नु पर्छ ।’

पूर्वराजालाई ओलीको जवाफ घरबार गरेर बस्न दिइन्छ

गोविन्द विश्वकर्मा
पुस २७, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘दरबार छाड्नेले घरबार गरेर बस्न पाउने’ जवाफ दिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले पृथ्वीजयन्तीको अवसरमा दिएको शुभकामना सन्देशमा आफूले दरबार छाडे पनि घरबार नछाडेको बताएका थिए । त्यसको भोलिपल्ट राप्रपा नेपालले पृथ्वी जयन्तीकै अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्ञानेन्द्रलाई जवाफ फर्काएका हुन् । प्रधानमन्त्री ओलीले गणतन्त्रमा इतिहासमा योगदान गरेका व्यक्तिहरुको सन्दर्भिकता हुँदैन भन्ने नहुने बताए । कम्प्युटर र ल्यापटप आयो भन्दैमा हिजो कापी कलमले लेखिएको महाभारत र रामायणको सन्दर्भिकता नसकिने भन्दै प्रधानमन्त्री ओलीले भने (‘आज हामी जहाँ छौं, त्यो ठीक छ । आजको सन्दर्भ भनेको दरबार छाड्नेले घरबार गरेर बस्न पाएकै छ, पाउँछ ।’ प्रधानमन्त्री ओलीले लोकतन्त्रभन्दा राजतन्त्र वा अर्को कुनै व्यवस्था राम्रो नहुनेसमेत बताए । ‘कुनै हिसाबले लोकतन्त्र भन्दा यसको अर्थ यो होइन कि एउटा लोकतन्त्रभन्दा तानाशाही, जहानियाँ, पारिवारिक वा जन्मसिद्ध श्रेष्ठताको पाखण्डी सिन्द्धान्त छ, यो उपयुक्त पो हो कि भन्ने निष्कर्ष निकाल्नुहुँदैन ।’ लोकतन्त्र उन्नत परिपाटी भएको व्यवस्था हो भन्दै प्रधानमन्त्रीले भने (जनताको शासनभन्दा अरु कसैको शासन उपयुक्त हो कि भन्ने त्यस्तो निष्कर्ष निस्कँदैन ।’ तर, इतिहासका विभिन्न कालखण्डका ठूलठूला योगदान भएको भन्दै पृथ्वीनारायण शाहको योगदानमा भएको एकीकरण अस्वीकृत नहुने प्रधानमन्त्रीले बताए ।
                                                   राष्ट्रको परिभाषा 
केही सानातिना टकराव हुनु स्वाभाविक भएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकीकरण नै भएन कि भन्न नहुने बताए । मानिसहरुले नाम थर लेख्दासम्म एकीकरण नै भएन भन्न नहुने भन्दै उनले भने( ‘बहुराष्ट्र हो कि, एकीकृत राष्ट्र होइन कि अथवा राज्यको एकीकरण भयो राज्यको भएन कि भन्ने परिभाषा उपयुक्त हुँदैन ।’ कतिपयले कलिलो राष्ट्र भन्ने गरेको भनेको भन्दै उनले त्यसको खण्डन गरे । नेपाल एउटा राष्ट्र हो भन्दै उनले भने(हाम्रा हिमालहरु कलिला छन्, हिलाल नै हुन्, पहाडहरु कलिला छन्, पहाड नै हुन् । मान्छे जन्मिँदा कलिलै जन्मिन्छ, मान्छे नै हुन् । त्यसैले नेपाल कलिलो राष्ट्र होइन, ऐतिहासिक कालदेखि एउटा राष्ट्र हो ।’

लुम्बिनीको विकासका लागि स्थानीयले स्वामित्व लिनुपर्छ – मन्त्री पोखरेल

गोविन्द विश्वकर्मा
पुस २७, लुम्बिनी – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि स्थानीय जनताले स्वामित्व लिनुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने “लुम्बिनीलाई अब बुद्ध र बौद्धधर्म जन्मेको ठाउँका रुपबाट विकास गर्नु पर्दछ, त्यसका लागि स्थानीयवासीले विशेषरुपमा पहल कदमी लिन जरुरी छ ।” आफू मन्त्री भएपछि लुम्बिनी तथा अन्य महत्वपूर्ण क्षेत्रको सुधारमा लागेको बताउँदै मन्त्री पोखरेलले लुम्बिनीको विकास कोषको केन्द्रीय कार्यालय काठमाडौँबाट एक महिनाभित्र लुम्बिनीमा सार्न निर्देशन दिएको बताए । मन्त्री पोखरेलले लुम्बिनीमा सौर्य ऊर्जाबाट २४सै घन्टा विद्युत् आपूर्तिको व्यवस्था गर्न लागिएको बताउँदै लुम्बिनीको गुरुयोजनाअनुरुपको कामका लागि मन्त्रालयले बजेटमा कुनै कमी आउन नदिने प्रतिबद्धता जनाए ।  पोखरेलले राजनीतिक दलको नियुक्तिबाट आएका पदाधिकारीको खिचातानीका कारण लुम्बिनीको अस्तित्व नै सङ्कटमा परेको गुनासो व्यापकमात्रामा उठेपछि लुम्बिनी विकास कोष सञ्चालनका लागि प्रमुख कार्यकारी अधिकृत प्रणालीमा लैजाने तयारी भइरहेको समेत उल्लेख गरे । कार्यक्रममा सहभागीले लुम्बिनीलाई बन्द, हडतालमुक्त क्षेत्र घोषणा गर्न आग्रह गरेका थिए ।

पुराना पार्टी भ्रष्टाचारमा डुबेकाले नयाँ शक्ति चाहियो : भट्टराई

गोविन्द विश्वकर्मा
पुस २१ काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टी भ्रष्टाचारमा डुबेकाले भ्रष्टाचार हटाई सुशासन कायम गर्न नयाँ शक्ति चाहिएको दावी गर्नुभएको छ । नयाँ शक्ति निर्माण अभियान म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको अन्तक्रियामा उहाँले नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले राज्यको सम्पतिलाई दुरुपयोग गरी अकुत सम्पति कमाएकाले भ्रष्टाचार हटाई सुशासन कायम गर्न नयाँ शक्ति चाहिएको दावी गर्नुभएको हो । कार्यक्रममा उहाँले आफ्नो अभियानलाई विदेशी शक्ति तथा भ्रष्टसँग जोडेर हेर्ने गरिएको बताउँदै एउटा पनि प्रमाण जुटाएर देखाए जस्तोसुकै कारवाही भोग्न आफू तयार रहेको बताउनुभएको छ । भट्टराईले राजनीतिक एजेण्डामै केन्द्रित भएर जनतालाई भ्रम, दुःख र कष्टमा राख्न खोजिएकाले बेरोजगारी, गरिबीसहित नेपाली जनताको समस्यालाई समाधान गर्न नयाँ शक्ति आवश्यक रहेको बताउनुभयो । एउटा आन्दोलनको परिवर्तनका नाममा सत्तामा पुग्ने, जेलनेलमा परेको बाहनामा राज्यको सम्पतिलाई दुरुपयोग गर्ने गरिएको डा। भट्टराईले आरोप लगाउनुभएको छ । उहाँले गणतन्त्र, संविधानसभाबाटै संविधानसहित पुराना सामन्ती संरचनालाई भत्काउन सफल माओवादी जनयुद्ध सफल भएको भन्दै जनयुद्ध नेपालमा आवश्यक थियो र युद्धले जनतालाई परिवर्तनको क्षेत्रमा अगाडि बढाएको धारणा राख्नुभयो । उहाँले जनयुद्धमा दशौं हजार नेपालीले बलिदान दिएपनि राज्य र पार्टीबाट उचित सम्बोधन नभएको भन्दै नयाँ शक्तिले देशमा परिवर्तनको क्रममा ज्यान गुमाएकालाई उच्च सम्मान गर्ने बताउनुभयो ।

पर्यटनका लागि विश्वका १० उत्कृष्ट देशमा नेपाल पहिलो स्थानमा

गोविन्द विश्वकर्मा
पुस २१, काठमाडौं – यो वर्षको भ्रमण गन्तव्यका लागि विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ । बेलायतको ट्राभल गाइड बुक तथा सन्दर्भ सामग्री प्रकाशित गर्ने रफ गाइडले प्रकाशित गरेको सन् २०१६ मा भ्रमणका लागि विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गरेको हो । १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा छ । वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पका कारण सिथिल बनेको नेपालको पर्यटन उद्योग विस्तारै माथि उठ्ने क्रममा रहेको उल्लेख छ । ट्रेकिङ रुट, होम स्टे तथा सांस्कृतिक क्षेत्र नेपालको मुख्य पर्यटकीय आकर्षणका केन्द्र रहेको रफ गाइडले जनाएको छ । नेपाली नागरिकको आत्मिय स्वागत तथा व्यवहार पनि नेपाली पर्यटन क्षेत्रको अर्को पक्ष रहेको जनाएको छ । हिम श्रृँखला, जंगली जनावर तथा विविधताले युक्त जंगल नेपालको पर्यटनका लागि उत्कृष्ट रहेको जनाइएको छ । रफ गाइडको १० देशको सूचीमा कोलम्बिया दोस्रो नम्बरमा छ । क्युवा तेस्रो, जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा  श्रीलंका दशौं नम्बरमा छन् ।

नयाँ वर्षमा बाबुरामले नयाँ पार्टी घोषणा गर्ने

गोविन्द विश्वकर्मा
पुस २० – सिन्धुली एकीकृत नेकपा माओवादी परित्याग गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्षको दिन नयाँ पार्टी घोषणा गर्ने तयारी गर्नुभएको छ । नयाँ शक्ति निर्माण अभियानमा लागेका भट्टराईले विक्रम् सम्बतको नयाँ वर्ष वैशाख १ मा नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका हुन् । नयाँ वर्षको अवसर पारेर नयाँ पार्टी घोषणा गरिने नयाँ शक्तिका अभियन्ता गंगा श्रेष्ठले बताउनुभयो । सोमबार (आज) बिहान सिन्धुलीमाढीमा आयोजित भेलामा उहाले वैशाख १ गते नयाँ पार्टी घोषणा हुने जानकारी दिनुभएको हो । तीन महिनाअघि एमाओवादी छाडेका भट्टराई अहिले नयाँ शक्ति अभियानका संयोजक हुनुहुन्छ । उहा देशब्यापी रुपमा नयाँ पार्टी बनाउने अभियानमा लागेका छन् । आफूहरुको पार्टी कम्युनिष्ट पार्टी नरहने भन्दै नयाँ विचार बोक्ने सबैलाई समाहित गर्ने खालको पार्टी बनाउने भट्टराईले बताउँदै आउनुभएको छ । नयाँ बन्ने पार्टीमा पूर्व माओवादीहरुदेखि गैरमाओवादी, समाजिक ब्यक्ति, कर्मचारी बुद्धिजीवी सबै अटाउने उनीहरुको भनाइ छ । भट्टराईले पार्टीमै छँदा मुलुकको आर्थिक विकासको लागि नयाँ शक्तिको अपरिहार्य रहेको बहस चलाउँदै आउनुभएको थियो ।

नयाँ संविधानको पहिलो संशोधन प्रस्ताव स्वीकृत

गोविन्द विश्वकर्मा
पुस २०, काठमाडौं – संविधानसभाबाट जारी गरिएको नेपालको नयाँ संविधानको पहिलो संशोधन प्रस्ताव व्यवस्थापिका संसद्बाट स्वीकृत भएको छ । संसदको सोमबार दिउँसो बसेको बैठकले पहिलो संशोधन विधेयक प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । सरकारले पेश गरेको विधेयकमा सांसद्हरुले उठाएका प्रश्नहरुको कानुन मन्त्री अग्नि खरेल आज जवाफ दिएपछि विधेयक प्रस्ताव स्वीकृत भएको हो । संशोधन विधेयकमा मधेसवादी दलहरुको पनि सहमति खोज्न भन्दै लम्ब्याइएको छलफल आइतबार सकिएको थियो । सरकारले पेश गरेको संविधान संशोधन विधेयक प्रस्तावमा मधेसवादी दलको अवरोधकाबीच छलफल चलाइएको थियो । मोर्चाले भने निरन्तर नाराबाजी र आन्दोलन गर्दै आएको थियो । कानून मन्त्रीको जवाफपछि स्वीकृत गरिएको विधेयकमा संशोधन प्रस्ताव गर्नका लागि अब ७२ घण्टाको समय दिइएको छ । अबको ७२ घण्टाभित्र पनि मोर्चासँग सहमति नजुटे सोही विधेयक पास हुनेछ । कानून मन्त्री खरेलले मधेसी दलहरुको मागलाई सम्बोधनसहित सबै पक्षको माग समेटिने गरी पारित हुने बताए । संविधान जारी भएको चार महिना नपुग्दै पहिलो संशोधन हुने अब निश्चित भएको छ ।

दश दिनमा नाका खुल्छ : प्रधानमन्त्री ओली

गोविन्द विश्वकर्मा
पुस १५, काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले दशदिन भित्र नाका खुल्ने दाबी गर्नुभएको छ । बिराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले आन्दोलनरत दलसँग वार्ता भई रहेकोले अबको १० दिन भित्र सिमा नाका खोल्ने बताउनु भएको हो । ‘कालोबजारी रोक्ने, आपुर्ति सहज गराउन हप्ता १० दिन लाग्न सक्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘दश दिन भित्र अवस्था सहज नभए सरकार जिम्मेवार पक्षलाई कारवाहीमा ल्याउन तयार छ ।’ उहाँले समस्याको समाधान १० दिन भित्र नभए आफू चुप लागेर नबस्नेसमेत बताउनु भएको छ । नागरिकलाई दुख दिनु हुँदैन भन्ने पक्षमा सरकारले काम गरिरहेको दावी उहाँले गर्नुभयो । ‘मोर्चा पनि अब आन्दोलन बढाउने पक्षमा छैन’ उहाँले भन्नुभयो ‘उहाँहरुपनि चाँडै नै नाकाबन्दी खोलेर सहमतीमा आउनुहुन्छ ।’ आवश्यकताका आधारमा नागरिकको अपेक्षा अनुसार प्रदेशको सीमांकन हेरफेर हुन सक्ने उहाँले बताउनुभयो । झापा जानका लागि बिराटनगर ओर्लिएका प्रधानमन्त्री ओलीले मन्त्रालय टुक्रयाएर कुनै गल्ती नगरेको बताउनुभयो । उहाँले सबै मिलेर जानखोज्दा केही तलमाथि हुने तर मिलेर जानु नै ठुलो कुरा रहेकोले त्यस बारेमा टिकाटिप्पणी हुनु जायज रहेको बताउनुभयो ।

पुस १७ बाट नवीकरणीय ऊर्जा प्रर्दशनी गरिने

गोविन्द विश्वकर्मा
पुस १५, काठमाण्डौ – नेपालमा नवीकरणीय ऊर्जाको सम्भावनाबारेमा जनता, निजी क्षेत्र, सरकारी, गैरसरकारी क्षेत्र र अन्तर्राष्ट्रिय जगत्मा त्यसको प्रचार गर्न काठमाण्डुमा पुस १७ देखि १९ गतेसम्म नवीकरणीय ऊर्जा प्रदर्शनी २०७२ गरिने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आयोजना गर्न लागेको प्रदर्शनीले विद्यमान ऊर्जा सङ्कटलाई मध्यनजर गरी नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगमा वृद्धि गर्ने विश्वास लिइएको छ । केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले नवीकरणीय प्रविधिको विकासमा निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाको सक्रिय सक्रियता र लगानीको अनुकूल वातावरण सिर्जना गर्न प्रदर्शनीले सहयोग गर्ने बताउनुभयो । उहाले सहरी क्षेत्रमा सौर्य ऊर्जालगायत ठूलो क्षमताका नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताउनुभएको छ । प्रदर्शनीले विभिन्न नवीकरणीय ऊर्जा प्रविधि जस्तो सोलार, लघुजलविद्युत्, जैविक ऊर्जा, बायोग्यास, वायु ऊर्जाबारे अवलोकनकर्ताले जानकारी लिनसक्ने बताइएको छ ।
सहरी सौर्य ऊर्जा प्रणाली, फोहरमैलाबाट ऊर्जा उत्पादन र घरायसी ग्यास फायरजस्ता नवीनतम ऊर्जासम्बन्धी नीतिबारेमा प्रदर्शनीमा जानकारी दिइने आयोजकले जनाएको छ । ‘उर्जा सुरक्षाका लागि नवीकरणीय ऊर्जा’ नारा राखिएको प्रर्दशनीमा नवीकरणीय ऊर्जाका प्रविधि सोलार, सुधारिएको चुलो, बायोग्यास, लघुजलविद्युत्, बायोग्यास आदिको प्रदर्शनी तथा नवीकरणीय ऊर्जासम्बन्धी अन्तक्र्रिया सञ्चालन गरिने केन्द्रले जनाएको छ । प्रदर्शनीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने बताइएको छ ।

मन्त्रालय फुटाउनुको लिखित कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

गोविन्द विश्वकर्मा
पुस १४, काठमाण्डौं  – मन्त्रालय फुटाएर संख्या बढाउनु पर्नाको कारण लिखित रुपमा पेस गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलासले कञ्चनकृष्ण न्यौपानेले मन्त्रालयको संख्या बढाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो । न्यौपानेले मन्त्रालयको संख्या बढाउने सरकारको निर्णय नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ९ को प्रावधानसँग सिधै बाझिने भएकाले खारेज हुनु पर्ने माग गरेका थिए । उक्त धारामा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्य मध्येवाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्री परिषद गठन गर्ने छ ।’ यसरी जानाजान संविधानको बर्खिलाप हुने गरी र राज्यलाई ६ अर्बको वार्षिक भार पर्ने गरी मन्त्रालय बढाउन सरकारले गरेको निर्णयविरुद्ध तत्काल अन्तरिम आदेश जारी गर्न पनि रिटमा माग गरिएको थियो । सर्वोच्चले ‘रिटमा उठाइएको विषयवस्तुको गाम्भीर्यलाई मनन गर्दै’ निवेदनलाई अग्राधिकार ९सुनुवाइका लागि दिइने प्राथमिकता० पनि दिएको छ । साथै सरकारलाई अन्तरिम जारी गर्न नपर्ने कारण भए त्यो लिएर २९ गते अदालतमा हाजिर हुन पनि आदेशमा भनिएको छ । संविधानमा २५ भन्दा बढी मन्त्री बनाउन नपाइने भनिए पनि सरकारले मन्त्रालयसमेत फुटाएर ४० सदस्यीय मन्त्रिपरिषद् बनाएको छ । प्रशासन सुधार आयोग २०४८ तथा सार्वजनिक खर्च पुनरावलोकन आयोग २०५७ ले देशमा १८ भन्दा बढी मन्त्रालय आवश्यक नपर्ने सुझावसमेत दिएको थियो ।

चीनबाट तत्काल राहतको लागि पुनः १४ लाख लिटर इन्धन

गोविन्द विश्वकर्मा
पुस १४, काठमाण्डौं  – भारतीय नाकाबन्दीको कारण चरम इन्धन अभाव ब्यहोर्दै आएको नेपालीलाई चीनले दिर्घकालिन सहयोगको तयारी नहुन्जेल भन्दै पुनः राहत स्वरुप १० मिलिएन (आरएमबी) चिनियाँ मुद्रा बाराबरको इन्धन उपलब्ध गराउने भएको छ । करिव १४ लाख लिटर इन्धन उत्तरी नाकाबाट छिट्टै काठमाडौं भित्रिने भएको छ । चीनबाट दिर्घकालिन इन्धन समझदारी हुने अपेक्षा गरिरहेको अवस्थामा तत्कालन राहत अनुदान सहयोग आउन लागेको हो । केरुङ नाकासम्म चीनले ल्याईदिने उक्त पेट्रोलियम पदार्थ त्यहाँबाट नेपाल आयल निगमले ढुवानी गर्नेछ । यसअघि पनि सोही मुल्य बाराबरको इन्धन चीनले उपलब्ध गराएको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा ५ दिने औपचारिक भ्रमण सकेर र्फकने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पत्रकारसंग उनले चिनियाँ अनुदानको जानकारी दिनुभएको हो । छलफलपछि जारी विज्ञप्तीमा उक्त सहयोग उल्लेख थिएन ।
चीनको उक्त सहयोगले दिर्घ कालिन फ्रेमवर्कलाई फेरि पछाडी धकेलेको आशंका छ । बाणिज्य मन्त्रालय र आयल निगमको अधिकारी बेइजिङमा नै रहेको कारण सम्झौताका विषयमा छलफल भइरहेको दावी छ ।  भ्रमणले चीनसँग दीर्घकालीन रुपमा इन्धन व्यापार गर्ने बाटो प्रशस्त गरेको दावी मन्त्री थापाको छ । नेपाल र चीनबीच खु
ला र स्वतन्त्र व्यापार अभिवृद्धि, पारवहन सन्धी, र लगानी अभिवृद्धिबारे छलफल गरेर अघि बढ्ने समझदारी भएको पनि मन्त्री थापाले बताउनुभयो । थापाले दीर्घकालीन रुपमा इन्धन आपूर्ति गर्ने सम्बन्धमा चिनियाँ अधिकारीसँग महत्वपूर्ण छलफल भएको बताउँदै परिणाम पनि छिटै आउने बताउनुभयो । यो भ्रमण नेपाल चीनबीच आर्थिक सम्बन्धको आंकडा तयार गर्न र नया परिपेक्ष्यमा अघि बढ्न सफल भएको छ । भ्रमणले इन्धन आपुर्ति देखि अन्य ब्यापार सम्झौताको बाटो समेत खोलेको छ । पारवहन तथा ब्यापार सन्धि, लगानी सुरक्षा सम्वन्धी (विप्पा) सम्झौता र स्वतन्त्र व्यापार सम्झौताबारेमा चीन सकारात्मक देखिएको र अव हुने माथिल्लो स्तरको भ्रमणमा सम्झौताको तहमा पुगिने उहाले बताउनुभयो ।
चीन तर्फबाट नेपालमा उच्चस्तरको भ्रमण तत्काल हुने र प्रधानमन्त्री केपीशर्मा ओली भ्रमण पनि चीनतर्फ छिट्टै हुने संकेत गर्दै उच्चस्तरको भ्रमणमा अहिले थाति रहेको विषयमा सम्झौता गर्ने तयारी अघि बढाउन दुवै पक्ष समहत भएको थापाले बताउनुभयो  । त्यसका लगि दुवै पक्षबाट व्यापक गृहकार्य भइरहेको छ । कूटनीतिक सम्वन्धको ६० औं बर्षगाठमा भएको उक्त भ्रमण सम्झौता गर्न सम्वन्धका विविध आयामबारे छलफल गर्न भएको बताउदै भ्रमणले नेपाल चीन सम्वन्धलाई नया उचाईमा पूर्‍याएउन आधार तय गरेको बताउनुभयो ।  थापा नेतृत्वको टोलीले चिनियाँ उपराष्टपति र विदेशमन्त्री लगायतका उच्च अधिकारीसँग छुट्टा छुट्टै भेट गरी इन्धन आपूर्ति लगायतका दुईपक्षीय हितका विषयमा छलफल गरेको थियो ।
दीर्घकालीन रुपमा इन्धन आपूर्ति गर्ने सम्बन्धमा थापाको भ्रमणमा सहमति भए पनि त्यस्ता विषयमा तत्काल सम्झौता भने हुन सकेन । नेपाल चीनबीच आर्थिक सम्वन्धको दीर्घकालीन फ्रेमवर्क तयार भएको दावी गर्नुभयो । मन्त्री थापाका अनुसार प्रधानमन्त्री स्तरको भ्रमणमा अहिले भएका छलफलबाट तयार फ्रेमवर्क कार्यान्वयनमा आउने समेत बताउनुभयो । अरनिको राजमार्ग चाडै सञ्चालनमा ल्याउने र हाल संचालनमा रहेको रसुवागढी सडकलाई अटुट सडकको रुपमा विस्तार गरिने समेत सहमतिमा नेपालले आफ्नो तर्फबाट पनि काम तत्काल अघि बढाउने उहाले बताउनुभयो । केरुङसम्म रेल आउने हुनाले पनि जतिसक्दो छिटो नेपाल तर्फको सडकको काम हुन आवश्यक रहेको उहाले बताउनुभयो । थापा नेतृत्व टोली नेपाल  क्रममा  शिचुवान र तिब्बतका अधिकारीहरुसँग भेटेर सम्वन्ध विस्तारबारे छलफल गरेका थिए । उनीहरु नेपालमा दुईपक्षीय ब्यापार र उर्जा विकासका लागि इच्छा देखाएको परराष्ट्रमन्त्री थापाले जानकारी दिनुभयो ।