लिङ्गको आधारमा म महिला हुँ, तर पुरुषलाई सम्मान गर्छु । जातले म बाहुन हुँ । समाजले मलाई बाहुन भन्ने जात दियो, तर म अरु जातका मान्छेलाई भेदभाव गर्दिन, गर्न चाहन्न। बाहुन भएपनि, दलित भएपनि सबै नेपाली मेरा आफन्त हुन। धर्मको आधारमा म आफूलाई कुनै धर्मको भन्न चाहन्न, तर मेरो परिवार हिन्दु हो । म हिन्दुको छोरी हुँ, तर सबै धर्मलाई म सम्मान गर्छु। म पहाडमा जन्मेकी हुँ, तर मलाई तराई र हिमाल पनि उत्तिकै प्यारो लाग्छ। जहिले हामी चेलिबेटी असुरक्षित थियौं, पुलिसहरु हाम्रो इज्जत बचाउन लागि परेका थिए। जहिले भूकम्पले हामी सबैलाई रुवाइरहेको थियो, आफ्नै परिवारमा दुख हुँदा हुँदै पुलिस आफ्नो ज्यान बाजी राखेर हाम्रो ज्यान बचाउन लागि लागि परेका थिए। जहिले कैलालीमा बाढी आयो, जुरेमा पहिरो आयो, नेपालका पुलिस आफ्नो ज्यानको मतलब नगरेर जनताको सेवामा लागिपरेका थिए। जहिले हाम्रो घरमा चोर आउथ्यो, मध्यरातमा पनि हाम्रो सेवामा खटिएका थिए। तर हामीले खै कस्ता नेता पाएछौं, उनीहरुले सोझा जनतालाइ उक्साएर हाम्रा वीर पुरुषहरुलाई गुमाउन बाध्य बनाए । जो हाम्रो सुरक्षामा खटिएका थिए, उनीहरु नै सुरक्षीत हुन सकेनन। अब हामीलाई पुग्यो । यो भन्दा धेरै सहन सक्दैनौं। घैटे मर्दा, चरी मर्दा सहिद घोषणा गर्नुपर्यो भन्दै थिए नेताहरु। तर हामी नागरिक मृतक सुरक्षाकर्मीलाई सहिद मान्छौ, हामी उनीहरुलाई सम्मान गर्छौं । हामी आफ्नो स्वार्थको लागि जनता लडाउने नेता चाहदैनौं, जनताको लागि लड्ने नेताको खाँचो छ । हामीले देखेको सुन्दर र शान्त नेपालको सपना आज भाइभाइमा काटमार गर्दै रणभूमी जस्तै भएको छ । हाम्रो देशमा यस्तो नेतृत्वको खाँचो छ जसले जात, धर्म, भाषा, लिंग इत्यादिको आधारमा भेदभाव नगरियोस । जहाँ हिमाल, पहाड तथा तराईका मान्छेले बराबर शान्तिको अनुभुति गर्न पाउन। हामीलाई जात, धर्म, भूगोलसँग हैन, एउटा सिङ्गो र शान्त नेपालसँग मतलब छ। के हिन्दु, के मुस्लिम, के मधेसी, के हिमाली, के पहाडी, जो जे जे भए पनि हामी नेपाल आमाका सन्तति नेपाली हौं र नेपाली हुनुमा गर्व गर्न चाहन्छौं ।प्रहरी मेरो बन्यो
चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र
बाच्ने मन छ जुनी-जुनी
गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा
मोदीको भिषा रेकर्ड फाईल
अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।
म. प. विश्वविद्यालयले पालुवा…
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा
दलित बालबालिकाको अवस्था
हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।
सपना एउटा सिङ्गो र शान्त नेपालको
लिङ्गको आधारमा म महिला हुँ, तर पुरुषलाई सम्मान गर्छु । जातले म बाहुन हुँ । समाजले मलाई बाहुन भन्ने जात दियो, तर म अरु जातका मान्छेलाई भेदभाव गर्दिन, गर्न चाहन्न। बाहुन भएपनि, दलित भएपनि सबै नेपाली मेरा आफन्त हुन। धर्मको आधारमा म आफूलाई कुनै धर्मको भन्न चाहन्न, तर मेरो परिवार हिन्दु हो । म हिन्दुको छोरी हुँ, तर सबै धर्मलाई म सम्मान गर्छु। म पहाडमा जन्मेकी हुँ, तर मलाई तराई र हिमाल पनि उत्तिकै प्यारो लाग्छ। जहिले हामी चेलिबेटी असुरक्षित थियौं, पुलिसहरु हाम्रो इज्जत बचाउन लागि परेका थिए। जहिले भूकम्पले हामी सबैलाई रुवाइरहेको थियो, आफ्नै परिवारमा दुख हुँदा हुँदै पुलिस आफ्नो ज्यान बाजी राखेर हाम्रो ज्यान बचाउन लागि लागि परेका थिए। जहिले कैलालीमा बाढी आयो, जुरेमा पहिरो आयो, नेपालका पुलिस आफ्नो ज्यानको मतलब नगरेर जनताको सेवामा लागिपरेका थिए। जहिले हाम्रो घरमा चोर आउथ्यो, मध्यरातमा पनि हाम्रो सेवामा खटिएका थिए। तर हामीले खै कस्ता नेता पाएछौं, उनीहरुले सोझा जनतालाइ उक्साएर हाम्रा वीर पुरुषहरुलाई गुमाउन बाध्य बनाए । जो हाम्रो सुरक्षामा खटिएका थिए, उनीहरु नै सुरक्षीत हुन सकेनन। अब हामीलाई पुग्यो । यो भन्दा धेरै सहन सक्दैनौं। घैटे मर्दा, चरी मर्दा सहिद घोषणा गर्नुपर्यो भन्दै थिए नेताहरु। तर हामी नागरिक मृतक सुरक्षाकर्मीलाई सहिद मान्छौ, हामी उनीहरुलाई सम्मान गर्छौं । हामी आफ्नो स्वार्थको लागि जनता लडाउने नेता चाहदैनौं, जनताको लागि लड्ने नेताको खाँचो छ । हामीले देखेको सुन्दर र शान्त नेपालको सपना आज भाइभाइमा काटमार गर्दै रणभूमी जस्तै भएको छ । हाम्रो देशमा यस्तो नेतृत्वको खाँचो छ जसले जात, धर्म, भाषा, लिंग इत्यादिको आधारमा भेदभाव नगरियोस । जहाँ हिमाल, पहाड तथा तराईका मान्छेले बराबर शान्तिको अनुभुति गर्न पाउन। हामीलाई जात, धर्म, भूगोलसँग हैन, एउटा सिङ्गो र शान्त नेपालसँग मतलब छ। के हिन्दु, के मुस्लिम, के मधेसी, के हिमाली, के पहाडी, जो जे जे भए पनि हामी नेपाल आमाका सन्तति नेपाली हौं र नेपाली हुनुमा गर्व गर्न चाहन्छौं ।रेडियो, एफ.एम. र टिभी प्रदेशको अधिकारमा किन जान हुँदैन
विशाल नेपाल नभए पनि बचेको नेपाल त जोगाऔं
![]() |
होब खड्का |
दलित बालबालिकाको अवस्था
नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन । मनावीय अवश्यकताबाट वञ्चित भएर कष्टकर जीवानयापन गरिरहेका छन् । यिनीहरुकै बलमा नेपालको विकास निर्माण, बाटोघाटोदेखि ती जमिनदारको महल खडा हुन्छन् । आफ्नो जमिन नभएकै कारणले गर्दा अस्थायी रुपमा नदी तथा सडकको किनाराहरुमा पाल र छाप्रा बनाई जीवन गुजारा गरिरहेका छन् । अहिले सबैजसो गरिब तथा दलितहरु ठूला/ठूला साहु महाजनको जमिनमा काम गरिरहेका छन् । कठिन आर्थिक अवस्था भएका कारण दयनीय जीवनयापन गर्न उनीहरु बाध्य छन् । यसमा दलित समुदाय प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भोकमरीको सिकारसमेत बन्ने गरेका छन् । सबैभन्दा बढी यी गरिब दलित तथा पछाडि पारिएका समुदायका छोरा छोरीहरुको उचित स्याहार सुसार हुन पाउँदैन । राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट पनि उनीहरु वञ्चित रहेका छन् । बिहान बेलुका हातमुख जोड्ने समास्याले ग्रसित यी कतिपय दलित परिवारमा चार्डपर्व होस् या कुनै खुसीयाली होस् सधैँ कठोर परिश्रम गर्न बाध्य हुनुपर्दछ । प्रायः दलित समुदायका अधिकांश बालबालिका विद्यालय जानबाट वञ्चित छन् । यसो हुनुमा राज्यको सबैभन्दा गैरजिम्मेवारीपूर्ण कार्य प्रमुख हो । दलित समुदायमा समाजिक सुरक्षाको कमी छ । यसको प्रमुख कारण गाँस, बास र कपासको अभाव नै हो । हाम्रो समाजमा उत्पादनशील एवं विकास निर्माणको भरोसायोग्य समाजलाई जस्तो ठूलो शक्तिलाई राज्य पक्षबाट किनारा लगाउने काम भएको छ । यसले समाजको विकासको गतिलाई सन्तुलित र सीमित ठाउँमा मात्रै राखेको छ । त्यति धेरै मात्रामा दलित र गरिब समुदायहरु अधिकांश राज्य पक्षबाट पछाडि पारिएका छन् । राज्यपक्षबाट सञ्चालित कार्यक्रमहरु उनीहरुको हकहित तथा उत्थानका कार्यक्रमहरु ठूलाबडाहरुको कुरामा मात्रै सीमित छ । त्यतिमात्रै होइन, गैरसरकारी संघसंस्थाहरुले यी गरिब दलितहरुको हकहितका लागि वर्षेनी करोडौँ रकम विदेशी दातृ निकायहरुबाट लिने गर्दछन् । यही समुदायको शिक्षा, स्वास्थ्य र रोजगारका निम्ती हजारौैँ शिविरको आयोजना गरिने भनेर रकम दातृ नियाहरुबाट असुल्ने गर्ने गरेका छन् । तर, साच्चिकै हेर्नुपर्दा यतिका धेरै करोडौ बजेट यी दलित एवं पछाडि पारिएका अल्पसंख्यकहरुको गरिबी किन टर्न सकिरहेको छैन ? वर्तमान अवस्थामा हेर्ने हो भने राज्यपक्षबाट यी दलित, गरिब, समुदाय भनेको विकास निर्माणलगायत मानवीय गतिविधिहरुबाट पछाडि पारिएको देशकै ठूलो हिस्सा हो ।अधिकांश गरिब, दलित हरु न्यूनतम आधारभूत आवश्यकताबाट विमुख रही कठीन जिन्दगी बिताउन बाध्य छन् । ठूला जमिनदारहरुको घरमा उनीहरुले कठिन काम गर्न बाध्य भएका छन् । लामोे समयदेखि अरूको वा ऐलानी जग्गामा स–साना झुप्रा बनाएर वा पाल टाँगेर बसोबास गरेको ठाउँमा प्रहरी प्रशासनले छाप्राहरु भत्काउने, त्यतिमात्रै होइन, राजनीतिक दलका नेताहरुले समेत उनीहरुलाई उठिबास गर्न लगाउने काम गरेका छन् । आर्थिक दूरावस्थाका कारण गरिब दलित तथा भूमिहीनहरु उचित खानपान र रहनसहनको अभावले बिरामी पर्दा उचित उपचार गराउनबाट वञ्चित हुनुपरेको छ । दैनिक कठोर परिश्रम गरेर बिहानबेलुका हातमुख जोड्नुपर्ने समस्याबाट ग्रसित यी समुदाय बिरामी भएमा त्यसको परिणाम के हुन्छ ? त्यसको सहजै अनुमान गर्न सकिन्छ । नियमित रोजगारी, भोकमरी, घरबास, स्वच्छ खानेपानी र शौचालयको समस्या । सीप र क्षमता अभावका कारण अधिकांश गरिब, दलितहरु मजदुरको रुपमा रोजगारी गर्दछन् । नेपालको कृषि प्रणाली मौसमीमात्र भएकाले खेतीपातीको समय भन्दा अरू समयमा उनीहरु रोजगारीबाट वञ्चित हुनुपर्दछ । रोजगारीकै अभावले गर्दा उनीहरुको जीवनशैलीमा धेरै असर परिरहेको छ । यो समुदाय रोजगारीका निम्ती भारत तर्फ जाने गरेको पाइन्छ । अाफ्नाे स्थायी घर नभएको र रोजगारीसमेत नियमित रुपले नपाउने यी गरिब, दलितहरु बारम्बार भोकमरीको समस्याबाट पीडित छन् । भोकमरीको समास्या भूमि र रोजगारीसँग जोडिएको छ । भूमिको समस्या र उनीहरुको पक्षमा राज्य पक्षबाट आइरहेको अनुदान यी समुदायको हात सम्म नपरुन्जेल यो समस्या बाट उम्कने अबस्था देखिदैन । दलित बस्तीहरुमा आयआर्जनमूलक कार्यक्रम सञ्चालन नहुनु, यी समुदायका बालबालिकालाई उचित शिक्षादिक्षा उपलब्ध नहुनु र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चितीकरण गरिनु । यसरी लामो समयदेखि भूमिमाथिको अधिकारबाट पछाडि पारिएको ठूलो संख्यामा रहेका दलित, गरिबहरूको समस्या समाधानका लागि राज्य पक्षबाट प्रभावकारी कदम नचालिनुले यो समास्या जहााको त्यही नेपनलको परिवेशमा हेर्ने हो भने दलित बालबालीका हरुको निम्ती खासै उल्लेखनिय कार्य भएको देखिदैन । आज पनी दलित बालबालीकाहरु विभेदमै रहेका छन् । दलित बालबालीका को निम्ती भनेर विभिन्न खालका नियम कानुन पनी बनेका छन् तर त्यो नियम कानुनहरु कागजमा लेखाइको रुपमा मात्र सिमित भएको देखिन्छ । ती ग्रामीण भेगमा कष्टकर जिवन विताउने बालबालीकाहरु लाई पढाइको के थाहा ? पढ्नु पर्छ भनेर भनीदिने को ? उनहिरुको अभिभाबकले राम्रोे शिक्षा प्राप्त गरेको भएपो आफ्ना छारा छोरी लाई पढाउनु पर्छ भन्ने धारणा हुन्थ्यो । तर तिनीहरुकै अभिभावक हरुलाईनै राम्रो शिक्षा दिक्षा नपाएकै कारण उनीहरुका छोरा छारी ले राम्रो शिक्षा दिक्षा पाउन सकिरहेका छैनन् । विहान साझँ काम गरेर खानु पर्ने अवस्थामा कहाँको शिक्षाको अवसर मिल्ने ? सानै उमेरदेखी अर्काको काम गरेर आफ्नो घरव्यवहार चलाउनु पर्ने अवस्थामा कहाँको शिक्षा पाउनु र ?बालबालीका को लागी भनेर विभिन्न सङघ सस्थाले विभिन्न कार्यक्रमहरु गरेका हुन्छन । उनीहरुको घरपरिवारमा विहान बेलुका छाक टार्न समेत गाह्रो परेको बेलामा विद्यालयको पढाई त धेरै परको कुरा हो । विषेश गरी उनहिरुको आर्थिक अभावका कारण बालबालिकाले विद्यालय छाड्ने गरेका हुन् । विषेश गरी दलित बालबालीका विद्यालय छोडेर सानै उमेर मा भारतमा काम गर्न जाने गरेका छन् । हुनत सरकारले दलित बालबालीका हरु का निम्ती भनेर निशुल्क शिक्षा निती पनी ल्याएको छ । तर त्यो निशुल्क शिक्षा निती अक्षरस पालना हुन सकिरहेकोे छैन । सरकारले दलित तथा गरीब परीवारका बालबालीकाका लागि पठन पाठनको उचित व्यवस्थापन गर्न नसक्दा उनीहरुमा यस्तो समस्या दोहोरीने गरेको छ । बालबालिकालाई विद्यालय पठाउनका लागि पोसाक र शैक्षिक सामग्रीको व्यवस्था मिलाउन नसक्दा अधिकांशले विद्यालय पठाउने अवस्था नरहेको कतिपय अभिभावको गुनासो रहेको छ ।दलित भन्ने कि शिल्पी
नेपालको समस्याको समाधान दिल्ली हो त ?
घरभित्रको समस्या घरभित्र नै समाधान हुनुपर्छ जसले गोपनियता भंग हुन दिदैन । घरको समस्या गाउँमा थाहा भएको खण्डमा घरको सम्पुर्ण गोप्य कुरा खुल्छ अनि त्यसको प्रत्यक्ष फाइदा गाउँले लिन पाउँछ । यसको अलावा घरको किचलो एक पक्षबाट अर्को पक्षमा जान्छ र त्यसले घरमा सान्तिको आवास गर्न नपाइने हुन सक्छ । यस्तै अवस्था भएको छ विगतदेखि नै नेपालको । नेपालको मामिलामा भारतको हस्तक्षेपका कारण जुनसुकै परिवर्तन हुदा पनि नेपालको एक पक्षको समर्थनमा भारत हिडेका इतिहासहरु धेरै रहेका छन् । जस्तो २००७ सालदेखिका परिवर्तनहरुलाई हेर्नेहो भने २०४६ सालको जनआन्दोलन जसको नेतृत्व कांग्रेसले गरेको थियो । र त्यो राजाबादी भन्दै माओवादीलाई उक्साएर भारतले द्वन्द्ध गर्न सहयोग ग¥यो । जो बाबुराम भट्टराइको नयाँ शक्ती भन्ने अभियानबाट प्रष्ट हुन्छ । २०५२ सालदेखि सक्रीय राजनिति गरेका उनि संविधानसभाबाट संविधान निर्माणको पक्षमा हिडेका थिए । संविधानसभाबाट संविधान पनि बन्यो तर भारतको त्यसमा असन्तुष्टि व्यक्त ग¥यो जसबाट बाबुरामले पाटि छोडे यो पनि भारतको चलखेलको रुपमा हेर्न सकिन्छ । अर्को २०६२/६३ को जनआन्दोलनमा भारतको नयाँ दिल्लीमा भएको १२ बँुदे सम्झौतालाई लिन सकिन्छ । जतिबेलासम्म भारतले राजाको पक्षमा समर्थन गरेको थियो तत्काल राजाको समर्थनलाई त्यागेर नेपालका दलहरुको पक्षमा समर्थन ग¥यो र राजा पक्षका मानिसहरुलाई रुष्ट बनायो गणतन्त्रका पक्षका मानिसहरुसँग । एक पछि अर्को र अर्को पछि अर्को पक्ष बनाएर नेपाल भित्र नै द्वन्द्ध सृजना गरिदिएको भारतले नेपालमा अहिले मधेशको मुद्धालाई मुख्य बनाएर मधेश मुलुकका मासिहरुलाई पहाडि मुलुकका मानिसहरुसँग भाइचाराको सम्बन्धलाई भाडेको छ । नेपालमा महिनौ पिच्छे प्रधानमन्त्री नयाँ हुुनुमा पनि भारतको ठुलो हात छ । जसको कारणले देशले स्थायी सरकारको अनुभुति गर्न सकेको छैन् अहिलेको समस्याको लागी परराष्ट्रमन्त्री कमल थापा दिल्ली गएर सम्झौता गरेर आए । त्यस्तै मधेशी दलहरुका नेताहरु गए सम्झौता गरेर आए । अर्काको देशमा गएर सम्झौता हुन सक्ने तर नेपालको भुमिमा सम्झौता हुन नसक्ने भन्ने हुन्छ ? उहि व्यक्ती उहि दल उहि नेता कसरी भारतमा गएर सम्झौता हुन सक्ने नेपालमा हुन नसक्ने यो प्रश्न जनतामा उब्जिएको छ । अर्को कुरा नेपालका संघर्स गरेका व्यक्ती र सरकारी पक्षको सम्झौता कहिले पनि एक पक्षलाई पेलेर भएका छन् । आजसम्म भएका ठुला—ठुला सम्झौता भारतकै रोहोवरमा भएको पाइन्छ । यसरी एउटा पक्षलाई भट्काउने अर्को पक्षमा काम गर्ने अर्को पक्षलाई भट्काउने अर्को पक्षसँग काम गर्ने भारतको ढुलमुले स्वभाव र नेपाली नेताको चाकडि गर्ने स्वभावका कारण नेपालमा भएका श्रोत साधनहरु भारतले लुटेर खाइसकेको छ । बिभिन्न सम्झौता गराएर नेपाली नेताको क्षणिक स्वार्थका कारण नेपालको आर्थीक क्षेत्रमा र विकासको क्षेत्रमा ठुलो धक्का पुगेको छ । अर्काको भुमिमा भएका ति सम्झौताको खारेज तथा भारतिय विस्तारबादको अन्त्यका लागी सबै पक्षबाट आवाज उठाउनु जरुरी छ । नेपालको समस्याको समाधान नेपालभित्र आफै नभएसम्म नेपालको समस्या कहिले पनि समाधान हुन सक्दैन । यसको स्पष्ठ अहिलेको माहोलबाट थाहा भएको छ ।










