माघ ०४, सुर्खेत – सुर्खेत वीरेन्द्रनगरको पिपिरा चोकबाट २ जना बालकलाई प्रहरीले उद्धार गरेको छ । पिपिराको एक प्रतिक्षालयबाट ३ महिनाको बालिका र वर्ष ६ को बालकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोग र जिल्ला बाल कल्याण समिति सुर्खेतको समन्वयमा उद्धार गरिएको हो । करिव ३० बर्षकी महिला केही महिना देखि पिपिरा चोकको प्रतिक्षालयमा वेवारिसे अवस्थामा बस्दै आएकी थिइन् । गरिवीले विहान बेलुका छाक टार्ने र छोराछोरीलाई लत्ताकपडाको जोहो गर्ने पैसा नभएकाले स्थानिय देउती बज्यै मन्दिरमा विहानै दृ्ेखि माग्न बस्ने महिलाले दिनभर मागेर जम्मा गरेको पैसाले साँझ मदिरा सेवन गर्ने, छोराछोरीलाई बेवास्ता गर्ने भएकाले बालबालीकाको बेहाल भएको थियो । मदिरा सेवन गरेकै कारण ती महिलाले बच्चालाई आफैले दुव्र्यवहार गर्दै आएको पाईएको छ । अलि मानसिक अस्वस्थ जस्तो लाग्ने र प्राय नशामा रहने यि महिलालाई सुत्केरी ब्यथा लागेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले गत असोज २८ गते राति मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा पु¥याएको थियो । जिल्ला बाल कल्याण समितिले मंसीरमा बच्चालाई उद्धार गर्ने प्रयास गरेता पनि आमाले दिन इन्कार गरेपछि असफल भएको प्रहरलिे जनाएको छ । पिपिरा चोकको समुदायले आमा नहुदा कपडा लगाईदिने देखि लिएर बच्चाको लागि धेरै सहयोग गरेता पनि समुदायसंग उल्टै झगडा गर्ने, फोहोर शब्द बोल्ने, ढुङ्गाले हान्ने गरेको बताएका छन् । बालीकालाई उद्धार गर्ने क्रममा बच्चा रोएकोले टोलीमा खटिएको महिला प्रहरी जवान पार्वती मल्लले आफ्नो दुध खुआएकि थिईन् । उद्धार गरे पछि ३ महिनाको बालिकालाई सुर्खेत बाल क्लिनिकका डा. नवराज के.सी.ले निःशुल्क स्वास्थ्य उपचार गरी सहयोग गरेका छन् र दुवैै बालक नव जीवन बाल संरक्षण केन्द्र सुर्खेतको संरक्षणमा राखिएको छ ।
0 comments:
Post a Comment