प्रहरी मेरो बन्यो
चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र
बाच्ने मन छ जुनी-जुनी
गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा
मोदीको भिषा रेकर्ड फाईल
अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।
म. प. विश्वविद्यालयले पालुवा…
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा
दलित बालबालिकाको अवस्था
हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।
कर्मचारी संगठनको अध्यक्षमा खत्री
४ बर्षसम्म अलपत्र रानीघाट पुलको काम सुरु
एकिकृत सम्पत्तीकर लगाउदै नपा
पाईनै छाड्यो मदिरा
घरमा शून्य सुत्केरीु गाविस घोषणा
दैलेखको कालभैरव गाविसलाई मध्यपश्चिमकै पहिलो घरमा शून्य सुत्केरी गाविस घोषणा गरिएको छ । १ वर्षयता घरमा सुत्केरी नभएपछि कालभैरवलाई घरमा शून्य सुत्केरी गाविस घोषणा गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख निर्मल रसाईलीले मध्यपश्चिमकै पहिलो घरमा शून्य सुत्केरी गाविस भएको बताए। स्वास्थ्य चौकीमा ३ जना अनमीले प्रसुति सेवा दिएपछि १ वर्षदेखि कुनै पनि सुत्केरी घरमा नभएको जनाइएको छ । प्रसृति गृह सुविधासम्पन्न भएपछि गाविसभरबाट सुरक्षित प्रसुतिकालागि सुत्केरी हुन जाने गरेको स्वंयम सेविका तुलसी थापाले बताइन् । आइतबार एक समाहरोहकाबीच घरमा शून्य सुत्केरी गाविस घोषणा गरिएको छ । जिल्ला अन्य गाविसमा घरमै सुत्केरी भई शिशु र मातृ मृत्युको घटनाहरु हुने गरेका छन्। सबै गाविसमा अभियानकै रुपमा लगे सुरक्षित सुत्केरी हुनेका संख्या बढ्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।म.प. विश्वविद्यालयका डिनहरुले कार्यभार सम्हाले
सुर्खेतमा सतर्कताको छड्के अनुगमन, ४१ कर्मचारी कार्यालयमा भेटिएनन्
५ माघ, सुर्खेत– सुर्खेतमा रहेका विभीन्न कार्यालयका ४१ जना सरकारी कर्मचारी एकै दिन कार्यालय समयमा उपस्थित नभएका पाइएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र रहेका विभीन्न २१ वटा कार्यालयमा कार्यरत ४१ जना कर्मचारी कार्यालय समयमा उपस्थित नभएका हुन् । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनका क्रममा यस्तो फेला परेको हो । केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा अधिकाँश कार्यालयका प्रमुख नै कार्यालयमा उपस्थित नभएको पाइएको छ । सर्तकता केन्द्रका उप–सचिव शेरबहादुर ढुंगानाले अधिकांश कार्यालयका प्रमुख र कर्मचारीहरुको मनोमानी देखिएको बताएउनुभएको छ । उहाँले क्षेत्रीय र जिल्लास्तर कार्यालयका प्रमुखले नै सरकारी जागिरको दुरुपयोग गरेर आफू खुसी हिड्ने गरेको अनुगमनका क्रममा पाइएको जानकारी दिनुभयो । आज मात्रै पनि ४१ जना कर्मचारी उपस्थित भएनन् भने अघिल्लो दिन हिजो २३ जना कर्मचारी कार्यालयमा नआएको रेकर्ड फेला परेको उप–सचिव ढुंगानाको भनाई छ । ढुङ्गानासहितको टोलीले विशेषगरी समय पालना, अघिल्ला दिनहरुको अनुपस्थिती र तोकिएको पोशाक लगाएको वा नलगाएको भन्नेबारे छड्के जाँच गरेको थियो । सर्तकता केन्द्रको टोली आएपछि कार्यालयका कर्मचारीहरु भने डराएका थिए । छड्के अनुगमन क्रममा कतिपय कार्यालयका कर्मचारीहरुले खाली छोडेको हाजिरीमा समेत उप–सचिव ढुंगानाले रातो लगाउनुभएको छ । स्वंयम अनुगमनमा हिडेका उप–सचिव ढुंगानाले दर्जनबढी कर्मचारीहरु अनुपस्थित रहेको पाइएको थियो । तर केन्द्रले मागेको विवरणमा भने तीन जना कर्मचारीले मात्र पोशाक नलाएको भन्ने उल्लेख सम्वन्धित सरकारी कार्यालयले विवरण पेश गरेको छ । कर्मचारीहरुले अनुगमनमा आए, केही गर्दैन भन्ने मानसिकतामा ग्रसित कर्मचारीहरुलाई कारवाही गराएरै छाड्ने चेतावनी उप–सचिव ढुंगानाले दिनुभयो । उहाँले अवको केही दिनमा कार्यालयमा उपस्थित नहुने कार्यालय प्रमुखलाई विभागिय कारवाहीका लागि सम्वन्धित मन्त्रालयमा पत्रचार गर्ने तयारी गरेको जानकारी दिनुभएको छ । पोशाक नलाएर पनि लगाएको भन्ने विवरण दिने कार्यालयलाई पनि विशेष निगरानीमा राखेकाले अवको केही दिनमा त्यसको परिणाम सार्वजनिक गर्ने उद्घोष उप–सचिव ढुंगानाले गर्नुभयो ।सडकको प्रतिक्षालयबाट २ बच्चाको उद्धार
कालीकोटमा पहिलो पटक सामुदायिक पुस्तकालय
माघ ०२, कालीकोट – यस जिल्लामा पहिलो पटक सामुदायिक पुस्तकालयको स्थापना हुने भएको छ । मान्ममा साहित्यकारले पहिलो पटक पुस्तकालय गर्न लागेका हुन् । जिल्लामा साहित्य तथा कला क्षेत्रमा काम गर्दै आएको कला नेपालले पुस्तकमार्फत ज्ञान सिप बाँड्न पुस्तकालयको स्थापना गर्न लागेको कला नेपालका अध्यक्ष एवम् साहित्यकार कृष्णराज धमालाले बताउनुभयो । उहाका अनुसार जिल्लाभित्र तथा बाहिरबाट ५०० पुस्तक सङ्कलन गरी सदरमुकाममा जम्मा पारिएको छ । उहाले ‘सिङ्गो कर्णाली र खस भाषाको थलोको रुपमा चिनिएको संस्कृति रक्षाका लागि पनि अध्ययनको खाँचो भएको बताउनुभयो ।’ जिल्लामा क्रियाशील साहित्यकार र अन्य निकायबाट पुस्तक सङ्कलन गरिएको हो । वलपरासीलगायतका ठाउँबाट पनि पुस्तकका लागि हातेमालो गर्ने योजना बनाइएको छ । पुस्तकालयमा कृषि, राजनीति, दर्शन, मनोरञ्जनलगायतका विधासम्बन्धी किताब राखिने छ । विभिन्न निकायसँग समन्वय गरी माघ महिनाभित्र पुस्तकालय सञ्चालनमा ल्याइने साहित्यकार दुर्गा काफ्लेले बताउनुभयो ।
सुर्खेतमा बहुबिवाह मुद्दामा एक जोडी पक्राउ

चिनाउन सके पंचकोशी क्षेत्र नेपालकै पहिलो गन्तब्य हुनेछ तिर्थयात्री
पुस २८, दैलेख – दैलेखमा रहेको पंचकोशी तिर्थस्थललाई चिनाउन सकेमा नेपालमै पहिलो तिर्थस्थल हुने विदेशी तिर्थयात्रीहरुले दावी गरेका छन् । पंचकोशी तिर्थमा आएका विदेशी तिर्थयात्रीले तिर्थ पुरा गरेपछि यहाँको धार्मीक क्षेत्र सवैको नजरमा आर्कषण रहेको दावी तिर्थयात्रीहरुले गरेका हुन् । पंचकाशी क्षेत्र महत्वपूर्ण, सुन्दर र निकै राम्रो रैछ अमेरिकन नागरिक तथा तिर्थयात्री विलियम पि. फोब्र्सले दैलेख सदरमुकाममा रिपोर्टर्स क्लव दैलेखले गरेको पंचकोशी क्षेत्रको अवस्था विषयक साक्षात्कार कार्यक्रममा दैलेखकाधार्मीक तथा बैज्ञानिक दुवै पर्यटकहरुका लागि खुल्ला ऐना झै भएको बताउनुभयो । पत्रपत्रिकामा आफुले यहाँको धार्मीक क्षेत्रका बारेमा पढ्दै आएपछि अहिले घुम्ने अवसर पाएर धन्य भएको उहाले बताउनुभयो । पहिलो पटक यहाँको तिर्थ गरेर आफुले धेरै कुराको अनुभव गरेझै लाग्यो । विदेशी तिर्थयात्री फोब्र्सले प्रचारप्रसार गर्न सके नेपालकै पहिलो तिर्थस्थलका रुपमा चिनिने बताउनुभयो । धार्मीक क्षेत्रमा प्रकृती मनमहोक दृश्य कम्ती राम्रो छैन् । यहाँ आउने सवैले आफुले तिर्थ दोहोराउने छन् र अरुलाई पनि आउन प्रेरित गर्नेछन् । पंचकोशी रुचीपूर्ण, खोजपूर्ण तथा मनको शान्तीका लागि आउनैपर्ने स्थान भएको उहाको भनाई । पंचकोशी क्षेत्रको १० वर्षदेखी प्रचारमा एक्लो रुपमा चिनाउन लागेका धार्मीक सांस्कृती तथा ऐतिहासका जानकार विश्व केसीले अहिले जिल्लाबासीहरुकै सहयोग पाएमा खुसी छन् । दैलेखलाई चिनाउन कुनै पनि कुराको अपुग छैन् । ऐतिहासका जानकार केसीले २५ जातजातिको उद्गम स्थलदेखी धार्मीक, सांस्कृतीक तथा ऐतिहासिक स्थलका साथै प्राकृतिक सुन्दरता समेत रहेको बताउनुभयो । नेपाली भाषाको पहिलो शिलालेखदेखी जलवायूले साथ दिएको सल्लो र साल समेत दैलेखमा एकै ठाँउमा देख्न सकिने केसीको भनाई थियो । दुल्लुमा रहेको किर्तिखम्वले खस राज्यको ईतिहास समेत चित्रण गरेकाले यहाँ आउनेहरुका लागि दैलेख सिक्ने थाले भएको केसीले बताउनुभयो।प्रदेश नं.६ को कार्यकर्ता प्रशिक्षण सम्पन्न, एमाओवादीभन्दा नयाँ शक्ति अर्को हुनै नसक्ने नेताहरुको भनाई
पुस २८, सुर्खेत–एमाओबादीको एनेकपा (माओवादी) को प्रदेश नं. ६ को आन्तरिक प्रशिक्षण कार्यक्रम आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । पछिल्लो राजनीतिक अवस्था, पार्टीको आगामी कार्ययोजनालगायतका विषयमा सुर्खेतको वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिको नेतृत्व एमाओवादीले नै गरिरहेको भन्दै नेता तथा कार्यकर्ताहरुलाई धैर्य गरेर बस्न आग्रह गरेका थिर्नुभएको हो । प्रदेश नं. ६ का विभिन्न जिल्लाका पार्टी अध्यक्षहरुले प्रतिवेदन प्रस्तुत गरिसकेपछि आफ्नो भनाई राखेका अध्यक्ष दाहालले लामो समय एमाओवादीबाट छुट्टिएर नयाँ शक्ति अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्तिको भनाइ राखेका थिए । नयाँ शक्तिका सम्बन्धमा अध्यक्ष दाहालले नेता तथा कार्यकर्ताहरुलाई कतै नडगमगाएर बस्न आग्ह गर्दै नयाँ शक्ति कस्तो बन्छ भन्ने कुरा त एक वर्षै थाहा भइहाल्ने बताउनुभयो । अहिले केही मान्छेहरु नयाँ शक्ति भनेर त्यसकै पछाडि लागेको भएपनि अहिले फर्किएको भन्दै नयाँ शक्तिको औचित्य नहुने बताउनुभयो । उहाँले अबको नयाँ शक्ति भनेकै एमाओवादीभएको भन्दै सबै पार्टी निर्माणमा लाग्न आग्रह गर्नुभयो । जिल्लाका अध्यक्षहरु र अन्य नेता तथा कार्यकर्तारुलाई पार्टी निर्माण गर्न निर्देशन गर्दै अध्यक्ष दाहालले अब एमाओवादीलाई नयाँ बनाएर देखाउने र एमाओवादी नै देशको पहिलो शक्ति हुने बताउनुभयो । कार्यक्रममा प्रदेश नं. ६ का विभिन्न जिल्लाका अध्यक्षहरुले दाहाललाई जिल्लाको अवस्थाका बारेमा जानकारी गराएका थिए । प्रशिक्षणमा एमाओवादीका उपाध्यक्ष नारायणकाजि श्रेष्ठ, महासचिव कृष्णबहादुर महारा, प्रदेश नं. ६ का इन्चार्ज जनार्दन शर्मा लगायतको सहभागिता थियो ।मध्यपश्चिमाञ्चल विश्वविद्यालयका ७ पदाधिकारी भ्रष्टाचारी ठहर, उपकुलपतिले सफाइ पाए
पुस २८, सुर्खेत – विशेष अदालतले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका रजिष्ट्रार ठकेन्द्र गिरीसहित सात पदाधिकारीलाई भ्रष्टाचारी ठहर गरेको छ । उपकुलपति देवकोटासहित नवराज कँडेलसहित ९ जनाले भने सफाइ पाएका छन् । विशेषले विश्वविद्यालयको रकम भ्रष्टाचार गर्ने कार्यमा संलग्न रहेको ठहर गर्दै जरिवाना र कैद हुने फैसला सुनाएको हो । विशेषले रजिष्ट्रार गिरीलाई १ वर्ष ९ महिना कैद र ६ लाख ८२ हजार जरिवाना हुने फैसला सुनाएको छ । उप रजिष्टार जगन्नाथ पौडेलका अनुसार भ्रष्टाचारी ठहर हुनेमा सुचन गौली, गणेशबहादुर राउत, पारसमणी गिरी, जिवनकुमार थापा गगनसिंह बोहोरा र लेखा नियन्त्रक कमल केसी रहेका छन् । विशेषले गौलीलाई ७ महिना कैद र ३ लाख १७ जरिवाना, राउतलाई ७ महिना कैद र २ लाख ९३ हजार, गिरी ६ महिना कैद र १ लाख ७८ हजार, थापा ६ महिना कैद र १ लाख ६ सय ८७ ,बोहोरा ६ महिना कैद र १ लाख ५८ हजार र लेखा नियन्त्रक केसी ७ महिना कैद तथा २ लाख ७३ हजार जरिवाना हुने फैसला सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपतिसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, उपकुलपति देवकोटासहित नवराज कँडेल, केशरशिंह राना, श्रीरामप्रसाद उपाध्याय, मस्तवहादुर गरम्जा, रामचन्द्र अर्याल, पिताम्वर ढकाल, लालमणी आचार्य, गणेशबहादुर केसीले भने सफाइ पाएका छन् ।कोपिलामा यौनदु र्व्यवहारको आरोप,म्यागीद्वारा पत्रकारमाथी दुर्व्यवहार
पुस २६, सुर्खेत – केही समय अगाडि मात्रै सिएनन हिरो २०१५ घोषित भएकी म्यागी डोइनले संचालन गरेको संस्था कोपिला भ्याली समाजलाई थुप्रै आरोपहरु लागेका छन् । पहिले पनि विभिन्न आरोपहरु लाग्दै आएको म्यागीको संस्था कोपिला भ्याली समाजले संचालन गरेका विभिन्न क्रियाकलापहरुलाई लिएर पुनः आरोपहरु विभिन्न निकायमा छानविनका लागि पुगेका छन् । यसपटक समाजले संचालन गरेको महिला केन्द्रबाट निस्काशित कर्मचारीहरुले थुप्रै आरोपहरु लगाएर विभिन्न निकायमा न्यायका लागि भन्दै उजुरी दर्ता गराएका छन् । विशेष गरी कोपिला भ्याली समाजका अध्यक्ष टोपबहादुर मल्लले महिला कर्मचारीहरुलाई यौन दुव्र्यबहार गरेको र यो कुरा म्यागीलाई जानकारी गराउँदा अध्यक्ष मल्लको विरुद्धमा बोल्न नदिने गरेको आरोप लगाइएको छ । महिला केन्द्रमा प्रशासन प्रमुखका रुपमा काम गर्दै गर्दा हटाइएका कौशिला मैनालीले आफू माथी यौन दुव्र्यबहादर गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतका साथै विभिन्न निकायमा उजुरी दर्ता गर्नुभएको छ । मैनालीले आफूलाई ग्लोबल एकसन संस्थामा काम गर्दागर्दै त्यो भन्दा बढी तलवभत्ता र सेवासुविधा दिने भन्दै महिला केन्द्रको लागि लिइएको पहिले भनेबमोजिम सेवासुविधा पनि नदिएको उजुरीमा उल्लेख गर्नुभएको छ । संस्थाका अध्यक्ष टोपबहादुर मल्लले आफूले भनेको माने मात्रै जागिर रहने नत्र नरहने भन्दै एक्लै आफ्नो कार्य कक्षमा बोलाउने, संवेदनशिल अंग छुने , आफूले भनेबमोजिम गर्न दवाब दिने र यहाँ ग्राहो हुन्छ भने जिल्ला बाहिर जाउँ भन्ने गरेको मैनालीले निवेदनमा उल्लेख गरेकिछन । आफूलाई जागिरबाट निकालिसकेपछि पनि अध्यक्ष मल्ले मैले भनेको मान, मसंग घुम्न जाउँ म जागिर पुनरबहाली गरिदिन्छु भन्ने गरेको मैनालीले बताउनुभयो । आफूले अन्याय भएपछि तीन महिना पछि विभिन्न निकायमा उजुरी दिन बाध्य भएको जानकारी दिन पत्रकार सम्मेलन गरी मैनालीले आफूले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उजुरी दिएको बताउनुभयो । यस्तै गृहमन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्तरिक राजश्व कार्यालय, सुर्खेत, क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेत, जिल्ला विकास समितिको कार्यालय सुर्खेत, समाज कल्याण परिषद, काठमाडौंमा पनि निवेदन बोदार्थ पठाएको जानकारी गराइएको छ । निवेदनमा आर्थिक सहयोगका रुपमा जानकारी लिनु खोज्दा र महिला केन्द्रका महिलाहरुलाई धेरै काम गराएर कम रकम दिने गरेकोले छलफल गर्न थालेकोले आफूलाई अप्ठेरो पर्ने भएकोले अध्यक्ष मल्ल र निर्देशक म्यागीले स्पष्टिकरण मागी अवकाश दिएको भनिएको छ । निवेदनमा कोपिला भ्याली समाजका कर्मचारीहरुलाई नियुक्ति नदिने सम्झौता भन्दा कम तलव दिने, प्राप्त सहयोग र आम्दानीको बारेमा कसैले जानकारी नपाउने, बैंक रकम राख्न र निकाल्न नपाइने, भनेको नमान्नेलाई तत्का्िल निकालिदिने, कर्मचारी कसैलाई पनि हालसम्म कन्ट्रायक नदिएको र चाहेको वेलामा निकाल्ने, अध्यक्षले हस्तक्षेप गर्ने गरेको खुलाइएको छ । यसैक्रममा मैनालीलाई भन्दा पहिलो पनि स्टोर मनेजर कल्पना सारु र काउन्सिलर गीता सुवेदीलाई पनि कुनै कारण तथा सूचना विना हटाइएको जनाइएको छ । कोपिला भ्याली महिला केन्द्र दर्तासमेत नभएको निवेदनमा भनिएको छ । तर दर्ता नभएपनि सेवामूलक कार्य भनी आयमूलक काम गरिरहेको र कम नतिर्ने गरेको बताइएको छ । यस्तै कार्यसमिति सदस्यलार्य राख्न नपाइने हुँदा पनि कोपिला भ्याली समाजले कार्यसमिति सदस्य अजयकुमार कार्कीलाई नै लेखापाल राखेको, संस्थाको पदाधिकारीमा पनि नातापर्ने व्यत्तिः मात्रै रहेको जनाइएको छ । अध्यक्ष मल्लले बहिनी मिमकोशा शाही सचिव, दाई पृथ्वी मल्ल कोषाध्यक्ष रहेका छन् । यस्तै सार्वजनिक खरिद ऐनअनुसार विज्ञापन नखोली र उक्त प्रक्रिया विपरित जागिरमा राख्ने गरेको बताइएको छ । महिला केन्द्रमा पनि अहिले एचए पढेकी नातेदार सरिता मल्ललाई राखिएको जनाइएको छ ।एक घर एक धारा बनाईदै
पुस २६, सुर्खेत – सुर्खेतको रानीवास गाविसमा ‘एक घर एक धारा’ बनाउने प्रस्ताव अघि सारिएको छ । नेपाल सरकार, विभिन्न संघसंस्था तथा जनश्रमदानद्वारा ‘एक घर एक धारा’ बनाउने प्रस्ताव ल्याईएको हो । ३७ वर्ग किलोमिटरमा फैलिएको रानीवास गाविसका ६ सय १० घरधुरीमा अगामी दुई वर्ष भित्र एउटा सफा शौचालय र पानीको धारा निर्माण गरिने छ । गाविसको शनिबार रानीवासमा सम्पन्न गाउँ परिषद्ले गाउँको नाम अनुसारको काम पुरा गर्ने महत्वकांक्षी प्रस्ताव अघि सारेको हो । ‘विकास भनेको नै मानवले मानवका लागि गर्ने हो भन्दै रानीवास गाविस सचिव पिताम्बर पौडेलले गाउँको विकासका लागि जनताको सहयोगमा राज्यसँग हातोमालो गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँको समग्र विकासका लागि विभिन्न संघसंस्थाको आर्थिक तथा भौतिक सहयोगमा हालसम्म ५० हजार रुपैयाँको समपुरक कोष खडा भईसकेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कोषको रकमलाई बढाउँदै आर्यआर्जन, क्षमता विकाससँगै पूर्वाधारमा लगानी गरिने छ । परिषद्ले २४ लाख २९ हजार आठ सय ४५ रुपैयाँको कुल बजेट प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा शिक्षा, कृषि, पर्यटन, सडक, लघु उद्यम, क्षमता अभिवृद्धि र लक्षित वर्ग तर्फ बढी केन्द्रीत उहाँले जिकिर गर्नुभयो । उहाँका अनुसार पूँजीगत तर्फ १९ लाख ६५ हजार आठ सय ४५ तथा चालु तर्फ ४ लाख ६४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । उक्त बजेट मध्ये चार लाख ३४ हजार नेपाल सरकारको अनुदान तथा ३० हजार रुपैयाँ आन्तरिक स्रोतबाट पुरा गरिने छ । परिषद्ले प्रस्तावित बजेटमा ७ लाख दुई सय ६३ पूर्वाधार, चार लाख ६६ हजार आठ सय ४२ प्रर्वद्धनात्मक र ६ लाख ५५ हजार तीन सय ६३ रुपैयाँ लक्षित वर्गलाई रकम वियोजन गरेको छ ।३ लाख नगद सहित श्रीमती फरार
पुस २६ सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिका– ८ कालिदमारकी नन्दा बस्याल सार्कीले मलेसियामा कार्यरत श्रीमानले पठाएको रु. ३ लाख लिएर अर्कैसँग बिबाह गरेकी छिन् । पाँच वर्षको बच्चालाई सुतेको अवस्थामा घरमै छाडेर नन्दाले यही पुस १३ गते भेरीगंगा नगरपालिका–१५ रामघाटका राजु रम्तेलसँग विवाह गरेकी हुन । नन्दाका श्रीमान तिलक बहादुर सार्की रोजगारीका लागि मलेसियामा हुनुहुन्छ । तिलकका दाजु चन्द्रवीर सार्कीले भाइले विदेशवाट दुख गरी कमाएर पठाएको रकम लिएर बुहारी नन्दाले अर्केसँग विवाह गरेको जानकारी दिनुभयो । उहाँले नन्दाले विभिन्न सहकारीबाट ऋण लिएको ३ लाख ३० हजार नगद रुपैयाँ पनि हिनामिना गरेको उल्लेख गर्नुभयो । तिलकका आफन्तले नन्दालाई पक्राउ गरी रकम अशुल उपर गर्न माग गदै इलाका प्रहरी कार्यालय छिन्चुमा उजुरी दर्ता गरेको वताएका छन । आफन्तले इलाका प्रहरी कार्यालय छिन्चुमा ३ लाख रकम असुल गरी पाउँ भन्दै नन्दा विरुद्ध उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी सहायक निरिक्षक जय बहादुर रावतले पीडितले उजूरी दिएकाले दुवै जनालाई पक्राउ गरी कारवाही अघि वढाउने जानकारी दिनुभयो । उहाँले नन्दा र रम्तेललाई पक्राउ गरी घटनाबारे छिटटै अनुसन्धान अघि वढाउने समेत बताउनुभयो । पत्रकारहरुद्वारा आन्दोलन शुरुवात
पुस २१, सुर्खेत – समाचार संकलन गर्न गएका आफ्ना सहकर्मीहरुमाथि हातपातमा उत्रिएका नेपाली सेनाका कर्णेललाई कारबाही गर्न माग गर्दै सुर्खेतका पत्रकारहरुले आन्दोलन शुरु गरेका छन् । शिक्षकलाई विद्यार्थीले कुटपिट गरेको विषयमा समाचार संकलन गर्न वीरेन्द्रनगरस्थित सैनिक आवाशिय महाविद्यालयमा गएका पत्रकारहरुलाई गाली ग्लोच गर्दै अपशव्द बोल्ने तथा हातपातमा उत्रिएका कर्णेल शिवप्रताप कार्कीलाई कारबाही गर्नुपर्ने माग गर्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् ।नेपाल पत्रकार महासंघको अगुवाईमा आज जिल्ला प्रशासन कार्यालयमार्फत् गृह र रक्षा मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाईएको छ । सेनाको मध्यपश्चिमाञ्चल क्षेत्रीय पृतनाअन्तरगत सुर्खेतमा कार्यरत कर्णेल कार्कीले पत्रकारहरु सुदिप पुरी, सुशील खड्का, कृष्ण आचार्य र इश्वर अधिकारीलाई महाविद्यालयको गेट बाहिर विद्यार्थीका अभिभावकसामू अपशव्द प्रयोग गरि हातपात गरेका थिए ।साथै उनले पत्रकारहरुलाई ज्यान मार्ने धम्कि पनि दिएका थिए । कर्णेल कार्कीले सार्वजनिक रुपमा माफि माग्नुपर्ने, विभागीय कारबाही हुनुपर्ने र आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिवद्धता हुनुपर्ने माग गरेका छन् । ध्यानाकर्षण पत्र बुझ्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी वलदेव गौतमले आफ्नो तर्फबाट हुने सवै काम गर्ने बताउनुभएको छ ।
लोडसेडिङ्ग फेरी बढ्यो, लाईन नै काटिदिए हुन्छ: सेवाग्राही
सैनिक महाविद्यालयका शिक्षकमाथि विद्यार्थीको आक्रमण, पत्रकारमाथी दुव्र्यवहार
पुस १९, सुर्खेत – सुर्खेतको सैनिक आवासीय महाविद्यालयका विद्यार्थीले शिक्षकमाथि जथाभावी आक्रमण गरेका छन् । लागु पदार्थ प्रयोग गर्दै गरेको बेलामा केही विद्यार्थी भेटिएपछि सम्झाउन खोज्दा कक्षा १० मा अध्ययनरत विद्यार्थीले शिक्षकमाथि जथाभावी हातपात गरेका विद्यालमा पढाउने एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए । विद्यार्थीहरुले विद्यालयको प्रशासन कक्षका झ्याल ढोकामा समेत तोडफोड गरेका छन । विद्यार्थीले रड, ढंगा, इटाले जहाँ पायो त्यही हिर्काउन थालेपछि शिक्षकहरुको भागाभाग भएको थियो । विद्यार्थीको अवरोधका कारण कक्षा ४ देखि ९ सम्मको दोश्रो त्रैमासिक परीक्षा समेत अवरुद्ध भएको छ । विद्यार्थीको प्रहारवाट केही शिक्षक र केही विद्यार्थीसमेत घाइते भएका छन् । तर विद्यालय प्रशासन र महाविद्यालयको सुरक्षाका लागि बसेको सेनाले भने यसबारेमा केहि बताएको छैन ।यस्तै समाचार संकलनका क्रममा माउण्टेन टेलिभिजनका सम्वाददाता सुदीप पुरी, काँक्रेविहार दैनिकका ईश्वर अधिकारी, बुलबुले एफएमका समाचार प्रमुख कृष्ण आचार्य र अनलाईन सुर्खेतका सम्वाददाता सुशील खड्कालाई सेनाले “ए फोटो किन खिचिस भन्दै दुव्र्यहार गरेका थिए । तर घटना बारे बुझ्न समेत सेनाले विद्यलायमा प्रवेश गर्न नदिएर फर्काइदिएको छ ।
नयाँ शक्ति बैकल्पिक शक्तिः डा भट्टराई
पुस १७, सुर्खेत – पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति निर्माणका अभियन्ता डा. बाबुराम भट्टराईले नयाँ शक्ति बैकल्पिक शक्ति भएको बताउनुभएको छ । अहिलेको पुस्ताले नयाँ सोच र समृद्धि चाहेको भन्दै त्यो सोच र बिचार पुराना पार्टीमा नभएकोले त्यसको विकल्प भएको बताउनुभएको हो । हिजो वीरेन्द्रनगरमा आयोजना गरिएको राष्ट्रिय स्वाधिनता र नयाँ शक्तिको आवश्यकता’ बिषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताउनुभएको हो । अब सबैले आर्थिक समृद्धिको राजनीतिक आवश्यक भएको र त्यसका लागि नयाँ सोच र नीतिको आवश्यक परेको भन्दै डा. भट्टराईले यो अभियान संचालन गरिएको बताउनुभयो । उहाले पुरानो पछि नयाँ आबश्यक हुने भन्दै सबै दल पुरानो भइसकेकोले नयाँ शक्तिको आवश्यकता भएको बताउनुभयो । दश वर्षको द्वन्दकालले गणतन्त्र र संविधान निर्मणा भएको र अब समृद्धि आवश्यक भएको भन्दै उहाले आर्थिक समृद्धिको मुद्धा सम्बोधनका लागि नयाँ शक्ति आवश्यक भएको बताउनुभयो ।


















