पुस १७, सुर्खेत – आजबाट अंग्रेजी वर्षको नयाँ वर्ष सन् २०१६ शुरु भएको छ । विश्वभरका जनताले नयाँ वर्ष मनाइरहेका छन् । विश्वका नागरिकहरुले जस्तै नेपालीहरुले पनि अंंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् । विक्रम सम्बतको नयाँ वर्षका रुपमा वैशाख १ गतेलाई मान्ने गरिए पनि नेपाली समुदायले अंग्रेजी वर्षलाई पनि उत्तिकै उत्साहका साथ नयाँ वर्षका प्रहरी मेरो बन्यो
चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र
बाच्ने मन छ जुनी-जुनी
गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा
मोदीको भिषा रेकर्ड फाईल
अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।
म. प. विश्वविद्यालयले पालुवा…
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा
दलित बालबालिकाको अवस्था
हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।
नयाँ वर्ष अंग्रेजी, ढाकाटोपी नेपाली, नाकाबन्दीले सिकायो ढाका टोपी लगाउन
पुस १७, सुर्खेत – आजबाट अंग्रेजी वर्षको नयाँ वर्ष सन् २०१६ शुरु भएको छ । विश्वभरका जनताले नयाँ वर्ष मनाइरहेका छन् । विश्वका नागरिकहरुले जस्तै नेपालीहरुले पनि अंंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् । विक्रम सम्बतको नयाँ वर्षका रुपमा वैशाख १ गतेलाई मान्ने गरिए पनि नेपाली समुदायले अंग्रेजी वर्षलाई पनि उत्तिकै उत्साहका साथ नयाँ वर्षका अनलाईन लव मिठो कथा

नयाँ शक्ति बैकल्पिक शक्तिः डा भट्टराई
पुस १७, सुर्खेत – पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति निर्माणका अभियन्ता डा. बाबुराम भट्टराईले नयाँ शक्ति बैकल्पिक शक्ति भएको बताउनुभएको छ । अहिलेको पुस्ताले नयाँ सोच र समृद्धि चाहेको भन्दै त्यो सोच र बिचार पुराना पार्टीमा नभएकोले त्यसको विकल्प भएको बताउनुभएको हो । हिजो वीरेन्द्रनगरमा आयोजना गरिएको राष्ट्रिय स्वाधिनता र नयाँ शक्तिको आवश्यकता’ बिषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताउनुभएको हो । अब सबैले आर्थिक समृद्धिको राजनीतिक आवश्यक भएको र त्यसका लागि नयाँ सोच र नीतिको आवश्यक परेको भन्दै डा. भट्टराईले यो अभियान संचालन गरिएको बताउनुभयो । उहाले पुरानो पछि नयाँ आबश्यक हुने भन्दै सबै दल पुरानो भइसकेकोले नयाँ शक्तिको आवश्यकता भएको बताउनुभयो । दश वर्षको द्वन्दकालले गणतन्त्र र संविधान निर्मणा भएको र अब समृद्धि आवश्यक भएको भन्दै उहाले आर्थिक समृद्धिको मुद्धा सम्बोधनका लागि नयाँ शक्ति आवश्यक भएको बताउनुभयो ।महिला किसानलाई निर्णय प्रक्रियामा पु¥याउन नेतृत्व दिनुपर्छ
पुस १७, सुर्खेत– महिला किसानहरुलाई निर्णय प्रक्रियामा पु¥याउनका लागि नेतृत्वमा पु¥याउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतले संचालन गरेको खाद्य सुरक्षा परियोजना अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजना गरेको महिला किसानहरुलाई निर्णय प्रक्रियामा पु¥याउन राजनीतिक दलहरुको भूमिका विषयक संवाद कार्यक्रमका सहभागीले यस्तो बताइएका हुन ।टेरो कार्ड अनुसार तपाईहरुको सन् २०१६ को राशिफल यस्तो छ
तनाव कम गर्न पाकिस्तान र अफगानिस्तानबिच हटलाइनको व्यवस्था
पुस १६, काठमाण्डौ – पाकिस्तान र अफगानिस्तानले सीमा क्षेत्रमा हुने गरेका समस्या समाधानका लागि हटलाइनको व्यवस्था गरेका छन् । दुवै देशका सैन्य कामण्डरबिच सम्पर्क गर्नका लागि हटलाइनको व्यवस्था गरिएको हो । यसले सीमा क्षेत्रमा हुने गरेको तनाव कम गर्न सहयोग गर्ने दुवै देशका अधिकारीले बताएका छन् । सीमा क्षेत्रको अवस्था सुधारका लागि सहकार्य गर्न हटलाइनको प्रयोग सुरु गरिएको पाकिस्तानी सेनाका प्रवक्ताले बताएका छन् । पाकिस्तानी सेनाका प्रमुख राहिल शरिफसंविधान कार्यान्वयनमा सरकार बाधक स् कांग्रेस उपसभापति पौडेल
एक लाख संस्थापकसंगै छिट्टै नया शक्ति बन्नेः भट्टराई
पुस १६, सुर्खेत – आर्थिक समृद्धि र समृद्ध राष्ट्रको परिकल्पनासहित केही महिनामै नयाँ दलको घोषणा गर्ने डा। बाबुराम भट्टराईले बताउनुभएको छ । नयाँ शक्तिको अभियानमा लागनुभएका पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सुर्खेतमा अभियन्ताहरुलाई प्रशिक्षण दिदै यस्तो बताउनुभएको हो । २ सय जना सहभागी भएको आन्तरिक प्रशिक्षण कार्याक्रममा डा। भट्टराईले नयाँ शक्ति नेपालको मात्रै नभई विश्वकै बैकल्पिक बिचार हुने दावी गर्नुभयो । नयाँ शक्ति समाजवादको खुड्किलो भएको भन्दै डा। भट्टराईले त्यसका लागि आर्थिक समृद्धिको परिकल्पना गरिएको बताउनुभयो । पुरानो बिचारले अब काम नगर्ने भन्दै उहाले अब पुजिवादलाई भ¥याङ बनाएर समाजवाद स्थापना गर्ने बताउनुभयो ।दश दिनमा नाका खुल्छ : प्रधानमन्त्री ओली
पुस १५, काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले दशदिन भित्र नाका खुल्ने दाबी गर्नुभएको छ । बिराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले आन्दोलनरत दलसँग वार्ता भई रहेकोले अबको १० दिन भित्र सिमा नाका खोल्ने बताउनु भएको हो । ‘कालोबजारी रोक्ने, आपुर्ति सहज गराउन हप्ता १० दिन लाग्न सक्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘दश दिन भित्र अवस्था सहज नभए सरकार जिम्मेवार पक्षलाई कारवाहीमा ल्याउन तयार छ ।’ उहाँले समस्याको समाधान १० दिन भित्र नभए आफू चुप लागेर नबस्नेसमेत बताउनु भएको छ । नागरिकलाई दुख दिनु हुँदैन भन्ने पक्षमा सरकारले काम गरिरहेको दावी उहाँले गर्नुभयो । ‘मोर्चा पनि अब आन्दोलन बढाउने पक्षमा छैन’ उहाँले भन्नुभयो ‘उहाँहरुपनि चाँडै नै नाकाबन्दी खोलेर सहमतीमा आउनुहुन्छ ।’ आवश्यकताका आधारमा नागरिकको अपेक्षा अनुसार प्रदेशको सीमांकन हेरफेर हुन सक्ने उहाँले बताउनुभयो । झापा जानका लागि बिराटनगर ओर्लिएका प्रधानमन्त्री ओलीले मन्त्रालय टुक्रयाएर कुनै गल्ती नगरेको बताउनुभयो । उहाँले सबै मिलेर जानखोज्दा केही तलमाथि हुने तर मिलेर जानु नै ठुलो कुरा रहेकोले त्यस बारेमा टिकाटिप्पणी हुनु जायज रहेको बताउनुभयो ।नेपाली दूतावास मलेसियामा अझै ५ हजार नागरिकता
पुस १५, क्वालालम्पुर – नेपाली दुतावास मलेसियामा करीव पाँच हजार नेपाली नागरिकता रहेका छन् । सम्वन्धित ब्यक्तिहरु लामो समय सम्म लिन नआएपछि नागरिकताहरु दूतावासमा रहेका हुन् । मलेसिया सरकारले सन २०११ मा अवैध काम गरिरहेका विदेशि श्रमिकहरुलाई कि घर फर्क कि वैधानिक भएर बस भन्ने योजना ल्याएको वखत पासपोर्ट बनाउनको लागि नेपाली नागरिकता छाडेका थिए । अधिकाशंले नागरिकता लगिसकेको भएपनि अझै बाँकी रहेकाले सूचना नै जारी गर्नु परेको दूतावासका प्रवक्ता तथा द्वितीय सचिव उत्तम शाहिले वताउनुभयो । यसैगरी मलेसियामै करीव ६ हजार नेपाली पासपोर्ट रहेको छ । सम्वन्धित ब्यक्तिहरु लिन नआएकोले नेपाली दुतावासमै रहेको हो । सम्वन्धित ब्यक्ति लिन नआएपछि उक्त पासपोर्टहरु दूतावासको दराजमा थन्किएर वसिरहेका छन । लामो समयदेखि लिन नआएका पासपोर्टहरु समेत नेपाल पठाउने तयारी भैरहेको दूतावासले जनाएको छ ।चिसो मौषमा सुन्तलाको उपयोगीता
पुस १५, सुर्खेत – कतिपय मानिसमा चिसोमा सुन्तला खानु हुदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ । सुन्तलाको फल मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिक तत्व भिटामिन ए, बी र सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । बिरामी भएको व्यक्तिलाई खान मन नलाग्दा सुन्तलाको थोरै रस खुवाँउदा खानामा रुची बढ्छ । सुन्तलाको छोक्रामा प्रसस्त मात्रामा फाइबर पाइन्छ । यसले पेट सफा राख्न मद्दत गर्छ । बालबालिकालाई झाडा पखालाले सताएको समयमा सुन्तलाको रस थोरैथोरै गरेर दिइयो भने बिरामीको शरीरलाई चाहिने पानीलगायत अन्य तत्वको आपूर्ति हुन्छ । गिँजाबाट रगत बग्ने समस्यामा पनि सुन्तला लाभदायक हुन्छ । त्यस्तै सुन्तलामा रहेको क्याल्सियमले दाँतलाई स्वस्थ र मजबुत बनाउँछ ।पुस १७ बाट नवीकरणीय ऊर्जा प्रर्दशनी गरिने
पुस १५, काठमाण्डौ – नेपालमा नवीकरणीय ऊर्जाको सम्भावनाबारेमा जनता, निजी क्षेत्र, सरकारी, गैरसरकारी क्षेत्र र अन्तर्राष्ट्रिय जगत्मा त्यसको प्रचार गर्न काठमाण्डुमा पुस १७ देखि १९ गतेसम्म नवीकरणीय ऊर्जा प्रदर्शनी २०७२ गरिने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आयोजना गर्न लागेको प्रदर्शनीले विद्यमान ऊर्जा सङ्कटलाई मध्यनजर गरी नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगमा वृद्धि गर्ने विश्वास लिइएको छ । केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले नवीकरणीय प्रविधिको विकासमा निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाको सक्रिय सक्रियता र लगानीको अनुकूल वातावरण सिर्जना गर्न प्रदर्शनीले सहयोग गर्ने बताउनुभयो । उहाले सहरी क्षेत्रमा सौर्य ऊर्जालगायत ठूलो क्षमताका नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताउनुभएको छ । प्रदर्शनीले विभिन्न नवीकरणीय ऊर्जा प्रविधि जस्तो सोलार, लघुजलविद्युत्, जैविक ऊर्जा, बायोग्यास, वायु ऊर्जाबारे अवलोकनकर्ताले जानकारी लिनसक्ने बताइएको छ ।सुर्खेत जिल्ला खुला दिसामुक्त घोषणा, नेपालको २९ औं जिल्ला

प्लाष्टिक प्रशोधन गरेर डिजल उत्पादन
पुस १४, दाङ – दाङका एक युवकले प्लाष्टिक प्रशोधन गरेर डिजल उत्पादन गरेका छन् । दुई महिनाअघि सल्लाको खोटो प्रशोधन गरेर पेट्रोल बनाएका मार्शल रोकाले प्लाष्टिकका झोला प्रशोधन गरेर डिजल उत्पादन गर्नुभएको हो । उहाँले उत्पादन गरेको डिजल मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गर्नुभएको छ । उहाँले सुरुमा प्लाष्टिकको झोेलालाई मसिनो गरि काट्ने र त्यसलाई वाष्पिकरण गरेर ईन्धन निकालेको जानकारी दिनुभयो । वाष्पिकरणमा दुई थरीका केमिकल मिसाईने पनि उहाँले बताउनुभयो । उहाँले परिक्षणका लागि मंगलबार ८ लिटर डिजल निकाल्नु भएको थियो । उहाँले निकालेको डिजल प्रयोग गरेर घोराहीमा ट्रयाक्टर समेत चलाईएको थियो । यो डिजलले गाडीको ईन्जनमा कुनै खरावी नभएको समेत उहाँले दावी गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले मार्शलले गरेको कार्यको प्रशंसा गर्दै मार्शलको खोज अनुसन्धानमा आफ्नो तर्फबाट सक्दो पहल रहने आश्वासन दिनुभयो ।मन्त्रालय फुटाउनुको लिखित कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश
पुस १४, काठमाण्डौं – मन्त्रालय फुटाएर संख्या बढाउनु पर्नाको कारण लिखित रुपमा पेस गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलासले कञ्चनकृष्ण न्यौपानेले मन्त्रालयको संख्या बढाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो । न्यौपानेले मन्त्रालयको संख्या बढाउने सरकारको निर्णय नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ९ को प्रावधानसँग सिधै बाझिने भएकाले खारेज हुनु पर्ने माग गरेका थिए । उक्त धारामा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्य मध्येवाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्री परिषद गठन गर्ने छ ।’ यसरी जानाजान संविधानको बर्खिलाप हुने गरी र राज्यलाई ६ अर्बको वार्षिक भार पर्ने गरी मन्त्रालय बढाउन सरकारले गरेको निर्णयविरुद्ध तत्काल अन्तरिम आदेश जारी गर्न पनि रिटमा माग गरिएको थियो । सर्वोच्चले ‘रिटमा उठाइएको विषयवस्तुको गाम्भीर्यलाई मनन गर्दै’ निवेदनलाई अग्राधिकार ९सुनुवाइका लागि दिइने प्राथमिकता० पनि दिएको छ । साथै सरकारलाई अन्तरिम जारी गर्न नपर्ने कारण भए त्यो लिएर २९ गते अदालतमा हाजिर हुन पनि आदेशमा भनिएको छ । संविधानमा २५ भन्दा बढी मन्त्री बनाउन नपाइने भनिए पनि सरकारले मन्त्रालयसमेत फुटाएर ४० सदस्यीय मन्त्रिपरिषद् बनाएको छ । प्रशासन सुधार आयोग २०४८ तथा सार्वजनिक खर्च पुनरावलोकन आयोग २०५७ ले देशमा १८ भन्दा बढी मन्त्रालय आवश्यक नपर्ने सुझावसमेत दिएको थियो ।चीनबाट तत्काल राहतको लागि पुनः १४ लाख लिटर इन्धन
पुस १४, काठमाण्डौं – भारतीय नाकाबन्दीको कारण चरम इन्धन अभाव ब्यहोर्दै आएको नेपालीलाई चीनले दिर्घकालिन सहयोगको तयारी नहुन्जेल भन्दै पुनः राहत स्वरुप १० मिलिएन (आरएमबी) चिनियाँ मुद्रा बाराबरको इन्धन उपलब्ध गराउने भएको छ । करिव १४ लाख लिटर इन्धन उत्तरी नाकाबाट छिट्टै काठमाडौं भित्रिने भएको छ । चीनबाट दिर्घकालिन इन्धन समझदारी हुने अपेक्षा गरिरहेको अवस्थामा तत्कालन राहत अनुदान सहयोग आउन लागेको हो । केरुङ नाकासम्म चीनले ल्याईदिने उक्त पेट्रोलियम पदार्थ त्यहाँबाट नेपाल आयल निगमले ढुवानी गर्नेछ । यसअघि पनि सोही मुल्य बाराबरको इन्धन चीनले उपलब्ध गराएको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा ५ दिने औपचारिक भ्रमण सकेर र्फकने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पत्रकारसंग उनले चिनियाँ अनुदानको जानकारी दिनुभएको हो । छलफलपछि जारी विज्ञप्तीमा उक्त सहयोग उल्लेख थिएन ।अझै ४६ लाख मानिस नागरिकताविहीन
पुस १४, काठमाडौं – नेपालमा अझै ४६ लाख मानिस नागरिकताविहीन रहेको एक अध्ययनले देखाएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आज सार्वजनिक गरेको ‘नेपालमा नागरिकता प्रमाणपत्रको प्राप्तिः अनुमान र प्रक्षेपण’ विषयको पुस्तकमा उल्लेख भए अनुसार नागरिकतासम्बन्धी व्यवस्था स्पष्ट हुन नसक्दा सन् २०१४९ दुई वर्षअघि सम्म अझै ४६ लाख मानिसले नागरिकता प्राप्त गर्न सकेका छैनन् ।गाेविन्द विश्वकर्मा(सुरज) काे पहिलाे लाेकसांगीतिक काेशेली सपनीमा तिमीसंगै हुने गर्छु म
धेरै समयकाे प्रतिक्षा पछि गाेविन्द विश्वकर्मा(सुरज) काे पहिलाे लाेकसांगीतिक काेशेली सपनीमा तिमीसंगै हुने गर्छु म बाेलकाे गीत तपार्इकाे घर अागन रेडियाे सेट अनलार्इन तथा यत्र तत्र सर्वत्र उपलव्ध भएकाे जानकारी गराेदछु । जुन गीतकाे पहिलाे अन्तरा तिम्रै घरकाे अागनमा पुगेर, मागे माया सरणमा झुकेर सपनीमा तिमीसंगै हुने गर्छु म यता हेर्छु देख्दिन उता हेर्छु देख्दैन छटपटन्छिु मध्यरातमा विपनीमा तिम्रै यादमा रुने गर्छु म । सुमधुर स्वरका धनी धर्मेन्द्र शाही र टीका पुनकाे सुमधुर अावाज, गोविन्द विश्वकर्मा(सुरज) उत्कृष्ट शब्द सृजना र दर्जनाैं गीतमा लय गरिसक्नुभएका सर्जक तेजेन्द्र विवशकाे लयमा रहेकाे याे गीत सपनीमा तिमीसंगै बजारमा आएको छ सुनेर साथ दिनुहेनेछ भन्ने आशा छ। र डाउनलोडगर्नको लागी तलको लिङ्कमा क्लीक गर्नुहोलासंविधान आएको सय दिन पूरा के भयो, के भएन ?
छाउ गोठ छोड्दा महिलाहरु सुरक्षित, पुरुषहरु खुसी
सुर्खेत – सुर्खेतको विजौरा गाविस वडानम्वर ५ मायाँतालका जनसिंह थापाको घरका महिलाहरु रजस्वला ९महिनावारी० हुँदा त्यहाँ बसाल्ने भन्दै एउटा छाउ गोठ बनाइएको थियो । त्यै छाउगोठमा महिनावारी भएको बेला महिलाहरु बस्नुपर्ने बाध्यता थियो । 










