तितो मिठो चम्किदै, अभिनयमा थापा

गोविन्द विश्वकर्मा, सुर्खेत ।

सुर्खेतमा अहिले तितो मिठो नाटकले दर्शकको मन छुन सफल भएको छ । स्थानिय टलीभिजन सुनगाभाबाट हरेका शनीबार साँझ ८ बजेबाट प्रसारण हुने नाटक श्रृङ्खला तितो मिठाले अहिले भनेजस्तै दर्शक कमाउन सफल भएको छ । देशको समसामयिक घटना क्रमलाई समेटेर बनाईएको नाटकले अहिले सबैको मन छाएको हो । दैलेखको पग्नाथ गाउ विकास समिती वडा नं. ८ मा वि.स २०४९ साल कात्तिक ७ गतेका दिन जन्म भएका वेदन थापाको मुख्य भुमिकामा यो नाटक बनेको हो । अहिले वीरेन्द्रनगर सुर्खेतमा बस्दै आएका बहुप्रतिभाशाली वेदन थापाको निर्देशनमा तयार भएको यो नाटकले सुर्खेतका अधिकांश स्थानिय ठाउलाई समेटेर समस्या र घटनाहरुको चित्रण गर्न खाजेको छ । सानै उमेरदेखि हास्य क्षेत्रमा रुची राख्दै आएका थापा कक्षा २ मा पढ्दादेखि नै अभिनयमा प्रवेश गरेको थिए । विद्यालयमा थापालाई शिक्षक उक्तम शर्माले प्रेरणा प्रदान गरेका थिए । “शिक्षक शर्माले कसैको अभिनय नगरेर आफुलाई जस्तो आउछ त्यस्तै अभिनय गर्न उक्साउनुहुन्थ्यो” थापाले भने । विद्यालयमा हुने सबैखाले सांस्कृतिक कार्यक्रममा आफ्ना प्रस्तुती राख्दै आएका थापा अहिले हास्य टेलीश्रृङ््खला “तीतो मिठो”मा एकदमै व्यस्त देखिन्छन् । स्वयम आफैले निर्देशन गरेको टेलीश्रृङ्खला “तीतो मिठो”मा स्थानिय कलाकारहरुको अभिनय रहेको छ भने आफु पनि मुख्य पात्र मसानेको पात्रमा अभिनय गरेका छन् ।
सुर्खेतमा कला क्षेत्रबाट अभिनय सुरु गरेका थापाले लामो समय राजधानी काठमाण्डौमा बसेर हास्य व्यङ्य सिकेका थिए । थापाले अहिले स्थानिय तथा राष्ट्रिय स्तरका विभिन्न टेली श्रृङ्खलामा अभिनय गरिसकेका छन् । स्थानिय टेलीभिजन सुनगाभाबाट प्रसारण हुने नाटक श्रृङ्खला “चटारो” को ५ भागबाट थापाको अभिनय यात्रा सुरु भएको थियो । चटारोमा सहकर्मीहरु चिरन्जीवी सापकोटा, विष्णुभक्त फुयाल, निरुता शाही, चन्द्र मन्दिर लगायतका सुर्खेतका उत्कृष्ण कलाकारको साथ पाएर अभिनय गर्ने अबसर प्राप्त गरेका थिए । त्यसरी आफ्नो अभिनय सुरु गरेका थापा अहिले आएर आफ्नै निर्देशन तथा कथा लेखनमा “तितो मिठो” श्रृङ्खला निर्माण गरेका छन् । जसमा थापाको मुख्य भुमिका पनि रहेको छ । मसाने डाकाको पात्रको रुपमा अभिनय गरेका थापा अहिले हास्यव्यङ्ग्य कलाकारको रुपमा स्थापित भै सकेका छन् । “तितो मिठो”का निर्माता, निर्देशक समेत रहेका थापा मुख्य कलाकार मसानेको भुमिकामा देखिन पाउदा निकै खुसी देखिन्छन् । स्थानिय टेलिभिजन सुनगाभामा हरेक शनिबार साँझ साढे आठ बजे “तितो मिठो”को १० औं भाग दर्शकमाझ पुगिसकेको कुरा बताउदै धेरैले रुचाएको प्रतिकृया आएको पनि बताउछन् । अभिनयगर्ने कला आफुलाई भगवानले वरदान नै दिएको बताउदै अभिनयबाटै जिविकोपार्जन गर्नेछु र यो पेशाबाट सोचेजस्तै सन्तुष्ट छु थापा भन्छन् । कतै कलाकारीता क्षेत्रमा पैसाको मात्र चलखेल हुने हुदा कला क्षेत्र धरावमा परेको गुनासो गरेका छन् । पैसाले नै गर्दा असक्षम व्यक्ति पनि धेरैअगाडी पुगेको र बढ्न सक्छन भने पैसा नभए जस्तो सकै क्षमतावान कलकार पछि नै हुदोरहेछ उनको भनाई छ । पैसाले गर्दा नेपाली कला क्षेत्र वदनमी गर्ने भएकाले कलाकारीतामा पैसाको चलखेल नगर्न सुझाव दिदैं अव आफुले नयाँलाई विशेष प्रथामिकतमा राखेर नाटक निर्माण गर्न लागेको बताउछन् ।

0 comments:

Post a Comment