गोविन्द विश्वकर्मा
एउटा केटा र केटी सधै अनलाईनमा कुरा गर्दथे । केटाले आफ्नो फोटो राखेको भएर केटीले उस्लाई देखेकी थि तर केटीले आफ्नो फोटो अपलोड नगरेको हुनाले केटाले उनलाई देखेको थिएन । निरन्तर बोल्ने क्रम सँगै दुबै जना एक अर्कालाई धेरै मन पराउथे, माया गर्थे । एक दिन केटाले अनलाईनमा बोल्नेक्रममा भन्यो i love you so much ! म तिमीसँग भेट्न चाहन्छु । भेट्ने ठाउँ निस्चित भएपछी केटाले भन्यो म तिमिलाई कसरी चिन्छु त ?
केटीले भनी म सेतो ड्रेस मा हुनेछु र हातमा रातो गुलाब लिनेछु । भोलिपल्ट केटा खुशि हुँदै केटीले भनेको ठाउँमा पुग्यो ।
त्यँहा एउटी नराम्री कुरुप केटी सेतो ड्रेस लगाएर हातमा गुलाबको फुल लिएर बसेको उस्ले देख्यो । उ सरासर त्यो केटीको नजिक गयो र भन्यो i love you so much ! तिमिसँग अनलाईनमा कुरा गर्ने । तिमीलाई माया गर्ने म नै हु । केटी ले भन्छे तर हजुरले कुरा गर्ने र माया गर्ने केटी म हैन । उ त उ त्यहा छ, रुखको पछाडी
केटी रुखको पछाडीबाट आउछे र केटालाई भन्छे यदी म उ जस्तै कुरुप भएको भए के तिमी मलाई माया गथ्र्यौ ?
केटाले भन्यो मैले तिमीलाइ चाहेको हो ,माया गरेको हो । तिम्रो रुपलाई हैन । मेरो हरेक धडकनमा ,सासमा तिमी छौ । तिमी को हौ कस्तो छौ यी कुराले मलाई केही फरक पर्दैन । म त केबल यति मात्र जान्दछु कि तिमी केबल मेरी हा.................................र म तिम्रो ।
0 comments:
Post a Comment