सम्पूर्ण देश प्रेमी दाजु भाइ तथा दिदी बहिनीहरु जय मातृभुमि
होब खड्का |
हामी करोडौ क्रोमोजोमहरुलाई हराउँदै लड्दै आमाको कोखबाट पबित्र धर्तीमा जन्म लिदै जितेका हामी आज हरेक दिन हार्दैछौ । हाम्रा पुर्खाहरुले देखेको बिशाल नेपालको सपना त साकार पार्न सकेनौ नै, हुँदाहुँदा बचेको राष्ट्रियता पनि आज आएर गुम्ने अवस्था सिर्जना भएको छ । पुर्खाहरुको योगदानले हामीले पाएको यो सानो राम्रो अनि सुन्दर राष्ट्र नेपाल ई बचाएर राख्न मात्र हैन कि मातृभूमिको सुरक्षा गर्दै नयाँ युगको थालनी गर्नु र्ने समय आएको छ । आम नेपालीहरुको एकता र योगदानमा नै नेपालको सुन्दर भबिष्य लुकेको छ । अब यो नयाँ पुस्ताले एकपटक ब्यबहारिक त्याग गर्नुपर्ने बेला आएको छ । अब हुने त्याग आन्दोलन, क्रान्ति र लाठी जुलुशको हैन, हाम्रो आफ्नै अधिकारको सही प्रयोगद्वारा तत्कालको राजनीतिक सन्नटालाई पूर्णरुपमा बिस्थापित गरी आर्थिक बिकास, समृद्धि र परिवर्तन ल्याउन सक्नेछौ । हामी आम नेपालीबीचको एकता, मेहेनत्, योगदान र लगानी बिना आमुल परिवर्तन सम्भब छैन । प्रचुर सम्भावना हुँदा हुँदै पनि गलत र अब्यवहारिक सोच तथा योजनाका कारण हरेक बिकास क्रममा पछाडि धकेलिदै गएका छौ ।
नेताहरु इतिहासको काठघरामा बपत्र बक्दै मा, एकले अर्कोलाई गाली गर्दैमा केही हुने वाला छैन । जबसम्म व्यक्तिगत आचरण, पार्टीगत नीति, राजनीतिक आचरण सुध्रिदैन तबसम्म यिनीहरुले बोलेका सबै हावाको रुपमा लिदा हुने छ। बिगत २० बर्षदेखि राज्यले बिकासको गति पाउन सकेको छैन । जनयुद्धको नाममा, जनआन्दोलनको नाममा, मधेशी, थरु, लिम्बुवा आन्दोलन को नाममा बिकासका कामहरु ठप्प छ ।
२०४७ सालयता राज्यले निरन्तर रुपमा हुने बिकासभन्दा यो चाहिं गर्यो भन्न लायक कुनै योजना अगाडि आउन सकेको छैन। निजीक्षेत्रको एक्लौटी पहलबाट जे भएको छ, जनताको व्यक्तिगत र सामाजिक तबरबाट जे भएको छ त्यो भन्दा बढी राज्य र सरकारको तर्फबाट भन्नलायक त्यस्तो कुनै प्रगती विवरण आउन सकेको पनि छैन ।
नत्र भने खाडी मुलुक, मलेशिया, भारत रोजगार र नोकरीको लागि हैन समृद्ध नेपालभित्र लगानी गर्न त्यहाँका ब्यापारी रु लालायित हुन्थे । बेरोजगारी समस्यालाई पूर्ण रुपमा निर्मुल गरी स्वोदेशी उत्पादन, स्वदेशी लगानी र ठुला परियोजनाहरुमा सरकारी, निजी र बैदेशिक लगानी अनगिन्ती हुने थिए । न त नेपालको ईतिहासमा अहिलेसम्म भएका राज्य संचालकहरुले उचित र सही नीति ल्याउन सके, नत ल्याएका नीतिहरुलाई कार्यान्वयनमा लान सके । न त सुरुवात गरिएका साना तथा ठूला परियोजनाहरु सन्चालनमा नै ल्याउन सके । बरु भएका सम्पूर्ण सरकारी र पब्लिक कम्पनीहरु बन्द गराए, धराशायी बनाए, जनताको रोजगारी छिन्ने काम मात्रा गरे, नत निजीकरन गर्ने योजना ल्याउन सके न त गति नै दिन सके ।
हामी हामीबीचको खाडल बड्दै गएको छ । हामी को हौ भन्ने प्रश्न हरेकको दिमागमा उब्जने गरेको छ तर हामी नेपाली हौ भन्ने हामीले सुत्ने बेलामा समेत सोच्न सकेका छैनौ । देश रहे न हामी रहन्छौ । हाम्रो संस्कृति र समाज रहे न हामो पहिचान रहने छ तर आज हामीलाई नेपाली हैन जतीय बन्नु परेको छ, भाषिक बन्नु परेको छ, प्रदेशी बन्नु परेको छ । हो एउटा राष्ट्र जाती, भाषा र भूगोलको पूर्ण अधिकार र स्वतन्त्रताबिना पूर्ण बन्न सक्दैन । एउटा स्वाधिन, सार्भभौमसत्ता र स्वोतन्त्र राष्ट्रमा हरेक जनताको भाषा, जातीय अस्तित्व संस्कृति र भूगोलको बराबर अधिकार र समान इज्जत हुनु जरुरी छ । तर त्यो पनि हुन सकेको छैन । सबै ल सबैको सम्मान गर्न नसक्ने भएका छौ हामी ।
अब यो क्रम भङ हुन जरुरी छ । हामी बिभाजित सम्पूर्ण दाजुभाई, दिदीबहिनीहरु फेरी एकपटक नेपाल राष्ट्रको लागि हाम्रो राष्ट्रियता जोगाउनका लागि, सार्बभौमसत्ता राष्ट्र नेपालको शान र गौरबलाई उच्च पार्न र हाम्रो सानो सुन्दर राष्ट्रलाई समृद्ध नेपाल बनाउने अभियानमा लाग्नुपर्ने समय आएको छ । हामी चाहन्छौ यो अभियान तपाईं हामी बिच बाट नै होस् । हामी चाहन्छौ यो अभियान पूर्ण रुपमा जनताको अभियान हुन सकेको होस् । तत्काल भएको सम्पूर्ण समाजिक र राजनीतिक परिवर्तन को लागि हुन सकेको होस् । हामीले गुमाउदै गरेको पहिचान, शान, इज्जत, नाम अनी हाम्रो सुरक्षाको लागि होस् ।
अब पनि हामी सम्पूर्ण देश बिदेशमा रहनु हने सम्पूर्ण नेपालीहरु एकजुट हुन नसक्ने हो भने, आफू, समाज र राष्ट्रको लागि बिशाल सामाजिक अभियान सुरु गर्न नसक्ने हो भने हामीसँग तत्क्लाल बचेको अधिकार, हैसियत र इज्जत पनि गुम्ने छ । हामी इतिहासको अन्तिम घडीमा आएर रोकिएका छौ ।
हामी बिगत केही महिनादेखि निरन्तर रुपमा कसरी अगाडि बढ्न सकिन्छ, शान्त, सुन्दर अनी समृद्ध नेपालका लागि कुन अभियान वा उद्देश्य लिएर सयुक्त रुपमा जान सकिन्छ भन्ने छलफलमा छौ । सामाजिक रुपान्तरणको लागि, राजनीतिक परिवर्तनको लागि, पूर्णरुपमा राजनीतिक पद्धति चेन्ज गर्नको लागि, युबा तथा घरेलु उद्यमीलाई प्रबर्दन गर्नको लागि, घरेलु उत्पादनलाई बढावा दिनको लागि, रोजगरीको सिर्जना गर्नका लागि सोही अनुसारको नीति र कार्यक्रम अनि कार्यान्वयन क्षमता चाहिन्छ ।
यसका लागि सरकारी, निजी तथा बैदेशिक लगानीको उचित नीती ल्याउनको लागि, कृषि प्रधान देशमा ब्याबसयिक कृषि, जडिबुटीको उचित ब्यबस्थापन र प्रबर्दन, आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन, जलबिद्युत, धातु र अन्य बहुमूल्य खानीहरु, उचित प्रयोग र ब्यबस्थापन को लागि पनि राजनीतिक निर्णय र योजना नै आबश्यक भएकाले हामी राजनीति मै प्रबेश गर्नुको बिकल्प छैन ।
त्यसैले हामी वाद सिद्दान्त र शब्दमा हैन कर्म अनि एक्सनमा विश्वास गर्छौ । एकदिन यही विश्वाशले हामी नेपाललाई बनाउने छौ । हामी २४० वा १०४ बर्षको राज्य सन्चालनमा हैन १० देखि २० बर्षभित्रमा अहिले भएको नेपाललाई समृद्ध राष्ट्रको सूची मा पुर्याउने छौ । नेपालमा पनि १० देखि २० बर्षभित्रमा समृद्ध राष्ट्र बन्न सम्भब छ । राजनीतिक परिवर्तनका लागि स्वतन्त्र नेपाली जनता
0 comments:
Post a Comment