प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

बाच्ने मन छ जुनी-जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा

मोदीको भिषा रेकर्ड फाईल

अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

म. प. विश्वविद्यालयले पालुवा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा

दलित बालबालिकाको अवस्था

हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।

चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने दिन

काठमाडौ, कात्तिक २९ । आज सोमबार चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँदैछ । 


पछिल्लो ६८ वर्षमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो । नेपाली समय अनुसार आज बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दानजिक आउने छ । 

त्यसबेला चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार पाँच सय ९ किलो मिटर पर हुनेछ । सन् १९४८ पछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो । 

नियमित पूर्णिमामा भन्दा आज चन्द्रमाको आकार १४ प्रतिशतले ठूलो देखिने छ । अरु पूर्णिमामा भन्दा ३० प्रतिशत बढी चम्किलो पनि हुनेछ । 

यस्तै दृष्यका लागि अब सन् २०३४ को नोभेम्बर २५ सम्म कुर्नुपर्ने खगोलविदहरुले जनाएका छन् ।

एकिकृत सम्पत्तीकर लगाउदै नपा

सुर्खेत, असार २८ । सुर्खेतको भेरीगंगा नगरपालिकाले आउँदो आर्थिक वर्षदेखि एकीकृत सम्पत्तीकर लागू गर्ने भएको छ ।
गाउँ विकास समितिहरु मिलाएर बनाइएको नयाँ नगरपालिका भेरीगंगाले आर्थिक वर्षको शुरुमै साउन एक गतेदेखि एकीकृत सम्पत्तीकर लागू गर्ने भएको हो ।
सञ्चार माध्ययममार्फत् सार्वजनिक सूचना जारी गर्दै भेरीगंगा नगरपालिकाको कार्यालयले अव नगरपालिकामा सेवा लिन पुग्दा आफ्नो जग्गाको जग्गाधनी पुर्जा, नेपाली नागरिकताको प्रमाणपत्र लिएरमात्रै आउन अनुरोध गरेको छ ।
साथै एकिकृत सम्पति कर नबुझाएमा नगरपालिकाले प्रदान गर्ने सवै सेवा सुविधा रोक्का राखिने भेरीगंगा नगरपालिकाका सूचना अधिकारी कुलबहादुर खड्काले  बताए ।
यद्यपी, समयमा नै एकिकृत सम्पति कर बुझाएमा १० प्रतिशत छुट हुने पनि उनले बताए । नगरपालिकालाई व्यवस्थित र विकासील बनाउनका लागि सवैको भूमिका रहनुपर्ने भएकाले सवैले साथ दिनुपर्ने खड्काले बताए । 

प्राविधिक विषयमा भर्नाका लागी नयाँ मापदण्ड

काठमाण्डौ, असार २४ । प्राधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले एसएलसी उत्तीर्ण विद्यार्थीलाई प्राविधिक विषयमा भर्ना हुन मापदण्ड परिवर्तन गरेको छ ।

सिटिइभिटी राष्ट्रिय पाठ्यक्रम बोर्डको आज बसेको बैठकले भर्ना मापदण्ड परिवर्तन गरीे प्राविधिक विषयको डिप्लोमा कोर्समा भर्ना हुन यसअघि तोकेको मापदण्ड परिवर्तन गरेको हो ।

सिटिइभिटीले एसएलसीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘डी प्लस’ ल्याउने विद्यार्थीले समेत डिप्लोमा कोर्समा भर्ना हुन पाउने व्यवस्था गरेको सिटिइभिटीका सदस्य–सचिव डा रामहरि लामिछानेले जानकारी दिए ।


यसअघि डिप्लोमा तहको सबै विषय अध्ययनका लागि अङ्ग्रेजी, गणित र विज्ञान विषयमा सी ग्रेड’ ल्याएको हुनुपर्ने व्यवस्था गरेकामा अहिले यो परिवर्तन गरेको हो ।

सिटिइभिटीले स्वास्थ्य विषयको डिप्लोमा कोर्सका लागि जिपिए कम्तीमा दुई, अङ्ग्रेजी, गणित र विज्ञानमा ‘सी’ ल्याएको हुनुपर्ने व्यवस्था भने यथावत् राखेको छ ।

इन्जिनियरिङतर्फ डिप्लोमा पढ्न अङ्ग्रेजीमा  ‘डी प्लस’, विज्ञान र गणितमा ‘सी’ भए पुग्ने आजको बैठकले निर्णय गरेको लामिछानेले जानकारी दिए ।

कृषि र वनमा डिप्लोमा कोर्स पढ्नको लागि अङ्ग्रेजी, गणित र विज्ञानमध्ये दुई वटामा ‘सी’ र एउटामा ‘डी प्लस’ भए पनि भर्ना हुन पाउने र होटल म्यानेजमेन्ट, उद्यमशीलता विकास र सोसल वर्कजस्ता विषयमा डिप्लोमा कोर्सका लागि अङ्ग्रेजी, गणित र विज्ञानमा ‘डी प्लस’ भए पनि भर्ना पाइने व्यवस्था गरेको सदस्य–सचिव लामिछानेले जानकारी दिए ।

पाईनै छाड्यो मदिरा

गोविन्द बिश्वकर्मा सुर्खेत फागुन १३ ।
सुर्खेतको खानीखोला गाउ बिकास समितीमा मदिरा सेवन तथा जुवातासको निराकरण भएको छ । गाविसका सबै वडामा सामुदायिक छलफल केन्द्रको स्थापना भएपछि छलफल केन्द्रका महिलाहरुको सक्रियतामा मदिरा सेवन गर्ने र उत्पादन गर्नेको संख्यामा कमी आएको हो । मदिराको साथसाथै जुवातास खेल्ने, क्यारेमबोर्ड खेल्ने लगायतका बेरोजगार युवाहरु अहिले परिवर्तन भएर कुलतबाट टाढा भएका छन् । पहिला पहिला जुवातासको खालमा दिन बिताउने, एका बिहानै रक्सी खाने र दिनभर रक्सीको मातमा रहने, साँझ मदिराको मात मै घर आउने झै–झगडा गर्ने युवाहरुमा अहिले परिवर्तन आएको छ । समाजको परम्पराअनुसार चाडपर्व, शुभ÷अशुभ कार्यमा रक्सिको नै प्रयोग बढी हुन्थ्यो । यस्तै चेलीबेटीहरु माईत जादा आउदा कोसेलीको रुपमा र घरमा कुनै मान्यजन पाहुना आउदा  सम्मानको लागी रक्सीको नै प्रयोग गर्ने प्रचलन थियो तर अहिले हटेर मदिरा सेवन गर्नेको संख्यामा कमी आएको खानीखोला गाविसका एक स्थानिय नागरीक बिमला सिहले बताईन । खानीखोला गाविसका महिलाहरुको प्रयासमा अहिले पुरै गाविसमा नै मदिरा निराकरण भएको छ । सबैभन्दा पहिला वडा नं. ७ बाट अभियान सुरु गरेका थिए । विस्तारै अरु महिलाहरुको सहयोगमा अन्य वडाहरुका साथै गाउमा जाँडरक्सि खाने, जुवातास खेल्ने, क्यारेमबोर्ड खेल्ने जस्ता काम गर्ने युवाहरुलाई अभियान कै रुपमा लागेर सम्भाई बुझाई गर्ने काम गरिएको थियो । पहिला पहिला त सारै गाह्रो भएको सिहं बताउछिन् । “मैले तपाईको खाएको छु र आफ्नो खाएको छु”, “यो त हाम्रो पेशा हो हामी यसैबाट नुनतेल चलाउछौ किन हाम्रो राजीरोटी खोज्न खाज्दै हुनुहुन्छ ।” जस्ता कुराहरु सुनाउने गरेको सिहले बताएकि छन् । लगातारको प्रयास र अभियानले असम्भव हुने भन्ने केहि रहनेछ सबै सम्भव हुने सिहको भनाई छ । स्थानिय महिलाहरुको समुह विभिन्न कार्यक्रमका साथ अभियानकै रुपमा अगाडी बढेर थप सम्झाई बुझाई गरेपछि अहिले गाविसमा मदिराको उत्पादन, बिक्रिवितरण र सेवनमा कमी आएको छ । गाविसका विभिन्न सार्वजानिक स्थल वा बिद्यालय जस्ता ठाउमा मदिरा तथा सुर्तिजन्य बस्तुको सेवन गरी जाने हो हल्ला गर्ने, गाली गलौज गर्ने, झगडा गर्ने पाईएकोमा पहिलो पटक १०० रुपैया, दोस्रो पटक ३०० रुपैया र तेस्रो पटक ५०० रुपैया जरिवाना तिराउने पनि गरिएको सिहले बताईन् । बेरोजगार युवाहरुलाई रोजगारका प्रशस्त सम्भावना भएको कुरा बताउदै अन्य पेशा गर्न सकिने सिकाएकोले अहिले खानीखोला गाविस मदिरा मुक्त क्षेत्र भएको छ । कतिपयले त “महिलाले बनाए हामीले खायौ हाम्रो के गल्ती” भनेर पनि भन्ने गर्थे तर पछि महिलाहरुको छलफलमा सबैभन्दा पहिला उत्पादन बन्द गरिएको अभियानमा संलग्न स्नानिय महिलाको भनाई छ । खानीखोलाका साथै सुर्खेतका ५ वटा गाविसमा गठन भएको सामुदायिक छलफल केन्द्रले समाज भएका बिकृती मदिरा सेवन, उत्पादन तथा बेचविखन, बालबिवाह तथा बहुबिवाह न्युनीकरण जस्ता कुरीती हटाउन पहल गर्दै आएको छ । खानीखोलाको हकमा २०७२ साल असोज महिनाको पहिलो हप्तादेखि  सबै वडामा घरदैलो अभियान सुरु गरिएको र पछि बिस्तारै अन्य गाविसमा पनि अभियान सुरु गरिएको भेरीगैगा नगरपालीका छिन्चुका डिला खड्काले बताईन् । अभियानमा राजनैतिक दललाई पत्रचार गर्ने, मदिरा सेवन गर्नेलाई सम्झाउने बुझाउने जस्ता कामहरु गरिएको थियो । अभियानमा स्थानिय प्रहरी, राजनैतिक दल लगायतको सक्रिय सहभागीता थियो ।
यस्तै सुर्खेतका अन्य गाविसहरु गुमी, मैनतडा, लेखपराजुल र छिन्चुमा पनि मदिरा सेबन बेचबिखनमा कमि आएको छ । अक्सफामको साझेदारीमा सिमान्तकृत महिलाहरुका लागी महिला संस्था (वाम) सुर्खेतले सञ्चालन गरेको छलफल केन्द्रले समाजमा यस्ता थुप्रै कामहरु गरेको छ । यी गाविसका पहिला पहिला समुहमा जाँदा डराउने, बोल्न नसक्ने र अधिकारका कुरा थाहा नपाएको र डराउने  समस्या थियो तर अहिले यस्तो समस्या हटेर निर्धक्क बोल्न सक्ने बनेका छन् । अहिले निर्माण उपभोक्ता समितीमा पनि पदाधिकारी बन्न सक्ने र काम गरेर देखाउन सक्ने बनेका छन् । सिमान्तकृत महिलाहरुका लागी महिला संस्था (वाम) ले अक्सफार्मको समन्वयमा बिकाश निर्माणमा महिलाको नेतृत्व कायम गर्ने, सबै ठाउमा महिलाको अर्थपुर्ण सहभागीता गराउने उद्वेश्यले नेतृत्व परियोजना संचालन गरेको हो । सुर्खेतका ५ वटा गाविसमा लागु भएको सामुदायिक छलफल केन्द्रको बिस्तार अन्य गाविसमा  पनि गर्न जरुरी रहेको सुझाव आएको छ । साुदायिक छलफल केन्द्र सुर्खेतमा सन् २०१४ अप्रील देखि सुरु भएको र ३ बर्ष वा सन् २०१७ को अप्रिलसम्म संचालन हुनेछ ।