
दैलेखको कालभैरव गाविसलाई मध्यपश्चिमकै पहिलो घरमा शून्य सुत्केरी गाविस घोषणा गरिएको छ । १ वर्षयता घरमा सुत्केरी नभएपछि कालभैरवलाई घर
मा शून्य सुत्केरी गाविस घोषणा गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख निर्मल रसाईलीले मध्यपश्चिमकै पहिलो घरमा शून्य सुत्केरी गाविस भएको बताए। स्वास्थ्य चौकीमा ३ जना अनमीले प्रसुति सेवा दिएपछि १ वर्षदेखि कुनै पनि सुत्केरी घरमा नभएको जनाइएको छ । प्रसृति गृह सुविधासम्पन्न भएपछि गाविसभरबाट सुरक्षित प्रसुतिकालागि सुत्केरी हुन जाने गरेको स्वंयम सेविका तुलसी थापाले बताइन् । आइतबार एक समाहरोहकाबीच घरमा शून्य सुत्केरी गाविस घोषणा गरिएको छ । जिल्ला अन्य गाविसमा घरमै सुत्केरी भई शिशु र मातृ मृत्युको घटनाहरु हुने गरेका छन्। सबै गाविसमा अभियानकै रुपमा लगे सुरक्षित सुत्केरी हुनेका संख्या बढ्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
0 comments:
Post a Comment