गोविन्द विश्वकर्मा
पुस २६, सुर्खेत – सुर्खेतको रानीवास गाविसमा ‘एक घर एक धारा’ बनाउने प्रस्ताव अघि सारिएको छ । नेपाल सरकार, विभिन्न संघसंस्था तथा जनश्रमदानद्वारा ‘एक घर एक धारा’ बनाउने प्रस्ताव ल्याईएको हो । ३७ वर्ग किलोमिटरमा फैलिएको रानीवास गाविसका ६ सय १० घरधुरीमा अगामी दुई वर्ष भित्र एउटा सफा शौचालय र पानीको धारा निर्माण गरिने छ । गाविसको शनिबार रानीवासमा सम्पन्न गाउँ परिषद्ले गाउँको नाम अनुसारको काम पुरा गर्ने महत्वकांक्षी प्रस्ताव अघि सारेको हो । ‘विकास भनेको नै मानवले मानवका लागि गर्ने हो भन्दै रानीवास गाविस सचिव पिताम्बर पौडेलले गाउँको विकासका लागि जनताको सहयोगमा राज्यसँग हातोमालो गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँको समग्र विकासका लागि विभिन्न संघसंस्थाको आर्थिक तथा भौतिक सहयोगमा हालसम्म ५० हजार रुपैयाँको समपुरक कोष खडा भईसकेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कोषको रकमलाई बढाउँदै आर्यआर्जन, क्षमता विकाससँगै पूर्वाधारमा लगानी गरिने छ । परिषद्ले २४ लाख २९ हजार आठ सय ४५ रुपैयाँको कुल बजेट प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा शिक्षा, कृषि, पर्यटन, सडक, लघु उद्यम, क्षमता अभिवृद्धि र लक्षित वर्ग तर्फ बढी केन्द्रीत उहाँले जिकिर गर्नुभयो । उहाँका अनुसार पूँजीगत तर्फ १९ लाख ६५ हजार आठ सय ४५ तथा चालु तर्फ ४ लाख ६४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । उक्त बजेट मध्ये चार लाख ३४ हजार नेपाल सरकारको अनुदान तथा ३० हजार रुपैयाँ आन्तरिक स्रोतबाट पुरा गरिने छ । परिषद्ले प्रस्तावित बजेटमा ७ लाख दुई सय ६३ पूर्वाधार, चार लाख ६६ हजार आठ सय ४२ प्रर्वद्धनात्मक र ६ लाख ५५ हजार तीन सय ६३ रुपैयाँ लक्षित वर्गलाई रकम वियोजन गरेको छ ।
तस्विर : गुगल फाईल
0 comments:
Post a Comment