गोविन्द विश्वकर्मा
पुस २०, सुर्खेत – सोमबारदेखि लोडसेडिङ फेरि बढ्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हप्ताको ८६ घण्टा बत्ती जानेछ । यसअघि प्राधिकरणले १० दिनअघि मात्रै लोडसेडिङ बढाएर हप्ताको ७७ घण्टा र्पुयाएको थियो । नयाँ तालिका अनुसार अब हप्ताको ३ दिन १३÷१३ घण्टा, एक दिन १५ घण्टा, एक दिन १४ घण्टा, एक दिन १० घण्टा र एक दिन ८ घण्टा बत्ती आउने छैन । विद्युतको माग बढिरहेको तर नदीमा पानीको बहाब कम हुँदा विद्युत उत्पादनमा कमी आएकाले विद्युत कटौती गर्नुपरेको प्राधिकरणको भार प्रेषण कार्यालयले जनाएको छ । ग्यास अभाव भएका कारण सरकारले खाना पकाउने समयमा लोडसेडिङ नगर्ने घोषणा गरेको भएपनि १० दिन अघि नै बिहान र बेलुकीको समयमा पनि वत्ति जाने गरेर प्राधिकरणले तालिका सार्वजनिक गरेको थियो ।लोडसेडिङ्ग बढेकै बेला अब जनतालाई थप पिडा नदिन सरकारसंग आग्रह गरेका छन् । साप्ताहिक ७७ घण्टाको मार खप्दै आएका सेवाग्राहीले ८६ घण्टा पुगेको समाचार सुन्दा आचष्र्य मान्दै अव लाईन काटिदिए हुन्छ भन्दै आवाज निकाल्न थालेका छन् । जनताले अव उज्यालो बनाउन दियालो बाल्ने बताउदै सरकार अव बाकि समय पनि बटाई दे भन्दै आवाज उठेको छ ।
0 comments:
Post a Comment