पुस २० – सिन्धुली एकीकृत नेकपा माओवादी परित्याग गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्षको दिन नयाँ पार्टी घोषणा गर्ने तयारी गर्नुभएको छ । नयाँ शक्ति निर्माण अभियानमा लागेका भट्टराईले विक्रम् सम्बतको नयाँ वर्ष वैशाख १ मा नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका हुन् । नयाँ वर्षको अवसर पारेर नयाँ पार्टी घोषणा गरिने नयाँ शक्तिका अभियन्ता गंगा श्रेष्ठले बताउनुभयो । सोमबार (आज) बिहान सिन्धुलीमाढीमा आयोजित भेलामा उहाले वैशाख १ गते नयाँ पार्टी घोषणा हुने जानकारी दिनुभएको हो । तीन महिनाअघि एमाओवादी छाडेका भट्टराई अहिले नयाँ शक्ति अभियानका संयोजक हुनुहुन्छ । उहा देशब्यापी रुपमा नयाँ पार्टी बनाउने अभियानमा लागेका छन् । आफूहरुको पार्टी कम्युनिष्ट पार्टी नरहने भन्दै नयाँ विचार बोक्ने सबैलाई समाहित गर्ने खालको पार्टी बनाउने भट्टराईले बताउँदै आउनुभएको छ । नयाँ बन्ने पार्टीमा पूर्व माओवादीहरुदेखि गैरमाओवादी, समाजिक ब्यक्ति, कर्मचारी बुद्धिजीवी सबै अटाउने उनीहरुको भनाइ छ । भट्टराईले पार्टीमै छँदा मुलुकको आर्थिक विकासको लागि नयाँ शक्तिको अपरिहार्य रहेको बहस चलाउँदै आउनुभएको थियो ।प्रहरी मेरो बन्यो
चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र
बाच्ने मन छ जुनी-जुनी
गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा
मोदीको भिषा रेकर्ड फाईल
अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।
म. प. विश्वविद्यालयले पालुवा…
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा
दलित बालबालिकाको अवस्था
हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।
नयाँ वर्षमा बाबुरामले नयाँ पार्टी घोषणा गर्ने
पुस २० – सिन्धुली एकीकृत नेकपा माओवादी परित्याग गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्षको दिन नयाँ पार्टी घोषणा गर्ने तयारी गर्नुभएको छ । नयाँ शक्ति निर्माण अभियानमा लागेका भट्टराईले विक्रम् सम्बतको नयाँ वर्ष वैशाख १ मा नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका हुन् । नयाँ वर्षको अवसर पारेर नयाँ पार्टी घोषणा गरिने नयाँ शक्तिका अभियन्ता गंगा श्रेष्ठले बताउनुभयो । सोमबार (आज) बिहान सिन्धुलीमाढीमा आयोजित भेलामा उहाले वैशाख १ गते नयाँ पार्टी घोषणा हुने जानकारी दिनुभएको हो । तीन महिनाअघि एमाओवादी छाडेका भट्टराई अहिले नयाँ शक्ति अभियानका संयोजक हुनुहुन्छ । उहा देशब्यापी रुपमा नयाँ पार्टी बनाउने अभियानमा लागेका छन् । आफूहरुको पार्टी कम्युनिष्ट पार्टी नरहने भन्दै नयाँ विचार बोक्ने सबैलाई समाहित गर्ने खालको पार्टी बनाउने भट्टराईले बताउँदै आउनुभएको छ । नयाँ बन्ने पार्टीमा पूर्व माओवादीहरुदेखि गैरमाओवादी, समाजिक ब्यक्ति, कर्मचारी बुद्धिजीवी सबै अटाउने उनीहरुको भनाइ छ । भट्टराईले पार्टीमै छँदा मुलुकको आर्थिक विकासको लागि नयाँ शक्तिको अपरिहार्य रहेको बहस चलाउँदै आउनुभएको थियो ।नयाँ संविधानको पहिलो संशोधन प्रस्ताव स्वीकृत
पुस २०, काठमाडौं – संविधानसभाबाट जारी गरिएको नेपालको नयाँ संविधानको पहिलो संशोधन प्रस्ताव व्यवस्थापिका संसद्बाट स्वीकृत भएको छ । संसदको सोमबार दिउँसो बसेको बैठकले पहिलो संशोधन विधेयक प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । सरकारले पेश गरेको विधेयकमा सांसद्हरुले उठाएका प्रश्नहरुको कानुन मन्त्री अग्नि खरेल आज जवाफ दिएपछि विधेयक प्रस्ताव स्वीकृत भएको हो । संशोधन विधेयकमा मधेसवादी दलहरुको पनि सहमति खोज्न भन्दै लम्ब्याइएको छलफल आइतबार सकिएको थियो । सरकारले पेश गरेको संविधान संशोधन विधेयक प्रस्तावमा मधेसवादी दलको अवरोधकाबीच छलफल चलाइएको थियो । मोर्चाले भने निरन्तर नाराबाजी र आन्दोलन गर्दै आएको थियो । कानून मन्त्रीको जवाफपछि स्वीकृत गरिएको विधेयकमा संशोधन प्रस्ताव गर्नका लागि अब ७२ घण्टाको समय दिइएको छ । अबको ७२ घण्टाभित्र पनि मोर्चासँग सहमति नजुटे सोही विधेयक पास हुनेछ । कानून मन्त्री खरेलले मधेसी दलहरुको मागलाई सम्बोधनसहित सबै पक्षको माग समेटिने गरी पारित हुने बताए । संविधान जारी भएको चार महिना नपुग्दै पहिलो संशोधन हुने अब निश्चित भएको छ ।लोडसेडिङ्ग फेरी बढ्यो, लाईन नै काटिदिए हुन्छ: सेवाग्राही
सैनिक महाविद्यालयका शिक्षकमाथि विद्यार्थीको आक्रमण, पत्रकारमाथी दुव्र्यवहार
पुस १९, सुर्खेत – सुर्खेतको सैनिक आवासीय महाविद्यालयका विद्यार्थीले शिक्षकमाथि जथाभावी आक्रमण गरेका छन् । लागु पदार्थ प्रयोग गर्दै गरेको बेलामा केही विद्यार्थी भेटिएपछि सम्झाउन खोज्दा कक्षा १० मा अध्ययनरत विद्यार्थीले शिक्षकमाथि जथाभावी हातपात गरेका विद्यालमा पढाउने एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए । विद्यार्थीहरुले विद्यालयको प्रशासन कक्षका झ्याल ढोकामा समेत तोडफोड गरेका छन । विद्यार्थीले रड, ढंगा, इटाले जहाँ पायो त्यही हिर्काउन थालेपछि शिक्षकहरुको भागाभाग भएको थियो । विद्यार्थीको अवरोधका कारण कक्षा ४ देखि ९ सम्मको दोश्रो त्रैमासिक परीक्षा समेत अवरुद्ध भएको छ । विद्यार्थीको प्रहारवाट केही शिक्षक र केही विद्यार्थीसमेत घाइते भएका छन् । तर विद्यालय प्रशासन र महाविद्यालयको सुरक्षाका लागि बसेको सेनाले भने यसबारेमा केहि बताएको छैन ।यस्तै समाचार संकलनका क्रममा माउण्टेन टेलिभिजनका सम्वाददाता सुदीप पुरी, काँक्रेविहार दैनिकका ईश्वर अधिकारी, बुलबुले एफएमका समाचार प्रमुख कृष्ण आचार्य र अनलाईन सुर्खेतका सम्वाददाता सुशील खड्कालाई सेनाले “ए फोटो किन खिचिस भन्दै दुव्र्यहार गरेका थिए । तर घटना बारे बुझ्न समेत सेनाले विद्यलायमा प्रवेश गर्न नदिएर फर्काइदिएको छ ।












