गोविन्द विश्वकर्मा
पुस २० – सिन्धुली एकीकृत नेकपा माओवादी परित्याग गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्षको दिन नयाँ पार्टी घोषणा गर्ने तयारी गर्नुभएको छ । नयाँ शक्ति निर्माण अभियानमा लागेका भट्टराईले विक्रम् सम्बतको नयाँ वर्ष वैशाख १ मा नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका हुन् । नयाँ वर्षको अवसर पारेर नयाँ पार्टी घोषणा गरिने नयाँ शक्तिका अभियन्ता गंगा श्रेष्ठले बताउनुभयो । सोमबार (आज) बिहान सिन्धुलीमाढीमा आयोजित भेलामा उहाले वैशाख १ गते नयाँ पार्टी घोषणा हुने जानकारी दिनुभएको हो । तीन महिनाअघि एमाओवादी छाडेका भट्टराई अहिले नयाँ शक्ति अभियानका संयोजक हुनुहुन्छ । उहा देशब्यापी रुपमा नयाँ पार्टी बनाउने अभियानमा लागेका छन् । आफूहरुको पार्टी कम्युनिष्ट पार्टी नरहने भन्दै नयाँ विचार बोक्ने सबैलाई समाहित गर्ने खालको पार्टी बनाउने भट्टराईले बताउँदै आउनुभएको छ । नयाँ बन्ने पार्टीमा पूर्व माओवादीहरुदेखि गैरमाओवादी, समाजिक ब्यक्ति, कर्मचारी बुद्धिजीवी सबै अटाउने उनीहरुको भनाइ छ । भट्टराईले पार्टीमै छँदा मुलुकको आर्थिक विकासको लागि नयाँ शक्तिको अपरिहार्य रहेको बहस चलाउँदै आउनुभएको थियो ।
0 comments:
Post a Comment