गोविन्द विश्वकर्मा
पुस २८, सुर्खेत – एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज सुर्खेत आउँदैहुनुहन्छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका पार्टीका बरिष्ट नेता डा. बाबुराम भट्टराईले नयाँ शक्ति बनाउने भन्दै पार्टी छोडेपछि पार्टी निर्माण गर्ने घोषणा गरेका प्रचण्ड त्यसक्रममा सुर्खेत आउन लाग्नुभएको हो । अब एमाओवादीलाई नै नयाँ शक्तिका रुपमा देशको एक नं. टार्पी हुने बताएका प्रचाण्डले सुर्खेतमा प्रदेश नं. ६ का पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुहुनेछ । साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रका दाङ, बाँकेमा आयोजना गरिएको विभिन्न कार्यक्रमहरु सकेर दाहाल लगायतको केन्द्रीय पदाधिकारीको टिम भेली मंगलबार) सुर्खेत आउन लागेको एमाओवादी सुर्खेतका अध्यक्ष नरबहादुर विष्टले जानकारी दिनुयो । दाहालका साथमा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व गृहमन्त्री तथा पार्टी महासचिव कृष्णबहादुर महरा लगायतका नेताहरु सुर्खेत आउने भएका छन् । आज हुने प्रशिक्षण कार्याक्रममा प्रदेश नं. ६ का दश जिल्लाका जिल्ला स्तरका नेता, भातृ संगठनका अध्यक्ष र केन्द्रीय सदस्य, कम्पनी कमाण्डर भन्दा माथिका पूर्व लडाकुहरु, पार्टीका जिल्ला सल्लाहाकारहरुको सहभागिता रहने एमाओवादी सुर्खेतले जनाएको छ । ६ नं. प्रदेशका दश जिल्लाका नेता तथा कार्यकर्ताहरु केही सोमबार नै आइसकेका छन् भने केही आज (मंगलबार) नै वीरेन्द्रनगर आउने एमाओवादी सुर्खेतका अध्यक्ष विष्टले जानकारी दिनुभयो । प्रदेश नं. ६ को राजनीतिक प्रशिक्षण सुर्खेतमा हुने भएपछि केही दिन अघी नै यस क्षेत्रका इन्चार्ज जनार्दन शर्मा सुर्खेतमा आउनुभएको छ । शर्माले सुर्खेतमा आएर पार्टीका विभिन्न पेसागत संगठनहरुसंग साक्षात्कारसमेत गर्नुभएको छ । स्रोतका अनुसार इन्चार्ज शर्माले यस क्षेत्रका अन्य माओवादीका नेता तथा कार्यकर्ताहरुसंग पनि भेट गर्नुहुनेछ । शर्माले अब प्रदेश नं ६ मा माओवादी एउटा मात्रै हुने भन्दै सबैसंग छलफल चलाएको स्रोतको भनाइ छ । उहाले बैद्य नेतृत्वका माओवादी नेता, कार्यकर्ताहरु र नेत्रविक्रम चन्द माओवादीका नेता तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गरेको स्रोतको भनाइ छ ।
0 comments:
Post a Comment