प्रहरी मेरो बन्यो

चैतन्य मिश्र म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र

बाच्ने मन छ जुनी-जुनी

गोविन्द विश्वकर्मा, सुर्खेत नेपाली लोक गीतको बजारमा हरेक दिन अलग अलग प्रकारका गीत आउने क्रम निरन्तर जारी रहेको छ । दोहोरी गीत जस्तै नयाँ नयाँ गायक गायिका र सर्जकको उदय पनि उत्तिकै रुपमा भईरहेको छ । उदयसङ्गै यो क्षेत्रबाट पलायन हुनेको संख्या पनि उतिक्कै छ । पछील्लो समय नेपालमा बस्ने भन्दा पनि परदेशमा बस्ने सर्जक तथा

मोदीको भिषा रेकर्ड फाईल

अमेरीकाको एक संघिय अदालतका न्यायधिशले त्यहाँको विदेश विभागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरीका प्रवेश गर्न प्रतिवन्ध हटाएको ओवामा प्रशासनसँग सम्वन्धित सबै कागजात र फाइलहरु सन २०१६ भित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

म. प. विश्वविद्यालयले पालुवा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुर्व उपकुलपती कालीप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गर्नुभएको छ । स्थापना भईसकेको ५÷६ भईसक्दा समेत पनि कुनै नया काम नभएको उहाले बताउनुभएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा

दलित बालबालिकाको अवस्था

हिक्मत कुमार नेपाली नेपाल बुहजातीय, बहुभाषिक र बहुधार्मिक संरचनामा अधारित मुलुक हो । नेपालमा ठूला महलमा बस्ने, हजाराै बिगा जमिनका मालिक पनी यही देशमा बसोबास गर्दछन् । अनि जमिनको नाममा एक टुक्रा पनि नभएका गरिब, दलित हरुको संख्या ती जमिनदारको तुलनामा धेरै छ । यिनीहरुको जीवनमा कमाइ पनि छैन र सञ्चय पनि छैन ।

Showing posts with label राष्ट्रीय. Show all posts
Showing posts with label राष्ट्रीय. Show all posts

२२ वर्ष अघि मृत्यु भएका व्यक्तिका नाममा रकम निकासा

गाेविन्द विश्वकर्मा
पुस २२ जाजरकाेट – सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता रकमको जाजरकोट जिल्लाका ३० वटै गाउँ विकास समितिहरुमा व्यापक घोटाला भइरहदा समेत  नियमक निकायले कुनै चासो दिएको छैन् । गाविसमा हुदै नभएका, बृद्धबृद्धा, एकल महिला, अपाङ्ग तथा दलित बालबालिकाको नाममा फर्जी भरपाई बनाई गाविसका सचिवहरु र गाविसका लेखा सहायक, प्राविधिकको मिलेमतोमा रकमको व्यापक दुरुपयोग गरेको तथ्य फेला परेको छ । जाजरकोट जिल्लाका मजकोट, सुवानाउली, जगतीपुर, पैक, ढिमे, खगेनकोट, रग्दा, भगवती, खलंगा, जुगाथापाचौर, साल्मा, गर्खाकोट, कोर्ताङ्ग लगाएत ३० वटै गाउँ विकास समितिहरुमा सामाजिक सुरक्षा भत्ता रकमको चरम दुरुपयोग हुदै आएको छ । जिविस जाजरकोटले समयमा अध्यावधिक नगर्दा रकमको अनियिमिता बढ्दै गएको  हो ।
जिल्लाको सुवानाउली ८ सुवाका सर्केनी दमाइको मृत्यु भएको २२ बर्ष वित्यो । सोही ठाउँका कालु थापाको पनि १६ बर्ष अघि नै मृत्यु भैईसकेको छ । तर उनीहरुको नाममा जिविसबाट वर्षेनी सामाजिक सुरक्षा भत्ता गएको गयैछ । २२ बर्ष अघि मृत्यु भएका दमाई र थापाको नाममा अहिलेसम्म सामाजिक सुरक्षा भत्ताको रकम आएको देख्दा सुवानाउली गाविसका पूर्व गाविस अध्यक्ष गोरखबहादुर थापा तीन छक्क परेका छन् । सुवानाउली गाविसको आर्थिक बर्ष २०६९÷०७० विल भरपाईमा ६० बढी मृतकका नाउँमा रकम गएको छ । तर उनीहरुको नाममा पनि मासिक ५ सयका दरले सामाजिक सुरक्षा भत्ता गइरहेको छ । एउटै व्यक्तिको ३,४ ठाउँ नाम राखेर भत्ताको दुरुपयोग गरेको पाइएको छ ।
थापा र टमटा त सो गाविसका एक प्रतिनिधि पात्र मात्र हुन् । सुवानाउली ८ का मानसिंह थापा, पठे थापा, कले चदारा, गोरी रावत, देउमल थापा, मन्दरी टमटा, कले थापा, दरे कामी, काली टमाटा, धने बुढा, कल्चु टमटा, सर्जन खड्का लगाएत व्यक्तिहरुको धेरै पहिले नै मृत्यु भइसकेको छ । भने पठे सुनार, विर्खे थापा, पम्फी रावत, रत्नी थापा, तुली चदारा, तुल्क्षा चदारा लगाएतका ब्यक्ति नै छैनन् । उनीहरुको सबैका नाममा पनि मासिक ५ सयका दरले बृद्धबृद्धा र एकल महिला भत्ता खर्च भैरहेको छ ।
सुवानाउली गाविसमा २०६२ देखि ०७२ सम्म कार्यरत सचिवहरु हिक्मत सुनार, शेरबहादुर रावत, मोहन ढकाल, चिरञ्जी जिसी, गोर्कणराज शर्मा र लेखा सहायक लक्ष्मीप्रसाद शर्मा लगाएतलाई छानविनको दायरामा ल्याउनु पर्ने स्थानीयको माग छ । सचिवहरु गाविसमा नबस्ने र सबै जिम्मेवारी लेखा सहायक शर्मालाई दिदा रकम घोटाला भएको आरोप छ ।
सुवानाउलीमा दलित जेष्ठ ४४, अन्य जेष्ठ ५१, एकल महिला ७०, पूर्ण अपाङ्ग १६, आंशिक अपाङ्ग ३ र दलित बालबालिका २ सय ५१ जनाका नाममा बार्षिक १६ लाख ८० हजार ४ सय रुपैंया जाने गरेको छ । तर गाउँमा भत्ता पाउने व्यक्तिहरुले पुरै रकम पनि पाएको देखिदैन । ८ लाख बढी रकम हिनामिना भएको स्थानीयको आरोप छ ।   गाउँ विकास समितिका कर्मचारीले यी सबैको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको भर्पाई बनाएर जिल्ला विकास समितिमा पेश गरेका छन् ।
त्यस्तै गाउँमा ५ बर्ष मुनिका दलित बालबालिकाले बर्षमा पाउनु पर्ने २४ सय बाल अनुदानको रकम पुरै नपाउने गरेको, अपाङ्ग, एकल महिला, दलित जेष्ठ, अन्य जेष्ठले पनि पुरै पाउनु पर्ने रकम नपाएको भेटिएको हो । तर गाविसका कर्मचारीले उक्त गाउमा हुदै नभएका २ सयका दरले बाल संरक्षण भत्ता वितरण गरेको भपाई पनि जिविसमा पेश गरेर रकम निकासा गर्ने गरेका छन् ।
जिविस जाजरकोटले लापरवाही गर्दा सामाजिक सुरक्षा भत्ताको ३० वटै गाविसमा चरम दुरुपयोग बढेको एमाले जाजरकोटका पूर्व सांसद रत्नप्रसाद शर्मा न्यौपाले बताए । आफुले पटकपटक जानकारी गराउदा समेत जिविसले आलटान गरेर पन्छिन खोजेको आरोप छ । जिविस, गाविस सबैलाई छानविनको दायरामा ल्याउनु पर्ने सांसद न्यौपानेको भनाई रहेको छ । यसरी सुवानाउली गाविसमा मात्र बृद्धबद्धा, एकल महिला, अपाङ्ग र बाल संरक्षण अनुदान भत्ताका नाममा बार्षिक १६ लाख ८० हजार ४ सय रुपैंया जाने गरेको छ । यस गाउमा नभएका भत्ता पाउने ब्यक्तिको नाम पुकार्दा स्थानीय चकित परेका छन् ।
जिल्लाका ३० वटै गाविसका कर्मचारीले बर्षेनी यस्तै नक्कली भर्पाई बनाएर सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्दै आएका छन् । ती कर्मचारीले मृत्यु भैसकेका, गाउमा हुदै नभएका, अन्यत्र विवाह भैसकेका र दोहोरो तथा तेहोरो नाममा नक्कली भपाई बनाउदै रकम हिनामीना गर्दै आएका छन ।  एउटै ब्यक्तिले सयौं ल्याप्चे तथा हस्ताक्षर गरेको प्रष्टै देखिन्छ । गाविसमा सामाजिक सुरुक्षा भत्ता रकम सम्बन्धित गाविस सचिव र लेखा तथा प्रशासन सहायकले दुरुपयोग गर्ने गरेका छन ।
जिल्लाभरका गाविसबाट हरेक बर्ष करोड बढी रकम दुरुपयोग हुने गरेको छ । बर्षौसम्म मृतकको मृत्यु दर्ता नगर्ने र लगत नकाट्ने, दोस्रो विवाह गरेका महिलालाई एकल महिलाको सुचीबाट नटाउने, नभएकाको नाममा भपाई बनाउने,   हचुवाको भरमा परीचय पत्र बनाउने र गलत विवरण जिविसमा पेश गर्ने र ती ब्यक्तिका नाममा निकासा भैआएको रकम कर्मचारीले खल्तीमा हाल्ने गर्दा घोटाला हुने गरेको हो । कति जेष्ठ नागरिक र एकल महिलाले पुरै भत्ता नपाएको गुनासो पनि गर्दै आएका छन् । गाविसका कर्मचारीले सामाजिक सुरक्षाको रकम अन्यत्र लगानी गरेर थप मुनाफा लिने गरेको बताइएको छ । सरोकारवाला निकायबाट अनुगमन, निरीक्षण र नियमन हुन नसक्दा मनोमानी रकम हिनामीना भएको हो । स्थानीय जन प्रतिनिधी विहिन हुदा जाजरकोटमा सासु रकमको दुरुपयोग बढेको हो । भ्रष्टाचारीलाई राजनीतिक दलले नै संरक्षण गर्दा रकममा अनियमिता बढेको हो । गत बर्ष जिल्लाको लहँ गाविसमा सामाजिक सुरक्षा भत्ताको व्यापक घोटाला सम्बन्धी समाचार उजागर भएपछि अख्तीयारले छानविन थालेको छ ।
जिल्लाका २ हजार दलित जेष्ठ, २ हजार ८ सय अन्य जेयष्ठ, ४ हजार एकल महिला, ३ सय ५० अपाङ्ग र १० हजार दलित बालबालिकालाई सरकारले सामाजिक सुरक्षा भत्ता वापत बार्षिक १० करोड खर्च गर्ने गरेको छ । को मरेको छ, को जीवित छ, भन्ने कुराको अध्यायबधि गाविसले गर्ने हुदा सचिबहरुले नै गलत मनसायले राख्दा समस्या बढेको जिल्ला विकास समिति जाजरकोटका योजना अनुगमन तथा प्रशासकिय अधिकृत टेकबहादुर खत्रीको भनाइ रहेको छ । कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि तथ्यांक एकीन गर्न नसक्दा बर्षेनी यो रकममा घोटाला हुने गरेको हो । सबै गाविसको अनुगमन गरिने र कडा कारवाहि गरिने बताए पनि सो कार्य सफल हुन नसके खत्रीको भनाइ छ ।

नयाँ वर्ष अंग्रेजी, ढाकाटोपी नेपाली, नाकाबन्दीले सिकायो ढाका टोपी लगाउन

गोविन्द विश्वकर्मा
पुस १७, सुर्खेत – आजबाट अंग्रेजी वर्षको नयाँ वर्ष सन् २०१६ शुरु भएको छ । विश्वभरका जनताले नयाँ वर्ष मनाइरहेका छन् । विश्वका नागरिकहरुले जस्तै नेपालीहरुले पनि अंंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् । विक्रम सम्बतको नयाँ वर्षका रुपमा वैशाख १ गतेलाई मान्ने गरिए पनि नेपाली समुदायले अंग्रेजी वर्षलाई पनि उत्तिकै उत्साहका साथ नयाँ वर्षका
रुपमा मनाउँने गर्दछन् । नयाँ वर्षका अवसरमा एक आपसमा शुभकामना साटासाट गरेर नेपालीहरु पनि अंग्रेजी नयाँ वर्षलाई साथ दिइरहेका छन् । तर अहिलेको अंग्रेजी नयाँ वर्षलाई नेपाली युवाहरुले फरक ढंगले मनाइरहेका छन् । अंग्रेजी वर्षलाई पनि उत्तिकै रुपमा सद्भाव राखिने भएकाले नयाँ वर्ष मान्ने गरिएको बताउने युवाहरुले अंग्रेजी नयाँ वर्ष मनाए पनि आफू नेपाली हो भन्ने कुरा नविर्सन आह्वान गरेका छन् । त्यहि राष्ट्रियताको अभियान स्वरुप नेपाली युवाहरुले समाजिक सञ्जाल मार्फत आह्वान गरी अंगेंजी नयाँ वर्षलाई नेपाली ढाकाटोपी दिवसमा रुपमा मनाएका छन् । सामाजिक सञ्जाल मार्फत नै आह्वान गरी नयाँ वर्षको दिन ढाका टोपी लगाउन आग्रह गरिएकैले देश विदेशमा रहेका नेपालीहरुले शुक्रबार ढाका टोपीमा सजिएर सामाजिक सञ्जाल रंगाएका छन् ।

किन देखियो नेपाली युवाहरुमा ढाका टोपी मोह ?

पहिले पहिलका वृद्धहरुको टाउकोमा जहिले पनि ढाका टोपी सजिएकै हुन्छ । तर नेपाली युवाहरुको शिरमा ढाकाटोपी सजिन कि त मन्त्री मन्त्री हुनुपर्ने वा उच्च ओहोदाको सरकारी कर्मचारी नै हुनुपर्ने अवस्था छ । नेपालीहरुको महान तिहार अर्थात भाइटीकामा टोपीको महत्व हुने गरे पनि भाइटीकामा समेत ढाकाटोपी लगाउन छाडेका नेपाली युवाहरुलाई अहिले ढाका टोपीको मोह त्यसै जागेको भने होइन । भारतले नाकाबन्दी गरिदिएपछि नेपाली युवाहरुमा राष्ट्रियताको भावना बढ्दै गएको हो । राष्ट्रियताको भावना बढ्दै गएका नेपालीहरुले नेपाली ढाकाटोपी नेपालीको प्रतिकका रुपमा रहेको भन्दै अंग्रेजी नयाँ वर्षलाई नेपाली ढाकाटोपी दिवसका रुपमा मनाउन आह्वान गरेका हुन् । भारतविरोधी भावना बढ्दै गएका नेपालीहरुले अंग्रेजी नयाँ वर्षलाई नेपाली टोपी दिवसको रुपमा मनाउन आह्वान गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नयाँ वर्षसँगै नेपालीहरुसँगको सम्बन्ध सुमधुर हुने विश्वास गरेका छन् । ‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका नेपाली युवाहरुले चलाएको अभियानसँगै ढाकाटोपीको सान्दर्भिकता पनि अझै बढ्ने विश्वास गरिएको छ । सामाजिक सञ्जालहरुमा मात्र नभइ राजधानीका युवाहरु नयाँ वर्षको नयाँ विहानीमा माइतीघर मण्डलमा ढाका टोपीमा सजिएका थिए ।

संविधान कार्यान्वयनमा सरकार बाधक स् कांग्रेस उपसभापति पौडेल

गोविन्द विश्वकर्मा
पुस १६, रुपन्देही – नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि सरकार बाधक बन्दै गएको बताउनुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानले तोकेको २५ भन्दा बढी मन्त्री बनाउन नपाइने प्रावधानलाई कुल्चेर सरकारले संविधान उल्लंघन गरेको बताउनुभयो । संविधान कार्यान्वयन गर्ने काममा सत्तापक्ष भन्दा प्रतिपक्ष भएरपनि कांग्रेसले सकारात्मक भूमिका निर्वाह गरिहेको दाबी गर्नुभयो । केपी ओली नेतृत्वको सरकार आफै बोझ बन्दै गएको भन्दै उपसभापति पौडेलले कांग्रेसले नढाले पनि सरकार आफै ढल्ने बताउनुभयो । उहाँले आसन्न १३ औं महाधिवेशनमा सभापतिमा आफ्नो उम्मेदवारी बार्गिनिङ गर्नका लागि मात्रै नहुने बताउनुभयो । कार्यकर्ताले पार्टीलाई नयाँ सोच र गतिका साथ अगाडि बढाउन सक्ने नेतृत्व खोजेको बताउदै उहाँले त्यसका लागि आफू सक्षम रहेको बताउनुभयो । ‘कार्यकर्ताको चाहना र भावना रामचन्द्र पौडेल सभापति बनोस भन्ने पाएको छु मैलै छिट्टै औपचारीक घोषणा गर्ने छु’ उपभापति पौडेलले भन्नुभयो ।

दलित महिला संघको अधिवेशनबाट नँया नेतृत्व चयन

गोविन्द विश्वकर्मा
पुष ७, नेपालगञ्ज – मंगलबार अबेर नेपालगन्जमा सम्पन्न दलित महिला संघको चौथो राष्ट्रिय अधिवेशनबाट नँया नेतृत्व चयन भएको छ । सम्पन्न अधिवेशनबाट कला स्वर्णकारको अध्यक्षतामा १५ सदस्यीय नँया केन्द्रिय कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा शान्ति पासवान र चमेली परियार, महासचिवमा रेणु सिजापति, कोषाध्यक्ष पुण्यवती रम्तेल, सचिवमा मञ्जु सुनार निर्वाचित भए ।
यस्तै सदस्यहरुमा पूर्वाञ्चलबाट पाण्डु परियार, मध्यमाञ्चलबाट पवित्रा विश्वकर्मा, पश्चिमाञ्चलबाट सुजाता पौडेल, मध्यपश्चिमाञ्चबाट हिमा सुनार, सुदुरपश्चिमाञ्चलबाट सशी सोव निर्वाचित भए । मध्यपश्चिमाञ्चल सदस्यबाहेक अन्य कार्यसमितिकोसर्वसम्मत चयन गरिएको थियो । यस्तै १५ सदस्यीय कार्यसमितिका चार जना सदस्यमा मनोनित गर्नेछ । अध्यक्षमा निर्वाचित स्वर्णकारले आफ्नो नेतृत्वमा दलित महिलाको राज्यका निकायका सहभागीता, हकअधिकार र पहूँच विकासमा सक्रिय र कटिबद्ध भई लाग्ने बताउनुभयो । समग्र दलित महिलाको शिक्षा, आर्थिक, राजनैतिक, सामाजिक नेतृत्वमा विकास र पहूँचका लागि आफ्नो कार्यकालमा विस्तृत योजना सहित काम गर्ने उहाले जानकारी दिनुभयो । दलित महिला संघ फेडोमा २१ सालदेखि संस्थापक अध्यक्षमा भूमिका निर्वाह गर्दै आएकी दुर्गा सोवले निर्वाचित अध्यक्षलाई बधाइ दिदै कार्यकाल जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।