गोविन्द विश्वकर्मा
पुस १६, रुपन्देही – नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि सरकार बाधक बन्दै गएको बताउनुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानले तोकेको २५ भन्दा बढी मन्त्री बनाउन नपाइने प्रावधानलाई कुल्चेर सरकारले संविधान उल्लंघन गरेको बताउनुभयो । संविधान कार्यान्वयन गर्ने काममा सत्तापक्ष भन्दा प्रतिपक्ष भएरपनि कांग्रेसले सकारात्मक भूमिका निर्वाह गरिहेको दाबी गर्नुभयो । केपी ओली नेतृत्वको सरकार आफै बोझ बन्दै गएको भन्दै उपसभापति पौडेलले कांग्रेसले नढाले पनि सरकार आफै ढल्ने बताउनुभयो । उहाँले आसन्न १३ औं महाधिवेशनमा सभापतिमा आफ्नो उम्मेदवारी बार्गिनिङ गर्नका लागि मात्रै नहुने बताउनुभयो । कार्यकर्ताले पार्टीलाई नयाँ सोच र गतिका साथ अगाडि बढाउन सक्ने नेतृत्व खोजेको बताउदै उहाँले त्यसका लागि आफू सक्षम रहेको बताउनुभयो । ‘कार्यकर्ताको चाहना र भावना रामचन्द्र पौडेल सभापति बनोस भन्ने पाएको छु मैलै छिट्टै औपचारीक घोषणा गर्ने छु’ उपभापति पौडेलले भन्नुभयो ।
0 comments:
Post a Comment