गोविन्द विश्वकर्मा

किन देखियो नेपाली युवाहरुमा ढाका टोपी मोह ?
पहिले पहिलका वृद्धहरुको टाउकोमा जहिले पनि ढाका टोपी सजिएकै हुन्छ । तर नेपाली युवाहरुको शिरमा ढाकाटोपी सजिन कि त मन्त्री मन्त्री हुनुपर्ने वा उच्च ओहोदाको सरकारी कर्मचारी नै हुनुपर्ने अवस्था छ । नेपालीहरुको महान तिहार अर्थात भाइटीकामा टोपीको महत्व हुने गरे पनि भाइटीकामा समेत ढाकाटोपी लगाउन छाडेका नेपाली युवाहरुलाई अहिले ढाका टोपीको मोह त्यसै जागेको भने होइन । भारतले नाकाबन्दी गरिदिएपछि नेपाली युवाहरुमा राष्ट्रियताको भावना बढ्दै गएको हो । राष्ट्रियताको भावना बढ्दै गएका नेपालीहरुले नेपाली ढाकाटोपी नेपालीको प्रतिकका रुपमा रहेको भन्दै अंग्रेजी नयाँ वर्षलाई नेपाली ढाकाटोपी दिवसका रुपमा मनाउन आह्वान गरेका हुन् । भारतविरोधी भावना बढ्दै गएका नेपालीहरुले अंग्रेजी नयाँ वर्षलाई नेपाली टोपी दिवसको रुपमा मनाउन आह्वान गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नयाँ वर्षसँगै नेपालीहरुसँगको सम्बन्ध सुमधुर हुने विश्वास गरेका छन् । ‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका नेपाली युवाहरुले चलाएको अभियानसँगै ढाकाटोपीको सान्दर्भिकता पनि अझै बढ्ने विश्वास गरिएको छ । सामाजिक सञ्जालहरुमा मात्र नभइ राजधानीका युवाहरु नयाँ वर्षको नयाँ विहानीमा माइतीघर मण्डलमा ढाका टोपीमा सजिएका थिए ।
0 comments:
Post a Comment