गोविन्द विश्वकर्मा पुस ३, काठमाडौं
शुक्रबार सुनको भाउ घटेर पाँच वर्ष अघिको मूल्यमा पुगेको छ । शुक्रबार तोलामा सातसय रुपैयाँले घटेर सुनको भाउ ४७ हजार ७ सय रुपैयाँमा झरेको छ । बिहीबार सुन तोलामा ४८ हजार ४ सय रुपैयाँ थियो । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले व्याजदर बढाएसँगै त्यसको असर सुनको बजारमा पर्न थालेको हो । अमेरिकाको केन्द्रीय बैंकले झण्डै १० वर्षमापहिलो पटक व्याजदर बढाएपछि सुनमा भएको लगानी अन्य शेयर बजारमा आकर्षित भएकाले भाउ ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार शुक्रबार घटेर पाँच वर्ष अघिको भाउमा पुगेको सुनको मूल्य अझै घट्ने सम्भावना छ । सुनको भाउ तोलामा ४५ हजारसम्म घट्ने आँकलन गरिएको उहाँले बताउनुभयो । शुक्रबार चाँदीको भाउ पनि घटेको छ । ११ दिनसम्म स्थिर रहेको चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो । चाँदी तोलामा ६ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
0 comments:
Post a Comment