गोविन्द विश्वकर्मा बाँके, पुस १
बाँकेको मानपुरमा स्कुटर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परि अर्का एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीका अनुसार दुर्घटनामा परि बर्दिया जमुनी–३ का २२ वर्षका विदुरकान्त अर्याल र नेपालगञ्ज कारकादौंका २२ वर्षका सुमन न्यौपानेको ज्यान गएको हो । गम्भीर घाइते भएका भएका तीनजनालाई शिक्षण अस्पताल नेपालगञ्ज लगिएकोमा उपचारकोक्रममा अर्याल र न्यौपानेको ज्यान गएको हो । गम्भीर घाइते नेपालगञ्ज कारकादौंका २५ वर्षका उत्तम न्यौपानेको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । बाँकेको खजुराबाट नेपालगञ्जका लागि छुटेको भे ५ प ७७१८ नम्बरको स्कुटर बुधबार बिहान नेपालगञ्ज उपमहानगरपालिका– २३ अन्तर्गत मानपुरस्थित घुमाउरो मोडमा पोलमा ठोक्किएर दुर्घटना भएको हो । बाक्लो हुस्सु लागेका कारण तीनजना सवार स्कुटर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment