पुस १५, काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले दशदिन भित्र नाका खुल्ने दाबी गर्नुभएको छ । बिराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले आन्दोलनरत दलसँग वार्ता भई रहेकोले अबको १० दिन भित्र सिमा नाका खोल्ने बताउनु भएको हो । ‘कालोबजारी रोक्ने, आपुर्ति सहज गराउन हप्ता १० दिन लाग्न सक्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘दश दिन भित्र अवस्था सहज नभए सरकार जिम्मेवार पक्षलाई कारवाहीमा ल्याउन तयार छ ।’ उहाँले समस्याको समाधान १० दिन भित्र नभए आफू चुप लागेर नबस्नेसमेत बताउनु भएको छ । नागरिकलाई दुख दिनु हुँदैन भन्ने पक्षमा सरकारले काम गरिरहेको दावी उहाँले गर्नुभयो । ‘मोर्चा पनि अब आन्दोलन बढाउने पक्षमा छैन’ उहाँले भन्नुभयो ‘उहाँहरुपनि चाँडै नै नाकाबन्दी खोलेर सहमतीमा आउनुहुन्छ ।’ आवश्यकताका आधारमा नागरिकको अपेक्षा अनुसार प्रदेशको सीमांकन हेरफेर हुन सक्ने उहाँले बताउनुभयो । झापा जानका लागि बिराटनगर ओर्लिएका प्रधानमन्त्री ओलीले मन्त्रालय टुक्रयाएर कुनै गल्ती नगरेको बताउनुभयो । उहाँले सबै मिलेर जानखोज्दा केही तलमाथि हुने तर मिलेर जानु नै ठुलो कुरा रहेकोले त्यस बारेमा टिकाटिप्पणी हुनु जायज रहेको बताउनुभयो ।
0 comments:
Post a Comment