गोविन्द विश्वकर्मा
पुस १६, सुर्खेत – आर्थिक समृद्धि र समृद्ध राष्ट्रको परिकल्पनासहित केही महिनामै नयाँ दलको घोषणा गर्ने डा। बाबुराम भट्टराईले बताउनुभएको छ । नयाँ शक्तिको अभियानमा लागनुभएका पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सुर्खेतमा अभियन्ताहरुलाई प्रशिक्षण दिदै यस्तो बताउनुभएको हो । २ सय जना सहभागी भएको आन्तरिक प्रशिक्षण कार्याक्रममा डा। भट्टराईले नयाँ शक्ति नेपालको मात्रै नभई विश्वकै बैकल्पिक बिचार हुने दावी गर्नुभयो । नयाँ शक्ति समाजवादको खुड्किलो भएको भन्दै डा। भट्टराईले त्यसका लागि आर्थिक समृद्धिको परिकल्पना गरिएको बताउनुभयो । पुरानो बिचारले अब काम नगर्ने भन्दै उहाले अब पुजिवादलाई भ¥याङ बनाएर समाजवाद स्थापना गर्ने बताउनुभयो ।
अहिले नेपाली नागरिकहरुमा नयाँ शक्तिको भूत चढिसकेको भन्दै नयाँ शक्तिलाई कसैले रोक्न नसक्ने बताउनुभयो । माओवादी आन्दोलनमा होमिएका र अन्य जुनसुकै राजनीतिक दलमा आवद्ध व्यक्तिहरुलाई पनि पार्टीमा आवद्ध बनाएर पार्टी निर्माण गरिने डा। भट्टराईले बताउनुभयो । जहिले पनि पुरानो भएपछि नयाँको आवश्यकता पर्ने भन्दै उहाले अहिले सबैले त्यही नयाँ खोजेकोले आफूले नयाँ बिचारसहितको शक्ति जनतामाझ प्रस्तुत गरेको बताउनुभयो । सबैलाई शिक्षा र रोजगार दिने दलको परिकल्पना गरिएको भन्दै उहाले देशलाई अबको १०÷१५ वर्षमै समृद्ध बनाउने बताउनुभयो । अहिले संस्थापक बनाउँदै हिँडेको भन्दै उहाले एक लाख संस्थापक बनाएर केही महिनामै बैधानिक रुपमा पार्टी घोषणा गरिने बताउनुभयो । अहिले देशको तेस्रो शक्ति भइसकेको भन्दै उहाले अब दुई वर्षमै एक नम्बर पार्टी बन्ने बताउनुभयो । आन्तरिक प्रशिक्षणमा एमाओवादी, बैद्य माओवादी, एमाले लगायत अन्य स्वतन्त्र युवाहरुको पनि सहभागिता रहेको दावी गरिएको छ ।
0 comments:
Post a Comment