अत्याबश्यक औषधी उपलव्ध गराएकै छौं ।

गोविन्द विश्वकर्मा २६ मंसिर सुर्खेत
नेपाल औषधी व्यवसायि संघले अहिलेको असहज अवस्थामा पनि आफूहरुले अत्याबश्यक औषधी उपलब्ध गराएको दावी गरेको छ । भारतको अघोषित नाकाबन्दीका बाबजुत पनि आफूहरुले विभिन्न कठिनाइका साथ औषधी उपलब्ध गराइरहेको संघले जनाएको हो । कार्यक्रममा सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले संघले यस्तो असहज परिस्थितिमा पनि आफूहरुले देशभर औषधी वितरण गरिरहेको दावी गर्नुभयो । यस्तो असहज अवस्थामा पनि आफूहरुले चुनौती मोलेरै औषधी वितरण गरिरहेको भन्दै उहाले यो अवस्थामा समस्या समाधानका लागि सरकारले के गरिरहेको छ भनी प्रश्न समेत गर्नुभएको थियो । नाकाबन्दीबाट सिर्जित चरण समस्याका बाबजुत आफूहरुले मानवीयताका नाताले एयर लिफ्ट गरेर समेत चार करोडको औषधी ल्याएको भन्दै उहाले सरकार अझै गम्भीर हुन नसकेको प्रति ध्यानाकर्षण गराउनुभयो । नाकाबन्दीले औषधी व्यवसायि र बिरामीहरुलाई परेको असरको बारेमा बताउँदै अध्यक्ष श्रेष्ठले नाकाबन्दीले महिनौसम्म नाकामा औषधीका गाडि रोकिएको र औषधीको प्रयोग गर्न मिल्ने समय कम हुँदै जाने बताउनुभयो । यसले गर्दा पनि घाटा व्यहोर्नुपर्ने र यसले समस्या ल्याउने उनको भनाई छ । उहाले अहिले पनि आफूहरुसंघ औषधी स्टक भएको भन्दै यसको वितरणको लागि समस्या भएको बताउनुभयो । औषधी व्यवसाय मानव सेवा भएको भन्दै उहाले औषधी विक्री गर्दा एक पटक सोच्नुपर्ने र स्वार्थभन्दा माथि उठेर व्यवसाय गर्न सुर्खेतका व्यवसायीलाई सुझाव दिनुभयो । 

0 comments:

Post a Comment